content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल सोमबार पक्राउ परेका छन्। , पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दबाव दिँदै गाउँघरमै बस्दै आएका मण्डललाई राजविराज आएका बेला प्रहरीले पक्राउ गरेको हो। , आरोपितलाई सोमबार स... |
एजेन्सी बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। , बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो।, 'बेलायतको कोभिड–१९ सिर्ज... |
सेतोपाटी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ।, नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक ग... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा नदिने निर्णय गरेको छ।, त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेको रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।, कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्... |
एजेन्सी सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक आएका छन्। नजिक आएका उनीहरूबिचको दूरी ०.१ डिग्री रह्यो। , वैज्ञानिकहरूका अनुसार उनीहरू नाङ्गो आँखाको साथमा दूरविन र टेलिस्कोपबाट हेर्न सकिने गरी नजिक भएका छन्।, यो खगोलिय घटना सन् १६२३, १७ जुलाई पछि पहिलोपटक देखिएको हो।, अब यो दृश्य सन् २०८० को मार्... |
सेतोपाटी संवाददाता नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेवसाइट https://kalimatimarket.gov.np/ ह्याक भएको छ।, सोमबार उक्त साइट ह्याक गरी अश्लिल सामग्रीहरू राखिएको छ। ह्याक कसले गरेको भन्ने खुलाइएको छैन।,
कालीमाटी तरकारी बजारको वेवसाइट ह्याक |
सेतोपाटी निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य सुरू भएको छ। , सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ।, उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ। छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्व... |
सेतोपाटी संवाददाता रौतहटमा कटुवा पेस्तोल र थ्रिनट थ्री राइफलको एक थान गोलीसहित एक जना पक्राउ परेका छन्। , रौतहटको दुर्गा भगवती गाउँपालिका वडा ५ बाट यमुनामाई गाउँपालिका ४ निवासी २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोल... |
सेतोपाटी पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। , काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ। , बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , गत वर्ष पुस ३ गते क... |
सेतोपाटी संवाददाता सरकारले भूमिहीनहरूका लागि लालपुर्जा वितरण गर्ने भएको छ। , भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ। , लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण पनि यसै वर्षदेखि भूमिहीनहरूलाई लालपुर्जा वितरणको कार्य सुरू गर्न सकिने आयोगको द... |
खिलानाथ ढकाल खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका-५ लगनखेल र देवानन्द राई ललितपुर-१४ विशाल चोक बस्छन्।, दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक-पटक महालक्ष्मी विकास बैंक कुमा... |
सेतोपाटी कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। , बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।, नदी छेउमा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। , प... |
सेतोपाटी केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिराहामा चार जनाको मृत्यु भएको छ। , चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खु... |
सेतोपाटी संवाददाता सिराहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , सिराहाको सिरहा नगरपालिका वडा नम्बर १८ सडकमा ना ७ त २६५७ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा वडा नम्बर २ का ट्रयाक्टर चालक २६ वर्षीय सुरजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएक... |
सेतोपाटी संवाददाता ७० लाख रुपैयाँ नदिए साथीकै अर्धनग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने पुरूष पक्राउ परेका छन्। , प्रहरीले विराटनगर उपमहानगर-३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई बिहीबार नै पक्राउ गरेको साइ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।, पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्।... |
सबिना श्रेष्ठ हामीले जीवित देवी कुमारीबारे त सुनेका/देखेका छौं। येँया अर्थात इन्द्रजात्रामा कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा पनि हुन्छ। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरू गणेश र भैरव हुन्।, उनीहरूको भने कुमारीजस्तो खासै चर्चा हुँदैन। जात्रामा एकैपटकमा देख्नेहरू त को कुमारी, को गणेश र भैरव भनेर... |
नारायण महर्जन उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शनिबारसम्म उखु किसानहरूको खातामा पैसा जम्मा नभए आइतबारदेखि उद्योगीहरूलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। , किसानहरूले आन्दोलन गरिरहेको स्थानमा पुगेर मन्त्री भट्टले भुक्तानीका लागि शनिबा... |
एजेन्सी जापानमा भारी हिमपात भएपछि दुई दिनदेखि एक हजार बढी मान्छे राजमार्गको जाममा फसेका छन्। , राजमार्गमा हिउँ जमेपछि उनीहरूका सवारीसाधन त्यहीँ रोकिन बाध्य भएको बिबिसीले जनाएको छ। रोकिएका सवारीसाधन र मान्छेहरूलाई उद्धारकर्ताहरूले निकाल्ने प्रयास गरिरहेका छन्।, अधिकारीहरूले टोकियोबाट नीगाटा जोड्ने कानेत्सू एक्सप्रेसवेक... |
सेतोपाटी संवाददाता राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन्।, कोषका अध्यक्ष तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ (संशोधनसहित) को दफा ५ चको व्यवस्था बमोजिम पाँच वर्षका लागि संखुवासभाका अधिकारीलाई सदस्य सचिव नियुक्त गरेका हुन्।, अधि... |
सेतोपाटी संवाददाता सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंस्थित चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाको विकास निर्माणसम्बन्धी परियोजनाको अवलोकन गरेका छन्।, मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका जोड्ने पु... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीका अनुसार वडा नम्ब-९ का ७४ वर्षीय वृद्ध तिलवहादुर चौहानको शुक्रबार राति होम आइसोलेशनमा मृत्यु भएको हो ।, दम, सुगर, प्रेसर, जस्ता दीर्घरोगले पीडित रहेका वृद्धको पुस २ गते ... |
सेतोपाटी संवाददाता नेपाल वातावरण पत्रकार समुह (नेफेज) को अध्यक्षमा पुनः कसमस विश्वकर्मा निर्वाचित भएका छन्।, समुहको शुक्रबार सम्पन्न ३५ औं साधारणसभाबाट विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङमार्फत साधारणसभा सम्पन्न गरेको हो।,... |
सेतोपाटी संवाददाता दाङमा सवारी चालक अनुमति पत्र बिना नै मोटरसाइकल चलाउनेहरूलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिएको छ। , मंसिर अन्तिम सातामा लाइसेन्स नभएका तीन विद्यार्थीको लगातार मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यालय र विद्यार्थी लक्षित चेकलाई तीव्रता दिएको हो। , जिल्लामा मंसिर ३० गतेबाट सुरू भएक... |
सेतोपाटी आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। , नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ। , बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ। , यी स्थानमा द... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका छन्। बुद्ध एयरको ६०७ नम्बरको नियमित उडानबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका हुन्। , कुनै मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेको नभई विमानस्थलमा एयरलाइन्सका कर्मचारीको लापरबाहीले... |
सेतोपाटी संवाददाता नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष पदमा चितवनको बिस हजार जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन्।, बुधबारदेखि रूपन्देहीकाे भलवारी जेसिजकाे आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्।, खनालले एक हजार ९० मत पाउँदा उनका... |
सेतोपाटी संवाददाता काठमाडौंको नारायणटारस्थित पुलबाट सुमो टाटा जीप खसेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान पौने ५ बजे नारायणटारबाट दक्षिणढोका जानेक्रममा जीप खसेको हो।, ना १ ज ५३६३ नम्बरको सुमो पुलको रेलिङ भाँच्दै करिब ३० फिट तल खसेको हो।, बौद्धका प्रहरी निरीक्षक नविनकुमार अधिकारीका अनुसार जीप खस... |
सेतोपाटी सरकारले कोरोना भाइरस विरूद्धको खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ।, खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो। , पहिलो क... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा दलित छात्रवास निर्माणका लागि शिलान्यास भएको ११ वर्ष बित्यो। , साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको वीरेन्द्रनगरमा पढ्न आउने दलित समुदायका विद्यार्थीलाई कोठा पाउन भएको समस्यालाई मध्यनजर गर्दै निर्माण थालिएको ‘दलित छात्रवास’ अझसम्म पनि निर्माण भएको छैन।, सरकारले पट... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।, पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। य... |
सेतोपाटी संवाददाता साढे चार वर्ष पहिले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।, २०७३ साल साउन ३० गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ थुनिया भदोखर्ककी २६ वर्षीया साजरा खातुनको उनकै श्रीमानले हत्या गरेका थिए।, २७ वर्षीय उस्मान धोबी मुसलमान भन्ने उसमान गनी मुसलमानले रातिक... |
सेतोपाटी संवाददाता ठमेलको रात्रीकालिन व्यवसाय मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् । ठमेल पर्यटन विकास परिषदका अनुसार सरकारले अनुमति दिएपछि यहाँका रात्रिकालिन व्यवसायहरू खुल्न लागेका हुन्।, त्यहाँस्थित पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल सञ्चालनमा आउने भएका छन् । ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म ... |
सेतोपाटी संवाददाता कोभिड-१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरूले एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन्।, विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ कोरोना भाइरसका कारण लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनक... |
नारायण खड्का टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन्।, दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुल... |
एजेन्सी टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत १० व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन्।, कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरू भएको उल्लेख छ।, गाजियनटेपको गभर्नर क... |
नारायण ढुङ्गाना कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहता... |
सेतोपाटी नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ। , प्रदर्शनको छैठौँ दिन बुधबार नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो।, स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण ... |
सेतोपाटी संवाददाता युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्। , चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडामा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका-२ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँ म्य... |
रासस दुई भाइ र छोरा अमेरिका, बुहारी जापान। घरमा प्रशस्त पुर्खौली सम्पत्ति। घरमा चार जनाको सानो परिवार। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय ध्रुव थापालाई नपुग्दो केही छैन। , बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन्।, अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु... |
सेतोपाटी संवाददाता महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ। , यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ। , ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्र... |
एजेन्सी चिनियाँ यानले चन्द्रमाको सतहबाट दुईदेखि ४ किलोसम्मको नमूना लिएर फर्किएको छ। , ग्लोबल टाइम्सका अनुसार चाङ ई-५ नामक यानले चन्द्रमाको सतहबाट दुईदेखि चार किलोसम्मको ढुंगा-माटोको नमूना लिएर फर्किएको हो। उक्त यान उत्तर चीनको सिजिवाङ ब्यानर भन्ने ठाउँमा अवतरण गरेको हो। , यान स्थानीय समय अनुसार बिहीबार बिहान २ बजे अवत... |
सेतोपाटी संवाददाता बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाबाट कुकुरेतर्फ जाँदै गरेको सु.प.प्र.००१ त ४९५७ नम्बरकाे ट्रयाक्टर बिहीबार बिहान घाेडेधारमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का २५ व... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित विमानस्थल विस्तारका लागि अधिग्रहणमा परेको जग्गा रोक्का गर्नेगरी प्रदेश सरकारले तयारी थालेको छ।, कर्णाली प्रदेश सरकारले सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरी अधिग्रहणमा परेको जग्गा रोक्का प्रक्रिया अगाडि बढाउने तयार... |
दिपकजंग शाही हिमपातका कारण चिसो समयमा जिल्ला सदरमुकामसँग समेत सम्बन्ध टुट्ने हुम्लाको लिमी उपत्यका र आसापासका गाउँहरूका लागि लाप्चा र हिल्सा नाकाबाट दैनिक उपभोग्य सामग्री आयात गरिएको छ।, कोभिड-१९ को जोखिमका कारण बन्द रहेको नाका एक दिनका लागि खोलेर उपभोग्य सामान आयात गरिएको हो।, गत आइतबार चिनियाँ बजारबाट एक करोड रुपैया... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। , पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएका छ... |
सेतोपाटी राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरूले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन्। , समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मंसिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुुक्तानीको पूर्ण... |
सेतोपाटी संवाददाता भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।, बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको... |
भगवती पाण्डे दैलेख, दुल्लु नगरपालिका वडा नं. १ तल्लो डुंगेश्वर बजारमा गाडी रोकिँदै थियो, तीन जना बालक गाडीको ढोकैमा आएर गीत गाउन थालिहाले।, ‘मर्नु छ एकदिन सधैं बाँचिरहने को छ,
कोही गरिब हुन सक्छन्, कोही धनी हुन सक्छन्,
गरिब हुँ भन्दैमा रूनु पर्दैन,
धनी हुँ भन्दैमा धेरै खुसी हुनु पर्दैन,
मर्नु छ एकदिन सधै बाँचिरहने को ... |
जुना श्रेष्ठ उनका बुवा सामुदायिक वनका पाले थिए। जंगलका बोटबिरुवाको ख्याल राख्थे। वन्यजन्तुलाई असर नपर्ने हिसाबले मान्छेका लागि बाटो सोझ्याइदिन्थे। अनि ढलेको रुखको काठ व्यवस्थापनमा लाग्थे। , बिमिता भण्डारीले आफ्नो बलमा हिँड्ने भएदेखि बुवालाई पछ्याउन थालिन्। बुवासँगै दिनहुँ जंगल जान थालिन्। वन्यजन्तु र चराहरूको आवाज चाल... |
सेतोपाटी संवाददाता सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ।, स्वास्थ्य मन्त्रालयअन्तर्गत 'इन्सिडेन्ट कमान्ड सिस्टम' को बैठकले अब नेपाल प्रवेश गर्ने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।, त्यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्... |
सेतोपाटी संवाददाता शुक्रबार र शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। , नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ। , बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।... |
द गार्डियन सूर्तिको बोट (टोबाको प्लान्ट्स)बाट कोरोना भाइरसविरूद्ध खोप बनाउन ब्रिटिस अमेरिकन टोबाको कम्पनी अघि सरेको छ। चुरोट बनाउन प्रयोग हुने सूर्तिबाट उसले बनाएको खोप मानिसमा परीक्षण गर्न पनि अमेरिकाले अनुमति दिइसकेको छ।, अन्तर्राष्ट्रिय स्तरमा भने उसले उत्पादन गर्ने 'लक्की स्ट्राइक', 'रोथमान्स' र 'बेन्सन एन्ड हेजेज... |
सेतोपाटी संवाददाता मिथिलाको महामहोत्सवको रूपमा रहेको विवाह पञ्चमीको आज चौथो दिन तिलकोत्सव विधि सम्पन्न भएको छ। , राममन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए। , प्रत्येक वर्ष विवाहपञ्चमी कार्यक्रमअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका ... |
सेतोपाटी नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ। , प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए। , उनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ल... |
सबिना श्रेष्ठ मरेका माछा, चिरा परेका माटो र निर्माणाधीन कंक्रिट पर्खाल— कमलपोखरीको अवस्था ठ्याक्कै पुनर्निर्माणअघिको रानीपोखरीजस्तै छ।, काठमाडौं महानगरपालिकाले रानीपोखरीको इतिहास नामेट पार्दै 'स्विमिङ पुल' को स्वरूप दिन आँटेको थियो। अभियन्ताहरूले दबाब दिएर काम रोकाए। विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाए। अनि... |
सेतोपाटी कोरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। , कारोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। , विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पस... |
सेतोपाटी उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आजदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ। , सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।, सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी ... |
एजेन्सी जापानको राजधानी टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन्। , टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।, सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरूले जनाएका छन्।, टोकियोमा यसअघि गत बुधबार एकैदिन ६७... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरूद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ। , संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो। , ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अव... |
सेतोपाटी नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्।, ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ ... |
एजेन्सी अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ। , गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ।,
,
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अ... |
एजेन्सी संयूक्त अधिराज्यको 'मास्टरशेफ यूके'मा सहभागी नेपाली शेफ सन्तोष शाह उत्कृष्ट तीनमै सिमित भएका छन्।, बिबिसी नेपाली सेवाका अनुसार उपाधिबाट विमूख भएका सन्तोषले जित हात नपरेपनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएका छन्।, शाहले अन्तिम प्रतिस्पर्धामा सोचेजस्तो खाना पस्कन नसकेको बताए।, सिराहा क... |
नारायण खड्का २६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीले एकै दिन विमान उडाउने नेपाली लाइसेन्स प्राप्त गरे। मंसिर २९ गते अन्तिम परीक्षा दिएका उनीहरूको नतिजा सोही दिन नै प्रकाशित भयो। , दुवै लकडाउनको समयताकै फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर स्वदेश फर्केका हुन्।, उताको कोर्ष पूरा गरे पनि यहाँका विमान उडाउन नेपाली... |
सेतोपाटी हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।, गए राति १०:३० बजेको समयमा सडकमै र... |
सेतोपाटी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७ सय ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन्। , कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्... |
राजेश घिमिरे सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गत मंसिर १४ गते एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरूवा रोग अस्पताल भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो।, अस्पताल नभएको ठाउँलाई प्राथमिकतामा राखेर ३९६ वटा तहमा अस्पताल बनाउने सरकारको घोषणाको चौतर्फी प्रशंसा पायो।, चितवनको ... |
सेतोपाटी कोरोना संक्रमित कञ्चनपुरकी एक २६ वर्षीया महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। , शुक्लाफाँटा १० कञ्चनपुरकी ती महिलाको कोहलपुर मेडिकल कलेजमा राति सवा १ बजे मृत्यु भएको हो। , उनलाई मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।,
,
कञ्चनपुरकी २६ वर्षीया महिलाको... |
सेतोपाटी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहा... |
सेतोपाटी स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ। , सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन अर्थाभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो।, कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हु... |
सेतोपाटी संवाददाता काठमाडौंबाट गोरखाको सोतीका लागि छुटेको यात्रु बोकेको गाडि दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।, पाँच जना यात्रुको अवस्था गम्भीर छ।, आज बिहान करिब ४ बजे ग १ ख ९४४६ नम्बरको उक्त बस गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङ मुरली चोकमा दुर्घटनामा परेको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय गो... |
सेतोपाटी संवाददाता आज पुस १ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाइरहेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको हो।, नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दुई वर्षअघिदेखि डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो।, सन्... |
सेतोपाटी संवाददाता राजश्व छलेर भारतबाट ल्याइएको ६५ किलो चाँदी प्रहरीले बरामद गरेको छ। , पर्सा प्रहीले वीरगन्ज महानगरपालिका-६ की सुनिता कुमारी सरार्फको घरबाट मंगलबार ६५ किलो चाँदी बरामद गरेको हो।, उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको पर्सा प्रहरी प... |
सेतोपाटी संवाददाता भक्तपुर चाँगुनारायणको एउटा पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेका छन्। , प्रहरीका अनुसार चाँगुनारायण-८ जितपुरका दीपक गिरीले सञ्चालन गरेको पोल्ट्री फार्ममा मंगलबार बिहान आगलागी भएको हो। , आगलागीबाट १५ लाख रुपैयाँ बराबरका प्यारेन्ट कुखुरा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने भएको छ। , उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच आइतबार सम्झौतापत्रमा ... |
सेतोपाटी संवाददाता भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ। , पर्सा वीरगन्ज महानगरपालिका-६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। , पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्र... |
सेतोपाटी काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महशुस गरिएको छ। , काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा... |
सेतोपाटी संवाददाता शिक्षकमा र स्थानीय बासिन्दामा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन: बन्द भएका छन्।, कोरोना महामारी फैलिएदेखि झण्डै ७ महिनापछि सञ्चालनमा आएका विद्यालयहरू पुन: बन्द भएका हुन्।, बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले संक्रमण फैलिएका ठाउँमा जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बताए।, जिल्लाको ... |
एजेन्सी विश्वकै धनी व्यक्ति जेफ बेजोसकी पूर्वपत्नी म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी दान गरेकी छन्। , म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी फुड बैंक तथा आपतकालीन राहत कोषमा दान गरेको बिबिसीले जनाएको छ। , मंगलबार एक ब्लग पोष्टमा महामारीका कारण समस्यामा परेकाहरूलाई मद्दत गर्न चाहेको स... |
सेतोपाटी संवाददाता चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्। , मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर... |
राजेश घिमिरे चितवन प्रहरीले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भन्दै विक्री गर्ने गरिएको अवैध अौषधीसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।, भारतबाट पर्साको ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको अौषधी भेटिएको प्रहरी उपरीक्षक... |
विवेक राई सरकारले देशभर पाँच लाख जनाको 'एन्टिजेन' विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार अर्को साताबाट देशभर नै परीक्षण सुरू गरिने जनाकारी दिए।, ‘जाडो सकिएपछि संक्रमण बढ्नसक्छ। यो बीचनमा विवाह तथा भीडभाड हुने कार्यहरू भएका छन्... |
सेतोपाटी कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ। , आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्।, कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा... |
सेतोपाटी संवाददाता जीवित सुनगोहोरो तथा चितुवाको टाउकोसहित दुई जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले मंगलबार टोखा नगरपालिका-२ चण्डेश्वरीबाट दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका-१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्राथुम लालीगुँरास नगरपालिका-४ का ४६ ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। , पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन... |
सेतोपाटी संवाददाता लालबकैया नदी नियन्त्रण आयोजना बाराका आयोजना प्रमुखसहित इञ्जिनियर र ठेकेदारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। , आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, थोदुङ-अजम्बर-शिवराम जेभी बानेवश्वरका डवाङ शेर्पा, वैकुण्ठप्रसाद भणुडारी र शिवराम क... |
सेतोपाटी ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ।, सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो। , दुर्घट... |
सेतोपाटी संवाददाता कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन्।, काठमाडौं महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो। ,... |
सविता बुढा हातमा किताब, कापी र कलम हुनुपर्ने उमेरमा कैलालीकी (नाम परिवर्तन) पवित्रा कठरियाका काखमा छोराछोरी हुर्किंदै छन्।, जोशीपुरकी २२ वर्षीया उनले १६ वर्षको कलिलै उमेरमा बिहे गरिन्। भागेर बिहे गरेकी उनले डेढ वर्षको फरकमा दुई सन्तान जन्माइन्। , छ वर्षअगाडि पवित्रा गाउँकै स्कुलमा कक्षा ९ मा पढ्थिन्। उनको गाउँमा घुम्न... |
सेतोपाटी संवाददाता रौतहटका दलित युवक २० वर्षीय विजय रामको हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी निरीक्षकसहित ३ जना प्रहरी फरार भएका छन्।, जिल्ला प्रहरी कार्यालय रौतहटले आरोपित प्रहरी निरीक्षक नविनकुमार सिंहसहित तीन प्रहरीविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन्। , गत साउन ३१ गते राति गरुडा नगरपालिका– ८ ... |
सेतोपाटी संवाददाता कटुवा पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको बगही गाउँस्थित सडकबाट , बिआर ३० डब्लु-४८७३ भारतीय नम्बरको मोटरसाइकलमा सवार आलममाथि शंका लागेपछि खानतलासी गर्दा मोटरसाइकलको सिट कभरभित्र... |
सेतोपाटी संवाददाता उखु किसानको बक्यौता रकम नतिर्ने दुई चिनी उद्योगका सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। , जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको हो।, उनलाई मंगलबार गृह मन्त्रालयको निर्देशन आएपछि नै पक्राउ पुर्जी जारी गरेको... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार हराएका २२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। , सादा पोसाकमा खटिएको टोलीले विभिन्न मिति र समय हराएका मोटरसाइकलको खोजी गरेको थियो। बुधबार महाशाखा रामशाह पथमा एक कार्यक्रमबीच २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई महाशाखाले बुझाएको हो। , सो मोटरसाइकल... |
एजेन्सी कंगारूले मान्छेसँग कुकुरले जसरी नै संवाद गर्न सिक्न सक्ने एक अध्ययनले देखाएको छ। , बुधबार प्रकाशित एक अध्ययनले कंगारूले घर पालुवा कुकुरले सिके जसरी नै संवाद गर्न सक्ने देखाएको रोयर्टसले जनाएको छ। कंगारूले इशाराले सहयोग पनि माग्न सक्ने सो अध्ययनले जनाएको छ।, अध्येताहरूले ११ वटा कंगारूमाथि अध्ययन गरेको थियो। उनी... |
हेमन्त केसी सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम सुरू हुनसकेको छैन। , कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म सुरू हुनसकेको छैन।, तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको... |
सेतोपाटी काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी सोमबार बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। , मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका... |
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ। , हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो।, निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो। यस आर... |
सेतोपाटी संवाददाता विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।, मोरङ विराटनगर-१५ मा सोमबार बेलुका मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६५ वर्षीया विखियादेवी साहको मृत्यु भएको छ। , प्रहरीका अनुसार सोमबार बेलुका ७ बजे मे७प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन... |
सेतोपाटी संवाददाता मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदह बजारमा भीषण आगलागी भएको छ।, मुख्य चोकमा रहेको पारस किराना पसलमा सोमबार राति करिब १ आगो लाग्न सुरू भएको स्थानीयले जानकारी दिए। आगलागीबाट दुई तल्ले घर, गोदामसहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, ५ लाख बराबरको रिचार्ज कार्ड, नगद २५ लाख, १८ तोला सुन, ... |
सेतोपाटी संवाददाता प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। , मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो। , प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। , जि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.