content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।, सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए। जसमध्ये १० जना गम्भीर घाइते भएका हुन्।, उक्त बसको ...
रासस बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन्।, घटनामा अन्य पाँच घाइते भएका छन्।, मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क...
रासस सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषे...
सेतोपाटी संवाददाता आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ।, बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरू पुगेका छन्। , आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षराम्भ गराए विद्या आउने विश्वास  छ। शैक्षिक संस्थाहरूमा आज  सरस्व...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।, सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।, श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा ...
गोपालप्रसाद बराल आज माघ शुक्लपञ्चमी अर्थात् हिन्दु परम्परामा श्रीपञ्चमी पर्व मनाइँदै छ।, मुख्य रूपमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यो पर्व मिथिलामा भने कैयन अवसरका लागि प्रतीक्षा हुने गरेको छ।, सरस्वती पूजनोत्सवको अवसरले किसानका खास उत्पादनले बजार पाउने र श्रमिक सम्बन्धन हुने परम्पराले यो कृषि व...
सेतोपाटी संवाददाता भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर-७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो  ढुंगाले हानेका थिए।, साहेबाले सामान्य विषयमा विवाद हुँदा ...
खिलानाथ ढकाल बैतडीकी किशोरी भागरथी भट्ट हत्या अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदी आफैं फिल्डमा खटिएको १० दिन पुगेको छ।, डिआइजी सुवेदीले समग्र अनुसन्धानको निगरानी, निर्देशन र अनुगमन गर्ने काम गरिरहेका छन्। उनी आफैं स्थानीय, परिवार तथा शंकास्पद व्यक्तिहरूसँग सो...
सेतोपाटी संवाददाता धनुषामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।, मंगलबार बिहान कमला नगरपालिका-२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए।, साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको...
सेतोपाटी संवाददाता नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ।, पछिल्लो २४ घण्टामा ९९ जना निको भएर फर्किएका छन्। य...
एजेन्सी भारतमा बस नहरमा खस्दा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ८ बजे मध्यप्रदेशको सिद्धी जिल्लास्थित पुलबाट बस नहरमा खसेको टाइम्स अफ इन्डियाले जनाएको छ।, 'अहिलेसम्म ३४ जनाको शव फेला परेको छ। उद्धार कार्य जारी छ,' रेवा रेन्जका आइजी उमेश जोगाले भने।, 'बसमा ५० जनाभन्दा बढी यात्रु सवार थिए। बस नहरभित्र ...
सेतोपाटी संवाददाता काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ।, प्रचण्ड-नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।, 'क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,' ...
सेतोपाटी संवाददाता दाङ प्रहरीले ६ केजीभन्दा बढी प्रतिबन्धित लागुऔषध अफिमसहित एक युवकलाई  पक्राउ गरेको छ। , पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  , दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले रोल्पाबाट लागुपदार्थ बोकेर ...
सेतोपाटी संवाददाता बहुविवाह गरेको आरोपमा पक्राउ परेका सल्यानका एक वडा अध्यक्ष र उनकी कान्छी श्रीमतीलाई एक वर्ष कैद सजाय तोकिएको छ।, जिल्ला अदालत सल्यानले बनगाडकुपिण्डे नगरपालिका–९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाई र उनकी श्रीमतीलाई एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।, न्यायाधीश कुलप्रसाद पाण्डेको इजला...
सेतोपाटी संवाददाता 'म साइबर क्राइम डिपार्टमेन्टबाट हो' भन्दै फोन गरी विवरण माग्नेहरूसँग सतर्क रहन साइबर ब्युरोले आग्रह गरेको छ।, मंगलबार ब्युरोले एक सूचना जारी गर्दै यस्ता फोनहरूबाट जोगिन आग्रह गरेको हो।, विभिन्न व्यक्तिहरूलाई अननोन, प्राइभेट, कुनै पनि नम्बर नदेखाउने वा फेसबुकको मेसेन्जरमार्फत् कल गरी 'म साइबर क्राइम ...
सेतोपाटी पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ।, दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ। प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ।, बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको ...
रासस हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्।, विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता...
एजेन्सी अफगानिस्तान र इरानको सीमा क्षेत्रमा शनिबार एउटा इन्धन ट्यांकरमा बिस्फोट हुँदा विशाल आगलागी भएको छ।, दुबै देशका अधिकारीहरूका अनुसार हेरात प्रान्तको इस्लाम क्वाला क्षेत्रमा भएको बिस्फोट र आगलागीमा परी ६० जना मानिस घाइते भएका छन्  इन्धन र ग्यास बोकेका पाँच सय बढी ट्रक  जलेका छन्।, स्थानीय समयअनुसार शनिबार दिउँसो ...
सेतोपाटी संवाददाता सरकारले सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई आइतबारदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिइनेछ।, यस्तै पत्रकार, स्...
भगवती पाण्डे रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिरा केसी नगरपालिकाको काम सकेर थोरै फुर्सद मिल्यो कि कृषि फार्ममा पुगिहाल्छन्। फराकिलो खेतका ड्याङमाथि फलेका राता फल हेरेर उनी आनन्दित हुन्छन्।, खेतमा साना-साना बोटमा स्ट्रबेरीका राता र हरिया फल फलिरहेका छन् भने कतै खेत सम्याउने र तरकारी लगाउने काम भइरहेको छ।, किसान पर...
सेतोपाटी संवाददाता बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्।, बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ...
सविता बुढा सुदूरपश्चिममा पछिल्लो डेढ वर्षमा जबरजस्ती करणीसम्बन्धी ४ सय ३६ घटना भएको प्रहरीको तथ्यांक छ। तीमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको छ।, ती सबै घटनामा संलग्नमध्ये ४ सय ४८ जनालाई पक्राउ गरिए पनि ७० जना अझै फरार छन्।, यस प्रदेशमा पछिल्लो सात महिनामा मात्र एक सय २१ जनामाथि बलात्कार भएको प्रहरीको तथ्यांक छ।, सा...
जमुना वर्षा शर्मा पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ। यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ। पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यहीँ समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ।,...
किरण पौड्याल प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी। यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन्। आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण भने कैयौँ सम्भावना भए पनि यो क्षेत्र छायाँमा परेको महसुस भएको छ।  , सरकारले १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरी प्रवद्र्धन गर...
सेतोपाटी संवाददाता दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षौंदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ ।, पनौतीमा रहेको ऐतिहासिक तथा ध...
एजेन्सी जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ। स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। , स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् । , शुरुमा यो भूकम्प ७.१ म्...
सेतोपाटी संवाददाता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ।, मृत्यु हुने दुबै जना बेलायतका हुन्।  गैरआवासीय नेपाली संघका अनुसार यो सँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ । , गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक स...
सेतोपाटी संवाददाता नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ।, पछिल्लो २४ घण्टामा १३१ जना निको भएर फर्किएका छन्। य...
नारायण खड्का केही दिनअघि दाङको लमही नगरपालिका-९ तेलियाकी शर्मिला कुमालले आमासँग पैसा मागिन्। राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाकामा १० कक्षामा पढ्ने शर्मिलाले आमासँग जरूरी काम परेको भनेर पैसा मागेकी थिइन्। , उनको कुनै जरूरी काम परेको थिएन बरू विद्यालयमा शिक्षकले पिटेको चोटको पिडा सहन नसकेपछि बहाना बनाए...
एजेन्सी अमेरिकामा एक कुकुर ५० लाख अमेरिकी डलरको मालिक भएको छ।, लुलु नाम दिइएको कुकुरका मालिकको मृत्युपछि उनले आफ्नो सम्पत्ति कुकुरलाई छोडेर गएका हुन्। टेनिसीको नासभिलका व्यापारी बिल डोरिसको ८४ वर्षको उमेरमा गत नोभेम्बरमा मृत्यु भएको थियो।, 'मेरो मृत्युपछि ५० लाख डलर ट्रस्टमा जानेछ जसबाट लुलुको हेरचाह गरिनेछ। यो ट्रस्ट...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ भिराडिलबाट एक युवकले बल्खु खोलामा हाम फालेका छन्।, आइतबार दिउँसो पौने ४ बजे कीर्तिपुर-नैकाप जोडिने झुलुङ्गे पुलमुनि रहेको भिराडिल पार्कबाट एक युवकले हाम फालेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।, परिसरका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार २२ वर्ष...
प्रशन्न पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ।, शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ।, कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ।, यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम...
सेतोपाटी संवाददाता भक्तपुरको सुर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरकी एक महिलाको मृत्यु भएको छ।, आइतबार साढे १२ बजे वासिङ सेन्टरमा काम गर्ने दोलखा भिमेश्वर नगरपालिका-९ लाकुरीडाँडाकी ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो।, महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गि...
युनिक श्रेष्ठ बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, बस्नेतलाई पक्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।, 'आज प्रहरीले जाहेरी दर्ता गरेको छ। हा...
रासस झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन्। मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए। अरू जग्गा सहुलियत मूल्यम...
रासस विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ।, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने ...
एजेन्सी भारतको महाराष्ट्रमा ट्रकले पल्टिँदा १६ जना मजदुरको मृत्यु भएको छ। जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका  मजदुर रहेको बताइएको छ।, मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए।  , किनगाउँको मन्दिरनजिकै  आइतबार मध्यरातमा ट्रक पल्टिएको हो।, दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहर...
युवराज श्रेष्ठ फेवातालको सीमांकन निर्धारण समितिले तीन महिना लगाएर बनाएको प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। , फेवातालको क्षेत्रफल कति भन्नेबारे यसअघि विभिन्न अध्ययन भए पनि सरकारले सीमा तोकेको थिएन। , उक्त समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपछि पहिलो पटक फेवातालको सीमा निर्धारण ह...
सेतोपाटी संवाददाता सरकारले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ।, स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाइने जानकारी दिए।, साथै जिल्लास्थित सबै सेवा प्रदायक सरकारी कार्यालयका ...
सेतोपाटी संवाददाता प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, पर्सा विरगन्ज महानगरपालिका-२५ सिर्सियामा बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार राति विशेष सूचनाको आधारमा खटिएको टोलीले भारतबाट मोटरसाइकलमा आउँदै गरेका साहलाई प्रहरीले रोकेको थियो।, प्रहरीले उनलाई चेक गर...
सेतोपाटी संवाददाता धनुषामा पैसा लिएर जबरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका छन्। , धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीकी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवलाई आफ्नै कोठामा बोलाई पटक पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।, ...
सेतोपाटी संवाददाता बैतडीमा एक जना स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी* मृत फेला परेका छन्।, सिगास गाउँपालिका–८ शिवलिंग स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षीय रामसिंह ऐर शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ।, माघ २७ गते कार्यालयबाट  फर्केका ऐर घरमा नपुगेपछि खोजी गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना ...
सेतोपाटी संवाददाता सेयर लगानीसम्बन्धी विवादमा धनुषामा आफ्नै सालोले भिनाजुको हत्या गरेको खुलेको छ।, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मीको गत माघ १३ गते हत्या भएको थियो।, रेग्मी उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ७ का हुन्।, रेग्मीको हत्या भएपछि क्...
सेतोपाटी संवाददाता कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो।  , उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्र...
सेतोपाटी संवाददाता अछाममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा मेल्लख गाउँपालिका ३ दर्वाका २५ वर्षीय खेम बुढा छन्।, उनको काशीगाड खोलामा माछा मार्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।  , माछा मार्नका लागि बिजुलीको तार बिछ्याएका सोही ठाउँका धिरेन्द्र शाहलाई पक्राउ गरी आवश्...
एजेन्सी भारतको तमिलनाडुको शिवाकासीस्थित पटाका कारखानामा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३६ जना गम्भीर घाइते भएका छन्।, भारतीय ,मिडिया,का अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्नेछ।, गम्भीर घाइतेमध्ये २८ जनालाई सतुर सरकारी अस्पतालमा भर्ना गरिएको छ। जसमध्ये ४ जनाको ९० प्रतिशत शरीर जलेको छ।, 'एक जनाको उपचारक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा प्रेमिकाले उजुरी दिएपछि एक युवक पक्राउ परेका छन्।, भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सरोज रोकायालाई उनकै प्रेमिकाले दिएको ठाडो उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो।  , लेनदेनमा विवाद भएपछि प्रेमिकाले प्रहरीमा उजुरी दिएकी थिइन्।, विवाद ...
सेतोपाटी संवाददाता दाङमा १७ लाख बराबरका सुनचाँदीका गरगहनासहित दुई व्यक्ति पक्राउ परेका छन्। , पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टा घर भई घोराही उपमहानगरपालिका वडा नं. १५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ वर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई डाँगीसँगै बस्ने ३५...
एजेन्सी भारतको राजधानी नयाँ दिल्ली आसपासमा  शुक्रबार राति भूकम्प गएको छ।, भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।, केन्द्र...
सेतोपाटी संवाददाता गोंगबुमा बरखी बारेका व्यक्ति र दुई जना ट्राफिक प्रहरीबीच हेल्मेट नलगाएको विषयमा झगडा भएको छ। , शुक्रबार साँझ काठमाडौंको गोंगबु बसपार्कमा ३० वर्षीय आसिफ देउला र दुई जना ट्राफिक प्रहरीबीच झगडा भएको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। , बुढानिलकण्ठ नगरपालिका-३ बस्ने देउलाले बरख...
सेतोपाटी संवाददाता सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा शुक्रबार प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।, प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०...
डाक्टर निसिता पाठक, मानसिक रोग विशेषज्ञ पागलपन, बहुलापन भनेको एक प्रकारको मानसिक रोग हो। हामी यसलाई कडा खालको मानसिक रोग पनि भन्छौं।, पागलपन भएको व्यक्तिलाई आफू बिरामी भएको अनुभव हुँदैन। उसलाई अरूले पिछा गरेको, शरीरमा ट्रान्समिटर राखेर नियन्त्रण गर्न खोजेकोजस्तो हुन्छ। सबैले मेराबारे सार्वजनिक रूपमा कुरा गरेका छन् भन्...
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको प्रभाव रहेको हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।  देशका अन्य  पहाडी भू–भागहरुमा आ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ।, साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो।, बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार श...
राजु अधिकारी २५ वर्षका लक्का जवान युवक बेडमा छटपटाइरहेका छन्। उनलाई र परिवारलाई थाहा छ, अब उपचार सम्भव छैन। बिरामीसँग जीवनको मोह यति उच्च थियो कि, रोइकराइ गरेर हरदम चिकित्सक गुहारिरहन्थे। आफू बाँच्न चाहेको कुरा सुनाइरहन्थे।, मृत्युलाई कुरेर बसेका ती बिरामी र उनका परिवारजनको आँखामा छचल्किएको आँशु र भावविह्वल स्वजन देख्...
सेतोपाटी संवाददाता अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने ४० वर्षमुनिका महिलाका लागि कार्यविधि संशोधन प्रस्ताव गरेकाविरूद्ध प्रदर्शन भएको छ। बिहिबार अध्यागमन विभागअघि प्रदर्शनकारीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।, प्रदर्शन क्रममा महिलाहरूले विभागका सूचना अधिकारी टेकनारायण पौडेललाई आफूहरूका पासपोर्ट दिँ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।, शुक्रबार साँझ पुनरवास नगरपालिका वडा नम्बर ११ अमरबस्तीको हुलाकी सडकमा मोटरसाइकलले ठक्कर दिँदा धनगढी उप-महानगरपालिका १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हाे।, उनलाई धनगढी वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म२प ६४८९ नम्ब...
सेतोपाटी संवाददाता उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन्।, घरको माथिल्लो तलाको को...
सेतोपाटी पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि चार वटा पालिकाका पर्यटकीय क्षेत्र छनोटमा परेका छन्। , बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिका पर्यटकीय क्षेत्र भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका हुन्।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाध...
सेतोपाटी संवाददाता नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।, पछिल्लो २४ घण्टामा १३३ जना निको भएर फर्किएका छन्। योस...
सेतोपाटी संवाददाता धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उप...
युवराज श्रेष्ठ सन्दर्भ जनयुद्ध दिवस:, माओवादी पृष्ठभूमिका नेकपा नेता-कार्यकर्ताले फागुन १ लाई विशेष रूपमा लिन्छन्।, २०५२ सालमा यही दिन उनीहरूले ‘दीर्घकालीन जनयुद्ध’को बाटो लिएका थिए।, त्यो ‘जनयुद्ध’ नेपालको राजनीतिक इतिहासमा सबभन्दा ठूलो रक्तपातपूर्ण घटनामा दर्ज भएको छ।, दश वर्ष लामो यो युद्धले १७ हजार ७८१ जनाको ज्यान...
सविता बुढा धनगढी उपमहानगरपालिका वडा नम्बर-९ गौरीकटानमा ३ सय घरधुरी जति दलित समुदायको बसोबास छ।, यहाँका बासिन्दाको मुख्य पेसा भारतमा गएर मजदुरी गर्नु हो। घरका छोरा मान्छेहरू हरेक वर्ष भारत विभिन्न सहरमा गएर मजदुरी गर्छन् त्यसैको कमाइले घर चलाउँछन्। , गौरीकटानमात्र होइन कर्णाली र सुदूरपश्चिमका गरिबीमा बाँचिरहेका अधिकांश...
सेतोपाटी तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ। , बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । , अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए।, उनका अनुसार विषादी प्रयोग भएको आहार...
सेतोपाटी संवाददाता डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्।, बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।, उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा...
सेतोपाटी संवाददाता सिकार खेल्न गएका सहोदर दाजुभाइमध्ये भाइले चलाएको गोली लागेर दाजुको मृत्यु भएको छ। , जिल्लाको गढवा गाउँपालिका वडा नं.२ चिमचिमे तिलतिले डाँडाका २७ वर्षीय भाइ सूर्यबहादुर राना थापा मगरको गोली प्रहारबाट ३९ वर्षीय दाजु इन्द्रबहादुर थापा मगरको मृत्यु भएको छ। , जिल्ला प्रहरी प्रवक्ता मुकुन्द्रप्रसाद रिजालक...
नारायण खड्का मध्यरातमा अटो चालकलाई खुकुरी देखाएर कुटपिट र लुटपाट गर्ने चार जनालाई प्रहरीले करिब एक महिनापछि पक्राउ गरेको छ।, गत पुस ११ गते राति पौने १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क तर्फ आउँदै गर्दा तेजबहादुर नेपालीलाई चार जनाले खुकुरी देखाई बन्धक बनाएर लुटपाट र कुटपिट गरेका थिए। , इलाका प्रहरी कार्...
निशा भण्डारी अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेकोविरूद्ध प्रदर्शन भएको छ।, बिहीबार अध्यागमन विभागअघि प्रदर्शनकारीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरूले , यसअघि विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव ...
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसको परीक्षणको शुल्क घटाएको छ। , बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै परीक्षणको दर एक हजार गरेको जानकारी दिएको हो। , बुधबार आइसिएसका पदाधिकारीहरूसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी बसेको बैठकले परीक्षण शुल्क समायोजन गरेको हो। , ‘अब उपरान्त सर...
सेतोपाटी संवाददाता अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाएको छ। ४० वर्षभन्दा कम उमेरका महिलाले विदेश भ्रमणमा जान परिवार र वडाको सिफारिस आवश्यक पर्ने गरी विभागले तयार पारेको कार्यविधि संशोधन प्रस्ताव गृह मन्त्रालय पुगेको छ।, अध्यागमन कार्यविधि २०६५ को ...
सेतोपाटी संवाददाता नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ।, पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। यो...
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्। , गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खवाङका २९ वर्षीय जगत बहादुर रानालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेका अनुसार रानामाथि मदाने गाउँपाल...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन्।, बिहीबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन्। , भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...
सेतोपाटी संवाददाता घरायसी विवादमा सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।, मोरङको जहदा गाउँपालिका-१ की ५५ वर्षीया जोखनीदेवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ वर्षीय प्रेमलाल मण्डल पक्राउ परेका हुन्।, मण्डलले बुधबार बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी वादविवा...
खिलानाथ ढकाल सात वटै प्रदेशका प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउन थालिएको छ।, मन्त्रीहरूलाई बडिगार्ड तथा अगुवा-पछुवा गाडीमा दिँदै आएको सुरक्षाबाट सशस्त्र प्रहरी हटाउन थालिएको हो।, यसक्रममा बिहीबार २ नम्बर प्रदेश सुरक्षा समितिको बैठक बसेको छ। बैठकमा मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्...
सेतोपाटी संवाददाता सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।, उनीहरूलाई स्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित कोठी बनबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।, स्रोत नखुलेको रकमसहित नि...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन्।, सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारेकी छन्।, ‘यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्...
रासस तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ।, आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ।, प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व म...
रासस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन्।, नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐ...
सेतोपाटी संवाददाता उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत विभिन्न सरकारी विद्यालयमा पढिरहेका विद्यार्थीलाई सम्भव नेपालले न्यानो कपडा उपलब्ध गराएको छ।, सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले दिएको जानकारीअनुसार एक हजार चार सय १२ जना विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराइएको छ।, बिहीबार सिर्द...
सेतोपाटी संवाददाता नेपाल विद्यार्थी संघले बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ।, नेविसंघ कान्तिपुर सिटी कलेजले बिहीबार भट्टको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेको थियो। साथै नेविसंघले भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई छिटो पहिचान गरी कानुनअनुसार कारवाही गर्...
कृष्ण दवाडी राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत कास्की जिल्लाको पूर्वी खण्डको निर्माण अघि बढेको छ। , लामो समय राजमार्गको एलाइनमेन्ट (रेखांकन) विवादका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो खण्ड निर्माणका लागि हालै निर्माण कम्पनी छनोट गरी ठेक्का सम्झौता भएको हो। , आगामी दुई वर्षभित्र...
सेतोपाटी ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्दार गरिएको छ। , राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकप्टरमार्फत् ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट शनिबार उद्दार गरेर विराटनगर लगिएको हो। , लिम्बूको अत्यधिक रक्तश्राव भए...
एजेन्सी अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान एउटा अचम्मको सडक दुर्घटना भएको छ। बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन्।, दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए।, बरफका कारण सडक चिप्लो भएका क...
सेतोपाटी संवाददाता पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। , बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको हो। झडपमा परी सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन्। , घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का...
सेतोपाटी संवाददाता सर्लाहीमा नालामा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।, पर्सा गाउँपालिका-५ बस्ने ब्रह्मदेव साहका तीन वर्षीय छोरा हिमांसु साहको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार हिमांसु बुधबार दिउँसोदेखि हराइरहेका थिए।, दिउँसो करिब साढे ४ बजे खेल्नेक्रममा हिम...
एजेन्सी भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्...
नारायण खड्का दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका २८ वर्षीय बुद्धिराम चौधरी गएराति साढे दश बजेतिर शंकर सामुदायिक वनबाट १२ फिटको काठ लिएर आउँदै थिए। , सोही वडाको कोलहुवा निवासी वनपाले ५० वर्षीय बुद्धिराम विक र ४९ वर्षीय पूर्णबहादुर जिसीले चौधरीलाई रोक्न खोजे। , त्यसपछि चौधरी र विकका बीचमा समातासमात र धकेलाधकेल भयो...
एजेन्सी  रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ । कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ । , घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक ...
एजेन्सी बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ । तथ्याङ्क अनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् ।, विगत २४ घण्टामा बङ्लादेशमा सङ्क्रमण पुष्टि भएका व्यक...
सेतोपाटी संवाददाता थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ ।     , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालस...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बुधबार देशैभरिको मौसम बदली हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसारमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ भने  उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ।, 'पश्चिमी वायुको प्रभाव दिनभरि रहन्छ। काठमाडौंको हकमा आज साँझबाट बादल हटेर जान्छ,’ म...
रासस कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्।, नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पन...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ।, बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।, दरखास्त अनलाइनबाट पनि भर्न सकिन्छ।, आयोगले सब-ईञ्जिन...
सेतोपाटी संवाददाता एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ।, माघ ३० गते शुक्रबार मार्सपास हुन लागेको हो।, वृहत नागरिक आन्दोलनका तर्फबाट मंगलबार जारी भएको अपिलमा एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख ...
सञ्चिता घिमिरे/सुभानु आचार्य विस्तार सुरू भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन। पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत छ।, सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो। , लामो समयसम्म चौडाइ विवादकै कारण ...
एजेन्सी युरोपकै सबैभन्दा बढी उमेरकी महिलाले कोरोनालाई जितेकी छन्। , फ्रान्सकी ११७ वर्षीया लुसाइल र्‍यान्डनलाई जनवरी १६मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। सन् १९४४मा सिस्टर एन्ड्रेको नाम लिएकी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको थिएन।, उनले स्थानीय मिडियालाई आफूमा संक्रमण भएजस्तो पनि महशुस नभएको बताएकी थिइन्।...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपालको प्रदर्शनका कारण कार्यालय समयदेखि नै ट्राफिक व्यवस्थापन असहज बनेको छ।, प्रचण्ड-नेपाल समूहले आज बिहान ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन्। र, सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ।, ती सबै स्थानका जुलुसहरूलाई केन्द्रीय नेताहरूले...
दिपकजंग शाही दुई वर्षअघि कर्णाली प्रदेश अस्पतालमा कार्यरत केही चिकित्सकहरु कालिकोटको पचालझरना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्न गए। पचालझरना गाउँपालिका-४ जार्कोट भन्ने ठाउँमा शिविर आयोजना गरिएको थियो।, कर्णाली राजमार्गको बीचमै गाडीको यात्रा छोडेर चार घन्टा उकालो हिँडेपछि शिविर सञ्चालन गरिने गाउँ पुगिन्थ्यो। चि...
युवराज श्रेष्ठ पोखराको सडकमा सोमबार उल्लास थियो। उत्तरतर्फ सेता दन्तलहर खुलेर हाँसेका थिए। गत साता परेको हिउँ पग्ली सकेको थिएन। वर्षाले पखालेर आकाश निलो बनेको थियो। काठमाडौंबाट उडेको जहाज हिमालको बाटो भएर पोखरा ओर्लियो। पोखरा विमानस्थलमा जहाज चढेर आएका यात्रुको स्वागतमा पोखरेली उद्यमी, व्यवसायीदेखि स्थानीय आरोही उत्रि...