content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि रूपन्देहीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुधबार जेठ १३ गतेसम्मलाई निषेधाज्ञाको समय थप गरेको हो।, यसअघि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति १२ बजे सकिदै थियो। तर दैनिक कोरोना संक्रमित थप... |
सेतोपाटी संवाददाता टिकापुर अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्न स्थानीय स्तरबाटै आर्थिक सहयोग अभियान सुरु भएको छ। , टिकापुर अस्पताल, टिकापुर उद्योग वाणिज्य संघ र टिकापुर सरोकार समूहले संयुक्त रुपमा अक्सिजन खरिदका लागि अभियान चलाएका हुन्। , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक रावलले अक्सिजन अभाव हुन नदिन अभियान चल... |
सेतोपाटी पर्वतमा निषेधाज्ञाको समयमा बिहे भोज गर्ने दुई जना दुलहा पक्राउ परेका छन्। , जलजला गाउँपालिका –२ माझफाँटमा निषेधाज्ञाका समयमा बिहे भोज गर्ने दुई दुलहा बुधबार पक्राउ परेका हुन्।, मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार प... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो।, त्यसमध्ये काठमाडौंमा ३२५०, भक्तपुरमा २२६ र ललितपु... |
राजेश घिमिरे भरतपुर अस्पतालले कोरोना संक्रमितको उपचारका लागि उपचार सामग्रीको कमी हुन थालेको बताएको छ।, संक्रमितको उपचारका लागि छुट्टाइएको शैया संख्या भन्दा बढी बिरामीको उपचार गर्नुपरेको भन्दै उक्त अस्पतालले उपचारका लागि आवश्यक पर्ने सुरक्षा सामग्रीको मौज्दातमा कमी आउन थालेको जनाएको छ।, ‘आइसियू, एसचडियू, भेन्टिलेटर एवम... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ।, ती मध्ये १ सय ८३ भरिएका र ३ सय ६४ खाली सिलिण्डर रहेका छन्। संकलन गरिएकामध्ये ५ सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीले जनाएको छ।, बा... |
सेतोपाटी संवाददाता रुपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ। बुधवार ९ सय ७ जना कोरोना संक्रमित थपिएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार २ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बुधबार अहिलेसम्मकै सबै भन्दाबढी ९ स... |
विनोद सापकोटा दोस्रो लहरको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि झापाको शिवसताक्षीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी संक्रमितका घर-घरमा पुर्याउन थालिएको छ।, केही दिनअघि आयुर्वेद विभागले जारी गरेको प्रोटोकल अनुसार दुधे आयुर्वेद औषधालयले संक्रमितका घरघरमै जडिबुटी जन्य औषधी पुर्याउन थालेको हो। स्थानीय पा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूले अक्सिजनको अभावका कारण भर्ना नलिने भन्दै सार्वजनिक सूचना जारी गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण गराएको छ।, प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बुधबार साँझ सूचना जारी गर्दै अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रया... |
भगवती पाण्डे अस्पतालमा अक्सिजनको अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेपछि रुपन्देहीमा नेपाली सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ। , बुधबार नेपाली सेनाको एमआई-१७ हेलिकप्टरले ४१ वटा अक्सिजन सिलिण्डर भैरहवा विमानस्थल ल्याएको हो। , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन अभावका कारण अस्पतालमा ब... |
सेतोपाटी संवाददाता कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।, नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमु... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएर नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्यलाभपछि बुधबार डिस्चार्ज भएका छन्। , भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्केपछि शाहलाई कोरोना संक्रमण भएको थियो। ,
उनको उपचारमा संलग्न वरिष्ठ फिजिसियन तथा कार्डिओलोजिष्ट डा. जेपी जैसवालले बुधबार प... |
सेतोपाटी देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।, बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्।, हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्।, यो विवरणमा केही थपघट हुन सक्ने बत... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आ... |
सेतोपाटी भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ।, नगरपालिकाले करीब रु ६० लाखका लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।, अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार ... |
सेतोपाटी मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्।, कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।, उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो।, जङ्गली हात्त... |
एजेन्सी शंकास्पद कोरोना संक्रमितका शव गंगामा धमाधम बगेर आउन थालेपछि भारतको विहार राज्यका अधिकारीहरूले छिमेकी राज्य उत्तर प्रदेशको सीमामा गंगा नदीभित्र जाली राखेका छन्।, विहारका जलस्रोत मन्त्री सञ्जयकुमारले उत्तर प्रदेशको सीमा जोडिने ठाउँमा गंगाभित्र जाली राखिएको जानकारी दिएका छन्।, केही दिनयता गंगा नदीमा तैरिरहेका ७१... |
सेतोपाटी मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन्।, मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ।, हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन्।, त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ। यद्यपि स... |
सेतोपाटी संवाददाता बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पतालमा उपचाररत ९ कोरोना संक्रमितको मृत्यु भएको हो। , उनीहरू कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए। बुधबार बेलुकी र बिहीबार बिहान गरी ९ कोरोना संक्रमितको मृत्यु भएको... |
सेतोपाटी कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।, उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो।, उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो। त्यसपछि ... |
सेतोपाटी संवाददाता जनकपुरस्थित प्रादेशिक अस्पतालमा महोत्तरीका कोरोना बिरामीको मृत्यु भएपछि आक्रोशित परिवारजनले अस्पतालको आइसियू कक्षमा तोडफोड गरेका छन्। , बिरामीको मृत्युपछि आक्रोशित भएका मृतक परिवारजनले अस्पतालमा तोडफोड गर्दा दुई वटा भेन्टिलेटरमा समेत क्षति पुगेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. ... |
रासस नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ।, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका सचिवालयका संयोजकसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि सात हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए।, नौ वटा अक्सि... |
रमेश गिरी भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ।, अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ।, जिल्लावास... |
रासस बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो।, ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपाल... |
रासस कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए।, उनकाअनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अ... |
सेतोपाटी संवाददाता नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।, नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रस... |
नेहा झा मुलुकभर कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला प्रदेश २ का आठवटै जिल्ला उच्च जोखिममा छन्।, तर प्रदेशभरी बिरामीलाई उपचारका लागि राख्ने बेड अभाव देखिएको छ। , केहीदिन अघिमात्रै उपचारका लागि अस्पतालको बेड नपाएर धनुषाका एक बिरामीले ज्यानै गुमाउनु परेको थियो। , प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि बेड अभाव रहेको बेल... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ ।, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पुर्याउन लागिएको हो । ... |
सेतोपाटी संवाददाता चितवनका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो। , मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन्। भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचा... |
रासस वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ।, प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो।, त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका... |
सेतोपाटी संवाददाता काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्।, मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, होटल सञ्चालक पिताम्बर गौतमसहित २५ ... |
रासस मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको छ। एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।, अस्पतालक... |
सविता बुढा अक्सिजन अभाव भएपछि सुदूरपश्चिमका अस्पतालहरूले थप कोरोनाभाइरस संक्रमितको उपचार गर्न नसकिने बताएका छन्।, सुदूरपश्चिमका विभिन्न सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढिरहेको छ।, यसैबीच निजी अस्पताल सुदूरपश्चिम प्रदेश समितिले अक्सिजन अभाव रहेकोले थप बिरामी भर्ना गर्न नसक्ने उल्लेख गर्दै विज्ञप... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित ग्रान्डी अस्पतालले अक्सिजन अभाव रहेको बताउँदै थप कोरोना विरामीको उपचार नगर्ने जनाएको छ।, बुधबार सूचना जारी गर्दै अस्पतालले आवश्यकता अनुसार अक्सिजन व्यवस्थापन नभएको भन्दै थप विरामीको उपचार गर्न असमर्थ रहेको जनाएको छ। , नेपाल सरकारबाट दैनिक एक सय वटा सिलिण्डर प्राप्त हुने भन्दै त्यसले थप... |
सेतोपाटी संवाददाता नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको बताएको छ।, उसले राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको बताएको छ।, कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार विज्ञप्ति जारी गरी यो अवस्था जारी रहने हो भने अ... |
एजेन्सी अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ।, कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको ,बिबिसी,ले जनाएको छ।, २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्।, मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएको भन्दै अस्पतालहरूले बिरामी भर्ना गर्न नसकिने बताएका हुन्।, ग्रान्डी अस्पतालले अक्सिजन अभाव रहेको बताउँदै थप कोरोना विरामीको उपचार नगर्ने जनाएको ... |
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकाले ३० बेडको कोभिड हाई केयर आइसोलेसन युनिट सञ्चालनमा ल्याएको छ। तत्काललाई १० बेडबाट सुरू गरेर ३० बेडसम्म सेवादिने तयारी नगरपालिकाले गरेको छ।, महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाका कोभिड-१९ का गम्भीर प्रकृति... |
सेतोपाटी संवाददाता बाँकेमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा गरी पछिल्लोपटक थप १४ कोरोना संक्रमितको मृत्यु भएको हो।, कोरोना संक्रमणपछि उपचाररत उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरू बाँके र आसपा... |
सेतोपाटी संवाददाता संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ।, बुधबार बिहान साढे ८ बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका-१२ कञ्चनपुरका ३७ बर... |
सेतोपाटी संवाददाता खोटाङ जन्तेढुंगा गाउपालिका-५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पो खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ।, उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा मंगलबार बेलुका ५ बजे बाटोमा मृत्यु भएको हो।, दुर्घटनामा टेम्पो चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महि... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न उद्योगमा होल्ड गरी राखेका २९ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।, उद्योग, कलकारखाना, सप्लायर्स, ग्यारेज तथा फर्निचर र व्यक्तिको घरमा राखिएका अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ।, ती सिलिण्डर कोरोना अस्पताल महाकाली र प्राथमिक स्वास्थ्य केन्द्र दोध... |
सेतोपाटी संवाददाता ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको हो।, रथारोहण गर्ने साइत बिहानैको थियो। सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम भयो। रथ निर्माणको काम... |
भगवती पाण्डे अक्सिजनको चरम अभाव रहेको भन्दै रूपन्देहीका अस्पतालले कोरोना संक्रमितका बिरामी लिन छोडेका छन्।, यसअघि स्थानीय प्रशासन, अस्पताल प्रशासन र अक्सिजन उद्योगका सञ्चालकको संयुक्त बैठकले कोरोना संक्रमितको उपचार गर्ने जिल्लाका तीन वटा अस्पताललाई अक्सिजन दिने सहमति गरेका थिए। तर सहमति अनुसारको अक्सिजन उपलब्ध नभएपछि ... |
सेतोपाटी नेपालमा दोस्रो चरणको महामारी फैलाइरहेको नयाँ प्रकारको कोरोना भाइरस भारतबाट संसारका ४४ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।, भारतमा गत अक्टोबर महिनामा पहिलोचोटि देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई ‘बी.१.६१७’ भनिएको छ। यो भाइरस विभिन्न देशबाट लिइएका ४ हजार ५ सयभन्दा बढी नमूनामा फेला प... |
विवेक राई निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिन भित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निर्णय भए... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन्।, उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढीरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको... |
सेतोपाटी संवाददाता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ।, मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो।, विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।, 'विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरि... |
सेतोपाटी संवाददाता कोरोना महामारीको दोस्रो लहर चलिरहँदा बजारमा अक्सिजन पल्स मापन गर्न प्रयोग हुने अक्सिमिटर नै गुणस्तरहीन बिक्री वितरण हुने गरेको पाइएको छ। , चीनबाट मास्कको तुना आयात गर्दा अक्सिमिटर ल्याइने र महंगोमा बिक्री गर्ने गरेको अनुसन्धानले देखाएको हो।, यस्तो अक्सिमिटर बिक्री वितरणमा संलग्न सात व्यापारी काठमाड... |
सेतोपाटी संवाददाता घोराहीका एक नवबिवाहित दम्पत्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका अविनाश राना र सिर्जना राना कुँवरले आफ्नो विवाह खर्च कटाएर अस्पतालाई नगद ५१ हजार आर्थिक सहयोग गरेका हुन्।, कोरोना महामारीको समयमा अस्पतालमा अक... |
सेतोपाटी संवाददाता नेपालगञ्ज र ओखलढुंगाका दुई जना कोरोना संक्रमितलाई हेलिकप्टरबाट झापाको बिएण्डसी अस्पताल लगिएको छ।, मंगलबार अल्टिचुड एयरको हेलिकप्टरले दुई जना कोरोना संक्रमितलाई बिएन्डसी अस्पताल पुर्याएको हो।, कोरोनाले गम्भीर बिरामी भएका नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका ५५ वर्षीय नरनाथ फुयाँललाई बि... |
सेतोपाटी संवाददाता बाँकेमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अवैध कारोबार हुने गरेको पाइएको छ।,
,
नेपालगञ्ज मेडिकल कलेजको हाताभित्रै सञ्चालित फार्मेसीले उक्त औषधिको कारोबार बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको छ। , सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम... |
सविता बुढा सेती प्रादेशिक अस्पतालमा ११ वर्षदेखि काम गर्दै आएका बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अरूण पनेरू आजभोलि घर जाँदैनन्।, गइहाले पनि खाना खाएर फर्किहाल्छन्। अचेल उनलाई आफूले जागिर खाइरहेको छु भन्ने लाग्दैन। त्यो भन्दा पनि ठूलो जिम्मेवारी महसुस गरेर काम गर्छन्। , मान्छेहरूलाई बाँच्न चाहिने अक्सिजन सिलिण्डरमा भर... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।, होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको पराजुलीले बताए।, ‘होटल, पार्टी प्यालेसमा भइरहेका ब... |
सेतोपाटी संवाददाता महोत्तरीमा एक जना प्रहरी जवान मृत फेला परेका छन्।, नेपाल भारत सिमाना क्षेत्रको साम्सी गाउँपालिका- ७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान मृत फेला परेका हुन्।, चौकीबाट ७ सय मिटरको दूरीमा रहेको आँपको बगैंचामा रूखमा पासो लगाएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयक... |
एजेन्सी रूसको कजान शहरस्थित एक विद्यालमा मंगलबार गोली चल्दा कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ भने कैयौं मानिसहरू घाइते भएका छन्। , रूस सरकारद्वारा सञ्चालित आरआइए नोभोस्तीले जनाए अनुसार दुई जना व्यक्तिले विद्यालयमा गोलीबारी गरेका थिए।, मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेको बिबिसीले जनाएको छ।, गोली चलाउने १९ वर्ष... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा अत्यावश्यक सामाग्री बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ।, हाल ९ बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था छ। भोलिदेखि खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ लगायत दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरु १० बजेसम्म खोल्न पाइने भएको हो। , काठमाडौं, भक्तपुर र ललितपु... |
राजेश घिमिरे गत वर्ष नेपालमा कोरोना महामारी सुरू हुँदा धेरैलाई यसका बारे खासै जानकारी थिएन। देश नै लकडाउनमा गएपछि सबै अन्यौलमा परे।, बजार, यातायातदेखि सरकारी, गैरसरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्न पुग्यो। एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै बञ्चित हुँदै थिए। उपचारका लागि अ... |
सेतोपाटी संवाददाता कैलालीमा निषेधाज्ञा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। , जिल्ला प्रशाशन कार्यालय कैलालीले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा थप कडाइ गरी जेठ ६ गतेसम्म थपेको हो।, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय समेतका आधारमा मंगलबार राति १२ बजेदेखि लागू हुने ... |
विवेक राई हिजोआज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पुग्दा आकस्मिक कक्षबाहिर दश-बाह्र जना कोरोना संक्रमित भुइँमै लडिरहेका भेन्टिन्छन्। कोही म्याट ओछ्याएर भुँइमै पल्टिरहेका हुन्छन्। कोही नाकमा अक्सिजन पाइप घुसारेर कुर्सी र बेन्चमा अडेस लागेका हुन्छन्।, कोही भने त्यहीँ कुर्सी र बेन्च कतिबेला खाली हुन्छ र आ... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। , संक्रमणमुक्त भएसँगै उनी सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका फिजिसियन एन्ड कार्डिओलोजिष्ट डा. जेपी जैसवालले बताए। , ‘पूर्वराजालाई अहिले अक्सिजनबाट पनि मुक्त गरिसकिएको छ, उहाँ स्वस्थ भइसक्नुभएको छ,’ जैसवालले स... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।, मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए।, साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लाग... |
सेतोपाटी संवाददाता सरकारले थप दुई हजार वटा 'हाइ डिपेन्डेन्सी युनिट' बेड थप्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दुई हजार वटा एचडियू बेड थप गर्नका लागि अर्थ मन्त्रालयसँग सहमति भएको जानकारी दिए।, गत वर्ष मन्त्रालयले दुई हजार एचडियू बेड थप गर्ने भनेकोमध्य एक हजार ५५५ वटा सञ्चालनमा रहेको अर्... |
रासस मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौ... |
दिपकजंग शाही सुर्खेतका स्थानीय तहमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि स्थानीय तहले नेपाली सेनालाई गाडी उपलब्ध गराउने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको वैठकले नगरपालिकाहरुले दाहसंस्कारका लागि सेनालाई आवश्यक पर्ने एउटा जीप स्थानीय तह मिलेर सेनालाई उपलब्ध गराउने निर्णय गरेको हो।, पूर्... |
राजेश घिमिरे केही दिनदेखि सुनसान देखिएको जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो भने चहलपहल देखिन्थ्यो। केही युवाहरु प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई आफ्ना कुरा सुनाउन गेटमा लामबद्ध भएका थिए।, उनीहरु प्ले कार्डमा लेखिएका चोटिला प्रश्नमार्फत महामारीमा प्रशासनले गर्नुपर्ने कामको विषयमा ध्यानाकर्षण गराउँदै थिए। , सिडिओ... |
रासस सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो।, केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन्।, जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो। अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचा... |
सेतोपाटी संवाददाता काभ्रेको पाँचखाल नगरपालिकाले कोरोनाका संक्रमित अति विपन्न नागरिकलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले संक्रमित अति विपन्न नागरिकलाई १० हजार रूपैयाँ दिएर अर्थिक सहयोग गर्ने भएको हो।, मंगलबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख महेश खरेलले कोरोनाबाट संक्रमित अति विपन्न बिरामीका लागि उपचार खर्च नगद... |
सेतोपाटी संवाददाता कोरोनाका बिरामीको चाप बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले अस्पतालमा बिरामी ल्याउनुअघि अस्पताललाई फोन गरेर बेड भए/नभएको निश्चित गरी ल्याउन भनेको छ ।, अस्पतालको क्षमताभन्दा धेरै बिरामी भएकोले यस्तो आग्रह गरिएको हो। मंगलबार सूचना जारी गर्दै कार्यालयले अक्सिजनको अभाव, रिफिल गर्नुपर्ने सास्ती जस्ता क... |
सेतोपाटी संवाददाता कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। , यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्... |
एजेन्सी कोरोनाभारइसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला केही दिनमा दैनिक संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर भने बढेको छ।, टाइम्स अफ इन्डियाका अनुसार पछिल्ला दिनमा भारतमा थपिएका कूल संक्रमितको एक प्रतिशतले ज्यान गुमाएका छन्।, आइतबासम्मका पछिल्ला सात दिनमा भारतमा २७ लाख ४० हजार मानिसलाई संक्रमण भएको थियो भ... |
एजेन्सी अमेरिकाको कोलोराडो राज्यस्थित एउटा घरमा भइरहेको बर्थ डे पार्टीमा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ।, स्थानीय समयअनुसार आइतबार सबेरै क्यान्टरबरी मोबाइल होम पार्कमा बर्थडे पार्टी भइरहेका बेला आएका बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर ६ जनाको हत्या गरेका थिए भने केहीबेरमा आफूलाई पनि गोली हानेका थिए।... |
रासस स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ताअघि अक्सिजन प्लान्ट ल्याए पनि प्रयोगमा आएको छैन।, कोरोनाका बिरामी आएर अस्पतालमा समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा राखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले बताए।, दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनियर नहुँदा त्य... |
रासस भक्तपुरको मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ।, अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो।, भक्तपुरका सह... |
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले संसारकै अग्लो शिखर सगरमाथाको चुचुरोमा एउटा लाइन हाल्ने बताएको छ।, सगरमाथा आरोहणको सिजन चलिरहेका बेला नेपालतर्फबाट जाने आरोहीसँग तिब्बततर्फबाट आउने आरोहीको सम्पर्क नहोस् भनेर चीनले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो चुचुरोमा एउटा लाइन हाल्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले ... |
रासस म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ।, वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, स्थानीयले खबर गरेपछि जिल्ला ... |
रासस कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ।, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै देशभरका अस्पतालमा बिरामीको चाप बढिरहेको छ। संक्रमितको संख्या जति बढ्यो त्यही अनुपातमा अस्पतालमा स्वास्थ्यकर्मी चाहिन्छन्। , कतिपय अस्पतालले डाक्टरदेखि सरसफाइकर्मीसम्म अभाव भएको भन्दै सरकारसँग व्यवस्था गरिदिन माग गरेका छन्।, सरूवा रोग अस्पतालको केन्द्र मानिएको टे... |
सबिना श्रेष्ठ 'हार्टबिट' लामो समयदेखि बालबालिकाका लागि काम गर्दै आएको संस्था हो। सन् २००६ मा सुरू यस संस्थाले विद्यार्थीको शिक्षा र सामाजिक सेवामा काम गरिरहेको छ। पछिल्लो समय 'फुड फर एजुकेसन' भनेर संस्थाले साताको दुई दिन स्कुलका विद्यार्थीलाई खाजा खुवाउँथ्यो।, काठमाडौं, टेकुस्थित श्री महेन्द्र सेवा आधारभूत विद्यालय त्... |
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१ का ३३ वर्षीय प्रेमदत्त भट्ट, बेदकोट नगरपालिका-२ का ३२ वर्षी केशव खत्री, भारतीय नागरिक उत्तरप्रदेशका राजेन्द्र सिंह र राजस्थानका १६ वर्षीय कृशन सिंह छन्।, उनीहरूलाई फरक-... |
प्रशन्न पोखरेल राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।, एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने ... |
सेतोपाटी संवाददाता सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। , आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो। , जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या ... |
सेतोपाटी संवाददाता स्रोत नखुलेको भारतीय रकमसहित बर्दियाबाट एक जना पक्राउ परेका छन्।, राजापुर नगरपालिका-४ सत्तीघाटबाट कैलाली टिकापुर नगरपालिका-१ का २९ वर्षीय गोपाल चौधरी पक्राउ परेका हुन्।, उनको साथबाट १७ लाख ५० हजार रुपैयाँ भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।, आइतबार कैलालीबाट राजापुर आउँदै गर... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ।, जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो।, यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितप... |
सेतोपाटी संवाददाता इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ।, मोरङ रंगेली नगरपालिका-९ बेदमारीस्थित इँटा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवी इट्टा उद्योगमा काम गर्ने मजदुर भुसन... |
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो।, आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेक... |
रासस सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन्।, सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतब... |
शोभा शर्मा उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कारी ठहर गर्दै ५ वर्ष तीन महिना कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ।, वैशाख १२ गते न्यायाधीश अच्युत बिष्ट र नवराज थपलियाको इजलासले उनलाई आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार ठहर गरेको फैसला गरेको थियो। सोही इजलासले सोमबार... |
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै एकै दिन थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप... |
सुनिता सिटौला हिजोआज असन इन्द्रचोकका गल्लीहरू सुनसान छन्। यहाँ सामान बोकेर गुजारा गर्नेहरूको पिँठ्युमा कुनै भारी हुँदैन। बरू उनीहरू रित्तो नाम्लोसँगै बाँच्ने आधार खोजिरहेका छन्। , सहरका तिनै गल्लीमा दोलखा, जिरीका अर्जुन खड्का पनि रित्तो नाम्लो बोकेर हिँडिरहेका थिए। नाम्लोसँगै हिजोआज उनको पेट पनि रित्तिएको छ। , शुक्रबा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो। , ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन्।, ... |
सेतोपाटी प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।, शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दि... |
एजेन्सी भारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू भेटाएका छन्।, उत्तर प्रदेशसँग सीमा जोडिएको उक्त जिल्लाको चौसा गाउँका मानिसहरूले ती शवहरू बग्दैबग्दै महादेवा घाटमा आइपुगेको बताएका छन्। ती शव कोरोना संक्रमणबाट मरेको मानिसको हुन सक्ने भन्दै उनीहरूले स्थानीय प्रशासनलाई खबर गरेका ... |
रासस बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ।, भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।, उनकाअनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सो... |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ।, मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्ड... |
रासस काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ।, चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो।, जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हु... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर कारागार (सुधार गृह) भित्र एक जना कैदी मृत फेला परेका छन्।, सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षीय खड्ग बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित कारागारमा बुढाथोकी आज बिहान ८ बजेतिर मृत फेला परेक... |
सेतोपाटी संवाददाता अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक भएको छ।, काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर नतिजा हेर्न सकिने जनाएको छ।, नतिजा हेर्नका लागि डिभी भर्दा आ... |
रासस झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ।, प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो।, सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्च... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.