content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन्। , दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो।, तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण ... |
सेतोपाटी संवाददाता रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा आगलागी भएको छ।, लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो।, शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु६४प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो।, मोटरसाइकल चालक दीपक घिमिरे भने सकुसल रहेका छन्। दुर्घटना पछ... |
सेतोपाटी भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताएका छन्। , आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन्।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा ... |
सेतोपाटी संवाददाता बुटवलको धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित फरार भएका छन्।, फरार भएका संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए।, अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल १३... |
सेतोपाटी संवाददाता सरकारविरूद्ध स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।, आइतबार उनीहरूले विभिन्न नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।, उनीहरूले जनता सारा कोरोनाको मारमा, निर्दयी सरकार बालुवाटारमा, नि:शुल्क उपचार सरकारको नारा जनताले तिर्छन् प्राइभेटमा सारा, सरकार मलाई पिपिई खोइ?, जनता बसेका छन् रोईरोई भ्रष्टचारी... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ।, पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर... |
युवराज श्रेष्ठ पोखराको अमरसिंह चोक निवासी सुरज सुनारले बिरामी छोरी उपचार गर्न बुधबार पोखराकै गण्डकी मेडिकल कलेज लगे।, कलेज अगाडि गाडी पार्किङ गरेर छोरीलाई अस्पतालभित्र लगे। अस्पतालमा भर्ना गरेर उनी बाहिरिए। , गाडी निकाल्न लाग्दा उनको नजिक एक युवा आए र पार्किङ शुल्क भनेर ३० रुपैयाँ मागे। पार्किङ शुल्क तिरेर उनी घर गए।,... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट सुर्खेतका एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो वीरेन्द्रनगर–६ का ८२ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, सास फेर्न समस्या भएपछि १० गते राति उनलाई कर... |
नारायण खड्का घोराही उपमहानगरपालिका-१४ नयाँ बजारस्थित सगरमाथा टोल समसाँझमै सुनसान छ। ६६ वर्षीया सितली मगर्नी आफ्नो टहरो (ढ्याब्ली) मा राखेको पसलभित्रै छन्। एउटा बालक आएर केही माग्छन्। तर, ती बालकले मागेको वस्तु उनको पसलमा थिएन।, १९ वर्षदेखि उनी यहीँ टहरोमा बस्दै आएकी छन्। जीवनको सहारा भन्नु नै यही एउटा टहरो हो। योबाहेक... |
विवेक राई सरकारले कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा भित्रिएको छ/छैन पत्ता लगाउन काम अघि बढाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले युरोपमा देखिएको कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको हुनसक्ने भन्दै पत्ता लगाउन काम अघि बढाइएको जानकारी दिए।, उनले त्यसका लागि बेलायतबाट आउने व्य... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन्।, गत आइतबार प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यही दिन उक्त प्रस्ताव राष्ट्रप... |
सेतोपाटी संवाददाता स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्।, प्रहरीले शनिबार साँझ साढे ६ बजे रौतहट गौर नगरपालिका-४ बाट दुई जनालाई १२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। , प्रहरी टोलीले सो ठाउँमा भारतबाट आउनेमाथि चेक गर्ने क्रममा दुई जनामाथि शंका गरेका थिए। , भारत विहारको सितामढी बस्ने ४० वर्षीय ल... |
विवेक राई कोरोना भाइरसको महामारी सेलाउन नपाउँदै अझ कडा प्रकारको कोरोना भाइरस विभिन्न मुलुकहरूमा देखा परेको विभिन्न अध्ययनहरूले देखाएको छ। , सुरूमा बेलायतमा देखिएको भनिएको उक्त नयाँ प्रकारको कोरोना अहिले फ्रान्स, स्पेन, क्यानडा र जापानमा पनि देखा परेको बताइएको छ। , विभिन्न अध्ययनअनुसार यो प्रजाति पहिलेको भाइरसभन्दा ५६ ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा ७१ वर्षीया वृद्धा मृत फेला परेकी छन्। , पुनर्वास नगरपालिका–१ ढक्काकी खन्टी भुल शरीरमा चोटपटक लागेको अवस्थामा आइतबार घरमै मृत फेला परेको प्रहरीले जनाएको छ। , आज बिहान ढिलासम्म उनी नउठेपछि छिमेकीले उनलाई उठाउन घर पुग्दा मृत फेला परेकी स्थानीयलाई उदृत गर्दै कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अ... |
सेतोपाटी संवाददाता तीनदेखि हराएका कञ्चनपुरका २१ वर्षीय युवकको शव फेला परेको छ।, भीमदत्त नगरपालिका–७ हल्दुखालका पंकजसिंह कार्कीको वडा नम्बर ३ खनियाँखोलामा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।, ‘युवक ९ गतेदेखि हराएका थिए। आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा आज शव फेला परेको हो,’ कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले... |
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष अस्पतालबाट आइतबार बिहान भागेका कोरोना संक्रमित दाङमा भेटिएका छन्।, बुटवल १३ बेलबासका ५५ वर्षीय कोरोना संक्रमित पुरूष आइतबार बिहान शौचालय जाने बहानामा धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट भागेका थिए।, निमोनियाका समेत रोगी उनलाई कोरोना परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएप... |
सेतोपाटी संवाददाता सरकारले कोरोना भारइसको संक्रमण घटेको भन्दै निजी अस्पतालहरूलाई कोरोना अस्पतालको सूचीबाट हटाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमण एकदम कम भएकाले निजी अस्पतालहरूलाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको जानकारी दिए। , मन्त्रालयले सं... |
सेतोपाटी संवाददाता रौतहटबाट काठमाडौं आएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन्। , प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो। , महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलिले रौतहटबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रुवाहक बसमा चेक गरेको थियो। ,... |
सेतोपाटी संवाददाता संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ। , आइतबार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरेको थियो। , जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज मल्लका अनुसार सुरूमा एपिएफसहित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार भएको ह... |
सेतोपाटी संवाददाता सासूमाथि बोक्सीको आरोप लगाई हत्या गर्ने एक जना पक्राउ परेका छन्।, सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साहलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।, उनीमाथि आफ्नै ८५ वर्षीया सासूआमा सुदादेवी साहको हत्याको आरोप छ।, उनले कात्तिक ११ गते सासूआमा साहलाई बोक... |
सेतोपाटी संवाददाता आफ्नै केटी साथीको अर्धनग्न तस्बिर/भिडिओ पोर्न साइटमा हाल्ने एक जना पक्राउ परेका छन्। , प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजातपथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा पक्राउ गरेको हो। , उनीमाथि यौन उत्पीडन दिएक... |
सेतोपाटी पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू-भागमा हुस्सु लागेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौं उपत्यका लगायतमा हुस्सु लागेको छ। , पश्चिमी वायुको प्रभावले अझै एक दुई दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्... |
सेतोपाटी संवाददाता जनकपुरधामको मिथिला डिपार्टमेन्टमा आगलागी भएको छ। , जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार मध्यान्ह १२ बजेतिर आगलागी भएको प्रहरीले बताएको छ। , आगो नियन्त्रणमा लिनका लागि विभिन्न स्थानबाट आएका ४ वटा वारुण यन्त्र मगाइए पनि आगो पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन। , आगलागी निय... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका–४ का ७४ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको अस्पताले जनाएको छ।, मृतक पुरूषमा पुस ६ गते कोरोना पुष्टि भएको थियो।, उनलाई नियमित अक्सिजन सहितको उपचार दिए पनि ज्यान बचाउन नसकिएको अस्पतालका नि... |
रासस पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।, ३१ वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो।, टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका... |
रासस अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। , जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। , पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर फ... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। , महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार बिहीबार राति करिब ७ बजे बिएन्डबी अस्पताल अगाडि प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा बिएण्डबी अस्पतालमा कार्यरत दुई कर्मचारीको ज्यान गएको ह... |
सेतोपाटी संवाददाता झापामा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र उनका भतिजा २८ वर्षीय भयंकर भन्ने भुखन किसान छन्। , उनीहरूमाथि ४२ वर्षीय पुलिस भन्ने पर्शुराम गौतमको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार भुखन भने मुख्य व्यक्ति ह... |
एजेन्सी जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारीले बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरसविरूद्ध आफ्नो खोपले लड्न सक्ने बताएका छन्। , बायोएनटेक/फाइजरले बनाइसकेको खोपलाई बेलायतको नयाँ भाइरसकै लागि भनेर परिमार्जन गर्न नपर्ने बायोएनटेक प्रमुख उगुर साहिनले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्। , द गार्डियनका अनुसा... |
सेतोपाटी संवाददाता प्रहरीले चर्को आवाज निकाल्ने ३ सय ४२ मोटरसाइकललाई कारबाही गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाएको थियो। , त्यही अभियानमार्फत् अहिलेसम्म ३ सय ४२ वटा मोटरसाइकललाई कारबाही गरेको महाशाखाले जनाएको छ। , महाश... |
खिलानाथ ढकाल सशस्त्र प्रहरी बलले गत असोज २८ र ३० गते दुई चरणमा लत्ताकपडा, ज्याकेट, बुटलगायत १४ प्रकारका सामग्री किन्न बोलपत्र खोलेको थियो।, आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत बजेटबाट जाडोका सामग्री किन्न करिब ४० करोड रुपैयाँ छुट्याइएको छ। , विशेषगरी भारत र चीनसँग जोडिएका सीमामा स्थापना गरिएका बोर्डर अब्जरभेसन पोस्ट (बिओ... |
रासस समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ।, इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ।, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए।, यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए। ... |
सेतोपाटी आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन्। , विसं २०६६ तिर नै उनलाई मनोरोगले छोइसकेको थियो। श्रीमान अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन। श्रीमान काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो। , उनमा रोग बल्झिँदै गयो। एक दिन मानिसल... |
सेतोपाटी संवाददाता सरकारले गरेको प्रतिनिधि सभाको संसद विघटनको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।, शुक्रबार बिहानैदेखि प्रदर्शन हुँदा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। , माइतीघर तथा अन्य ठाउँमा प्रदर्शन हुँदा ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएक... |
सेतोपाटी संवाददाता भक्तपुरमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ। , शुक्रबार बिहान करिब सवा २ बजे सूर्यविनायक नगरपालिका-८ आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिकै ट्रक पल्टिएको हो। , चालक पर्सा वीरगन्ज महानगरपालिका-१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारी छन्। , अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ ... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फर्मविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको छ।, विभागले ती व्यापारिक फर्म तथा सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, विभागले ललितपुर-२ को कविला सप्लायर्स सेन... |
सेतोपाटी संवाददाता झापाको गाैरादह नगरपालिका वाड नं. ८ भुडीसिमल बस्ने अन्दाजी ६६ वर्षीय ढावालाल राजवंशीकाे सवारी दुर्घटनामा परी शुक्रबार दिउँसो मृत्यु भएकाे छ। सो दुर्घटनामा परी अर्का एक घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका वाड नं. ३ सुरङ्गास्थित हरिकुल बोर्डिङ स्कुल अगाडि पार्किङ गरिएको मे १... |
सेतोपाटी संवाददाता बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि बुटवलका एक जना व्यवसायीले १ करोड रुपैयाँ सहयोग गरेका छन्। , रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा निर्माण प्रस्ताव गरिएको अस्पतालको भवन निर्माणका लागि उद्योगी सुरज पाण्डेले एक करोड रुपैयाँ सहयोग गरेका हुन्।, पाण्डेले अस्पतालको आठौं वा... |
रासस इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्।, डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।, पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। , पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्क... |
एजेन्सी फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ।, फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको ले जनाएको छ ।, यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो ।, कोरोना भ... |
सेतोपाटी संवाददाता कैलालीमा चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन्। , शनिबार बिहान प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित मिट प्वाइन्ट होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। , चितुवाको छाला र हड्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खट... |
सेतोपाटी संवाददाता मन्त्रिपरिषदले फुकुवा नगरिकन राजधानीका फिल्म हलहरू सञ्चालनमा नआउने भएका छन्। , शुक्रबारदेखि केही सञ्चालकले फिल्म हल खोल्न खोजे पनि प्रशासनले रोक लगाएको छ। , काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे छलफल गर्न आइतबार बैठक बोलाएका छन्। , ‘मन्त्रिपरिषदको निर्णयअनुसार फिल्म हल बन्द... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ। त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो। त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए। त्रिव... |
निशा भण्डारी ललितपुरको लबिम मलमा क्रिसमस मनाउनेको भीड बढेको छ। , २५ डेसेम्बरमा पर्ने क्रिसमस मनाउन सर्वसाधरणहरू निस्किँदा मलमा भीड भएको हो। , भीड बढेपछि मल बाहिर पनि ट्राफिक व्यवस्थापनमा हम्मे परेको हो। , महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार मल बाहिर सवारीसाधनको घुइँचो लागेको थियो... |
युनिक श्रेष्ठ गत सोमबार सिन्धुलीकी निरूता तामाङको निर्माणाधीन भवनबाट खसेर मृत्यु भयो। , कपन बस्दै आएकी ३५ वर्षीया निरूताको चुच्चेपाटीमा निर्माणाधीन अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो। निरूता उक्त भवनमा मजदुरका रूपमा काम गर्थिन्। प्लास्टर गर्ने ठाउँमा सहयोगी थिइन्।, भवनको बाहिरपट्टि प्लास्टरको काम भइरहेको थियो... |
खिलानाथ ढकाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विराटनगरका मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जय रौनियारमाथि अनुसन्धान थालेको छ।, गैरकानुनी मिटरब्याज लगानीबाट सर्वसाधारण ठगेको पाइएपछि विभागले विराटनगर-९ घोघापुलका ४५ वर्षीय रौनियारको सम्पत्ति छानविन थालेको विभाग स्रोतले जनाएको छ।, विभागका एक अधिकारीका अनुसार रौनियारविरूद्ध ... |
सेतोपाटी संवाददाता सुर्खेत र आसपासका जिल्लाहरूमा १५ घण्टादेखि विद्युत सेवा अवरूद्ध भएको छ। , कोहलपुर–सुर्खेत प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण लाइन जोडिएका सुर्खेत, जाजरकोट र दैलेखमा गएराति ८ बजेदेखि विद्युत सेवा अवरूद्ध भएको हो।, नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार सुर्खेतको हर्रे र छिन्चुको बी... |
सेतोपाटी संवाददाता अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्। , प्रहरीले सोमबार काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्ने धादिङ खनियाबास गाउँपालिका-३ का २५ वर्षीय बिर्ज तामाङ हुन्। , महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले शंका लागेर तामाङमाथि खानतलासी गरेको थियो। , त्य... |
सविता बुढा कैलालीको भजनी नगरपालिका-६ का बिष्णु गिरी अचेल प्राय: जंगलमा भेटिन्छन्। ५-७ जनाको टोली लिएर उनी बिहानदेखि साँझसम्म सिमलका ठूला रूखमा लागेका मौरीका घार खोज्छन्।, केही दिनअघि उनको टोली जोशीपुर गाउँपालिका-३ को हरियाली पार्वती सामुदायिक वनमा पुगेको थियो। टोली सदस्यले पराल, पगाहा, केराका सुकेका पात, हँसिया, बाल्ट... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। , पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फ... |
सेतोपाटी संवाददाता सिराहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा शंकास्पद वस्तु भेटिएको छ। , सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुर बजारस्थित परिसरमै राखिएको जेनरेटरमाथि प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ।, सरसफाइ कर्मचारीले मंगलबार बिहान सरसफाइ गर्ने बेलामा मूल गेटनजिकै राखिएको कालो ब्यागमा शंकास्पद वस्तु देखेपछि प्र... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीकी विपना ज्ञवाली गत साउनमा खाडी मुलुक कुवेतका लागि नेपालको श्रम सहचारी बनेकी थिइन्। , पाँच वर्षअघि शाखा अधिकृत बनेकी ज्ञवालीले प्रतिष्पर्धाबाट कुवेत जाने मौका पाएकी थिइन्। , श्रम सहचारीका रूपमा कुवेत उनको पहिलो पोष्टिङ थियो। , वैदेशिक रोजगारीका लागि धेरै नेपाली पुगेको कुवेतमा समस्या ... |
एजेन्सी दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मङ्गलबार गरेको छ।, दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ। , क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने... |
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ।, कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।, भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ।, पछिल्लो समय बेलायत... |
सेतोपाटी जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ। , मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार रूपैयाँ जरिमाना गर्... |
दिपकजंग शाही फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। , प्रदेश सरकारले थपिदिएसँगै अब राउटेहरुको भत्ता मासिक ५ हजार रुपैयाँ पुगेको छ।, यसअघि नेपाल सरकारले उनीहरुलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिने गरेको थियो। ने... |
सेतोपाटी तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा सप्तरीका एक जनालाई सोमबार १० वर्ष कैद सजाय भएको छ। , जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।, गुप्ता त्यतिबेला राजपा नेपाल सप्तरीका क... |
सेतोपाटी कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ। , मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन्।, उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो।, मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रूपैयाँ जरिमाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो। , ... |
सेतोपाटी चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ। , सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो। , पाँच वर्... |
एजेन्सी फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ।, समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो।,
गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्।, प्रहरीहरूमाथि ४८ वर्षीय एक पुरूषले गोली प्रहार गरेका हुन्।, घरेलु हिंसाको भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेक... |
रासस आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।, पटक-पटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले सकुन्तलाको हत्या गरेको खुलासा भएको हो।, सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शु... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। , पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर... |
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्दै आएका २७ वर्षीय गोपिकृष्ण खनाल छन्।, गम्भीर घाइते खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ।, एकान्तकुनाबाट बल्खुतर्फ ... |
रासस तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ। , मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ‘जिउँदो इतिहास’ घलानको गएर गएराति निधन भएको हो। , घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ।... |
सेतोपाटी संवाददाता बेलायत सरकारले गोरखा पेन्सनबारे ल्याएको नयाँ प्रस्तावमाथि परामर्शमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सहभागिता नजनाउने भएको छ ।, गेसो सभापति कृष्णकुमार राईले विहीबार एक विज्ञप्ति प्रकाशन गर्दै बेलायती रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावबारे जनवरी महिनामा हुने भर्चुअल बैठक र त्यसपछि पनि कुनै सुझा... |
सेतोपाटी संवाददाता बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। , बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई... |
सेतोपाटी संवाददाता काठमाडौं बागबजारस्थित सेनसेगेएई कन्सल्टेन्सीमा कोरियन भाषा सिकाउने एक प्रशिक्षक पक्राउ परेका छन्। , प्रहरीले धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगर-रुद्रमति कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको हो।, उनलाई मंगलबार कालोपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कन्सल्टेन्सीमा उनी... |
सेतोपाटी संवाददाता गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए।, सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्।, युवतीले उनलाई कलंकी पुर्याइदिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्याए।, तर, युवती कलंकी उत्रिइनन्। भोलालाई चोभार... |
विवेक राई सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ। , स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। , त्यसका लागि 'लक्षित समूह पहि... |
रासस झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।, पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५ का ... |
राजेश घिमिरे आफ्नो कार्यक्षेत्र भित्र पर्ने पूर्व–पश्चिम राजमार्गलाई फराकिलो बनाउने कुरा भरतपुर महानगरले प्रतिष्ठाको विषय बनाएको छ। त्यहीअनुरूपको प्रचार पनि गरिरहेको छ। , बजार बाक्लिँदै जाँदा साँघुरो बनेको राजमार्गलाई फराकिलो बनाउने कुराले यहाँका बासिन्दामा पनि उत्साह देखिन्छ। यहाँको एक टहरोमा ४१ वर्षदेखि बस्दै आएकी ए... |
सेतोपाटी संवाददाता महोत्तरीमा खाल्डोको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। , महोत्तरीको एकडारा गाउँपालिका वडा नं. २ बेला बस्ने राजु रामको एक वर्षीया छोरी अस्मिता कुमारी रामको खाल्डोको पानीमा डुबेर आज दिउँसो मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , आफ्नै घर पछाडि रहेको ... |
सेतोपाटी संवाददाता बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।, धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हाे।, आज बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन्।, बैतडीको पुर्चौडी नगरपालिका... |
सेतोपाटी संवाददाता संसद विघटनको कदमलाई लिएर विभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकहरुले अत्यन्तै प्रतिगामी र गैरसंवैधानिक कदम भनेका छन् ।, बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रबुद्ध नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलीभगतमा गरिएको संसद विघटनको भर्त्सना समेत गरेका छन्।,... |
सेतोपाटी संवाददाता सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आएका व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट नेपाल आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अपिल गरेको... |
सेतोपाटी केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरू धमाधम बन्द हुन थालेका छन्।, यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनक... |
सेतोपाटी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन्। गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो। , यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए। , 'कोभि... |
एजेन्सी कोरोना भाइरस रोकथाम सम्बन्धी नियम तोडेको आरोप चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय अमेरिकी डलर जरिवाना गरिएको छ।, यसै महिनाको सुरूवातमा एक महिलासँग खिचेको मास्कबिनाको सेल्फी फोटोका कारण उनले जरिवाना तिर्नुपरेको हो।, यसै महिनाको सुरूमा सामाजिक संजालमा समेत भाइरल बनेको सो सेल्फीमा राष्ट्रपति र तस्विर ख... |
सेतोपाटी संवाददाता बुवा र काकाको अंशबण्डाको झगडा छुट्याउन गएका छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ। , प्रहरीका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको विषयमा कुटपिट हुँदा ५५ वर्षीय गणेश लिम्बूको मृत्यु भएको छ। , कुटपिट गर्ने ३५ वर्षीय कुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार राति गणेश... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। , पछिल्लो २४ घण्टामा एक हजार ९७ जना निको भएर फर... |
सेतोपाटी संवाददाता झापामा एक महिलाको मृत अवस्थामा फेला परेकी छन्।, आइतबार बिहान ८ बजे विर्तामोड नगरपालिका-२ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको हो।, उनको शव घरबाट तीन सय मिटर पश्चिममा रहेको मोहन मगरको खेतमा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले बताए। , दिनो राजवंशीका श्रीमान् जगत राजवंशी... |
सेतोपाटी संवाददाता बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।, शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। , घटनामा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय न... |
सेतोपाटी गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए। , मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्य... |
सेतोपाटी संवाददाता गाँजा खाएर ट्रक दुर्घटना गराउने चालक पक्राउ परेका छन्। , महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति साढे ११ बजे काठमाडौंबाट धादिङ जाँदै गरेका ट्रक चालकलाई पक्राउ गरेको हो। , ना ५ ख १८४५ नम्बरका चालकले लापरबाही गरी ट्रक चलाउँदा त्यसले विपरित दिशाबाट आएको ना ५ ख ९२८९ नम्बरको ट्रकलाई ठक्कर दिएको थिय... |
सेतोपाटी संवाददाता स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या भएको छ।, हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय रेशम रानालाई पक्राउ गरेको छ। उनले शनिबार दिउँसो सवा १२ बजे एक किशोरको हत्या गरेका हुन्। , उनले हरिनाश गाउँपालिका-५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोप छ। , प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रस... |
सेतोपाटी संवाददाता ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको अनियमितता प्रकरणमा तीन जना तत्कालीन शाखा प्रबन्धक पक्राउ परेका छन्।, बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान अघि बढाएको थियो। रकम बराबरको कर्जा... |
सेतोपाटी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ। , यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो। ,
,
आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख ... |
सेतोपाटी संवाददाता भक्तपुरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो साढे दुई बजेतिर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा पहिरो खसेको थियो। , पहिरो खस्दा सडक निर्माणको काम गरिरहेका तीन जना घाइते भएका थिए। घाइतेमध्ये एक जना मजदुरको मृत... |
सेतोपाटी बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ। , वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए।, 'बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरूले देख्नुभएको रहेछ', अधिकारीले भने, 'वन कार्यालयको टोली... |
सेतोपाटी संवाददाता काठमाडौंको माइतीघर मण्डलाबाट एक जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्। , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उषाकिरण आजाद भन्ने हर्कबहादुर विक छन्। , महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरी... |
द न्यूयोर्क टाइम्स मिरियम रोड्रिगेजले पिस्तोल आफ्नो पर्समा घुसारिन् र बेतोडले दौडिन थालिन्।, अमेरिकाको टेक्सास जाने पुलमा एकाबिहानैदेखि बाक्लो भीड थियो। मिरियम त्यही भीडमा हावासरी हुत्तिँदै थिइन्। उनी बेलाबेला थामिएर लामो–लामो सास फेर्थिन् र पर्स छामछुम पार्थिन्। उनको हातमा एउटा तस्बिर पनि थियो, जसलाई बारम्बार नियाल्द... |
सेतोपाटी संवाददाता छुट्टाछुट्टै घटनामा परी कालीकोटमा दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार एक जनाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ भने एक जनाको भिरबाट लडेर मृत्यु भएको छ।, जिल्लाको रास्कोट नगरपालिका–९ स्थित फुगाड नजिक घर लिप्ने माटो खन्न गएकी १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ।... |
नारायण खड्का टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। , दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। , पछिल्लो २४ घण्टामा एक हजार ७९ जना निको भएर फर... |
सेतोपाटी संवाददाता बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। , कलैया उपमहानगरपालिका-३ गंगापुरकी ७५ वर्षीया वृद्धा रामसवारीदेवी कानुको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार उनको सोमबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , अत्यधिक जाडो र शितलहरका कारण जाडो छल्न ... |
सेतोपाटी संवाददाता किसानलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , रौतहट वृन्दावन नगरपालिका-६ हर्षाहा टोल बस्ने २८ वर्षीय अनिलकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अ... |
सेतोपाटी संवाददाता प्रहरीले गाडीकाे टायरको ट्युबमा लुकाइछिपाइ राखेकाे मदिरा बरामद गरेकाे छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीले काठमाडौं १४ कलंकी हनुमान गल्लीस्थित प्रसाई निवासको भर्याङमुनि लुकाइछिपाइ राखेको गाडीको ट्युबमा अन्दाजी ३०० लिटर घरेलु बरामद गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी प्रमुख डिएसपी अपिल ... |
सेतोपाटी अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन्। , जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०:१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.