content
stringlengths
20
64.1k
भगवती पाण्डे धुलाम्मे बर्दघाट-चोरमारा सडकखण्ड, देशकै सबभन्दा महत्वपूर्ण पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि चोरमारासम्मको सडकखण्ड पछिल्लो एक वर्षयता धुलाम्मे बनेको छ। , तर अहिले भने सडकमा उडेको धुलोको कारण सडकयात्रु मात्र होइन सडकको छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको छ। वर्षाभरि हिलाम्मे बनेको सडक पानी पर्न छोडेपछ...
प्रशन्न पोखरेल कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा केहि सुधार देखिएको छ।, ‘आज उहाँको स्वास्थ्य सुधारोन्मुख छ,’ ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले सेतोपाटीसँग भने, ‘भेन्टिलेटरबाट ४० प्रतिशत अक्सिजन दिँदा ९६ प्रतिशत मेनटेन भएक...
सेतोपाटी संवाददाता मनाङबाट जडिबुटीको अवैध ओसारपसार गरेको आरोपमा लमजुङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेहरूको साथबाट ठूलो मात्रामा जडिबुटी बरामद गरेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए। , मनाङबाट शनिबार ग १ ज ७४५३ नम्बरको पिकअप बोलेरो जीपले जडिबुटी लमजुङको बेंसीसहरतर्फ ल्याउँदै गरेको सूचन...
सेतोपाटी संवाददाता काठमाडौंको धापासीमा ग्याङफाइट २५ वर्षीय युवकको हत्या गरी फरार भएका दुई जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले गत शुक्रबार हत्या गरिएका आशिष मगरको हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको हो।, संखुवासभाका १९ वर्षीय दोर्जे शर्पा र टोखा बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ...
राजेश घिमिरे यो साल चितवनको माडीका दुइटा विषय राष्ट्रिय बहसमा आए।, असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म भारतमा नभई माडीको अयोध्यापुरीमा भएको दाबी गरेका थिए।, त्यसको केही दिनमा त्यही अयोध्यापुरीको एउटा गाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट गएको टोलीले घर भत्काउने र आगजनी गर्ने काम गर्‍यो। त्यहाँ रहेक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा १ हजा ३ सय ६२, भक्तपुरमा ९६ ललितपुरमा १६४ गरी १ हजार ६ सय २२ जना संक्रमित थपिएका हुन्।,...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। , आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए। , उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:...
एजेन्सी अलाद्दिन र चिरागको कथा हामी धेरैले सुनेका छौं। , कथामा एउटा जादुयी चिराग हुन्छ, जसबाट तिलस्मी शक्ति भएको अलाद्दिन निस्कन्छ। उसले आफ्नो शक्ति प्रयोग गरेर जसको पनि कामना पूरा गर्ने सामर्थ्य राख्छ।, जसले उक्त चिराग घोटेर अलाद्दिनको नाम पुकार्छ, उसका सबै मनोकामना पूरा हुन्छन्।, विश्वभरि चर्चित यो लोककथाका आधारमा थ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कोरोना संक्रमितको बिना धरौटी उपचार गर्ने भएको छ। , अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले भने, ‘भोलि पत्र आउँछ होला। त्यसपछि धरौटी लिने कुरालाई हटाउनुपर्छ।’, अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिको सुनाकोठी क्षेत्रमा स्थानीयले आज विभिन्न नाराबाजीसहित सडक अवरूद्ध गरेका छन्। , बिहान १० देखि साँझ ५ बजेसम्म सवारी बन्द गरेको स्थानीय निरज महर्जनले बताए। , 'हामीले बिहान १० देखि सडक अवरूद्ध गर्‍यौं। इमान्दारपूर्वक पाँच बजे खोल्यौं। हाम्रो आन्दोलन किन भएको भनेर कसैले पनि हामीलाई सो...
सेतोपाटी संवाददाता नेपालमा आइतबार थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४  जनामा संक्रमण भएको हो। , योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजा...
रासस बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ।, छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ,  गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपच...
सेतोपाटी संवाददाता कैलालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो मोहन्या गाउँपालिका ४ बासपानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। त्यस्तै जीपमा सवार १४ जना घाइते समेत भएका छन्। , सुप प्र ०१००१ च २६२३ नम्बरको जीपको ब्रेकले काम नगरेपछि अन्दाजी ३० मिटर तल खसेको डिएसपी प्रतिक विष्टले जानकारी दि...
सेतोपाटी संवाददाता सप्तरी र महोत्तरीबाट तीन प्रहरीसहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। , नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, प्रहरी जवान, सशस्त्र प्रहरीका जवान र एक व्यापारीलाई अख्तियारले घुस आरोपमा नियन्त्रणमा लिएको हो। ,  , आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले नेपाल प्रहरीका प्रह...
रासस कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ।  , महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले हत्याको जाहेरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए। , १२ वर्ष अघि प्रेम विव...
प्रशन्न पोखरेल गोरखाको बाह्रकिलो-छेपेटार सडकखण्डस्थित बाह्रकिलो नजिकै कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले उप्काइदिएका छन्।, गुणस्तरहीन कालोपत्र गरेको विरोधमा सोमबार बिहान स्थानीयले कालोपत्र उप्काएका हुन्।, यो सडक आइतबार कालोपत्र गरिएको थियो।, एघार किलो-छेपेटार-भालुस्वाँरा-बारपाक सडक आयोजाले एक करोड ७७ लाख रूपैयाँम...
सेतोपाटी संवाददाता चिकित्सकले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। , अहिले अस्पतालमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकले आग्रह गरेका हुन्।, अहिले हरेक अस्पतालका आइसियू बेडहरु कोभिडका वि...
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। , अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। , भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अ...
सेतोपाटी संवाददाता नेकपा पर्साका कार्यकर्ता ३४ वर्षीय मुकेश चौरसिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।, यसअघि दुई जना पक्राउ परेका थिए।, पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलका ३२ वर्षीय निरञ्जन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो। पीडित परिवारले दिएको जाहेरीमा चौरसियालाई बाँ...
द न्यूयोर्क टाइम्स फूलैफूलले झकिझकाउ मण्डप। रमाइरहेका आफन्त र साथीसंगीका भीड। सेतो गाउनमा सजिएर कसम खानु। अनि आफ्ना जीवनसाथीको आलिंगनमा बाँधिएर चुम्बन गर्नु।, कानुनकी विद्यार्थी ३२ वर्षीया चेल्सी मुरका पनि रहर यस्तै थिए। , गत साता उनको बिहे थियो, आफ्ना प्रेमी क्रिस्टोफर ब्ल्याकवेलसँग। उनका यी सपना त पूरा भएनन् तर उनले...
सेतोपाटी संवाददाता काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ की ३७ वर्षीया शर्मिला विक गत शुक्रबार बिरामी परिन्। , उनी काम्ने, नजिक भएका मान्छेहरूलाई चिथोर्न जाने र चिच्याउन थालिन्। , शर्मिलाको परिवारका अनुसार उनलाई ‘छोप्ने’ व्यथा थियो। दुई वर्षअघिदेखि उनले डिप्रेसनको औषधी खाइरहेकी थिइन्। , उनका श्रीमान् वैदेशिक रोजगारीम...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु भएको छ। , झापा गौरीगञ्जका ७३ वर्षीय वृद्धको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनलाई कात्तिक ६ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी मुटुरोगी थिए। , अवस्था गम्भीर भएका कारण उनलाई कात्ति...
सेतोपाटी संवाददाता खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु भएको छ।, भक्तपुर सूर्यविनायक-८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा शनिबार बिहान सोही ठाउँका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको हो। , ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएको प्रह...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन्।, शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन्।, ‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो। अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं,’ म...
सेतोपाटी कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।, दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जङ्गलम...
सेतोपाटी संवाददाता कैलालीबाट प्रहरीले २९ जना जुवाडेलाई पक्राउ गरेको छ। , जोशीपुर गाउँपालिका-१ स्याउले बजारका यज्ञबहादुर विष्टको घरमा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो। , शनिबार बिहान करिब सुदूरपश्चिम प्रदेश प्रहरी र कैलाली प्रहरीको टोलीले २ लाख ५१ हजार ४०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको बिरूवा रोपेको छ। , त्यस्तै आजैमात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरूवा रोपिएको छ। , आज शनिबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्...
रासस राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।, उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। महाप्रबन्धक शर्मा होम आइसोलेसनमा छन्। , स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबै...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ।, शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ भने शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ।, सार्वजनिक सवारी साध...
सेतोपाटी संवाददाता जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा १ सय ८ वटा कोसेली(पाहुर) आएको छ। , प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाको अवसरमा आउने कोसेली यस वर्ष पनि महोत्तरीको रतौलीबाट आएको हो। , रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर प...
सेतोपाटी संवाददाता बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा उपचार गराइरहेका ६२ वर्षीय वृद्धको कोरोना संक्रमणका मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। , मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्...
सेतोपाटी संवाददाता नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो। , योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २...
सेतोपाटी संवाददाता महोत्तरीमा विद्युत लाइन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिवासका एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।, गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा कार्यरत ज्यालादारी कर्मचारी रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डितको मृत्यु भएको नेपाल विद्युत प...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , जसमध्ये ५ सय ६९ जना महिला छन् भने बाँकी ७८८ जना पुरूष हुन्।, काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना...
सेतोपाटी संवाददाता सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्। , सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शनिबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयम...
सेतोपाटी ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  , आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा  प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। , पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने ...
खिलानाथ ढकाल ललितपुर महानगरपालिका-२७ नम्बर वडाको सुनाकोठी क्षेत्र अहिले धुलाम्य त छ नै, बाटोमा ठूला-ठूला खाल्डा पनि। , स्थानीयका अनुसार यस्तो बाटोका कारण आवागमन असहज छ, जनताको स्वास्थ्य नै बिग्रिन थालेको छ। , वडाध्यक्ष बाबुराजा महर्जनका अनुसार यो बाटो कान्ति लोकपथ अन्तर्गत हो। ललितपुर महानगरपालिका-२७ को सुनाकोठीमा मात...
सेतोपाटी पिसिआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन्। , तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसिआर परीक्षण हुने भएपछि शुक्रबारदेखि सुरू आन्दोलन आज स्थगित भएको हो।, आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शु...
सेतोपाटी झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। , लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक...
सेतोपाटी संवाददाता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। , प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो।, उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो।, त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण विराटनगरमा ६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार शुक्रबार साँझ र शनिबार ६ जना संक्रमितको मृत्यु भएको हो।, नोबेल मेडिकल कलेज विराटनगरका अनुसार उपचाररत् चार संक्रमितको मृत्यु भएको छ। विराट मेडिकल कलेजमा एक जना र म्याक्स अस्पताल विराटनगर...
सेतोपाटी गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको शनिबार मृत्यु भएको छ। , गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको शनिबार साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो। , जिल्ला प्रहरी...
एजेन्सी बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ।, शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन्। , यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो।, यो पटकको बन्दाबन्दीमा पहिले जस्त...
सेतोपाटी संवाददाता बुटवलमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। , लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगर ८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। , गत कार्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका पुरुषको शुक्रबार बिहान  मृत्यु भएको अस्पतालका सूच...
सेतोपाटी संवाददाता मिथिलाञ्चलमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ।, आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन मिथिलाका नवविवाहित पुरुषको घरमा केटी पक्षबाट पान, मखान, दही, केरा, लड्डु, माछासहितका भार पठाइने गरिन्छ। , प्रचलन अनुसार केटी पक्षले उपहार स्वरुप दिएका चाँदीको कौडाले केटा पक्ष र केटी ...
सेतोपाटी कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ। , बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहक...
युवराज श्रेष्ठ स्याङ्जामा  फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाइएको छ। , राष्ट्रपति माक्रोंले दिएको मुस्लिमविरोधी अभिव्यक्तिको विरोधमा स्याङ्जाका मुस्लिम समुदायले पनि विरोध जनाएका छन्।, स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित अहले सुन्नत बलजमात नुमरा जामाँ मस्जिदले गत म...
सेतोपाटी संवाददाता सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक  अस्पतालमा भर्ना भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।, सुत्केरी बेथा लागेर भर्ना भएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो। , उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम...
सेतोपाटी संवाददाता मौसम केही दिनयता चिसिन थालेको छ। आकाश पनि खुल्ला छ। काठमाडौं, पोखरालगायतका शहरबाट हिमाल देखिएका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट भएका छन्। , शुक्रबार बिहान  परमेश्वर झाले आफ्नो ट्विटरमा हिमाल देखिएका तस्बिर हाले।  ती तस्बिर उनले काठमाडौं, पोखरा वा अन्य कुनै पहाडी क्षेत्रबाट खिचेका थिएनन्। , उनले सप्...
सेतोपाटी संवाददाता अस्ट्रेलियामा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले स्थापना गरेको एक्सपर्ट फाउण्डेसनले असहाय, बेसहारा गरी तीन सय जनालाई टीका लगाएर खाना खुवाएर दसैं मनाएको छ।, नेपालमा कोरोनाको बढ्दो प्रभावबीच नेपालीहरूको चाड दसैंको दिन कोही व्यक्ति भोकै रहनु नपरोस् भन्ने उद्धेश्यले काठमाडौंको खुलामञ्चमा फाउण्डेस...
प्रशन्न पोखरेल काठमाडौंको पद्मकन्या क्याम्पस पढाउँदै आएकी सविता विमलीले एक वर्षदेखि पारिश्रमिक पाएकी छैनन्।, स्नातकोत्तरमा नेपाली विषय पढाउँदै आएकी उनले गत वर्ष कात्तिकदेखि पारिश्रमिक नपाएकी हुन्। उनले पद्मकन्यामा पढाउन थालेको १२ वर्ष हुँदैछ। , उनीजस्तै त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसका आंशिक लेक्चररहरूले लामो...
सेतोपाटी संवाददाता नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण भएको हो। , योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ४ ह...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका -११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको ह...
सेतोपाटी संवाददाता म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।, दुर्घटनाबाट अन्नपूर्ण गाउँपालिका-२ गुरूङ तातोपानीका अन्दाजी १०-१२ वर्षीया रिया विकको मृत्यु भएको हो।, त्यस्तै, जीपमा सवार ११ जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, कार्यालयका प्रहरी नायब उपरीक्षक किरण कुँवरका अनुसार ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक शैलश थापा क्षेत्रीले सुडानस्थित मिसनमा खटिने १७औं समुहलाई बिदाइ गरेका छन्। , शुक्रबार प्रहरी प्रधान कार्यालयका आयोजित एक समारोहमा महानिरीक्षक क्षेत्रीले मिसनमा खटिने प्रहरीहरूको बिदाइ गरेका हुन्।, संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु)क...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका थप एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , जसमध्ये ७ सय ८१ जना महिला छन् भने बाँकी ११ सय ७ जना पुरूष हुन्।, काठमाडौंमा ६० हजार ७ सय ४२ जना...
सेतोपाटी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का एक बुवाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्।   , बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए।, बुवाले छोरोको चौरासी गरेक...
साउथ चाइना मर्निङ पोस्ट प्रायः सबैजसो कोरोना संक्रमण बन्द कोठामा फैलिने गरेको अभिलेखहरूले देखाएका छन्। यसले कोठा भित्रभन्दा बाहिर संक्रमणको सम्भावना कम भएको देखाउँछ। तै पनि कतिपय कारणहरूले बाहिर पनि खतरामुक्त भने नभएको अध्येताहरू बताउँछन्। , बाहिरफेर निस्किँदा पनि मास्क लगाउनु उचित हुने विज्ञहरूले बताएका छन्। उनीहरूका...
रासस सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ।, गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै...
विनोद सापकोटा झापामा जंगली हात्ती मृत भेटिएको छ। , बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ५ स्थित पाँचपोखरी सामुदायिक वन परिसरमा शुक्रबार दिउँसो मत्ता हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईले पुष्टि गरे।, स्थानीयका अनुसार हात्तीको शरीरका केही भागमा गम्भीर चोट लागेको छ। स्थानीय एक प्रत्यक्...
सेतोपाटी संवाददाता काठमाडौंमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। , शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।, छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। मगर पेन्टिङको काम ...
एजेन्सी भारतको उत्तर प्रदेशको एक गाउँमा एक जना दलित पुरुषलाई जिउँदै जलाइएको छ। , अमेठीको बन्डुहिया गाउँकी ग्राम प्रधान छोट्काका पति अर्जुन कोरीलाई गाउँका केही युवाहरूले पैसाको विषयमा विवाद हुँदा बिहीबार जलाएका थिए।, घटनापछि उनको प्राथमिक उपचार सार्वजनिक स्वास्थ्य केन्द्रमा गरिएको थियो। त्यहाँबाट उनलाई सुल्तानपुर जिल्ल...
विनोद सापकोटा कोरोना संक्रमणका कारण झापाको शिवसताक्षीमा एकैघरका दुई दाजुभाइको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका-२ का चूडामणि भट्टराईका दुई छोरा दयाराम र योगेश्वरको मृत्यु भएको हो।, भट्टराईका चारमध्ये जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छाेरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको...
सेतोपाटी संवाददाता इलाका प्रहरी बनेपा काभ्रेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन्।, बागमती प्रदेश प्रहरी कार्यालयले उनको कामको कदर गर्दै बेस्ट स्टेट पोलिस अफ द मन्थ घोषणा गरेको हो।, बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत् प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्क...
सेतोपाटी संवाददाता दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ। , बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक १...
एजेन्सी अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ। , अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो। , सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए। यी व्य...
सेतोपाटी चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ। , खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।, पूर्वबाट पश्चिमतर्फ जाँदै गर...
युनिक श्रेष्ठ शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। , उनको छातीको बीच भागमा छुराले घोपिएको थियो। त्यसपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि आशिषलाई साथीहरूले चिरायु अस्पताल लगे। तर उनी बाँचेनन्। , हत्याको सम्बन्धमा...
सेतोपाटी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन्। , नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जा...
सेतोपाटी संवाददाता भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौं-२२ को मुसाफिर मदिनी मस्जिदमा पुनर्निर्माणकै क्रममा गत शनिबार डोजर लगाएर भत्काइयो। , तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चीनकाजी महर्जनले अवरोध गरिरहेको आरोप मुस्लिम समुदायले लगाइरहेको छ। जग्गावालाले जनप्रतिनिधिको सहयोग लिए...
सेतोपाटी संवाददाता गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।, राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।, इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।, लिखित परीक्षा भने मंसिर १३...
सेतोपाटी संवाददाता बाँकेमा २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरेका छन्।, ‘जुवाको ठूलो अखडामा प्रहरीले गए राति छापा मार्दा २९ लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ,’ एसएसपी बैदवारले भने...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सल्यान ८ दिनका लागि सिल गरिएको छ। , केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासन कार्यालय बन्द गरिएको हो। , सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधबार एक विज्ञप्तिमार्फत् कार्यालयमा अत्याधिक भिडभाड हुने हुँदा त्यसले सेवाग्राहीमा ...
समिक्षा अधिकारी सीताराम हाछेथूको चर्चा कुनै 'सेलेब्रेटी' को भन्दा कम छैन। २९ वर्ष ट्राफिक प्रहरी भएर सेवा गरेका उनले 'जहाँ जाम त्यहाँ सीताराम' भन्ने भनाइ नै स्थापित गरेका थिए। , हाछेथूले दुई वर्षअघि ट्राफिक प्रहरीको सेवाबाट अवकाश पाइसके। तर पनि उनको चर्चा सेलाएको छैन। गत भदौमा ललितपुर नगर प्रहरी प्रमुख भएपछि हाछेथू फे...
सेतोपाटी संवाददाता टेलिभिजन कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण देखिएको छ।, ज्वरो आएपछि पिसिआर परीक्षण गराएका लामिछानेले परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए।, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पिसिआर परीक्षण गर्दा म र निकिता दुबैमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबु...
सेतोपाटी संवाददाता १९ वर्षीय गोविन्द माझी दुई दिनदेखि अस्पतालमा उपचाररत् छन्।, कुनै रोगले सताएर उनी अस्पताल भर्ना भएका होइनन्। चोरीको शंका लागेर उनीमाथि निर्घात् कुटपिट गरिएकाले उनलाई अस्पताल ल्याउनुपरेको हो।, सर्लाहीको ईश्वर नगरपालिका-९ रामनगरका गोविन्द दसैंको दिन गाउँमा लागेको नाच हेरेर राति १२ तिर घर फर्किँदै थिए।,...
रासस कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ। चन्द्रपुर–१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो। , नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार बिहान चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन ग...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि खुलेको छ।, चीनबाट सामान बोकेको एउटा कन्टेनर आज दिउँसो नेपाल आएको हो। असोज तेस्रो सातादेखि यो नाका बन्द थियो।, नाका सुचारू भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेतोपाटीलाई बताए।, ‘आजदेखि नाकामा कन्टेनरबाट सामान आउन थालेको छ,’ उनले भने।, श...
एजेन्सी ताइवानमा बिहीबार लडाकु जहाज दुर्घटना हुँदा १ जना पाइलटको मृत्यु भएको छ। नियमित अभ्यासका क्रममा रहेको एफ-इफाइभ लडाकु जहाज पूर्वी तटीय क्षेत्रमा दुर्घटनामा परेको समाचार संस्था एएफपीले जनाएको छ। ताइवानमा तीन महिनाअघि पनि यस्तै दुर्घटना भएको थियो।  , टेक अफ हुनासाथ इन्जिनमा  समस्या भएपछि २९ वर्षीय पाइलट छु कुवाङ म...
एजेन्सी अवैध रूपमा भाले जुधाइ भइरहेको ठाँउमा छापा हान्न पुगेका प्रहरीहरूमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ। , गत सोमबार उत्तरी फिलिपिन्सको समार प्रान्तको मदुग्याङ्ग गाँउमा प्रहरीले अवैध भाले जुधाइ भइरहेको ठाँउमा छापा मारेको थियो।, यस्ता कार्यक्रममा भीडभाड हुने हुँदा कोरोना भाइरस फैल...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ ले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ।, मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।, ‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मद...
सेतोपाटी संवाददाता बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ। , भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। , उनका अनु...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले कोरोना महामारीले जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ।, महामारीमा जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवि पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग महासंघले माग गरेको हो।, आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौड...
सविता बुढा भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत् पाँच जना विद्यार्थी भागेर नेपाल-भारत सीमामा आइपुगेका छन्। , दसैं-तिहारमा एकेडेमीले बिदा नदिएपछि उनीहरू भागेर कञ्चनपुरको गड्डाचौकी नाका आइपुगेका हुन्। , बिहीबार मध्यान्ह १२ बजेतिर उनीहरू नाकामा आइपुगेको प्रहरीले जनाएको छ। पाँच जना विद्यार्थीमध्ये नेपालका २ र भार...
सेतोपाटी संवाददाता स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, प्रहरीले पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरूङ, ३४ वर्षिय गिरेप्रसाद गुरूङ, २४ वर्षीय किङकङ गुरूङ र २८ वर्षीय सन्तोष गुरूङलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न...
सेतोपाटी संवाददाता धनुषा प्रहरीले भन्सार छली ल्याइएको करिब २३ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ।, सीमा प्रहरी चौकी लग्मा जटही धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको दशगजा क्षेत्रमा रहेको जमुनी खोला किनारमा राखिएका लत्ताकपडा र भाडावर्तन गरी १० लाख २७ हजार  ...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिका-१० का कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजान नपाई बाटोमै मृत्यु भएको छ। , बुधबार दिउँसो बाथरुम जाँदा लडेपछि उनलाई आफन्तले बेडमा ल्याएका थिए। , बेहोस अवस्थामा रहेका उनलाई उपचारमा लैजान एम्बुलेन्स मगाइयो। तर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नपुर्‍याइकन उनको मृ...
सेतोपाटी संवाददाता दाङका ६५ वर्षीय एक जना कोरोना संक्रमित पुरुषको आज बाँकेमा मृत्यु भएको छ।, ती पुरुष दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का हुन्।, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो  ३:५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो।, स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते आश...
सेतोपाटी संवाददाता मेयरकै सामुन्ने महोत्तरीको एक नगरपालिकामा तीन जनामाथि सांघातिक आक्रमण भएको छ। , महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजया दशमीको राती सांघातिक आक्रमण भएको खुलेको छ।, नेकपाबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका मटिहानी नगरपालिका वडा नम्बर ८...
सेतोपाटी संवाददाता भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्।, बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। , भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्...
सेतोपाटी संवाददाता भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। , भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कड...
सेतोपाटी संवाददाता सिराहामा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , कर्जन्हा नगरपालिका वडा नम्बर २ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नपा वडा नम्बर २ का २२ वर्षीय डिम्पल यादव चढेको स७प २५५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक थान कटुवा पेस्त...
सविता बुढा भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कक्षा ६ मा पढिरहेका १७ वर्षीय भूमिराज घर्तीमगर भागेर बिहीबार नेपाल आइपुगेका छन्। उनी बागलुङ जिल्ला निसिखोला गाउँपालिका-५ निचीमा रहेको आफ्नो घर जान एकेडेमीबाट भागेर आएका हुन्।, काठमाडौंमा रहेकी दिदीलाई आफू आउन लागेको भन्दै उनले कञ्चनपुरको गड्डाचौकी नाका आएपछि फोन गरेका थि...
सेतोपाटी हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ।, गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए। , पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको ती...
एजेन्सी चीनका अर्बपति उद्यमी ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्ने भएको छ।, सांघाई र हङकङको सेयरमार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको छ। आन्ट कम्पनीको यो आइपिओ संसारमै अहिलेसम्मकै ठूलो आइपिओ हुने द गार्डियनले उल्लेख गरेको छ। , यसअघि सरकारी स्वामित्वको साउदी अर...
रासस संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।, ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज  तेस्रो साता उपचारका लागि कोशी अस्पताल विर...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी (प्यारामेडिक्स) कालु सिंहको मुटु समस्याका कारण मृत्यु भएको छ।, अस्पतालको  कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा ५७० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार २४ घन्टा ३१६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्। , मंगलबारसम्म नेपालमा  १ लाख ६० हजार ४ स...
सेतोपाटी मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको  मृत्यु भएको छ। , घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो। , धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्द...
सेतोपाटी पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ। , मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन्। , सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्याल...