content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। , मोरङ सनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो। , करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ। , बरामद ट्याक्टर भन्सार बुझाउने तय...
सेतोपाटी संवाददाता कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्ती मार्ने निष्कर्षमा सुनसरी प्रशासन पुगेको छ। , हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि हात्ती मार्ने तयारीमा प्रशासन पुगेको हो। , ‘जनताको माग हात्ती मार्नुपर्ने भन्ने छ, उनीहरूको मागअनुसार हामी निर्णय गर्छौं,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी फण...
सेतोपाटी संवाददाता मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट मंगलबार काठमाडौंमा बस्दैछ। विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण यस वर्षको सिनेट पनि काठमाडौंमै बस्न लागेको हो।, ‘कोरोनाले निम्त्याएको अवस्थासँगै प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताका कारण सिनेट काठमाडौंमा बस्दैछ,’ विश...
सेतोपाटी संवाददाता दाङमा भएका छुट्टाछुट्टै तीन दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १८ का १७ वर्षीय धिरेन्द्र रोकाको आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। , रोका गएराति साढे ९ बजेतिर मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको राप्ती स्वास्थ्य...
भगवती पाण्डे मन्दिरमा एक-दुई जना मात्रै दर्शनार्थी आउने-जाने गरिरहेका थिए। कोरोना महामारी र मंसिरको चिसोका कारण दर्शनार्थी संख्या कम हुन थालेको थियो।, एक-दुई जना स्थानीय भक्तजन सरासर मन्दिर अगाडि पुगेर शिर निहुराएर भगवानको दर्शन गर्थे। दानपत्रमा भेटी चढाउँथे र पूजारीबाट टीका लगाएर फर्किन्थे।, बाहिर दर्शनार्थी नभए पनि ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा नि:शुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’ले काम नपाउनेलाई कृषि फार्ममा रोजगारी दिने भएको छ। , हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिलाई कृषि फार्ममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए।, अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नप...
सेतोपाटी संवाददाता भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार ब...
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , कीर्तिपुर नगरपालिका-६ को चोभारमा सोमबार राति दुर्घटना भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। , बा ४ ख ४५६५ नम्बरको टिपरको ठक्करबाट स १० प ४९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको ...
सेतोपाटी संवाददाता कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। सुनसरी प्रशासनका अनुसार मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो।, टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा प्रशासन पुगेको प्रमुख जिल्ला अधिकारी फणिन्...
सेतोपाटी संवाददाता काठमाडौंको मित्रनगरबाट सालकको खपेटा र अस्थिपञ्जरसहित एक पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले धादिङका २७ वर्षीय सुवास भन्ने सुजन तामाङलाई पक्राउ गरेको हो। , परिसरले मित्रनगर क्षेत्रमा दुर्लभ वन्यजन्तु सालक बेचविखन भइरहेको भन्ने सूचना पाएको थियो।  , त्यसपछि परिसरबाट खटिएको विशे...
खिलानाथ ढकाल चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्।, गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो।, रौनियारविरूद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगेक...
सेतोपाटी संवाददाता मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , मंगलबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१४ मलाहाका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुसार  यादवले कालोबजारी गरिरहेको सूचना प्रहरीले पाएको थियो। , सोह...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्...
सेतोपाटी संवाददाता महोत्तरीमा सडक दुर्घटनामा परी आज बिहान एक जनाको मृत्यु भएको छ। , महोत्तरीको मनराशिसवा नगरपालिका ६ जलेश्वर–बर्दिवास सडकखण्डमा बिआर ०५ पी २०२२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार भारत सीतामढी, ग्राम पञ्चायत मुढा बस्ने ३५ वर्षीय राजेश सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा पसल व्यापारीलाई धम्क्याएर पैसा माग्ने एक जना पक्राउ परेका छन्। , प्रहरीले नुवाकोट तार्केश्वर नगरपालिका-६ घर भई काठमाडौंको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाललाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता प्रहरी नायब ...
सेतोपाटी संवाददाता रौतहटमा पैसाको प्रलोभन दिएर बालविवाह गराउन खोज्ने दुलाहासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। , गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगर मन्दिरमा बालविवाह गराइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार सोमबार ओरैया टोलका रामसागर गिरीले आफ्ना २४ वर्षी...
एजेन्सी पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो।, नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।, मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ता...
सेतोपाटी संवाददाता विवाह पञ्चमीको दोस्रो दिन फूलबारी लीला सम्पन्न भएको छ। सीताराम विवाह महोत्सवको दोस्रो दिन मंगलबार जानकी मन्दिरको प्राङ्गणमा लगाइएको पण्डालमा फूलबारी लीला मनाइएको हो।, त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँग...
सेतोपाटी संवाददाता उपचारका लागि ल्याउँदै गर्दा डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ। , ५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। , जनकपुर निवासी साह मंसिर २१...
एजेन्सी रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ।, मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन्। , अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५ मध्ये चार जनाले भ...
एजेन्सी कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन्।, क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन्।, नेदरल्यान्डसले पाँच हप्ताका लागि लकडाउन गरेको छ। यस अवधिमा त्यहाँका अनावश्यक पसल, जिम त...
सेतोपाटी संवाददाता ‍२०७२ सालमा भूकम्पले कारागार भत्किँदा भागेका प्रतिवादी पक्राउ परेका छन्। , प्रहरीले गौवध मुद्दामा फरार भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ का वीरबहादुर पहरीलाई मंगलबार पक्राउ गरेको हो। , जिल्ला प्रहरीका अनुसार उनलाई अदालतले गौवध गरेको मुद्दामा १२ वर्ष कैद सजाय सनाएको थियो। तर उनी २०७२ सालको भूकम...
सेतोपाटी संवाददाता सल्यानमा एकै विद्यालयका प्राधानाध्यापक सहित ८ जना शिक्षकलाई कोरोना संक्रमण भएको छ। जिल्लाको कपुरकोट गाउँपालकिा-४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको हो।, निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीका अनुसार प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई क...
सेतोपाटी संवाददाता आइतबार ३८ तोला सुनसहित पाँच जना पक्राउ परेका छन्। , काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरी भएको थियो। , सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी ना...
सेतोपाटी आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ। , सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो। सपुतलाई नगद २५ हजार रूपैयाँ राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ। , जिल्लाको काठेखोला गाउँपालिका–३...
एजेन्सी अमेरिकी खाद्य एवम् औषधि प्रशासन (एफडिए)ले फाइजर-बायोएनटेकको खोप आपतकालीन प्रयोगका लागि वितरण गर्न अनुमति दिएको छ। , योसँगै जोखिममा रहेका लाखौंले केही दिनमै खोप पाउने बाटो खुलेको द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म २ लाख ९० हजारले ज्यान गुमाइसकेका छन्। , अहिलेसम्म कोरोना भाइरसवि...
सेतोपाटी सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। , यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्।, आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो। , धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्...
सेतोपाटी संवाददाता बुटवल १० रामनगरस्थित बुटवल धागो कारखानामा रहेको कोरोना विशेष आईसोलेसन अस्पतालको आइसियु कक्ष खाली गराइएको छ।, अबको ३ दिनसम्म आइसियुमा कुनै विरामी नराखिने अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।, लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियु कक्षलाई निर्मल...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्पमै पार्किङ गरिरहेकाे अवस्थामा एक ट्याङ्करमा आगलागी भएको छ। , आइतबार राति सवा ६ बजे ग्वार्कोको उज्जवल पेट्रोल पम्पमा रहेको ट्याङकरमा आगलागी भएको हो। , महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार ललितपुरका दुई वटा र काठमाडौंको एउटा  दमक...
सेतोपाटी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ। , अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।, निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य स...
सेतोपाटी संवाददाता दाङमा गुडिरहेको एउटा बसमा आज आगो लागेको छ। , तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा  १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो। , बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए।,  , ‘बसमा १२-१३ जना यात्रुहरू हुन...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठ...
सेतोपाटी सुनसरीको कोसी गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए। , कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो। , आइतबार राति आरक्षबाट आएक...
सेतोपाटी संवाददाता कञ्चनपुरका एक कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। , भिमदत्त नगरपालिका वडा नं. १५ कञ्चनपुरका ५४ वर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको हो। , बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई अस्पताल भर्ना गर...
सेतोपाटी संवाददाता सोह्र वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीको मायादेवीका २० वर्षिय सलमान भन्ने आवेद अली मोहमदलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ परेका मोहमदले शनिबार राति साढे आठ बजेतिर स्थानीय किसानको खेतमा रहेको धानको परालमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी प्रवक्ता प्रहर...
सेतोपाटी राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ। , हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन्। , कर्णाली करिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हु...
झलनाथ खनाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन सुरू गरे। , उद्योग वाणिज्य संघ तुलसीपुरले दिएको मौरीपालन तालिम लिएपछि हमालले मौरीपालन व्यवसाय सुरू गरेका हुन्। , अहिले उनीसँग झण्डै ६०० घार मौरी छन्। हमाल ती मौरीका घार बोकेर अहिले कैलालीको भजनी नगरपालिका पुगेका...
निशा भण्डारी उखुको मूल्य माग गर्दै काठमाडौं आइपुगेका किसानहरूले सोमबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।, सर्लाही, रौतहटलगायतका विभिन्न जिल्लाबाट आएका उखु किसानहरू काठमाडौंमा आन्दोलित भएका हुन्। आजसम्म एक सयभन्दा बढीको संख्यामा किसानहरू काठमाडौं आएका र थप आउँदै गरेको किसान संघर्ष समितिका सचिव हरे...
सेतोपाटी संवाददाता नेपाल सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।, मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएको थियो। ...
सेतोपाटी नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा हुने भएको छ।, प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो। , पशुपतिनाथ मन्दिर स्वास्थ्य सु...
सेतोपाटी काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महशुस गरिएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ। , यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। , मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रम...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस मनाएको छ।, आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर महानगर दिवस मनाइएको महानगरले जानकारी दिएको छ।, उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर उपस्थित थिए।, मन्त्री त्रिपाठीले महानगरले प्रकाश...
सेतोपाटी संवाददाता मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो।, उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।, उनले सो बराबरको र...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी टोलको एक घरमा आगालगी भएको छ। , सोमबार दिउँसो करिब पौने १ बजे बस्तीको एक घरमा आगलागी भएको हो। , आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। , 'सुकुम्बासी टोलको एक टहरा जस्तो घरमा आ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। , पछिल्लो २४ घण्टामा १५ ...
सेतोपाटी संवाददाता काठमाडौं दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा खोटाङ घर भई चुनिखेल बस्ने ४० वर्षीय आनन्द तामाङलाई रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए। , उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। , उनी मान...
सेतोपाटी संवाददाता दुई वर्ष पहिले नै विद्यालयमा एउटै कलर कोटेड गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ। , विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम कार्यान्वयनमा आएको हो। , पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्...
सेतोपाटी पर्सा निकुञ्जपूर्वमा लोपोन्मुख  पाटेबाघ फेला परेको छ।, इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो।, बिरालो जातको  पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो। यसअघि पर्सा निकुञ्जपूर्वमा पाटेबाघ फेला परेको थिएन। , कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे  अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापम...
सेतोपाटी संवाददाता झापाको दमकमा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ। , दमक १० सेतुमारीस्थित भालुखोलामा माछा मार्ने क्रममा उर्लाबारी ९ का २० वर्षीय विशाल सावाँ लिम्बूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। , ‘खोलामा पानी जमेको थियो,’इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयरा...
सेतोपाटी संवाददाता लैंगिक समानता तथा हिंसा विरूद्धका विभिन्न अभियान सञ्चालन भइरहे पनि लुम्बिनी प्रदेशमा जबरजस्ती करणी तथा महिला हिंसाका घटनामा भने वृद्धि भएको छ।, प्रदेश प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ महिनाको अवधिमा ८ सय २३ वटा हिंसासम्बन्धी मुद्दा दर्ता भएका छ...
सेतोपाटी संवाददाता बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।, जिल्लाको तल्कोट गाउँपालिका ३ को किरकिट्यामा शनिबार दिउँसो बा ३ क ६०० नम्बरको नागार्जुन कस्ट्रक्सनको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएकाे थियो।, दुर्घटनामा परी घाइते भएका सडककाे काम गर्ने मनोज गाह मगर र मनोज भट्टलाई उपचारका लागि जिल्ला अस्...
भगवती पाण्डे बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बेलभरियाका ८० वर्षीय रामप्रसाद उपाध्यायलाई आफू बसोबास गर्दै आएको जग्गा अरु कसैले हडपिदिन्छ कि भन्ने चिन्ता हटेको छ। , वडा नं. १८ सेमलारका ७४ वर्षीय प्रभु थारुलाई पनि पचास साठी वर्षदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाई त्यसै छोड्नु पर्छ कि भन्ने चिन्ताले सताइरहन्थ्...
सेतोपाटी भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ। , महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे। , उनले संविधानले नै हिन्दू धर्मलाई...
एजेन्सी बन्दूकधारी एक समूहले नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको नाइजेरियाको प्रहरीले जानकारी गराएको छ।, उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गरेका बताइएको छ भने केहीलाई अपहरण गरी लगेको आशङ्का अधिकारीहरूले गरेका स्थानीय नागरिकले बताएका छन्।, मोटरसाइकलमा आएको सशस्त्र स...
निशा भण्डारी प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ।, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिन...
एजेन्सी दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्। , सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । , उनीहरूका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क...
एजेन्सी दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ। , यहाँका स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन। पछिल्लो तथ्यांक अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ।, शनिबारसम्म १ लाख ८० हजार ४११ जनाको ज्यान गइसकेको छ। ...
सेतोपाटी सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग  प्रदान गरेको छ। , वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो।, मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रम...
सेतोपाटी गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ। , गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।, दुर्घटनामा परी गम्भीर घाइते भएक...
रवीन्द्र काफ्ले तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो। , नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो। यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए। , नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन।...
सेतोपाटी संवाददाता मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व झापाको सताक्षीधाममा धुमधामका साथ मनाइएको छ।, बाला चतुर्दशीमा लाखौँ भक्तजन सताक्षीधाममा आएर शतबीज छर्ने परम्परा यसवर्ष पनि कायमै रह्यो। कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न...
नारायण महर्जन आइतबार बिहानै पाशुपत क्षेत्रमा शतबीज छर्नेको घुईँचो लागेको छ। सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाए पनि सर्वसाधारण स्वस्फूर्त रूपमा पाशुपत क्षेत्र पुगेका थिए। पशुपतिनाथको ढोका भने बन्द नै छ। पशुपति मन्दिर भित्र प्रवेश नपाए पनि धर्मावलम्बीले मन्दिर बाहिरबाटै शतबीज छर्दै हिँडेका थिए ।, प्रत्येक वर्ष ...
सेतोपाटी संवाददाता पोखराको फेवातालको मापदण्ड मिचेर बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार बिहान डोजर लगाएर भत्काएको हो।, पोखरा महानग...
सेतोपाटी कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। , बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ। , सुरुङसँगै ‘हेडवर्क्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो...
सेतोपाटी कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ। , चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए।, टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर त...
सेतोपाटी भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरू भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः सुरू भएको छ। , पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरू भएको आयोजनाका मनोज भेट...
सेतोपाटी संवाददाता २०७२ सालको भूकम्पमा पूर्ण रुपमा भत्किएको पुच्व पुस्तकालय समेत रहेको ऐतिहासिक मदः फल्चा (पाटी) पुनर्निर्माण गरिएको छ।, पुल्चोकमा रहेको यो फल्चाको पुनर्निर्माण प्रारम्भ नेपालले शुरू गरेको हो । प्रारम्भ नेपालले काम थालेपछि ललितपुर महानगरपालिका, साविक दाता कर्ममाया महर्जन लगायतले पुनर्निर्माणको लागि सहय...
शुरबहादुर सिंह सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै देशभर विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन्। , आठ महिनापछि विद्यालयहरू सञ्चालनमा आउँदा शैक्षिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ। शहरमा कोठा लिएर पढ्ने बालबालिका गाउँबाट तल झर्ने क्रम चलेको छ। अभिभावक आफ्ना नानीहरूलाई विद्यालय पठाउन पाउँदा खुशी छन्। गाउँबाट दक्षिण झर...
एजेन्सी इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ। अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए।, अल जजिराका अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाए...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। , पछिल्लो २४ घण्टामा १५ ...
सेतोपाटी संवाददाता पाँच जनालाई गैरकानूनी रूपमा दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा एक महिला पक्राउ परेकी छन्। , प्रहरीले सिन्धुपाल्चोक घर भइ काठमाडौं महानगर-७ कुमारीगाल बस्ने ५० वर्षीया अनिता तामाङलाई पक्राउ गरेको हो।, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई आइतबार चावहिल कुमारीगालबाट पक्राउ गरेको हो। , उनीम...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ। महानगरप्रमुख चिरीबाबु महर्जनले आइतबार महानगर कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ गरेका हुन्। उनले महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए।...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। , प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो। , पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय ...
एजेन्सी अफगानिस्तानको राजधानी काबुलमा एक सांसदलाई लक्षित गरी भएको ‍आक्रमणमा दुई जनाको मृत्यु भएको छ। , बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु र अन्य दुई जना घाइते समेत भएको प्रहरी स्रोतले आइतबार जानकारी दिए।  , खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा बिहान साढे ७ बजे विस्फोट भएको थियो।, उक्त विस्फोटमा ...
सञ्चिता घिमिरे मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ÷छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो ।, सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घ...
सन्तोष पुर्कुटी पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो । हिउँदमा पानी घटेपछि खोला भित्रैबाट सवारी साध...
सेतोपाटी संवाददाता स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। , अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो।, पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शा...
एजेन्सी संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। , राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ। , इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुई...
सेतोपाटी संवाददाता ज्ञानप्रकाश राई र प्रतिभा राई बाबुछोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्।, बुवा ज्ञानप्रकाश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडाइरहेकी छन्।, आफ्ना तीन सन्तानमध्ये माहिली छोरी प्रतिभाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्। जसका कारण ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ। , पछिल्लो २४ घण्टामा एक हजार ...
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।, पूर्वबाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।, पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ...
एजेन्सी हृदयघात भएपछि बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्। , शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको ,एबिपी न्युज,ले जनाएको छ। , उनी अस्पताल भर्ना भएको निर्देशक अहमद खानले पुष्टि गरेका छन्। , एबिपी न्युजका अनुसार अहिले उनलाई अस्पतालको आ...
सबिना श्रेष्ठ न्यूयोर्कको ब्रुकलिनस्थित फ्ल्याटबुस भन्ने ठाउँमा एउटा यस्तो घर छ, जहाँ झन्डै ५० जना नेपाली बस्छन्।, माथिल्लो मुस्ताङको छुसाङ गाउँबाट गएका ती नेपालीबारे अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले करिब एक वर्षअघि लामो लेख लेखेको थियो।, उनीहरू 'सेके' भाषा बोल्छन्। संसारभरिमा यो भाषा बोल्ने करिब ७ सय जना छन्। ती...
एजेन्सी संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । , इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईब...
सेतोपाटी संवाददाता दाङमा शुक्रबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन् ।, गढवा गाउँपालिका वडा नं. ३ का  १८ वर्षीय मनोज अधिकारीको  उपचारका क्रममा मृत्यु भएको छ । गढवा ४ का १९ वर्षीय प्रविण कार्की गम्भीर घाइते छन् ।, शुक्रबार दिउँसो लमहीवाट गढवा तर्फ जाँदै गरेको लु ५...
सेतोपाटी संवाददाता म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन विद्यालय आउजाउ गर्न उनलाई चार घण्टा लाग्छ । जान दुई घण्टा । फर्कन दुई घण्टा ।, बिहान ८ बजे नै पाकेको गाँस टिपेर हिड्छन्, भुवन थापा । विद्यालय पुग्दा थकान र भोक पीडित ...
एजेन्सी अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् ।, विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । , यहाँ विगत ४८ ...
सेतोपाटी संवाददाता पर्वतको महाशिलामा रहेको एसियाकै ठुलो ढुंगा भएको दावी गरिएको क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।, खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । , करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको म...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा हुने नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।, देशभरका १५६ शाखाको राष्ट्रिय भेला (महाधिवेशन) दुई चरणमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले जानकारी दिए।, राष्ट्रिय महाधिवेशनको पहिलो चरणमा राष्ट्रिय पदाधिकारी, नेपाल जेसीज...
एजेन्सी बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ। , वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ। अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड ...
सेतोपाटी संवाददाता भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। , महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार बिहीबार साँझ साढे ६ बजे एक महिला मृत फेला परेकी हुन्।, चाँगुनारायण नगरपालिका-४ फुलबारीमा काभ्रे खानीखोला गाउँपालिका-३की ४३ वर्षीया अन्तरीमाया थिङ मृत फेला परेकी हुन्। ,...
सेतोपाटी संवाददाता प्रहरी नायव महानिरीक्षक (आइजिपी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। , शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक समरोहबीच नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई एआइजी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। , उनला...
सेतोपाटी प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ।, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा...
सेतोपाटी नेपाल विद्युत् प्राधिकरणले आज शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। , प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो। , सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्म...
सेतोपाटी संवाददाता काठमाडौं नैकापस्थित ढुङ्गेअड्डाको पेट्रोल पम्पनजिक भयानक दुर्घटना भएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश-२ ०३-००१ ख १४२० नम्बरको ट्रकले ढुंगेअड्डानजिक अन्य सवारीहरूलाई ठक्कर दिएको हो। , सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, तीन वटा ...
एजेन्सी जर्मनी र रूसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेको छ।, जर्मनीमा एकैदिन संक्रमणका कारण ५ सय ८५ जनाको मृत्यु भएको छ भने २९ हजार ८ सय ७५ नयाँ संक्रमित फेला परेका छन्। , महामारी सुरू भएयता जर्मनीमा यति धेरै संख्यामा मृत्यु र संक्रमण बढेको हो। बढ्दो ग्राफलाई ध्यानमा राख्दै क्रिसमस अगाडि नै लकडाउन सुरू गर्नुप...
राजेश घिमिरे घाइते तथा बिरामी वन्यजन्तुको उपचारका लागि नेपालमै पहिलोपटक वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ।, चितवनको सौराहामा शुक्रबार वन्यजन्तु अस्पतालको उद्घाटन गरिएको हो। उक्त अस्पताल निर्माण र सञ्चालनका लागि विगत छ वर्षदेखि तयारी सुरु भएको थियो।, अहिलेसम्म वन्यजन्तुलाई चोटपटक लाग्दा, बिरामी हुँदा उपचार गर्न सहज थि...
एजेन्सी अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्युमा नयाँ रेकर्ड कायम भएको छ।, बुधबार २४ घण्टाको अवधिमा ३ हजार बढी मानिसको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको हो।, रोयटर्सका अनुसार बुधबार ३ हजार २ सय ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ।, यस्तै १ लाख ६ हजार २ सय १९ को रेकर्ड संख्यामा संक्रमितहरू अस्पताल भर्ना भएको उसले जनाए...
सेतोपाटी संवाददाता धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना भवनमा उपचाररत् थप १ जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ। , अस्पतालको भेन्टिलेटरमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी  दिए।, उनलाई मंसिर २४ गते संक्रमण पुष्टि भए...
सेतोपाटी काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। , हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ। मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ।, बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्...