content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ।, नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिडका नयाँ बिरामी लिन नसकिने सूचना अस्पतालले निकालेको छ।, प्रदेश अस्पतालमा दैनिक ३०० सिलिन्डर आवश्यक पर्छ। त्यसको आधा मात्रामा अक्सिजन आपूर्ति हुँदै आएकोमा केह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाताका लागि नगरपालिका क्षेत्र सिल गरेको छ।, आज जेठ १ गते देखि लागू हुने गरि ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नगरपालिका भित्र कोही पनि सर्वसाधारणलाई हिड्डुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।, तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र न...
सेतोपाटी संवाददाता वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन।, सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ।, अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका ला...
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलन अनुसार शनिबार अपराह्न तानिँदै छ।, पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्‍याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।, साङ्केतिक...
सेतोपाटी संवाददाता दोस्रो लहरको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढेपपछि सर्वसाधरणको जीवन रक्षाका लागि झापा प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञाले जिल्लाका अधिकांश ठाँउ सुनसान बनेको छ।, पूर्वपश्चिम राजमार्गमा अतिआवश्यक ढुवानीका साधनबाहेक अन्य साधन चल्न दिइएको छैन। राजमार्गसँग जोडिएका जिल्लाका सबै बजारमा औषधीबाहे...
सेतोपाटी संवाददाता मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सीजन उत्पादन सुरू गरेको छ।, मध्यपुरथिमी नगरपालिकाले ६५ लाख रूपैयाँ खर्च गरेर नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजैबाट कोभिड-१९ का बिरामीलाई दिन सुरु गरेको छ ।, अ...
सेतोपाटी संवाददाता भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो।, वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा ...
सेतोपाटी संवाददाता मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ।, लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ।, हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्।, काम गरेको पैसा म...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका...
सेतोपाटी संवाददाता राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ।, गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्...
सेतोपाटी संवाददाता बढी भाडा उठाएको आरोपमा पर्सामा दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।, संक्रमित व्यक्ति र आफन्तबाट बढी भाडा असुलेको आरोपमा उनीहरूलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो।, क्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दिन रायभर र बिन्दवासिनी गाउँपालिका-१ का २२ वर्षीय वीरबल मुख...
सेतोपाटी संवाददाता रुपन्देहीमा केही दिन लगातार उकालो लागेको कोरोना संक्रमितको दर पछिल्ला दुई दिन स्थिर रही शनिबार भने घटेको छ।, पछिल्लो २४ घण्टामा ९ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८६ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ।, यस्तै, यही अवधिमा ७ सय ८५ जना भने संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले ...
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । , हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ ।, रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अ...
एजेन्सी कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ।, टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन...
सेतोपाटी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ।, गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले शनिबार बेलुकी काठमाडौँ ल्याएको हो।, अक्सिजन सिलिण्डर लिन निगमको जहाज मस्कट...
युवराज श्रेष्ठ बाग्लुङको बडिगाड-४ जलजलाका एउटा जोडी विवाहित भएकै पाँच-सात वर्ष भइसक्यो। उनीहरूबाट दुई जना छोरी पनि जन्मिसके।, प्रेम विवाहका कारण परिवारले टिका भने लगाइदिएका थिएनन्। ‘कोरोनाले यस्तो अवस्था छ, भोलि के हो, के भनेर ‘टिकाटाला फुकाउन लागे,’ वडाध्यक्ष प्रेम गलामीले भने, ‘टिका त फुकाइयो, तर पूरै गाउँले सम्हाल्...
युवराज श्रेष्ठ तनहुँको भिमाद नगरपालिका-५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बसिन्।, स्वास्थ्यमा सुधार नआएपछि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइन्। उनी सात महिनाकी गर्भवती थिइन्। , अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उनको रिपोर्ट पोजेटिभ आयो।, आइसोलेसनमा राखेर उपचारकै क्रमम...
सेतोपाटी संवाददाता पर्सामा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका २२ वर्षीय सरोज चौरसिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। , ड...
सेतोपाटी निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको हो।, नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय...
सेतोपाटी कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ।, कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो।, गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थिय...
सेतोपाटी सर्लाहीको बरहथवामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।, बरहथवा नगरपालिका–५ मा आफ्नै तीन तले घरको छतबाट लडेर एक महिलाको शनिबार मृत्यु भएको हो।, छतमा लुगा सुकाउने क्रममा: अचानक छतबाट भुइँमा खस्दा गीता थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारक...
सेतोपाटी संवाददाता भक्तपुरमा एक पुरूषको शव फेला परेको छ। , चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को वालवन वालखोलामा शनिबार साँझ साढे ५ बजे पुरूषको शव फेला परेको हो।, अन्दाजी ३० वर्षीय पुरूष घोप्टो परी अनुहार पानीमा डुबेको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जान...
सेतोपाटी संवाददाता काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।, द्रुत मार्गमा बन्ने ६.५ किमी सुरूङलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का दिन लागेको हो।, महादेवडाँडामा बन्ने ३.५ किमीको सुरूङको लागि चाइना स्टेट कन्ट्रक्सनले ठेक्का पाएको छ। दोश...
सेतोपाटी संवाददाता नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्।, ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्नेछ।, ‘उताबाट स्वास्थ्य सामग्री बोकेका गाडी छुटिसकेको भन्ने खबर छ,’ तातोपानी भन्सार नाकाका प्रमुख नारद गौतमले सेतोपाटीसँग भने,...
सेतोपाटी कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिजन अभाव पूर्ति गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।, समितिका अध्यक्ष देवी वलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो। , प्रदेश अस्पताल सुर्खेतले वैशाख ३१ गते कोभिड–१९ क...
सविता बुढा बाजुराका कपुर अधिकारीले यसपालि आफ्नै बारीमा ८ वटा कागतीका बोट रोपे। त्यसबापत् उनले ४० किलो चामल पाए।, उनी दंग छन्। यति चामल लिन उनी वर्षेनी घन्टौं हिँडेर सरमुकाम जानुपर्थ्यो। कहिले खाद्य डिपोको अघि लाइन बस्नुपर्छ। त्यहाँ पनि पाइएन भने बजारका खुद्रा पसलमै। डिपोमा भन्दा बजारमा चामलको भाउ महंगो छ।, अधिकारी हिम...
रासस गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।, बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प...
सेतोपाटी संवाददाता युथ कांग्रेस नेपालले काेराेना भाइरसबाट संक्रमित भएकाकाे सहायताकाे लागि ,काेभिड केयर नेपाल, (Covid Care Nepal)  एप्लिकेसन सार्वजनिक गरेकाे छ। , एपमा रहेको कोभिड हस्पिटलमार्फत देशैभरका कोभिड हस्पिटलहरूको जानकारी पाउन सकिन्छ। आफूलाई पायक पर्ने हस्पिटल पत्ता लगाई एप्लिकेसन मार्फत नै सिधै सम्पर्क गर्न सक...
रासस बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।, उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो।, बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए।, मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।, स्वास्थ्य कार्यालयका अनुसार मृत्य...
सेतोपाटी संवाददाता सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। , सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। , गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस...
दिपकजंग शाही कोरोनाभाइरसको दोस्रो लहरविरूद्ध लड्न सुर्खेतका स्थानीय तह पनि जुर्मुराएका छन्।, गत वर्षको कोरोना महामारी परास्त गर्न केन्द्र र प्रदेश सरकारको निर्णयअनुसार काम गरेका स्थानीय तहले यो वर्ष भने आफ्नै तवरबाट काम गरिरहेका छन्।, कोभिड-१९ को जोखिममा रहेका जिल्लाहरूमा सुर्खेत पनि परेको छ। कर्णाली प्रदेशका कुल कोरो...
रासस चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।, हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको बिहीबार मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हु...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशको दाङ र बाँकेमा १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका ८ जना छन् ।, कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्य...
रासस टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ।, दोलखाका बुढाथोकी इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत थिए। उनी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।, सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ। ...
युवराज श्रेष्ठ पोखरा औद्योगिक क्षेत्रमा रहेका धेरैजसो उद्योग यतिबेला सुनसान छन्। कोरोनाको संक्रमण रोक्न पोखरामा वैशाख २१ देखि लकडाउन छ।, अघिपछि सुनसानजस्तै हुने अक्सिजन उत्पादक उद्योग भने यतिबेला २४ घन्टासम्म चलाउनु परेको छ।, अक्सिजन लिन संक्रमित र संक्रमितका आफन्त उद्योगसम्मै आउँछन्। पालैपालो उनीहरूले अक्सिजन सिलिन्ड...
भगवती पाण्डे भैरहवाका राजेश विश्वकर्मा बिहीबार बिहान रोपन्देहीको रोहिणी-४ छिपागढस्थित शंकर अक्सिजन ग्यास उद्योगको गेटमा भक्कानो छोडेर रोइरहेका थिए।, राजेशकी दिदी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डको २८ नं. बेडमा भर्ना भएको वैशाख २० गतेदेखि हो। कोरोना संक्रमण पुष्टि भएपछि राजेशले दिदीलाई लुम्बिनी प...
सेतोपाटी संवाददाता जनकपुर-जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ।, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा न...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट धनुषाको एक जनप्रतिनिधिको मृत्यु भएको छ।, मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोदकुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिएका छन्।, दुई सातादेखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि वडा अध्यक्ष विनोदकुमार मण्डल गाउँमै औषधी सेवन...
सेतोपाटी संवाददाता अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमालपारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयमा त्रास फैलिएको छ। मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन्। जिल्लाको चार वटै गाउँपालिकामा सङ्क्रमित छन्।, सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकत...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनको लागि सिलिन्डरहरू लगेको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रहरी महानिरीक्षकको सचिवालयले स्पष्ट पारेको छ। , शुक्रबार महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै त्यस आरोपमा कुनै सत्यता नभएको बताएका छन्।, 'नेपाल प्रहरीले व्यक्ति...
राजेश घिमिरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको समग्र फार्मेसी विभाग हेर्ने गरी फर्मासिस्ट नियुक्त गरेर पठाएको ७ महिना भयो।, औषधी ऐन २०३५, राष्ट्रिय औषधी नीति, औषधी बिक्री–वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ मा अस्पतालमा औषधीको अनुमान, खरिद र वितरण ...
एजेन्सी नयाँदिल्लीको सरकारले कोरोनाभाइरसको संक्रमणबाट अभिभावक  गुमाएका बालबालिकालाई नि:शुल्क पढाउने भएको छ।, शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा दिने बताएका हुन्।, घरमा एकमात्र कमाउने व्यक्तिको मृत्यु भए परिवारलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री केज...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्ने भनेर गरेको निर्देशन हावादारी रहेको ठहर गर्दै निजी अस्पतालहरूले उक्त कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।, निजी अस्पतालहरूको छाता संगठन 'एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल' अफिनले विज्ञप्तिमार्फत मन्त्रालयले गै...
सेतोपाटी संवाददाता कोरोना महामारीको कारण देखाउँदै बन्दी प्रत्यक्षीकरण र कोरोनासम्बन्धी निवेदनमात्र हेर्ने गरेको सर्वोच्च अदालतले अब संवैधानिक व्याख्या, मौलिक हकको उपचार  र सार्वजनिक सरोकारका मुद्दा पनि हेर्ने भएको छ।, सर्वोच्च अदालतको फुलकोर्ट बैठकले (सबै न्यायाधीशको पूर्ण बैठक) उल्लेखित मुद्दा दर्ता र सुनुवाइ दुबै गर...
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाह डिस्चार्ज भएकी छिन्।, शुक्रबार नर्भिक इन्टरनेसनल अस्पतालले २१ दिनअघि भर्ना भएकी शाहलाई डिस्चार्ज दिएको हो।, उनी अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएको र उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि सँगै घर फर्केको उपचारमा संलग्न डा. जेपी जैसवालल...
शोभा शर्मा पशुपतिको दक्षिण ढोका सामुन्ने एक महिला घुँडामा हात लगाएर बसेकी थिइन्। उनको घर नुवाकोट हो। छोरासँग नयाँबजारमा बस्थिन्। बिहीबार छोराको मृत्यु भएको रहेछ।, उनी छोराको शव चिता कुर्ने लाममा राखेर एक्लै झोक्राइरहेकी थिइन्। , 'कसरी भयो?' मैले सोधेँ।, 'ब्रेन ह्यामरेज भएको थियो,' उनका आँखा टिलपिलाए, '१७ दिन उपचार गर्...
सेतोपाटी संवाददाता ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।, शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो। सो आदेश निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका हुन्।, शनिबार बिहान ६ बजेदेखि बुध...
सेतोपाटी संवाददाता शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। , त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ। , यस दिन कुल २१ हजार ४ सय...
रासस बागलुङको निसीखोला गाउँपालिका-२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।, फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए। घटना शुक्रबार दिउँसो साढे दुई बजे भएको हो। मृत्य...
जुना श्रेष्ठ 'हाम्रो टिम नेपाल' ले आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन दिँदै आएको छ। यो टिमले यसरी काम थालेको एक साताभन्दा बढी भयो। टिमका सदस्यले बारामा रहेको अक्सजिन प्लान्टबाट सिलिन्डर भरेर काठमाडौं ल्याइरहेका छन्।, यतिबेला अक्सिजन भर्न र सिलिन्डर व्यवस्था मिलाउन जताततै हम्मेहम्मे छ। विशेषगर...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क घटाइएको छ।, यसअघि संघीय सरकारले गत माघ २८ गते सरकारी अस्पतालहरुमा पिसिआर परीक्षण गर्दा १ हजार मात्रै शुल्क लिने निर्णय गरेपनि लुम्बिनी प्रादेशिक अस्पताल बुटव...
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुर महानगरपालिकाले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन्।, यसका लागि प्रत्येक वडामा एक–एक खोपकेन्द्र तोकिएका छन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले यो अवधिमा पहिलो डोज लिएका थिए। , २५ देखि २८ चैतसम्म पहिलो डो...
भगवती पाण्डे कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा उपचारका लागि रुपन्देहीमा २ वटा अस्पताल थपिएका छन्।, हाल संक्रमितहरुको उपचार गराइरहेका ४ वटा अस्पतालमा विरामीको चाप बढेर बेड अभाव भएपछि अरु २ वटा थपिएका हुन्। , लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा देवदहस्थित देवदह मेडिकल कलेज ...
सेतोपाटी संवाददाता सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई जना विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ।, बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरिकी नागरिक ३४ वर्षीय पुवेइलियू र स्वीट्जरल्याण्डका ४१ वर्षीय अब्दुल्वाहिड आवारिचको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।, उनीहरू दुबैको सगरमाथा ४ नम्बर ...
नारायण खड्का एउटै कार भित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव १३ दिनपछि अभिभावकले बुझेका छन्।, तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा भएको वार्तापछि पीडित पक्षले शुक्रबार बेलुका तीन बालकको शव बुझेका हुन्।, मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत ज...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरूद्वारा मारिएका कर्मचारीका नामबाट राखिएको छ।, एघार दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार ‘शेषचन्द्र गज’ राखिएको हो।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्...
सेतोपाटी लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ संक्रमितको मृत्यु भएको छ। यीमध्ये सात बाँके र दुई दाङका छन्।, बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना संक्रमितको गएराति मृत्यु भएको छ।, बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक-एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।, उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा....
सेतोपाटी संवाददाता सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ।, स्विट्जरल्यान्डका आरोही  अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।, उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ।, सेभेन समिटका अनुस...
निर्मला घिमिरे गत वैशाख १५ गते, साँझ ५ बजेतिरको कुरा हो। गोंगबु बसपार्कमा सहर छाडेर जानेहरूको बाक्लै भिड थियो। त्यही भिडभित्र रुकुम, आठबीसकोटकी कल्पना परियार आफ्नो परिवारसँगै थिइन्।, वैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएपछि उनीहरू काठमाडौंको डेरै छाडेर निस्किएका थिए। कल्पना घरि सामानको थुप्रोमाथि बसिरहेका छोराछोरी हेर्थ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण वृद्धिसँगै सरकारले अन्तर्राष्ट्रिय उडान रोकेका बेला स्पेशल चार्टर्ड फ्लाइटमार्फत् साउदी अरबको रियाद लगिदिन्छु भन्दै ठग्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त लैनचौरले सोह्रखुट्टेबाट एक जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्...
सेतोपाटी संवाददाता इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा निर्देशक विजय जलानको कोभिड-१९ संक्रमणबाट निधन भएको छ।, ४६ वर्षीय जलान संक्रमणपछि दुई सातायता उपचाररत थिए। सुरूमा ह्याम्स अस्पताल भर्ना भएका उनी निको भएर घर फर्किएका थिए। तर घर फर्किएको केही दिनमा फेरि बिमारले च्यापेपछि उनी मेडिसिटी...
सेतोपाटी संवाददाता अक्सिजनको व्यवस्थापन हुन नसक्दा कैलालीको गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन सेन्टर सञ्चालनमा ढिलाइ भएको छ।, कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने सरकारी योजना अनुसार अरू तयारी पूरा भए पनि अक्सिजनको व्यवस्था नभएर सञ्चालन हुन नसकेको हो।, जिल्ला प्रशासन कार्यालय कैलालीको मातहतमा रहने गरी धनगढी उप...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमको घरमा कार्रयत प्रहरी परिचर मृत फेला परेका छन्।, बिहीबार बिहान कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित ग्रीन हिल सिटी हाउसिङस्थित बमको घरमा कार्यरत प्रहरी परिचर मृत फेला परेका हुन्।, ओखलढुंगाका बासुदेव धमला झुण्डिएको अवस्थामा फेला परेको महानगरी...
सञ्चिता घिमिरे नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङ मार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ।, विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ।, आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।, महानगरीय अपराध महाशाखामा कार्यरत् असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो।, भेन्टिलेटरमा उपचाररत् उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको महाशाखा स्रोतले बतायो।, पुरी दुई ...
सेतोपाटी संवाददाता दाङको गढवा गाउँपालिका वडा नं. ४ मा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।, मृत्यु हुनेमा ५३ वर्षीय अब्दुल कलाम उनका कान्छा भाइ कान्छा भाइ ४१ वर्षीय मोहमद उमर र उनका छोरा २८ वर्षीय मोहमद रज्जाक छन्।, अब्लुलाई वैशाख ९ गते अलिअलि रिंगटा लागेजस्तो भयो। उनले स्थानीय पत्थरगढवास्थित एक क्लि...
सेतोपाटी संवाददाता सडकमा चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ।, रूपन्देहीको कन्चन गाउँपालिका-४ थकाली चोकमा  चेकिङमा रहेका बेला  इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो।, प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय बुढा मग...
विवेक राई अक्सिजन अभाव रहेको भन्दै बिहीबारसम्म उपत्यकाका १० वटा अस्पतालले संक्रमितको उपचार गर्न नसकिने बताएका छन्।, हिजो बुधबार मात्र काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालले थप विरामीको भर्ना गर्न नसकिने भन्दै सूचना जारी गरेको थियो। ‘सरकारको नियम अनुसार दैनिक सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने भएकाले थप विरामीको...
सेतोपाटी संवाददाता ललितपुर सातदोबाटोबाट एक जना कोरोना संक्रमितलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ।, एयर अल्टिच्युडको हेलिकप्टरबाट बिहीबार होम आइसोलेसनमा बसिरहेकी ५७ वर्षीया सावित्रा श्रेष्ठलाई बिएन्डसी लगिएको हो।, काठमाडौंका अस्पतालमा अक्सिजनसहितको बेडका लागि खोजी गरे पनि नपाइएपछि हेलिकप्टर चार्टर्ड गर...
एजेन्सी भारतको विहार राज्यमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याइएको छ।, बिहीबार मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै विहारमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको बताए।।, विहारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन मे १५ गते सकिँदै थियो।, मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्दा संक्रमण रोक...
सेतोपाटी संवाददाता सिन्धुलीमा माछा मार्न गएका पुरूष मृत अवस्थामा फेला परेका छन्।, बिहीबार बिहान सवा ६ बजे कमलामाई नगरपालिका वडा नम्बर २ कुसुम्टारका ६० वर्षीय टीकाबहादुर सुनुवार मृत फेला परेका हुन्।, उनी मरिण खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनो...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ। अक्सिजनको अभावका कारण अब आउने बिरामीहरुलाई रोक्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।, यद्यपि बिरामीलाई भर्ना लिन नसक्ने अवस्थाबारेमा छलफल भने गर्नुपर्ने अस्पतालका प्रमुख डा. ड...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २१४ जनाले कोरोनाबाट ज्यान गुमाएको पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै आजसम्म कुल मृतकको संख्या ४ हजार ४६६ पुगेको छ। , यस दिन ५ हजार ५५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म ३ लाख २१ हजार ५१८ जना निको भएका छन्। , हाल देशभर १ लाख ५ हजार २०७ जना...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ।, ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८ सय ५ खाली सिलिण्डर छन्।, संकलन गरिएका सिलिण्डरमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइए...
सेतोपाटी संवाददाता कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ।, बिहीबार दिउँसो कृष्णपुर नगरपालिका-६ मौरीफाँटामा से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, मृत्यु हुनेमा २८ वर्षीया प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेल रहेको प्रहरीले जनाएको छ।, दुर्घट...
सेतोपाटी संवाददाता चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको आदेशमा निषेधाज्ञा लम्बाइएको जनाइएको छ।, यसअघि वैशाख १६ गते देखि ३१ गते(भोलि) रातिसम्मका लागि निषेधाज्ञा थियो। यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा थप लम्ब्याउने...
खिलानाथ ढकाल बिहीबार दिउँसो सवा २ बजेको थियो।, कोरोना संक्रमणबाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललित शव अन्त्येष्टिका लागि सिंघिया घाटमा थिए। साथमा केही आफन्त मलामी घाटमा जम्मा भएका थिए। , उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो।, ललित...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३ हजार ५६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप ३ हजार ५६२ संक्रमित थपिएका हुन्। , त्यसमध्ये काठमाडौं जिल्लामा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका हुन्। , पछ...
विवेक राई सरकारले अक्सिजनको हाहाकार हुन थालेपछि कोटा प्रणालीबाट अक्सिजन वितरण गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन अभावका बेला वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने भन्दै कोटा तोकेको हो।, कोटा प्रणालीअनुसार अक्सिजन सिलिन्डर वितरण गर्नका लागि समन्वय गर्ने जिम्मा 'कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द...
विवेक राई अहिले नेपालले चरम अक्सिजन अभाव झेलिरहेको छ। उपत्यकाका ११ वटा अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचार गर्न नसक्ने भन्दै ,हात उठाइसकेका, छन्।, सरकारले नै माग अनुसार अक्सिजन पुर्‍याउन नसकिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकामा करिब १० हजार मात्र आपूर्ति गर्न सकि...
सेतोपाटी संवाददाता सगरमाथा आधार शिविरमा सेनाको टोलीले मानव कंकाल फेला पारेको छ।, सफा हिमाल अभियान-२०२१ अन्तर्गत फोहोर संकलनमा खटिएको सेनासहितको टोलीले मंगलबार सगरमाथाबाट मानव कंकाल फेला पारेको हो।, कंकालको दायाँ हात र बायाँ पाखुरा फेला पारिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।, सगरमाथाको क्याम्प २ बाट संकलन ...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गर्ने निर्णय गरेको छ।, जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख छ।, झापामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएपछि त्यसको नियन्त्रणको ...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।, इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम द...
सेतोपाटी संवाददाता कोरोनाभाइरसका संक्रमित थपिँदै गइरहेकोले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ।, सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको छ।, सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूल...
एजेन्सी उत्तरपूर्वी भारतीय राज्य असमको  जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्।, बुधबार राति परेको च...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्।, देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका  अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबा...
सेतोपाटी कोरोनाभाइरस संक्रमित बढेसँगै काठमाडौं उपत्यकाभित्रका अस्पतालहरू संक्रमितले भरिएका छन्।, शय्या अभावमा अस्पताल परिसरमा राखेर पनि बिरामीको उपचार गरिएको छ। अधिकांश ठूला अस्पतालहरूले अब बिरामी भर्ना लिन नसकिने बताउने गरेका छन्। , कोरोना संक्रमित अधिकांश बिरामीलाई अक्सिजनको सहायतामा राख्नुपर्ने हुन्छ। तर मागभन्दा द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उपत्यकामा मात्रै तीन हजार ९८ जनामा संक्रमण देखिएको हो। , त्यसमध्ये काठमाडौंका २३४६, ललितपुरका ४५४ र भक्तपुरका २९८ जना छन्। , योसँगै काठमाडौं उपत्यकामा...
सेतोपाटी संवाददाता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अबको ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने बताएका छन्।, कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।, उनले भने, ‘भारतले महामारीविरूद्ध लड्न नेपाललाई अग्रसर रूपले सहयोग गरिरहेको छ। भारतबाट २३ ला...
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।, नेपालमा कोरोनाका सक्रिय संक्रमित एक लाख नाघे
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिज...
सेतोपाटी संवाददाता पछिल्लो चौबीस घण्टामा चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा ४/४ र पुरानो मेडिकल कलेजमा ३ जना संक्रमितको उपचारकाक्रममा मृत्यु भएको हो।, मृत्यु हुनेहरु ५ जना चितवनका छन्। अन्य गुल्मीका २...
सेतोपाटी संवाददाता कोरोना संक्रमणको दर भारतमा भन्दा नेपालमा बढी रहेको पाइएको छ। , दैनिक भारतमा प्रति १० लाख जनसंख्यामध्ये २४० जना संक्रमित हुने गरेकोमा नेपालमा भने ३०४ संक्रमित हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा‍‍. अर्चना श्रेष्ठले जानकारी दिइन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब...
सेतोपाटी संवाददाता झापामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। , बुधबार बिहान पौने १२ बजे कन्काई नगरपालिका-३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।, पश्चिमबाट पूर्व जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका-७ की ७१ वर्षीया कमला माया कामीलाई ठक्कर दिएको प्रदेश नम्बर १ प्रह...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका छन्। , त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन्। आज थपिएकासहित सक्रिय संक्रमितको संख्या ...
सेतोपाटी संवाददाता अब कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी व्यक्तिले खोप लगाउनुपूर्व फाराम भर्नुपर्ने भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को चरणको खोप अभियानका लागि खोप लगाउने व्यक्तिहरूले अगाडि नै फाराम भर्नुपर्ने जानकारी दिए। , उनले यो फाराम हाल खोप नलगाएका १८ वर्ष वा सोभन्दा माथिका व्यक्...
भगवती पाण्डे अस्पतालमा अक्सिजन सकिएपछि रूपन्देहीका अस्पतालमा भर्ना भएका ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना धागो कारखानास्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पताल र ३ जना भैरहवास्थित भीम अस्पतालका छन्।, बुधबार दिउँसो केही समय अक्सिजन आपूर्ति बन्द हुँदा बुटवलको कोरोना विशेष अस्पतालमा ५ जना...
सेतोपाटी संवाददाता हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले चार जनालाई  ८२ लाख रुपैयाँसहित पक्राउ गरेको छ। , बुधबार दिउँसो १ बजे प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर-३ आदर्शनगरबाट चार जनालाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार प्रहरीले सो ...