content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ ... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण थालिएको छ।, सोमबार साढे आठ करोड लिटर थप भएको हो। यसअघि चैत १७ गतेबाट साढे आठ करोड लिटर खानेपानी वितरण गरिएको हो।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौंका सात वटै ट्यांकीबाट पानी वितरण सुरू भएको हो।, सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्... |
सेतोपाटी संवाददाता कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकी एक महिलाको विराटनगरका अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको छ। , उदयपुरको गाईघाट निवासी ३५ वर्षीया जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो। , उनलाई उपचारका लागि राति विराटनगर ल्याइएको थियो। विराटनगरको अस्पताल चोकमा रहेको गोल्डेन अस्पताल पुर्याइएक... |
सेतोपाटी संवाददाता शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेका सात जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एसएलसीको प्रमाणपत्र किर्ते गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो।, सिआइबीले सोमबार पत्रकार सम्मलेन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।, प्रहरीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भए... |
सेतोपाटी संवाददाता कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।, श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।, श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणका कारण सोमबार दाङमा कार्यरत एक स्टाफ नर्सको मृत्यु भएको छ। , राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ की उनले करिब साढे दुई महिना पहिले मात्रै छोर... |
सेतोपाटी संवाददाता महान्यायाधीवक्ता कार्यालयले चेक बाउन्स भएर अदालत पुगेका विभिन्न मुद्दाहरूमा मिलापत्र गर्न सकिने निर्णय गरेको छ।, व्यक्तिगत वा संस्थागत नै रूपमा भएका कारोबारमा चेकमार्फत् गर्ने चलन हुन्छ। चेक साट्न जाँदा बैंकमै पैसा रहेनछ भने त्यसलाई चेक बाउन्स भनिन्छ।, चेक बाउन्स भएको उजुरी गर्न सकिन्छ। यस्तोमा चेक ... |
सेतोपाटी संवाददाता विदेशबाट नेपाल आउनेहरूले १० दिन होम-क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ। , सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका हुन्।, त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल ... |
सेतोपाटी सत्य निरूपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ। , आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवम् अन्तर्क्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले २०५२ फागुन १ गतेदेखि २०६३ मंसिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए।, आयोगमा आफूहरूले जिम्मेवारी पाएसँ... |
सेतोपाटी सरकारले मङ्गलबारदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदै छ।, गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। , उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप ल... |
खिलानाथ ढकाल महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे।, उनले यो कन्सल्टेन्सी सन् २००६ देखि चलाइरहेका छन्। , पुतलीसडक बस्ने उनी आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने गर्थे। कहिलेकाहीँ नेपाल मेडिकल काउन्सिलका फारम भरिदिने गरे... |
सेतोपाटी संवाददाता दाङको घोराहीमा एक लाख ८० हजार नगदसहित पाँच जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ बालमन्दिर टोलका ४३ वर्षीय झुपल केसी, सोही ठाउँका २७ वर्षीय खगेन्द्र सापकोटा, वडा नं. १४ का ४३ वर्षीय बालाराम खड्का, सोही ठाउँका २४ बर्षीय मरिजमान खड्का र ३५ वर्षीय चन्द्र बुढा रहेका ... |
एजेन्सी भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।, उनलाई सोमबार संक्रमण पुष्टि भएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको इन्डिया टुडेले जनाएको छ।, आइतबार मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना भाइरसको बढ्दो संक्... |
सेतोपाटी संवाददाता बञ्चरो देखाएर बालाजुमा एक व्यक्तिलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा नाम्जुङ्ग-३ घर भई हाल काठमाडौं-१६ बस्ने १८ वर्षीय सुमन परियार,, ओखलढुंगा पतलेछेर्मादिङ गाउँपालिका-६ घर भएका १८ वर्षीय को छिरिङ मोक्तान र, मकवानपुर पालुङ- ८ घर भएका २१ वर्षीय सुरज ... |
युनिक श्रेष्ठ काठमाडौंमा देवरले भाउजूको हत्या गरेका छन्।, यो घटना शनिबार बेलुकी सात बजेतिरको हो।, काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ।, बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक ... |
एजेन्सी ९९ वर्षको उमेरमा गत साता निधन भएका बेलायती महारानीका श्रीमान् राजकुमार फिलिपको शनिबार अन्तिम संस्कार गरिएको छ। , कोरोनाभाइरसको महामारी चलिरहेकाले उनको अन्तिम संस्कार एकदमै थोरै मानिसलाई मात्र सहभागी गराइएको थियो। सेन्ट जर्ज च्यापलमा भएको राजकुमार फिलिपको अन्तिम संस्कार बेलायती राजपरिवारका सदस्यको यसअघि हुने अन... |
एजेन्सी भारतमा कोरोनाभाइरसको दैनिक संक्रमण साढे २ लाख माथि पुगेको छ। शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो। , शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ। शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेट... |
रासस बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ।, नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए।, उनकाअनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ व... |
सेतोपाटी संवाददाता झापामा गएराति एउटा फार्ममा आगलागी हुँदा ४० वटा बोयर जातको बाख्रा जलेर मरेका छन्।, आइतबार राति साढे १२ बजे सल्किएको आगोले बुद्धशान्ति गाउँपालिका- ४ देवीबस्तीका ज्योति विमलीको बाख्रा फार्मका सबै बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्मम... |
भगवती पाण्डे रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको जग्गा ‘कब्जा गरी’ बसेकाहरूलाई प्रहरीले हटाएको छ।, शनिबार साँझ सयौंको संख्यामा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर बसेकालाई आइतबार बिहानै प्रहरीले लखेटेको हो। , बुटवलको नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगरलगायतका स्थानबाट गएका पाँच सयभन्दा बढी व्यक्तिहरुल... |
रासस चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक का... |
रासस सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्।, उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले ब... |
सेतोपाटी संवाददाता पोखरा भरी आइतबार बिहानैदेखि विद्युत अवरुद्ध भएको छ। विद्युत प्राधिकरण पोखरा शाखाका अनुसार पोखरा ग्रिड सबस्टेसन मर्मत गर्न विद्युत सेवा अवरुद्ध भएको हो। , मर्मतका लागि बिहान ६ बजेदेखि कास्की जिल्लाभर वितरण गरिएको लाइन काटिएको प्राधिकरण पोखरा प्रमुख माधव पौडेलले जानकारी दिए।, मर्मत सकिए दिउँसो १ बजेद... |
रासस दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ।, पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए।, उनकाअनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ।, जनरल वार्डमा रहेका २... |
युवराज श्रेष्ठ कास्कीको माछापुच्छ्रे-२ चिप्लेटीका लोकबहादुर गुरुङ शनिबार दिउँसो जकेट लगाउन घरतिर गए। दिउँसो ३ बजेपछि परेको पानीले जाडो बढाएको थियो। गुरुङ घरको पिँढीमा के पुगका थिए, उनलाई हावाले हुत्याइदियो। घरभित्र जान सक्ने अवस्था नै रहेन। पिँढी नजिकैबाट उनले देखे: घरभित्र पानीको ताल परेको थियो, छाना त ह्वाङ्गै।, लोक... |
सेतोपाटी संवाददाता शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ। गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो।, एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढल... |
सेतोपाटी संवाददाता पोखराभरि आइतबार बिहानैदेखि विद्युत अवरूद्ध भएको छ। विद्युत प्राधिकरण पोखरा शाखाका अनुसार पोखरा ग्रिड सबस्टेसन मर्मत गर्न विद्युत सेवा अवरूद्ध भएको हो।, मर्मतका लागि बिहान ६ बजेदेखि कास्की जिल्लाभर वितरण गरिएको लाइन काटिएको प्राधिकरण पोखरा प्रमुख माधव पौडेलले जानकारी दिए। मर्मत सकिए दिउँसो १ बजेदेखि... |
सेतोपाटी संवाददाता वसन्तपुर डबली र भोटाहिटीबाट प्रहरीले दुई जनालाई उद्धार गरेको छ।, सडकमै बसोबास रहेका उनीहरूको अवस्था चिन्ताजनक पाइएपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको हो।, उनीहरूको लडेर शरीरमा चोटपटक लागेको पाइएपछि प्रहरीले सडकबाट उठाएर वीर अस्पताल पुर्याएको हो।, आइतबार बिहान भोटाहिटी र वसन्तपुरबाट मध्यान्ह ... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशभरि सार्वजनिक विदा दिएको छ।, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जानकारी दिएको हो।, चैते दशैंका दिन संघीय सरकारले भने वि... |
सेतोपाटी संवाददाता नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । , प्रथ... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना सङ्क... |
सेतोपाटी संवाददाता दैलेखमा बस पल्टिँदा ११ जना घाइते भएका छन्। दैलेख-काठमाडौं चल्ने ना ७ खा ६९६३ नम्बरको रात्री बस दैलेखको गुराँस गाउँपालिका-४ गाईबान्ना भन्ने ठाउँ नजिकै पल्टिएको हो।, बसमा सवार २९ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक अनुप श्रेष्ठले जानकारी दिए।, उनका अनु... |
रासस पोर्टबल डकुमेन्ट फर्म्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ।, सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ।, एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रूपमा परिच... |
रासस राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन... |
सेतोपाटी संवाददाता जागिरका लागि कोही मानिस कति वर्ष कुर्न सक्छ? सरकारी जागिर खाने धुनमा केहीले वर्षौंसम्म मेहनत गर्छन्, कोही एक-दुई वर्षपछि बीचमै छोडेर अर्कैतिर लाग्छन्।, नेपाल खानेपानी संस्थानमा जागिर खान खोज्नेहरूले भने १२ वर्षसम्म कुर्नु परेको छ।, आइतबार खानेपानी संस्थानले कार्यालय सहयोगीमा उत्तीर्ण भएका ५६ जनालाई ... |
एजेन्सी अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् । , स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइ भतिज मारिएको जानकारी दिए ।, नान्गरहर प्रहरीका प... |
सेतोपाटी संवाददाता मकवानपुर गढीमा सम्पदाप्रेमीहरूले सांकेतिक विरोध गरेका छन्। गढीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मध्यनजर गर्दै संरक्षण र संवर्धनका लागि ध्यानाकर्षण गराउन आइतबार उनीहरूले विरोध कार्यक्रम गरेका हुन्।, विश्व सम्पदा दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरूले 'सम्पदा हुनु भनेकै सम्पन्न हुनु हाे', 'सम्प... |
नारायण खड्का सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।, सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको ह... |
सेतोपाटी संवाददाता सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य ४२ जना घाइते भएका छन्।, प्रहरीका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो... |
एजेन्सी भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएक... |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरनजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिपर आपसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्।, सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे१ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ बजे रोहिणी खोलानजिक ठोक्किँदा चार पुरुषसहित एक म... |
डा. रिता हमाल सिंह बाल बच्चाको हेरचाह जहिले पनि गर्नुपर्छ। बालबच्चा मात्रै होइन वृद्धवृद्धा र ठूलाको पनि हेरचाह गर्नुपर्छ।, बालबालिकाहरू अनविज्ञ हुने भएकाले उनीहरूको अभिभावकले ख्याल गर्नुपर्छ।, यस्तो बेलामा दुरी कायम गर्ने, मास्क लगाउने, हाच्छ्यूँ गर्दा टाढा बस्ने कुरा साना बच्चालाई थाहा हुँदैन। त्यसैले उनीहरुको अलिक ... |
भगवती पाण्डे तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने संगठीत गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।, तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठीत गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ मनहरपुर बस्द... |
सेतोपाटी संवाददाता शनिबार देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ। स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको उनको भनाइ छ ।, जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावा... |
सेतोपाटी संवाददाता धनगढीकाे सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएको छ।, कञ्चनपुरकाे बेदकाेट नगरपालिका –१० का ८८ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।, उनी शुक्रबार अस्पतालमा भर्ना भएदेखि भेन्टिलेटरमा उपचारत थिए। ए... |
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।, कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने नगरपालिकाले निर... |
सेतोपाटी संवाददाता दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो।, त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शनिबार बिहान १:२७ बजे बजे मृत्यु भएको बा... |
नारायण खड्का बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।, इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेका अनुसार दुर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ वर्षीया महिलाको शनिबार बिहान सनाखत भएको हो।, उनी सिराहा जिल्लाको सुखीपुर गाउँपाल... |
सेतोपाटी संवाददाता चट्याङ लागेर कुखुरा फार्ममा आगलागी हुँदा सर्लाहीमा १२ सय चल्ला जलेर नष्ट भएका छन्।, शुक्रबार राति ८ बजे ईश्वरपुर नगरपालिका-७ पोखरी टोलको फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ।, उदय राय यादव र राजेश पटेलले सञ्चालन गरेको कुखुरा फार्मा आगो लागेको हो। चट्याङले बिजुली सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता... |
सबिना श्रेष्ठ अशान्त भएकाहरूलाई कलाले सहज वातावरण बनाइदिन्छ। जो सहजतामा बाँचिरहेका छन्, उनीहरूलाई सोच्ने बनाइदिन्छ।, कलाकार रवीन्द्र श्रेष्ठ त्यस्ता कलाकार हुन् जो असहज समयमा सहज वातावरण खोज्न कलालाई माध्यम बनाउँछन्। त्यो माध्यममा कहिले चित्र बन्छन्, कहिले 'इन्स्टलेसन' त कहिले 'कन्सेप्चुअल आर्ट', आफ्नो मनभित्रको उकुसम... |
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन्।, सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको मास्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी ह... |
सेतोपाटी भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।, पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन भएको ठाउँमा पानीका ट्यांकर भासिएका छन्।, कमजोर बनावटका कारण लोड धान्न नसकेर ललितपुर सातदोबाटोभित्र दुई वटा ट्यांकर भासिएका हुन्।, युनाइटेड बोर्डिङनजिकै शनिबार दिउँसो एउटा ट्यांकर भासियो। त्यसलाई उद्धार गर्ने भनी गएको अर्को ट्यांकर पनि भासिएको बताइएको छ।, सुरूमा वाट... |
भगवती पाण्डे कात्तिकदेखि - माघसम्म रूपन्देहीका टंकबहादुर खत्री जता जता तोरी फुलेको छ उतै उतै आफ्ना मौरी लिएर पुगे।, वर्षयाम नजिक आउन लागेपछि उनको मन तिनै मौरीको चिन्ताले वर्खाको बादलझैं भारी हुँदै जान्छ।, ‘सिजनमा त आम्दानी दिएर मौरीले हामीलाई हेर्छन्, हप्ता दश दिनमा गएर घार हेरेपुग्छ,' उनले भने, 'वर्षा र सुख्खा याममा ... |
सेतोपाटी संवाददाता बैतडीमा हथौडाले प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, दोगडाकेदार गाउँपालिका-३ सिलेगाडा बस्ने २२ वर्षीय नारायाण भुलले कलौन बस्ने १५ वर्षीय महेश भुलको टाउकोमा हथौडा प्रहार गरेको आरोप लागेको छ।, घटना शनिबार मध्यान्ह १२ बजेतिरको हो। मृतकको टाउकोमा चोट छ।, घटनाबारे टेलिफो... |
सेतोपाटी संवाददाता बारामा तीन जना फरार अभियुक्त पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना र ठगी मुद्दाका एक जना गरी तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का धुमन साह सोनार र वडा नम्बर ९ बस्ने... |
सेतोपाटी संवाददाता नेपालमा थप आठ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३३३ जनामा पिसिआर गर्दा ७६८ र ६७१ मा एन्टिजेन परीक्षण गर्दा ७५ लाई कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको छ।, पछिल्... |
सविता बुढा ३० वर्ष भारतमा कमाएको पैसाले बनाएको नरसिंह दमाइको घर जलेर खरानी भयो।, डोटीको जोरायल गाउँपालिका-२ भट्टीखोलाका दमाइका आँखै अगाडि वनमा लागेको आगो आएर घर जलेको थियो।, चैतको अन्तिम दिन नयाँ वर्ष मनाउने तयारीमा थियो सिंगो गाउँ।, ‘हामी घरमै थियौं। वनदेखि लागेको हावाले आगो नजिकै आयो,’ उनले भने, ‘हामी निभाउन गएका थि... |
गोपालप्रसाद बराल जयनगर-बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ।, जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ। , पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधा... |
सेतोपाटी संवाददाता भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने भएको छ।, त्यहाँ हुने पञ्चायत चुनावको लागि आइतबार बेलुका ४ बजेदेखि सोमबार राति १२ बजेसम्म नाका सिल हुने प्रशासनले जनाएको छ। , कैलाली र कञ्चनपुर दुवै जिल्लाका प्रशासन कार्यालयले यसबीच गौरीफन्टा नाका पूर्णरूपले बन्द रहने जनाएक... |
सेतोपाटी संवाददाता कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)निर्देशक समितिको बैठकले कोभिड-१९ को दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएको छ।, पहिलेको भन्दा अहिलेको कोरोना भाइरस छिटै फैलिन सक्ने भएकाले सोहीअनुसार प्रतिकार्यमा जुट्न निर्देशन दिइएको निर्देश... |
सेतोपाटी संवाददाता धनुषामा बस र टिपर आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।, जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ लालगढको नजिक शनिबार दिउँसो बस र टिपर आपसमा ठक्कर खाँदा त्यसमा सवार १७ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। , पूर्व पश्चिम लोकमार्गमा वीरगञ्जदेखि वि... |
नारायण खड्का चैत २५ मा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न देशैभर निर्वाचन भयो। दाङ शाखामा २६ गते मतगणना हुँदैथियो।, निर्वाचनको ताजा परिणाम सुन्न अन्य पेशाकर्मी र संघ-संगठनका मानिसहरू पनि महासंघको घोराहीस्थित कार्यालय पुगेका थिए।, भिडभाड थियो। जहाँ भिड, त्यहाँ फोहोर। महासंघ परिसरमा फोहोर बढ्यो। पानीका बोत्तल, का... |
रासस बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले बुधबार वेवारिसे एक पुरुषको शव फेला पार्यो।, घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई अगाडि बढायो।, शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न था... |
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।, ११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि स... |
सेतोपाटी संवाददाता भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका-६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका-८ निगुरेकी ६० वर्षीया मनमाया राई रहेका छन्।, बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर टाउकोको बायाँ भा... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण भएका सुर्खेतका ३१ वर्षीय एक युवकको शुक्रबार बिहान बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।, गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ती युवक एक साताअघि भारतबाट घर फर्किएका थिए।, श्वासप्रश्वासमा समस्या देखिएपछि उनी नेपालगञ्ज मेडिकल कलेजमा पुगेका थिए। पिसिआर परीक्षणका क्रममा चैत ३१ गते उनल... |
राजेश घिमिरे मकवानपुरबाट बहेर आउने राप्ती नदीको चितवनमा निश्चित धार थिएन।, लोथरबाट तत्कालीन कुमरोज गाविस हुँदै बछौलीको सौराहासम्म समथर भूभागमा यसको फैलावट बढ्दो क्रममा थियो।, नदी जथाभावी बहँदा जमिन बगर बनेका थिए। आसपासका बासिन्दालाई नदीले धुरूक्कै रूवाएको थियो।, यसैबीच उनीहरूले वृक्षारोपण अभियान चलाए।, २०४१ सालमा वृक्... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ भइरहेको छ।, प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरूलाई सिफारिस गरेको थियो।, संसदीय सुनुवाइ समितिमा उनीविरूद्ध सात वटा उजुरी परेका छन्।, समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।, सुवेदी... |
सेतोपाटी संवाददाता सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ।, शुक्रबार बिहान साढे ३ बजे शम्भुनाथ नगरपालिका-३ स्थित पूर्वपश्चिम लोकमार्गमा बसले एम्बुलेन्सलाई ठक्कर दिएको हो।, पूर्व जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको हो।, ठक्करबाट सिर... |
विवेक राई नेपालगञ्जस्थित भेरी अस्पताल एक हप्तामै कोरोना संक्रमितले भरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले संक्रमितका लागि छुट्याइएका सबै बेड भरिएको जानकारी दिए। , 'कोभिडको लागि भनेर ७२ वटा बेड छुट्याइएकोमा भरिसक्यो। थप १० वटा बेड राखेका थियौं तर त्यो पनि भरिने क्रममा छ। अब थप संक्रमितलाई राख्नसक्न... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ।, शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।, विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ।,... |
खिलानाथ ढकाल भक्तपुरको एक गाई फार्ममा बिहीबार एक जना युवकको हत्या भयो। हत्या भएका युवक ओखलढुंगाका ईश्वर राई हुन्। , उनको हत्या अभियोगमा प्रहरीले उनका साथी आशिष खुलाललाई पक्राउ गरेको छ। , भक्तपुर सूर्यविनायक-८ सिपाडोलका २० वर्षीय आशिष र मनोहरास्थित सुकुम्बासी बस्तीका ईश्वरबीच गएको चैत १५ गते मात्रै चिनजान भएको थियो।, त... |
निशा भण्डारी नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति पाटन म्युजियममा ल्याइएको छ। , नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा बिहीबार ल्याइएको मूर्ति आज म्युजियममा राखिएको हो। , अब साइत हेरेर उक्त मूर्ति ... |
सेतोपाटी महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मटिहानी-७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यल... |
एजेन्सी अमेरिकाको इन्डियानापोलिसमा बिहीबार राति गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ।, न्युयोर्क टाइम्सका अनुसार इन्डियाना राज्यको इन्डियानापोलिसस्थित फेडएक्स वेयरहाउसमा गोली चल्दा आठ जनाको मृत्यु भएको हो। गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ।, इन्डियानापोलिस महानगर प्रहरी विभागकी अधिकारी ज... |
सेतोपाटी संवाददाता फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठसहित चार जना महिलाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।, श्रेष्ठ गोरखा आरूघाटकी हुन्। उनले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन्।, श्रेष्ठसहित चार जना महिला आरोहीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण शुक्रबार गरेका हुन्।, उनीहरू सेभेन... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाभाइरस महामारी बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ।, शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति निकालेर कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका व... |
सेतोपाटी संवाददाता भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान पौने ११ बजे भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको प्र-३-०२-००१ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।, दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते ... |
सेतोपाटी संवाददाता बाँकेमा १८३ जनाको पिसिआर परीक्षण गर्दा १२७ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, पछिल्लो २४ घन्टामा १२७ जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ।, जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार परीक्षण भएकामध्ये झन्डै ७० प्रतिशतलाई कोरोना देखिएको हो।, बाँकेका प्रमुख जि... |
सेतोपाटी संवाददाता जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससहित पाँच जनाविरूद्ध मुद्दा दर्ता भएको छ। , राजश्व अनुसन्धान विभागले बिहीबार उनीहरूविरूद्ध १ करोड १३ लाख पाँच हजार बिगो माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। , उनीहरूलाई बिगो जफत, जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ। , दास तथा भन्सा प्... |
सेतोपाटी संवाददाता प्रहरीले बालिका तथा महिलालाई अनैतिक क्रियाकलापमा लगाएको आरोपमा ७२ वर्षीय होटल सञ्चालकलाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले गोदावरी नगरपालिका-११ का ७२ वर्षीय दिप भन्ने देवबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।, उनी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित दिपलक्ष्मी गेष्ट हाउसका सञ्चालक हुन्... |
विवेक राई कोरोनाको नयाँ प्रकार (भेरियन्ट) फैलिरहँदा देशभरका अस्पतालमा आइसियूमा भर्ना हुने संक्रमितहरू दिनदिनै बढिरहेका छन्।, संक्रमण दर यसरी नै बढ्ने हो भने धेरै जटिल अवस्थाका संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। , तीमध्ये पनि धेरैलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ। त्यसो हुँदा हामीलाई धेरै आइसियू बेड ... |
जुना श्रेष्ठ यतिबेला सामाजिक सञ्जालमा 'डोको बजार' भाइरल छ। काठमाडौं न्यूरोड, चितवनलगायत विभिन्न ठाउँका 'अम्ब्रेला स्ट्रिट' पछि अब भाइरल हुने पालो डोको बजारको देखिन्छ। , गोकर्णेश्वर वार्ड नं-६ स्थित बौद्ध पिपलबोट बजारलाई टिकटक जस्ता सामाजिक सञ्जालमा डोको बजार भनेर चिनिन थालिएको हो। झन्डै एक हप्ताअघि मात्रै बजार संस्थाप... |
सेतोपाटी संवाददाता महोत्तरीको रातु खोलामा भइरहेको उत्खनन् रोक्न पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र ठेकेदार पक्षबीच झडप हुँदा कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। , घाइते हुनेमा बर्दिबास-९ पशुपतिनगरका विपिन कुमार महतो र लभ कुमार सिंह छन्।, रातु खोलाले कटान गरेको निजी जग्गा नजिकैबाट नदीजन्य पदार्थ उत्खनन् गर... |
सेतोपाटी संवाददाता संसदीय समितिले बालबालिकाहरू कोभिड-१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। , राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि... |
सेतोपाटी संवाददाता स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना-पानी परेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा गड्याङगुडुङसहित असिना-पानी परेको हो।, 'अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। , ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै एन्टीजेन टेष्टबाट ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।, योसँगै नेपालमा कूल संक्रमित... |
विजय रावत कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ। , मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो। अहिले तीन तला बन्दा मन्दिर पूर्ण रुपमा छेकिएको छ। पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अ... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-२ गुप्तीपुरमा रहेका माटाका ढिस्का गत वर्षको जाडो सिजनमा एकाएक चर्चामा आए।, टिकटक र फेसबुकमा भिडिओ र फोटो आउन थालेपछि वरिपरि गाउँकामात्र होइन टाढा-टाढाबाट यो ठाउँ घुम्न आउने मानिसको संख्या ह्वात्तै बढ्यो।, जंगलको बीचमा रहेको सुनसान ठाउँका ती माटाका ढिस्काले पर्यटकको आँखा त्यसै तानेक... |
विवेक राई गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एक हजार १५८ आइसियू बेड रहेको तथ्यांक प्रस्तुत गर्यो। जसमा प्रदेश १ मा ११०, प्रदेश २ मा ४८, बागमतीमा ५५६, गण्डकीमा २३६, लुम्बिनीमा ११७, कर्णालीमा ६२ र सुदूरपश्चिममा २९ बेड रहेको उल्लेख थियो। , मंगलबार प्रस्तुत गरिएको तथ्यांकमा आइसियू बेड थपिएर एक हजार १६२ पु... |
सेतोपाटी संवाददाता काठमाडौंमा १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो। , महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ... |
एजेन्सी अमेरिकाको लुजियानाकी ३३ वर्षीया केलिन स्पाडोनी न्यू ओर्ल्यान्डको आपतकालिन सेवामा फोन डिस्प्याचरको काम गर्थिन्।, गत फेब्रुअरीमा एक दिन उनको खातामा १२ लाख ५ हजार ६ सय १९ अमेरिकी डलर जम्मा भयो। यो उनको पैसा थिएन, वित्तिय सेवा कम्पनी चार्ल्स श्वाब कोर्पोरेशनले उनको खातामा ८२ डलर जम्मा गर्न खोजेको थियो। झुक्किएर ७ ... |
सेतोपाटी संवाददाता धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन्।, पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जनामात्रै पोषणगृहको शय्यामा बस्छन्।, बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन्।, उनलाई पोषण पुनःस्थापनाका ला... |
सेतोपाटी संवाददाता नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ। , यसलाई विभागले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ भनेको छ।, बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुरमा लागू भएको छ। , यो प्रणाली राजधानीमा यसै आर्थिक वर्षभित्र र ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताएका छन्। उनले अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको बताए।, ‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु कि यो असाधारण उपलब्धि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन, हरेक ठाउँमा बनाउँदै लैजान्छौं... |
सेतोपाटी संवाददाता भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ।, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार साप्ताहिक विदाका दिन कर्फ्यू लगाउने घोषणा गरेको छन्। , पत्रकारहरूसँग कुराकानी गर्दै दिल्लीमा जारी कोरोनाभाइरस संक्रमणको चौथो लहर धेरै नै गम्भीर भइरहेको बताए। कोरोनाभाइरसको संक्रमण दिनप्रत... |
सेतोपाटी संवाददाता मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा रामेछापमा एक युवती पक्राउ परेकी छिन्।, मन्थली नगरपालिका ६ की २१ वर्षीया लक्ष्मी भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए।, उनले एक जना ब्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले... |
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ४९ वर्षीय उपचाररत् कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, भक्तपुर बस्दै आएका ती पुरूषको गएराति १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए। , उनले मृतक पुरूष १५ दिनअघि अस्पतालमा भर्ना भएको र भन्टिलेटरमा राखेर उपचार गरिएको... |
नारायण महर्जन बुद्धकृष्णवाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ का क्रममा उनले यो वर्ष पनि जिब्रो छेडेका हुन्।, गत वर्ष विश्व कोभिड–१९ का कारण जात्रा हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन ४८ वर्षे वुद्ध... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.