content
stringlengths
20
64.1k
विवेक राई बेलायतबाट नेपाल फर्केका पाँच जना कोरोना संक्रमितको भाइरस नयाँ हो/होइन भनेर यकिन गर्न स्वाब हङकङ पठाइने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वाबलाई 'जिन सिक्वेन्सिङ' मार्फत् भाइरस नयाँ हो कि पुरानै हो भनेर पत्ता लगाउन हङकङ पठाउन लागेको हो।, अहिले हङकङ पठाउन लागिएक...
दिपकजंग शाही कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ। , गएराति १० बजेतिर अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह उनको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरी राखेको राति गाडीमा आगो लागेको जिल्ला प्रहरी ...
सेतोपाटी कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ।, शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। , उनका अनुसार मृतकको शव...
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय तुलसीपुरले अवैध रूपमा भित्र्याइएको मंगुर माछा जफत गरी खोलाको बगरमा गाडेको छ।, ईप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी ७ बजेपछि तुलसीपुर बजारबाट ती माछा नियन्त्रणमा लिएर पातुखोलामा लगी गाडेर नष्ट गरेको हो।, तुलसीपुर उपमहानगरप...
सेतोपाटी संवाददाता काठमाडौंको चाबहिलमा सहकारी संस्थाका कर्मचारीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन्। , प्रहरीले लुटपाट गर्ने पाँच जनालाई बिहीबार पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। , काठमाडौं महानगर-२६ नरदेविका २६ वर्षीय अमित तुलाधर, भुरूङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन शाही नेप...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्।, एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।, गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले डिआइजी बढु...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा अहिले पार्टी प्रवक्ता छन्। प्रवक्ताका रूपमा पार्टीका नीति र निर्णयबारे आमनागरिकलाई जानकारी दिनु उनको जिम्मेवारी हो। केही समयपछि भने शर्मा फरक भूमिकामा देखा पर्ने भएका छन्। , देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको टेलिभिजन कार्यक्रम 'ऐना' टिमले...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्री गाउँस्थित ‘दिदी घर’ संस्थालाई अबदेखि अल्पकालीन बालगृहको रूपमा विकास गरिने भएको छ। , आपत विपदमा परेका, असहाय, अभिभावकविहीन, संरक्षकविहीन बालबालिकालाई अबदेखि दिदी घर संस्थामा राखिने भएको हो।  , दिदी घरमा शुक्रबार आयोजित छलफल कार्यक्रममा विभिन्न कारणले सडक...
सेतोपाटी संवाददाता धनुषामा एक बालकको हत्यापछि गाडिएको अवस्थामा शव फेला परेको छ। , शुक्रबार बिहान बिदेह नगरपालिका-२ स्थित जीवन रायका अन्दाजी ५-६ वर्षीय छोरा अभिनन्दन रायको शव फेला परेको हो।, उनको शव घरभन्दा करिब ५ सय मिटर पर रहेको ब्रमदेव रायको गोठमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरी...
दिपकजंग शाही कालिकोट, खाँडाचक्र नगरपालिका–६ का किशोर शाही १६ वर्षयता ह्विलचेयरमा छन्। भित्र–बाहिर, यताउता गर्ने उनको सहारा ह्विलचेयर हो। योभन्दा बढी उनलाई श्रीमतीको साथ छ।, सुर्खेत, वीरेन्द्रनगर बस्दै आएका किशोरको अधिकांश दैनिकी घरमै बित्छ। 'स्पाइनल कर्ड इन्जुरी' भएर ह्विलचेयरका भरमा जीवन बिताए पनि उनी अरूको सहारा बन्...
विवेक राई नेपालमा कोरोना भाइरस विरूद्धको खोप समयमा नआइपुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।, खोप आपूर्तिका लागि पैसा दिएर बुकिङ गर्ने प्रमुख काम नै सरकारले नगरेको भन्दै समयमा खोप नआउने उनीहरूको दाबी छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने खोप विकास गरिरहेका देशहरूलाई कूटनीतिक नोट पठाइसकेकाले विश्व बजारमा...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ५ हजार २ स २५ जनामा पिसिआर परीक्षण गर्दा ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।, पछिल्लो २४ घण...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।  हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन ...
सेतोपाटी संवाददाता विभिन्न बैंकबाट लिएको ऋण २५ लाख रूपैयाँ पुगिसकेको थियो। उमेरको उकालो लागेका नारायण राय यादवलाई त्यही ऋणले तर्साइरहन्थ्यो।, उनको खेतबाट उखु उठाएर लगेको चिनी मिलसँग पैसा उठाउन थियो। त्यो पैसा आएपछि ऋण तिरौंला भन्ने आश बोकेका थिए। तर पैसा कहिले उठ्छ, थाहै थिएन। १९ जनाको परिवार पाल्ने भर नै त्यही उखु। ,...
सविता बुढा कैलालीको टीकापुरका ३२ वर्षीया कल्पेश कुँवर किशोर अवस्थामा हुने बिरूवाको चिल्लो पातझैं थिए।, जागिरे बुवाका छोरा भएकाले पुल्पुलिएर हुर्किएका। पहाडमा हुर्किए पनि उनी १५ वर्षको हुँदा ९ कक्षा पढ्न टीकापुर आइपुगे।, वीरेन्द्र विद्या मन्दिरमा भर्ना भए। उनी खेलकुदमा अब्बल निस्किए।, ‘म पढाइमा भन्दा पनि खेलकुदमा अगाडि...
एजेन्सी बेलायत सरकारले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ।, बुधबार बेलायतको स्वास्थ्य मन्त्रालयले मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा  दुई डोज लगाउनु पर्ने  उक्त खोपलाई अनुमति दिएको हो। , यो खोपलाई अनुमति द...
सेतोपाटी संवाददाता पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन्।, लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन्।, प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पता...
सेतोपाटी संवाददाता प्रहरीले भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्लाहीका सोलेकुमार भन्ने दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। , उनीमाथि भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रहेको आरोप छ। बुढाथोकीको समूहले रावलला...
सेतोपाटी संवाददाता धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलमा गएराति तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।, पूर्व–पश्चिम राजमार्गमा अन्तर्गत मालटोलमा घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको...
नारायण महर्जन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरि पुन्ही पर्व मनाउँदै छन्।, यसैबीच काठमाडौं असनमा नेवारी समुदायका महिला समूहले य:मरि बनाएर बेच्न राखेका छन्।, उनीहरूले मौलिकपन झल्कने गरी विभिन्न स्टल पनि राखेका छन्। एउटा य:मरिको ५० रुपैयाँ पर्छ।, चामलको पिठोको र...
सेतोपाटी संवाददाता खोटाङ र मोरङमा बुधबार बिहान भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , खोटाङको रावावेशी गाउँपालिका-१ डुम्रेपानीमा बिहान साढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक स्थानीय २६ वर्षीय राजन नेपालीको मृत्यु भएको हो। , पार्किङ गरेर राखेको ट्याक्टरलाई सह-चालकले चलाएर लैजा...
सविता बुढा चुरे गाउँपालिका–६ बबेडीकी सुमित्रादेवी कार्कीको घरमा वर्षौंदेखि पाइपबाट ल्याइएको मुहानको पानी आएकै थियो।, ‘त्यसबेला घरमै पानी आउनाले समस्या थिएन, पानीको समस्या कस्तो हुन्छ थाहै थिएन,’ उनले भनिन्।, उनी र बस्तीका अरू महिलाहरू पनि घाँसदाउराका लागि वरपरका जंगलमै आश्रित थिए।, तीन वर्षअघि बस्तीमा सडक काट्ने कुरा ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।, पछिल्लो २४ घण्टामा  ६ सय जना निको भएर फर्किए...
एजेन्सी फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोना खोप लगाएका एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , क्यालिफोर्नियाका ४५ वर्षीय नर्सलाई खोप लगाएको एक सातापछि नै संक्रमण पुष्टि भएको रोयटर्सले ,एबिसी न्यूज,लाई उद्धृत गर्दै मंगलबार समाचार लेखेको छ।, दुई स्थानीय अस्पतालमा कार्यरत मात्थ्यू डब्लूले गत डिसेम्बर १८ मा फा...
समिक्षा अधिकारी अचेल न्युरोड गेट कट्न नपाउँदै मान्छेहरूका अनेकन बान्कीले ध्यान खिच्छ। गेटबाट देब्रे मोडिएर संकटा मन्दिर जाने बाटोमा कोही हाँसिरहेका छन्, कोही नाचिरहेका। कोही गीत गाइरहेका त कोही विभिन्न पोज दिइरहेका। , कोरोनापछि लगभग सुनसान यो गल्लीमा अचेल ठेलामठेल गर्दै मान्छेको घुइँचो छिचोल्नुपर्छ। यो भिडको कारण हो य...
नारायण महर्जन सरकारविरूद्ध वृहत् नागरिक आन्दोलनले नाैमती बाजा बजाएर प्रदर्शन गरेको छ। , गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेका थिए। त्यसैको विरोध स्वरूप वृहत्  नागरिक आन्दोलनले माइतीघर मण्डलामा नौमती बाजा बजाएर प्रदर्शन गरेको हो। , कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, विभिन्न प...
सेतोपाटी संवाददाता केही वर्ष पहिलेसम्म गाउँघरबाट रकम संकलन र मुठ्ठीदान गरी विद्यालय, पुस्तकालय र मठमन्दिर बनाउने गरेको सुनिन्थ्यो। तर बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति वाटिका निर्माणको लागि मुठ्ठीदान सुरू गरिएको छ।, लुम्बिनीमा वाटिका निर्माण गरी विश्व शान्तिको साँस्कृतिक थलो बनाउने उद्देश्यले मुठ्ठीदानबा...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत फेला परेको छ। , निकुञ्जको मेघौली रेञ्जपोष्टअन्तर्गतको कोर इलाका अन्द्रौलीघाट क्षेत्रमा अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।, उक्त गैंडा प्राकृतिक कारणले मरेको आँकलन निकुञ्जले गरेको छ। , गैंडा...
सेतोपाटी संवाददाता मानिस नभएको बेला दिउँसै घरभित्र प्रवेश गरेर चोरी गर्ने समूहलाई महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ।, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार नगद, सुन-चाँदी र लागूऔषधसहित सात जनालाई बुधबार पक्राउ गरिएको हो।, बौद्ध क्षेत्रमा एक वर्षदेखि दिउँसोको समयमा सुन, चाँदी र नगदलगा...
सेतोपाटी संवाददाता नेकपा नेता तथा पूर्वमन्त्री महेश बस्नेत र पूर्वआइजीपी सर्वेन्द्र खनालविरूद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।, नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका चन्दले ८ महिनापहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखे...
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा, आयल स्टोर अगाडि टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, मृत्यु हुनेमा धादिङ गल्छी घर भई थापाथली बस्ने ...
रासस म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ।, गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो।, मौवाफाँट, पिप्ले र बेगमध्ये कहाँ अस्पताल ब...
एजेन्सी नर्वेमा पहिरोका कारण १० जना भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। , घटनामा परी अरू १० जना घाइते भएका छन् भने करिब १ हजार  जनाको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। , पहिरोको घटना नर्वेको राजधानी ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन्।, 'घटनास्थलका सयौँ घर बगाएको वा प...
एजेन्सी पहिलो चरणको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ। , चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन्। , आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , टर्कीका स्...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको छ।, माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज ...
सबिना श्रेष्ठ २०७२ को भुइँचालोपछि 'खण्डहर' रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्कियो।, पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा औपचारिक शुभारम्भ पनि गर्‍यो।, ऐतिहासिक पोखरी बन्नु ठूलो कुरा हो। तर यसको स्याहार गर्न पनि उत्ति...
रासस खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ।, सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो।, नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्।, जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँ...
सेतोपाटी संवाददाता पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्।, वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो।, दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतल...
सेतोपाटी संवाददाता सुर्खेतमा लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन्। , वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो।, विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। , यस्तै...
सेतोपाटी संवाददाता माइतीघर मण्डलमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका एक उखु किसानको मृत्यु भएको छ। , सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राले सेतोपाटीलाई जानकारी दिए।, राकेशका अनुसार नारायण मंसिर ३० गते काठमाडौं आएका ...
खिलानाथ ढकाल नेपाल प्रहरीको पोशाक खरिदमा ठगी अभियोग लागेको कम्पनीलाई सशस्त्र प्रहरी बलले चार करोडको कपडा खरिदमा संलग्न गराएको छ।, वीरगन्जस्थित क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रा.लि. लाई सशस्त्र प्रहरीले ३ करोड ९८ लाख ८८ हजार रुपैयाँ (मु.अ.कर बाहेक)को ठेक्कामा संलग्न गराएको हो।, पुस १० गतेमात्र उक्त कम्पनीलाई सशस्त्र ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ।, पछिल्लो २४ घण्टामा  ७३१ जना निको भएर फर्...
सेतोपाटी संवाददाता भारतमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ।, बेलायतबाट आएका ६ जनमा नयाँ प्रकारको कोरोना पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्।, संक्रमण पुष्टि हुनेमा बेंगलरू, हैदरावाद र पुनेका नागरिक छन्। अहिले संक्रमण पुष्टि भएका छ जनाको परिवार र उनीहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने...
विवेक राई पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको देखिएको छ।, कुनैबेला एकैदिन ५ हजार जनामा संक्रमण देखिएकोमा अहिले दैनिक औसत ६ सय जनामा संक्रमण देखिएको छ। , पुस १ गतेदेखि १३ गतेसम्मको तथ्यांकमा ७ हजार ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो भनेको दैनिक औसत ६ सय जना हो। , कतिपयले सरकारले परीक्षण नै कम ...
सेतोपाटी संवाददाता नेपालगञ्जस्थित त्रिभुवन चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयका तत्कालीन प्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरूद्ध आरोपपत्र दायर गरेको हो। , कार...
सेतोपाटी संवाददाता बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेका छन्। , प्रहरीले काठमाडौं महानगरपालिका-९ जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार दिउँसो १ बजे सीतापाइलाबाट पक्राउ गरेको हो। , उनीविरूद्ध पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेव...
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा चीन पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काभ्रे रोशी गाउँपालिका-४ घर भई ललितपुरको पाटनमा बस्ने ३२ वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो। , ब्युरोले उनलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धा...
राजेश घिमिरे केही वर्षअघि गाउँका दुई महिलाहरू बाटोमा भेटिएको प्लास्टिक टिप्दै हिँड्थे। नक्कलीमाया र दीलकुमारी चेपाङले त्यसरी प्लास्टिक टिप्दै हिँडेको देखेर अरू छक्क परेर हेर्थे। उनीहरूको त फोहोर फाल्ने ठाउँ नै त्यही बाटो बनेको थियो। , दुर्गन्धले नाक छोपेर हिँड्दा पनि बाटो सफा गर्ने चेत गाउँलेमा आएको थिएन। गाउँभरमै एउट...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ।, बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ।, २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्याल...
सेतोपाटी मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ। , तीन दिनअघि सुरू भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउँछन्। , किराँत संस्कृतिका बार...
सेतोपाटी कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन्। , गत वैशाखबाटै शैक्षिक सत्र सुरू भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए। सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन्। ,  सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ। अध्यापन र अध्ययन सहज ...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाले उत्तरी प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको छ। खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गर्दै उनीहरूले तयार पारेको डिजाइन फाइनल गरेको हो।, विराटनगरको पहिचान दिने गरि महानगरपालिकाले नयाँ प्रवेशद्वारको डिजाइन माग गरेकोमा विभिन्न १४...
सेतोपाटी संवाददाता ‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। , प्रहरीले ठगी गरेको आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका-३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाको टोलीले ‍उनीहरूलाई स...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।, बैंकका कर्मचारी र धितो मूल्यांकनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीह...
सेतोपाटी संवाददाता आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।, तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरूषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो।, ती पुरूषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रे...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।, पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बस्ने ६५ वर्षीय चम्पादेवी हल्वाईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक...
एजेन्सी क्रोएशियामा मंगलबार ६.४ म्याग्निट्यूडको भूकम्प गएको छ। , भूकम्पबाट कम्तीमा सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।, घटनामा कयौं व्यक्ति घाइते भएका छन्।, क्रोएशियाको सरकारी टेलिभिनका अनुसार मृत्यु हुनेमा १२ वर्षिया बालिकासमेत रहेकी छन्। यस्तै ग्लीना भन्ने स्थानमा ४ जनाको मृत्यु भएको छ।, ...
रासस गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ।, गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो।, तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनर...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।, कोरोना पुष्टि भएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।, उनकाे बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।, उ...
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा/पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ।, मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवा/पदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।, सरूवा रोक्ने निर्णय गत पुस ८ गते...
एजेन्सी लगातार कोरोना भाइरस संक्रमित बढिरहेको ब्रिटेनमा संक्रमित संख्याले नयाँ बिन्दु कायम गरेको छ। , मंगलबार एकैदिन ५३ हजार जना भन्दा बढीमा संक्रमण प्रमाणित भएपछि नयाँ रेकर्ड कायम भएको हो। , त्यस्तै मंगलबार संक्रमणका कारण ४ सय १४ जनाको मृत्यु भएको छ। , यसअघि ब्रिटेनमा सबैभन्दा धेरै ४१ हजार संक्रमित फेला परेका थिए भने...
रासस म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन्।, धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो।, पुस ८ गतेदेखि लागू हुने गरी डा एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडाध्यक्ष कलानिध...
एजेन्सी क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ।, क्यामरूनको  रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, 'एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने...
सेतोपाटी संवाददाता कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।  , बेलौरी नगरपालिका –४ शान्तिपुरमा वडा नम्बर १० का २५ वर्षीय बहादुर रानाको मृत्यु भएको  हो। , बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका राना घाइते  भएका थिए।, उनको धनगढीको निसर्ग अस्पत...
सेतोपाटी नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको ...
सेतोपाटी भारतको सीमावर्ती बजार जोगवनीसँग पहुँच पुग्ने गरी विराटनगरमा नयाँ सडकको आइतबार शिलान्यास भएको छ। , करीब ३० करोड रूपैयाँको लागतमा आगामी दुई वर्षभित्र निर्माण  सम्पन्न गर्ने गरी निर्माण कम्पनी आइएसएमबीले ठेक्कामा लिएको छ। बाटोको लम्बाइ ९ किमी र चौडाइ २२ फिटको हुने छ।, विराटनगर महानगरपालिकाको हाइवे पश्चिम वडा–५, ...
सेतोपाटी संवाददाता मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो। यहीँ पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।, कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थि...
सेतोपाटी सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रूपैयाँको ठेक्का लगाएको छ। , सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २ सय रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो। , माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो। पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यम...
सेतोपाटी संवाददाता लालबकैया नदी नियन्त्रण परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बिगो माग्दै सोमबार श्रीवास्तवसहित इन्जिनियर र ठेकेदार कम्पनीका प्रोप्राइटरलाई मुद्दा दायर गरेको हो। , मुद...
नारायण महर्जन पठाओ कार्यालयमा तोडफोड गर्ने केही राइडरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरमा लगिएको छ।  ‍, आफूहरूको माग सम्बोधन नभएको भन्दै पठाओ‌ राइडरहरूले कार्यालयमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका थिए। तोडफोड भएपछि प्रहरी परिचालन गरिएको थियो।, कम्पनीले आफूखुसी...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ।, पछिल्लो २४ घण्टामा  ७१८ जना निको भएर...
सेतोपाटी संवाददाता संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ।, समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो।, यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने...
सुधिर भण्डारी आफूहरूको माग सम्बोधन नभएको भन्दै पठाओ‌ राइडरहरूले कार्यालयमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।, कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका हुन्।, आन्दोलनरत राइडरहर...
सेतोपाटी संवाददाता जुम्लाको तातोपानी गाउँपालिका–२ जर्नीमा रहेको जिल्लाको नमूना विद्यालय भवानी प्राथमिक विद्यालयमा आगलागी भएको छ। , सोमबार बिहान १० बजेतिर एक्कासि आगलागी हुँदा विद्यालयको तीन कोठे नयाँ भवन जलेको छ।, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर बुढाका अनुसार आगलागीबाट ४५ लाख भन्दा बढीको क्षति भएको छ...
सेतोपाटी संवाददाता धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका- १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो। , उनलाई ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको पोशाक (पाइन्ट) खरिदमा अनियमितता गरेको अभियोगमा प्रहरीले दुई जना ठेकेदारलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा क्राउन टेक्सटाइलका सञ्चालक पिताम्बरकुमार मुन्का र सो कम्पनीका प्रतिनिधि नरेन्द्रनाथ पौडेल रहेका छन्। , मुन्कालाई पर्सा र पौडेललाई काठमाडौंबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुस...
नारायण महर्जन आफ्नो परिवारजन गुमाउनुको पीडा एक ठाउँ, अन्तिम पटक उनीहरूले छुन पनि पाएनन्। कोरोना संक्रमित मृतकको अनुहार पनि पूरै ढाकिएको थियो।, पशुपति आर्यघाट सधैंझैं शोकमा डुबेको थियो। कोरोना संक्रमित जलाइने विद्युतीय शव दाहगृहको दृश्य भने केही फरक थियो।, नेपाली सेनाको तालिमप्राप्त महिला टोलीले शव व्यवस्थापन गरिरहेका ...
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। , काभ्रे जिल्ला प्रहरी कार्यालयले नुवाकोट घर भई बारा निजगढ नगरपालिका-२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई पक्राउ गरेको हो। , उनले आफ्नी ४३ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेको डिएसपी कुमारविक्रम थापाले बताए। , गत बिहीबार बिहान पौने ११ बजे काभ्...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा अर्नाको बाघको आक्रमणबाट मृत्यु भएको छ। निकुञ्जको पदमपुर फाँटामा रहेको इन्क्लोजरमा रहेका २ वटा अर्ना सोमबार मृत अवस्थामा भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।, बाघको आक्रमणबाट मरेका दुई वटै अर्ना पोथी हुन्। आक्रमण गर्ने बाघलाई निकुञ्जको प्राविधिक टोल...
सेतोपाटी संवाददाता मोरङको पथरी-उर्लाबारी सडक खण्डमा सोमबार सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, पथरीशनिश्चरे-२ को पूर्व-पश्चिम सडकमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च १९४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ मिक्लाजुङ-४ का सन्तोष लिम्बुको घटनास्थलमा र सोही ठाउँका सुनिल बिकको उपचारक...
सेतोपाटी संवाददाता ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा पछिल्लो एक सातायता लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आगलागी नियन्त्रणका लागि गरेका अनेक प्रयास विफल हुँदै आएका छन्।, आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट आगो नियन्त्रणको प्रयास गरिएको छ।, ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेल...
सेतोपाटी संवाददाता बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो।, तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको उनले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै ...
एजेन्सी इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ। , नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। , विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो। , मन्त्रीपरिषद् बैठकपछि सोमबार आयोज...
एजेन्सी भारतको राजस्थान राज्यका एक व्यापारीले आफ्नो विवाहको आठौं वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन्।,  राजस्थानको अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजाले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका हुन्।, उनले आफ्नी पत्नीको चन्द्रमामा जग्गा किन्ने सपनालाई साकार पार्दै डिसेम्बर २४ मा तीन एकड जग्गा उपहार ...
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा चालकरहित मेट्रो सेवा सुरू भएको छ।, प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै सेवाको उद्घाटन गरेका हुन्।, यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ। ३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाज...
निशा भण्डारी २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रको जन्म जयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम गरिएको छ। २००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको जन्म जयन्तीका अवसरमा ललितपुरको जावलाखेलस्थित उनको सालिकमा आज माल्यार्पण गरिएको छ। , माल्यार्पण कार्यक्रममा विभिन्न उमेर समूहका मानिसहरू उपस्थिति थिए।...
एजेन्सी साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ। , चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो। , उनलाई आतङ्कवादसम्वन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। , ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धक...
सेतोपाटी ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। , कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।, हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न ...
सेतोपाटी संवाददाता ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ...
सेतोपाटी संवाददाता रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरी आफैं प्रहरीमा पुगेकी छिन्। आइतबार बेलुका उनी ‘मैंले श्रीमानको हत्या गरेँ’ भन्दै प्रहरीमा पुगेकी थिइन्।, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी चक्कुसहित प्रहरी कार्यालय पुगेकी हुन्।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठग...
सेतोपाटी संवाददाता सोमबार गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो। , बढुवा भएपछि घर परिवारमा खुसीयाली बाँड्ने चलन छ। त्यसरी बढुवा भएका डिआइजीमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख देवबहादुर बोहराले पनि सोमबार मिठाइ किने। , उनले कमलपोखरीस्थित आगन स्विट्सबाट मिठाइ कि...
सेतोपाटी संवाददाता ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा भीषण डढेलो लागेको छ।, बिहान ९ बजेदेखि लागेको डढेलो तीव्र हावाका कारण फैलिइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए।, मन्दिरको दक्षिणपट्टीको थावाखोला सामुदायिक वनमा डढेलो लागेको चापागाईंले बताए। वनमा कसैले डढेलो लगाएको आशंका गरिएको...
दिपकजंग शाही सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको बुलबुले उद्यानको स्वरूप फेरिँदै गएको छ।, बुलबुले ताल विस्तारसँगै अन्य भौतिक संरचना निर्माणपछि अहिले उद्यान पहिलेभन्दा फरक स्वरूपमा उभिएको छ।, ११ हजार वर्गमिटर रहेको उक्त ताललाई अहिले विस्तार गरी २८ हजार वर्गमिटर बनाइएको छ। प्राकृतिक रूपमा बनेको तालको आकार सानो थियो। स...
सेतोपाटी संवाददाता आफ्ना मागहरू पूरा नगरेको भन्दै स्वास्थ्यमा क्रियशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरूले आइतबार धर्ना दिने भएका छन्। , संगठनहरूको संयुक्त संघर्ष समितिले शनिबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा प्ले कार्डसहित मौन धर्ना दिने कार्यक्रम रहेको जनाएको छ। , सो कार्यक्रम ११ बजेदेखि साढे १२ बजेसम्म हु...
सेतोपाटी टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजे दुर्घटना भएको थियो। , पूर्व जाँदै गरेको मे १ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री...
सेतोपाटी प्रहरीले चितवनबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय भण्डाराले १८ किलो अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको हो। , पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङका ३५ वर्षीय रामकृष्ण प्रजा र १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।, प...
सेतोपाटी संवाददाता भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।, प्रहरीले मोरङको रंगेली नगरपालिका-८ दर्बैसास्थितबाट दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो। , शुक्रबार राति सवा ७ बजे भारतीय नक्कली नोटसहित केही व्यक्ति भारतबाट नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। , सोही सूचनाको आधारमा इलाका प्र...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। , पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन...
सेतोपाटी संवाददाता कोरोनाका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन्।, उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर जानकारी दिएको छ।, गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो।, कोरोना लागेका कारण कतिपय विद्यार्थ...
सेतोपाटी मकवानपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो हेटौडाबाट चितवन जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस हेटौडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा दुर्घटना भएको हो। , मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका-८ का ३२ वर्षीय हरि गौली छन्। , दुर्घटनापछि गौली गम्भीर घाइते भएका थिए। उनको हेटौडास्थि...