content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको बालुवाटारबाट बालिका खड्का पक्राउ परेकी छन्। , प्रहरीले उनलाई करिब ३ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।, अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए। , 'हामीले बालुवाटारको निषेधित क्षेत्रमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ ...
सेतोपाटी जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) तनहुँका सवइञ्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।, सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनियर अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो। , जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती ...
सेतोपाटी संवाददाता ‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने पक्राउ परेका छन्। , प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने २५ वर्षीय कविर केसीलाई पक्राउ गरेको हो। , महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार उनलाई प्रहरीले ललितपुर बालकुमारी क्षेत्रबाट पक्राउ गरेको हो। , गत आइतबार बालकुमारीस्थित जिएस क्याफेम...
नारायण खड्का कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बाघले झम्टियो।, केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी र...
अजयकुमार साह जयनगरदेखि जनकपुरसम्म संचालन हुन लागेको रेलभाडा तय गरिएको छ। ३५ किलोमिटरमा दूरीका लागि जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँ भाडा तोकिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए। , प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनको...
सेतोपाटी संवाददाता दुई जना चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय दावा पासाङ लामा, ३२ वर्षीय माइला भन्ने भक्त लामा, चीन आङ्गखोई उहु घर भई काठमाडौं ठमेल बस्ने वू चाओ र सान्दोङ्ग छिन्दिय घर भएका झ्याङ वेईलाई प्रहरीले पक्राउ गरेक...
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावी रूपमा राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ। , नगरपालिकाले कलंकी–नागढुंगा–पिपलामोड सडकमा जथाभावी रूपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरूप बन्...
एजेन्सी अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।, ब्लुमबर्ग पत्रिकाका अनुसार  बिहीबार  ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको हो।  बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब...
सेतोपाटी संवाददाता यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ। सर्भरमा समस्या आएको भन्दै मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।, कोरोना महामारीका कारण नौ महीनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको प...
सेतोपाटी संवाददाता गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ। संघको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ।, संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन आह्वान गरे...
सेतोपाटी संवाददाता नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा पूर्वराज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्। , सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको गाडी बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो।, दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो। श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्नेका लागि भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ ।, महानगरमा सोमबार आयोजित एक कार्यक्रमबिच नगरप्रमुख चिरिबाबु महर्जनले महाशाखा प्रमुख जनक भट्टराईलाई यी सामग्री हस्तान्तरण गरेका हुन्।, सामाग्री हस्तान्तरण...
सेतोपाटी संवाददाता डोटीको शिखर नगरपालिकाले वडा नम्बर ५ तिजालीका १५ जना जेष्ठ नागरिकलाई न्यानो कम्मल र यातायात खर्चसहित सम्मान गरेको छ। , नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मानस्वरुप प्रति ब्यक्ति एउटा कम्मल र  ५०० रूपैयाँ का दरले यातायात खर्च उपलब्ध गराइएको ह...
सेतोपाटी संवाददाता सोमबार बिहान साढे ४ बजे काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परे।  , विशेष सुराकीको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले प्रदेश ३ -०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा जाँच गरेको थियो। , उक्त गाडीबाट प्रहरीले एक करोड ४७ लाख ८६ हजार बरामद गरेको छ।...
सेतोपाटी संवाददाता प्रहरीले चरी बाघको छालासहित एक जनालाई धापासीबाट पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका वडा नं.-७ धापासीबाट आइतबार एक जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिन नगरपालिका-८ बस्ने ३१ वर्षीय कमलप्रसाद सुनुवार छन्। , संरक्षित वन्यजन्तुको आखेटोपहार अव...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।, पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका ...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा आरकेएम ट्रेडिङ प्रालिका सञ्चालकसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, सो कम्पनीका मुख्य कारोबारी सर्लाही धनकौल गाउँपालिका-६ का प्रदीप साहसहित १० जनालाई सोमबार विभागले भ्रष्टाचार मुद्दा दायर गरेको हो।, उच्च अदालत पाटनमा दायर गरिएको मुद्द...
सेतोपाटी संवाददाता मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई जनालाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। , पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले धादिङका २२ वर्षीय आयुष थापा मगर र दोलखाक...
सेतोपाटी संवाददाता भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन्।, प्रहरीले महोत्तरी घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३५ वर्षीय मङ्गले तामाङ भन्ने जीतबहादुर भुजेललाई पक्राउ गरेको हो।, उनले ३५ वर्षीय एक पुरूषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै पासपोर्ट बनाइदिएका थिए।, उनल...
सेतोपाटी संवाददाता बाँके प्रहरीले नलकटुवा पेस्तोलसहित एक किशोरलाई पक्राउ गरेको छ। , बाँकेको डुडुवा गाउँका १९ वर्षीय दिपककुमार चौधरी (बर्मा) कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार प्रहरी टोलीले चौधरीलाई उनले सञ्चालन गरेको घुम्ती पसलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । , च...
सेतोपाटी संवाददाता भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा गोली चलाइएको छ।, नेपाल-भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा नेपाली युवा माथि गोली चलाएको प्रहरीले जनाएको छ।, कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर ...
एजेन्सी नयाँ खाले कोरोनाभाइरसको  संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ। , सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको  घोषणा गरेका हुन्। पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले...
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।, केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ।, ‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल...
सेतोपाटी संवाददाता नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको छ।, लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो।, लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।, पूजारी हुद...
सेतोपाटी उदयपुरको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ।, डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक ...
रासस म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ।, लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो।, आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुग्नुभएकी पौडेलले सोमबार ...
सेतोपाटी संवाददाता नेपाली सेनाले आज गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ।, गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म सेनाले पदयात्रा गर्न लागेको छ।, पृथ्वी जयन्तीको अवसरमा सेनाले मंगलबारदेखि पदयात्रा सुरू गरेको र सेनाको टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन्।, रणसिंह दल गणका ...
सेतोपाटी संवाददाता पृथ्वीनारायण शाहको जन्म जयन्ती भव्य रूपमा मनाउन बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल एकै ठाउँमा उभिने भएका छन्।, पछिल्लो समय क्यान्सरविरूद्धको अभियानमा सक्रिय कोइराला र 'हाम्रो नेपाल र सुशासन अभियान' चलाइरहेका खेरलले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पुस २७ गते मनाइ...
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।, बरहथवा नगरपालिका वडा नम्बर ९ पैतालिस बिगास्थित नयाँ रोड मधुवनी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय ज्ञानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा ५८ प ४५३१ नम्बरको मोटरसाइकलले तामाङलाई...
हेमन्त केसी भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला। सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो  राष्ट्रिय निकुञ्ज हो। यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ। पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ।, नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सु...
अजयकुमार साह क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ भने नदीजन्य विपद्का घटना समेत बढ्न गएको छ। धनुषामा सञ्चालित कतिपय क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले राजस्वसमेत नबुझाई खोला उत्खनन् गर्ने गरेकाले राजस्व असुलीमा असर परे...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक जना र  पोर्चुगलमा दुई जना नेपालीको निधन भएको हो ।, गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन  हुनेको संख्या ३ सय १५ पुगेको  छ ।, समितिका संयोजक...
सेतोपाटी संवाददाता छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।, कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।, ‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमान सिंह...
सेतोपाटी संवाददाता नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जना पक्राउ परेका छन्।, फ्लाई दुबईको जहाजबाट युएई जान लागेका उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो।, पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ। यस विषयमा प...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ।, पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो।, कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशच...
भगवती पाण्डे कपिलवस्तुको कोइली र वाणगंगा नदी दोभानमा एकाबिहानै पुग्दा आधादर्जन जलेका चिता बगरमा छरपस्ट देखिन्थे। सबै चिता जलिसकेका थिएनन्। राती शव जलिसकेपछि मलामीले दाउरा बल्न छाडेर हिँडेको बुझिन्थ्यो।, त्यहीँ एउटा चिता छेउ थिए एक वृद्ध।, चिसो र सुनसान घाटमा ती वृद्ध चप्पल र आस्कोटका भरमा चिता समेट्दै थिए। चिताबाट खसे...
सेतोपाटी संवाददाता चितवनको भरतपुरमा निमाणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रा.लि.ले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।   , रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्र...
सेतोपाटी संवाददाता आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँ आइपुगेका पोखरेली साहित्यकारहरूलाई स्थानीय व्यास नगरपालिकाले बिर्खे टोपी लगाएर सम्मान गरेको छ। शिरमा भानुभक्तीय टोपी (बिर्खे टोपी) सजाउन पाउँदा अक्षर यात्रीहरू पनि मख्ख परेका थिए।  , सन्दर्भ थियो, गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको मासिक कार्यक्रम ‘अक्षर ...
सेतोपाटी संवाददाता आइतबार बिहान पौने ७ बजे ४२ वर्षीय दुखीकुमार दनुवार पेप्सीकोलाबाट गौशाला जान निस्किए। धनुषा सबैला नगरपालिकाका उनी केही दिनअघि मात्रै काठमाडौं आएका हुन्।, उनी लकडाउन हुनुअघि नै कतारबाट नेपाल फर्किएका थिए। अहिले पुन: विदेश जाने तयारीमा छन्।, म्यानपावर कम्पनीले बोलाएपछि बिहान उनी गौशाला जाँदै थिए। आवश्य...
युनिक श्रेष्ठ कालीमाटीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो घर भई काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने २३ वर्षीय सुरज परियारलाई पक्राउ गरेको हो। , उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती मिरा सुन्दास परियारको हत्या आरोप छ। महानगरीय प्रहरी वृत्त...
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा महानगरीय प्रहरी परिसर, काठमाडौं तानिएका छन्। , मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्मामाथि थप अनुसन्धान गर्न आइतबार परिसर तानिएको काठमाडौं परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय २१ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।, पछिल्लो २४ घण्टामा ६ सय ३७ जना निको भएर फर्किएक...
सेतोपाटी संवाददाता सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार आज बेलुका ६ बजेर ४४ मिनेटमा  बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको हो।   , ३ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का बैतडीसहित दार्चुला र ब...
एजेन्सी भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको  छ।, घटनामा परि कम्तीमा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।, ‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने ...
सेतोपाटी संवाददाता रोकिराखेको ट्रिपरमा ठोक्किएर बौद्धमा एक जना स्कुटर चालक गम्भीर घाइते भएका छन्।, बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो।, 'आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको रहेछ', बौद्ध वृतका ट्राफिक प्रहरी निरीक्षक नविनकुमार अधिकारीले भने, 'पछाडीबाट आएर स्कुट...
रासस पर्वतको मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ।, गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ।, झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ।, लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा ...
रासस काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ।, निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो।, स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिर...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशभर मौसम बदलिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडौंलगायत अधिकांश ठाउँमा हल्का वर्षा भएको छ। , मौसम पूर्वानुमान महाशाखाले  सोमबार दिउँसो पनि वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा आइतबार साँझ नै पानी पर्न थ...
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालयमा विवादित व्यक्तिलाई पदाधिकारी नबनाउन डा. गोविन्द केसीले आग्रह गरेका छन्।, दलीय राजनीतिक भागबन्डाको अन्त्य गर्न पनि केसीको माग छ।, काठमाडौं विश्वविद्यालयमा पदाधिकारी छनौट गर्न सर्च कमिटी गठन भएको छ। , केसीले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्त...
सेतोपाटी संवाददाता हुम्लामा सोमबार भारी हिमपात भएको छ।, आइतबारदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।, सिमकोट विमानस्थल हिउँले ढाकिएको छ। विमानस्थलमा हिउँ जमेपछि उडान प्रभावित भएको छ। , हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ।, उत्तरी नाम्खा गाउँ...
सेतोपाटी संवाददाता तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जा...
एजेन्सी चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी 'हराएको' आशंका गरिएको छ।  याहु न्युजले ज्याक मा हराएकोबारे समाचार प्रकाशित गरेको छ। , उक्त समाचारमा अलिबाबाका संस्थापक मा पछिल्लो समय 'अफ्रिका बिजनेस हिरोज'मा अनुपस्थित हुनुले पनि उनी हराएको शंकामा बल पुगेको उल्लेख छ।, नोभेम्बरमा भएको उक्त ट्...
सेतोपाटी संवाददाता तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ। , त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको हो।, उनी पुस १८ गतेदेखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएक...
सेतोपाटी संवाददाता कालिकोटबाट विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन्।, आईतबार बेलुका जिल्ला प्रहरी कार्यालयको टोलीले कालिकोटको नरहरीनाथ गाउँपालिका–९ बाट दुई जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको हो ।, नरहरीनाथ–९ का ३६ वर्षिय दुर्गाराज बोहरा र जाजरकोटको भेरी नगरपालिका–२ का ३२ वर्षीय पदमबहा...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा एकैपटक उपप्राध्यापकका लागि आवेदन खुलाउने तयारी गरेको छ।, त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले सेतोपाटीलाई दिएको जानकारीअनुसार त्रिविले छिटै करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुलाउँदैछ।, ‘खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्तिका लागि आवेदन गर्न...
सेतोपाटी संवाददाता बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुई जना घाइते भएका छन्।, ट्रयाक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्रयाक्टरमा सवार बित्थडचीर गाउँपालिका–४ ...
सेतोपाटी संवाददाता काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका एक व्यक्तिलाई प्रहरीले ५० राउन्ड गोलीसहित विमानस्थलमा पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्।, उनलाई नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित सोमबार पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश...
सेतोपाटी संवाददाता कैलालीमा सोमबार बिहान गैंडाको खागसहित एक जना पक्राउ परेका छन्।, बर्दगोरिया गाउँपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने छतिवन सामुदायिक वन नजिकबाट खागसहित सोही गाउँपालिकाको वडा नम्बर ५ बस्ने ५८ वर्षीय नयनबहादुर कठरियालाई प्रहरी पक्राउ गरेको हो।, कठरियाले चलाएको ना ३ स ५७५८ नम्बरको अटोमा शंका लागे...
सेतोपाटी संवाददाता कम्बोडियाले नेपाललाई दुई जहाज चार्टर्ड गरेर कोरोनासम्बन्धी सहयोग सामग्री पठाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्बोडियाका अधिकारीहरूले सोमबार मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिएको छ। , कम्बोडियाले पठाएका सामग्रीमा फेस मास्क २० लाख, फ्याब्रिक फेस मास्क १...
सेतोपाटी संवाददाता सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ३ नयाँ रोड बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक हरिण मरेको छ।, नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाइकलले जंगली जनावर हरिणलाई ठक्कर दिएको हो।, सडकमा हरिण देखेपछि चालकले बचाउन खोजेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरका अनुसार मोटरसाइ...
सेतोपाटी संवाददाता धनुषा प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। , जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित सञ्चालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमली रेष्टुरेन्टबाट अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएक...
सेतोपाटी संवाददाता उखु किसानलाई भुक्तानी नदिएको भन्दै बिहीबार पक्राउ परेका पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन्। , किसानहरूको भुक्तानी नदिएको भन्दै अग्रवाललाई प्रहरीले बिहीबार वीरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्‍याएको थियो।, अग्रवाल प्रहरी नियन्त्रणमा परेलग...
सेतोपाटी संवाददाता कञ्चनपुरमा सुनका गरगहना लुटेर वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका  छन्।, पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–१ का ४८ वर्षीय दलबहादुर विक छन्।, पुस ११ गते राति सोही ठाउँकी छिमेकी समेत रहेकी ७१ वर्षीया खण्टी भुलको हत्या गरी गरगहना लुटेको आरोपमा शुक्रबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरीका प्रहरी हवल्दार र व्यापारीलाई घुस रकमसहित पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय, हरिनगराका प्रहरी हवल्दार भोला यादव र स्थानीय व्यापारी विनोद साहलाई अख्तियारले पक्राउ गरेको हो।, यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्...
सेतोपाटी संवाददाता नेपाल जेसिजका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीले पदभार ग्रहण गरेका छन्।, भलबारी  जेसिजको आतिथ्यमा सम्पन्न राष्ट्रिय  महाधिवेशनबाट निर्वाचित  पदाधिकारीले नेपाल जेसिजको सचिवालय थापाथलीमा आ-आफ्नो पदभार सम्हालेका हुन्।, राष्ट्रिय अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अरुनेश्वर खनालले जेसिजलाई सबै तहको सरका...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा अन्य दुई जना पक्राउ परेका छन्।  , धादिङ धुनिवेशी नपा वडा  नं. ५ का वर्षीय मनोज राईलाई प्रहरी सुरूमा बुधबार पक्राउ गरेको थियो। पक्राउपछि राईलाई अनुसन्धान गर्दा संलग्न अन्य दुई पक्राउ परेको प...
सेतोपाटी संवाददाता धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ। धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो। हत्...
विनोद सापकोटा विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट एक वर्षमा २६ हजार क्यान्सरका विरामीले ओपीडी सेवा लिएका छन्।, सन् २०२० को शुरुवातसँगै अस्पतालले आफ्नो सेवा शुरु गरेको थियो। प्रदेश १ का क्यान्सर बिरामीलाई लक्षीत गरी सञ्चालनमा आएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै वर्षभरि गरेका सेवाको बारेमा जानकारी गराएक...
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) निको हुनेको संख्या एक करोड पुग्न लागेको छ ।, अहिलेसम्म गरिएको १७ करोड परीक्षणमा भारतमा १ करोड ३ लाखमा ३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९९ लाख १ हजार ९ सय २९ जना निको भएका वल्डोमिटरले जनाएको छ । , यस्तै १ लाख ४९ हजारको भने मृत्यु भएको छ । भारतमा गएको २४ ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवा मृत भेटिएका छन्। , शनिबार कृष्णपुर नगरपालिका–२ वाणीका  २५ वर्षीय रमेश चौधरी घरकैकाे काेठामा मृत भेटिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।, चौधरी कोठा भित्र प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।, उनको शव परीक...
सेतोपाटी संवाददाता शनिबार बिहानको काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ। तराईको जनजीवन भने हुस्सुले प्रभावित हुने देखिएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको हो।, शनिबार सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावनासमेत ...
नारायण अधिकारी दुई दशकअघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थालेका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन्। उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन्। , गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थ...
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवको मेलम्ची खानेपानी चैतसम्ममा राजधानी पुर्‍याइने भएको छ। गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकार...
सेतोपाटी संवाददाता कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ। , जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो। , बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको...
सेतोपाटी संवाददाता मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ।, मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र-१ अन्तर्गतका रानीपौवा, झारकोट र खिङ्ग...
नारायण खड्का मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ।, कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र ...
सेतोपाटी संवाददाता डेलिभरीका क्रममा शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ।, शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।, उनका अनुसार तोडफोड गरेपछि १७ जनालाई नियन्त्रणमा लिएको छ।, शुक्रबार राति नैकाप बस्ने २५ वर्षी...
सेतोपाटी संवाददाता दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्। , लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी जंगली बँदेलको आक्रमनबाट घाइते भएका छन्। , घाइतेमध्ये शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय १९ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ।, पछिल्लो २४ घण्टामा  ७ सय ५० जना निको भएर फर्किएका छन्। ...
सेतोपाटी संवाददाता बैतडीमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाका २५ वर्षीय हेमन्त धामी रहेका छन्।, शनिबार मेलौली नगरपालीका–३ ठूलोखोलास्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बा २ क २०६ नम्बरको स्काभेटर दुर्घटना हुँदा उनको मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद ...
सेतोपाटी संवाददाता डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , शनिबार केआइसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा भएको दुर्घटनामा शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका चालक भक्त बलायरको मृत्यु भएको हो।, सोही दुर्घटनामा परी अर्को एक जना सामान्य घाइते छन्। , उक्त ट्रयाक्टर भीरबाट करिब २ सय ५० मिटर तल खसेको जिल्ला...
खिलानाथ ढकाल नेपाली सेनाले सैनिकहरूका लागि वीरगन्जस्थित क्राउन टेक्स्टाइल्स इन्डष्ट्रिज प्रा.लि.सँग थालेको कपडा खरिद प्रक्रिया रद्द गरेको छ। , नेपाली सेनाले क्राउनसँग थालेको ११ करोड बराबरको क्यामोफ्ल्याग फेब्रिक (चुस्ता कपडा) खरिद प्रक्रिया रद्द गरेको हो।, क्राउन टेक्सटाइल्स नेपाल प्रहरीको पोशाकमा ठगी मुद्दा खेपिरहेको...
रासस म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ।, म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ।, आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको ...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट करिब साढे ३ लाख रकमसहित १५ जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा ३७ वर्षीय ओमकार वली, ४२ वर्षीय ज्ञानबहादुर डाँगी, ३७ वर्षीय नरबहादुर डाँगी, ४६ वर्षीय तिले बस्नेत, २७ वर्षीय डम्मर केसी, ४१ वर्षीय पूर्णबहादुर डाँगी, ५२ वर्षीय थलबहादुर बुढाथोकी, ३७ वर्षीय खुमनसिंह वली, ३७ वर्षकै ...
नारायण खड्का जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ।, शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सेतोपाटीलाई जा...
रासस हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ।, चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।, कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। शनिबार न्यूनतम तापक्रम १ दमलव ३ डिग्रीमा झरेको काठमाडौंमा आइतबार बिहानको तापक्रम झण्डै २ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, आइतबार देशका केही ठाउँमा हल्का पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने मौसमविद...
सेतोपाटी संवाददाता प्रहरी नायब निरीक्षक (असई) सिकन्दरप्रसाद कानुविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत् असई कानुविरूद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।, प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गर्न कानुले सेवाग्राहीसँ...
खिलानाथ ढकाल इटहरीकी २३ वर्षीया विद्या सरकार आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँथिन्। फेसबुकमा उनको नाम विद्या शर्मा छ। , उनी कहिले हिमानी ट्रष्टका नाममा, कहिले बलात्कार विरूद्धको आन्दोलनमा, कहिले सामाजिक अभियन्ताको नाममा गतिविधि गर्थिन्। विद्याले कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन्।, यि...
सेतोपाटी संवाददाता अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्। , अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन्। , गत पुस १० गते ११ ...
सेतोपाटी संवाददाता पछिल्लो समय बेलाबेलामा बिजुली झ्याप्प-झ्याप्प गइरह्यो। चार वर्षदेखि लोडसेडिङ नझेलेका उपभोक्तालाई लाग्यो- फेरि लोडसेडिङ हुन लाग्यो कि क्या हो!, लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको पुनर्नियुक्त नभएदेखि नै धेरैलाई फेरि लोडसेडिङ हुन्छ कि...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ६  हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ।, पछिल्लो २४ घण्टामा ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। , बिहीबार विशेष अदालत, काठमाडौंमा आयोजना प्रमुख वेलबहादुर नेपालीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो।, अख्तियारले आयोजना प्रमुख नेपाली, तत्...
सेतोपाटी संवाददाता बैतडीमा परालको आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा साउद रहेकी छन्।, यो घटना बिहीबार अपरान्हको हो। अभिभावक काममा गएका बेला उनी चार वर्षीय दाइ सँगै खेलिरहेकी थिइन्। , सलाइसँगै खेलिरहेका दाइले घरनजिकै प...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेको छ।, राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान कार्यालयभित्र रहेको भारतीय जिजे ०६एजेड ६३५१  नम्बर प्लेटको ट्रकबाट प्रहरीले एक थान पेस्तोल बरामद भएको जनाएको हो।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्...
सेतोपाटी संवाददाता कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। , शिवराज नगरपालिका-३ करमादीकी १६ वर्षीया दीपा रोकाको हत्या आरोपमा प्रहरीले वडा नम्बर ४ का २० वर्षीय अल्ताफ मुसलमानलाई पक्राउ गरेको हो।, पक्राउ परेका मुसलमानलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।, रोका ...
एजेन्सी ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको थियो।, समाचार संस्था रोयटर्सले चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक प्रकाशनको हवाला दिदैं नयाँ प्रजातिको भाइरस भेटिएको जनाएको हो।, चीनमा नयाँ प्रजातिको कोरोना एक २३ वर्षीया महिलामा पुष्टि भएको हो। उनी हालैमात्र ब्रिटेनबाट चीन फर्कि...
सेतोपाटी संवाददाता ललितपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। , बिहीबार प्रहरीले झापा घर भई महालक्ष्मी नगरपालिका-३ इमाडोल बोजेपोखरीस्थित डेरागरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई पक्राउ गरेको हो। , उनले ९ वर्षीया बालिकालाई ललाइफकाइ बलात्कार गरेको महानगरीय प्रहरी परिसर, लल...
सेतोपाटी कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरू भएको ९ वर्ष बितेको छ।, नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।, हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट सुरू भएको हो। पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्न...