content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सांसद झपट रावल बस्ने गरेको शान्तिनगरस्थित घरमा ढुंगा प्रहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।, रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, बुधबार राति पौने १२ बजे रावल बस्ने गरेको घरमा उनले ढुंगा प्रहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।, ढुंगा हान्ने व्यक्त...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ। , पछिल्लो समय संक्रमण दर बढेका कारण मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रले बसेको बैठकले सो निर्णय गरेको हो।, यसअघि संक्रमण दर घटेको भन्दै सबै सरकारी अस्पतालहरू...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले बढी भिडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।, बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो।, मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ।, मन्त्रालयले काठमाडौं, ललितपु...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होटलमा बस्ने विदेशी नागरिकले अनिवार्य पिसिआर रिपोर्ट देखाउनुपर्ने जनाएको छ।, अब विभिन्न देशबाट आई नेपालका होटलमा बस्न चाहने विदेशीले आफूमा कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट देखाउनुपर्ने छ। , मन्त्रालयले सबै होटललाई अनिवार्य 'गेष्ट रजिष्ट्रेसन सिस्टम' चुस्त बनाई पि...
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५८८ जनामा पिसिआर गर्दा ४९० र ५६४ मा एन्टिजेन परीक्षण गर्दा ४४ लाई कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ।, पछि...
सेतोपाटी संवाददाता नेपाल किड्नी समाजले वीर अस्पताल र टिचिङ अस्पताललाई पनि मरणोप्रान्त मिर्गौला प्रत्यारोण गर्ने अनुमति दिन माग गरेको छ।  , अहिले मरणोप्रान्त मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै भइरहेको छ। नेपालको जेठो अस्पताल वीर र टिचिङमा पनि प्रत्यारोपण गर्न पाए मिर्गौला प...
राजेश घिमिरे भगवान् रामको जन्म भारतमा नभई नेपालकै अयोध्यापुरीमा भएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भानु जयन्तीमा गरेका थिए। उनी दाबीमा मात्रै रोकिएनन्, करिब ९ महिनाको अवधिमा उनले मन्दिरका लागि आवश्यक जग्गाको बन्दोबस्त गर्न र राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति नै तयार पार्न लगाए। प्रधानमन्त्रीकै अग्रस...
नारायण खड्का कोरोना संक्रमित बढ्न थालेपछि बाँकेमा फेरि मानिसहरूको जमघट र भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइएको छ। , बिहीबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले मानिसहरूको बढी भिडभाड हुने सिनेमा हल, जिम क्लब, स्वीमिङ पुललगायतका स्थान बन्द गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेला...
सेतोपाटी संवाददाता लामो समयदेखि बिनासम्झौता सञ्चालन भैरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले आज सिलबन्दी गरेको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि बिनासम्झौता सञ्चालन गरिरहेको र पटक/पटक ताकेता गर्दा...
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौँ–तराई– मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनासम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ।,  फास्ट ट्रयाक आयोजनाको अहिलेसम्म भएको प्रगति र यसका चुनौति लगायतका विषय उल्लेख गरिएको  उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरे।, जर्नलमा सैनिक तथा गै...
सेतोपाटी संवाददाता त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रा.लि.का सञ्चालक र भन्सार प्रतिनिधिसहित चार जनाविरूद्ध एक करोड बिगो माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। , राजश्व अनुसन्धान विभागले बिहीबार उनीहरूलाई एक करोड ६ लाख ७२ हजार ९ रुपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको हो। , न्यूनतम् मूल्यको गलत कागजात...
सेतोपाटी संवाददाता नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गराएको छ। , बिहीबार ट्रष्टले प्लाजामा रहेका सबै व्यापारिक पसल तथा कार्यालयहरू खाली गराएको हो। बल प्रयोग नगरीकन प्लाजा खाली गर्न सकिएको ट्रष्टले जनाएको छ। , यससँगै प्लाजाको २७ वर्षको लिज ठेक्का लिइरहेको कन्सेप्ट डेभलपर्स प्रालिसँगको सम्झौता ...
सेतोपाटी संवाददाता दोलखाको एउटै परिवारका तीन दिदीबहिनीले सगरमाथाको आरोहण गर्ने भएका छन्।, दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एकै परिवारका  तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष)ले शुक्रबारदेखि सबै महादेशका अग्ला शिखर आरोहण थाल्ने भएका हुन्। , शुक्रबा...
सेतोपाटी संवाददाता तत्कालीन जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व-महानिर्देशक (डिजी) पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले सानेपा बस्ने ६७ वर्षीय कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको हो।, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार पूर्वडिजी समेत रहेका उनलाई बल्खुबाट पक्राउ गरेको हो।,...
भगवती पाण्डे छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण बढिरहे पनि नेपाल-भारतका सिमानाका व्यवस्थित हुन सकेका छैनन्। स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ठूलो नाका रुपन्देहीको बेलहिया नाकामा नाममात्रैको हेल्थडेस्क राखेर तापक्रम नापेर नेपाल प्रवेश गराउने गरिएको छ।, जिल्ला प्रशासन कार्य...
सविता बुढा कैलालीकी ३५ वर्षीया जयश्रीदेवी चौधरी टोल चलाउने भएकी छन्। उनी आफ्नो टोलका १७ घरकी 'भलमन्सा' हुन्। कैलारी गाउँपालिका–४ 'के' गाउँमा १९ जना भलमन्सा छन् जसमा ४ जना महिला छन्। तीमध्ये अमरटोलकी भलमन्सा जयश्री हुन्।, जयश्रीका अनुसार भलमन्सा भनेको थारू टोलमा चुनिएको मान्छे हो। भलमन्साले टोलबासीका सुख-दुःख, सभा-भेला...
सेतोपाटी संवाददाता प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परेको छ। गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार उक्त गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, नयाँ वर्षको छुट्टी मनाउन कर्मचारी लिएर गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको उक्त गाडी प्युठानको रुमाले भन्न स्थानमा द...
सेतोपाटी संवाददाता नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन्। मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन्।, जिल्ला...
सेतोपाटी विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ।, विश्वमा १०० भन्दा बढी देशमा संयन्त्र विस्तार भ...
सेतोपाटी संवाददाता सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ।, सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।, मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, मन्त्रिपरिषद्को निर्णयानुसार...
सेतोपाटी संवाददाता प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।, जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार...
राजेश घिमिरे ओखलढुंगा घर भएका तेजबहादुर कार्कीको दुइटै खुट्टा छैनन्। २०५७ माघ २३ गते पृथ्वी राजमार्गमा भएको दुर्घटनामा उनले आफ्ना खुट्टा गुमाए। दुर्घटनापछि अस्पतालको शैयामा पुगेका उनलाई ह्वील चियरसम्मको यात्रा तय गर्न पनि तीन वर्ष कुर्नुपर्‍यो।, त्यसपछिका दिनमा भने उनी कहिल्यै रोकिएनन्। बितेका १६ वर्षमा उनले नेपालका ७...
सेतोपाटी संवाददाता काभ्रेको धुलिखेलमा बिजुलीको पोलमा बाँधेर 'खैरे' नामक कुकुरको हत्या गरिएको विरूद्धमा प्रदर्शन भएको छ।, माइतीघर मण्डलामा बुधबार दिउँसो पशु अधिकारकर्मी तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।, उनीहरूले आफूले पालेका कुकुरहरूलाई प्रदर्शनमा ल्याएका थिए। प्रदर्शनकारीहरूले खैरेको तस्वीर बोकेका थिए। नारा लेखि...
रमेश गिरी नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्व बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ।  परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो। भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौंको...
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाले चैत मसान्तसम्म कमलपोखरी बनाइसक्ने योजना बनाएको थियो। तर कहिले ठेकेदारले काम ढिलाइ गर्‍यो, त कहिले सम्पदा अभियन्ताको विरोधले योजनाअनुसार निर्माण हुन सकेन।, केही समयअघि सम्पदा अभियन्ताले पोखरीको ऐतिहासिकता र मौलिकता नबचाएको भन्दै महानगरको काममा विरोध गरेका थिए। उनीहरूले पोखरीबीच कंक...
नेहा झा भारत मुजफ्फपुरका सन्तोष सिंह राठौर मंगलबार जनकपुरधाम घुम्नकै लागि नेपाली धनुषाको सीमानाका जटहीमा प्रवेश गरे। , नेपाली सीमानाका जटही पुगेका भारतीय नागरिक राठौरलाई नेपाली सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले नाकामा पुग्ने बित्तिकै थर्मल-गनले शरीरको तापक्रम मापन गरे र त्यसपछि  प्रवेश पाए। , उनीजस्तै हरेक व्यक्तिला...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ।, ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।, गौतमका अनुसार पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ।, जसमध्य...
रासस वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन्।, बुधबार रसुवामा उनले भगवान शङ्कर गोसाइँ बाबा विराजमान रहेको पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि ...
रासस तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन्।, वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन्।, त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानका...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ।, बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारतभरि १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म संसारमा एकैदिन दुई लाखभ...
विनोद सापकोटा झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना भएको हो।, बिहीबार बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दूधेस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।, एम्बुलेन्स आफैँ अनियन्त्रित भई ...
रासस भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ।, बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो।, पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ।, उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गत...
रासस बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ।, बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।, खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयरा...
रासस लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ।, घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओम...
विवेक राई चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरूद्धको खोप निर्देशिका कुल्चिएर भारतीय व्यापारीलाई लगाइएको छ।, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकका अनुसार हुलका हुल भारतीयहरू आएर चीनबाट प्राप्त 'भेरोसेल' खोप लगाएका हुन्। चीनले आफ्नो देशमा आउने मानिसहरूलाई आफूले नै उत्पादन गरेको खोप अनिवार्य...
सेतोपाटी संवाददाता तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा अर्का एक घाइते छन्।, बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो।, प्रहरीका अनुसार दुर्घटना...
सेतोपाटी संवाददाता पाँचथरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ।, फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर बुधबार बेलुका मृत्यु भएको हो।, प्रहरीका अनुसार बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापु जाँदै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्याक्टरबाट लडेर उनी घाइते भएका थिए। , सह-चालक...
सेतोपाटी संवाददाता मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र विभिन्न माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।, बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शन गरेका नासुहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो।, ‘हामी शान्तिपू...
सेतोपाटी संवाददाता मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ। यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ। प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ। वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मा...
पूर्णप्रसाद मिश्र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण सुरू गरिएको छ। , वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। , जात्राका लागि का...
शुरबहादुर सिंह ‘हाम्रा कुरा न सरकार बुझ्छ न त सरकारका कुरा हामी बुझ्छौं, यद्यपि यसको समस्या भने हामी अपांगता भएका व्यक्तिले भोगिरहेका छौं’, सुस्तश्रवणयुक्त व्यक्ति नम्रता भारतीले दुखेसो पोखिन्। , भाषामा अस्पष्टता भएका कारण कर्णालीमा सरकारी तथा गैरसरकारी सेवा लिनबाट उनीहरू बञ्चित भएको उनले बताइन्।, भारती भेरी बहिरा सङ्...
सविता बुढा कोरोनाले काम गर्न नसक्ने अवस्था भएपछि धनगढी-७ का भोजबहादुर साउद भारतको करनाटकबाट मंगलबार बिहान ५ बजे गौरीफण्टा नाकामा पुगे।, नेपाल आइपुग्नुअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धरपकड गरे।, ‘सबै जनाले एकजुट भएर कुरा गरेपछि एसएसबीले हामीलाई खासै केही गर्न सकेन,’ उनले भने, नेपालपट्टी नाकामा फाट्टफुट्ट सुरक्षाक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।, कृष्णपुर नगरपालिका-९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन्। , अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो।, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर...
सेतोपाटी संवाददाता खोलामा पौडी खेल्ने क्रममा डुबेर गुल्मीमा दुई बालकको मृत्यु भएको छ। , गुल्मी जिल्लाको मदाने गाउँपालिका १ अग्लुङका ५ वर्षीय सुमन विक र प्युठानको गौमुखी गाउँपालिका वडा नं. ५ का ८ वर्षीय गोविन्द विक पौडी खेल्नेक्रममा खोलामा डुबेका हुन्।, मंगलबार बिहान मदाने गाउँपालिका ३ सिर्सेनीस्थित पनाहा खोलामा पौडी ख...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , टीकापुर नगरपालिका–४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएका प्रहरीले जनाएको छ। , माछा मार्ने क्रममा सोमबार राति चौधरीको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, माछा म...
प्रेम ढकाल छिमेकी भारत अहिले कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबारमात्रै त्यहाँ झन्डै १ लाख ७० हजार जनामा कोरोना संक्रमण पुष्टि भयो। भारतमा अहिले फैलिरहेको कोरोना लहरलाई धेरैले गत वर्षको पहिलो लहरभन्दा खतरनाक भनेका छन्।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोनाले गाँजेको ...
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३८६ जनामा पिसिआर गर्दा ४६० र ८१७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ।, पछ...
सेतोपाटी संवाददाता चितवनको भरतपुर महानगरपालिका-१८ का ५२ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ। , निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो।, कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ। , मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए। , ‘काठमाडौं उपत्यकासहि...
सेतोपाटी संवाददाता महोत्तरीमा नेपाली सेना सवार बलेरो जीप खोल्सामा खस्दा पाँच जना घाइते भएका छन्। तीमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। , मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको बा २ झ ४६३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्द...
सेतोपाटी संवाददाता सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो।, बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्...
सेतोपाटी संवाददाता काठमाडौं गोंगबुको एक टहरामा आगलागी भएको छ। आइतबार दिउँसो पौने चार बजेतिर आगलागी भएको हो।, आगलागी अहिले नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानकारी दिए।, 'गोंगबु क्षेत्रको एक टहरामा आगलागी भएको हो। अहिले नियन्त्रणमा आइसकेको छ,' उनले भने। ,...
नारायण खड्का २०५८ साल फागुन अन्तिमतिरको कुरा हो। उदपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरबस्तीका विज्ञान कोइराला १४ वर्षका थिए।, घरमा सरसल्लाह गरेर ‘भारत जान्छु’ भन्दै उनी हिँडेका थिए।, देशमा माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो।, विज्ञानले उतिबेलै नाडेपानी विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरिसकेका थिए। पढाइ राम्रै थि...
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट आठ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगन्ज-३ छप्कैयाका ४८ वर्षीय श्रीभगवानप्रसाद कलवारलाई मंगलबार अपराह्न पक्राउ गरेको हो।, हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका-६ स्थित बाबा होटलछेउबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्...
वर्षा राउत महिनावारीका कुरा, ,श्रृंखलाको यो अंकमा हामीले कलाकार वर्षा राउत,सँग, कु,राकानी गरेका छौं। महिनावारी हुँदा आफ्नो घर, समाज र कार्यक्षेत्रका अनुभवबारे ,सेतोपाटीका अनुषा अधिकारीले वर्षासँग गरेको कुराकानीको सम्पादित अंशः, मेरो पहिलो महिनावारी मेरा अरू साथीहरू भन्दा ढिलो भएको थियो। त्यतिबेला म कक्षा सातमा पढ्थेँ।...
विवेक राई मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्रकारहरूसँग कुरा गर्दै आगामी असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने बताए। दैनिक संक्रमण नै ११ हजार पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको उनले जानकारी गराए। , संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्ने सरकारले यसको रोकथाम र नियन्त्रणका लागि भने ...
सेतोपाटी संवाददाता कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको सडक दुर्घटनामा मंगलबार साँझ मृत्यु भएको छ।, कपिलवस्तुको वाणगङ्गा जितपुरमा रहेको बुद्धआवाज पत्रीकाको सम्पादन र सेटिङ गरी बुद्धभूमिस्थित घर जाँदै गरेका पौडेल दुर्घटनामा परेका हुन्।, लु५९प ६४४१ नम्बरको मोटरसाइकलबाट घर जाँदै गरेका उनलाई वाणगङ्गाकै चप्परगाउँस्थित पूर्व...
रासस आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।, आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।, सूर्यको गतिसँग चल्ने भएकाले विक...
सेतोपाटी संवाददाता गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित चण्डिका आधारभूत विद्यालयमा शिक्षक दरबन्दी कम भएपछि निजी स्रोतमा शिक्षक राख्न चन्दा सहयोग उठाउन सुरू गरिएको छ।, वडाध्यक्ष शरण श्रेष्ठका अनुसार अहिलेसम्म चार लाख ९४ हजार पाँच सय ४० रूपैयाँ सहयोग उठ्ने प्रतिवद्धता प्राप्त भइसकेको छ। वडा कार्यालयको समन्वयमा स...
रासस सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ।, यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ।, बिसु पर्व मनाउन विवाहिता छोरी/चेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ। यसैगरी नोकरीको सिलसिल...
सेतोपाटी संवाददाता वैशाख १ गते अर्थात् नेपालीहरुको नयाँ वर्ष। नेपालीहरू एकअर्कालाई शुभकामना आदान प्रदानमा व्यस्त छन्।, नयाँ वर्षलाई थप हर्षोउल्लास र स्वागतमा हारमको बोटमा फूल फूल्ने पनि गर्छ। यो यस्तो फूल हो जो वर्षको पहिलो दिन मात्रै फूल्छ।, सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेशको फूल...
सेतोपाटी संवाददाता सुनसरी इटहरी-१४ को नर्भासा नहरमा पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु भएको छ।, मृत्यु हुनेमा इटहरी-७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी छन्।, मंगलबार साँझ ६ बजे नहरमा पौडी खेल्ने क्रममा दुबै जना डुबेर बेपत्ता भएका थिए। उनीहरूलाई स्थानीय र प्रहरीले फेला पारेर उपचारका ल...
एजेन्सी भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।, पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।, कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भ...
राजु अधिकारी प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आजकाल प्रहरीले  २५ जनाभन्दा धेरै जम्मा नहुन भन्दै माइकिङ गरिरहेको देखिन्छ।, कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेपछि एक साताअघि महानगर र प्रशासनले चलिरहेको जुत्ता चप्पल मेलामा रोक लगाए।, विराटनगरमै  पाँच दिनयता फुटबलको यस्तो रौनक जारी छ, जहाँ दैनिक हजारौं दर्शक निर्धक्क...
सेतोपाटी संवाददाता मोरङमा टिपरको ठक्करले बुधबार बिहान एक महिलाको मृत्यु भएको छ।, मोरङ सुन्दरहरैंचा-७ की ६५ वर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान सवा ५ बजे सुन्दरहरैचा-७ स्थित राजमार्गमा प्रदेश १-०२-००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिएको थियो।, गम्भीर घाइते ...
सेतोपाटी संवाददाता शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञान माविमा पठनपाठन बन्द गरिएको छ। , गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि वैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा श...
एजेन्सी भारतको नियामक निकायले रूसमा बनेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिन स्पुतनिक-५लाई अनुमति दिन सिफारिस गरेको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार सब्जेक्ट एक्पर्ट कमिटीका विज्ञहरूले स्पुतनिक-५लाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो।, भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले उत्पाद...
विवेक राई पछिल्लो समय व्यापक फैलिरहेको कोरोनाको नयाँ अर्थात् 'यूके भेरियन्ट' बाट १८ वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको बताइएको छ।, उक्त भेरियन्ट नेपालमा पनि भित्रिएको भन्दै सरकारले विशेष सतर्कता अपनाउन भनेको छ। , जापानको ओसाका सिटी विश्वविद्यालय मेडिकल स्कुलबाट मेडिकल साइन्स (भाइरोलोजी)मा विद्यावारिधी गरेकी डा लुन...
सेतोपाटी संवाददाता ७० तोला सुन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले सेफसहित ७ लाख रुपैयाँ चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-२ घर भई काठमाडौंको बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुन छन्।, उनीमाथि गत फागुन १८ गते नवलपरासी गैंडाकोट नगरपालिका...
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।, सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उनकी आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्...
सेतोपाटी संवाददाता सिन्धुलीमा एक जना शिक्षक मृत फेला परेका छन्।, बेतनीको प्राथमिक विद्यालय ओख्रेनीमा स्थायी शिक्षक ४७ वर्षीय टंकनाथ पहाडी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजकुमार लामाका अनुसार आइतबार उनी फिक्कल गाउँपालिका-३ चनौटेमा कांग्रेसको पालिका स्तरीय अगु...
सेतोपाटी संवाददाता हत्या गरी फरार भएका व्यक्तिलाई १८ वर्षपछि प्रहरीले भारतबाट पक्राउ गरेको छ।, बर्दिया प्रहरीले हत्या गरी फरार रहेका भारतबाट कृपाराम खटिकलाई पक्राउ गरेको हो।, उनलाई सोमबार बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए।, उनले २०६...
रासस तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ।, डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो।, कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए। महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए।, डिभिजन वन कार्यालयबाट...
रासस राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्।, भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए।, भूकम्पले भत्किएका ९३ प्रतिश...
रासस सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ।, चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ।, काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छ...
एजेन्सी जापानले फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने बताएको छ।, फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले स्टेशनमा जम्मा भएको पानी छोड्न लागेको हो। जापानी अधिकारीहरूले मंगलबार उक्त योजनाबारे जानकारी दिएका छन्।, अबको दुई वर्षमा पानी छोड्ने क्रम सुरू हुने र सबै पानी समुद्रमा फ...
सेतोपाटी संवाददाता दोलखामा यात्रुबहाक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्।, प्रदेश ३-०१-०२३-च-७५८० नम्बरको जिप सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको विगु गाउँपालिकातर्फ जाँदै गर्दा सोमबार राति करिब ११ बजे सिँगटीमा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।, दुर्घटनामा परेका दुई ...
रासस वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ।, डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतना मार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेल...
रासस कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।, श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।, भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिप...
सेतोपाटी संवाददाता ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ।, गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो।, गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बर...
सेतोपाटी संवाददाता उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।, उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्।, उपचा...
तारानाथ शर्मा ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ। हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्’, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्छन्, ‘कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी...
दिपकजंग शाही सुर्खेत बराहताल गाउँपालिका-५ सुनद्वारी गाउँका घरबारीमा गत शुक्रबार नजिकैको स्कुलबाट विद्यार्थी आए।, किसानको घर-घरमा पुगेर उनीहरूले सोधे, 'तपाईंहरू कसरी खेती गर्नुहुन्छ?', किसानले आफूले लगाउने बाली, ती बाली लगाउने तरिका, तिनको बजारबारे धेरै कुरा बताइदिए।, बराहताल-५ को जनज्योति माध्यमिक विद्यालयमा आइएसी एजी...
अनुषा अधिकारी दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा एक कुकुरको हत्या भयो। दुई जना पुरुषले बिजुलीको पोलमा बाँधेर एउटा कुकुरलाई फलामको रड र कोदालोले हिर्काएर मारे। , स्थानीय एक जना बालकलाई टोकेको आरोपमा उनीहरूले सडक कुकुरलाई  क्रुरतापूर्वक मारेको भिडिओ नजिकैको होस्टलमा बस्ने एक विद्यार्थीले मोबाइलमा  ...
सेतोपाटी संवाददाता बस पर्खेर बसेका इटहरीका एक वृद्धलाई टिपरले किचेर मारेको छ।, कोशी राजमार्ग अन्तर्गत इटहरी-१ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ सोही ठाउँका स्थानीय हुन्।, प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर मारेको प्रहरीले जनाएको छ।, सु...
रमेश गिरी नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। , नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयबासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। , नगरपालिकाले विगतका वर्षहरूमा...
ध्रुवसागर शर्मा काठमाडौंमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठिक एक वर्ष भयो।, जीवनको उर्वर समय मलेसिया र विभिन्न खाडी मुलुकमा बिताएका ज्यामरुककोट सानालेखका ध्रुब थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसेका छन्। ,...
सेतोपाटी संवाददाता पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।, अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।, मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ।,...
सेतोपाटी संवाददाता सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ।, बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।, सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि ...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ अन्तर्गत प्रदेश लोक सेवा आयोगले असिस्टेन सब-ईञ्जिनियर पदमा दरखास्त आह्वान गरेको छ।, ८१ पदका लागि दरखास्त आह्वान गर्दै आयोगले सोमबार गोरखापत्रमा सूचना निकालेको छ।, प्रदेश नम्बर १ अन्तर्गत विभिन्न गाउँपालिकाका लागि उक्त पदमा दरखास्त आह्वान भएको हो।, स्थानीय सरकारी सेवाका विभिन्न सेवा सम...
सेतोपाटी संवाददाता गत चैत २३ गते पोखराको महतगौडामा पर्वतका मनोज विकमाथि गोली प्रहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। , पर्वत मोदी ८ चित्रे घर भई पोखराको कार्की तहरा बस्दै आएका विक माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले बाराको बरियारपुर नगरपालिका ४, पिपरावृत्ताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो ।...
सबिना श्रेष्ठ काठमाडौं टुँडिखेलमा घोडेजात्रा चलिरहँदा हामी पाटन दरबार स्क्वायर पुग्यौं। ठाउँ फरक भए पनि उद्देश्य थियो, घोडेजात्रा हेर्ने। स्थानीय नेपाल भाषामा भन्दा ‘याकः सल जात्रा’।, टुँडिखेलको खुला मैदानमा सेनाको परेड चल्छ, पाटनमा भने महर्जन समुदायका गुठियारहरूले घोडेजात्रा चलाउँछन्।, पाटन दरबारको मूल चोकको ढोका उत्...
रासस पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय ...
रासस काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ।, कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ।, यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन...
एजेन्सी छिमेकी भारतमा एकैदिनमा १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार भारतमा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो। भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।, आ...
रासस नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्।, बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द ह...
एजेन्सी चीनका एक जना उच्च सरकारी अधिकारीले आफ्नो देशमा उत्पादन भएका कोरोनाभाइरसविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकारेका छन्।, चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले शनिबार दक्षिण पश्चिमी सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित एउटा कार्यक्रममा बोल्दै खोपको प्रभावकारिता कम भएकाले प्...
सेतोपाटी संवाददाता धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ।, कैलालीको गोदावरी नगरपालिका-३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।, आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो। संक्रमित भएपछि उनी ग...
सेतोपाटी संवाददाता आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, मोरङ लेटाङ-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बुको आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।, राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।, गम्भीर घाइते भएका लिम्बुको...
सेतोपाटी संवाददाता प्रहरीले गहुँबारीमा लुकाएर राखिएको १५ किलो चरेस बरामद गरेको छ।, पर्सा प्रहरीले शनिबार राति कालिकामाई गाउँपालिका-१ स्थित गहुँबारीबाट चरेस बरामद गरेको हो।, प्रहरीका अनुसार खेतमा दुई वटा बोरा फेला परेका थिए। सो चरेस त्यहाँ कसले ल्यायो भन्ने खुलेको छैन।, इलाका प्रहरी कार्यालय पोखरियाले चरेस ल्याउने व्यक...