content
stringlengths
20
64.1k
खिलानाथ ढकाल दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरूमा बिरामीको चाप परेको छ।, धेरै अस्पतालहरूमा अक्सिजनको अभाव बढदै गएको छ। अक्सिजन ओसार्ने सिलिण्डर चाहियो भनेर अस्पतालहरू सरकारसँग गुहार मागिरहेका छन्।, टेकु अस्पताल भने ढुक्क छ। उसलाई ढुक्क गराएको लिक्वीड अक्सिजन ट्यांकले हो।, एक वर्षअघिसम्म टेकु अस्पताल पन...
रासस निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ।, अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।, बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिए...
एजेन्सी इजरायलमा एक लाख बढी मानिस सहभागी भएको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ।, उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो। दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ...
नारायण खड्का डाक्टर जितेन्द्रराज कोइराला दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा गत वर्षदेखि कार्यरत छन्।, उनले मेडिकल अधिकृतको काम थालेको ११ महिना बढी भइसकेको छ।, महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण अहिलेको अवस्था झनै नाजुक छ।, गत वर्ष सुरूमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि उनीहरूलाई छात्रवृत्...
एजेन्सी पोर्चुगलमा संसारकै लामो झोलुंगे पुल सर्वसाधारणका लागि खुला गरिएको छ।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  उत्तरी पोर्चुगलको अरौका जिओपार्कमा बनेको उक्त पुल ५ सय १६ मिटर लामो छ भने पैभा नदीको सतहभन्दा १७५ मिटरमाथि बनेको छ।, पुलको औपचारिक उद्घाटन आइतबारमात्रै हुने भए पनि बिहीबारदेखि स्थानीय सर्वसाधारणलाई प...
सेतोपाटी काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।, कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क न...
सेतोपाटी संवाददाता मोरङ लेटाङ नगरपालिका-८ स्थित जाँते बजारमा बसले किचेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मिक्लाजुङ-५ जोगिटारका ५१ वर्षीय सहवीर मगर रहेका छन्।, बिहीबार बेलुका साढे ५ बजे पथरीबाट जाँते हिँडेको को१ख १९२४ नम्बरको बसले उनलाई किचेको थियो।, सोही बसमा चढेका मगरलाई झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्...
सेतोपाटी संवाददाता रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो।, तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए। , बाँकी ३ जनाले जरिवाना बुझाउन नसको कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रु...
राजेश घिमिरे बिहीबार अपरान्हतिर वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड-१९ संयोजक डाक्टर सरोज रोशन दासलाई एक राजनीतिक दलका जिल्ला स्तरका नेताले फोन गरेर आफ्ना बिरामी अस्पताल आउँदै गरेको जानकारी गराए। अस्पतालबाहिर रहेका डा.दास केही मिनेटमा अस्पताल पुगेर बुझ्दा ती बिरामीको मृत्यु भइसकेको थियो।, ‘कोरोना संक्रमितको जस्तो लक्...
सेतोपाटी संवाददाता कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ। बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको हो।, शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।, ‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा. जेपी जैसवालले भने।, उनका...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो रसुवाको रसुवागढी नाकामा रहेको नेपाल-चीनबीचको मितेरी पुलमा दुबै देशका अधिकारीहरू पुगेका थिए।, आपसमा कुरा गर्न पुगेका उनीहरू सामान्य लुगा लगाएर गएका थिएनन्। दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए।, रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार चिनियाँ पक्षले ...
नेहा झा धनुषा,  सबैला नगरपालिकाकी पानोदेवी गुप्ता जनकपुरधामको वृद्धाश्रममा बस्छिन्। ७५-८० वर्षकी देखिने उनलाई आफ्नो उमेरबारे खास जानकारी छैन। बोल्न समेत अप्ठ्यारो मान्छिन्।, बोल्न नआउने होइन, आफूलाई सम्हाल्न चाहन्छिन्।, पानोदेवीलाई डर छ, कहीँ आफ्ना छोराका बारेमा धेरै भनुँला कि! , छोराको नाम समेत भन्न चाहन्नन्। कहीँ छो...
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएपछि थप ८० बेड विस्तार गरेको छ। , अस्पतालका निर्देशक डा. रवि शाक्यले यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड नै भरिएपछि थप ८० बेड विस्तार गरिएको जानकारी दिए। उनले शुक्रबारबाटै सञ्चालनमा आउने गरी ती बेड थपिएको सेतोपाटीलाई जा...
पूर्णप्रसाद न्यौपाने ओखलढुंगाको उच्चस्तरीय चक्रपथ (रिङरोड) आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश भएको छ। , जिल्लाका सबै गाउँलाई एउटै व्यवस्थित सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरू गरिएको सडक आयोजना राष्ट्रिय गौरवको योजना बनेको हो। , यो सडक प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरूङले २०...
सेतोपाटी चितवनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनका अस्पतालले बेड क्षमता बढाउँदै लगेका छन्।, सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ।,  , भरतपुर अस्पतालमा विभिन्न व...
सेतोपाटी कास्कीको विकट क्षेत्र मानिने मादी गाउँपालिका-१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरू भएपछि स्थानीयबासी उत्साहित भएका छन्।, सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबिएस चिकित्सकले उपचार सेवा प्रदान गर्न सुरू गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी...
विवेक राई कोरोना संक्रमितका लागि बेडको हाहाकार हुने अवस्था आए पाटन र वीर अस्तपताले कोरोना संक्रमितका लागि मात्र उपचार गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको छ। , पछिल्लो समय संक्रमण दर उच्च रहेको र अस्पताल भर्ना हुने संक्रमितहरू बढेकाले बेड अभाव हुन नदिन यी दुई अस्पतालले यस्तो तयारी गरेको हो। , पाटन अस्पतालका निर्देशक...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्स भए पनि कोभिड-१९ का संक्रमितलाई अस्पताल पुर्‍याइदिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छ। , शुक्रबार स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेख्दै एम्बुलेन्स...
शोभा शर्मा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको उपचार कसरी गर्ने भनेर मुलुकभरिका स्वास्थ्यकर्मी संघर्षरत छन्।, स्वास्थ्यकर्मी, सामग्री, बेड, अक्सिजनलगायतको अभावले अस्पतालहरूलाई पिरोलेको छ।, संक्रामक रोगको उपचार गर्ने देशको प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका स्वास्थ्यकर्मीले यी समस्या नभोगेका ह...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको बताएको छ। यसरी संक्रमण फैलिरहेको हुँदा सर्वसाधारणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।, शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पिसिआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विध...
सेतोपाटी संवाददाता बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।  तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ।, ६० वर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया मह...
सेतोपाटी संवाददाता बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा आधा घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, आज बिहान बुटवलका दुई जना पुरुष र रुपन्देहीको मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो।, मृत्यु हुनेमा ३१ र ६६ वर्षीय पुरुष र ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका ...
रासस जाजरकोटको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।, छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।, छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुन मगरको श...
रासस तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ।, ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर बुधबार बेलुकी दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी ...
रासस कोभिड-१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ। काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई  हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको छ। काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५:४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी ...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।, उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।, पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।, 'अस्तिसम्म प्...
भेषराज बस्नेत कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन्।, कोभिड-१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दि...
नारायण महर्जन काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा सुरू भएको छ।, निषेधाज्ञामा सार्वजनिक सवारी चलेका छैनन्। अत्यावश्यक सेवा र बैंक तथा वित्तीय सेवातर्फका कर्मचारीले कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाएका छन्।, बिहान सडकमा कम सवारी सधान गुडे पनि १० बजेतिर सडकमा भिड नै देखिन्थ्यो। कतै जाम देखिन्थ्यो भने ध...
सेतोपाटी संवाददाता बिहीबार बिहानदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ। दुई दिनअघि  नै निषेधाज्ञा घोषणा भएपछि धेरैले काठमाडौं उपत्यका छाडेका छन्।, मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए।, उपत्य...
सविता बुढा नर्सिङ कर्मचारी आकांक्षासिंह राठौर महाकाली अस्पतालको कोभिड वार्डमा थिइन्। तीन दिनअगाडि एक जना पुरुष स्वाँ-स्वाँ गर्दै आइपुगे।, उनलाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डबाट ल्याइएको थियो।, ती पुरुष कोरोना संक्रमित थिए। उनको शरीरमा अक्सिजनको मात्रा ६० प्रतिशतमात्र थियो।, ‘हामीले तुरून्तै उहाँलाई अक्सिजनमा राख्य...
भगवती पाण्डे बुटवल बेलबासका गम्भीर लामिछाने बुधबार बिहान कोरोना संक्रमित दिदीलाई ज्वरो क्लिनिकमा भर्ना गरेर बाहिर पर्खिइरहेका थिए।, गत शुक्रबारदेखि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड खाली नभएपछि उनले तीन दिन घरमै लगेर राखे।, सुरूका एक दुई दिन खासै समस्या नदेखिए पनि चौथो दिनदेखि उनको स्वास्थ्य गम्भीर बन्दै गयो।...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१४ कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका-१ बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो।, उनको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।, दुर्घटनामा गम्भीर घाइते भए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन एक हजार ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार दिउँसोसम्म एक हजार एक सय ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो। त्यसमध्ये ८ सय १५ वटा दुई पाङ्ग्रे र ३ सय ३३ वटा चार पाङ्ग्रे गाडी छन्।, नियन्त्रणमा लिएका...
सेतोपाटी संवाददाता पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। , पूर्वरानी शाहको उपचारमा संलग्न डा. जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने बताए। ‘प्लाज्माको खोजी भइरहेको छ, त्यसबाट आजै उपचार थाल्ने ...
निर्मला घिमिरे बुधबार साँझ ५ बजे, गोंगबु बसपार्कमा काठमाडौं बाहिर जानेहरूको निकै भिड थियो। सबै आफ्ना झोला-पोका भिरेर गाउँ फर्किन हतारिएका देखिन्थे।, त्यही भिडमा एक ठाउँ टन्नै सामान थुपारिएको थियो- ठूला जेब्रा झोला, म्याट, बोरा, ओढ्ने-ओछ्याउनेसहित भिर्ने झोलाहरू। कुनै कोठाको पूरा सामानभन्दा कम्ती थिएन।, सामानमाथि साना ...
सेतोपाटी संवाददाता संघीय संसद सचिवालयका महासचिव भरत गौतमलाई कोरोना संक्रमण भएको छ।, कोरोना संक्रमण भएपछि गौतम ४ दिनदेखि होम आइसोलेसनमा बसेका छन्। गौतमको स्वास्थ्य अवस्था सामान्य छ।, गौतमसहित सचिवालयका अन्य चार जनालाई समेत कोरोना संक्रमण भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।, संघीय संसद सचिवालयका महासचिवल...
विवेक राई गत कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण उत्कर्षमा पुगेपछि देशभर ६ हजार हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड तयार पारिने बतायो। जसमध्ये उपत्यकाका २३ वटा अस्पतालमा मात्र एक हजार एचडियू बनाउने भनियो।, २३ अस्पतालमध्ये पाटन, वीर र टिचिङ अस्पतालले सर्वाधिक सय-सय वटा एचडियू तयार पार्नुपर्ने भय...
विवेक राई अहिले धेरै अस्पतालहरूलाई कोभिड संक्रमितको उपचार गर्न सकस छ। सीमित जनशक्ति र स्रोत साधनका कारण अस्पताललाई संक्रमित व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। , अहिले भनेको बेला संक्रमितले बेड पाउने अवस्था छैन। झन् आइसियू चाहिने जटिल संक्रमितका लागि बेड पाउन मुस्किल छ। स्वास्थ्यकर्मीहरू दिनरात संक्रमितको उपचारमा खटिर...
सेतोपाटी सडक विभागले कोटेश्वर-कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ।, ललितपुरको ग्वार्काे, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने भनिए पनि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छैन। , तीन वटै चोकमा निर्माण योजना बनाइए...
सेतोपाटी संवाददाता सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९० जना कारबाहीमा परेका छन्।, कोरोना संक्रमण बढ्दै जान थालेपछि मंगलबार रातिदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।, बुधबार र बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९० जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।जसमध्ये १ हजार १५ ज...
भगवती पाण्डे सरकारले ५ सयभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउनसक्ने निर्णय गरेअनुरूप बिहीबारदेखि रूपन्देहीमा पनि निषेधाज्ञा सुरू भएको छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत वर्षभन्दा यसपटक लगाइएको निषेधाज्ञालाई पूर्णरूपमा कार्यान्वयन गर्ने भन्दै बिहानैदेखि अनुगमन सुरू गरेको छ।...
सेतोपाटी संवाददाता चितवन-तनहुँ जोड्ने पुल बन्दाबन्दै दोस्रो पटक भत्किँदा त्रिशूली नदीमा डुबेर बेपत्ता भएका एक जना मजदूरको शव बिहीबार फेला परेको छ। , जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीकाअनुसार नियमित खोजतलासका क्रममा भारतको पश्चिम चम्पारण घर भएका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो।, ती मजदूर...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधि...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत अवस्थामा भेटिएको छ।, बिहीबार सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। निकुञ्ज प्राविधिकको नियमित निगरानीमा रहेको उक्त गैंडा बिहीबार बिहान मृत भेटिएको अध...
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरिएको छ। , सैनामैना- १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको हो। , बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले नेपालमा पनि नयाँ भेरियन्टको...
सेतोपाटी सुनसरीमा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ।, सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए।   ,  , यो अवधिमा अत्यावश्यकबाह...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका विभिन्न अस्पतालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। , बिहीबार सेती प्रादेशिक अस्पतालमा ६, महाकाली अस्पतालमा ३ र जिल्ला अस्पताल बझाङमा १ संक्रमितको मृत्यु भएको हो।, धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला र लम्कीचुहा नगरपालि...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमणका कारण प्रतिदिन मृत्यु हुनेमा नयाँ रेकर्ड बनेको छ।, स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका हुन्। यो अहिलेसम्मकै प्रतिदिन मृत्यु हुनेको संख्या सबैभन्दा धेरै हो।, यसअघि कात्तिक १९ गते कोरोना संक्रमणबाट ३० जनाले ज्या...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।, पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।, ‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस...
सेतोपाटी ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ। , प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ।, मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान ...
सेतोपाटी संवाददाता भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन गठित भूमि सम्बन्धी समस्या समाधान आयोगले हालै करार सम्झौता गरी भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा ‘अनौपचारिक भू-सम्बन्ध सम्बन्धी तालीम’ मा सहभागि  १३० जना सर्भेक्षक र २४२ जना अमिन गरी ३७२ जनालाई तालिम दिएको छ।, तीन ...
नेहा झा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई ठूलो भर दिएको छ। तर उनीहरूले त्यो पैसा कमाउन समस्याका भार पनि ठूलै उठाइरहेका छन्।, विदेशमा नेपालीले कामका सिलसिलामा भोग्ने समस्याका कारण धेरै छन्। यसमध्ये प्रमुख सम्बन्धित कामको सीप नहुनु पनि हो।सीप नभएकैले कम तलब पाएका र सास्ती खेपेका ह...
युवराज श्रेष्ठ फेवातालको पानी बगेर जाने नहरमा थुप्रिएको फोहोर केही दिनयता सामाजिक सञ्जालमा चर्चामा छ। ड्यामसाइडमा रहेको उक्त नहरबाट बगेको पानी फेवा लघु जलविद्युत आयोजनाको पावर हाउस पुग्छ। त्यही पानी सिचाइँका लागि पनि प्रयोग हुन्छ।, ड्यामसाइडको यो नहरमा फोहोर थुप्रिएको चर्चा र चिन्ता सामाजिक सञ्जालमा देखेपछि पोखराका यु...
सेतोपाटी संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ।, संघीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तारमा लगाइएको हो।, समपूरक बजेटमा साझ...
सेतोपाटी महोत्तरीको पिपरा गाउँपालिका-५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ।, मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, गएराति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश...
एजेन्सी श्रीलंकाको मन्त्रिपरिषद्ले सार्वजनिक स्थानमा बुर्का लगाउने नपाइने प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले सो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो।, सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले मंगलबार आफ्नो फेसबुकमार्फत् क्याबिनेटले सार्वजनिक स्थलमा अनुहार ढाक्न लगाइने कपडा तथ...
युवराज श्रेष्ठ पृथ्वीनारायण क्याम्पस पोखरामा ‘कम्प्युटर साइन्स एन्ड इन्फरमेशन टेक्नोलोजी’ विषयमा बिएस्सी पढ्दै गरेका विद्यार्थी मंगलबार क्याम्पस प्रशासनमा माग लिएर गए।, लामो समयदेखि बारम्बार राख्दै आएको माग क्याम्पस प्रशासनले सुनुवाइ नगरेपछि उनीहरूले प्रशासनमा ताला लगाए। बाहिर माग पत्र टाँसे। विद्यार्थीले उठाएका माग ध...
विवेक राई काठमाडौं उपत्यकाका ६ वटा अस्पतालले कोरोना संक्रमितका लागि भनेर तयार पारेको 'हाई डिपेन्डेन्सी' (एचडियू) बेड जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार जनशक्ति अभावका कारण एचडियू बेड सञ्चालनमा ल्याउन नसक्ने अस्पतालमा प्रसूति गृह,...
जुना श्रेष्ठ हामीले प्रयोग गर्ने सर्जिकल मास्क कोरोना भाइरस रोक्न ९५ प्रतिशत प्रभावकारी मानिन्छ।, तर, मास्कको दायाँ र बायाँ भाग खुल्ला हुँदा यसको प्रभावकारिता केवल ५६ प्रतिशत हुन्छ।, हामीले प्रयोग गरिरहेको मास्कमा दायाँ र बायाँ गाँठो पार्ने हो भने मास्कको प्रभावकारिता बढी हुन्छ। एन–९५ मास्कजस्तै नाकमुखमा चपक्क अडिन्छ।...
नारायण खड्का जंगलको आगो बस्तीमा पुग्दा रोल्पामा ४१ घर गोठ जलेर नष्ट भएका छन्।, आगलागीबाट त्रिवेणी गाउँपालिका वडा नं. २ पिराले गाउँको बस्ती नै सखाप भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले सेतोपाटीलाई बताए। , ‘एक दुइटा जस्तापाताको छानो भएका घरबाहेक त्यो गाउँका सबै घरगोठ आगोले सखाप भएको छ,’ उनले भने, ‘मानिसहरू ...
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएपछि होम-आइसोलेसन बस्ने ठाउँ भएन, वा होम आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने? , धेरैलाई यसबारे अलमल र दुविधा हुन सक्छ। , काठमाडौंमा त झन् आइसोलेसन कहाँ छ, कुन अस्पतालमा बेड खाली छ वा भेन्टिलेटर भएको ठाउँ कहाँ खाली  छ भन्ने कुराको जानकारी नहुँदा संक्रमित र उनी...
सेतोपाटी संवाददाता चितवनमा बिहीबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ।, बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले वैशाख १६ गते रातिदेखि वैशाख ३१ गते रातिसम्म (१५ दिन) निषेधाज्ञा गर्ने निर्णय गरेको हो। , चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रम...
सेतोपाटी संवाददाता सरकारले सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदावली थप गर्ने निर्णय गरेको छ।, मन्त्रिपरिषद्को बैठकले दुई जना एआइजीको पदावली थप गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार, सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बताए।, एआइजी पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० वर्ष न...
सेतोपाटी संवाददाता विदेश जानेहरूले अब सरकारले तोकिएका 'ए' वर्गको प्रयोगशालाबाट मात्रै पिसिआर परीक्षण गराउनुपर्ने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गर्दै यस्तो जानकारी गराका हुन्।, 'कोभिड-१९ को पिसिआर विदेश जाने प्रयोजनका हकमा सबै सरकारी प्रयोगशाला तथा मापद...
एजेन्सी चीनको एक किन्डरगार्डेनमा बुधबार चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते भएका छन्।, दक्षिणी चीनको गुवाङ्सी स्वशासित क्षेत्रको बेलिऊ शहरस्थित एक किन्डरगार्डेनमा स्थानीय समयअनुसार बुधबार दिउँसो  २ बजे एक युवकले अन्धाधुन्ध चक्कु हानेका थिए। घाइते भएकामध्ये २ जना बच्चाहरूको अवस्था गम्भीर रहेको चिनियाँ ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विध...
सेतोपाटी संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड-१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा  प्रवाहबारे जानकारी लिएको छ।, प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको ह...
खिलानाथ ढकाल २४ घन्टामा तीन पटक ड्युटी फेरिन्छ। आठ-आठ घन्टाका दरले रोटेसन मिलाउँदा एउटा आइसियू बेडमा दिनमा तीन जना नर्स अनिवार्य चाहिन्छ।, महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा जम्मा ७ सय शय्या छन्। अस्पतालमा कोभिडका १२० बेड छन्। २० वटा भेन्टिलेटर र १२ वटा आइसियू छन्।, टिचिङमा आफैं नर्स र डाक्टर उत्पादन गर्ने कलेज छ। तर,...
सेतोपाटी संवाददाता मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, सप्तरीको सुरूङ्गा नगरपालिका-१ को तेतरिया बस्ने १६ वर्षीय रामु सदाईको बुधबार दिउँसो पौने २ बजे करेन्ट लागेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेका अनुसार उनले मोबाइल चार्जमा राखेका थिए।...
नारायण खड्का कोरोनाको दोस्रो लहरले आक्रान्त बाँकेमा संक्रमितले अस्पतालहरू भरिभराउ छन्। बिरामीलाई आइसियू बेड पाउन मुश्किल हुन थालेको छ।, यसबीच मंगलबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो। त्यो थियो, नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद प्याकुरेलको तस्बिर जसमा भर्खरै पञ्जाबाट निकालिएका उनका हात पसिनाले बाफिएर खुम्चिए...
नेहा झा अहिले कोरोना भाइरसको दोस्रो लहरको प्रकोप देशभर बढ्दै छ।, प्रदेश-२ पनि यो लहरको  सबभन्दा उच्च जोखिमा रहेको देखिन्छ। प्रदेशको आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकोले जोखिम बढी छ। , प्रदेश-२ मा अहिले कुल १ हजार १ सय ४२ जना सक्रिय कोरोना संक्रमित छन्। जसमध्ये पर्सामा ७ सय १९ बारामा १ सय ४९, धनुषामा १ सय १८, रौतहटमा...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ।, मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको छ। उक्त पत्रमा लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहर...
सेतोपाटी संवाददाता बाजुराका शैक्षिक संस्थाहरू अर्काे सूचना जारी नभएसम्मका लागि बन्द भएका छन्। , जिल्ला संकट व्यवस्थापन समिति बाजुराको मंगलबार बसेको बैठकले भीडभाड हुन नदिनका लागि शिक्षण संस्थाहरू नै बन्द गर्ने निर्णय गरेको हो। , बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले  बुधबारदेखि विद्यालय, क्याम्पसहरू बन्द ...
विवेक राई अहिले सबैजसो अस्पतालमा कोभिड संक्रमितलाई बेड अभाव छ। भनेको बेला सहजै बेड पाउने अवस्था छैन। , अझ आइसियू चाहिने जटिल अवस्थाका संक्रमितलाई त बेड पाउनै मुस्किल छ। उपत्यकाका चिकित्सकले आइसियू बेडका लागि धेरै ठाउँबाट तारान्तार फोन आइरहेका बताएका छन्। , बेड अभाव भएकै कारण अहिले अस्पतालले जटिल अवस्थाका संक्रमितलाई म...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।, थुनामा रहेका ६४ जनाको स्वाब आइतबार संकलन गरी मंगलबार परीक्षण गर्दा २० जनामा संंक्रमण पुष्टि भएको हो।, कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चौधरीले संक्रमण देखिएकाहरूलाई थुनुवा कोठामै छुट्टै राख...
निर्मला घिमिरे टीकापुरका पदम मल्ल सामान्य अवस्थामा एक हजार चार सय रूपैयाँ बस भाडा तिरेर काठमाडौंबाट धनगढी जान्थे। तर बुधबार मल्लले दुई हजार तिर्नुपर्‍यो।, काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा हुने भएपछि बाहिर जाने बस टिकट अभाव भएसँगै उनी साविकभन्दा बढी भाडा तिर्न बाध्य भएका हुन्।, 'दुई हजार तिरेर पनि मुश्किल मात्र...
सविता बुढा कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ। दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाएका छन्। तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ। , जिल्ला अस्पताल बझाङमा ३ बेडको आइसियु र २ वटा भेन्टिलेटर जनशक्ति अ...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक युवाले ढुंगा प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ वर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरि आफ्नी २५ वर्षीया श्रीमती विपना रेग्मीको हत्या गरेको प्रहरीले जनाएको छ‍। , इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति साढे ९ बजेतिर पो...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासनबाट जारी आदेशका समयमा अस्पताल जान-आउन काठमाडौं महानगरले कोभिड- १९ का बिरामी र अन्य बिरामीलाई अस्पताल लैजान ल्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। , कोभिड-१९ को न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न आज बोलाइएको विशेष कार्यपालिका बैठकका निर्णयक...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले १५ शैयाको आइसोलेसन बनाएको छ। पाँचखालले स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मी सहित १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको नगरप्रमुख महेश खरेलले जानकारी दिए। , यसअघि नगरप्रमुख खरेलले कोरोनाबाट जोगिन नगरबासीलाई १२ बुँदे अपील गरेका थिए। नगरपालिकाभित्रका मठ, मन्दिर, म...
सेतोपाटी संवाददाता सप्तरी प्रहरीले मास्क नलगाएको आरोपमा एकैदिन ६२४ जनालाई पक्राउ गरी कारबाही गरेको छ।, कोरोनाको जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि परिचालन भएको प्रहरीले मंगलबार ६२४ जनालाई पक्राउ गरी जरिवाना तिराएर छोडेको हो।, सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ती व्यक्तिबाट जनही स...
सेतोपाटी संवाददाता वैशाख १६ देखि काठमाडौं उपत्यकामा लागू हुने निषेधाज्ञामा हवाई सेवा भने जारी रहने भएको छ।, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जारी राख्ने निर्णय गरेको छ।, निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन  प्राधिकरणले थप निर्णय गरेको छ।, प्राधिकरणले...
खिलानाथ ढकाल सन् २०१६ अघि बंगलादेशका मेडिकल कलेजहरूमा एमबिबिएस पढ्न नेपालबाट विद्यार्थीहरू ह्वार्ह्वार्ती जान्थे।, पहिलो कारण - त्यतिबेला नेपालका मेडिकल कलेजमा सिट संख्या कम थियो।, दोस्रो कारण - विदेश पढ्न जाने विद्यार्थीले मेडिकल काउन्सिलबाट इन्ट्रान्स पास गरिरहन पर्दैनथ्यो।, बंगलादेशको नियम थियो र अहिले पनि छ- एसएलस...
रासस परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरूद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्।, अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कोभिड-१९ ले थलिएको अर्...
सेतोपाटी संवाददाता बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।, भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।, भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।, भू...
एजेन्सी भारतमा पहिलो पटक एकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ।, कोरोना...
सेतोपाटी सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ।, सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो।...
सेतोपाटी संवाददाता काठमाडौंमा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरू गर्न लागिएको छ।, कोरोनाभाइरसका संक्रमित वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेका छन्।, यद्यपी वैशाख २२ पछि पनि निषेधाज्ञा जारी रहनेछ। मन्त्रिपरिषदले कम्तीमा १५ दिन निषेधाज्ञा गर्न भने...
एजेन्सी संसारकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा पाँच दशकपछि पहिलो पटक जनसंख्या घट्ने भएको छ।, फाइनान्सियल टाइम्सका ,अनुसार चीन सरकारले छिट्टै सार्वजनिक गर्न लागेको नयाँ जनगणनाको तथ्यांकमा जनसंख्या घटेको छ।, अहिले चीनको जनसंख्या १ अर्ब ४० करोड भएको मानिन्छ। नयाँ जनगणनामा जनसंख्या कति घटेको छ भन्ने खुलेको छैन। च...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ।, प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ।, तर उक्त सवारीमा दुलहा-दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्...
एजेन्सी भारतमा कोरोनाभाइरसको दोस्रो लहरले स्वास्थ्य प्रणाली अस्तव्यस्त बनाइदिएको छ। अस्पतालमा बिरामीले भर्ना पाएका छैनन्, भर्ना भएकाले  अत्यावश्यक अक्सिजन पाएका छैन। दैनिक ३ हजारभन्दा बढी संक्रमितको ज्यान जान थालेपछि  श्मशान गृहमा शवको चाङ लागेको छ।, पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशक...
युवराज श्रेष्ठ गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमित भएका छन्।, कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्।, प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परीक्षण गर्न माग गर्दै संसद अवरोध ...
सेतोपाटी संवाददाता श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेपछि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ वर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरी २५ वर्षीया श्रीमती विपना रेग्मीको हत्या मंगलबार राति हत्या गरेका थिए। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहाद...
सेतोपाटी संवाददाता दुहबीको एउटा फ्याक्ट्रीको लिफ्टमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ।, भारत बिहार सम्सतिपुरका १९ वर्षीय रुपेश कुमारको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी दुहबी-८ फुटानी चोकमा रहेको पशुपति फ्याक्ट्रीमा मजदुर थिए।, दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टभित्र उनी च्यापिएको इलाका प्रहरी क...
निर्मला घिमिरे संखुवासभा, खाँदबारी जाने भन्दै टिकट लिन विनोद घिमिरे मंगलबार बिहान दसै बजे नयाँ बसपार्क पुगेका थिए। साँझ पाँच बजिसक्दा पनि उनले टिकट पाएका थिएनन्। , 'उभिएर जाने ठाउँ भए पनि जान हुन्थ्यो, त्यो पनि पाइएन,' गोंगबु बसपार्कमा भेटिएका घिमिरेले सेतोपाटीसँग भने।, घर जान भनेर झोला बोकेर कोठाबाट निस्किएका उनी बसप...
सेतोपाटी कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन्।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन्।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसि...
सेतोपाटी संवाददाता बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएपछि काठमाडौं उपत्यकामा सवारी चाप बढेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा अगावै गाउँ फर्किनेको भीड लागेपछि उपत्यकाको ट्राफिक जाम भएको हो। बुधबार बिहान काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सवारी जाम भएको हो। सवारी जाम व्यवस्थापन गर्न अहिले प्रेस...
रासस टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ।, नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।, मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।, मृतक सप्तरीको साविक कमलपुर गाविस–२...
सेतोपाटी बझाङको सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ। , २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्सन प्रालिसँग करिब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो।, नेपाल सरकार स्थानीय पूर्...