content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गाँस–बासको माग गर्दै धर्नामा रहेका बादी समुदायको माग सम्बोधन गर्न विवेकशील साझा पार्टीले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ।, पार्टीको कर्णाली प्रदेश कमिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बादी समुदायको माग सम्बोधन गर्न आग्रह गरेको हो।, धर्नामा रहेका बादी समुदायसँग तत्काल छलफल र वार्ताका माध्यमब...
सेतोपाटी संवाददाता उच्च अदालत जनकपुरले लक्ष्य अनुरूप मुद्दा फर्छ्यौट गर्न सकेको छैन। , उच्च अदालत जनकपुरले चालु आर्थिक वर्षमा फर्छ्यौट गर्न लिएको लक्ष्यको २५.५ प्रतिशत मुद्दामात्रै फर्छ्यौट गर्न सकेको देखिएको हो।, उच्च अदालतले चालू आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो भने माघ मसान्तसम्म...
सेतोपाटी गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरूङभित्रको ढोका बन्द गरिएको छ।, यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरूङमा परीक्षणका लागि पानी हालिएको थियो।, सुन्दरीजल सो सुरूङको अन्तिम बिन्दु हो। मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरू...
एजेन्सी भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । , देशको महाराष्ट्र, केरला, ...
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाले जग्गाधनी पुर्जा वितरणका लागि सर्वसाधारणबाट लिँदै आएको राजश्व नलिन भनि यसअघि गरेको आदेशलाई निरन्तरता दिएको छ। , बिहीबार मुख्यन्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश ऋषिराम दवाडीको संयुक्त इजलासले फागुन ७ गतेकै आदेशलाई निरन्तरता दिएको हो। , ‘बिहीबार पनि ...
सेतोपाटी संवाददाता नेपाल जनप्रशासन संघले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान, २०७५ बाट वरिष्ठ छाती रोग विशेषज्ञ डा.गौरी शंकर लाल दास सम्मानित भएका छन्। , नेपाल जनप्रशासन संघले हरेक वर्ष प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान, २०७५ बाट बिहीबार एक कार्यक्रमबीच वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई ...
सेतोपाटी संवाददाता दुई लाख बढी भारूसहित एक जना पक्राउ परेका छन्।, मोरङको विराटनगरपालिका-१७ मटेरूवाबाट खटिएको टोलीले बिहीबार साँझ पौने ५ बजे एक जनालाई पक्राउ गरेको हो।, भारतबाट नेपालतर्फ आएका तलासी वडा नम्बर १० का ३४ वर्षीय सञ्जय सिंहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबह...
कमल खत्री योजना स–साना हुन्छन् अनि विकास बजेट सक्ने गरी हुन्छ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको सुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । , यसमध्ये म्याग्दीको मङ्गला गाउँपालि...
शेरबहादुर सिंह कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौं पुगे।, सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए।, प्राथमिक शिक्षादेखि काठमाडौं अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै शैक्षिक...
एजेन्सी म्यानमारका विदेश मन्त्री बुधबार थाइल्यान्ड भ्रमणमा गएका छन्।, सेनाद्वारा नियुक्त विदेशमन्त्री वुन्ना मौङ्ग ल्विन पछिल्लो समय गहिरिँदै गएको म्यानमारको संकटका कूटनीतिक कुराकानी गर्न थाइल्यान्ड पुगेको रोयटर्सले जनाएको छ। सेनाले फेब्रुअरी १ गते म्यानमारमा कू गरेसँगै छिमेकी राष्ट्रहरूले यस संकटलाई समाधान गर्ने प्रय...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ।, आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद र...
सेतोपाटी भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका/दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन्।, जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब क...
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्।, माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्।, संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए।, 'तत्कालका लागि संविधानमाथि प्रधानमन...
सेतोपाटी नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ।, सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन्।, खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक ...
सेतोपाटी संवाददाता मोरङ जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार दुईमध्ये एक थुनुवा प्रहरीको नियन्त्रणमा आएका छन्।  , पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार भएका एक थुनुवा मंगलबार साँझ पक्राउ परेका हुन्।, लागुऔषध मुद्दामा सोमबार मोरङ अदालतमा म्याद थप भएपछि खाजा खाने बहानाम...
सेतोपाटी संवाददाता उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ।, सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा  कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ। , बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। , पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर...
सबिना श्रेष्ठ शिल्पी नाटकघरमा आबद्ध रंगकर्मी संगीता उराँवले यही फागुन ७, प्रजातन्त्र दिवसका दिन टुँडिखेल मार्चमा कविता सुनाएकी थिइन्, जसले भन्छ:, ',मेना शासक, बिलासिताही खराकोहा आड्पानु ओक्कायकी निन् , खेखेलता आलारीन, दयाँ माएदाबाआ।, खज्जती तङगआ मेहनत अउर पसिना ती , र्सिजच्का, पुइदाबाउँ ओन्टा , इमानदार आलारीन, , भोट ह...
सेतोपाटी संवाददाता नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ।, पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित ...
सेतोपाटी संवाददाता लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ।  , बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको दरबारमार्गका ट्राफिक प्रहरी प्रहरी नायब निरीक्षक (सई) जागेश्वर शर्माले बताए।, करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी...
सेतोपाटी संवाददाता चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाई रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहकुल थापाले बताए।, उनले एक करोड १७ लाख राज...
एजेन्सी छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन्।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रका विभिन्न जिल्लामा बुधबार ८ हजार ८ सय ७ जना नयाँ संक्रमित थपिएका हुन्।  यो संख्या चार महिनामा सबैभन्दा धेरै हो।, पछिल्ला १० दिनयता महाराष्ट्रमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको...
सेतोपाटी संवाददाता सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जान...
रासस उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ।, उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट...
सेतोपाटी संवाददाता शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुको ओपन शल्यक्रिया शुरु भएको छ।, केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया (मुटूको एन्जियोग्राम, स्टेण्टिङ्ग जस्ता शल्यक्रिया)  भइरहेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।, बुधब...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन्।, हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई बुधबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल ...
एजेन्सी यूरोपेली मुलुक जर्मनीमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको छ । जर्मन चान्सलर एन्गेला मर्केलले मंगलबार कन्जरभेटिभ पार्टीका सांसदलाई उक्त कुराको जानकारी दिएको रोयटर्सले लेखेको छ ।, ‘अब हामी कोरोनाको तेस्रो लहरमा छौँ’, उनको भनाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यस्तै जर्मनीमा लगाइएको लकडाउन केही खुकुलो पार्दै मा...
एजेन्सी अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ। , केहीदिनअघि उद्धारकर्ताले फेला पार्दा त्यो भेडाजस्तो होइन अनौठो जनावरजस्तो देखिएको थियो। उसको शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो। , उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर ...
एजेन्सी सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ।, फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ। फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि फेसबुकले यस्तो निर्णय गरेको हो...
रासस शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्।, तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ।, विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी ग...
सेतोपाटी संवाददाता बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। , प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो।, बढुवा भएका दुबै जनाला...
सेतोपाटी संवाददाता स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ परेका छन्। , पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्। , जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिआर-०५-के-०७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार...
सेतोपाटी सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। , हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करिब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। , रातो कुर्ता, हरियो सुरूवाल, खुट्टामा पाउजू लगाएकी महिलाको हालसम्म पहिचान खुल...
खिलानाथ ढकाल बुधबार हात्तीसारबाट हुइँकिएर कमलपोखरीस्थित कृष्ण पाउरोटी अगाडि एउटा ट्याक्सी रोकियो। , नम्बर प्लेटमा लेखिएको थियो- बा१ज ८३८९।, चालकको सिटबाट एक जना ‘ज्यानदार’ वृद्धले ढोका उघारे।, कमिज सरवाल, इस्टकोट शिरमा ढाकाटोपी। त्यसमाथि ट्याक्सी चालक लेखिएको ज्याकेट र छालाको जुत्ता लगाएका उनी ट्याक्सीमा अडेस लागेर चु...
रासस हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।, आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौँडातर्फ आउँद...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशस्थित बुटवलका पत्रकार कपिल ज्ञवाली पुरस्कृत भएका छन्।, बुटवल उद्योग वाणिज्य संघले उनलाई आर्थिक पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरेको जनाएको छ। उनी नागरिक अनलाइनका सम्पादक हुन्।, संघले आफ्नो ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनका बेला सोमबार ज्ञवालीलाई सम्मान गरेको छ। संघले...
सेतोपाटी संवाददाता कञ्चनपुरमा घरायसी विवाद हुँदा बुहारी र नातिले वृद्धको हत्या गरेका छन्।, भीमदत्त नगरपालिका-२ पशुपती टोलका ७६ वर्षीय प्रेम थापालाई उनकै बुहारी ३५ वर्षीया सिता थापा र नाति नाता पर्ने १८ वर्षीय अर्जुनले कुटपिट गरेर हत्या गरेका हुन्।, उनीहरूले माघ २८ गते घरायसी विवादका क्रममा वृद्धमाथि चिर्पट प्रहार गरी ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा काेदालाे प्रहार गरेर श्रीमतीले आफ्नै श्रीमानकाे हत्या गरेकी छन्।, बेलाैरी नगरपालिका वडा नम्बर ६ भुराकाेटका ३० वर्षीय ओम चाैधरीलाई उनकै २८ वर्षीय श्रीमती बसन्ती चाैधरीले मंगलबार बिहान कोदालो प्रहार गरी हत्या गरेकी छन्।, घरायसी विवादमा उनीहरूकाे झगडा भएकाे प्रहरीले जनाएको छ।, कञ्चनपुरका प्र...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएकी छन्।, प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन्।, मनिकाको टाउकोमा चोट छ।, उनको महाकाली अस...
रासस पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ।, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको ...
सेतोपाटी हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।  , बिहान हेटौंंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो।  , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष...
सेतोपाटी पश्चिमी वायुको आंशिक प्रभावले  देशको आधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। , प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी...
सेतोपाटी संवाददाता दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। , इलाका प्रहरी कार्यालय दमकका अनुसार वडा नम्बर ३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन्। , सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङलाई कुटपि...
सेतोपाटी संवाददाता लागुऔषध मुद्दामा पक्राउ परेर म्याद थपका लागि अदालत पुर्‍याइएका दुई जना  मोरङ जिल्ला अदालत परिसरबाटै फरार भएका छन्। अदालतबाट पाँच-पाँच दिन म्याद थप भएका उनी हत्कडीसहित फरार भएको खुलेको हो।, मोरङ  कटहरी-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापा बिर्तामोड-५ का २० वर्षीय प्रकाश चौधरी अदालत परिसरबाटै फ...
खिलानाथ ढकाल इलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा हिजोआज दिनहुँजसो प्रदर्शन भइरहेको छ।, आफन्तको मृत्यु प्रकरण अनुसन्धानमा चित्त नबुझाउँदै परिवारले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन्।, उनीहरूको माग छ- प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याओस्।, प्रहरीका अनुसार घटना भने पुस ४ गतेबाट सुरू हुन्छ।, उर्लाबारी नगरपाल...
सेतोपाटी संवाददाता सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।, नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए।, जनता...
युवराज श्रेष्ठ औषधी विज्ञान त के उनले औपचारिक स्कुले शिक्षा पनि लिएका छैनन्। त्यही पनि ६० वर्षयता बजारमा ‘डाक्टर’ नामले चिनिन्छन्।, उनी हुन्, स्याङ्जाको आँधीखोला गाउँपालिका-५ सेतीदोभान बजारका ९३ वर्षीय गंगाप्रसाद शर्मा।, सिङ्गो जिल्लामा एउटै डाक्टर नभएको त्यस बखत उनी गाउँलेको उपचार गर्थे।, पाँच दिन हिँडेर गोरखपुर पुग्...
सेतोपाटी संवाददाता महोत्तरीको सहोडवामा एक दम्पतीलाई घरबाटै अपहरण गरिएको बुझिएको छ। मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सो दम्पतीलाई घरबाटै अपहरण गरिएको महोत्तरी प्रहरीले जनाएको छ।, महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेकै ठाउँबाट अपहरण गरि...
सेतोपाटी संवाददाता उर्लाबारी प्रहरीमा दिनहुँ धर्ना र जुलुश गरेर घटना छानबिनको माग गरिरहेका प्रविण बाँस्तोलाका आफन्तजनले आज जिल्ला प्रशासन मोरङ र सरकारी वकिल कार्यालय घेराउ गरेका छन्। , दुई दिनदेखि उर्लाबारीमा प्रदर्शनरत उनीहरुले मंगलबार विराटनगर आएर  जिल्ला सरकारी वकिलको कार्यालय र प्रशासनमा उही माग दोहोर्‍याएका हुन् ...
सेतोपाटी संवाददाता रुपन्देहीको मायादेवी गाउँपालिका-३ की २१ वर्षीया प्रेमा यादवले आत्महत्या गर्न लाग्दा उनकी नन्दले देखेकी थिइन्।, उनले तत्कालै डोरी काटेर प्रेमाको ज्यान त बचाइन्। तर, प्रेमाले उनकी १ वर्षीया छोरीलाई पंखामा झुन्ड्याएर मारिसकेकी थिइन्।, प्रेमाले छोरीलाई मारेर आफू पनि आत्महत्या गर्न खोजेकी थिइन्। घटना आइत...
सेतोपाटी संवाददाता सप्तरीमा दश लाख नगदसहित दुई जना महिला पक्राउ परेका छन्। , पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  , उनीहरूलाई स्रोत नखुलेको दश लाख नगदसहित सशस्त्र प्रहरी बलको तिलाठीस्थित बिओपीको गस्ती टोलीले ...
सेतोपाटी संवाददाता खेतीयोग्य जमीनको माग गर्दै वादी समुदायका चार सय बढी मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्। , सोमबार रातिदेखि उनीहरू मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्।, दैलेख, कालीकोट र सुर्खेतका विभिन्न ठाउँबाट आएका उनीहरूले सुरक्षित आवास, खेतीयोग्य जमिन उपलब्ध गराउन प्रद...
दिपकजंग शाही सुर्खेतमा निर्माणाधीन राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम गर्ने २७ जना कर्मचारीले तलब नपाएको १३ महिना पुग्न थाल्यो। २०२० फेब्रुअरीदेखि उनीहरूले तलब पाएका छैनन्।, आयोजनाको फिल्डमा काम गर्ने प्राविधिक, लेखा, प्रशासन, सवारी चालक, किचेन वर्कर लगायत २७ जनाले तलब नपाएका हुन्।, धेरै समय...
सेतोपाटी कलंकी-धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ।, चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो। , ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।, योजनाले जिल्ला...
विवेक राई कोरोना भाइरसविरूद्धको खोपको दोस्रो डोज ४ हप्तामा दिने भनिएकोमा अहिले उक्त अविधिलाई लम्ब्याएर ८ हप्ता पुर्‍याइएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोपको पहिलो डोज लगाएको चार हप्तापछि दोस्रो खोप लगाउने भनेको थियो।, तर उक्त अवधिलाई अहिले परिमार्जन गर्दै आठ हप्ता बनाइएको स्वास्थ्य सेवा विभाग अन्तर्ग...
सेतोपाटी संवाददाता नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ।, पछिल्लो २४ घन्टामा १०२ जन...
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मोरङ कटहरी गाउँपालिका-४ घर भई काठमाडौं महानगर चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरेको हो।, ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेका अनुसार उनलाई प्रहरीले आइतबार चाबहिलबा...
नारायण खड्का राष्ट्रिय वन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँइयाँस्थित गुह्य डाँडाका रूख काट्ने दश जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। , भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा प्राप्त वितरण गर्न भनेर सरकारले फारम भर्न थालेपछि  जग्गा आफ्नो नाममा बनाउने लालचमा उक्त डाँडाका २ सय ४८ वटा सालका ...
रासस सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।, त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताए।, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट ...
सेतोपाटी संवाददाता बैकिंङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।, प्रतिवादी सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्ता...
एजेन्सी उडिरहेको एउटा जहाजको इन्जिनमा आगो लागेपछि अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ७७७ मोडलका जहाज अमेरिका र जापानमा ग्राउन्डेड भएका छन्।, अमेरिकाको संघीय उड्ययन प्राधिकरणले निर्देशिका जारी गर्दै बोइङ ७७७ जहाजको उडानअघि थप सुपरीवेक्षण गर्नुपर्ने बताएको छ।, शनिबार डेनभरमा एउटा जहाजको इन्जिन फेल भएको  युनाइटेड एयरलाइ...
सेतोपाटी संवाददाता सप्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।, आइतबार दिउँसो पौने ३ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह बस्ने साढे दुई वर्षीय राजेश मेहताको मृत्यु भएको हो।, विनोद मेहताका छोरा राजेश आफ्नो मामाको बिहेमा आएका थिए। घरमा कोही नभएको बेला खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी ...
सेतोपाटी संवाददाता सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँच वटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ।, पाँच वटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बर...
एजेन्सी साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्।, साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती  खोल्ने बताएको छ।, साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउन...
राजेश घिमिरे बागमती प्रदेश ट्राफिक प्रहरीले घुस खुवाउन खोज्ने १७ सय ९१ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ। ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन चलाउने ती चालकले कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।, बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले उनीहरूले दिन खोजेको ...
सेतोपाटी संवाददाता गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।, गोरखा प्रहरी प्रमुख एसपी  सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र  एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।, हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।, 'उनीह...
सेतोपाटी संवाददाता कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका-२ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो।, अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको बताए।, अस्पतालको कोर...
खिलानाथ ढकाल सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कम्पनीमार्फत कारोबार गर्ने अवधारणा ल्याउने भएको छ।, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी अवधारणा बनाउन अध्ययन थालेको छ।, मन्त्रालयका अनुसार घरजग्गा कारोबारमा विद्यमान दलाली, राजश्व छलीलगायतलाई रोक्न यस्तो अवधारणामाथि अध्ययन थालेको हो।, सो ...
सेतोपाटी संवाददाता डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।, विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।, पक्की पुल निर्माण सुरू भए पनि अलपत्र छ। तीन वर्षअगाडि नै निर्माण सक्नु पर्ने भए पनि निर्माण कम्पनीले उक्त पुल अलपत्र राखेको छ।, उक्त पुल निर्माणको माग राखेर गत शनिबार त्रिपुरासुन्दरी र बाह्रविसे नगर...
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको हो।, भान्सा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा सोमबार मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ...
सेतोपाटी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुवा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुवाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।, बनेपा नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुवाविहीन १२ बालबालिकालाई भत्ता वितरण ...
रामहरि न्यौपाने भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापना भएसँगै काम अघि बढाइएको छ।, केही दिनअघि आयोगको नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसँगै जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका स्थानीतहसँग सम्झौता थालिएको छ।, ‘...
प्रकाश अधिकारी सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो।, बिहे गर्ने वाचासँगै उनीहरूबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो। जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए। अन्ततः उनीहरूबीच प्रेम सम्बन्ध टिकेन। प्रेमीले धोका दिएपछि २०७६ साल...
सेतोपाटी नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्। , प्रगतिशील पत्रकार संघ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण...
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिकामा पर्ने इखेनी १५ वर्षअघिसम्म केही सालका रूख र वनमाराले भरिएको जंगल थियो। अहिले गाउँमा परिणत भएको छ।, सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले सुकुम्बासीलाई घरजग्गा दिने अभियान अन्तर्गत बसालिएको बस्तीमध्ये एक हो 'इखेनी वस्ती'। , २०६२ सालमा त्यहाँ जंगल मासे...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानीको सुरूङ परीक्षण गरिएको छ। सुरूङमा आज पानी राखेर परीक्षण सुरू गरिएको हो।, प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको आयोजनाले जानकारी दिएको छ। सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ। परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ।, सोमबार सुरूङ स्थलमा पु...
युनिक श्रेष्ठ ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।, सोमबार दिउँसो साढे १ बजे भैंसेपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।, बा २ ख ३५७४ नम्बरको बसले प्र ३- ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको...
प्रशन्न पोखरेल खानेपानी मन्त्री मणिचन्द्र थापाले सोमबार मेलम्ची सुरूङमा पानी परीक्षण गर्ने कामको सुरूवात गरेका छन्।, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजना स्थल पुगेका मन्त्री थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङमा पानी पठाएका हुन्।, दोस्र...
सेतोपाटी संवाददाता नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।, पछिल्लो २४ घन्टामा ९० जना...
सेतोपाटी संवाददाता जुवा खेलिरहेको अवस्थामा बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ परेका छन्। , बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलस्थित भट्टु मियाँको घरमा जुवा खेलिरहेका अवस्थामा मियाँसहित ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए। , मियाँको घरमा दिउँसै हारजित हु...
सेतोपाटी संवाददाता रुपन्देहीमा हत्या आशंकामा गाडिएको एक बालिकाको शव उत्खनन् गरिएको छ। , जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ हरहरवा गाउँकी एक वर्षकी बालिकाको मृत्यु शंकास्पद भएको आशंकामा उत्खनन् गरी पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ। , जिल्ला प्रहरी प्रवक्ता प्...
सेतोपाटी संवाददाता सिरहा प्रहरीले आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकालाई पक्राउ गरी सार्वजनिक गरेको छ। , पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकार...
युनिक श्रेष्ठ ललितपुरको जावलाखेलमा दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ।, सोमबार दिउँसो साढे १ बजे भैंसेपाटीतर्फ जाँदै गरेको बसको पछाडिपट्टिको चक्कामा टाउको परी एक महिलाको मृत्यु भएको थियो।, महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी)  प्रज्वल महर्जनका अनुसार उनी उदयपुर कटारी नगरपालिका घर भई लल...
सेतोपाटी संवाददाता सल्यानबाट बिक्री गर्नका लागि बाँके लगिएका दुई चितुवाका छालासहित तीन व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नं. ३ का ३१ वर्षीय जितबहादुर डिसी, कुमाख गाउँपालिका वडा नं. ३ मर्म पोडीकाराका हेल्थ असिस्टेन्ट समेत रहेका २४ वर्षीय हिमन्द्र वली र कुमाख गाउँपालिका वडा न...
खिलानाथ ढकाल महानगरीय ट्राफिक महाशाखामा काम गरेका प्रहरी अधिकारीहरू भन्छन्- हिजोआज ट्राफिक प्रहरीले द्वन्द्वकालीन शैलीकै 'चेकिङ प्रणाली'लाई निरन्तरता दिइरहेको छ।, 'चेकिङ'का लागि भनेर प्रहरीले सडक ढाकेर 'ब्यारिकेड' अर्थात् 'अवरोधक' राखिरहेको छ। चाहे रिङरोडमा होस् या अन्य सडकहरू। र, ती अवरोधकहरू सवारी चलाउने व्यक्तिका ल...
सेतोपाटी संवाददाता दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफूलगायत कर्मचारीबाट रकम संकलन गरी सामाजिक संघ-संस्थाहरूलाई आर्थिक सहायता प्रदान गरेका छन्।, समाजका अनुकरणीय कार्य गरेकामध्ये तुलसीपुरस्थित दिदी घर संस्थालाई नगद ६० हजार, राप्ती गाउँपालिकाको निलसागर सेवा आश्रम सिहानियालाई ४० हजार र खगेन्द्र नवजीवन केन्द्...
सेतोपाटी गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन्। , पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताए। , प्रदेश प्रमुख शेर...
सेतोपाटी संवाददाता सुनसरीको बराहक्षेत्रमा माटोको ढिस्कोले पुरिएर शनिबार किशोरको ज्यान गएको छ।, सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का १४ वर्षीय प्रज्जवल राईको बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।, दिउँसो १ बजे बराहक्षेत्र-८ सालबन्दीस्थित सप्तकोसी नदीको किनारमा रहेको पानी जमेको भौडीको डिलमा ख...
सेतोपाटी संवाददाता नेपालमा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ।, पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन्। योस...
सेतोपाटी युवा संघ नेपाल वडा कमिटी पोखरा-६ लेकसाइडद्वारा फेवातालस्थित बाराहीघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो।, ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता...
भगवती पाण्डे पहिलोचोटि कुर्ता सलवार र चुन्नी ओढेर घर बाहिर निस्किँदा रुपन्देहीकी आनिक रानालाई संसार जितेजस्तै लागेको थियो। केटाकेटी उमेरमै घरभित्र लुकेर सल र चुन्नीको सारी बेरेर लगाउने गरे पनि अरुले देख्ने गरी लगाएर हिँड्न भने धेरै संघर्ष गरिन्।, अहिले उनको पहिचान नै निधारमा रातो टिका, सिउँदोमा सिन्दुरसँगै कुर्ता सुरु...
सेतोपाटी संवाददाता धनुषाको जनकपुरधामस्थित एक होटेलमा एक युवती मृत फेला भेटीएकी छिन्।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया एक युवती शनिबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दि...
सेतोपाटी संवाददाता धनुषामा आफन्तबाटै अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ।, धनुषाको नगराइन नगरपालिका- ६ लगमाको पछियारी टोलका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको अपहरण भएको ७ घन्टामा उद्धार गरिएको र उनका मामासहित दुई जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।, शनिवार १ बजे खेल्न न...
एजेन्सी कोरोनाभाइरसको संक्रमण घटेको छिमेकी भारतका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।, टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा पाँच दिनदेखि लगातार संक्रमण बढिहरको छ।, महाराष्ट्रमा कोरोनाभाइरसका विभिन्न भेरियन्टका संक्रमित भेटिएकै बेला अन्य राज्यहरूमा पनि संक्रमित ह...
एजेन्सी अमेरिकाको डेनभरमा शनिबार एउटा जहाजको एउटा इन्जिन फेल भयो। , २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ भएको केहीबेरमै समस्या आएको थियो।, इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट...
सेतोपाटी संवाददाता कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १: ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन लागेको जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।, आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।, १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन...
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-९ की ६६ वर्षीय तुलसरा खासुका ३ छोराछोरी छन्। जन्मिएकामध्ये एक सन्तान बाँचेनन्।, तीन वर्षअघि मात्र तुलसराले पाठेघरको अपरेशन गराएकी छिन्। छोरा-बुहारीले फकाइफुलाई गरी अस्पताल भर्ना गरीदिएपछि उनको खसेको पाठेघरको अपरेशन भएको हो। उनको पाठेघर खसेको भने दुई दशक अघिदेखि हो।, २०४२ सालमा...
सेतोपाटी संवाददाता धनुषामा शनिबार साँझ होटलमा झुन्डिएको अवस्था फेला परेकी महिलाले नाता सम्बन्ध कायम गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी खुलेको छ।, मृत फेला परेकी महिलाले निवेदनमा आफ्नो नाम समीक्षा पोखरेल पाण्डे लेखेकी छन्। हिजो साँझ नमस्कार होटलको कोठा नं. ११३ मा झुण्डिएको अवस्थामा फेला परेकी  ३५ वर्षकी ...