content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण महर्जन म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै सोमबार काठमाडौंमा नागरिक समाजले प्रदर्शन गरेको छ। वृहत नागरिक समाजले माइतीघरमा गरेको विरोध प्रदर्शनमा ‘कू’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनीसमेत दिएको छ।, नागरिक आन्दोलनमा लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठ... |
रासस गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीशहर-चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ।, लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान १०ः०० देखि बिहीबार राति १०ः०० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो।, जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त... |
सेतोपाटी सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'अनअराइभल भिसा' दिने भएको छ।, गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार 'अनअराइभल भिसा' खुला गरिएको अध्यागमन विभागले जनाएको छ। , विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका वि... |
सेतोपाटी संवाददाता चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन्।, जिल्ला अदालत मोरङले सोमबार ‘मन्टु’ भनेर चिनिने मिटरब्याजी रौनियारलाई कारागार चलानको आदेश दिएको हो।, स्रेष्तेदार राजकुमार दाहालका अनुसार उनीविरूद्ध ठगी तथ... |
एजेन्सी भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। , हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ। , मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेस... |
निशा भण्डारी नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई सोमबार सडकमा निकालेको छ। राति १० बजेपछि सेनाले चक्रपथ क्षेत्रमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो।, १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो।, यसलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको... |
सञ्चिता घिमिरे राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन। सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ। यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ।, आयोजनाको दातृ निकाय एसियाली विकास बैंकको आग्रहमा ... |
सेतोपाटी संवाददाता बिहीबारदेखि देशभरि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , देशको पश्चिमी क्षेत्रबाट भित्रिएको वर्षा बिहीबार राति या शुक्रबार बिहान देशको मध्य मागमा आइपुग्ने छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ। , देशको तराई क्षेत्रमा हाल लागेको बाक्लो हुस्सु बुधबार दि... |
सेतोपाटी संवाददाता महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्। , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित टोलीले उनलाई गौशाला नगरपालिका-५ निगौल चोकबाट सोमबार साँझ पक्... |
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।, घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा मोट... |
खेमराज गौतम नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन। महिनौं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन्। आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्... |
रासस सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ।, लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त... |
रासस पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आज आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ।, भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो।, ०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनि... |
सेतोपाटी संवाददाता कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।, बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार ... |
सेतोपाटी संवाददाता बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिकलाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।, हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिकको मान्यता पाएका हङकङका ठूलो संख्यामा रहेका नागरिकले आवेदन दिन थालेका छन्।, आइतबार अपराह्नदेखि बेलायती नागरिक (वि... |
सेतोपाटी संवाददाता डोटीको सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन्। दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ। , पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्। विद... |
सेतोपाटी संवाददाता कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ। , गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जी... |
सेतोपाटी संवाददाता भक्तपुरमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।, प्रहरीले भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीया विकास तजलाई पक्राउ गरेको हो।, उनले गत बुधबार दिउँसो ३ बजे सर्लाही घर भई कमलविनायकमा डेरा गरी बस्ने १९ वर्षीया युवतीमाथि बलताकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। , यु... |
सेतोपाटी संवाददाता उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ।, कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन। नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्य... |
सेतोपाटी संवाददाता नेपाली सेनाको बख्तरबन्द गाडीहरूले सोमबार राति चक्रपथ परिक्रमा गर्ने भएका छन्।, नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यलले जानकारी दिए।, उनले ट्विट गर्दै नियमित अभ्यासको योजना भएको जान... |
नारायण महर्जन संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ। काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन्।, विरोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला, ... |
सेतोपाटी संवाददाता ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे। विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो। आज उनै लोकविजय... |
हरि बाँस्तोला आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग। यो एक किसिमको ज्यादै कम सर्ने रोग हो। पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ। चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्ती... |
हेमन्त केसी छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ। यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ। निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो।, तस्करहरुलाई हतियार बुझाउ... |
सेतोपाटी संवाददाता प्रदेश दुईको सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सहित तीन जनालाई नियुक्त गरेको छ।, आइतबार मुख्यमन्त्री लालबाबु राउतको निवासमा तीनै जनालाई नियुक्ति पत्र दिइएको हो।, मधेश विज्ञान प्रतिष्ठान सम्बन्धी बनेको विधेयक प्रदेशसभाबाट पारित गराई प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त प्रतिष्ठान... |
सेतोपाटी संवाददाता आइतबार नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ।, पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाब... |
सेतोपाटी संवाददाता धनकुटामा आगो ताप्ने क्रममा जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ।, आइतबार बिहान पौने ९ बजे धनकुटा नगरपालिका-९ बेलाहारामा ८८ वर्षीया भक्तकुमारी बरालको शव फेला परेको हो।, घरमा अरू सदस्य नभएका बेला आगो ताप्न बसेकी उनको जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिका... |
सेतोपाटी संवाददाता कोरोना महामारीको समयमा सामान बोकेर नेपाल आएका झन्डै ५ सय कन्टेनर भारतीय रेल्वेले लैजान नसक्दा वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियामा अलपत्र परेका छन्।, रेल्वेले कन्टेनर लैजान खाली रेल कोलकात्ता र विशाखापट्टनमको लागि नपठाएककाले विगत ६ महिनाभन्दा बढी समयदेखि ड्राईपोर्ट भन्सार वीरगंजको... |
सेतोपाटी संवाददाता महोत्तरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, आइतबार दिउँसो भारतबाट महोत्तरी आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्दा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, प्रहरीले जलेश्वर नगरपालिका-३ स्थितबाट धनुषाको जनकपुरधाम उपम... |
सेतोपाटी संवाददाता धनुषाबाट मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।, प्रहरीले गिरोहका पाँच जनालाई चोरीका ६ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो।, सशस्त्र प्रहरी जवान मिथिलेशकुमार राउतले पार्किंङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो। उनको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीका मोटरसाइकल प... |
सेतोपाटी संवाददाता दृष्टिविहीन अमिट केसीले आगामी चैत २८ गते सगरमाथा आरोहण गर्ने भएका छन्।, स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन्। , आइतबार राजधानीमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग क्लब भत्काएको छ। आइतबार साँझ काठमाडौं महानगरले डोजर लगाएर ती भवन भत्काएको जनाएको छ।, महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयो... |
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ।, काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ।, संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत... |
सेतोपाटी संवाददाता आइतबारसम्म ८८ हजारले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्।, कोभिड-१९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट सो संख्याले खोप लगाएका हुन्।, जसमध्ये प्रदेश १ का १२ हजार ७... |
सेतोपाटी संवाददाता रौतहटकी अमृताकुमारी साहको गोली हानी हत्या गर्ने ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, जिल्ला अदालत रौतहटले आइतबार माधवनारायण नगरपालिका-७ लौकाहाकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।, त्यस्तै हत्यामा संलग्न मृतककी आमा सीतादेवी साह एक लाख ध... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।, आइतबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। , बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका चिरन्जीवी दाहाल एक नम्बरमा बढुवा सिफार... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमाले प्रजातान्त्रिक मूल्यमान्यता कुल्चिएको बेला नागरिक समाज उठ्नैपर्ने बताएका छन्।, प्रतिगमनविरूद्ध वृहत नागरिक समाजले जारी राखेको आन्दोलनकाका क्रममा आइतबार सिफलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।, उनले नागरिक समा... |
सेतोपाटी संवाददाता मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।, बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा बस दुर्घटना भएको हो।, धियाँलबाट हेटौंडा आउँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ।, बसमा ३० जना यात्रु थिए। घाइते २२ जनालाई उपचारका लागि जि... |
युवराज श्रेष्ठ कुनै बेला कास्कीको घान्द्रुकका प्रत्येक घरका कम्तीमा एक जना सदस्य लाहुरे हुन्थे।, बेलायती सेना, सिङ्गापुर पुलिस र भारतीय सेनामा भर्ती नभएका युवा गाउँका कुनै घरमा बाँकी थिएनन्।, कुनै घरका त सबै दाजुभाइ नै लाहुरे भएका थिए। यही लाहुरे संस्कृतिका कारण घान्द्रुकलाई ‘लाहुरे गाउँ’ भनेर लामो समय चिनियो।, घान्द्... |
सेतोपाटी संवाददाता बाँकेमा एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको छ। , बैजनाथ गाउँपालिका टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रम्भा भारतीको मृत्यु भएको बाँकेका जिल्ला कोभिड - १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। , भारतीको शुक्रबार ब... |
रासस विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ।, नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो।, पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्या... |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्।, बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ।,... |
सेतोपाटी संवाददाता काठमाडौं टोखा नगरपालिकाबाट लागुऔषध कारोबारी पक्राउ परेका छन्।, ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले अनियावास गाउँपालिका-४ धादिङका ३१ वर्गीय दुर्गासिंह तामाङलाई पक्राउ गरेको हो।, उनको साथबाट २३ लाख ४० हजार रुपैयाँ र २५.५ ग्राम ब्राउनसुगर बरामद भएको ब्युरोले जनाएको छ।, उनी टोखा... |
सेतोपाटी संवाददाता शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेको छ। शुक्रबार शहिद दिवसको अवसर पारेर समाजले शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन्।, सरकारको झुटविरूद्ध सहिदको सम्झनामा शालिकमुनी आन्दोलन गरेका हुन्।, समाजले १८ गते सिफल र ... |
एजेन्सी कोरोना भाइरसको सुरूआत भएको चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।, शुक्रबार डब्ल्युएचओको टोलीले चिनियाँ वैज्ञानिकहरूसँग भेटघाट तथा वुहानका ल्याब, बजार तथा अस्पतालमा भ्रमण गर्ने योजना बनाएको रोयर्टर्सले जनाएको छ।, वुहान पुगेको दुई हप्तापछि टोली क्वारेन्ट... |
सेतोपाटी संवाददाता चार वर्षअघि ९ वर्षीय बालकको हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।, प्रहरीले पर्सा बहुदरमाई नगरपालिका-२ घर भई वीरगञ्ज महानगरपालिका-१४ राधेमाईका १९ वर्षीय रेयन महतो कम्करलाई पक्राउ गरेको हो।, उनीमाथि बहुदरमाई नगरपालिका-८ का ९ वर्षीय बालकमाथि हत्या गरेको आरोप छ। ती बालकको २०७३ असोज २० गते बिहान... |
नेहा झा गणतन्त्रका लागि आजीवन संघर्ष गर्ने शहीद दुर्गानन्द झाले सहादत प्राप्त गरेको ५७ वर्ष पूरा भएको छ।, तत्कालीन राजा महेन्द्र शाह चढेको गाडीमाथि बम आक्रमण गरेपछि उनलाई वि. सं. २०२० माघ १५ गते फाँसी दिइएको थियो। बिहीबार ५७ वर्ष पूरा भएको छ। , गणतन्त्रका लागि ज्यानको आहुति दिएका शहीद दुर्गानन्द झाले कुनै समयमा उनीसँग... |
सबिना श्रेष्ठ सहनशीला शर्मा झाले बिहीबार सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गरिन्। पत्र गुठी संस्थानले असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पूजारीमा सहनशीलालाई नियुक्त गरिएको बारे थियो। , उनले आफूलाई गुठी संस्थानले पूजारी नियुक्त गरेको जानकारी दिँदै लेखेकी थिइन्, सायद यसरी नियुक्ति पाएर पूजारी भएको पहिलो महिला म नै पो... |
सेतोपाटी संवाददाता थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ।, पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन्। योसहित ... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली दूतावासनजिक विस्फोट भएको छ।, भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ नयाँ दिल्लीको एपिजे अब्दुल कलाम रोड छेउमा रहेको दूतावासनजिक विस्फोट भएको हो।, विस्फोटमा केही गाडीमा क्षति भएको प्रहरीले जनाएको छ।, विस्फोटको विस्तृत विवरण आउन बाँकी छ।,
दिल्लीस्थित इजरायल दूतावास... |
नारायण खड्का गत कात्तिकको कुरा हो। जाजरकोटको छेडागाड नगरपालिका- ४ दशेरा जेवा गाउँकी २० वर्षीया कमला बुढा क्षेत्री घाम तापेर आँगनमा बसिरहेकी थिइन्।, घरको भित्तामा झुन्ड्याइको रेडियो बजिरहेको थियो। यत्तिकैमा नेपालगञ्जको कृष्णसार एफएमले मध्यान्ह १२ बजेको टाइम चेक बजायो।, लगत्तै विज्ञापन बजायो। समाचार अगाडि प्राय: सबै रेड... |
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउँदा एक पक्षसँग मिलेर अनियमितता गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जगातीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापासहित तीन प्रहरी कारबाहीमा परेका छन्।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिएसपी थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) सानु तामाङ र प्रहरी नायब निरीक्षक ... |
सेतोपाटी संवाददाता बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ।, छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।, स्थानीय मेला हेरेर घर फर्किने बेला गाउँकै लव बोहराले धकेलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।, ‘मेला हेरेर घर फर्किँदा दुबै जनाले मदि... |
रासस आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ।, गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो।, शरीरमा ल... |
प्रकाश सिलवाल कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ। यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो।, नयाँ पाठ्यक्रममा ... |
सेतोपाटी संवाददाता तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ। , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्ला... |
युवराज श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको नेपालकै ठूलो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको म्याद माघ ५ गते सकिएको छ।, कोषलाई व्यवस्थापन गर्ने म्याद सकिएपछि फेरि अन्नपूर्ण क्षेत्र कसरी व्यवस्थापन र सञ्चालन गर्ने भनेर संरक्षणको दुनियाँमा बहस चलेको छ। संरक्षणविद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन्... |
निशा भण्डारी यही माघ ३ गते दस जना नेपालीको आरोही टोलीले हिउँदयाममा पहिलोपटक माउन्ट केटु शिखर पुगेर कीर्तिमान बनाए। विश्वकै दोस्रो अग्लो केटु शिखरमा हिउँदमा यसअघि कसैले पाइला टेक्न सकेका थिएनन्।, अब यो कीर्तिमान दस नेपाली आरोहीको नाममा दर्ज भएको छ। यसमा निर्मल पुर्जा, मिङमा डेभिड शेर्पा, मिङमा जी शेर्पा, तेन्जी शेर्पा,... |
सेतोपाटी संवाददाता स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो।, अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीला... |
सेतोपाटी संवाददाता तुलसीपुरमा २८ करोड रुपैयाँ लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकाससँग सम्झौता भएको छ।, बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिने सम्झौता भएको छ।, नगर विकास कोष र तुलसीपुर उपमहानगरपालिकाका बीचमा बुधबार यसबारे सम्झौता भयो।, सम्झौतामा ३० प्रतिशत रकम भ... |
रासस कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए।, भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै गरेका थिए।, प्... |
सेतोपाटी संवाददाता सुदूरपश्चिमका सबै जिल्लामा कोरोनाविरूद्धको खोप लगाउन बुधबारबाट सुरू गर्ने भनिए बाजुरामा भएन।, जिल्लामा खोप ढिलो पुगेकाले बुधबार खोप लगाउन नसकिएको हो।, सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले गाडीबाट खोप पठाइएको बताए।, उनले बिहीबार बाजुरा जिल्ला अस्पतालबाट पनि कोरोनाविरूद्ध खोप लगाइन... |
सेतोपाटी संवाददाता इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। , मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य छिन्। इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दि... |
रासस कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ।, गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।, ‘राँगाले हान्द... |
रासस कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्।, चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन्।, उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्ब... |
एजेन्सी गत साता जो बाइडेन अमेरिका ४६ औं राष्ट्रपति बने। विश्वको शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपतिको सपथ ग्रहणमा संसारको ध्यान हुनु स्वभाविक हो।, सपथ ग्रहणपछि भने बाइडेनको भन्दा धेरै चर्चा बर्नी स्यान्डर्सको भयो। अमेरिकाको राष्ट्रपतिमा दाबी गर्दै बाइडेनसँग पार्टीको चुनाव लडेका स्यान्डर्स उनको सपथ समारोहमा आएका थिए त... |
नारायण महर्जन हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ।, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनक... |
रासस जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ।, श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार... |
सेतोपाटी संवाददाता उखु किसानको रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्।, उनलाई बुधबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए।, उनीविरूद्ध सर्लाहीमा ठगी सम्... |
रासस/एएफपी यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ।, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन्।, ‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,’ स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने।, ... |
सेतोपाटी संवाददाता शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन्।, जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जवरा राणाले बताए।, कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका ... |
सेतोपाटी संवाददाता लोकन्थलीबाट कोटेश्वर जाने लेनमा बुधबार मध्यराति एक जना मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ।, ठक्करबाट घाइते भएका ती पुरुषको बुधबार मध्यराति नै मृत्यु भइसकेको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका-१ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएक... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी राहत सामग्री लिएर जुम्लाको गोठीगाउँ गएका छन्।, मंगलबार बेलुका भएको आगलागीबाट पीडित गोठीगाउँका बासिन्दाका लागि मन्त्री भण्डारीसहितको टोलीले राहत सामग्री लिएर त्यहाँ पुगेको हो।, आगलागी पीडितहरुका लागि ९ क्वीन्टल चामल, १५० किलो दाल, ८९ थान न... |
निशा भण्डारी माघको चिसो पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै बिहिबारदेखि एक महिना लामो माधव नारायण मेलाको ब्रत सुरू गरेका छन्।, नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म... |
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिकामा वातावरण प्रदुषणलाई बेवास्ता गर्दै घना मानव बस्तीछेऊमै इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीय आन्दोलित भएका छन्।, उद्योगी गुणराज थापाले झापाको कमल गाउँपालिका-१ स्थित रतनचौनमा गाउँलेको असहमति हुदाँहुदै इँटा उद्योग खोल्न लागेपछि उनीहरूले पत्रकार सम्मेलन गर्दै विरोध गरेका हुन्।,... |
प्रकाश सिलवाल कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य सुरू भएको छ।, मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर... |
सेतोपाटी संवाददाता नवलपरासीमा एक महिलाले दुई छोरीसहित आफूले पनि विष सेवन गरी आत्महत्या गरेकी छन्। , पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूसँगै दुई छोरीलाई समेत विष खुवाएको प्रहरीले जनाएको छ। , विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको ज... |
सेतोपाटी संवाददाता चन्द्रागिरिमा खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।, बुधबार दिउँसो सवा १२ बजे चन्द्रागिरि नगरपालिका-५ यातायात कार्यालय पछाडि गोरेटो बाटोमा एक पुरूषमाथि खुकुरी प्रहार भएको हो।, चन्द्रागिरि नगरपालिका-१० धौलागिरि का २१ वर्षीय उपेन्द्र भट्ट र नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौंको मच्छे... |
सेतोपाटी संवाददाता सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित भएका छन्।, मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो। , उक्त सहमतिको तीन महिना बितिसक्दा... |
सेतोपाटी संवाददाता सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार बिहान साढे ७ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेज नहरको बाटोमा बिग्रिएर रोकिराखेको रोलरमा मोटरसाइकल ठोक्किएको हो।, पूर्वबाट पश्चिम जाँदै गरेको स ३ प ३०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोलरमा ठोक्किएको हो।, दुर्घटनापछि त... |
दिपकजंग शाही कर्णाली प्रदेशका चार जनाले द्वन्द्वपीडित परिचय पत्र पाएका छन्। , सत्य निरूपण तथा मेलमिलाप आयोगले बिहीबार सुर्खेतका चार जनालाई परिचय पत्र वितरण गरेको हो। , सुर्खेतको वीरेन्द्रनगर–६ का पूर्ण प्रसाद पौडेल, उनकी श्रीमती खगीसरा पौडेल, छोरीहरू कलावती पौडेल र बालकुमारी पौडेलले परिचय पत्र पाएका छन्।, योसँगै आयोगल... |
रासस तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएका छन्।, सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक... |
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ।, प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ।, सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँद... |
सेतोपाटी संवाददाता अर्घाखाँची शितगंगा नगरपालिकामा बाबुले आफ्नी दुई वर्षीय छोरीको हत्या गरेका छन्। वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार दिउँसो छोरी सृष्टिको हत्या गरेका हुन्।, नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्यापछि घिमिरे इलाका प्रहरी कार्यालय ठाडामा पुगेका थिए।, ‘दिउँसो १ बजेतिरको घटना हो,... |
सेतोपाटी संवाददाता थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।, पछिल्लो २४ घण्टामा २९६ जना निको भएर फर्किएका छन्। योसहित क... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।, भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ।, उनले आफ्नै घरमा डेरा गरी बसेकी १७ वर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ।, किशोरीले दिएको किटा... |
एजेन्सी सामाजिक सञ्जाल फेसबुकले बेलायतमा पनि आफ्नो नयाँ फिचर फेसबुक न्युज लञ्च गरेको छ। संयुक्त राज्य अमेरिकापछि फेसबुकले बेलायतमा फेसबुक न्युज सुरू गरेको हो। , एन्ड्रोइड र आइएसओमा उपलब्ध फेसबुक न्युजमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी सयौं मिडिया हाउसका समाचार पढ्न सकिन्छ। , फेसबुकबाट समाचार थाहा पाउनेहरूका ल... |
सेतोपाटी संवाददाता बझाङमा धारिलो हतियार खुँडा प्रहार गरी एक जना युवकको हत्या भएको छ।, छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ पाटागाउँका २७ वर्षका अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।, उनकाअनुसार बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन सम... |
भगवती पाण्डे कोरोना महामारीको ११ महिनामा धेरै नेपाली रोजगारविहीन भए। कतिपयका व्यापार व्यवसाय बन्द भए।, रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीलाई भने लकडाउनले तरकारीमा आत्मनिर्भर हुने सीप सिकाइदिएको छ। उनलाई कौसी खेतीमार्फत् कृषक बनाइदिएको छ।, गुल्मीको चोरकाटेबाट ५ वर्षअघि रुपन्देही झरेकी सावित... |
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सुरू गरेको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भइरहेको कार्यक्रममा कोरोना खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप कार्यक्रम अभियानमा पठाएको शुभकामना सन्देश ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आज देशका १२ हजार जनालाई कोरोनाविरूद्ध खोप लगाइने बताएका छन्।, आज कोरोनाविरूद्ध खोप अभियान सुरूवात गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाउने बताए।, देशका विभिन्न १२० खोप केन्द्रबाट कोरोनाविरूद्ध खो... |
सेतोपाटी संवाददाता सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ परेका छन्। बुधबार बिहान पौने २ बजे भेरीगंगा नगरपालिका-१२ मसिनाबाट अवैध रुपमा वीरेन्द्रनगर ल्याउँदै गरेको ट्रकसहित त्यसमा संलग्नहरूलाई पक्राउ गरिएको हो।, छिन्चुबाट सुर्खेत वीरेन्द्रनगरतर्फ काठ लिएर आउँदै गरेको लु२ख २१० नम्बरको ट्रकमा राखिएको १४७ थान सालको चिरान गर... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा पनि कोरोना विरूद्ध खोप लगाउन शुरु भएको छ।, बुधबार बिहान धनगढीमा एक कार्यक्रमबिच मुख्यमन्त्री त्रिलोचन भट्टले खोप सामाग्री सेती प्रादेशीक अस्पताललाई हस्तान्तरण गरेका थिए।, अस्पतालका स्वास्थ्यकर्मीबाट पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीले लगाएका थिए। , आ... |
सेतोपाटी संवाददाता प्रदेश १ का १९ वटा खोप केन्द्रबाट कोरोनाविरूद्धको खोप लगाउन सुरु गरिएको छ। प्रदेशका ८ वटा जिल्लामा बुधबार एकै पटक खोप सुरु भएको हो। , विराटनगरको कोशी अस्पतालका प्रमुख चुमनलाल दासलाई कोभिशिल्ड खोप लगाएर प्रदेशमा खोप अभियान सुरु गरिएको हो। , यो खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार... |
सेतोपाटी संवाददाता देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएका हुन्। डा. खनाललाई खोप कार्ड हस्तान्तरण गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले... |
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी र बिचौलिया दुई लाख ७३ हजार घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगतलाई नियन्त्रणमा लिएको हो।, उनीहरूलाई अख्तियार... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।, मंगलबार राति साढे ८ बजे दक्षिणकाली नगरपालिका-९ स्थित बा ३ ख ६१९९ मिनी ट्रक बाटोबाट ५० मिटर तल खसेको थियो।, मिनी ट्रक खस्दा त्यसमा सवार मकवानपुर घर भएका ३१ वर्षीय चालक मोहनलाल रुम्बा र अछाम घर भइ दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बु... |
सेतोपाटी भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौं मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ।, विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धु... |
सेतोपाटी संवाददाता सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो।, तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्डविपरीत आफैं पहिलो ... |
युवराज श्रेष्ठ कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीका तुलसी भण्डारी स्वास्थ्य स्वयंसेविका हुन्। , गाउँमा कोही बिरामी हुँदा होस् या बालबालिकालाई खोप लगाउन महिला स्वयंसेविका नै परिचालन हुन्छन्। गाउँभरिका मानिसको स्वास्थ्य स्थिति महिला स्वयंसेविकाले निरीक्षण गरिरहेका हुन्छन्। गाउँमा कसको स्वास्थ्य स्थिति के छ ? कति... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.