content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गोरखामा रोकिराखेको यात्रुबहाक बस दुर्घटनामा परेको छ।, आइतबार दिउँसो गोरखाको बाह्रकिलोबाट तनहुँको आँबुखैरेनीका लागि छुट्न लागेको बस आफैँ गुडेर सडकबाट करिब १० मिटर तल पल्टेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्र गुरूङले बताए।, ‘यात्रु चढाउन रोकिराखेको बस आफैँ गुड्दा सडकबाट करिब १०...
एजेन्सी भारतमा अहिले पेट्रोल, एलपिजी ग्याँस र प्याजको भाउ बढेको छ।, भाउ बढ्न थालेपछि यस्ता उपभोग्य वस्तुलाई महंगो उपहारको रूपमा दिन थालिएको छ। यसको एउटा उदाहरण बनेका छन् तमिलनाडुस्थित चेन्नाईका एक नवविवाहित जोडी।, यी जोडीले विवाहको उपहारस्वरुप पेट्रोल, एलपिजी ग्याँस सिलिन्डर र प्याजको माला पाएका छन्। कार्तिक र सारान्य...
एजेन्सी सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।, 'हाम्रो मापदण्...
सेतोपाटी संवाददाता प्रहरीले भक्तपुरबाट लागुऔषधीसहित एक जनालाई पक्राउ गरेको छ।, भक्तपुर नगरपालिका-१ डा. इवामुरा अस्पतालबाट लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक (डिएसपी) दिपक गिरीले बताए।  , आइतबार बिहान ८ बजे बेतिया सिक्टा गाउँ-१० का ४७ वर्षीय आनन्दराम चमारलाई प...
सेतोपाटी संवाददाता मकवानपुरमा प्रहरी टोलीमाथि हातपात भएको छ।, शनिबार साँझ साढे ५ बजे राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको थियो।, इलाका प्रहरी कार्यालयका, नेवारपानीबाट खटिएको टोलीमाथि गाँजा नष्ट गरी कार्यालय फर्किने क्रममा हातपात भएको थियो।, जिल्ला प्रहरी का...
सेतोपाटी संवाददाता कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार  बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार ...
नारायण महर्जन सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ।, आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान १० लाख डोज खोपसहित अवतरण भएको हो।, यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो।, आइतबार ...
भगवती पाण्डे रुपन्देहीमा एक साताको फरकमा दुई केवलकारको शिलान्यास गरिएको छ। , फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको वसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलले आइतबार बुटवलको अर्को आयोजना सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन्।, बुट...
सुशीला रेग्मी कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन। उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ। हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीह...
सेतोपाटी संवाददाता धनुषामा ७ वर्षीय बालकको अपहरण गरेको आरोपमा पक्राउ परेका मामालाई प्रहरीले सार्वजनिक गरेको छ।, आइतबार नगइराइन नगरपालिका-६ लग्माबाट आफ्नै भान्जाको अपहरण गर्ने मामालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो।, शनिबार लग्माका रमेश दासका छोरा चन्दन दासलाई महोत्तरी घर भइ जनकपुरधाम उपमहानगरपालिका-...
रासस पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको  छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।, क्षमापूजामा ९६  नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरू गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ललितपुरको पाटन ढोकामा सञ्चालित बसपार्क हटाएको छ।, महानगर प्रमुख चिरीबाबु महर्जनले नगर क्षेत्रभित्र सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमन सुव्यवस्थित गर्न निर्देशन दिएसँगै नगर प्रहरीको अगुवाई तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा, पाटन ढोका बस व्यवसायी प्रा.लि., शान्ति युवा क्लव,...
सेतोपाटी संवाददाता नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ।, पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। यो...
सेतोपाटी संवाददाता पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको  छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ। , क्षमापूजामा ९६  नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका...
नारायण खड्का इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका रोल्पाका एक पुरूषको मृत्यु भएको छ।, अहिले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा कोठा लिएर बस्दै आएका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो।, इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका  अनुसार अत्यधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थ...
विमलबहादुर विष्ट उचित संरक्षण तथा संवर्द्धन नहुँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ। यहाँका स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनी अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन्। जिल्लामा पुराना राज्य रजौटाका पालामा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू भग्नावशेषका ...
सेतोपाटी संवाददाता बृहत् नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गर्न लागेको छ।, शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनले जानकारी दिएको छ।, आजै नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र पनि जारी गर्ने कार्यक्रम छ।, नागरिक अभियान्ता युग पाठकका अनुसार राज...
सेतोपाटी संवाददाता प्रजातन्त्र दिवस अवसरमा अकुपाई टुँडिखेलले बिहान दस बजेदेखि कार्यक्रम गर्ने भनेको थियो। खुलामञ्चमा टुँडिखेलकै फोटो प्रदर्शनी र वक्ताहरू बोल्ने भनिए पनि दस बजेसम्म चालचुल थिएन।, बरू खुलामञ्चदेखि टुँडिखेलसम्म सैनिकको कडा सुरक्षा थियो। टुँडिखेलभित्र दजनौं गाडी पार्क गरिएका थिए। बाहिर प्रवेश निषेध लेखिएर...
रासस बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ।, भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो।, प्रहरीले बुधबार चडेपानीकै ...
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल ग्रहको सतहमा अवतरण भएको छ।, नासाका अनुसार अहिलेसम्मकै राम्रो अस्ट्रोबायोलिजी प्रयोगशाला भएको पर्सिभिरेन्स केही घन्टाअघि मंगल ग्रहको  जेजेरो कार्टरमा अवतरण भएको हो। मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण भएको रेडियो स...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।, प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ।, महाकाली माध्यमिक विद्यालयमा ६ कक्षामा...
सेतोपाटी संवाददाता रामेछापमा विद्यार्थी बोकेको बस पल्टिएको छ।, शुक्रबार बिहान पौने ८ बजे मन्थली नगरपालिका-१ मच्छेडाडीमा सेतीदेवी माध्यमिक विद्यालयको स्काउट विद्यार्थी बोकेको बस पल्टिएको हो।, बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।, मन्थ...
सेतोपाटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औं जातजातिमा सूचीकृत गर्ने बताएका छन्।, राजवंशी समाज उत्थान समिति(विराट)केन्द्रीय कार्यालयद्वारा यहाँ आयोजित १४ औं बृहत् भेलामा उनले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै संघ...
सेतोपाटी बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन्। मृत भेटिएको १७ औं दिनमा आज उनका आफन्तले शव बुझेका हुन्।  , शवलाई आजै दशरथचन्द नगरपालिका-६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए। , भागरथीको श...
सेतोपाटी संवाददाता प्रहरीले विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाएको छ।, बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएपछि गत मंगलबार बस्नेत गोंगबुको नयाँबसपार्कबाट पक्राउ परेका थिए। उनीविरूद्ध सपनाले गत आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी थिइन्।, बस्नेतलाई प्रहरीले अभद...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका ४६ प्रहरीको पदस्थापन गरेको छ।, शुक्रबार प्रहरी प्रधान कार्यालयले डिएसपीलाई पदस्थापन गरेको हो। , चिरञ्जीवी दाहालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा, रमेश बोहराको नेपाल प्रहरी शिक्षालय भरतपुर, प्रशासन ...
सेतोपाटी संवाददाता नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ।, पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। य...
राजेश घिमिरे २०६० सालको पुस १० गते माडी-८ कान्तिपुरका लालप्रसाद रिमाललाई बाघले आक्रमण गर्‍यो। घर नजिकैको जंगलमा बाख्रालाई घाँस लिन जाँदा बाघले उनैलाई लग्यो। त्यतिखेर एक वर्षका थिए छोरा सन्दीप। अहिले उनी माडीको जनजीवन माविमा कक्षा ११ मा पढ्छन्।, १७ वर्षको अवधिमा देशमा धेरै कुरा परिवर्तन भए तर सन्दीपको परिवारको दिनचर्या...
युवराज श्रेष्ठ बाग्लुङको भुजीखोला अहिले कलकलाउँदै बगेको छ।, खोलामा पानी सानो छ। स्वच्छ र सङ्लो छ। अहिले हिउँदमा देखिएको खोलाको यो रूप हेर्दा गत वर्षातमा यही खोलाले वितण्डा मच्चाएको थियो भनेर पत्याउन मुश्किल पर्छ।, खोला किनारमा बनेका बगर, खण्डहर बनेका बस्ती र झुपडीमा रात बिताएका पीडित सामुन्नेमै रहेकाले कोही पनि नपत्या...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ।, काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर भएको हो। सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थाप...
सेतोपाटी संवाददाता दोलखामा एक जनाले श्रीमतीको विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका ६ खारेबेसीका २७ वर्षिय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।, शुक्रबार राति करिब २ बजे थामीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी भेषराज रिजालले जानकारी...
सेतोपाटी संवाददाता पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ।, रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख र...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका-८ स्थित गुह्य डाँडाको बहुमूल्य सालको बन गाँउले मिलेर मासेका छन्।, यो डाँडा राष्ट्रिय बन हो। यहाँका २ सय ४८ सालका रूख कटकुँईया गाउँका केही ब्यक्ति मिलेर दुई दिनमै काटेर स्वाहा पारेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले सेतोपाटीलाई बताए। , भूमिहिन, दलित, स...
सेतोपाटी संवाददाता ललितपुर सुनाकोठीबाट प्रहरीले ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।, शनिबार साँझ प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो।, ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार प्रहरी निरीक्षकसहितको टोलीले ३० लाख ८४ हजार ४ सय रु...
सेतोपाटी संवाददाता प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व आज विधिपूर्वक मनाइएको छ ।, लगला सप्तमीका दिन सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा बगाउने गरिन्छ । विशेषगरी वर्तालुले यसरी बत्ती बालेर शालीन...
सेतोपाटी संवाददाता इलाममा रुख ढाल्दै गर्दा सोही रुखले किचेर एकको मृत्यु भएको छ।, इलामको माइ नगरपालिका-७ साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो।, शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख ढाल्दै थिए।, रुख ढल्ने क्रममा उनलाई त्यही रुखले किचेर  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्...
सेतोपाटी संवाददाता झापामा दुई वटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।, झापा मेचीनगर १३ धाइजनका ३८ वर्षीय अनन्त आचार्यको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो।, शुक्रबार बेलुका साढे ७ बजे मेचीनगर-१३ चारआलीस्थित पूर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको  मे११प ११३१ नम्बर...
सेतोपाटी संवाददाता एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। , जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , डिएसपी रिजालका अनुसार माघ १ गते ...
सेतोपाटी संवाददाता सरकारले फागुन २३ गतेदेखि ६० वर्ष उमेर समूहमाथिका नागरिकलाई कोरोना भाइरसविरूद खोप दिने तयारी गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेदेखि तोकिएका सबै खोप केन्द्रहरूबाट ६० वर्ष उमेरमाथिका सबैलाई खोप लगाइने जानकारी दिए।, सरकारले जेष्ठ नागरिकलाई खोप पाउने प्...
नारायण अधिकारी राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन्। गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन्। , अस्पतालबाट २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवा भएको थियो। त्यसपछि डा. राजन पाण्डे अस्पताल प्रमुख भएर आए। उनले मङ्सिर ८ ग...
सेतोपाटी संवाददाता गुल्मीमा बुधबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते रहेको प्रहरीले जनाएको छ।, गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ ६ बजेतिर दुर्घटनामा परेको रेसुङ्गा-१४ का वडा अध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए।, जिल्ला प्...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले टिकटक बनाएको भन्दै कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको छ।, ‘२०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यहरूलाई टिक टक बनाई साम...
एजेन्सी भारतको नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवा मृत फेला परेका छन्। भारतीय समाचार एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए) का अनुसार मृतक युवा २४ वर्षीय दिपेश थापा हुन्। उनको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको हो।, समाचारमा दिपेश नेपाली नागरिक भएको बताए पनि उनको नेपालको ठेगाना...
विनोद सिंह विष्ट बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। , जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो।, सो अवसरमा सुदूरप...
रासस विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन। कतिपय मुलुक त बन्दाबन्दीमै छन्।, नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ।, कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन्। त...
सेतोपाटी संवाददाता सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, बुधबार राति रामधुनी राजमार्गमा को२च ३३१२ नम्बरको पिकअपले को३१प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी-३ का २२ वर्षीय सुरज चौधरी छन्। पिकअपले राति १० बजे मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, चौ...
एजेन्सी सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा  समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ। , अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द  गरिदिएको हो। अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् ...
सन्जिब बगाले प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको भारी कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ।, यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो।, सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाह...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा देखिने दाह्री ग्याङका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।, बुधबार साँझ प्रधानमन्त्री निवासा बालुवाटारमा प्रधानमन्त्री र युवाहरूबीच भेट भएको हो।, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राख्दै दाह्री ग्याङसँगको भेटबारे जानकारी...
सेतोपाटी संवाददाता भक्तपुरमा मिनीट्रकबाट झर्ने क्रममा चक्कामा परी एक जनाको मृत्यु भएको छ। , बुधबार साँझ ६ बजे चाँगुनारायण नगरपालिका-२ झौखेलबाट ब्यासी जाँदै गरेको मिनीट्रकबाट एक पुरूष झर्ने क्रममा ट्रकको अगाडिको चक्कामा परी  मृत्यु भएको हो।, बा २ क ९०९९ नम्बरको मिनीट्रकमै सवार रहेका ४२ वर्षीय सूर्यमान सुवाल झर्ने क्रमम...
सेतोपाटी संवाददाता नेपालले चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरसविरूद्धको 'सिनोफार्म' नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। , बुधबार औषधि व्यवस्था विभागले सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ। , यो ख...
सेतोपाटी प्रलोभनमा पारेर ललाईफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्दार गरिएको छ। , कैलालीको घोडाघोडी नगरपालिका-५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका-१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्द...
सेतोपाटी पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि बदली र हल्का वर्षा हुने भएको छ।  , प्रि-मनसुनको समय नजिकिएकै कारण अपरान्हपछि मौसममा परिवर्तन भएको हो।, शुक्रबारदेखि दुई-तीन दिन पहाडी भू-भागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार ...
सेतोपाटी पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्दार गरिएको छ।, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्दार गरिएको हो।, काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका-३ थुम्की...
सेतोपाटी संवाददाता मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, बुधबार दिउँसो सवा दुई बजे एम्बुलेन्सको ठक्करबाट ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तो गम्भीर घाइते भएकी थिइन्।, ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्र...
नारायण महर्जन  , पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ।  , विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पसअ...
सेतोपाटी संवाददाता नेपालमा थप  ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ।, पछिल्लो २४ घण्टामा १११ जना निक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४९ रजुनमान श्रेष्ठले करिब एक महिनाअघि गाडी किनेका थिए। उनी भर्खरै गाडी चलाउन सिक्दै थिए।, बाटो खाली हुने भएकोले उनी काठमाडौंको बागमती धोबीखोला करिडोरस्थित सडकमा राति करिब २/३ बजे निस्किन्थे। केहीबेर गाडी चलाउन सिकेर घर फर्किन्थे। करिब १५-२० दिनदेखि उनी त्यसरी न...
सेतोपाटी प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ललितपुरको महांकालबाट एक जनालाई पक्राउ गरेको छ।, स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जंगलमा लग...
सेतोपाटी संवाददाता वन्यजन्तु तस्करलाई समात्ने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकलाई राष्ट्रसंघले अवार्ड दिएको छ। , राष्ट्रसंघको वातावरण कार्यक्रम अन्तर्गत सन् २०२० को पाँचौं एसिया वातावरणीय प्रवर्तन अवार्ड सिआइबीका प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र...
खिलानाथ ढकाल बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा पक्राउ परेका आरोपीसँग प्रहरीले बयान लिन सुरू गरेको छ। , सोही वडाका ती किशोरलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको थियो।, ती किशोरसँग बिहीबार प्रहरीले झन्डै चार घन्टा बयान लिएको थियो। , प्रहरीका अनुसार बयानमा ती किशोरले हत्या गर्नुअघि  लछारपछार हुँदा भ...
नारायण खड्का तुलसीपुर उपमाहानगरपालिका वडा नं. ८ दुधेनाका जितबहादुर खड्काले यसै साता जग्गा धनि पूर्जाको आशमा फारम भरे ।, आफूले चर्चिदै आएको २ कठ्ठा ऐलानी जग्गाको धनीपूर्जा पाउँ भन्दै खड्काले वडा कार्यायमा ५ सय रूपैयाँ तिरेर फारम भरे। वडा कार्यालयमा फारम भरिदिने व्यक्तिले थप दुई सय रूपैंया खड्काबाट असुले।, यति मात्र नभए...
युनिक श्रेष्ठ प्रहरीको कुटपिटबाट किशोरको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा स्थानीयले तोडफोड गरेका छन्।, गुठीचौर गाउँपालिका-३ गर्ज्याङकोटका १४ वर्षीय पदम बुढाको बुधबार मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक युवन चौधरीले बताए। पदमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार क्रममा मृत्...
सेतोपाटी नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवरामसिंह बस्न्यातको २७५औं पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका-३ जहरसिंह पौवास्थित साँगाचोकमा उनको योगदानको स्मरण गरिएको छ।, श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा  समाजका अध्यक्ष नीरञ्जनमानसिंह बस्न्यातले श्रीपाली बस्न्यात क...
सेतोपाटी संवाददाता कम नम्बर ल्याएको भन्दै निर्घात रूपमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्।, जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँदै आएका राहात कोटाका शिक्षक हेमराज बिक पक्राउ परेका हुन्। , जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएएसपी मुकुन्दप्रस...
खिलानाथ ढकाल सचिव गोपीनाथ मैनालीको सरूवाबारे चार दिनमा तीनथरी कुरा चले।, पहिलो, बिहीबार उनीसहित मन्त्रिपरिषदले १६ जना सचिवको सरुवा गर्दा उनको नाम सार्वजनिक खरिद अनुगमन कार्यालय थियो।, शुक्रबार र शनिबार त्यतिकै बित्यो। आइतबारसम्म मैनालीले सरुवा भएको ठाउँबारे आधिकारिक जानकारी पाएका थिएनन्।, दोस्रो, सोमबार सरुवा राष्ट्रि...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको गिद्धेनी भन्ने स्थानमा एक भाले गैंडा मृत भेटिएको छ।, निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत नारायणी नदी नजिकै अन्दाजी ३० वर्षको एक सिंगे गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, ढिस्को उक्लने क्रममा पल्टिएर उत्तानो परी उक्त गैंडाको मृत्यु भएको अनुमान गरिएको अधिक...
सेतोपाटी संवाददाता झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराका सुबोध साहसहित १३ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, विभिन्न ११ वटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजश्व छलेको अभियोगमा साहसहितलाई मुद्दा दायर गरिएको विभागले जनाएको छ।, विभागका अनुसार उनीहरूलाई ९१ करोड ३० लाख ५६ हजार ५१...
युनिक श्रेष्ठ बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत मंगलबार साँझ पक्राउ परे।, महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो।, विनयजंग बस्नेतले उनलाई धम्क्याएपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित...
सेतोपाटी संवाददाता आफ्नो चौथो स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न ११ विधामा ५८ जनालाई पदक तथा विभूषणद्वारा सम्मान गरेको छ।, प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सोमबार स्थापना दिवस मनाएको लुम्बिनी प्रदेश सरकारले ती पदक तथा विभूषण प्रदान गरेको हो।, गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका प...
एजेन्सी उत्तर कोरियामाथि फाइजरले बनाएको कोभिड-१९को खोपको डाटा चोर्ने प्रयास गरेको आरोप लागेको छ।, दक्षिण कोरियाली इन्टिलिजेन्सका अधिकारीहरूले उत्तर कोरियाले अमेरिकाको औषधी निर्माता कम्पनी फाइजरबाट कोभिड-१९को खोपको डाटा चोर्ने प्रयास गरेको आरोप लगाएका हुन्।, बिबिसी,का अनुसार त्यस कम्पनीबाट डाटा चोरी भए/नभएको पुष्टि भइस...
एजेन्सी माल्दिभ्सले कोभिड-१९ विरुद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको छ। स्थानीय सञ्चार माध्यमहरूले कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा सरकारले उपलब्ध गराउन लागेको समाचार प्रकाशन/प्रशारण गरेका छन्। , माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय ...
एजेन्सी अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्।, मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ।, टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाक...
खिलानाथ ढकाल बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ।, ‘भागरथी हत्याका एक अभियुक्त पक्राउ परिसकेका छन्, ती अभियुक्त नै भागरथीको बलात्कारमा संलग्न छन्,’ सुदूरपश्चिम प्रदेश प...
रासस गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ।, ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्। लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, ‘मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु।’, त्यसपछि अर्को ह्वाट्सए...
खिलानाथ ढकाल प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाई भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ गरेको छ। , प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन्। प्रहरीले  विद्यालय खुलेपछि उनको उमेर प्रमाणि...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्गमा हरिणलाई ठक्कर दिएर भाग्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बुधबार बिहान रत्ननगर नगरपालिका–९ सिँचाइ गेट अगाडिको सडकमा रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रकले हरिणलाई ठक्कर दिएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार हरिणको...
एजेन्सी अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्।, मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ।, टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाक...
सेतोपाटी संवाददाता दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट धकेलेर हत्या भएको छ।, नौगाड नगरपालिका-६ स्थित गडिगाड भीरमा अन्दाजी ३० वर्षीय अकबरसिंह बोहराले २३ वर्षीया अम्मरा खत्रीलाई धकेलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।, मंगलबार अपरान्ह ४ बजे घाँस काट्न गएकी अम्मराला...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरू गरेको छ।, बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।, दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका ...
राजकुमार पराजुली काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ।, वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन्। , तामाङ समुदायको बाहुल्यता रहे...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरू भएको छ।, काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बुधबार सुरू भएको महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन्।, कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङ पनि सहभागी छन्।, ‘प्रेस स्वतन्त्रताको आधार: सुरक्षित र व्यावसायिक ...
सेतोपाटी बिहीबारदेखि देशभर मौसम क्रमिकरूपमा सुधार हुने भएको छ।, पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो।, आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम ...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-४ मा पर्ने भंगेरीचौर जंगलको बीचमा रहेको सानो समथर भाग हो। एक वर्ष अघिसम्म यो ठाउँमा मानिसको ओहोरदोहोर खासै हुँदैनथ्यो। कोही गइहाले भने पनि सामुदायिक वनले घाँस, दाउरा खुलाउँदा लिन जाने मात्र हुन्थे। , पछिल्लो समय भने भंगेरीचौर जानेको लर्को लाग्ने गरेको छ। दैनिक यो ठाउँमा मानिस पुगेकै...
सेतोपाटी चितवन खैरहनीनगरपालिका–१ स्थित कंकाली माविका पूर्वविद्यार्थीले आफूहरूलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन्।, घर बनाउन कंकाली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरूसँग रकम सङ्कलन गरेको थियो।, स्वतस्फूर्तरूपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए।, सोही विद्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरू गरेको छ। बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहरहरू र निर्माण सामग्री राखिएको थियो।, दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका ला...
सेतोपाटी संवाददाता बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको हत्या गरेको खुलेको छ। , बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपीबारे जानकारी दिएको हो। , सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मह...
सेतोपाटी संवाददाता कुनै न कुनै विवादको तनावमा परिरहने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टीहरू आन्दोलित बनेका छन्।, यहीक्रममा बुधबार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी भएको छ।, बढुवा लगायतका मागहरू पूरा गर्न आनाकानी गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपतिको कार्यकक्ष...
दुर्गा देवकोटा कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गरेकी छैनन्। , शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ। उनलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए पनि खुसी मिल्थ्यो। , ‘म घरको कामले थाकेकी हुन्छु। म पनि जागिर ग...
सेतोपाटी संवाददाता झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, सोमबार दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-२ कमलधापकी ५० वर्षीया सीता दाहालमाथि हात्तीले आक्रमण गरेको हो।, उनी दिउँसो आफ्ना साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्। सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला...
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा-३ जानकीनगरकी प्रतिमा पन्थ बुधबार बिहान कोठाभरि फिजारिएका जुत्ता चप्पल समालिरहेकी थिइन्। विभिन्नथरि कपडा र रबरलाई मिलाएर सिलाएको जुत्तामा सुलेसन लगाएर सोल टाँसी राति त्यत्तिकै राखेकी थिइन्।, कोठामा केही जुत्ता चप्पल तयारी अवस्थामा रहे पनि केही भने कपडा काटेरमात्र छोडिएको थियो। बुधबार ...
राजेश घिमिरे भरतपुर-१० की अञ्जु पौडेल ६० वर्षकी भइन्। जीवनको अधिकांश समय  उनले भान्सामा बिताएकी छन्।, गृहिणीको रूपमा भान्सामा काम गर्दा उनलाई सबैभन्दा ठूलो डर ग्याससँग लाग्थ्यो। किनकी ग्यास सिलिन्डर पड्किएकोदेखि सिलिन्डरबाट निस्किएको आगो सल्किएर जनधनको क्षति भएको समाचार उनले धेरै पटक सुनेकी थिइन्। , डरलाई नियन्त्रण गर...
दिपकजंग शाही कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्षले ताला लगाएपछि एक विद्यालयको परीक्षा स्थगित भएको छ।, पलाँता–१ खाडाजयखोलामा रहेको गणेश आधारभूत विद्यालयमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आईतबार दिउँसो ताला लगाएको विद्यालयले जनाएको छ।, ‘हिजो ३ बजेतिर एक्कासी आएर अध्यक्षज्यूले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका द...
सेतोपाटी भरतपुरका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन्। , सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन्। त्यसले गर्दा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ।  , प्रहरीले सिसिट...
समिक्षा अधिकारी केही दिनअघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो ट्विटरमा एउटा भिडिओ पोस्ट गरे। भिडिओमा माथि ठूलो पंखा घुमिरहेको, तल ड्रममा पानी भरिइरहेको दृश्य देख्न सकिन्छ। , त्यो नेपालमै पहिलो पटक निर्माण भएको हावाबाट पानी तान्ने पम्पले काम गरिरहेको भिडिओ थियो। करिब ४० वर्षपहिले अमेरिकन प्रविधि प...
सेतोपाटी संवाददाता ७६ वर्षीया वृद्धा लाई बलात्कार गरेको आरोपमा बारामा एक जना पक्राउ परेका छन्।, कोल्हबी नगरपालिका-८ का ३९ वर्षीय दलबहादुर लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।, महिलालाई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा लामालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।, लामालाई पाँच दिन थुनामा र...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको सरूवा भएको छ।, सोमबार गृह मन्त्रालयले उनीसहित केही एसएसपीको सरूवा निकालेको गृह स्रोतले जानकारी दियो।, उनको सट्टामा एसएसपी चन्द्रकुबेर खापुङ महाशाखाका प्रमुख भएका हुन्।, उनीहरूको परस्पर काज सरुवा भएको बुझिएको छ। खापुङ भर्ना छ...
सेतोपाटी संवाददाता नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ।, पछिल्लो २४ घण्टामा १४४ जना निक...
प्रकाश सिलवाल कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। , सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खुद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्नादर ४३.९ प्रतिशतबाट ४७...
सेतोपाटी संवाददाता बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन्।, नगरसभाको माइन्युटमा कर्मचारीको हस्ताक्षर किर्ते गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।, पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवा...