content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता मुलुकभरीका अदालतमा २२ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ।, सर्वोच्च अदालतलका अनुसार विभिन्न अदालतमा २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको हो। , सर्वोच्चले बुधवार जारी गरेको विज्ञप्ति अनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सबभन्दा बढी कोरोना संक्रमित भएका छन्। त्यहाँ ४ न्यायाधीश ... |
एजेन्सी भारतमा एक-दुई दिन ओह्रालो लागेजस्तो देखिएको कोरोनाभाइरसको संक्रमणले बुधबार नयाँ रेकर्ड बनाएको छ।, बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो। त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो।, अघि... |
सेतोपाटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ।, लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मंगलबार बेलुकी मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।, त्यस्तै यार्सागुम... |
एजेन्सी दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन्।, वाल स्ट्रिट जर्नल,का अनुसार उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्स... |
रासस कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ।, जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, न... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।, नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो।, मेयर बासुदेव घिमिरे लु १ झ ३६०... |
रासस काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ।, बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।, अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ।, ... |
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्। , उनले आफू चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उ... |
राजेश घिमिरे सामान्यत: फार्मेसीबाट औषधी बिक्री हुन्छ। चितवनको भरतपुरस्थित एक फार्मेसीले भने बिक्रीका लागि तरकारी पनि राखेको छ।, चितवन मेडिकल कलेजनजिकै रहेको स्मार्ट फार्मेसीका सञ्चालक कमलेश यादवले एक हप्तादेखि कुरिलो पनि बेच्न थालेको बताए।, कोरोना संक्रमितका लागि औषधी बुझ्न आउनेले कुरिलोबारे पनि सोध्न थालेपछि उनले कुर... |
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।, मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको ह... |
सेतोपाटी संवाददाता प्रहरीले यात्रुसँग बढी भाडा लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिएको आरोपमा एक जनालाई बुधबार गोंगबु बसपार्कबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा स्याङ्जा चापकोट घर भई काठमाडौं मित्रनगर बस्ने ३० वर्षीय मिलन सारू छन्। उनी बाग्लुङ भगवती काउन्टरका... |
सेतोपाटी कोरोनाभाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक सङ्क्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान सुरू गरेको छ। यससँगै महानगरले दुई स्थानमा आइसोलेसन तयार गर्दैछ। , महानगर प्रमुख रेनु दाहालले दुइटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तया... |
सेतोपाटी संवाददाता मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ।, ५० लाम रूपैयाँको लगानीमा एक साताभित्र उक्त अस्पतालमा अक्सिजन प्लान्ट राखिने मध्यपुर नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए। मेयर श्रेष्ठका अनुसार यो प्लान्टबाट दैनिक नब्बे सिलीण्डर ग्यास उत्पादन गर्न सक... |
सेतोपाटी कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोक जिल्लामा दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले बागमती प्रदेशस्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरमा शववाहन मागिने भएको छ।, केन्द्रको बैठकले कोभिड-१९ को दोस्रो लहरबाट मृत्यु ... |
भगवती पाण्डे २०७६ पुस ५ गते तामझामका साथ बुटवल उपमहानगरपालिकालाई 'सडक मानवमुक्त' उपमहानगर घोषणा गरियो। 'सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छाना' भन्ने नाराका साथ सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको बुटवलको सडकमा तीन दिनसम्म छट्पटाउँदै एक व्यक्तिले ज्यान गुमाएका छन्।, बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित ल... |
सेतोपाटी संवाददाता प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको संसद सचिवालयले जानकारी दिएको छ।, कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा)... |
सेतोपाटी संवाददाता धनुषामा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। , जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। , उनका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जन... |
सेतोपाटी संवाददाता बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , पछिल्लो २४ घन्टामा बाँकेमा उपचाररत् ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। , मृत्यु हुनेमा १० जना बाँकेका तथा एक/एक जना दाङ र जाजरकोटका छन्। , काठमाडौंबाट ल्य... |
सेतोपाटी संवाददाता नेपालगञ्जबाट महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर आउँदै गरेको गाडी कैलालीको घोडाघोडीमा दुर्घटनामा परेको छ।, घोडाघोडी नगरपालिका–५ डोकबजार नजिकै पूर्वबाट पश्चिम आइरहेको म १ ख ३०४ नम्बरको मिनी ट्रक पछाडिको टायर पड्केर अनियन्त्रित हुँदा सडकबाट दक्षिणतर्फ पल्टिएर दुर्घटना भएको हो। दुर्घटना केहीब... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष कोरोना संक्रमित र लक्षण देखिएका शंकास्पद बिरामीले भरिएपछि भुइँमै उपचार गर्न थालिएको छ। , अस्पतालको इमर्जेन्सी वार्डमा रहेका १९ बेड भरिएर अस्पतालको ग्यालेरी र भर्याङको मुनिसमेत उपचार गर्न थालिएको हो।, बिरामीको भुइँमै राखेर उपचार गर्नु परिरहेको अस्पताल स्रोतले... |
सेतोपाटी संवाददाता बाँकेमा बिहीबार एकैदिन ५०८ जनाले कोरोना जितेर घर फर्किएका छन्।, २४१ महिला र २६७ पुरूष गरी एकैदिन ५०८ जना संक्रमित कोरोना जितेर घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। , बुधबारमात्रै बाँकेमा २९३ जनाले कोरोना जितेर घर फर्किएका थिए। , कोरोना खोप लगाउन छुटेका बैजनाथ गाउँपालिका वडा न... |
सेतोपाटी जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ।, पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो।, कोभिड-१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन। स्वास्थ्य कार्यालय दार्चुलाबाट नि... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमितलाई दिइने औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ।, २४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको हो।, गोरखा आरुघाट गाउँपालिका-४ का २५ वर्षीय मियाँ काठमाडौं टोखा बस्... |
सेतोपाटी बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ।, कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए।, जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन्। तीमध्ये एक महिलाको बुधबार मृत्यु... |
सेतोपाटी पोखरा महानगरपालिका-३२ मा विकासका कामले तीव्रता पाएको छ। प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन्।, नेपालको एकीकरणका क्रममा यस क्षेत्रका १२ वटा राज्यका राजा कास्कीको पूर्वी भेगमा जम्मा भई सम्झौता गरेको यहाँको ‘राजाको चौतारा’ लाई दोस्रो ल... |
चन्द्रकला भण्डारी झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन्। तर अधिकांश सङ्क्रमित होम आइसोलेसनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन।, भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ शय्याको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ। जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचा... |
सेतोपाटी संवाददाता पछिल्लो समय बढ्दो कोरोनाभाइरस संक्रमण र काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञाको कारण काठमाडौंस्थित अमेरिकी दूतावासले आज (बुधबार) देखि भिसालगायतका सेवा बन्द गर्ने निर्णय गरेको छ।, दूतावासले एक ,विज्ञप्ति जारी गर्दै ,निषेधाज्ञा लागू भएसम्मका लागि भिसालगायतका सेवा स्थगित भएको जनाएको हो।, दूतावासले भिसाक... |
सेतोपाटी दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन्।, क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको ... |
सेतोपाटी संवाददाता प्रहरीले १२ किलोग्राम गाँजासहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ।, धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट गाँजासहित तीन जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादव रहेका छन्।, स१०प ... |
सेतोपाटी संवाददाता चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।, काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जब... |
सेतोपाटी संवाददाता बाजुरामा बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।, सोमबार त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाहमा नाचगान गरिरहेको समयमा सोही ठाउँका १४ र १६ वर्षीया बालिकालाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा सोही नगरपालिका-८ का १६ वर्षीय सुमन गिरी र शिखर थापालाई प्रहरीले पक्राउ गरेको हो।,... |
सेतोपाटी आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको प्रभाव र नेपाली समुदायको स्थितिका बारेमा सूचना आदानप्रदान गर्ने र गैरआवासीय नेपाली समुदायलगायत संघसंस्थासँग समन्वय गरी नेपालीलाई सुरक्षित राख्ने सम्बन्धमा छलफल गरेका छन्। , ओमानका लागि नेपाली राजदूतावासको संयोजनमा मङ्गलबार पश्चिम एसियालगायत मुलुकमा कोरोना भाइरसको... |
सेतोपाटी लामो समयदेखि जीर्ण रूपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नति भइरहेको छ। ठेक्का म्याद सकिएसँगै उक्त सडक स्तरोन्नतिले तीव्र गति पाएको हो।, बागलुङ नगरपालिका-१ रामरेखा घुम्तीदेखि बेनी नगरपालिकाको रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ।, लामो समयदेखि जीर्ण अवस्थामा र... |
सन्जिब बगाले कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै नेपालमा अस्पतालमा बेड पाउन मुस्किल भएको छ। अस्पतालमा बेड नभएपछि अहिले ५५ हजार बढी संक्रमित घरमै बसिरहेका छन्। , यसपालि संक्रमित भएकामध्ये धेरैलाई लक्षण देखिएको छ। तीमध्ये कतिलाई त अक्सिजनको आवश्यकता पनि परिरहेको छ।, घरमै बसेका कोरोना संक्रमित र उनीहरूको हेरचाह गरिरहेका ... |
सेतोपाटी विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबिसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ। , कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो।, ... |
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष अस्पतालमा २४ घण्टाको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा ५ जना महिला र ४ जना पुरुष छन्। बैशाख २० गते आइसियुमा भर्ना भएकी रुपन्देहीको देवदह नगरपालिका ९ कि ६० वर्षीया महिलाको बुधबार बिहान १०ः४५ म... |
सेतोपाटी संवाददाता मोरङमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।, आइतबार बिहान करिब १० बजेतिर रतुवामाई नगरपालिका-४ भद्र चोकस्थित मकैबारीमा एक महिला मृत फेला परेकी थिइन्। रामप्रसाद भण्डारीको मकैबारीमा घाँस काट्न जाँदा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले घटना शंकास्पद भएपछि कुकुरसहितको टोली परिचालन ... |
सेतोपाटी कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरूले आइसोलेसन शय्या निर्माणको तयारीलाई तीव्रता दिएका छन्।, देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरूको ज्यान गइरहेका बेला यहाँका पालिकाहरूले अक्सिजनसहितको शय्या निर्माणको कार्यलाई तीव्रता दिएका हुन्।, स्मार्ट सिटीको अवधारणामा... |
सेतोपाटी संवाददाता लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जले अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ। , कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्न... |
सेतोपाटी संवाददाता धनगढीको भजनी नगरपालिकाको आर्थिक सहयोगमा महुन्याल बहुमुखी क्याम्पसमा १५ शय्याको अक्सिजनसहित अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ।, एक चिकित्सक र दुई स्टाफ नर्सलगायत अन्य स्वास्थ्यकर्मीसहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो।, नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नगरपालिकाले खर्च ... |
भगवती पाण्डे भारतमा कोरोनाभाइरसको नयाँ प्रकारको संक्रमण फैलिएपछि रोजगारीको लागि भारतमा रहेकाहरू नेपाल फर्किने क्रम अहिले पनि जारी छ।, केही अघिसम्म भारतीय सीमा जोडिएका जिल्लाका नाकामा हेल्थडेस्क राखी स्वास्थ्य परीक्षणको लगत राखेरमात्र नेपाल प्रवेश गराउन थालिएको थियो।, भारतसँग सीमा जोडिएको रूपन्देहीको बेलहियामा हेल्थडेस... |
राजेश घिमिरे चितवनमा पछिल्लो चौबीस घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।, भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ५ र पुरानो मेडिकल कलेजमा उपचाररत् १ जना कोरोना संक्रमितको मृत्यु भएको हो।, मृत्यु हुनेहरू ४ जना चितवनका छन्, ४ जना रूपन्देही, एक जना हेटौंडा र एक जना नवलपरासीका हुन्। उनीहरूको उपचारको क्रममा मृत... |
सविता बुढा रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम घर फर्किरहेका छन्। पछिल्लो डेढ महिनामामात्रै भारतसँग जोडिएको कैलाली-कञ्चनपुरको मुख्य नाका त्रिनगर हुँदै ४० हजार तीन सय ७२ जना नेपाली घर फर्किए।, त्रिनगर नाका हुँदै फर्किएकामध्ये १६ हजार दुई सय ८५ जनाको नाकामै एन्टिजेनबाट कोरोना परीक्षण गरियो। परीक्षणमा एक हजार पाँच... |
सेतोपाटी संवाददाता नेपाली सेनाले २०७२ यता स्वास्थ्य सेवाबाट अवकाश लिएका स्वास्थ्यकर्मीहरुलाई तयारी हालतमा बस्न निर्देशन दिएको छ।, प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले मिति २०७२ सालभन्दा पछाडी नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई तयारी हालतमा रहन निर्देशन दिएको ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ।, मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङमार्फत् स्थानीय तहका जोखिमयुक्त स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न अनुरोध गरेको हो।, मन्त्रालयको इन्सिडेन्ट ... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।, पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, दैनिक संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै सर्वाधिक हो। योसँगै न... |
सेतोपाटी संवाददाता भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि धनुषासँग जोडिएका नेपाल-भारतका सबै सीमानाका बन्द गरिएको छ। , कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि धनुषाका सबै सीमानाका सिल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। , धनुषासँग जोडिएका जट... |
सेतोपाटी संवाददाता बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अरू ५ घाइते भएका छन्। , सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने क्रममा जीप दुर्घटना भएको हो।, सोही वडाको रोडिदेवलमा मंगलबार दिउँसो जीप दुर्घटना भएको प्रहरीले ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ।, विगत २४ घण्टामा ५५ जनाको कोभिड- १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकैदिन कोरोनाबाट यति धेरै मृत्यु भएको पहिलो पटक हो। , यसअघि गत बिहीबार एकै दिन ३५ जनाको मृत्यु भएको थियो। , हालसम्म नेपालमा कोरोनाबाट मृत्यु ह... |
खिलानाथ ढकाल काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो।, भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो।, दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो।, उनीहरूको चैतमै इङ्गेजमेन्ट भएको थ... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर नि:शुल्क अक्सिजन सेवा सुरू गरेको छ।, बुटवलका सामुदायिक आइसोलेसन, होटल तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ।, मंगलबार उपमहानगर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।, काठमाडौं उपत्यकामा मात्रै ३८९३... |
दिपकजंग शाही ससुरा र बुहारी अस्पतालबाहिर कुरिरहेका छन्। , ससुरा प्रतीक्षालयको एउटा कुर्सीमा बसेर लगातार हातमा स्यानिटाइजर लगाइरहेका छन्। बुहारी भने घरी कुर्सीबाट उठेर फोनमा कुरा गर्छिन्, घरी अस्पतालका कर्मचारीसँग कुरा गर्न खोज्छिन्। उनका हात काँपिरहेका छन्। छटपटी दुबैलाई उत्तिकै देखिन्छ।, सोमबार बिहान कर्णाली प्रदेश अ... |
नारायण खड्का चार दिन बित्दा पनि एउटै कारभित्र मृत फेला परेका तीन बच्चाको शव अभिभावकले बुझेका छैनन्।, वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बच्चाको शव फेला परेको थियो।, उक्त कारभित्र सोही वडा बरुवाउँका किरण परि... |
सेतोपाटी संवाददाता च्यासल मंका खलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएपछि अहिले चर्चामा छ। कोरोनाको भयावह स्थितिलाई मध्यनजर गर्दै आफ्नो टोलमा आइसोलेसन सेन्टर खोलिएको मंका खलःका अध्यक्ष श्याम ब्यञ्जनकार बताउँछन्।, ‘अघिल्ले वर्ष नै हामीले आइसोलेसन सेन्टर बनाउने सोचेका थियौं। तर संक्रमण दर केही न्यून हुँदै गएपछि त्यो ... |
सेतोपाटी संवाददाता ललितपुरमा निषेधाज्ञाको उल्लंघन गर्ने सात जनालाई प्रहरीले कारबाही गरेको छ।, कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न लगाइएको निषेधाज्ञाको उल्लंघन गर्नेलाई प्रहरीले सामान्यत होल्ड गर्ने गरेको छ। मंगलबारमात्रै बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म १३ हजार २ जनालाई होल्ड गरेको हो।, उनीहरूलाई प्रहरीले होल्ड गरी स... |
सेतोपाटी संवाददाता सुनसरी प्रशासनले जिल्लामा वैशाख ३१ गतेसम्म लकडाउनको घोषणा गरेको छ।, कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार प्रशासनले लकडाउनको निर्णय गरेको हो।, जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। , लकडाउनको समयमा अत्यावश्यकबाहेक हिँडडुल ग... |
सेतोपाटी संवाददाता पतिको हत्या गरेको आरोपमा पत्नीसहित ४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। , जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपमा २३ वर्षीया पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी... |
सेतोपाटी संवाददाता थापाथलीस्थित परोपकार तथा प्रसूति गृहले कोरोना संक्रमितका लागि ५० एचडियू बेड भएको छुट्टै अस्पताल सञ्चालन गरेको छ।, अस्पतालकी निर्देशक संगीता मिश्राका अनुसार मंगलबारदेखि अस्पतालमा कोरोना वार्ड र एचडियु कक्ष सञ्चालन आएको हो।, प्रसूति गृहले तयार पारेको एचडियू बेडमा कोरोना लागेका गर्भवती महिला र अन्य मह... |
एजेन्सी अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ।, मंगलबार एक विज्ञप्ति जारी गर्दै ,मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म... |
सेतोपाटी संवाददाता अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ७ का ३६ वर्षीय जमरुद्दिन राइन, वडा नं. २ का ५० वर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का विपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता ... |
सेतोपाटी संवाददाता रुपन्दहीमा मंगलबार ७ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय २२ जना कोरोना संक्रमण मुक्त हुँदा थपिने संक्रमितको संख्या भने ७ सय ९७ पुगेको हो।, स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।, मंगलबार बुटवल उपमहानगरपालिका... |
सेतोपाटी संवाददाता काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ।, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने बताए।, यसबारे मंगलबार जिल्ला प्रशासन कार्यालयले आदेश जारी... |
सेतोपाटी संवाददाता आज प्रतिनिधि सभाका सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको छ।, सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्।, जसअनुसार संघीय संसद सचिवालयले सांसदहरूलाई उपस्थित हुन भनेको छ।, संसद बैठक चल्ने भएपछि त्यसअघि नै सांसदहरूको पिसिआर गर्न लागिएको हो।, नयाँ बानेश्वरस्थित अन्... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण वृद्धि भएसँगै ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागु गरिएको छ।, संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र आंशिक निषेधाज्ञा जारी गरिरहेका छन्।, कोरोना देखिएका ठाउँमा जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा लगाउन सक्छन्।, पहाडी भेगमा दुई सय र काठमाडौं उपत्यकासहित मधेशक... |
सेतोपाटी नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ।, उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो।, यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।... |
सेतोपाटी संवाददाता धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन्।, मृत्यु हुनेमा पाख्रिबास ६ तिल्केका २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ।, युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय... |
सेतोपाटी तनहुँस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा मंगलबार दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए।, घट... |
सेतोपाटी संवाददाता दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।, गए राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठवीस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिपर नदीमा खसेको हो।, बा ५ ख २१८३ नम्बरको टिपर नदीमा डुबेकोले उद्धारमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्... |
रासस हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ।, मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो।, साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ।, गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बो... |
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका अहेव ठगुराम भण्डारी वैशाखीबिना उभिन सक्दैनन्।, गत चैत २२ मा उनी सवार मोटरसाइकललाई बाटो खनिरहेको डोजरले ठक्कर दियो। त्यतिबेला उनी सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप लगाइदिएर फर्किँदै थिए। , घोराही उपमहानगरपालिका-२ रामपुर चोकमा बाटो खनिरहेको डोजरले ब्याक गर्ने क्र... |
सेतोपाटी संवाददाता दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दुई जना गम्भीर घाइते छन्।, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।, दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोर... |
सेतोपाटी संवाददाता कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ ।, कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए।, उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरु... |
रासस बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।, पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।, भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प... |
सेतोपाटी संवाददाता डोटीमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।, मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर प... |
नारायण खड्का तुलसीपुरमा एउटै कारभित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम भएको छ।, दाङमा पोष्टमार्टम गर्ने विशषेज्ञ नभएको हुँदा बुटवलबाट तुलसीपुर झिकाएर मृतक तीन बालकको पोष्टमार्टम गरिएको हो।, पोष्टमार्टम रिपोर्टअनुसार तिनै जना बालकको शरीरमा कुनै पनि चोटपटक वा घाउ नरहेको देखिएको छ। , जिल्ला प्रहरी प्रमुख एसपी ग... |
सेतोपाटी संवाददाता रुपन्देहीमा एकैदिन ५ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार देशभर ७ हजार ४ सय ४८ जना संक्रमित थपिदा रुपन्देहीमा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि ... |
सेतोपाटी संवाददाता भन्सार चोरी पैठारी नियन्त्रणमा लागेको पर्सा प्रहरीले भारतबाट अवैध रुपमा भित्र्र्याइएको स्कार्पिओसहित चार वटा मोटरसाइकल बरामद गरेको छ।, कोरोना महामारीको बेला जारी निषेधाज्ञाको क्रममा भारतबाट भित्र्र्याइको स्कार्पिओसहित प्रहरीले चार वटा मोटरसाइकल बरामद गरेको हो।, पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उप... |
सेतोपाटी कीर्तिपुरका एक ४२ वर्षीय स्थानीय पुरुषलाई सुरूमा सामान्य रूघाखोकीले समात्यो। तीन दिनपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आयो। उनी घरको छिँडीमा छुट्टै कोठामा बस्न थाले।, चौथो दिन उनलाई हनहन्ती ज्वरो आयो। ज्वरो बढेर १०२ डिग्रीसम्म पुग्यो। खोकी पनि लाग्यो। तर, सिटामोल खाएको केही बेरमा ज्वरो कम हुन्थ्यो। उनी धेरै स... |
सेतोपाटी संवाददाता मोरङमा आइतबार मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन।, रतुवामाई नगरपालिका वडा नम्बर ४ भद्र चोकस्थित मकैबारीमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। अन्दाजी २०-३० वर्षको देखिने उनको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।, अ... |
सेतोपाटी कोभिड—१९ को सङ्क्रमण पाँच सय ५० पत्रकारलाई देखिएको छ।, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये ७ जना पत्रकारको निधन भएको बताए।, सङ्क्रमितमध्ये २० जना पत्रकारको अस्पतालमा उपचार भइरहेको र तीमध्ये २ पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ... |
सेतोपाटी औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ।, विभागका महानिर्देशक वसन्त भट्टराईले सोमबार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए।, सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डि... |
नारायण ढुंगाना मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपदबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारले अनुदान दिन थालेको छ।, विपदबाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट रु २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त र... |
रासस काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नम्बर ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ।, समितिको सदस्यमा वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ ... |
एजेन्सी अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्। , बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।, सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामा... |
एजेन्सी पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा मे महिना सुरू भएसँगै केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्न थालेको देखिएको छ।, टाइम्स अफ इन्डियाका अनुसार महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा केही दिनयता दैनिक संक्रमित थपिने क्रम घटेको छ।, भारतीय स्वास... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताएका छन्।, सोमबार सरकारी टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए पनि सबैतिर गरेर १ हजार शय्या हो या काठमाडौंमा मात्रै हो भन्ने खुलाएका छै... |
सेतोपाटी संवाददाता डोटीमा आज राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।, अब १० दिनसम्म डोटीमा निषेधाज्ञा हुनेछ। वैशाख ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।, डोटीमा एक सय ७३ जनामा कोरोना देखिएको छ भने कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ। प्राय: भारतबाट फर्केकाहरूमा... |
नारायण खड्का अहिले विश्व कोभिड-१९ को महामारीले आक्रान्त छ। यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन।, कोरोनाभाइरसको महामारी रोक्न सरकारले २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गर्यो। यातायात, उद्योग, कल-कारखाना, बजार, होटल सबै बन्द भए। अवस्था यस्तो आयो कि अस्पतालका बिरामी, कुरुवा र डाक्टर-नर्सलगायत कर्मचारीले पनि खान... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनमा आइसोलेसन निर्माण गरिएको छ।, कोरोना संक्रमित पत्रकारलाई राख्न ५ शय्याको आइसोलेन निर्माण गरिएको महासंघका शाखा अध्यक्ष दुर्गालाल केसीले बताए।, महासंघको सोमबार बसेको बैठकले संक्रमित पत्रकारका लागि अक्सिजन सहितको ५ शय्याको निर्माण गर्ने निर्णय गरेको थियो।... |
सेतोपाटी झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो।, उनी गम्भीर घाइते भएका थिए।, तत्कालै ... |
सेतोपाटी संवाददाता गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू भएको छ। संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त काम थालेका हुन्।, जिल्ला प्रशाशन कार्यालय कैलालीले व्यवस्थापन गर्... |
सेतोपाटी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ। , अर्का एक जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो।, सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन्... |
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन ओपिडी सञ्चालन गरेको छ।, उक्त प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो।, अस्पतालका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको समयमा बिरामीहरू अस्पतालसम्म आउन नसक्ने हुनाले अनला... |
सेतोपाटी संवाददाता झापाको दोमुखामा पौडी खेल्ने क्रममा: डुबेर एक जनाको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेले दिएको जानकारीअनुसार सोमबार साँझ दोमुखाको हेडबक्समा साथीसँग पौडी खेल्न गएका शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जीवन थाम्सुहाङ लिम्बुको डुबेर मृत्यु भएको हो।, उनी अन्य सात जना साथीसँग पौडी खेल्न गएका थि... |
युनिक श्रेष्ठ कोरोनाभाइरसको दोस्रो लहर बढ्दै गएपछि पछिल्लो समय आइसियू, भेन्टिलेटर बेड, प्लाज्मा डोनर चाहियो भन्दै सामाजिक सञ्जालमा अनुरोध गर्नेहरूको संख्या बढ्दो छ। संक्रमितको संख्या ह्वात्तै बढेकाले अस्पताल भरिएका छन्। गम्भीर अवस्थाका बिरामीलाई पनि बेड पाउन मुस्किल छ। , बेड, औषधी, प्लाज्माको माग बढिरहेका बेला केही यु... |
एजेन्सी मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। सोमबार राति मेट्रो ट्रेन गुडिरहँदा ओभरपास भत्किएर सडकमा खसेको थियो।, समाचार संस्था रोयटर्सका अनुसार घटनामा परी ७० जना घाइते भएका छन्।, स्थानीय मिलेनियो टिभीले प्रसारण गरेको भिडिओमा मेट्रो ट्रेन ओभरपास मु... |
सेतोपाटी संवाददाता भक्तपुरमा सुत्केरी सेक्न झ्याल-ढोका थुनेर कोइला बालेर बसेका तीनमध्ये एक जनाको निसास्सिएर मृत्यु भएको छ।, मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका-३ की २२ वर्षीया सुनिता तामाङ छिन्। उनी भक्तपुर सूर्यविनायक-१० मिलन चोकमा आमासँगै डेरामा बस्दै आएकी थिइन्।, उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा छन... |
रासस ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ।, सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो।, फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्... |
सेतोपाटी संवाददाता ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ।, उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए। अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए।, ‘सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो,’ निरौलाले सेतोपाटीसँग भने।, मंगलबार काठमाडौं ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.