content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। , उनले मङ्गलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए। , उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापा मेचीनगरस्थित घर आएका थिए।, विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनल... |
सेतोपाटी संवाददाता रोल्पामा गएराति लडेर एक जनाको मृत्यु भएको छ। , जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा घर भइ स्थानीय धवलडाँडामा किराना पसल गर्ने ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पुन गएराति सवा ९ बजेतिर आफ्नै पसलको ढोका बाहिर अचेत अवस्थामा... |
सेतोपाटी संवाददाता तुलसीपुरका कुमार (कमारा) विकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई नियन्त्रणमा लिएको छ। , उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ वर्षीय विक तुलसीपुर १० गोलौरीमा सोमवार राति अपरिचित समुहको धारिलो हतियारको आक्रमणवाट एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेका... |
एजेन्सी भारतको केन्द्रीय राजधानी रहेको नयाँ दिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ।, दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँ दिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। , रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक ... |
सेतोपाटी अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ। , जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्। , हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गर... |
सेतोपाटी पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। , मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए।, पूर्वबाट पश्... |
रासस तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। , कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। , मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए। , मदन पुरस्कारसमेत प्रा... |
रासस जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। , मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। , घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उप... |
रासस परदेशमा दसैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए।, उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए। उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो। , उनका सहकर्मी तिलक ... |
एजेन्सी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको बाथरूममा एउटा नवजात शिशु भेटिएको घटनाले अहिले अष्ट्रेलिया र कतारको सम्बन्धमा तरंग ल्याएको छ। , घटना गत अक्टोबर २ तारिखको हो। विमानस्थल टर्मिनलको बाथरूमभित्र फोहोर फाल्ने ठाउँमा कर्मचारीहरूले एउटा बच्ची फेला पारेका थिए। भर्खर जन्मिएकी ती बच्चीलाई प्लाष्टिकले बेरेर माथिबा... |
राजेश घिमिरे यसै पनि आर्थिक रूपले कमजोर चेपाङ समुदाय, त्यसमाथि कोरोना महामारी, लकडाउन, निषेधाज्ञालगायतले थप कमजोर अवस्थामा छ।, उनीहरू बस्ने कतिपय ठाउँमा त राज्यको उपस्थितिसम्म छैन। विकास, निर्माण, शिक्षा, रोजगारी त धेरै परका कुरा भए, पेटभरी खानु नै सबैभन्दा ठूलो उपलब्धी छ उनीहरूको लागि।, २०७७ कात्तिक ५ गते बुधबार दसैं... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। , गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल गरिएको हो। , गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीका अनुसार ती संक्रमि... |
सेतोपाटी संवाददाता सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।, दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। , अरू बार वेव... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ९ सय ५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार २४ घन्टा २९८१ जना कोरोनाबाट निको भएका छन् भने ११ जनाले ज्यान गुमाएका छ... |
बिबिसी 'म इस्लामावादबाट केटा बनेर गुजरात पुगेको छु। यो कुराको मलाई यति खुसी छ कि म बताउनै सक्दिनँ। मलाई सानैदेखि केटीका लुगा मनपर्थेन। मेरो काम र आनीबानी केटाहरूको जस्तो थियो। मेरा सात बहिनीहरू, दुई भाइ पाएर धेरै खुसी भएका छन्। मेरो भाइ पनि खुसी छ।', यो भनाइ गुजरात, सोनबडीको दोश्रो वर्षमा अध्ययनरत छात्र वलिद आबिदको हो... |
एजेन्सी फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि देशव्यापीरूपमा दोश्रो चरणको लकडाउन घोषणा गरेका छन्।, दोश्रो लकडाउन कम्तिमा नोभेम्बर महिनाभर लागु हुनेछ।, राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपतिले शुक्रबारबाट देशव्यापी लकडाउन सुरू हुने घोषणा गरेका हुन्। सम्बोधनमा उनले अत्यावश्यक ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका-२ का २४ वर्षीय आदित्य कुशवाह छन्। उनलाई नागढुंगाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो। , कुशवाह ना६ख १५३७ नम्बरको यात्रुबाहक बसमा यात्रुको रुपमा सवार थिए। , उनको साथबाट डा... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ। ,
,
चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। , इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इला... |
सेतोपाटी दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ। , गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो। , चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। , घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो। , (रासस... |
एजेन्सी मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। , कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ।, गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभ... |
एजेन्सी भारतको राजधानी दिल्लीमा पहिलोपटक पाँच हजार बढीको संख्यामा कोरोना संक्रमित फेला परेका छन्।, दिल्लीका अधिकारीका अनुसार एकैदिन यति संख्यामा संक्रमित फेला परेको यो पहिलो पटक हो।, बुधबार यो संख्याले पहिलो पटक पाँच हजारको संख्या पार भएर ५ हजार ६ सय ७३ पुगेको छ।, प्रेस ट्रस्ट अफ ईण्डियामा प्रकाशित समाचारका अनुसार कोर... |
युवराज श्रेष्ठ पोखरा–३ नदीपुरकी माया श्रेष्ठले आफ्नो हराएको छोरा ९ महिनापछि भेटाइन्। उनका ११ वर्षीय छोरा विजय लकडाउन हुनुभन्दा २ महिनाअघि नै हराएका थिए। , घरबाट कहाँ गए, कोसँग गए कसैलाई पत्तो थिएन। , ‘खोज्दा-खोज्दै लकडाउन भयो’, मायाले भनिन्, ‘त्यसपछि खोज्न पनि सकिएन।’, विजय भने पोखरा छाडेर कहीँ गएका थिएनन्। , उनको काम... |
सेतोपाटी यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ। , नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोस... |
सेतोपाटी संवाददाता आज थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।, पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको ... |
एजेन्सी पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, राष्ट्रपति कार्यालयका प्रवक्ता ब्लेजेज स्पीचल्स्कीले ४८ वर्षीय राष्ट्रपति डुडालाई संक्रमण भएको शनिबार पुष्टि गरेका हुन्।, संक्रमण देखिएता पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यसमध्ये ४२९ जना महिला रहेका छन् भने ६८१ जना पुरूष रहेका छन्।, आज मात्र देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या १ लाख ५५ ह... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रत्नकाजी महर्जन र डोजरका चालक छन्।, महानगरीय प्रहरी परिसरका अनुसार शनिबार बिहान मस्जिद तोडफोड भएको थियो।, परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चाल... |
सेतोपाटी संवाददाता नेपाल–भारत सीमा नाका कोइलाबास क्षेत्रमा ‘लोडेड’ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। , सीमा प्रहरी चौकी कोइलाबासका प्रमुख प्रनानी नन्दराम केसीले सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति दश बजेतिर उक्त भरुवा बन्दुक बरामद पारेको सेतोपाटीलाई बताए। , ‘भालु खोला क्षेत्रमा पैदल गस्तीमा गएको समयमा सशस्... |
युनिक श्रेष्ठ भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको हत्या भएको प्रहरीले जनाएको छ।, उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो। शव फेला परेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्... |
भगवती पाण्डे रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रुपन्देहीको तिलोत्तमामा सञ्चालन गरेको बुटवल सोलार पावर प्रोजेक्टले विद्युत उत्पादन सुरू गरेको छ। , वैशाख महिनामै बिजुली उत्पादन सुरू गर्ने लक्ष्य राखेको यो आयोजना चैत महिनादेखि नेपालमा फैलिएको कोरोना महामारीकै कारण पछाडि धकेलिएको थियो। कोरोना महामारीकै बीचमा भए... |
सेतोपाटी संवाददाता कपिलवस्तु र रुपन्देहीमा तीन जनाको डुबेर मृत्यु भएको छ। , कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।, शनिबार बिहान कमलको फूल टिप्न गएका दुई युवाको कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्त... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षण सहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। , मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।, संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकार... |
नारायण खड्का जाजरकोटमा माटोको ढिस्कोले पुर्दा एक किशोरीसहित दुई जनाको मृत्यु भएको छ थप दुई जना महिला घाइते भएका छन्।, घाइतेमध्ये छेडागाड नगरपालिका वडा नं. ३ दशेरा चुवा निवासी १७ वर्षीया किशोरी आरती दाहाल र ३० वर्षीया सितला जैसीको उपचारका क्रममा दशेरा प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको छ। , दाहालको दिउँसो १२ बजेर २... |
निशा भण्डारी बडादसैंको नवौं दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ।, घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ।, महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित... |
समुन्द्र राज घिमिरे आर्काइभ, कवि तथा गीतकार श्रवण मुकारुङले बिहे गरेको १४ वर्षसम्म पनि बिहेको विधि–विधान पूरा भएको थिएन। मुकारुङ परिवारका लागि २०७४ सालको दसैं विशेष बन्यो।, त्यो बेला ५० औं शरद पार गर्न आँटेका मुकारुङले आफ्नी श्रीमतीलाई दसैंमा घर भित्र्याए।, किराँत समुदायमा केटा–केटीको इच्छाले बिहे गरेर मात्र पुग्दैन, ... |
सुदीप श्रेष्ठ काठमाडौंलाई देवी–देउताको सहर मान्ने हो भने हामीले यो कोरोनाकालमा आफू मात्र होइन, देवी–देउतालाई पनि 'न्यू नर्मल' तरिका सिकाउनुपर्नेछ।, जसरी हामी मास्क धारण गर्छौं, पटक–पटक हातमा स्यानिटाइजर दल्छौं, त्यसरी नै देवी–देउताले पनि केही सम्झौता गर्नुपर्छ। संस्कार थोरै तलमाथि भए पनि भक्तजनको स्वास्थ्य ख्याल राख्द... |
रासस दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ।, घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभव... |
निशा भण्डारी हरेक वर्ष दसैं टीकाको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रम्हायणी जात्रा लाग्छ। यस वर्ष कोरोना महामारीको कहरबीच पनि मध्यरातमै यो जात्रा सुरू भएको छ।, नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ। अरू बेला भव्य भीड लाग्ने यो जात्रामा यसप... |
सेतोपाटी संवाददाता चर्चित स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।, सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन्। उनलाई लक्षणसहितको कोरोना देखिएको हो।, उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने/ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन... |
सेतोपाटी संवाददाता दसैंको बेला फलफूलजन्य वस्तुहरूको बजार महँगो भएको छ। अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले दुई सय रुपैयाँसम्म पर्ने गरेको छ। , अझ पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ता मारमा परेका छन्। चाडपर्वको बेला फलफूल, मिठाइ, माछामासु लगायतको खपत बढी हुन्छ। त्यसैले, यो समयमा त्यस्ता वस... |
चेतना गुरागाईं कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।, दसैं नै नमनाउने ध... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा सोमबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो।, उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र ... |
सेतोपाटी प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । , घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने... |
सेतोपाटी संवाददाता गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरससम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने बताएका छन्। , ‘बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भ... |
सेतोपाटी संवाददाता लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले लुम्बिनीमा केन्द्रीय क्याम्पस सञ्चालन गरी विभिन्न विषयमा विद्यार्थीहरूलाई पठन-पाठन गराइरहेको छ।, गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न १२ औं विश्वविद्यालय सभाले बुटवलमा पहिलो आंगिक क्याम्पस ख... |
समिक्षा अधिकारी सडकमा हामीले ठाउँठाउँमा सेतो रङले पोतिएको जेब्राक्रस देखेकै छौं। जेब्राक्रसबाट बाटो काट्दा सुरक्षित हुन्छ भन्ने पनि बुझेका छौं।, ललितपुरको मूल सडकमा भने अहिले नयाँ रङ देख्न सकिन्छ– हरियो।, सडकको दुवैतर्फ किन पोतिएको होला हरियो रङ? के हरियाली सडकसम्मै पुगेको हो त? वा सडक सौन्दर्यीकरणको नाममा यस्तो रङ लग... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्। , बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्। , शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै... |
बिबिसी कोही मान्छे आफूलाई कुनै हानी-नोक्सानी नगर्नेप्रति किन अति धेरै क्रुर हुन्छन्? अझ कहिलेकाहीँ त आफैंले जन्माएका सन्तानप्रति पनि कोहीकोही अत्यन्तै निर्दयी किन हुन्छन्?, मान्छेमा यस्तो नराम्रो बानी कसरी विकास हुन्छ होला? यसले ती मानिसलाई के फाइदा पुर्याएजस्तो लाग्छ होला?, सन् १६५८ मै फ्रान्सेली दार्शनिक ब्लेज पास्... |
सेतोपाटी संवाददाता गोरखा दरबारस्थित दसैं घरबाट शुक्रबार हनुमानढोका दरबारमा फूलपाती पठाइएको छ।, गोरखा दरबारका कर्मचारी चुडानिधि तिवारीले फूलपाती काठमाडौं लगेका हुन्।, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलगायत फूलपाती पठाउन बिहान गोरखा दरबार पुगेका थिए।, करिब चार सय वर्षदेखि गोरखा दरबारबाट काठमाडौं फूलपाती पठाइँदै आइए... |
सेतोपाटी संवाददाता कस्तुरीको बिनासहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दरबारमार्गबाट कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दिउँसो दुई बजे काभ्रे घर भई बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामालाई पक्राउ गरेको हो। , म... |
सेतोपाटी संवाददाता प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण देखिएको छ।, सामान्य रूघाखोकी लागेपछि पिसिआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्।, अहिले आफ्नो अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमै बसिरहेको उनले सामाजिक सञ्जालमार्फत् बताएका छन्।, यसबीचमा आफूसँ... |
रासस तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ।, नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमि... |
सेतोपाटी संवाददाता हिमाल चढ्न आएका मध्यपूर्वको मुलुक बहराइनका राजकुमारसहित १८ जनाको टोली आज स्वदेश फर्किएको छ। , चार्टर्ड जहाजमा उनीहरू गत भदौ ३१ गते काठमाडौं आएका थिए। , टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्।, गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न ग... |
रासस ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरूष कारागार चलान भएका छन्।, भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।, ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले... |
नारायण खड्का दाङमा कोरोना भाइरसबाट एक निजामती कर्मचारीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।, उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए। डाँगी घोराहीमा डेरामा बस्दै आएका थिए। कोरोना संक्रमण पुष्टि भएप... |
सेतोपाटी संवाददाता पोखरा घुम्न आएका भारतीय युवकको गएराति मृत्यु भएको छ। , भारतको आन्द्रा प्रदेश घर भएका २५ वर्षीय युवा किशोर कुमारको पोखरामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए। , काठमाडौंस्थित मनमोहन मेडिकल कलेजमा अध्ययनरत् किशोर स्वयम्भूमा डेरा बस्थे। , साथीहरूसँग बिहीबार पोख... |
भगवती पाण्डे सडक किनार र पानी जम्ने घोलाहरूमा लामालामा पात र डाँठ सहितको अग्लो वनस्पति ‘नर्कट’ देख्नुभएको छ ?, पानी जमेको र चिसो स्थानमा हर्लक्कै हुर्किने नर्कट गाईवस्तुबाट खेतिपाती जोगाउन किसानहरूले खेतबारीको बारको रूपमा पनि लगाउने गर्छन्।, सानो बिरूवा हेर्दा राम्रै घाँसजस्तो देखिने गरे पनि हुर्किंदै गएपछि यसको पात र... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।, आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। , पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८... |
निशा भण्डारी गोरखा दरबारबाट पठाइएको फूलपाती शुक्रबार अपरान्ह काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ।, साइतअनुसार नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।, गोरखा दरबारका कर्मचारी चुडानिधि तिवारीले फूलपाती ल्याएका हुन्। यस वर्ष कोरोना महामारीले गर्दा सीमित व्यक्तिले भौतिक दूरी कायम गर्द... |
नारायण खड्का ट्रष्टभित्र पस्दा नेटमा तल्याङ्तुर्लुङ झुन्डिएका काँक्रा, करेला, टमाटर टाउकोमा ठोक्किन्छन्। त्यही ट्रष्टभित्र भेटिन्छन्, २५ वर्षीय शिशिर रावत।, बाहिर दिउँसोको चर्को घाम छ। रावत भने ट्रष्टभित्र काम गर्न व्यस्त छन्। हामी पुग्दा उनी टमाटर टिप्दै थिए। , चाडपर्व नजिकै आएकाले उनलाई भ्याइनभ्याई छ। बजारमा तरकारीक... |
सेतोपाटी संवाददाता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ।, सेनाको हेलिकप्टरमार्फत् उनलाई शुक्रबार अपरान्ह काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र हुने बताइएको छ। , उनलाई बिहीबार कोरोना संक्रमण देेखिएको... |
सेतोपाटी संवाददाता आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। , पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको स... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , शुक्रबार साँझ ५ बजे धरान-११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनी सुगर र उच्च रक्तचापका बिरामी थिए। कात्तिक ३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। , उनलाई कात्तिक ५ गते बिपी... |
सबिना श्रेष्ठ यता कोरोना रिपोर्ट पोजेटिभ आउनु, उता सास फेर्न गाह्रो हुनु।, अक्सिजन लेभल एकैपटक ९८ बाट ९१ पुग्दा काठमाडौंका छत्र श्रेष्ठ आत्तिनु स्वाभाविक थियो। उनको सासको गति छोटो हुँदै जादा यता श्रीमती मनीषाको ढुकढुकी बढिरहेको थियो।, मनीषा त आफैं योगगुरू। अरूलाई योगमार्फत् श्वासप्रश्वास नियन्त्रण गर्न सिकाउने उनलाई आ... |
रासस आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गा भवानीको विशेष पूजा-आरधना गरी भव्य रुपमा मनाउँदैछन्। , बडादसैंको आठौं दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। , आजको द... |
सेतोपाटी संवाददाता दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। , जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्... |
सेतोपाटी संवाददाता बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ५० बर्षीय पुरुषको मृत्यु भएको हो। , बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषके शुक्रबार राति १० बजेतिर भेरी अस्प्ताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। , कोरोनाका कारण स्वाशप्रश्... |
सेतोपाटी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ। यस्तै देहिमाडौं बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ। , पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुई दिनका लागि सिल गर्ने निर्णय गरेको हो। शनिबार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्... |
सेतोपाटी संवाददाता धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको मृत्यु भएको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान का सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।, उनका अनुसार ती शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो... |
सविता बुढा नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ।, तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ।, कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।, जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन... |
सेतोपाटी संवाददाता प्रहरीले चेकिङको क्रममा सिमेन्टको बोरा भित्रबाट लागुऔषध बरामद गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी नायब निरीक्षक सराेज सिलवालको कमान्डमा खटिएको प्रहरी टाेलीले चेकिङको क्रममा सिमेन्टको बोराभित्र लुकाई राखेको अवैध लागुऔषध बरामद गरेको हो।, राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ६४९७ ... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड भएको छ। , शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। , एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ।, निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको विदामा पनि सबै कोरोना अस्पताल तथा प्रयोगशालाहरूलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंको विदामा पनि आवश्यकता अनुसार कोभिड अस्पताल तथा प्रयोगशालाले सेवा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको जनकारी दिए।, अहिले देशभ... |
सेतोपाटी संवाददाता बारामा प्रहरीले एक जना भारतीयलाई गोली हानेर नियन्त्रणमा लिएको छ।, प्रहरीले भारतको मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई पक्राउ गरेको डिएसपी गौतम मिश्रले जानकारी दिए। , बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहा प्रहरीलाई दे... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विषम परिस्थितिमा पनि सरकारले कोरोना नियन्त्रणमा सफलता हात पारेका बताएका हुन्।, मन्त्रालयको एक वर्षको प्रमुख उपलब्धि उल्लेख गर्दै प्रवक्ता गौतमले कोरोना महामार... |
पोष्टबहादुर बस्नेत आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेत... |
सेतोपाटी संवाददाता नेपाल सुशासन अभियानले धनगढीमा भएको प्रहरीको हत्या प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। , बुधबार अभियानले धनगढीमा भएको घटनालाई लिएर विज्ञप्ति जारी गरेको हो। , बदमास व्यपारी, बेइमान राजनीतिक व्यक्तिहरु र भ्रष्ट कर्मचारी समेतको बिचौलीया र तस्करहरुबीच सांठगांठ हुँदा धनगढीमा प्रहरीको हत्या हुन... |
निशा भण्डारी , मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरी दिउँसो जति सुन्दर देखिन्छ, त्योभन्दा मनमोहक हुन्छ राति।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यहाँ बत्तीको प्रकाश संयोजन गर्दा पनि मल्लकालीन शैलीको झल्को दिन खोजेको छ। त्यही भएर रानीपोखरीलाई बिजुलीबत्तीले झल्झलाकार पारिएको छैन, बरू मधुरो बत्तीको प्रयोग बढ्ता... |
सुदीप श्रेष्ठ आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी शुभारम्भ कसरी गरे होलान्?, पुत्रवियोगमा छट्पटिएकी रानी खुसी पार्न बनाएको पोखरी र मन्दिर खुला गर्दा उनले कम्ता तामझाम गरे होलान् र! , हामीले त्यो दृश्य हेर्न पाएनौं, तर त्यति बेलाको विवरण पढेर अनुमान भने लगाउन सक्छौं।, पोखरी वरिपरि हात्ती–घोडाको लश्कर ल... |
सेतोपाटी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ। , गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाई दिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबा... |
सेतोपाटी हुम्ला, सिमकोट गाउँपालिका वडा नं १ चुवाखोला वनमा जटिबुटी संकलन गर्न गएका एक युवक बेपत्ता भएका छन्। , गत असोज २० गते जडीबुटी सङ्कलन गर्न गएका ३० वर्षीय धनबहादुर बुढा एक हप्तादेखि सम्पर्कमा आउन नसकेको खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी दीपबहादुर शाहीले जानकारी दिए। ,
,
जटीमासी (भुल्ते) लगायत जडीबुटी संकलन ... |
एजेन्सी बुधबार अमेरिकामा दुई महिना पछि धेरै संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका छन्।, रोयटर्समा प्रकाशित समाचारका अनुसार बुधबार अगस्ट यता पहिलोपटक एकैदिन ४० हजारको संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका हुन्।, अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमित संख्या धेरै पाइएको छ।, बितेका चार सातामा अस्पतालहरूमा... |
सेतोपाटी दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरी... |
राजेश घिमिरे भरतपुर अस्पतालमा उपचाररत् गर्भवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। , तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ ३३ वर्षीया महिलाको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। , असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भरतपु... |
सेतोपाटी नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।,
,
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैद... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। , प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घटनामा सोयुज श्रेष्ठ पक्राउ परेका हुन्। , उनलाई प्रहरीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याउ... |
सेतोपाटी संवाददाता सिंगापुर प्रहरीमा कार्यरत् २२ वर्षीय नेपाली युवकविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। , आत्महत्या दुरूत्साहन कसूरमा सुनसरी जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ बसोबास रहेका आइतराज माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। , उनको स्थायी घर झापा अर्जुनधारा नगरपालिका-४ हो।, अदालतका अनुसार माबोविर... |
सेतोपाटी संवाददाता भारतबाट आएको इन्डियन एयरफोर्सको जहाज २१ घन्टापछि फर्किएको छ। , बिहीबार बिहान सवा १० बजे सो चार्टर्ड विमान दिल्लीतर्फ फर्किएको विमानस्थल प्रहरीले जनाएको छ। , उक्त जहाज बुधबार दिउँसो पौने १ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। , जहाजमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल आएको बताइए... |
राजेश घिमिरे चितवन प्रहरीले मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरेको छ। , राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए। , राक्सिराङको हालिजे क... |
सेतोपाटी संवाददाता मर्निङ वाक निस्केका दुई जनालाई ललितपुर बालकुमारीमा गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ।, महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट बिहीबार बिहान मृत्यु भएको हो। ,
प्रहरीका अनुसार उनीहरूलाई बालकुमार पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। , उनीसँ... |
सेतोपाटी संवाददाता ललितपुरको बालकुमारीमा दुई जनालाई ठक्कर दिएर भागेको गाडी सानेपामा भेटिएको छ। , बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। जसको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका छन्। , प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले ठक्... |
सेतोपाटी शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन्।, १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको ल... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार नि:शुल्क गर्ने बताए पनि पोखरामा भने शुल्क लाग्ने भएको छ।, प्रदेशको कोरोना विशेष अस्पतालका रूपमा सरकारले वर्गीकरण गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले लक्षित वर्गबाहेक अरूको सम्पूर्ण उपचारको शुल्क लाग्ने जनाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्राल... |
निशा भण्डारी ललितपुरको खोकनाका स्थानीय बासिन्दाले ‘सिकाली जात्रा’ मनाएका छन्।, दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरू हुने यो पर्वमा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा प्रारम्भ गर्ने गरिन्छ । , यस पर्वमा हिन्दू धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत ... |
सेतोपाटी संवाददाता सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ। , महानगर प्रमुख चिरिबाबु महर्जनले आज एक कार्यक्रमबीच चिडियाखाना प्रमुख चिरञ्जिवी पोखरेललाई चेक हस्तान्तरण गरेका हुन्। , कोरोना महामारीका कारण लामो समयदेखि चिडियाखाना बन्द अवस्थामा छ। आम्दानीको मुख्य श्रोत टिकट काउन्टर बन्द भइ आर्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामलाई चरणवद्ध रूपमा अगाडि बढाउने भएको छ। , महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरूयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रूपमा निर्माण गरिने बताए। रानीपोखरीको मुख्य प्रवेशद्... |
सेतोपाटी संवाददाता प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। , प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो।, महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक... |
सेतोपाटी संवाददाता बुधबार राति प्रहरीले भक्तपुरको तेलकोटमा एक युवक लुटिएको खबर पायो। लुटिएका व्यक्ति काठमाडौँ बस्ने मनिष फुयाँल थिए। उनले आफ्नो बुबाको ट्रकसमेत चलाउँथे। , हिजो पनि ट्रक चलाउँदै थिए। त्यहीबेला केही व्यक्तिहरूले हतियार देखाएर दुई लाख २७ हजार रूपैयाँ लुटेर लगेको प्रहरीलाई उनले बताएका थिए। प्रहरी पुग्दा फु... |
सेतोपाटी संवाददाता रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएको छ। , भारतबाट ल्याइएको पेट्रोल डिपोमा चेकजाँच गरेर निस्किने क्रममा गेटमै बिहीबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो।, त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्याङकरको क्याबिनमा लागेको आगो निगम... |
युवराज श्रेष्ठ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोरोना संक्रमितको उपचार नि:शुल्क नै गर्ने बताएका छन्। , ‘यसअघि जे छ त्यसैलाई निरन्तरता दिन्छौं’, उनले सेतोपाटीसँग भने, ‘शुल्क लिएर कोरोनाको उपचार गर्ने हामीले सोचेकै छैनौं।’, सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्न निर्देशन दिएको बत... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.