content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण तीब्र फैलिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा उच्चस्तरीय समिति गठन गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा उच्च स्तरीय टोली गठन गरिएको जानकारी दिए।, समितिमा संयोजकको जिम्मेवा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेड संख्याका आधारमा सबै अस्पतालहरूले अक्सिजन सिलिन्डर व्यवस्थापन गर्नुपर्ने जनाएको छ।, त्यसका लागि बेड संख्या अनुसार अस्पतालले व्यवस्थापन गर्नुपर्ने सिलिन्डरको संख्या मन्त्रालयले निर्धारण गरेको छ। , जसअनुसार २५ देखि ५० बेडको अस्पतालले २० वटा, १०० बेडको अस्पतालले ३५...
सेतोपाटी संवाददाता कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्।, लम्कीचुहानगरपालिका १ का ४६ वर्षीय राम बहादुर चौधरी बलात्कारको आरोपमा पक्राउ परेका हुन्।, उनले ३६ वर्षीया महिलालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, वीर र टिचिङ अस्पताललाई एक-एक सय क्षमताको हाइ डिपेन्डेन्सी बेड (एचडियू) थप गर्न निर्देशन दिएपनि तीन वटै अस्पतालले सो काम पूरा नगरेको खुलेको छ।, गत कात्तिकमा कोरोना संक्रमण उत्कर्षमा पुगेका बेला मन्त्रालयले यी तीन वटै अस्पताललाई कम्तिमा एक-एक सय एचडियू बेड तयार गर्न भने...
सविता बुढा कञ्चनपुरको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव गणेश साउद कोरोना संकटपछि सिमानाकाको हेल्थ डेस्कमा काम गरिरहेका छन्।, एक वर्षअघिसम्म कार्यालयमा १०-५ को काम गर्ने उनको ९ महिनायता दैनिकी फेरिएको छ।, उनको अहिले घर आउने-जाने समय निश्चित हुँदैन।, बिहानै पौने ६ बजे घरबाट निस्केका उनी फर्किँदा धेरैजसो...
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागी भएको छ।, सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए।, उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए। पाँच तले घरको तेस्रो तल्ला रहेको कारख...
भगवती पाण्डे प्रतिमा सापकोटाले सधैजसो शुक्रबार साँझ पनि विद्यालयको छात्राबास (होस्टल)मा साथीहरुसँगै खाना खाएकी थिइन्।, उनीसँगै छात्राबासमा रहेका ४४ जना छात्रछात्राहरु भोलिपल्ट शनिबार रहेकोले छिटो उठ्नुपर्ने दवावमा थिएनन्। विद्यालयले छात्राबासमा रहने विद्यार्थीहरुलाई अरु दिन विहान ५ बजे नै उठाएर पढ्न लगाउने भएपनि शनिबा...
सेतोपाटी संवाददाता बबरमहलमा आगलागी भएको छ।, शनिबार साँझ करिब ७ बजे बबरमहलस्थित आन्तरिक राजस्व कार्यालयको मध्य करदाताको फाइल भएको टिनको टहरो(स्टोर रूम)मा आगलागी भएको प्रहरीले जनाएको छ।, ‘पहिला हामीले भूमि सुधारसँगै भएर त्यहीँकै होला भन्ठान्यौं। तर पछि बुझ्दा राजस्व कार्यालयको रहेछ’,महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्र...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ।, काठमाडौं उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाडौंको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्था...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्ययनरत एक विद्यार्थीको शनिबार मृत्यु भएको छ।, विद्यालयको छात्रावासमा बसेर कक्षा १० मा अध्ययनरत  नयाँमिलकै एक विद्यार्थीको शनिबार अकस्मात् मृत्यु भएको विद्यालयले जनाएको छ।, विद्यार्थीका आफन्तले विद्यालयबाट  दिउँस...
सेतोपाटी संवाददाता खोटाङ हलेसी तुवाचुङ नगरपालिका- १ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका छन्।, बा ३ ख ९२८५ नम्बरको बस आफैं अनियन्...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। , सेती प्रादेशिक अस्पतालमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–४ की ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो। , सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ती महिला बिहीबार अस्पतालमा भर्ना भएकी थिइन्।, शुक्रबार कोरोना पुष्टि भ...
सेतोपाटी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।, उनका अनुसार स्वास्थ्...
सेतोपाटी विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक किशोरी को मृत्यु भएको छ । , मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।, शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएकी किशोरीको आज ए...
रासस छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।, यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ।, कार्...
रासस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका छन्।, कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा शनिबार तालाबन्दी गरेका हुन्।, विश्वविद्यालयका पदाधिकारीसित ...
एजेन्सी भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ।, चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको स...
रासस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन्।, मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नम्बर १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ।, कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ श्ययाको अलग...
सेतोपाटी संवाददाता सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘डिस्ट्रिक्ट’ मान्यता पाएको छ।, अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको  अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएक...
एजेन्सी रगत जम्ने खतरा देखिएको विवरणहरू पछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिन देखिको प्रतिबन्...
रासस बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ।, कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन्।, कोरोनाको जोखिमयुक्त १...
सेतोपाटी संवाददाता तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।, कोरोना भाइरस संक्रमणपछि उपचाररत ६२ वर्षीया उनको शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो।, उनलाई करिब दुई साता अस्पतालमा राखेर उपचार गरिएको थियो। कोरोना देखिएपछि गत चैत २८ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।, अस्पतालका डाक्टर पारस...
सेतोपाटी संवाददाता कोरोना संक्रमण देखिएपछि होम आइसोलेसन बसेका बाँकेका एक पुरूष मृत भेटिएका छन्।, कोहलपुर ९ बाँकेका ६० वर्षका बमबहादुर खत्री मृत भेटिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।, उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमै राखिएको थियो।, उनको शव शनिबार बेलुकी घरमै भेटिएको प्रहरीले जनाएको छ। उन...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।, पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ।, शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय  ६० जनाले ज्यान गुमाएका छन्।, अस्पतालमा संक्रमितको 'सुनामी' आइरहेका बेला अक्सिज...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।, पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ।, शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय  ६० जनाले ज्यान गुमाएका छन्।, अस्पतालमा संक्रमितको 'सुनामी' आइरहेका बेला अक्सिज...
रासस कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु भएको छ।, गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले बताए।, गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो।, शनि...
नारायण खड्का दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाबाट मृत्यु भएको छ।, जिल्लाको राजपुर गाउँपालिका-६ देउखुरीमा का सहोदर दिदी बहिनी ११ वर्षीया रीता र १३ वर्षीया बिनिता बुढाको एकै दिन मृत्यु भएको हो।, प्रेम बुढाका दुई छोरीको झाडा पखालका कारण एकै दिन मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक...
रासस मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरे...
सेतोपाटी संवाददाता कैलालीमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ।, गोदावरी नगरपालिका–३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।, कोरोना संक्रमण भएपछि सेती प्रादेशीक अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।, स्वास्थ्यमा समस्या आएपछि वैश...
सेतोपाटी संवाददाता पर्साको ठोरीमा पाटेबाघ मृत भेटिएको छ। शनिबार राति मृत बाघ फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जको टोली राति नै ठोरी पुगेको थियो।, बाघ बूढो भएर कालगतिले मरेको आशंका गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।, मृत बाघलाई कसरा ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको उनले बताए।, ठोरीमा ...
सेतोपाटी संवाददाता मोरङ, सुनसरी, झापा जस्ता तराईका जिल्लामा अधिक देखिएको कोरोनाको नयाँ प्रकार प्रदेश १ का पहाडी जिल्लामा पनि फैलिएको छ। , शुक्रबार प्रदेशका पहाडी जिल्लामा पनि संक्रमित धेरै जना फेला परेका छन्।, प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिँदा सबैभन्दा धेरै मोरङका छन्। मोरङमा ७२ जना संक्रमित थपिएका छन्...
खिलानाथ ढकाल 'एक-एक पाइला।', २०७२ साल वैशाख १२ गतेको भुइँचालोसँगै ठूला पराकम्पनहरू जान थालेपछि मृतक र घाइतेको उद्धार-उपचार निकै कठिन बनिरहेको थियो।, निजीस्तरबाट पनि मानिसहरू राहत, उद्धार तथा उपचारमा सक्रिय हुन थालेका थिए।, त्यही बेला काठमाडौंका केही युवा डाक्टरहरूले सोचे- राजधानीमा त उपचारका लागि बन्दोबस्त मिलाउन धेरै...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधि...
सेतोपाटी संवाददाता दाङमा कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ। , गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो , उनको शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो। , स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका ल...
सेतोपाटी संवाददाता भातमा किटनाशक औषधी खुवाएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा धादिङ साबिक मूलपानी गाविस-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरा गरी बस्ने २९ वर्षीया महिला छिन्।  , उनलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो। , ती महिलाले आफ्नै ...
खेमराज गौतम गत मंसिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो। आगलागी हुनासाथ बजारको दमकललाई खबर गरियो। तर आगो दन्किरह्यो, दमकल भने आएन। आगलागीबाट कपास उद्योग पूरै जलेर लाखौंको क्षति भयो।, त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो। दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँद...
रमेश केसी भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना संक्रमले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो ।, संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछ...
सेतोपाटी संवाददाता कञ्चनपुरको महाकाली अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। , गत सोमबार स्वाब दिएका २२ जनामध्ये १३ को कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। , अस्पतालका सूचना अधिकारी नारद भट्टले प्रशासन, लेखा, रिपोर्ट फाँट र स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको बताए।, ‘अस्पतालमा विभिन्न ...
सेतोपाटी संवाददाता बाँकेमा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ।, मृतकमध्ये एक जना बाँकेका र अर्का बर्दिया जिल्लाका हुन्। , नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरूष र बर्दियाको राजापुर नगरपालिका ९ का ४२ वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको हो। , जिल्ला कोभिड...
सेतोपाटी हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरूद्ध बनेको इन्टरनेट सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ।, कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरूद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ः०० बजेदेखि सञ्चालनमा आएको हो। , गत शनिबार बेलुकादेखि अवरूद्ध बनेको इन्टरनेट सेवा आजबाट ...
सेतोपाटी सडक खन्ने क्रममा खसेको ढुंगा लागेर आज डोटीमा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुंगा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन्। , खातिवडा–चिचकाट्टे–दल्लेख सडक न...
सविता बुढा सुदूरपश्चिममा कोरोना संक्रमणको दर बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले पछिल्लो १५ दिनयता कोरोना भाइरसको संक्रमण दर तीव्र रूपमा बढेको देखाएको हो।  , गत चैत २३ गते ८२ जना सक्रिय संक्रमित रहेकोमा शुक्रबार त्यो संख्या बढेर ४४९ पुगेको छ। यो अवधिमा एक हजार ७ सय जनाको पिसिआर परीक्षण गरिएको थियो। ...
मनोज सत्याल कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि सरकारले तीन महिनाभित्र ३ देखि ६ लाख संक्रमित पुग्ने आकलन गरेको छ। पहिलो लहरको कोरोना संक्रमण व्यवस्थापन गर्न नसकेकोमा सरकारले आलोचना मात्र खेपेन 'इनफ इज इनफ' खेपेको थियो।, क्वारेन्टिन व्यवस्थापनदेखि स्वास्थ्य सामग्री व्यवस्थापन र लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि-मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित ...
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ।, प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ।, पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन ह...
नारायण खड्का दाङमा कोरोना भाइरस संक्रमित एक जना १५ वर्षीय विद्यार्थीको मृत्यु भएको छ।, गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।, विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले कक्षा ९ (ए) अध्यनरत् विधानले वैशाख ६ गते कक्षा कोठामै टाउक...
सेतोपाटी संवाददाता विदेश जाने व्यक्तिको पिसिआर परीक्षणका लागि सरकारले प्रयोगशालाहरु तोकेको छ। , त्यस्ता व्यक्तिको पिसिआर सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ए वर्गका प्रयोगशालाले मात्र गर्ने निर्णय भएकोले सो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , विदेश जानेले कोभिड परीक्षण गर्ने सबै सरक...
नारायण खड्का बाँकेको नेपालगन्ज अहिले कोरोना दोस्रो लहरको हटस्पट बन्दै गएको छ। बिहिबार चार सय ८२ को परीक्षण हुँदा तीन सय ८८ पोजेटिभ भेटिएको बाँकेमा आजै मात्र दुई संक्रमितको मृत्यु भयो। , कोरोना संक्रमितको संख्या बढेसँगै गम्भीर विरामी पनि बढ्दै जान्छन्। सामान्य संक्रमितलाई जस्तो उनीहरूलाई घरमै आइसोलेसन राख्न मिल्दैन। , ...
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।, पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ।, भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक...
सेतोपाटी संवाददाता दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ।, शुक्रबार राति ११ः५ बजे उनको मृत्यु भएको अस्पतालका कर्मचारी द्रोर्ण वलीले जानकारी दिए।, उनको वैशाख १ गतेदेखि आइसियूमा राखेर उपचार हुँदै आएको थियो।, शुक्रव...
प्राध्यापक डा. प्रेमराज ज्ञवाली मृगौला प्रत्यारोपण गर्दा एक व्यक्तिको मृगौला अर्को व्यक्तिको शरीरमा राखिन्छ। सामान्य भाषामा भन्दा ‘ओ’ समूहको रगत भएको एक जना व्यक्तिको रगत अर्को ‘ओ’  समूहनै रगत भएको व्यक्तिमा चडाउँदासमेत रियाक्सन हुन सक्छ। उसको शरीरले त्यो रगत नलिन सक्छ।, त्यस्तै, कुनै दाताले मृगौला दिए पनि लिने मान्छे...
सेतोपाटी संवाददाता भुकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्। सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले नवनिर्मित २२ तले धरहराको उद्घाटन गरेका हुन्।, २०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तला...
भगवती पाण्डे पछिल्लो दश दिनको अवधिमा थपिएका कोरोना संक्रमितको संख्यालाई हेर्दा लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बनिरहेको देखिएको छ।, चैत ३१ सम्म १ सय १० रहेको कोरोना संक्रमितको संख्या बैशाख ९ गतेसम्म ३ हजार २ सय ३ पुगेको थियो।, बिहिबार देशभर २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा लुम्बिनी प्रदेशमा मात...
युवराज श्रेष्ठ पामेसाइडको खपौंदीस्थित ताल किनारमै लगाएको पर्खाल भत्काउन पोखरा महानगरले शुक्रबार डोजर लिएर गयो।, व्यापक सुरक्षाकर्मीसहित ताल किनारमा लगाएको पर्खाल भत्काउन गएको महानगरको डोजरले यसो खोस्रेजस्तो गर्‍यो दुई चार वटा ढुंगा नियन्त्रणमा लियो अनि फर्कियो।, महानगरले डोजर लिएर अतिक्रमण गरेको पर्खाल हटाउन लागेपछि स...
सेतोपाटी संवाददाता कोरोना संक्रमण पुष्टि भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाह अस्पताल भर्ना भएका छन्।, उनीहरू शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएको कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट, नर्भिक अस्पतालले जनाएको छ।, अस्पताल स्रोतका अनुसार तीनै जनाको अवस्था स्थिर र सामान्य ...
रासस नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ।, अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान...
सेतोपाटी नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ।, कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो।, विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गर...
रासस मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक बन्द गरिएको छ।, आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ।, भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुव...
रासस सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ।, शिक्षा पत्रकार सञ्जाल, नेपालले बिहीबार गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ ह...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १५ सयमै पीसीआर परीक्षण गर्ने भएको छ।, नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेसँगै परीक्षण गर्ने पनि बढेपछि केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।, केएमसीका अध्यक्ष डा. सुनिल शर्माका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...
सेतोपाटी ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ।, बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो।, स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घ...
सेतोपाटी संवाददाता बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताए।, साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको ब...
सेतोपाटी संवाददाता सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ।, यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जना...
सेतोपाटी संवाददाता कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।, बसले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालकको मृत्यु भएको घटनालाई लिएर शुक्रबार राजमार्ग अवरूद्ध गरिएको हो।, मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका हुन्। घटनापछि उचित राहतको माग गर्दै उनीहरूले राजमार्गमा सवारी साधन गुड्न दिएका छैनन्।, लम्की...
नेहा झा रौतहटको समनपुरस्थित बागमती नदीमा निर्माणाधिन पुलको निर्माण कार्य सुरू भएको करिब आठ वर्ष भए पनि अझै सकिएको छैन।, जिल्लाको समनपुर र सर्लाहीको हजरिया जोड्ने उक्त पुल निर्माणको ठेक्का पाएको कम्पनीले ३६ महिनामा निर्माण सक्ने लिखित सम्झौता गरेको थियो। तर आठ वर्ष बितिसक्दासमेत अहिलेसम्म पुल निर्माण सकिएको छैन।, पुल न...
नारायण खड्का बाँकेमा बिहीबार थप ३८८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।  ४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको  बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए। , जिल्लाका विभिन्न तीन वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा ३८८ जना संक्रमित फेला प...
सेतोपाटी सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ।, यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए।, उनले भने, ‘हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण...
सेतोपाटी संवाददाता २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ।, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू ...
सेतोपाटी कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि सुरू भएको छ।, यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका-५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्नेछ। बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउनेगरी आयोजना सुरू भ...
झलनाथ खनाल कैलालीको टीकापुर नगरपालिका-१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन। ,  , टीकापुर-१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको कारण देखाउँदै निकै सुस्त गतिमा निर्माण भइरहेको ...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। , बुधबार ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी रत्ननगर- २ की ३९ वर्षीया महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। , आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहँदा शुक्रबार बिहान उनको मृत्यु भएको...
सेतोपाटी संवाददाता गोरखामा एक युवकलाई प्रहरीले सुनका गरगहना र नगद चोरी आरोपमा पक्राउ गरेको छ।, ती युवकले गोरखा बजार क्षेत्रबाट सुनका गहना र नगद चोरेको आरोप छ।, गोरखा नगरपालिका वडा नम्बर ५ मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गर...
एजेन्सी पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रूपमा वृद्धि भइरहेको छ। यो सँगै भारतको मृत्युदर र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ।, शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन्। यो संख्या भारतमा अहिलेसम...
सेतोपाटी संवाददाता गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , रूकुम पश्चिम घर भई गोरखा नगरपालिका वडा नम्बर ६ मा काम गरिरहेका करिब ३२ वर्षका थलबहादुर विकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो।, गोरखास्थित दरवारमार्गमा ढलानको काम गरिरहेका उनलाई बिहान ६ बजेतिर छड राख्ने क्रममा: करेन्ट लागेको थियो।, छडले विजुलीको तार...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरस्थित मामाघरमा बस्दै आएका १२ वर्षीय एक बालक मृत फेला परेका छन्।, जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. २ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी शुक्रबार बिहानै झुण्डिएको अवस्थामा फेला परेका हुन्। , मामाको घर नजिकै बाख्र...
दिपकजंग शाही करिब पाँच वर्षअघिको कुरा हो। वीरेन्द्रनगरकी एक गर्भवती महिला कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा जँचाउन आएकी थिइन्।, उनी बालरोग विशेषज्ञ डा. नवराज केसीको कार्यक्षमा पुगिन्। डा. केसीले ती महिलाको घाँटीमा चोट लागेको देखिहाले।, अरू जाँचपछि उनले घाँटीको चोटबारे सोधे। महिला केही बोलिनन्।, डा. केसीले लत्तो छोडेनन...
राजेश घिमिरे पश्चिम नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चितवन रिफर भएर आउने बिरामीको संख्या बढेको छ।, चितवनको भरतपुर अस्पताल र मेडिकल कलेजहरूमा पश्चिमको बुटवल, दाङ, नेपालगञ्जबाट जटिल अवस्थाका कोरोना संक्रमित उपचारका लागि आउन थालेको ती अस्पतालले जनाएका छन्।, बिहीबारमात्रै बुटवलबाट तीन जना कोरोना संक्रमितहरू उपचारका ...
सुदीप श्रेष्ठ शनिबारको दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा म प्रायः घरमै हुन्छु। त्यो शनिबार भने कालिमाटी चोकमा थिएँ। स्कुटरमा सवार।, २०७२ वैशाख १२ गते गोरखा, बारपाकबाट छुटेको भूतरंगले जसै काठमाडौंको भुइँ छोयो, कालिमाटीमा गुडिरहेको हाम्रो स्कुटर ढलपल नाच्न थाल्यो। हामी सडकमा डङरङ्ग पछारियौं।, थुप्रै झट्का सनन्न आइरहे। हा...
सेतोपाटी संवाददाता कैलालीमा अवरूद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ।, बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि  मृतकका आफन्तले लम्कीचुहा नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्ग अवरूद्ध पारेका थिए।, उनीहरूले राहत र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार बिहानैदेखि बलियामा टायर बालेर सडक अवरूद्ध पारेका थिए।, बिहानैद...
सबिना श्रेष्ठ किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगा) पछि उनीहरू मुकुम्लुङ बचाउने अभियानमा लागेका छन्। हाल ताप्लेजुङमा पाथीभरा भनेर चिनिने मुकुम्लुङ लिम्बूहरूको सबभन्दा ठूलो देवस्थलमा पर्छ। त्यसैकारण त्यसको नाम परिवर्तन गरेर पहिचान नै मेट्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।, त्योसँगै वैशाख १...
सेतोपाटी संवाददाता तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न टेण्डर आह्वान गरिएको छ।, नेपाल आयल निगम अन्तर्गत इन्जिनिरिङ तथा परियोजना विभागले ३० दिने सूचनासहितको टेण्डर आह्वान गरेको हो।, नेपाल आयल निगमम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले टेण्डर आह्वानको समय र मूल्याङ्कनसहित ढिलोमा ४...
सबिना श्रेष्ठ भनिन्छ, बाह्र वर्षमा खोला फर्किन्छ।, खोलो फर्के पनि हराएका मूर्तिहरू त कहाँ कहाँ पुग्छन्! बिरलै भेटिन्छन्, बिरलै फिर्ता आउँछन्।, चापागाउँलाई भने यो दुर्लभ क्षण प्राप्त भएको छ। तर यसका लागि ५२ वर्ष कुर्नुपर्‍यो।, त्यही पर्खाइपछि सोमबार चापागाउँ जात्रामय थियो। ५२ वर्षपछि बज्रबाराहीको मूर्तिलाई उनीहरूले आफ्...
सेतोपाटी नयाँ (प्रकार) भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका संग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ। , विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउँछन्। , चैत ...
शुरबहादुर सिंह कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन्। भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ।, वीरेन्द्रनगर र बराहतालबासीको सामाजिक, सांस्कृ...
सेतोपाटी वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ।, वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो।, श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्र...
सेतोपाटी संवाददाता पर्साबाट एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर रहेका छन्।, रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनको साथबाट सुनमिका लेखेको पेस्तोल र त्यसको दुई थान म्यागजिन बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ब...
सेतोपाटी संवाददाता चट्याङ लागेर मोरङमा एक महिलाको मृत्यु भएको छ।, मोरङ कानेपोखरी-२ की ४३ वर्षीया सुकवति राजवंशीको चट्याङ लागेर बिहीआर बिहान मृत्यु भएको हो।, प्रहरीका अनुसार पानी परिरहेका बेला घरनजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परेर उनी गम्भीर घाइते भएकी थिइन्।, घाइते राजवंशीलाई उर्लाबारीस्थित मदनभण्डारी ...
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते छन्।, प्रहरीका अनुसार बुधबार राति साढे ९ बजे रा२प ४४३७ नम्बरको मोटरसाइकललाई बा३ख ४४६५ नम्बरको टिपरले ठिमी नगरपालिका-२ सानोठिमी प्रभाग अगाडि ठक्कर दिएको हो।, टिपरको ठक्करबाट मोटरसाइकल पछाडि बसेका कैलाली ...
सेतोपाटी संवाददाता झापामा ट्रकले ठक्कर दिँदा सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ की ७५ वर्षीया गायत्रीदेवी प्याकुरेल छिन्।, बिहीबार बिहान साढे ९ बजे भद्रपुरबाट चारआली जादै गरेको मे१क २६७ नम्बरको ट्रकले मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जि...
सेतोपाटी संवाददाता एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन्।, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।, बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।, खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठ...
सेतोपाटी पोखराका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ।, मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय वृद्ध छन्।, मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, अस्पतालका अनुसार उनलाई वैशाख ६ गते क...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ एनआरएनएले गोरखाको लाप्राकमा निर्माण गरेका घरहरू हस्तान्तरण गरेको छ।, भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घर बनाइदिएको थियो।, निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ...
सेतोपाटी संवाददाता झापाको विर्तामोड-१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा विक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। , सोही कार्यमा संलग्न अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, जग्गासम्बन्धी अवैध कारोबार ग...
सेतोपाटी संवाददाता कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ।, कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।  , नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो।, नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गत...
सेतोपाटी संवाददाता बाँकेमा बिहीबार थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाँकेकी ६५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको हो। , नेपालगञ्ज मेडिकल कलेजमा वैशाख ७ गते पिसिआर परीक्षण गराएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।, वैशाख ८ गते भर्ना भएकी उनको बिहीबार मृत्यु ...
सेतोपाटी कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन्।, सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो।, धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र पोखरेलक...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३...
सेतोपाटी संवाददाता कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ।, शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्।, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाब...
सेतोपाटी संवाददाता सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। , भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवले धरान उपमहानगरपालिका वडा नं. १३ को डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। , उक्त लजको कोठामा युवतीलाई लगेर जब...
सेतोपाटी संवाददाता पाकिस्तानबाट एयर अरेबियाको जहाजमा सारजाह हुँदै नेपाल आएका एक व्यक्ति लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।, पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका-१ का ४९ वर्षीय दावा लामा तामाङ छन्।, विशेष सूचनाका आधारमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्र...