content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशका डा. सागर राजभण्डारीले लगाएका छन्।, बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेपछि निर्देशक राजभण्डारीले १० बजेर १० मिनेटमा खोप लगाएका हुन्।, खोप लगाउनेबित्तिकै ... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरण गर्न काठमाडौंका विभिन्न स्थानमा टल्किने खालका रबरका कोण राखेको छ।, महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थासँग समन्वय गरी कोण राखेको हो।, काठमाडौं उपत्यकाकामा बढी दुर्घटना हुने चक्रपथ बाहिर २६ स्थान र भित्र ८ स्थान पहिचान गरेको महा... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा पर्ने काँक्रेबिहार संरक्षित क्षेत्र जरायोको बासस्थानका रूपमा रहेको छ।, नेपालको पहिलो संरक्षित वनका रूपमा रहेको काँक्रेबिहारमा ८० भन्दा धेरै जरायो छन्। अरू विभिन्न खालका वन्यजन्तु पनि त्यहाँ बसोबास गर्छन्।, पछिल्लो समय काँक्रेबिहार क्षेत्रमा बस्ने वन्यजन्तु जरायोको संरक्षणमा भने चु... |
सेतोपाटी संवाददाता थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।, पछिल्लो २४ घण्टामा २४६ जना निक... |
रासस जुम्लाको तिला गाउँपालिका-७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोडभन्दा बढीको क्षति भएको छ।, सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए।, सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले जानकारी दिए।... |
राजु अधिकारी झापा, बाहुनडाँगीकी कृष्णकुमारी मगरलाई धामीझाँक्रीको औधि भर लाग्थ्यो। टाउको दुखोस् वा आपतविपत, उनी धामीकैमा पुग्थिन्। उनको घरको सिकुवामा धेरैपटक धामी उफ्रे। परिवारमा आइलागेको 'खड्गो काट्ने' बहानामा धेरै कुखुरा काटिए।, ठूली छोरी बेपत्ता भएको करिब दस वर्षपछि उनी फेरि धामीकै शरणमा पुगिन्। काँसको थालमा चामलका ... |
सेतोपाटी संवाददाता थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४०१ जना निको भएर फर्किएका छन्। योसहित को... |
सेतोपाटी संवाददाता झुटो वाचा र आश्वासनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिको अभिन्न अंग बनाएका छन्।, विगतमा उनले दिएका झुटा आश्वासनका चाङ नै छन्।, अति संवेदनशील विषयमा प्रधानमन्त्री ओलीले बुधबार फेरि अर्को झुटो आश्वासन दिएका छन्। कोभिड-१९ विरूद्धको खोप अभियानको सुरूवात गर्दै उनले आउने तीन महिनाभित्र सबै ने... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्। , विमानस्थलबाट तीन सय ४५ ग्राम सुनसहित चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरूङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। , कतार एअरवेजबाट काठमाडौं आएका गुरूङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाल... |
सेतोपाटी संवाददाता प्रहरीले अपहरण तथा शरीर बन्धक बनाइ सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाउँका २४ वर्षीय कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो।, उनलाई पक्राउ गरी थप अनुसन्धानको ल... |
सेतोपाटी संवाददाता लेखक नारायण वाग्लेले भद्र अवज्ञा आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्।, आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते छन्।, ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक कर्मचारीको कोरोनाको कारण मृत्यु भएको छ।, मृत्यु हुनेमा ललितपुर गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठ रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, उनको वीर अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको उनले बताए। ,
स्वास्थ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरीको लापरबाहीका कारण एक जना थुनुवा भागेका छन्।, महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको टोलीले शनिबार बिहान साढे ४ बजे एक जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा सर्लाही धनकौल नगरपालीका-२का २१ वर्षीय मोहम्मद ईल्ताज थिए। उनलाई नागढुङ्गाको चेकपोइन... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। , प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट प्राप्त भएको खोप धनगढी पुगेको जनाउँदै बुधबारदेखि खोप लगाउन सुरू हुने जनाएको छ।, प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरूद्ध १६ हजार २ सय... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।, कांग्रेसको शिक्षा केन्द्रीय विभागले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहे... |
दिपकजंग शाही कर्णाली प्रदेशमा पहिलो चरणमा लगाउने तयारी गरिएको कोरोना विरुद्धको खोप सोमबार आइपुगेको छ।, भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोपमध्ये कर्णालीका लागि करिब १२ हजार जनालाई पुग्ने खोप आइपुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसा... |
सेतोपाटी संवाददाता नागरिक आन्दोलनको प्रदर्शनका क्रममा बालुवाटारमा सोमबार भएको प्रहरी हस्तक्षेपबारे फोटो पत्रकार क्लबले ध्यानाकर्षण भएको जनाएको छ।, अपराह्न विज्ञप्ति जारी गरी फोटो पत्रकार क्लबले प्रहरी हस्तक्षेपको क्रममा पत्रकारहरूमाथि लाठी, पानीको फोहरा र ढुंगा प्रहार भएको जनाएको छ।, उसले तस्बिर खिच्ने पत्रकारलाई लक्ष... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन्।, सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)लाई एसपी बढुवामा सिफारिस गरेको हो।, बढुवा सिफारिस हुनेमध्ये पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग... |
सेतोपाटी संवाददाता ललितपुरमा एक पुरूषको शव फेला परेको छ।, सोमबार दिउँसो ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित बागमती करिडोमा एक पुरूषको शव फेला परेको हो।, महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार ललितपुर र काठमाडौं दक्षिणकाली जोड्ने बागमती करिडोर नदीमा ती पुरूषको शव फेला परेको हो।, नग्न अवस्थामा फेला परेका अन्दाजी २५/३... |
रासस लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ।, माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।, गाउ... |
नारायण महर्जन माउन्ट केटु सफलतापूर्वक आरोहण गरेर दश सदस्यीय नेपाली आरोहण टोली स्वदेश फर्किएको छ।, विश्वकै दोस्रो अग्लो माउन्ट केटु हिमाल पाकिस्तानमा छ।, आरोही निर्मल पुर्जासहितको नेपाली आरोहण टोली मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्।, आरोहण टोलीलाई आज बिहान विमानस्थलमा टानका प्रतिनिधिहरूले स्... |
रासस ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ।, सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो।, सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ।, पक्... |
सेतोपाटी संवाददाता मिर्चैया नगरपालिका-९ डाँडागाँउबाट करिब २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ।, सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट प्रहरीले गाँजा बरामद गरेको हो।, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको थियो।, श... |
युनिक श्रेष्ठ महानगरीय प्रहरी परिसर ललितपुरमा अहिले ३५ जना थुनुवा छन्। अधिकांश थुनुवाहरूले एउटा साझा माग राखेका छन्, किताबको।, हिरासतमा रहँदा पढ्नका लागि किताबको व्यवस्था मिलाइदिन उनीहरूले परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्जलाई आग्रह गरेका हुन्।, प्रहरीले नियमित रूपमा हिरासत कक्षको निरीक्षण ... |
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ।, सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो।, पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७... |
युवराज श्रेष्ठ गएको मंसिरको अन्तिम साता संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘नेपालले संरक्षित क्षेत्र २३ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत पुर्याउँछ।’, प्रधानमन्त्री ओलीले संरक्षित क्षेत्र बढाउने घोषणा विश्व समुदायमाझ गरिरहँदा अहिले भइरहेका संरक्षित क्षेत्र... |
विवेक राई सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्दैछ।, कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ। जसमा टेकु... |
सेतोपाटी संवाददाता धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, धनगढी उपमहानगरपालिका-६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परे... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले शान्तिपूर्ण आन्दोलनका सहभागीलाई बर्बर आक्रमण गरेकोमा विरोध गरेको छ।, सोमबार लेखक नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई लाठीचार्ज र पानीको फोहरा हानेको थियो।, प्रतिनिधि सभा विघटन विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी रहेकाहरूलाई प्रहरीले बर्बर आक... |
नारायण महर्जन बिहिबारदेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधनाका लागि सहभागिहरूको मंगलबार पिसिआर टेस्ट गरिएको छ।, माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बनाएको नयाँ नियमअनुसार आज ब्रतमा सहभागि हुन आउनेको पिसिआर टेस्ट र छातिको एक्सरे गरिएको हो।, कोभिड– १९ को महामारीका कारण एक म... |
एजेन्सी भारतमा जलिरहेको टायरले आक्रमण गरिएको हात्तीको उपचारका क्रममा मृत्यु भएको छ।, तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिनअघि भएको उक्त घटनामा दुई जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। घटनामा संलग्न थप एक जनाको खोजी जारी छ।, उनीहरूले ४० वर्षको भाले हात्तीको शरीरमा जलिरहेको टायर फालेका थिए। टायरले ... |
रासस सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।, मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ... |
सेतोपाटी संवाददाता वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय, पर्साले भारतको चम्पारण घर भई वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने ३६ वर्षीय नेहाल मियालाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवर... |
रासस/सिन्ह्वा युरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ।, बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ।, युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो।, अ... |
सेतोपाटी संवाददाता प्रहरीले हेटौंडामा गुण्डागर्दी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।, शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० राममन्दिरस्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट भएको थियो।, बारा कोल्बी नगरपालिका-९ घर भइ हेटौंडा-४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुन... |
सेतोपाटी संवाददाता भैरहवाकी स्वाती थापा नेदरल्याण्डस्को इन्ष्टिच्यूट फर हाउजिङ एण्ड अर्बन स्टडिज, इरासमस युनिभर्सिटी अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा नियुक्त भएकी छन्।, १ सय ४३ वटा मुलुकका १० हजार बढी विभिन्न समुदायका शहरी क्षेत्रका विज्ञ आबद्ध नेदरल्याण्ड्सको विश्वविद्यालय अन्तर्गत एलमुनाइ बोर्डको दुई ... |
रासस घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर-भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ।, दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए।, जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका द... |
रासस भिरबाट लडेर खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ।, रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो।, करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन... |
सेतोपाटी संवाददाता सामुहिक बलात्कार गरेको आरोपमा रूपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान पक्राउ परेका छन्। , रूपन्देहीको लुम्बिनीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले सेतोपाटीसँग पुष्टि गरे।, शर्मासँगै उक्त घटनामा... |
सेतोपाटी संवाददाता कोरोना भाइसरविरूद्ध खोप लगाउन बुधबारदेखि सुरू गरिने भएको छ।, आज मुख्यमन्त्रीहरूसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आउँदो बुधबारदेखि खोप अभियान सुरू गरिने बताएका छन्।, भारतले अनुदानमा दिएको खोप नेपाल ल्याइसकिएको छ। सुरूमा कोरोनाविरूद्ध लडाइँमा खटिएका स्वास्थ्यकर्मीलाई खोप ... |
सेतोपाटी संवाददाता मेडिकल काउन्सिलका अध्यक्ष तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पत्थरीको शल्यक्रिया गरिएको छ।, गत बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको एक अस्पतालमा भर्ना गरिएको थियो।, आइतबार उनले आफ्नो मिर्गौलामा पत्थरी देखिएको फेसबुकमार्फत् जानकारी दिएका छन्।, 'मेरो व्यावसायीक जी... |
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुर अगाडि आइतबार गाँजा अभियन्ताले मौन प्रदर्शन गरेका छन्। प्रदर्शनमा नेपाल गाँजा वैधानिक अभियानका अभियन्ता राजिव काफ्ले, ऋगेन्द्र गिरीलगायत थिए।, उनीहरूले गाँजा कुनै व्यक्ति, पार्टी वा व्यवस्थालाई नभएर मुलुकलाई चाहिएको भन्दै प्ले कार्ड राखेर प्रदर्शन गरेका हुन्।, राजनीति छोडौं, गाँजा... |
भगवती पाण्डे गुल्मीको मुसिकोट ४ बडागाउँ दजागाउँकी सावित्रा गाहालाई चार वर्ष अघिको घटना सम्झिँदा अहिले पनि कहाली लाग्छ।, २०७३ वैशाख १८ गते गाहाको मात्र होइन साविक बडागाउँका तीन वटा वडाका ११ दर्जन बढी घर गोठ जलेर नष्ट भएका थिए।, नजिकैको बनमा एक सातादेखि लागेको डढेलोको लप्का गाउँ छिरेपछि स्थानीय मेहरसिंह रासकोटीको मृत्यु... |
सेतोपाटी संवाददाता थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ।, पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित को... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा ७ जनाको सरूवा भएको छ।, गृह मन्त्रालयले गत शुक्रबार गरेको निर्णय अनुसार हालै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरेको हो।, कृष्णकुमार महतको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा ... |
सेतोपाटी संवाददाता बारा र रौतहटको छुट्टाछुट्टै स्थानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको हो।, प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले ... |
रासस/एएफपी अमेरिकाको सिमाना नजिकको मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन्।, उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुने गरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ।, प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएका दुई गा... |
सेतोपाटी संवाददाता सप्तरीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ।, आइतबार दिउँसो ३ बजे खडक नगरपालिका-९ लालपट्टीमा दक्षिण फुलबरियाबाट उत्तर कल्याणपुर जाँदै गरेको ट्याक्टरबाट एक बालक खसेका थिए।, सप्तरी खडक नगरपालिका-१० का २२ वर्षीय मुन्नाकुमार यादवले चलाएको स १ त ७३८८ नम्बरको ट्याक्टरमा सवार १२ वर्षीय विशाल भगत खसे... |
सविता बुढा छेउमै वडा कार्यालयले बनाइदिने भनेको अधुरो घर छ। गोर्भु सुनाहको परिवार भने त्यही अधुरो घर हेर्दै चिसो शितलहरबाट बच्ने दिनको पर्खाइमा छन्।, गोर्भुकी छोरी च्यातिएको त्रिपाल हेरेर सोध्छिन्- हाम्रो राम्रो घर किन छैन, बाबा?, उनले यही प्रश्न गोर्भुलाई गरेको ६ वर्ष पुग्नै लाग्यो।, गोर्भुले यस सालको चिसोमा त्रिपालमु... |
सेतोपाटी संवाददाता स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश वा संघमा आउन नदिने गरी कर्मचारी समायोजन/मिलान मापदण्ड तयार भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मापदण्डमा एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन/मिलान भने हुन पाउने उल्लेख छ।, यस्... |
सेतोपाटी संवाददाता हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको कोरोना संक्रमणविरुद्ध प्रदेश १ मा बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको छ।, तर, पहिलो चरणमा सर्वसाधारणले यो मौका नपाउने भएका छन्।, स्वास्थ्यकर्मी, प्रहरी, शव व्यवस्थापन र फोहोर व्यवस्थापनमा खटिएकाहरु गरी पहिलो चरणमा ३५ ... |
सेतोपाटी संवाददाता डेरा खोज्न साथीको घर गएका भारतीय नागरिक ११ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।, यो पर्सा वीरगन्ज महानगरपालिका-१ छपकैयाको घटना हो।, पर्सा प्रहरीका अनुसार भारत बिहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलियाका ३४ वर्षीय नेहाल मियाँ आइतबार बिहान पक्राउ परेका हुन्।, शनिबार... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।, धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति ... |
जमुना वर्षा शर्मा यो दाजुको मिरमिरे आँखा,
कस्तो मेरो बिगार्यो दिमाख,
नरोऊ मायालु... ,
(गायक प्रवीण गुरूङ बिमाकुमारी दुरा, संगीत एवम् रचना धनबहादुर गायक) , गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ। गायकको उपचारको क्रममा आज बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो। , पोखरा–१६ बाटुलेचौरका गायक ‘यो ... |
सेतोपाटी संवाददाता भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लुम्बिनी प्रदेशमा आज आइपुग्ने भएको छ। , उक्त खोप पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्नेहरूका लागि लगाइने तयारी गरिएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। , मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले पहिलो चरण... |
एजेन्सी कुकुर मानिसको सबैभन्दा मिल्ने साथी हो। , मानिस र कुकुरबीचको घनिष्टता देखाउन विभिन्न सिनेमासमेत बनेका छन्। सेना/प्रहरीका हुन् वा सामान्य मानिसका कुकुर सधैँ नै मालिकप्रति बफादार हुन्छन्।, हाची: अ डग्स टेल पनि कुकुर र मालिक बीचको मित्रता देखाइएको सिनेमा हो। जसमा कुकुरले आफ्ना मृत्यु भइसकेका मालिकका लागि नौ वर्षसम... |
सेतोपाटी सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। , प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसूरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को ख... |
विवेक राई सरकारले पर्सि बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ। अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा... |
सविता बुढा ‘पानी पधेंरै छ, दुई जनी साउनकी छोरी, मुखी अधेरै छ, पूर्णिका भरिया जुन’, यसको अर्थ हुन्छ- पधेंरोमा पानी छ, साउनको महिना छ, दुई जना छोरी छन् तर पूर्णिमाको जुनमा पनि उनीहरूलाई अँधेरो छ।, कैलालीको लम्कीचुहा-४ की कविता मल्लले यही देउडा गीतबाट आफ्नो परिचय दिइन्। , उनी दृष्टिविहीन हुन्। अहिले उनी धनगढी उपमहानगरपाल... |
नारायण महर्जन काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। , नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।, राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्।, काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा ... |
सेतोपाटी संवाददाता प्रहरीले न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक जनालाई बिहीबार पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।, शेर्पा... |
सेतोपाटी संवाददाता रोल्पामा काठको मुढाले लागेर एक जनाको मृत्यु भएको छ। , गंगादेव गाउँपालिका वडा नं. ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको सल्लाको काठ चिर्ने क्रममा मुढा टाउकोमा लागेर मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार केसी स्थानीय गणेश आधारभूत विद्यालयका शिक्षक हुन्।, बिहीबार दिउँसो ३ बज... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरेर आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन्।, ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।, मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु... |
रासस शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ।, रिब्दीकोट-८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा शिकार खेल्न गएका थिए। गए राति करिब ९ बजे शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भ... |
सेतोपाटी संवाददाता भक्तपुर चाँगुनारायणबाट जुवा खेलिरहेका १२ जना पक्राउ परेका छन्।, चाँगुनारायण नगरपालिका-४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं जोरपाटी दक्षिण ढोका बस्ने दोलखा शैलुङकी ३१ वर्षीया लक्ष्मी तामाङ लगायत १२ जना पक्राउ परेका हुन्।, उनीहरूलाई नगद एक लाख ७३ हजार रुपैयाँसहित बिहीबार सा... |
रासस सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन्।, विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिइन्।, सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्... |
सेतोपाटी संवाददाता जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्।, सेवाग्राहीबाट पाँच हजार अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।, उनीहरुलाई रूपन्देहीको कोटहीमाई गाउँपालिका १ बोगडियाबाट नियन्त्रणमा ल... |
सेतोपाटी नेपाल पञ्चांग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषदबाट पारित भएको छ। , मन्त्रिपरिषदको गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित गरेको मन्त्रालयका संस्कृति शाखाप्रमुख दुर्गाप्रसाद पोखरेलले जानकारी दिए। विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषदमा दर्ता गरेको थिय... |
सेतोपाटी संवाददाता थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४८० जना निको भएर फर्किएका छन्। योसह... |
विवेक राई सरकारले कोरोना भाइरसविरूद्धको खोप सुरूमा स्वास्थ्यकर्मीहरूलाई लगाउने भने पनि स्वास्थ्यकर्मीहरू भने खोप लगाउने/नलगाउने भन्ने अन्यौलमा छन्।, कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सक भन्छन्, 'खोप लगाउन भनेर फाराम त भरियो तर धेरै स्वास्थ्यकर्मीहरू अन्यौलमा छन्। धेरैले यसको प्रभावकारिता के हो भन्नेमा सरोकार र... |
युनिक श्रेष्ठ बिहीबार राति ९ बजेतिर तेस्रोलिंगी समुदायका केही व्यक्ति काठमाडौंको नयाँ बसपार्कमा हिँड्दै थिए। केही समयमै एकाएक महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो। उनीहरूले बाटोमा हिँड्नेलाई हैरान पारे भन्ने प्रहरीको आरोप थियो।, 'तीन-चारवटा भ्यानमा आएर घेरा हालेछन्,' अल्पसंख्यक... |
सविता बुढा २०७२ सालमा कैलालीको धनगढी–८ मा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका नाममा संस्था खोलिएको थियो।, सिटिइभिटीबाट सम्बन्धन प्राप्त जिल्लाको गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चौधरीले उक्त कलेज सञ्चालन गरेका थिए।, निज राजाराम चौधरीले २०७३ मंसिर ९ गते उक्त कलेज अनुमति विना नै गैरकानुनी रूपमा संचालन ग... |
नारायण खड्का दाङमा तीन जना काका-भतिजा मिलेर घरभित्र पसेर एक व्यक्तिको हत्या गरेका छन्।, हत्यापछि उनीहरूले ती व्यक्तिको शव मध्यरातमा घिसार्दै झन्डै छ सय मिटर टाढाको सिँचाइ कुलोमा फालेको अवस्थामा फेला परेको छ।, राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका अन्दाजी ४० वर्षीय मोतिराम चौधरीको शव फेला परेको हो।, जिल्ला प्रहरी प्र... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका क्रममा सिरहामा शंकास्पद वस्तु भेटिएको छ।, सिराहको मिर्चैया नगरपालिका वडा नं. ५ स्थित जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। , शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीले सुरक्षा ... |
सेतोपाटी संवाददाता आगुऔषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्।, रोल्पाका जिल्लाको सुनछरी गाउँपालिका वडा नं. १ का २७ वर्षीय राजु विक र रुकुमपश्चिम मुसिकोट नगरपालिकाको रातामाटाका २७ वर्षकै विवेक खड्का पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दका अनुसा विक रोल्पाको सुनिलस्मृति गाउँपालि... |
रासस सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।, ट्राफिक प्रहरी कार्यालय अत्तरियाको... |
सेतोपाटी संवाददाता मुलुकभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , काठमाडौंमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौंमा बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ। , करिब एक साताअघिदेखि देशका धेरै ठाउँ बादल र कुहि... |
सेतोपाटी संवाददाता धनुषाबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय विवेक यादव छन्। यादवलाई जनकपुर–१९ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।, शिवपुरबाट आपराधिक समूहका मानिसहरू जनकपुर आइरहेको भन्ने सूचनाका आधा... |
रासस सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ।, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवका... |
सेतोपाटी संवाददाता मलेसियाबाट १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ।, नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो। एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले शव ल्याउनको लागि पहल गरेका थिए।, गएराति मलेसिया गएको जहाजले शनिबार बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ।, वैदेशिक र... |
सेतोपाटी संवाददाता झापा र सप्तरी र इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार मध्याह्न राति साढे १२ बजे सप्तरीको खडक नगरपालिका-१ बनौलीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, प्रदेश २-०१- ००१- प ६१४६ नम्बरको मोटरसाइककल अनियन्त्रित भई दुर्घटना... |
सेतोपाटी संवाददाता जलाएर फालेको अवस्थामा रूपन्देहीमा एक जना पुरूषको शव फेला परेको छ।, जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एक युवाको शव फेला परेको रूपन्देही प्रहरीले जानकारी दिएको छ।, अन्दाजी ३५/४० वर्षका ती पुरूषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरे... |
सेतोपाटी संवाददाता सर्लाही हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ।, एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ।, दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान सर्लाहीमा सडक... |
सेतोपाटी संवाददाता मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। , नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गरेको हो।, मोरङ बुढीगंगा गाउँपालिका-४ मा स्थित औद... |
राजेश घिमिरे चितवनको इच्छाकामना गाउँपालिकाको चेपाङ गाउँ थाप्राङमा पिउने पानीको पाइप पुगेको २ दशकअघि हो। तर मुहानमा जोडेर गाउँमा पुर्याइएको पाइपबाट पानी भने केही दिनमात्रै झर्यो। पछि पनि विभिन्न गैरसरकारी संस्थाले स्थानीयलाई पिउने पानीको पहुँचमा पुर्याउन प्रयास गरे, तर गाउँलेले कहिल्यै पनि धित मर्ने गरी पानी पिउन पा... |
सेतोपाटी संवाददाता छुट्टाछुट्टै आगलागीका घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वली र तुलसीपुर १८ की ५६ वर्षीया उर्मिला नेपाली छन्।, माघ १ गते बिहान कुखुरालाई न्यानो बनाउन प्रयोग गरिएको ग्यास सिलिण्डर विस्फोट हुँदा घा... |
सेतोपाटी संवाददाता भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ।, बिहीबार बिहान ११:५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। , भारतले बुधबारदेखि छिमेकी देशहरूमा अनुदानमा कोरोना ... |
रासस अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ।, पर्यटकका लागि पिसिआर रिपोर्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो। छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको हो।, समितिका सचिव दिलीप गुरुङका ... |
रासस हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ।, तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।, बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ।, नेपालगञ्जमा बाक्लो हुस्सु र सिमकोटमा... |
विवेक राई तेह्रथुम, इसिबुकी १४ वर्षीया गंगा बाँस्कोटा राम्रो ओछ्यानमा सुत्न थालेकी छन्। राम्रो कपडा लगाउन थालेकी छन्। यो उमेरसम्म उनले धुस्रे र चिसो सुरुवालमै काटिन्। थाङ्नामै सुतिन्।, गंगा जन्मेको केही समयपछि नै पिसाब नअडिने समस्या सुरू भएको थियो। सबभन्दा पहिला उनकी आमाले यसको भेउ पाइन्। उनी गंगालाई थाङ्नामा सुताइदिन... |
युवराज श्रेष्ठ हिमालपारि मनाङको ताचै गाउँमा अहिलेसम्म हिउँ पर्न सकेको छैन। हिउँ नपर्दा सुख्खापन बढ्यो, स्थानीयले लगाएको बालीनाली सप्रिएन।, 'यसपालि त अचम्मै भयो,' नासों गाउँपालिका-८ ताचैका वडा अध्यक्ष हुमजंग गुरुङले भने, 'पहिला-पहिला त मंसिरमै हिउँ पर्थ्यो।', समुद्री सहतबाट झन्डै २७ सय मिटर उचाइमा रहेको यो गाउँ पहाडको ... |
नारायण खड्का काठमाडौं कपनका नवीन क्षेत्री जेल परेको ११ वर्ष भयो। विभिन्न जेल हुँदै उनी अहिले दाङको तुलसीपुर कारागार पुगेका छन्।, तीन सालअघि तुलसीपुर ल्याइएका क्षेत्रीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अदालते १३ वर्ष जेल सजाए तोकेको छ।, दुई वर्षपहिले कारागार शाखाले एक महिना फर्निचर बनाउने तालिम दियो। त्यो सिपमूलक तालिम ... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानवि अधिकार आयोगले लामो समयदेखि अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिति दिनानुदिन गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानार्कषण गराएको छ। , पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनसनमा रहेकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको भएता पनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन... |
एजेन्सी कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।, आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँक... |
सेतोपाटी संवाददाता प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले सात किलो पाँचऔंलेसहित महाराजगञ्जबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो।, ब्युरोको प्रहरी टोलीले प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।, योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।, पछिल्लो २४ घण्टामा २२६ जना नि... |
सेतोपाटी संवाददाता गोली हानेर लुटपाट गर्ने अभियुक्तलाई सिरहा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ। , पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का ३४ वर्षीय जागेश्वर यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। , यादवलाई सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ स्थित स... |
सेतोपाटी संवाददाता सिपाही राधिका थापा नेपाली सेनामा प्रतिविद्रोह तथा जंगल युद्धकलाको तालिम गर्ने पहिलो महिला सैनिक भएकी छन्। , २०७७ कात्तिक १८ गतेदेखि माघ ६ सम्म सञ्चालन भएको उक्त तालिम थापाले सफलतापूर्वक सम्पन्न गरेकी हुन्। , उनी प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत् छन्।, सैनिक जनसम्पर्क तथा निर्देशनालयक... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्गको बारा-जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका छन्।, बा १६ च ८११ नम्बरको कारले गत पुस १८गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो। प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो।, उनलाई जिल्ला अद... |
खिलानाथ ढकाल नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन्।, न्यौपाने जिल्ला अदालत भक्तपुरमा ३५ लाख धरौटी बुझाउन नसकेपछि बिहीबार कारागार चलान भएका हुन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बिहीबार न्यौपाने अदालतको आदे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.