content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिका वडा नं ५ सीतापुरीमा रूखकाे हाँगा भाँचिएर लाग्दा एक जना बालककाे मृत्यु भएको छ।, बुवासँग नर्सरीमा दाउरा टिप्न गएको बेला ८ वर्षीय योजन राईकाे बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, रतुवा माई वृक्षारोपण आयोजनाकाे नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले म...
सेतोपाटी सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन।, आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ।, स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहा...
निर्मला घिमिरे वीर अस्पतालमा सरसफाइको काम गर्दै आएकी सुनिता कार्कीले गत फागुनमा कोरोनाको पहिलो डोज खोप लगाइन्। खोप लगाएपछि उनलाई एलर्जी भयो, काममा आउन सकिनन्।, उनले बिदा भने पाइनन्।, 'बिदाको कुरा गर्दा सुपरभाइजरले नपाइने भन्नुभयो। काममा आउनसक्ने अवस्थै थिएन,' सुनिताले सेतोपाटीसँग भनिन्, 'शनिबार र अन्य सार्वजनिक बिदामा...
राजु अधिकारी एक सातायता विराटनगरमा भयावह रूपमा कोरोना संक्रमण फैलिनुमा चिकित्सकले दुईटा कारणलाई मुख्य दोषी मानेका छन्।, उनीहरुका अनुसार भारत-नेपालबीच हुने अनाधिकृत आवातजावत र केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलको भीड  सहरमा कोरोना फैलाउने मुख्य कारक बनेका हुन्।, कोशी कोभिड अस्पतालमा संक्रमितको उपचारमा संलग्न चिकित...
सेतोपाटी संवाददाता झापामा कोरोना भाइरसको संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ। , झापाको भद्रपुरका ३८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो।, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष कोरोना संक्रमण सुरू भएयता झापामा १३० जनाको मृत्यु भइसकेको छ। नयाँ प्रकारको  संक्रमणपछि झापामा दुई जनाले ज्यान गुमाएका छन्।, ...
सेतोपाटी संवाददाता झापाको बुद्धशान्ति-३ स्थित सयपत्री चोक पश्चिम रहेको पोखरीमा डुबेर बिहीबार साँझ एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बुद्धशान्ति-३ का महानन्द शिक्षा सदनको कक्षा ७ मा अध्ययनरत् नितेष पौडेल रहेका छन्।, उनी र उनका साथी दिउँसो पौडी खेल्न भनी सो पोखरीमा गएको बताइएको छ।, उनीसँगै पोखरीमा डुबेका अर्का सुद...
सेतोपाटी संवाददाता बझाङ र अछाममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बिहीबार जयपृथ्वी नगरपालिका-६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए।, उनी भारतको तामिललाडुबाट चैत्र २९ गते फर्केका थिए। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा एन्टिजेन विधिबाट परीक्षण गर्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड-१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ। , मन्त्रालयले कोभिड–१९ को 'यूके भेरियन्ट'को संक्रमण दर उच्च भएको र नेपालमा अहिले 'यूके भेरियन्ट' देखा परेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो।, ...
दिपकजंग शाही कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या खाद्य सुरक्षाको जोखिममा छ।, खाद्य सुरक्षाको अति जोखिममा भएको जनसंख्या कर्णालीम सात प्रतिशत छ। विश्व खाद्य कार्यक्रमको अध्ययन अनुसार कर्णाली प्रदेशमा सात वटा जिल्लाहरू खाद्य तथा पोषण सुरक्षाको पहुँच भन्दाबाहिर छन्।, साबिकको कर्णाली अञ्चलका पाँच जिल्लाह...
सेतोपाटी संवाददाता धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा नगरपालिका-९ का चक्रबहादुर रोकाया रहेका छन्। उनलाई धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित प्रगती होटलबाट एक किलो लागुऔषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दि...
सेतोपाटी संवाददाता कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्।, बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।, रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी...
सेतोपाटी संवाददाता ललितपुरको जावलाखेलस्थित एक नवनिर्मित घरले सडकपेटीमै फोहोर फालिएकोमा पटक पटक उठाउन आग्रह गर्दा पनि नमानेपछि उक्त फोहरलाई सम्बन्धित घरमा नै फालेर व्यवस्थापन गरिएको छ।, नवनिर्मित घरबाट सडकपेटीमा फालिएका ईट्टाका टुक्रा, माटो, रड, ढुंगा, बालुवालगायतले सडक फोहर हुनुका साथै पैदल यात्रुलाईसमेत हिँडडुल गर्न ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै निःशुल्क मास्क वितरण सुरु भएको छ ।, महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगरपालिका अन्तर्गतको नगर प्रहरी बलले यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बुधबार ललितपुर महानगर भित्रका सार्वजनिक, निजी तथा भाडाका सवार...
सेतोपाटी तनहुँको व्यास नगरपालिका-६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए। घरबाट भैंसी र गोरू लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो।, ‘दाइ मलाई बचाउनु, चितुवाले आक्रमण गर्‍यो।’, मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ।, भैंसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न ...
दिपकजंग शाही सल्यानमा आपसी विवादमा काका-भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ।, कालीमाटी गाउँपालिका-१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको हो। , गएराति ९ बजेतिर उनीहरूबीच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख ...
सेतोपाटी चक्रपथको कोटेश्वर-कलंकी खण्डमा ट्राफिक बत्ती जडानका लागि प्रक्रिया अघि बढाइएको छ।, अहिले ठेक्का मूल्यांकन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ। , कोटेश्वर-कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए।, चीन सरकारको सहयो...
एजेन्सी भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ।, नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।, #WATCH, | An Oxygen tanker leaked while tankers we...
सेतोपाटी त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अतिप्रभावित जिल्लाका ठूला सहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ।, त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन्। , यसअघि...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २०...
सेतोपाटी संवाददाता प्रदेश १ मा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , सुनसरीको इटहरी एक कोरोना संक्रमित महिलाको धरानमा उपचारका क्रममा मृत्यु भएपछि दोस्रो लहरमै ज्यान गुमाउनेको संख्या प्रदेशमा चार पुगेको छ।  , इटहरी-२ की ७८ वर्षीया महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु ...
सेतोपाटी संवाददाता कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढेसँगै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। , यसअघि स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक गतिविधि अगाडि बढाउन विद्यालय तथा अभिभावकलाई आग्रह गरेको उपमहानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख मसान्तसम्मका लागि शैक्षिक स...
एजेन्सी इन्डोनेसियाको नौसेनाले बुधबार बिहानदेखि हराइरहेको एउटा पनडुब्बीको खोजी तीव्र पारेको छ।, बाली टापुको उत्तरमा पानीभित्र ड्रिल गरिरहेको पनडुब्बी सम्पर्कविहीन भएको हो।, जर्मनीमा बनेको केआरआई नान्गाला-४०२ पनडुब्बीमा ५३ जना मानिस चढेका थिए। पनडुब्बी सम्पर्कविहीन भएपछि इन्डोनेसियाले छिमेकी अष्ट्रेलिया र सिंगापुरलाई ख...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको भन्दै अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने बताए। , 'संक्रमण द...
युवराज श्रेष्ठ घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्।, विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफासँग मिल्दोजुल्दो भएको स्मिथले बता...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कालीमाटीबाट हतकडीसहित भागेका व्यक्ति पक्राउ परेका छन्।, भारत बिहारको समस्तीपुर जिल्लाको पटौरी घर भई काठमाडौं कालीमाटीस्थित सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजितकुमार गुप्ता भन्ने अन्निकुमार साह पक्राउ परेका हुन्।, वृत्तले गत असोज २ गते उनीमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिएको थि...
राजेश घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेर पठाएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवनको माडीस्थित अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा स्थापना गरिएको छ। , बागमती प्रदेश सरकारको लगानीमा बनेको अस्थायी मन्दिरमा बुधबार रामनवमीको अवसर पारेर मूर्ति स्थापना गरिएको हो।, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु...
सेतोपाटी संवाददाता चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ। , बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहमा प्रा.डा. दिब्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले नेपालमा पहिलोपटक यो शब्दसागर विमोचन गरेका हुन् । , प्रमुख अतिथी एवं त्रिवि चिकित्...
रासस काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बरको ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते ठाकु...
सेतोपाटी संवाददाता रामेछापको दोरम्बा गाउँपालिकास्थित ढुकुरेकी एक बालिकालाई बलात्कार गरी फरार भएका युवक काठमाडौंबाट पक्राउ परेका छन।  , दोरम्बा गाउँपालिका ६ का १९ वर्षीय सन्तोष ढुंगेललाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनले गत चैत २८ गते राम्रो सँग बोल्न नसक्ने एक बालिकालाई...
शर्मिला पाठक काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ।, जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो।, अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठ...
सेतोपाटी संवाददाता सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य स्थगित गरेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच राष्ट्रका लागि स्वीकृति पत्र जारी गर्ने काम तत्कालका लागि बन्द गरेको हो।, बुधबार एक विज्ञप्ति जारी गर्दै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश...
एजेन्सी भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। योसँगै एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ। यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख संक्रमित थपिएका थिए। गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए।, संक्र...
रासस मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ।, विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो।, आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादव...
रासस च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ।, मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए।, बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठाल...
रासस भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ।, अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो।, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाल...
सेतोपाटी संवाददाता पुनर्निर्माण अन्तिम चरणमा पुगेको २२ तले धरहरामा बुधबार गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।, गजुरसँगै २२ औँ तलामा शिवलिंग पनि प्रतिस्थापन गरिएको छ। पुरानै शिवलिंगलाई प्राधिकरणका प्रमुख कार्यकारी सुशील...
भगवती पाण्डे बुधबार बिहान पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ जितपुरमा दर्जनौं गिद्ध मरेको अवस्थामा फेला परे। स्थानीय पाल्ही बहुमुखी क्याम्पस पछाडिको खुल्ला चौरमा मरेका गिद्ध छरिएका थिए। बिहान गाईवस्तु चराउन गएका स्थानीय किसानले चौरमा ठूलो संख्यामा मरेका गिद्ध देखेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासनलाई खबर ग...
रासस उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक दंग भएका छन्।, पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ।, आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए।, बु...
नारायण खड्का घोराही उपमहानगरपालिकाले सर्वसाधारणबाट फोहोर किन्न थालेको छ। उपमहानगरको सरसफाइ, वातावरण, विपद व्यवस्थापन महाशाखाका संयोजक शक्तिराम डाँगीका अनुसार नयाँ वर्षका दिनबाट घोराही बसपार्कदेखि फोहोर किन्ने अभियान सुरू भएको हो।, अभियानअन्तर्गत उपमहानगरले किन्ने फोहोर सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ।, कपडा किल...
एजेन्सी भारतका कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव यचुरीका छोरा आशिषको कोरोना संक्रमणले मृत्यु भएको हो।, ३५ वर्षीय आशिषको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो। उनको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।, यचुरीले सामाजिक सञ्जाल...
सेतोपाटी संवाददाता प्रहरी निरीक्षक रोशन थापा सर्वोकृष्ट प्रहरी प्रदेश घोषणा भएका छन।  थापा बागमती प्रदेश प्रहरीमा कार्यरत छन।  , प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा उनला२ सर्वोकृष्ट प्रहरी प्रदेश घोषणा गरिएको प्रहरीले जनाएको छ। ,  , बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा का...
रासस सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।, गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले बताए।, उनकाअनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमा...
सेतोपाटी संवाददाता सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२४ का ३६ वर्षीय प्रमोद सर्राफ छन्।, सोमबार तीन छोराछोरीलाई छोडेर काममा गएको बेलामा बालिकालाई बलात्कार गरेको भन्दै आमाले उनीविरूद्ध जाहेरी दिएकी थिइन्।, सो जाहेरीका आधारमा सर्र...
युवराज श्रेष्ठ भारतबाट बाग्लुङ पुगेका ३ जनामा केही समयअघि कोरोना संक्रमण देखियो।, उनीहरुको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो। फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जसले बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्‍याइदिएको छ।, उनीहर...
रासस सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ।, गत असारमा सम्झौता अवधि सकिएको र सोही कम्पनीसँग नयाँ सम्झौता नभएपछि कम्पनीले विभिन्न कारण देखाएर भवन खाली गराउन ढिलाइ गरिरहेको थियो।, लामो समयदेखि बहालमा रहेको काठमाडौँ महानगरपालिकालाई सो भवन नयाँ दरअ...
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले सेवाग्राहीको भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्ने भएको छ।, मंगलबार सूचना जारी गरी विभागले प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गर्दै काम सञ्चालन गर्ने जनाएको हो।, विभागका अनुसार वैशाख १२ देखि लागू हुने गरी प्रमाणीकरणको समय बिहान ८ देखि साँझ ५ ...
नारायण ढुंगाना मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ।, स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ।, यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो। त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो। अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने ग...
रासस पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।, पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्...
सेतोपाटी संवाददाता दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ।, उनका आमा-बुवा घाइते छन्।, यो घटना मंगलबार बेलुकीको हो। दुर्घटनामा परेर ८ वर्षका बालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ८ वर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनका आमा पार...
सबिना श्रेष्ठ निलो टिसर्ट र हाफ पाइन्ट लगाएका फुच्चे केटो दुगुर्दै कोठाभित्र पसे। उनको हातमा स्कुलको रिजल्ट थियो। पछिपछि उनकी आमा रश्मिला अवाल थिइन्।, 'खोइ, खोइ! रिजल्ट हेरौं त,' हाम्रो आवाज सुनेर उनी एकछिन अलमलमा परे।, ढोकामै अडिएर आमाको अनुहारतिर हेरे।, यसरी कोठामा नयाँ मान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी...
रासस जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ।, जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो।, बैठकले दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्न थालेपछि य...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले लिएको प्रहरी जवान जनपद पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको फेला परेको छ।, प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थीले परीक्षा दिएको पुष्टि भएको हो।, परीक्षामा अनियमितता गरेको पाइएपछि लोक सेवा आयोगले २१ जनाको परीक्षा नै रद्द गरिदिएको छ।, आयोग...
सेतोपाटी संवाददाता झापा मेचीनगर चारआरलीस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा पथरीशनिश्चरे नगरपालिका-९ का २१ वर्षीय प्रवेश वयलकोटी छन्। उनको बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।, मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१...
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। , नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताए।, उनले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्प...
सेतोपाटी संवाददाता डोटीमा भारतबाट आएर होमक्वारेन्टिनमा बसेका एक युवक मृत्यु भएको छ।, ११ दिनअघि भारतको गुजरातबाट फर्केका दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए।, उनकाअनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना संक्रमणका कारण ...
खिलानाथ ढकाल विराटनगर महानगरपालिका-४ की २४ वर्षीया युवतीलाई बन्धक बनाएको चार महिनापछि प्रहरीले उद्धार गरेको छ।, युवतीलाई भारत पुर्‍याएर बन्धक बनाएको आरोपमा विराटनगर-१९ का २५ वर्षीय दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।, मण्डललाई भारतको पञ्जाबबाट पक्राउ गर्दै युवतीलाई सकुशल उद्धार गरी मंगलबार विराटनगर ल्याइएको हो। ने...
सेतोपाटी संवाददाता लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।, गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ।, पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।, २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरह...
सेतोपाटी संवाददाता कोरोना संक्रमणको नयाँ प्रकार सुरू भएसँगै यस वर्ष समेत जनकपुरधामका महत्वपूर्ण पर्व प्रभावित भएका छन्। , आज राम जन्मोत्सव रामनवमी पर्व मनाइँदै छ। यस अवसरमा जनकपुरधाममा हरेक वर्ष श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको थियो। तर कोरोनाको नयाँ प्रकार फेरि सुरू भएसँगै जनकपुरधामको चैतै दसैं र राम नवमी प्रभावित ...
सेतोपाटी संवाददाता दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका ४० वर्षीय उनको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।  , उनी  फागुन २५ गतेको निर्वाचनमा नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा भएको निर्वाचनमा मतदान गर्न पनि आएका थिए। आफूलाई अलि सञ्चो नभएको कुरा ...
सेतोपाटी संवाददाता नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित एउटा चौरमा मंगलबार दिउँसोबाट गिद्धहरू झोक्राएर बस्न थाले।, एकछिनमा उनीहरू बसेकै ठाउँमा भुइँमै ढले। एउटा-दुइटा होइन, दर्जनौं गिद्दहरू मर्न थालेपछि के भएको रहेछ भनेर गाउँलेहरू हेर्न गए।, रामग्राम-४ का वडा अध्यक्ष मदन यादवका अनुसार हेर्न जाँदा गाउँलेहरूले ...
सेतोपाटी संवाददाता सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रूपैयाँ कर तिर्नुपर्ने भएको छ।, सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्त...
सेतोपाटी संवाददाता यो वर्षको वीणा उल्का वर्षा गत वैशाख ३ गतेदेखि सक्रिय भएको छ।, वैशाख ३ गतेदेखि वैशाख १७ गतेसम्म यो उल्का वर्षा सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।, बिहीबार राति भने यो उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ।, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार बिहीबार राति मौसम सफा रहे आकाशमा उल्का वर...
राजेश घिमिरे आफ्नो खेत र गाउँ नै खतरामा पर्नेगरी गिटी, ढुंगा उत्खनन् गर्न थालेपछि चितवनको इच्छाकामना गाउँपालिकाको गर्दासका स्थानीयबासीले मंगलबार दर्जनौं टिपर चालकलाई लखेटेका छन्।, इच्छाकामना–७ को भालुमारे र गर्दासबीच भएर बहने स्याङ्दी खोलाको बगरलाई आफ्नो जमिन भन्दै दैनिक सयौं टिपर गिटी, ढुंगा, बालुवा उत्खनन् गरिएपछि स...
सेतोपाटी संवाददाता मंगलबार ',आउटसाइड' म्यागजिन,ले पहिलो पटक सगरमाथा आधार शिविरमा कोरोनाभाइरसका संक्रमित भेटिएको समाचार छाप्यो।, ग्रिष्मकालीन आरोहणको सिजन चलिरहेका बेला आएको यस्तो समाचार पर्वतारोहणको क्षेत्रमा चासो राख्नेहरूको वृत्तमा तत्कालै फैलियो। अहिले पनि सामाजिक सञ्जालमा यसबारे चर्चा भइरहेको छ, सरकारले भने अहिलेस...
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरेर अर्को ग्रहमा उडान गरेका छन्। नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले लिएर गएको हेलिकप्टरले सोमबार पहिलो पटक मंगल ग्रहमा उडान गरेको हो। , नासाका अनुसार  इन्जेन्युटी नामको उक्त हेलिकप्टरले ३९ सेकेन्ड उडान भरेको थियो भने १० फिटको उच...
रासस सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ।, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको बताए।, सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्य...
सेतोपाटी संवाददाता मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी गरिएको छ।, आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन्।, नगरपालिकाको निर्णय अनुसार वैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरीले बाटो खोल्न उक्त स्थानमा पुग्दा...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ।, सोमबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी फण्डको घोषणा गरिएको हो। फण्ड तत्काल दश अर्ब रूपैयाँको हुनेछ। यो कोष विस्तारै वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।, सरकार...
सेतोपाटी संवाददाता चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि  पठाइएको छ ।, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए। बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो । , प्रधान...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीका विजय परियारले मध्यवर्ती क्षेत्रमा भेटिएको बाँदरलाई घरमा ल्याएर पालेका थिए। उनी त्यो बाँदरसँग खेल्थे, त्यसैसँग खान्थे। महिनौंदेखि पालेको बाँदर उनलाई आफ्नै परिवारको सदस्यझैं लाग्थ्यो। तर पछि बाँदरले परिवारका अन्य सदस्यलाई टोकेर दुःख दिन थाल्यो।, विजयले त्यो बाँदर ...
सेतोपाटी संवाददाता यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिरहा नगराजपुर गाउपँद्यिका-४ का २५ वर्षीय सुनिलकुमार यादव र मोरङ रंगेली नगरपालिका-८ का २६ वर्षीय सुमन भण्डारी छन्।, दुबैलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।, उनीहरू छुट्टाछ...
एजेन्सी जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो।, यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर ...
सेतोपाटी संवाददाता भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ भने गम्भीर अवस्थामा आमाको उपचार भइरहेको छ। , राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनी गम्भीर घाइते भएकी छन्। , घटना सोमबार बेलुकाको हो...
सेतोपाटी खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ।, चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो।, गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए।, रोकाया...
सेतोपाटी चैती दसैंको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ।, प्रत्येक वर्ष असोज र चैतको दसैंको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज एकाबिहानै चैत्र अष्टमी/नवमीको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनक...
सेतोपाटी ‘लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?’ खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका-२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भनिन्, ‘खै यसपालि त निको चाल छैन।’ , गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी विलखबन्दमा परेक...
रञ्जीता अधिकारी घामको तातो एकातिर, आगोको राप अर्कातिर। , शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन्। कोइला र खरानीले मुहारमा दाग देखिन्छ। , लमही नगरपालिका-५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छन्। साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पै...
सेतोपाटी संवाददाता गुल्मी कारागारमा एक जना कार्यालय सहयोगी मृत फेला परेका छन्।, मंगलबार बिहान कारागारका कार्यालय सहयोगी रहेका रेसुङ्गा नगरपालिका-१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मृत फेला परेका हुन्।, बिहान करिब ८ बजेदेखि पौने ९ बजे बीचमा पालु पहरामा बसेको बेलामा झुण्डिएर आत्महत्या गरेको कारागार प्रमुख भ...
सेतोपाटी संवाददाता नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलस्थित *सुरिया ल्याबमा छापा मारेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट दिएको खबरपछि मंगलबार छापा मारेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङले जानकारी दिए।, 'पैसा भएपछि रिपोर्ट निस...
नारायण खड्का कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले बाँकेमा वैशाख ९ गतेदेखि विमानस्थल र राजमार्गबाहेक सबै कुरा बन्द गरिने भएको छ। , जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले संक्रमणको दर उच्च बनेपछि ९ गतेदेखि पुनः लकडाउनजस्तै प्रतिबन्ध लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श...
राजेश घिमिरे एउटा विद्यालय जो केही वर्षअघिसम्म नाम मात्रैको थियो। पढ्नका लागि विद्यार्थी फाट्टफुट्ट आउँथे, ती पनि नियमित हुन्थेनन्।, अभिभावकमा शिक्षाको चेतना थिएन, बालबालिका अभिभावकको पछि लागेर मेलापात जान्थे।, खरले छाएको सानो छाप्रो थियो, विद्यालयको भवन। विकट ठाउँ भएकाले यहाँ पुगेर पढाउने शिक्षक पनि भेटिन्थेनन्। जेनत...
सेतोपाटी संवाददाता झापाको भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकबल र बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयमा 'एन्ड्रोइड बोर्ड' जडान गर्दै पठनपाठन थालिएको छ।, संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले संसद क्षेत्र विकास कोषबाट रकम उपलब्ध गराएपछि चार वटा पालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड राखेर पठनपाठन गराउन थाल...
सेतोपाटी दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ। न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ। निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन्। बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन। बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन।, नेपाल सरकारले बेरोजगार ...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणका कारण बाँकेमा मंगलबार ३३ वर्षीय युवकको मृत्यु भएको छ। , खजुरा २ बाँकेका ती युवकले पिसिआर परीक्षणका लागि वैशाख ६ गते स्वाब दिएका थिए। , मंगलबार मात्रै उनको रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्टपछि दिउँसो २ बजे उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार थालिएको थियो।, भर्ना भएको...
खिलानाथ ढकाल महोत्तरी, मनरा सिसवा नगरपालिका-६ का सुवासप्रसाद साह जनकपुर बाल अस्पतालमा काम गर्थे।, अस्पतालको इमरजेन्सी वार्डमा काम गर्न थालेको एक वर्ष भएको थियो।, २९ वर्षीय साहले एसएलसी प्रमाण पत्र नक्कली बनाएर त्यसैका आधारमा बंगलादेशबाट एमबिबिएस पास गरेका थिए।, उनले नेपाल मेडिकल काउन्सिलबाट तीन वर्षअघि लाइसेन्स लिएका ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार  ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ...
सेतोपाटी संवाददाता कोरोनाको नयाँ प्रकार फैलिएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले निश्चित समयका लागि मात्रै हाट बजार खोल्न दिने निर्णय गरेको छ।, जिल्ला प्रशासन कार्यालय धनुषामा जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले अत्यधिक भीड हुने स्थान हाट बजार निश्चित समयका लागि मात्रै खोल्न दिइने निर्णय गरिएको धनुषाका प्रमुख...
सेतोपाटी संवाददाता धनगढीमा वैशाख १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ। , जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गरेको उपप्रमुख सुशीला मिश्र भट्टले जानकारी दिइन्।, उनले सामुदायिक र निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ-संगठनका प्रतिनि...
सेतोपाटी कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ।, जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो। , प्रमुख जिल्ला अधिकारी शिवर...
युनिक श्रेष्ठ महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्‍यो। प्रहरीलाई सूचना थियो- ल्याबले बिनास्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ।, नेपालबाट विदेशिएका मानिसहरूको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि उता पुग्दा पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेको थियो...
राजेश घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूजा गरी पठाएको राम–सीताको मूर्ति कडा सुरक्षाका बीच देवघाट आइपुगेको छ। काठमाडौंबाट र्‍यालीसहित ट्रकमा राखेर ल्याइएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरुलाई दासढुंगाबाट तनहुँ हुँदै देवघाट पुर्‍याइएको हो।, चितवनको माडीस्थित अयोध्यापुरीमा भगवान् रामको जन्म भएको ...
एजेन्सी कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि इजरायलले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएको छ।, इजरायलको स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागु हुने गरी मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो।, इजरायलमा अहिलेसम्म जम्मा जनसंख्याको झन्डै ८१ प्रतिशतले कोरोनाविरूद्धको खोप लगाइसकेका छन्। धेरै मानिसहरूले ...
युवराज श्रेष्ठ सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको चार किल्ला निर्धारण भए पनि संरचना बनाउने मापदण्ड सरकारले नबनाउँदा अतिक्रमण बढ्न थालेको छ।, फेवातालभन्दा कति मिटर वरपर संरचना बनाउन नपाइने भन्ने मापदण्ड बनाउने काम महानगरपालिकाको हो। उसले यो काममा ढिलाइ गर्दा फेवाताल वरपरको जमिनमा अतिक्रमण बढ्न थालेको हो। , फेवातालमा...
सेतोपाटी संवाददाता प्रहरीले कोसी गाउँपालिका-४ बाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका-१ का तालिम मन्सुरी छन्।, उनको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।, उनलाई सोमबार ससुराली आएका बखत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...
सेतोपाटी संवाददाता भूमिसम्बन्धी समस्या समाधान गर्न गठन भएको आयोगले झापामा ५१ हजार अव्यवस्थित सुकुम्बासीको लगत संकलन पूरा भएको जनाएको छ। , आयोगका अध्यक्ष प्रेम गिरीले १० हजारभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समेत पहिचान भइसकेको जानकारी सेतोपाटीलाई दिए।, आयोगले जिम्मेवारी पाएको डेढ महिनामा झापाका १५ वटै पालि...
सेतोपाटी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी-अर्मादी खण्ड अलपत्र बनेको छ।, काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्रयाक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन। , आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्रयाक पूरा ...
सेतोपाटी संवाददाता जिप भीरबाट खस्दा तेह्रथुममा एक जनाको मृत्यु भएको छ।, तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई आइतबार राति भीरबाट खस्दा त्यसका चालकको मृत्यु भएको हो।, प्रहरीका अनुसार राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जिप आफैं अनियन्त्रित भएर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।, स...
सञ्चिता घिमिरे पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुंगा–मुग्लिन सडक विस्तार अघि बढाइने भएको छ। , यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुंगा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको छ। , सो सडक निर्माण सुरू भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ। , सो सडकको लम्बाई ९२ कि...
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा सोमबार रातिदेखि लकडाउन हुने भएको छ।, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज राति १० देखि आउँदो सोमबार बिहानसम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। , मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन घोषणा गरेका हुन्।, सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने र ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।, आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , मोरङ कानेपोखरी गाउँपालिका-७ का ३३ वर्षीय चुडामणि बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।, यती एयरको विमानमार्फत् काठमाडौंबाट मोरङ जान ...