content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता राजधानीको चन्द्रागिरिमा हिउँ परेको छ।, पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानमा हिउँ परेकाे हो। , यो वर्षमा पहिलो पटक चन्द्रागिरिमा हिउँ परेको हो।, चन्द्रागिरि डाँडामा हिउँ परेपछि बालबालिकादेखि युवायुवतीहरू हिउँको मज्जा लिन चन्द्रागिरि पुगेका ...
सेतोपाटी संवाददाता दाङका दुई कारागारका कैदीबन्दीका लागि २० थान कम्प्युटर प्रदान गरिएको छ।, तुलसीपुर कारागारमा १० र घोराही कारागारमा १० गरी २० वटा कम्प्युटर प्रदान गरिएको हो। दुबै कारागारहरूमा प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण पनि प्रदान गरिएको छ।, गूड वील कम्युनिटी फाउन्डेसन रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ तुलस...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बागबजारमा रहेको बुद्ध बिहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ। , २०७६ साल साउन ३२ गते १ करोड रुपैयाँ अनुदान दिएको थियो। , शनिबार बिहारको सभाकक्षमा आयोजना गरिएको समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका, अध्यक्ष भिक्षु कौण्डन्...
सेतोपाटी संवाददाता चरेस र चरेस पेल्ने मेसिनसहित पर्साबाट एक जना पक्राउ परेका छन्।, शनिबार पर्सा बहुदरमाई नगरपालिका-७ विश्रामपुरका ६० वर्षीय मुसलिम देवानलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो।, उनको घरबाट ९ किलो २० ग्राम चरेस, चरेस बनाउने लासा ९२० ग्राम र चरेस पेल्ने तीन थान मेसिन बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी...
सविता बुढा बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन्।, पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोल...
सेतोपाटी संवाददाता मकवानपुरको सिमभञ्ज्याङमा  शनिबार  बेलुका यात्रुबाहक सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अरू चार जना घाइते भएका छन्।, घाइतेलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेटौंडा पठाएका छन्। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन।, काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा १ ज ४१३८ नम्बरको सुमो बेलुकी आठ बजेतिर...
सेतोपाटी संवाददाता युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले लेवनानका स्थानीय समुदायलाई कोभिड-१९ महामारी नियन्‍त्रणमा सहयोग गरेको छ। , मेडिकल आपतकालसमेत घोषणा गरिएको उक्त क्षेत्रमा मिशनको जिम्मेवारी सम्हालिरहेको नेपाली सेनाको बर्द बहादुर गण (नेपब्याट-६२) ले आफ्नो क्षेत्रमा “कोभिड किट सहयोग” अ...
विनोदसिंह विष्ट दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो । , चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको...
सेतोपाटी संवाददाता शनिबार पानी परेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ।, शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ।, आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको हो। काठमाडौंका केही ...
रासस/सिन्ह्वा संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइए...
सेतोपाटी संवाददाता ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।, बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो। उनी दार्चुला लेकम गाउँपालिका-३ का हुन्।, सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ...
सेतोपाटी संवाददाता गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँमा बाक्लो हिउँ परेको छ।, एनआरएनएले बनाइदिएका घर हिमपातपछि सेत्ताम्मे देखिएका छन्। , गुप्सीपाखा दुई हजार सात सय मिटर उचाइमा छ। शुक्रबार र शनिबार यहाँ हिमपात भएको थियो।, ०७२ को भूकम्पपछि लाप्राकीलाई एनआरएनएले यहाँ दुई कोठाका घर बनाइदिएको छ। तर लाप्राकीहरू पुरानो गाउ...
सेतोपाटी संवाददाता घुर बालेर आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ।, सप्तरी सुरूङ्गा नगरपालिका-२ की ७५ वर्षीया कमलीदेवी पासवानको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति साढे ८ बजे आगो ताप्ने क्रममा उनले लगाएको सारीमा आगो सल्केको थियो। उनको कम्मरमुनि दुबै खु...
सेतोपाटी संवाददाता कारले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिहीबार राति मध्याह्न १२ बजे पूर्व-पश्चिम राजमार्गमा बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको शम्भुनाथ नगरपालिका-६ मा मोटरसाइकललाई ठक्कर दिएको हो।, ठक्करबाट सप्तरी कृष्णसावरन गाउँपालिका-१ का ६५ वर्षीय बहुरी चौधरीको मृत्यु भएको...
रासस मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक-२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका-९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए।, रानाका अनुसार आज बिहान ६:१५ बजे...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका पहाडी जिल्लामा सामान्य वर्षासँगै हिमपात भएको छ। बिहीबार रातिदेखि बझाङ, बैतडी, बाजुरा, अछाम, डोटीलगायतका जिल्लामा हिमपात भइरहेको हो।, हिमपात शुुरूभएपछि त्यहाँको जनजीवन कष्ठकर बनेको सो क्षेत्रका स्थानीयहरुले बताएका छन्।, हिमपातका कारण कामकाजमा खटिनेलाई गन्त्वयसम्म पुग्न असहज भइरहेको बझाङ...
रासस सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगंगा गाउँपालिका- ५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ।, रघुगंगा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हुँदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो।, रघु...
युवराज श्रेष्ठ पोखरामा गत वर्षको नोभेम्बरमा फाटफुट वर्षा भयो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार त्यसयता वर्षा भएको थिएन। वर्षात नहुँदा पोखराका आकाश राम्ररी खुल्न पाएन। हिउँ पग्लिएको कालो हिमाल धुमिल देखिन्थ्यो। शुक्रबार विहानैदेखि छिटपुट वर्षा भएसँगै आकाश राम्ररी खुल्ने जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक लगाइएको छ। , शुक्रबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएको छ। त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ,...
रासस कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि संकायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ।, उनको शुक्रबार बिहान पौने तीन बजे चितवन मेडिकल कलेजमा निधन भएको हो।, ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका ओझाको उपचारका क्रममा निधन भएको हो। अस्पताल भर्ना भएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सं...
राजेश घिमिरे चिउरीको महको माग बजारमा विशेष छ। मौरीले तोरी, फापर, रुदिलोबाट भन्दा चिउरीको रसबाट तयार पारेको महको मूल्य पनि बढी पर्छ।, त्यसैले, मौरी पाल्नेहरूलाई यसको फूल फुल्ने मौसमको चासो र खोजी बढी नै रहन्छ।, चितवनका चेपाङ गाउँहरूमा चिउरीको विशेष महत्व छ। चेपाङ समुदायले छोरीको बिहेमा चिउरीको बोट दाइजो दिने पुरानो चलन...
सेतोपाटी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ। , सभाको हिजो बसेको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ।  , आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्न...
सेतोपाटी संवाददाता नेपाली सेनाको उपसेनानी भन्दै पोशाक र दर्ज्यानी चिह्न लगाएरै ठगी गरेको आरोपमा प्रहरीले इटहरीबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा २८ वर्षीय शिवकुमार कार्की रहेका छन्। उनी पर्सा जिल्ला ठोरी गाउँपालिका-५ का हुन्।, उनलाई नेपाली सेनाको पोशाकमै प्रहरीले पक्राउ गरेको हो। सेनाको पोशाकमा नेमप्लेट भने...
सेतोपाटी संवाददाता प्युठानमा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दश जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लले दुर्घटनामा परी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको सेतोपाटीलाई बत...
सेतोपाटी संवाददाता दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्। , जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। , उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। , पक्राउ प...
रासस पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ। उच्च हिमाली भूभागमा हिमपात भएको छ।, आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम व...
रासस हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ।, बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो।, जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्के...
रासस जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षाकर्मीलाई खोप लगाइएको हो।, कारागारमा सुरक्षाकर्मी र कैदीबन्द...
सेतोपाटी संवाददाता दाइको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-३ मथौलीका ४६ वर्षीय चेतबहादुर बमजनको हत्या गरेको आरोपमा उनका ४० वर्षीय भाइ मानबहादुर बमजनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्रहरीले मानबहादुरलाई बिहीबार पक्राउ गरेको हो।, मानबहादुरले ...
सेतोपाटी संवाददाता नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ।, पछिल्लो २४ घण्टामा २७२ जना निको भएर फर्किएका छन्। योसहित कोरो...
सेतोपाटी संवाददाता बैतडीमा मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।, स्थानीयले मृतक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै गाउँपालिकाको खोचलेक बजारमा प्रदर्शन गरिरहेका छन्।, बिहीबार साँझ दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट स...
सेतोपाटी संवाददाता कैलालीमा एक जना वृद्ध मृत फेला परेका छन्। , गौरीगंगा नगरपालिका–२ मा ७० वर्षीय रंगे आउजी बिहीबार सोही ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ। , आउजी छिमेकी लालगिरी साउदको घरको कच्ची गोठको आँगनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, उनको शव प...
सेतोपाटी संवाददाता बारामा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दुई नम्बर पुलनजिकै तीन वटा मोटरसाइकल आपसमा ठोक्किएको हो। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो छ भने चार जना घाइते भएका छन्।, पथलैयाबाट हेटौंडा जाँदै गरेको प्रदेश २–०३–००१ प १४३८ नम्बरको मोटरसाइकल अनियन...
सेतोपाटी संवाददाता गाडीले ठक्कर दिँदा गोरखामा एक जना महिलाको मृत्यु भएको छ।, गोरखा नगरपालिका वडा नम्बर ८ मा शुक्रबार भएको दुर्घटनामा करिब ६० वर्षिया निरमाया थापाको मृत्यु भएको हो।, उनी गोरखा नगरपालिका वडा नम्बर ८ की हुन्। , बाटोमा हिँडिराखेकी थापालाई ग १ ज ७४४६ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाले...
सेतोपाटी बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरूद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो। , माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो संख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी...
सेतोपाटी संवाददाता नापी कर्यालय सप्तरीका निमित्त प्रमुख र एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्। , जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ४ मा रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार घुससहित पक्राउ परेको अख्यिार दुरूपयोग अनुसन्धान आयोगको...
कमल खत्री बेनीको रघुगङ्गा गाउँपालिका–७ गौडामुनिका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जीप चढेर आए। पहिलो पटक घरदेखि सदरमुकामसम्मको सवारी गर्न पाउँदा ७६ वर्षका विकमा खुशी छायो। सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्र्याक निर्माणले करीब तीन व...
सेतोपाटी संवाददाता झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।  , जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख र...
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । , जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो ...
सेतोपाटी संवाददाता प्रहरीले नेकपा प्रचण्ड- नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई लक्षित गरी आकस्मिक सुरक्षा योजना बनाएको छ।, सबै जिल्ला प्रहरी कार्यालय, राजधानी उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन्।, सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहेको छ। बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स...
सेतोपाटी संवाददाता विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण भइरहेको छ ।, पुरातात्विक महत्वको आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिमचरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले ,रासस,लाई जानकारी दिए। भागवतानन...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।, बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा आएका एक पुरूषबाट सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।, पक्राउ पर्नमा चितवनका हिरेन्द्र महतो छन्।, उनीमाथि शंका लागेपछि प्रहर...
सेतोपाटी संवाददाता नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ।, पछिल्लो २४ घण्टामा २०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोना...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ४ झुलनीपुलस्थित हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनामा मायादेवी ४ बनकसिया बस्ने २० वर्षीय रविकुमार तिवारीको मृत्यु भएको हो।, भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ न.को टिपरले लुम्बिनीबाट...
सेतोपाटी संवाददाता सुनसरीबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।, प्रहरीले इनरूवा नगरपालिका-२ बलाहा नहरबाट दुई सय ५० किलो गाँजासहित दुई जनालाई बुधबार पक्राउ गरेको हो।, प्रहरीले भोजपुर हतुवागडी गाउँपालिका-९ का २७ वर्षीय अर्जुन खड्का र धरानका २६ वर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार...
सेतोपाटी संवाददाता मकवानपुरमा १८ बिगाहा १० कठ्ठा लगाइएको लागुओषध अफिम तथा गाँजा खेती नष्ट गरिएको छ।, बुधबार राक्सिराङ गाउँपालिका-४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका १८ बिगाहाका अफिम र गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ।, मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गणबाट ४५ जनाको सं...
सेतोपाटी संवाददाता पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण थाना रामगढवाका ३६ वर्षीय असरफ मियाँ छन्।, मंगलबार साँझ उनले आफ्नै श्रीमती बारा जितपुर सिमरा घर भएकी युनिका थापाको हत्या गरेको पर्सा प्रहरीले जनाएको छ।, उनीहरू दुबै जना लागुऔषध दुर्व्यसन...
नारायण खड्का हेल्मेट माग्न जाँदा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका कर्मचारीको हत्या भएको तथ्य खुलेको छ।, नेपालगञ्ज उपमहानरपालिका-१८ का २७ वर्षीय प्रवीण थापामगरलाई हेल्मेट माग्न जाँदा हत्या गरिएको प्रहरीले बताएको छ। उनी विभागमा सहायक सूचक पदमा कार्यरत थिए।, थापामगरमाथि चिर्पट हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय ब...
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्। , बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेत...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० बोशीगाउँस्थित कपास उद्योगमा भीषण आगलागी भएको छ। बुधबार राति करिब १० बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुका असई रोसन पोखरेलले जानकारी दिए।, काभ्रेको बनेपा घर भई सो ठाउँमा बस्दै आएका नवीन श्रेष्ठको सत्य-साई कपास उद्योगमा आगलागी भएको हो। उद्योगको मेसिनमा जड...
सेतोपाटी संवाददाता आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्। , बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र  गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी)...
सेतोपाटी संवाददाता प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले कोटेश्वर-जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ।, कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो।, ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ। प्रहरीले सर्वसा...
युवराज श्रेष्ठ नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।, ‘...
सेतोपाटी संवाददाता प्रहरीले मोरङ उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद गरेको छ।, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो।, बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी ...
सेतोपाटी संवाददाता नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुलेको छ।, यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो।, सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।, खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महि...
रासस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन्।, जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्।, बन्दकर्ताले ना३ख ३९३, ना१क ...
सेतोपाटी संवाददाता नेकपा (प्रचण्ड–माधव) समूहले आह्वान गरेको आमहड्तालको झापामा यातायात र शैक्षिक संस्थामा प्रभाव परेको छ। यातायातका साधन फाट्टफुट्ट सञ्चालनमा आए पनि शैक्षिक संस्था भने अधिकांश ठप्प छन्। , पूर्व पश्चिम राजमार्गले छोएका संस्थागत विद्यालय भने बिहानैदेखि ठप्प छन्।, सरकारी कार्यालय खुले पनि सेवाग्राही भने छै...
सेतोपाटी संवाददाता मोरङ उर्लाबारीलाई आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न सुसन लिम्बू पक्राउ परेका छन्।, अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार अभियुक्त लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका-५ का ३४ वर...
सेतोपाटी संवाददाता कोभ्याक्स कार्यक्रम अन्तर्गत साढे २२ लाख कोरोना भाइरसविरूद्धको खोप यही महिनाको अन्तसम्म नेपाल आउनसक्ने देखिएको छ। , कोभ्याक्सले बुधबार जारी गरेको रिपोर्टमा यसमा भएका सदस्य राष्ट्रहरूलाई जनवरीको अन्तसम्म खोप उपलब्ध गराउने भनेको छ। जस अनुसार नेपालले २२ लाख ५६ लाख डोज पाउने भनिएको छ। , विश्व स्वास्थ्य ...
सेतोपाटी संवाददाता दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।, मंगलबार दिउँसो साढे १ बजे दोलखाको बुलुङबाट छुटेको रोलवालिङ यातायातको बा ३ ख २७८९ को बस सिन्धुपालचोकको सुनकोशी गाउँपालिका-६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरे ...
एजेन्सी म्यानमारमा सोमबार सैनिक कू भयो। जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि संसारभरिबाट त्यसको विरोध भइरहेको छ। , यो विरोधसँगै सामाजिक सञ्जालमा भने अहिले एउटा भिडिओ पनि भाइरल भइरहेको छ। उक्त भिडिओमा एक जना युवती एरोबिक डान्सको अभ्यास गरिरहेकी देखिन्छन्। उनको पछाडिको सडकमा सेनाका गाडीको लावालस्कर गइ...
सेतोपाटी संवाददाता नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ।, पछिल्लो २४ घण्टामा २५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोन...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्।, मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन्।, प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूप...
रासस नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ। , यादव र केशरी विगत लामो समयदेखि पत्रकारिता पेशामा आ...
एजेन्सी चिनियाँ अर्बपति तथा अलिबाबा ग्रुपका संस्थापक ज्याक मालाई एउटा सरकारी मिडियाले उद्यमी मान्न इन्कार गरेको छ।, सांघाई सेक्युरिटिज न्युजको पहिलो पृष्ठमा मंगलबार छापिएको लेखमा चीनका चर्चित उद्यमी माको नाम उल्लेख गरिएको छैन। तर हुवावे टेक्नोलोजीका रेन जेङ्गफेइ, साओमी कोर्पोरेसनका लेइ जुन र बिवाइडीका वाङ चुवानफुको ना...
सेतोपाटी संवाददाता  नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्‍चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ। आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्‍चाङ्ग , बाबुराम पञ्‍चाङ्ग , नरनाथ पञ्‍चाङ्ग , हिमाल पञ्‍चाङ्ग , अठोला पञ्‍चाङ्ग , तारकेश्वर पञ्‍चाङ्ग , सूर्य पञ्‍चाङ्ग , आकाश दर्शन पञ्‍चाङ्ग , बगलामुखी पञ्‍चा...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् ।, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदा...
सेतोपाटी संवाददाता एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन्। जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन्।, बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका ...
सेतोपाटी संवाददाता झापामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।, भद्रपुरकी २२ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय ससुरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, महिलाले आफ्नै ससुराले बलात्कार गरेको भन्दै कार्यालयमा उजुरी दिएपछि ससुरालाई ...
सेतोपाटी संवाददाता लुम्बिनीमा रहेका सिमसार क्षेत्रको नामाकरण सिमसार क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूको नाममा गरिएको छ। , मंगलबार विश्व सिमसार दिवसको अवसरमा पारेर बुद्ध जन्मस्थल लुम्बिनीभित्र रहेका सिमसार क्षेत्रका ७ वटा तलाउलाई प्रकृति संरक्षणकर्मीका नाममा नामाकरण गरिएको हो। , ती तलाउको प्रक...
सेतोपाटी संवाददाता झापाको विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्ग पार गर्दै गरेका पैदलयात्रीलाई  ना ६ ख १५२० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको हो।, बसको ठक्करबाट गम्भीर घाइते भएका विर्तामोड नगरपालिका वडा नं ६ का ३२ वर्षीय सागर मिश्रको विर्त...
सेतोपाटी संवाददाता भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ।, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा भन्ने ठाउँमा पहिरो खसेको हो।, ‘बाटो विस्तार गर्दा ठूलो मात्रामा ढुंगा-बालुवा-गिट्टी नदीमा खसेको छ,’ पोखरेलले सेतोपाटीसँग भने।, भारतीय पक्षले त्यहाँ पहरो भत्का...
मोहम्मद सदरुल विरानगर, २० माघ। पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।, त्यस्तै भावी पुस्तालाई सुन्दर पृथ्वी हस...
सेतोपाटी संवाददाता कञ्चनपुरबाट ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन्।, मंगलबार साँझ प्रहरीले बेलौरी नगरपालिका-७ बाट ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको हो।, उनको साथबाट करिब १९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, उनी लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न व्यक्ति रह...
एजेन्सी संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ भने तीन जना घाइते भएका छन्। , समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो। सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो। , फ्ल...
एजेन्सी भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका विद्यालयहरू पूर्ण क्षमतामा पुनः खोल्न सक्षम हुने आशा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।, निजी विद्यालयका प्रिन्सिपलहरू र व्यवस्थापन अधिकारीहरूसँग मङ्गलबार गरेको छलफलमा उनले कोभिड–१९ विरूद्धको खोपहरू लगाउन थालिसकिएको र यसले विद्यालयलाई पूर्ण क्षमता...
एजेन्सी विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहेपनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन् ।, वितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागु औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हा...
सेतोपाटी संवाददाता मनाङको नार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेट गएको भूकम्प ५.३ रेक्टर स्केलको धक्का महशुस भएको हो।, मनाङसहित मुस्ताङका केही क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ।, मनाङमा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का...
रासस साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये  २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ।, भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेका...
रासस विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ। अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए।, पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृत...
चन्द्रकला भण्डारी नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पुर्‍याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ।, यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको थियो। खेतीका लागि उर्वर मानिएको जग्गामध्ये ३५० ...
एजेन्सी चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ।, चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ।, कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल...
सेतोपाटी संवाददाता गत वर्षाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितले आवास पुनर्निर्माणका लागि सरकारबाट पाँच लाखका दरले अनुदान पाउने भएका छन्। गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले हिमाली जिल्लाका बाढी पहिरो पीडितका लागि निजी आवास पुनर्निर्माणक...
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ।, पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।, पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ।, काग...
सेतोपाटी संवाददाता झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्।, मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ।, बा ७९ प ७८८५ नम्बर...
सेतोपाटी संवाददाता विदेशी मुद्राको अवैध कारोबार गर्ने मनी चेन्जरका सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साले विदेशी मुद्राको कारोबार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-९ का गोपालप्रसाद सोनारलाई पक्राउ गरेको हो। , प्रहरीका अनुसार मनोकामना मनी चेन्जरका सञ्चालक सोनारलाई शनिबार साँझ पक्राउ गरिएको हो। उनको त...
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ मजकोटमा पहिलो पटक बस पुगेको छ।, आइतबार मध्यपश्चिम यातायात प्रालिको बस गाउँमा पुगेको हो। पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयले बाजागाजासहित स्वागतत गरेका छन्।, आइतबार बेलुका सवा ४ बजे कर्णाली प्रदेश ००२७ नम्बरको बस चालक यामबहादुर बिसीले गाउँमा पुर्‍याएका हुन्।, चालक तथा सहच...
रासस सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको  छ।, परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरूङ मार्गसमेत निर्माण गरिसकेको छ। परियोजनाले सोमबार सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरूण धिमानले जानकारी द...
रासस पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिए...
सेतोपाटी संवाददाता मानव सेवा आश्रममा बस्नेहरूलाई नेपाल एपिएफ अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ. आइतबार अस्पताल र आश्रमबीच भएको स्वास्थ्य उपचार सम्बन्धी सम्झौताअनुसार आश्रममा बस्नेहरूको निःशुल्क उपचार गरिने भएको हो।, आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा भएको एक कार्यक्रममा निःशुल्क उपचार गर्ने स...
एजेन्सी स्विट्जरल्यान्डमा कुकुरहरूले भुकेर हिमपहिरोमा फसेका आफ्ना दुई मालिकलाई बचाएका छन्।, दक्षिण-पश्चिमी क्षेत्रको एभर्स भ्यालीमा शनिबार दिउँसो ३ बजे हिमपहिरो गएको थियो। हिमपहिरोले उक्त ठाउँको पैदल यात्रा गर्ने ट्रेल  पुरेको थियो।, हिमपहिरोमा परी दुई जना मानिस पुरिएका थिए। उनीहरूसँगै गएका कुकुरहरू भने हिउँमा पुरिएनन...
रासस सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ।, सोमबार बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।, उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ। यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीम...
सेतोपाटी संवाददाता झापामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, सोमबार बिहान पौने १ बजे कचनकबल गाउँपालिका-१ घेराबारी बस्ने गोबर्धन राजबंशीको एक तले घरमा आगलागी भएको हो।, आगलागी हुँदा जलेर घरधनि ५५/६० वर्षीय राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले बताए।, उनको एउटा गाई, ...
सेतोपाटी संवाददाता मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो। नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुटेकी हुन्। अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन्।, ‘गाउँमा चिटिक्कका घर एकै ...
राजेश घिमिरे चितवनको माडी भैरवपुरका विष्णु थापा मगरले वसन्तपुरमा सुविधासम्पन्न सैलुन चलाउन थालेको तीन वर्ष भयो। साढे ४ वर्ष खाडी मुलुकमा काम गरेका विष्णुले ६ महिने तालिम र २ वर्षे जागिरपछि आफ्नो व्यवसाय सुरू गरेका थिए। अहिले उनको कमाइ वैदेशिक रोजगारीमा हुँदाभन्दा बढी छ।, साउदी अरबमा बर्गर किङ्ग्समा क्यासियर र मलेसियाम...
सेतोपाटी संवाददाता धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-२ मा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सोमबार बिहान साढे तीन बजे काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु र एकजना गम्भीर घाइते भएको डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।, 'ट्...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।, प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ।  कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास ...
युवराज श्रेष्ठ कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण पूरा नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।, म्याग्दीको दानादेखि पर्वतको कुश्मा खुर्कोटसम्म बनेको २२० केभी क्षमताको प्रसारण लाइन र सवस्टेसनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन्।, प्रधानमन्त्री ओली, ऊर्जामन्त्री टोपबहादुर रायमाझी ल...
सेतोपाटी संवाददाता सोमबार नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ।, पछिल्लो २४ घण्टामा २६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोन...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा पिकअप भ्यानको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नं १ बस्ने ३० वर्षीय राजकुमार फेवादिन लिम्बूको पिकअप भ्यानमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, वडा नम्बर १ धरमपुर पाराबारीस्थित भित्री सडकमा मे १ ज १५२८ नम्बरको पिक...