content stringlengths 20 64.1k ⌀ |
|---|
अनुषा अधिकारी सूजीको घरका सबै सदस्य जागिरे छन्। उसलाई समय दिने फुर्सद कसैलाई थिएन। यसकारण न्यास्रिएको सूजीलाई 'आमा'ले बोर्डिङ स्कुल राखिदिइन्। , तीन वर्षीय सूजी सुरूमा आत्तिएको थियो। अचेल बोर्डिङमै रमाउँछ। नयाँ खेलौना र साथीसँग खुला चौरमा खेल्न पाउँछ। दिनमा तीनपटक मिठो खानपिन। मौसमअनुसार चिसो-तातोमा सुत्न पाइने। अनि ब... |
सेतोपाटी संवाददाता मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।, सोमबार बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए।, मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु... |
सेतोपाटी मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन्। , गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने... |
सेतोपाटी संवाददाता विराटनगरको कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, आइतबार राति झापा दमकका ९२ वर्षीय पुरूषको मृत्यु भएको हो।, कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीसहित उनका अन्य... |
सेतोपाटी संवाददाता रूपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बुटवल रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत् तीन जनाको मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरूष र रूपन्देहीको तिलोत्तमा नगर... |
सेतोपाटी संवाददाता काठमाडौंको पेप्सीकोलास्थित एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिए।, दाङकी ५ व... |
सेतोपाटी सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंसी आज बिहान मौन स्नान गरी मनाइएको छ।, सोमबार औंसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। , आज परेको सोमबारे औंसी यस वर्षको तेस्रो सोमबारे औंसी हो।, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्... |
एजेन्सी राजपदवी त्यागेर विदेश गएका बेलायती पूर्वराजकुमार ह्यारी हजुरबुवालाई अन्तिम विदाइ गर्न घर फर्किएका छन्।, बेलायती सञ्चारमाध्यमहरूका अनुसार श्रीमती र छोरासँग अमेरिकामा बसिरहेका ह्यारी हजुरबुवा फिलिप्सको अन्तिम संस्कारमा सहभागी हुन आइतबार लन्डन आइपुगेका छन्।, उनी लस एन्जलसबाट ब्रिटिस एयरवेजको जहाजमा लन्डन आएका हुन... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी राजधानीमा वितरणसँगै पाइपलाइनमा चुहावटको समस्या बढी नै देखिएको छ।, चैत १५ देखि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न थालिएको थियो।, अहिले पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको छ। पुरानो पाइपलाइनमा ३३३ ठाउँ चुहावटको समस्या देखिइसकेको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ... |
सेतोपाटी संवाददाता कोभिड-१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए। , नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्... |
सन्तोष गौतम म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ।, लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ।, डिभिजन वन कार्यालयका अनुसार आइतबारसम्म म्याग्दीको ११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। , सहायक वन ... |
सेतोपाटी संवाददाता तेह्रथुम म्याङलुङ नगरपालिका-३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ।, सोमबार बिहान साढे ९ बजे उनी घर नजिकैको बारीमा सुकेको झ्यास, झिक्रा डढाउन पुगेकी थिइन्। आगो फैलिएर नजिकैको बास झ्याङमा पनि आगलागी भएको थियो।, आगलागी हुँदा उनको जलेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्... |
एजेन्सी कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ।, बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने जानकारी दिएको छ। यो प्रतिबन्धले ५ सय बढी उडान बन्द हुनेछन्।, आन्तरिक र चार्टर्ड उडानमाथि पनि... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामै घुस लेनदेन हुने गरेको पाइएको छ।, परिसरको मुद्दा शाखामा कार्यरत् प्रहरी जवानले हिरासतमा रहेका थुनुवाबाट घुस लिएको पाइएको हो।, थुनुवासँग घुस मागेको पुष्टि भएपछि परिसरले ती जवानलाई विभागीय कारबाहीको लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। सुरूमा ती... |
विवेक राई गत दश दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमित भर्ना हुने क्रम बढिरहेको छ। तिहारपछि शून्य संक्रमित रहेका टिचिङ, टेकु अस्पतालमा अहिले २० जनाभन्दा बढी संक्रमित भर्ना भएका छन्। , पछिल्लो समय कोरोनाको नयाँ अर्थात 'यूके भेरियन्ट' फैलिन क्रम बढेसँगै अस्पतालमा भर्ना हुने संक्रमित बढ्न थालेको उपचारमा संलग... |
रासस बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ।, भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो। पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन्।, सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्व... |
राजेश घिमिरे तीनवर्षमा बनाइसक्ने लक्ष्यका साथ २०७१ मा शिलान्यास गरिएको ठिमुरा–देवघाट जोड्ने पुलको निर्माण ढिलो गरि सकिन लागेको थियो। , २०७४ कात्तिकमा बनिसक्नुपर्नेमा थप तीनवर्ष लाग्यो। यसै आर्थिक वर्षभित्र पुल बनाइसक्ने योजनाका साथ द्रुत गतिमा काम भइरहेको थियो। चैत २४ गते त्यो योजना तुहियो। बनाउँदा-बनाउँदैको पुल गर्ल... |
रासस पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ।, पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने... |
सेतोपाटी संवाददाता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।, डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र... |
सेतोपाटी संवाददाता मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो।, यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले भोलि सोमबारदेखि पुन सुरू हुने भएको हो।, मनकामना दर्शन प्र... |
सेतोपाटी संवाददाता चितवनमा गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ।, आइतबार विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो।, दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ... |
अनुषा अधिकारी ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।, कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्... |
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ।, शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, मृतक स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती क्षेत्री हुन्। उनको शव पोष्टमर्... |
शेरबहादुर सिंह कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन्। भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार... |
सेतोपाटी संवाददाता संयुक्त अरब इमिरेट्सले दुई अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ। यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।, दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल-माट्रोसी महिला हुन् भने मोहम्... |
विवेक राई नेपालमा कोरोना भारइसको नयाँ अर्थात 'यूके भेरियन्ट' फैलिरहेको बताइँदा अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि बढेको छ। , दश दिनअघि मात्र टिचिङ अस्पतालमा एक दुई जना संक्रमित भर्ना भएकोमा अहिले अस्पतालमा भर्ना हुने संक्रमितको संख्या २१ पुगिसकेको छ। जसमा तीन जना आइसियूमा रहेको अस्पतालका कोभिड संयोजक डा. सन्तक... |
सेतोपाटी संवाददाता काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।, आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए। , 'कसरी सुरू भएको भन्ने थाहा भएन। आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिएको छ,'... |
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुस्थित गेष्ट हाउसमा पुरूष मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मृत फेला परेका थिए।, उनीसँग सोही होटलमा बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेक... |
सविता बुढा शनिबार कर्णाली पुलमा सधैझैं घुमफिरका लागि पुगेका आन्तरिक पर्यटकहरू पुलमाथि रमाइरहेका थिए। समूह-समूह बनाएर केहीले फोटो खिचिरहेका थिए भने केहीले भिडिओ बनाइरहेका थिए।, पुलको सुरक्षार्थ खटिएका चौकीदारले भीड नियालिरहेका थिए। कर्णाली पुलमा भीडलाई व्यवस्थित पार्न, पर्यटकहरू आए/गएको विवरण राख्न र रेखदेखका लागि भनेर... |
सेतोपाटी संवाददाता शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलसिकप्टर उडाइएको छ।, बुढानिलकण्ठ नगरपालिका-१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए।, सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउ... |
सेतोपाटी संवाददाता शनिबार भरतपुर महानगरपालिकाकी मेयर एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्री रेणु दाहालले आफ्नी आमा सीता दाहालको फोटो फेसबुकमा राखिन्। फोटोमा मेयर दाहालले आमा सीता र बहिनी गंगा दाहालाइ अंगालो हालेकी छन्।, सीता दाहाल छोरी रेणुको काखमा सुतेकी छन्। बहिनी गंगालाई ट्याग गरेर राखिएको फ... |
सेतोपाटी संवाददाता पर्सामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन्।, ठोरी गाउँपालिकामा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका वडा नम्बर ४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।, टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई तत... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको छ।, नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगेको नगरपालिकाले यसअघि बस सेवा नभएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई बस उपलब्ध गराएको हो।, निजी विद्यालयले घर... |
सेतोपाटी संवाददाता देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ। इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए। , चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जा... |
सेतोपाटी संवाददाता नेपालमा थप तीन सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३१२५ जनामा पिसिआर गर्दा ३०३ लाई कोरोना भएको हो।, काठमाडौं उपत्यकामा भक्तपुरमा ११ जना, ललितपुरमा १५ जना र काठमाडौंमा १२८ गरी ... |
सेतोपाटी संवाददाता बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ।, आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।, त्यही बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर ... |
सेतोपाटी संवाददाता जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। मतगणनामा खसेकोभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्।, बरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयममा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेकोभन्दा बढ... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनको हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेको छ।, २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको थियो। तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको... |
सेतोपाटी संवाददाता पाल्पामा कोरोना सक्रमित विरामीको मृत्यु भएको छ। कोरोना संक्रमणपछि उपचारको लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी तानसेन नगरपालिका वडा नंं ३ की ७२ वर्षिय महिलाको सनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।, मृतक महिला पाल्पास्थित विद्यालयकी पूर्व प्रधानाध्यापक समेत हुन्। , घरमै आर... |
युनिक श्रेष्ठ काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ।, आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी साँझसम्ममा नियन्त्रणमा आएको हो।, जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्र... |
नविन लागेजु घुर्नु भनेको श्वास फेर्ने बाटोमा केही न केही अवरोध आउनु हो। जुन अवरोध नाकको प्वालदेखि तल श्वास फेर्ने नलीको माथिल्लो भागसम्म हुनसक्छ।, नाकको हड्डी बांगिएर, नाकमा कुनै मासु पलाएर पनि बच्चा घुर्न सक्छ। बच्चाहरुमा नाक पछाडिको ग्रन्थी (याडीन्वाइड) ठूलो भएर पनि श्वास फेर्ने बाटोमा अवरोध ल्याउन सक्छ।, श्वास फेर्... |
सेतोपाटी संवाददाता पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना सकिएको छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शुक्रबा साँझ गणना सम्पन्न गरिएको र आज दिउँसो नतिजा सार्वजनिक गरिँदैछ। ... |
सेतोपाटी संवाददाता निर्माणाधीन बाटोमा काम गरिरहेको एक्साभेटरको बकेटले लागेर शुक्रबार दिउँसो मोरङमा त्यसका चालकको मृत्यु भएको छ।, मोरङ जहदा-१ भुटाहा चोकस्थित निर्माणाधीन बाटोमा काम गर्ने एक्साभेटरको बकेटले लागेर त्यसैका चालक ताप्लेजुङका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो।, शुक्रबार दिउँसो साढे २ बजे एक्साभेटरमा तेल ... |
सबिना श्रेष्ठ भक्तपुरको पाँचतले मन्दिरनजिकै पुःबहा (पुजारी बहाल) मा एउटा छुकछुके बच्चा आइरहन्थ्यो। आफ्नो उपद्रो स्वभावका कारण टोलभरि त्यो बच्चाको चर्चा थियो।, ऊ ढोकाबाट नभएर झ्यालबाट पस्थ्यो। अर्काको भान्सामा छिरेर पकाउँदा पकाउँदैको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मान्छेको गालामा प्याट्ट हान्थ्यो। जे गर्नु हुँदैन ... |
सेतोपाटी संवाददाता मोरङ केराबारी गाउँपालिका-८ आमजुङकीकी ४५ वर्षीया कुमारी लिम्बू शुक्रबार खदम खोलामा ढुंगा टिपिरहेकी थिइन्। , उखरमाउलो गर्मीबीच तातिएको बगरमा ढुंगा टिपिरहेकी लिम्बू १ बजेतिर थकाइ लागेर बस्न खोजिन्। , प्रहरीका अनुसार नजिकै सितलता दिने छहारी भेटिनन्। , उनले केही पर ठूलो ढुंगो देखिन्। त्यही ढुंगामा अढेस ल... |
राजेश घिमिरे नागरिकता प्रमाणपत्रमा उल्लेख भएको उमेरअनुसार भाइभन्दा ९ वर्ष कान्छो देखिएका सिङराम चेपाङले अन्ततः १९९५ सालमा जन्मिएको नागरिकता प्राप्त गरेका छन्।, सेतोपाटीमा सिङरामको विषयमा समाचार प्रकाशन भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चासो देखाएका थिए।, ‘पुरानो फाइल पल्टाएर हेर्दा उहाँको जन्म मि... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले एकसाथ ३६६ प्रहरी निरीक्षकको सरुवा गरेको छ।, शुक्रबार राति प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा निकालेको हो।, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका अनुसार अच्युत गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं सरुवा भएको छ।, इलाका प्रहरी कार्यालय रंगेलीमा... |
सेतोपाटी संवाददाता कैलालीको गोदावरी-८ का स्थानीयले पूर्व-पश्चिम राजमार्गको स्याउलेमा सडक अवरुद्ध पारेका छन् ।, शुक्रबार बेलुका मोटरसाइकलले ठक्कर दिएर घाइते भएका ६ वर्षीय बालक प्रिन्स जोशीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।, उनीहरूले बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल र चालक पत्ता लगाएर आवश... |
राजेश घिमिरे राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा कार्यरत लोकबहादुर महतराको व्यस्तता अचेल बढेको छ। एक हप्ता हुन लाग्यो ‘अञ्जली’ पनि उनको जिम्मेवारीमा थपिएको।, करिब एक वर्ष अघि ‘पुष्पा’ नामको टुहुरी केटी (एक सिंगे गैंडाको पोथी बच्चा)को स्याहार गर्दै आएका थिए महतरा।, चैत २३ गते चितवन राष्... |
सन्तोष गौतम म्याग्दीका विकास आयोजनाको निर्माण कार्य करिब एक वर्षपछि लयमा फर्किएको छ।, अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाए पनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौती देखिएको छ। , विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको जोखिम र रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको लकडाउनले रोकिएका जिल्लाका विकास ... |
सेतोपाटी संवाददाता बागलुङ नगरपालिका-७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ।, स्थानीय सुदीप गौतमको घरमा उक्त सर्प भेटिएको हो। सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरे।, पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ।, कतिलाक... |
सेतोपाटी ‘लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महिनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पुर्याउने भन्ने चिन्ता छ’, पोखरा महानगरपालिका-३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भने।, लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयबासी पानीको चरम समस्या झेल्दै ... |
सेतोपाटी अहिलेकै गतिमा काम भए आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ। , केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्म... |
राजेश घिमिरे नेपालमा एक सिंगे गैंडाको संख्या ७५२ पुगेको छ। चितवनमा मात्रै गैंडाको संख्या ६९४ पुगेको छ।, चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरू गरिएको गैंडाको गणना चितवन राष्ट्रिय निकुञ्जमा सकिएपछि शनिबार नतिजा सार्वजनिक गरिएको हो।, वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका म... |
विनोद सापकोटा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाका ४७ वर्षीय रामकुमार थेवेको व्यस्तता सूर्य उदाउँदादेखि अस्ताउँदा पनि सकिएको हुँदैन।, रातको समयमा बिजुली बालेर पनि उनी आफ्नो दिमागले अह्राएको वस्तुको आकृति दिइरहेका हुन्छन्। त्यसैको आम्दानीले परिवारको गुजारा र छोराछोरीको पढाइ खर्च जुटाइरहेका छन्।, खोलानालाले ब... |
सेतोपाटी संवाददाता नेपालमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३२ मा पिसिआर गर्दा ३३७ लाई कोरोना संक्रमण पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ।, पछिल्लो २४ घन्टामा १५१ जना... |
सेतोपाटी संवाददाता लकडाउन खुले पनि होटल र रेष्टुरेण्ट पूर्ण रुपमा खुलेको थिएन।, ग्राहकले रेष्टुरेण्टबाट खानेकुरा किनेर लैजान पाउँथे, रेष्टुरेण्टमै बसेर खान पाउँथेनन्।, पोखरा र अन्यत्रबाट आएका मानिस पोखरा वरिपरिका डाँडा र खुला ठाउँमा बसेर खाना-खाजा खाए। धेरैले खाना बोकेका प्लाष्टिकलगायत फोहोर जहाँ खायो, त्यहीँ छाडे।, क... |
रासस प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ।, उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ।, भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण द... |
रासस/एएफपी चिनियाँ नियामक निकायले ई-कमर्शको क्षेत्रमा विश्व चर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ। एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।, चीनको नियामक निकाय ‘बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)’ ले गत डिसेम्बरमा अलिबाबामाथि सुरू भएको अनुसन्धानका... |
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकाले भेडा/भेडी गोठालालाई रेडियो उपहार दिएको छ।, छ महिना लेक र छ महिना वेशी बस्ने तथा गोठ सार्दै भेडा/भेडी चराउँदै आएका गोठालालाई सूचना प्रवाह गर्न रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरूङले बताए।, उनकाअनुसार अहिलेसम्म २० जनालाई रेडियो वितरण गरिसकिएको छ।, गाउँपालिकाक... |
रासस कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन्।, जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन्।, सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेर... |
नेहा झा सिराहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ।, लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गए राति करिब पौने १ बजे गोली चलेको थियो। कसले गोली चलायो भन्ने खुलेको छैन।, गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको हत्या भएको छ। उनको टाउकोमा गोली लागेको छ। उनी सुनचाँदी व्यवसायी हुन्।, जिल्ला प्रहरी कार्यालय सिराहाका ... |
रासस बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।, विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।, गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन।, फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन्।, आगो नियन्त्रणका लागि ... |
सविता बुढा कर्णाली चिसापानी पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन्।, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्।, उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते छन्। उनी हाम फालेको केही समयमै फेला परेका थिए।, उ... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-१० रानीघाट सडकखण्डबाट मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पश्रामपुरका ४५ वर्षीय तवारख देवान, ६० वर्षीय जोखन साई फकिर र आदर्शनगर-१० का ५० वर्षीय... |
सेतोपाटी संवाददाता प्रहरीले चोरी गरेको आरोपमा 'कुखुरे समूह'का पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।, ४-५ वर्षदेखि काठमाडौंको बालाजु/महाराजगन्ज क्षेत्रमा चोरी गर्दै आएको आरोपमा पाँच जनालाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी ... |
रासस दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन्।, तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो। यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ। अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन्।... |
रासस/एएफपी प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको नगर काउन्सिलले निलम्बन गरेको छ।, जर्मनीको मध्य शहर हेलेका मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चि कालका लागि निलम्बित भएका हुन्।, ६... |
सेतोपाटी संवाददाता सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।, उजुरी मिलाइदिने बहानामा घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई बिहीबार पक्राउ गरेको हो।, अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर मह... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।, केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ।, दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले ... |
सेतोपाटी संवाददाता सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार राति स८प ७३३० र स६प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा शम्भुनाथ नगरपालिका-९ का ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो।, स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहर... |
सेतोपाटी संवाददाता यौनसम्पर्क गर्न नदिएको रिसमा रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।, रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्ष... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले धरहरानजिकैको सडक नागस्थानमा नयाँ ट्राफिक लाइट जडान गरेको छ।, राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नागस्थानमा नयाँ लाइट जडान गरिएको प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।, उक्त लाइट शुक्रबार उद्घाटन गरिएको छ। प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरू... |
सेतोपाटी धवलागिरि गाउँपालिका-५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन्।, गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे।, ‘यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो’, उनले भने, ‘गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ।’ , धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लि... |
एजेन्सी विवाहको दिन धेरैका लागि जिन्दगीभरि याद रहिरहने दिन हो। पूर्वी चीनको सुजौकी एक युवतीका लागि भने यही दिनले जिन्दगीमा रहस्यको नयाँ पर्दा उघारिदियो।, चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मार्च ३१ मा सुजौमा एक विवाह भइरहेको थियो। विवाहमा दुलाहाकी आमाले दुलहीको हातमा केही यस्तो कुरा देखिन्, जुन उनलाई पहिल्यै देखेजस्तो ... |
सविता बुढा बाल्यकालमा निर्मलाको एक थान रहर थियो- अरू केटाकेटीसँगै स्कुल जाने।, उनी स्कुल जान पाएकी पनि थिइन्।, स्कुल जाँदा उनले एउटा सपना पनि बनाएकी थिइन्- ठूली भएर सरकारी मान्छे हुने।, कसैको जिन्दगीमा धोको पूरा नहुँदै परिस्थितिले धोका दिन्छ। त्यही परिस्थितिमा खुम्चिएर सपना मनको अँध्यारो सुरूङमा पस्छ।, कैलालीको गोदावर... |
सेतोपाटी संवाददाता सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक-७ को सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ।, शुक्रबार बिहान बस्ती खाली गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डोजर लगाएको स्थानीयले बताए।, प्रशासनले यसअघि पनि पटक-पटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थान... |
सबिना श्रेष्ठ एकदिन उनी घरमा कसैलाई खबर नगरी झोला बोकेर हिँडे। झोलामा म्युजिक सिस्टम थियो। दिमागमा धेरै कुरा खेलिरहेका थिए। चन्द्रागिरिमा गुडिरहेका अनेक सवारी साधनमध्ये काठमाडौंको बस समाते।, बसन्तपुर, कालभैरव अगाडि पुगेपछि भुइँमा रूमाल ओच्छ्याए। छेउमा म्युजिक सिस्टम राखे, अन गरे। संगीत घन्किन थाल्यो। अनि नाच्न थाले।, ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। , कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।, मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त... |
सेतोपाटी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ। , तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ।, अहिले पुरानो प्रणालीमार्फत् पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर... |
सेतोपाटी संवाददाता यो पटक बिस्का: (बिस्केट जात्रा) को रथ शनिबार दिउँसो दुई बजे तानिने भएको छ। भक्तपुर नगरपालिकामा बिहीबार बसेको बैठकले उक्त समयतालिका सार्वजनिक गरेको हो।, भैरवनाथ मानिने उक्त रथ दिनको दुई बजे तान्न सुरू भई टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लगिनेछ। यसका ल... |
सेतोपाटी पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरू गरिएको गैंडा गणना आज सकिने भएको छ।, पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो ।,
,
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ।, ... |
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो। , राईलाई बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिप... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश निषेध गरिएको छ।, केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर जान निषेध गरिएको हो।, तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउन थाल... |
नारायण महर्जन शुक्रबार बिहान लैनचौरस्थित भारतीय राजदूतावासअगाडि लामो लाइन थियो। उज्यालो नहुँदै दूतावासको गेटअगाडि लाइन बसेकाहरू भारत जान भिसा लिन लागेका अरू देशका नागरिक थिएनन् बरू खाडी जान लागेका भारतीय नै थिए।, पछिल्लो समय दूतावासअगाडि यस्तो लाइन देखिन्छ। लाइनमै भेटिए, दक्षिणी भारत केरलाका ३२ वर्षीय समिर।, समिर तीन ... |
एजेन्सी बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ। , बकिङ्हम प्यालेसले ९९ वर्षीय फिलिपको निधन भएको शुक्रबार जानकारी दिएको छ। उनको शुक्रबार बिहान निधन भएको हो।, 'गहिरो दु:खका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ,' प्यालेसको विज्ञप्... |
युनिक श्रेष्ठ गत डिसेम्बरमा जापानी अर्बपति युसाको मेजावाले आफूसँग चन्द्रमा घुम्न जाने ,जीवन संगिनी,को खोजी गरे। सन् २०२३ मा आफूसँग चन्द्रमामा घुम्न जान जीवन संगिनी चाहेको भन्दै उनले आवेदन खुलाएका थिए। त्यसका लागि उनले केही मापदण्ड पनि तोके।, पछि व्यक्तिगत कारण देखाउँदै उनले माफी मागेर उक्त निर्णय फिर्ता गरे।, केही समय... |
सेतोपाटी संवाददाता नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४०७१ मा पिसिआर गर्दा २८८ लाई कोरोना संक्रमण पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।, पछिल्लो २४ घन्टामा १२७ ज... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्।, कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्। , भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण प... |
सेतोपाटी संवाददाता एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। , एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरूमाथि सुरक्षा बलल... |
निशा भण्डारी नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको देशभर मतदान भइरहेको छ। बुधबार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो। महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन्... |
सेतोपाटी संवाददाता ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रहरीले गत शनिबार यस संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई झन्डै ८० करोड रुपैयाँ ठगेको आरोपका पक्राउ गरेको थियो। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।, उनलाई पक्राउ... |
सेतोपाटी संवाददाता फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी यसपाली खस्किएका छन्।, फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए ।, दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १... |
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिकाले बिस्का: (बिस्केट जात्रा) सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने भएको छ। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।., भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी ल... |
सेतोपाटी संवाददाता नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४१०० मा पिसिआर गर्दा २९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ।, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो।, मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत... |
सेतोपाटी संवाददाता गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध पारेका छन्।, गल्छी गाउँपालिका-३ का करिब ६२ वर्षीय बुद्धिबहादुर बयलकोटीलाई गाडीले ठक्कर दिँदा बुधबार साँझ ७ बजे घटनास्थलमै मृत्यु भएको थियो।, उनलाई गल्छी गाउँपालिका-६ स्थित सडकमा गाडीले ठक्कर दिएपछि स्थ... |
भानुभक्त जावलाखेलस्थित सदर चिडियाखानामा मंगलबार दिउँसो एउटा बाघ ल्याइयो। बर्दिया राष्ट्रिय निकुञ्जबाट लठ्ठ्याएर गाडीमा ल्याइएको बाघ चिडियाखाना घुम्न आउने मानिसलाई देखाउन ल्याइएको होइन।, बर्दियामा लगालग मान्छे मार्न थालेपछि उसलाई झ्यालखानामा हालिएको हो।, आइतबार साँझ मात्रै यो बाघले गैंडा गणना गर्न हात्तीमा गएका बर्दिया... |
विवेक राई नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले भने परीक्षणमा कम विश्वसनीयता भएको एन्टिजेन परीक्षणलाई नै जोड दिएको छ। , विज्ञहरूले संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण उपयुक्त नहुने भनिरहेका बेला सरकारले भने छरितो हुने भन्दै एन्टिजेन परीक्षणलाई नै प्राथमिकतामा राखेको हो। , अहिले काठमाडौ... |
सेतोपाटी संवाददाता स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ। बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेका छन्।, माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङबीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.