content
stringlengths
20
64.1k
खिलानाथ ढकाल केराउ तस्करी गर्ने समूहले धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेको पत्ता लागेको छ। , तस्करी गर्ने समूह धनगढीको हो। एक गाडा केराउ लिएर गइरहेको समूहले असई र जवानको हत्या गरेको प्रहरी उच्च स्रोतले सेतोपाटीलाई बतायो।, सो गाडामा कति परिमाणमा केराउ थियो भन्ने अनुसन्धान भइरहे...
सेतोपाटी संवाददाता दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा मंगलबार मात्र दुई वटा गाडी दुर्घटनामा परेका छन्।, ना ३ ख ५५१९ नम्बरको बस र बा ४ ख ६७७१ नम्बरको टिपर छुट्टाछुट्टै दुर्घटनामा परेका हुन्। ती दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।, सुर्खेतबाट दैलेखको जम्बुकाँध जाने क्रममा ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो। ब...
सेतोपाटी संवाददाता तस्करी रोक्न खोज्दा प्रहरीको हत्या गर्ने समूहका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गर्ने धनगढी उपमहानगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा धनगढी उप–मह...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा देखिएको विवाद समाधानबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ।, बिहान प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफललाई समेत दुवै पक्षले फरक ढंगले ब्याख्या गरेका छन्।, प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले दुई अध्यक्...
सेतोपाटी संवाददाता दुई लाख बढी व्यक्तिले शुल्क तिरेर कोरोना भाइरसको परीक्षण गराएका छन्।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हालसम्म दुई लाख ३१ हजार ४ सय ५ जना व्यक्तिले शुल्क तिरेर परीक्षण गरेको जानकारी गराएका हुन्।, हालसम्म कुल परीक्षण गर्नेको संख्या भने १३ लाख १४ हजार ७ सय ७९ पुगेको छ।, मन्त्रालय...
एजेन्सी रसियामा एकैदिन १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन्। , यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन्। , कोरोना भाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितहरू देखिएका छन्। , सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन्। यहाँ झण्डै ...
एजेन्सी सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल–शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ। , एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो। , सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरूलाई विद्रोहीहरू लुकेर बसेको...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरस्थित बबई नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीया छोरी कीर्तिका चौधरीको मंगलबार दिउँसो बबई नदीमा डुबेर मृत्यु भएको हाे।, नदीमा आमा लुगा धुन व्यस्त थिइन्। नुहाउँदै गरेकी कीर्तिका गहिरो भागमा पुग्दा डुबेकाे इलाका प...
एजेन्सी अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन्। , बेनी शहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिए। , उनले जेलबाट फरार ...
सेतोपाटी संवाददाता नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।, ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।, उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्।, 'म घरमै आइशोलेसनमा बसिरहेको छु', ट्विटमा चौधरीले भनेका छन्।, योसँगै उनले पछिल्लो पाँच...
सेतोपाटी काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। , काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा  अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। , लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। , प्रहरीले निरज राना मगरलाई  बुटवलबाट पक्राउ गरेको हो। , उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, 'हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाड...
रासस भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ। , आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो।, उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।, वैदेशिक रोजगारीका ल...
सेतोपाटी संवाददाता बुटवलमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।, बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत् उनीहरूको बुधबार बिहान मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुष  र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरूषको बुधबार बिहान ५ बजे मृत्यु भएको लुम्बिनी...
युवराज श्रेष्ठ पोखराको मजुवा– बिसौना–बिजयपुरकोट पर्यटकीय पदमार्गमा काम गर्दै आएका थिए, ५५ बर्षीय टंकबहादुर तामाङ।, टंकबहादुरसँगै सोही पदमार्गमा काम गर्ने उनका भतिज इन्द्रबहादुर तामाङ र अर्का मजदुर पन्थबहादुर तामाङले मजुवाको जंगलछेउमा पालको छाना र स्याउलाले बारेर छाप्रो बनाए। यी तीनै जना त्यही छाप्रोमा बस्थे। , छाप्रोम...
राजेश घिमिरे सरकारले सालका काठ कटान, मछान, ओसारपसार तथा बिक्रीमा रोक लगाएपछि देवघाटमा दाहसंस्कार नै प्रभावित बन्ने अवस्था आएको छ। हिन्दु परम्पराअनुसार शवको दाहसंस्कारका लागि सालका दाउरा प्रयोग गर्ने गरिएको छ।, देवघाट क्षेत्र विकास समितिकाअनुसार दाहसंस्कार प्रयोजनका लागि ल्याइएका दाउरा सकिनै लागेका छन्। थप दाउराको माग ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब र आफूले पाउने चाडवाड खर्च कोरोना कोषलाई दिएकी छन्।, राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको तलब र चाडवाड खर्च कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा दिएको जनाएक...
सेतोपाटी संवाददाता दरबार हाइस्कुलको उद्घाटन कार्यक्रममा पत्रकारलाई प्रवेशमा निषेध गरिएको छ।, राष्ट्रपति विद्यादेवी भण्डारीले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम थियो। तर पत्रकारलाई त्यहाँ जान दिइएन।, यसअघि राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी थिइन्। भित्र जान नदिएपछि कतिपय फोटो पत्रकारले बाहिरैबाट फोटो ...
निशा भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।  मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।, यसैबीच उनले दरबार हाइस्...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिकाले झन्डै चार करोड लागतमा आफ्नो प्रशासनिक भवन निर्माण कार्य थालनी गरेको छ।, पाँच तले भवन अण्डर ग्राउन्ड पार्किङ सहितको छ। तुलसीपुरमा पार्किङ सहितको सरकारी भवन निर्माण हुन थालेको पहिलो पटक हो।, भवन दुई वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ।, तुलसीपुरका इञ्जिनियर पवन योगी...
सेतोपाटी संवाददाता दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा उल्लंघन हुन थालेपछि प्रशासनले सेना परिचालन गरेको छ।, सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो।, खलंगा बजारको एक ठाउँमा तीन सातादेखि निषेधाज्ञा छ। अर्को ठाउँमा पनि संक्रमण बढेपछि सातायता निषेधाज्ञा जारी गरिए...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणपछि मृत्यु भएका एक पुरुषको शव आफैले व्यवस्थापन गरेको छ।, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले होम आइसोलेशनमा रहेकाहरुको मृत्यु भएमा सम्बन्धित परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका बेला तिलोत्तमा नगरपालिकाले भने नगरपालिका भित्र बसोबास गर्ने र क...
खिलानाथ ढकाल नेपाल भारत-सीमाको प्रमुख चुनौती तस्करी हो। तस्करीबाट छिटो आम्दानी हुने हुँदा त्यसले अवैध व्यापार र समाजमा अपराध बढाएको छ। , वारिपारि हुने अवैध व्यापार रोक्न सरकारले सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्ने गरेको छ। त्यसमध्ये पनि सीमाको सुरक्षा र अवैध कारोबार रोक्ने प्रमुख जिम्मेवारी सशस्त्र प...
सेतोपाटी संवाददाता प्रदेश २ को सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ।, कोरोना परीक्षणदेखि उपचार सम्ममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बताए। , ‘हामीले संविधानले प्रदत्त गरेको नागरिकको निःशुल्क उपचार र सर्वोच्चको निर्णयको पालना गरेका ...
सेतोपाटी संवाददाता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पनजिकै ट्याङ्करमा आगलागी भएको छ।, ट्याङ्करबाट पम्पमा पेट्रोल खन्याउने क्रममा ट्याङकरमा आगो लागेको प्रहरीले जनाएको छ।, तीन वटा दमकलबाट अहिले आगो नियन्त्रणमा लिइएकाे रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।, आगलागीबाट ट्याङ...
सेतोपाटी कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन्। , इरानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। , सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैद...
सेतोपाटी संवाददाता कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ।, कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा प...
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले चोरी गरिएका चार वटा मोटरसाइकलसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो। , पक्राउ पर्नेमा रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरूण तामाङ, दोलखा घर भई बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक घ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र यथावत राख्न अन्तरिम आदेश दिएको छ।, चुडामणि पोख्रेललगायतले दिएको निवेदनमा सर्वोच्चका न्यायाशीश मनोजकुमार शर्माको एकल इजलाशले गत असोज २७ मा अन्तरिम आदेश दिँदै केन्द्र यथावत राख्न अन्तरिम आदेश दिएका हुन्।, निवेदकका पक्षमा एकराज भण्डारी, कान्तिराम ढ...
सविता बुढा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँद  झन्डै ६० घन्टापछि फेला परेको छ। , असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर साउँदको शव भेटिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले  सेतोपाटीलाई जानकारी दिए। , 'केही मिनेटअघि उनको शव फेला परेको छ। हामी निकालेर ल्याउँदैछौं,' उनले भने। , यसअघ...
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ।, मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार नि:शुल्क गर्ने जानकारी दिए।, ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिए...
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ। , मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको नि:...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ।, कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।, अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षा सम्ब...
रासस पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। , मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ। , निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्प...
राजेश घिमिरे चितवन कालिका नगरपालिका–१० को छेरबाङका कृष्णबहादुर चेपाङले खोरियामा मकै लगाएर १० भारी जति फलाउँथे, त्यही मकै हुन्थ्यो उनको दसैं मनाउने अन्न।, यसपालि असोजमा लगातार परेको पानी र हावाहुरीले मकै घोघा नलाग्दै ढलाइदियो। त्यही बेलादेखि उनलाई दसैं कसरी काट्ने भन्ने चिन्ता पर्‍यो।, राहत बाँडिएको थाहा पाएपछि सोमबार ...
सविता बुढा प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएको ठाउँनजिकै पेस्तोल फेला परेको छ। , भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए। , सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको शव भेटिएको थियो। शवनजिकै विकल...
बिबिसी पछिल्ला केही वर्षयता चीनमा दूधको खपत एकदमै बढेको छ। एक अर्ब ४० करोड जनसंख्या भएको यो मुलुक विश्वकै दोश्रो ठूलो दुग्ध पदार्थको उपभोक्ताका रूपमा पनि चिनिन्छ।, यहाँ आन्तरिक उत्पादनले नभ्याएर बाहिरबाट समेत आयात गरिन्छ। दूधको ठूलो खपत धान्न चीनले न्यूजिल्यान्ड र जर्मनीका डेरीहरूमा निर्भरता बढाउँदै लगेको छ।, दूधको एउ...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले संविधान विपरित हुने गरी नागरिकहरूको उपचारबाट सरकार पन्छिन नमिल्ने बताएको छ।, नागरिकको उपचार गर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने आयोगको भनाइ छ।, आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले संविधान तथा ऐन विपरीत कोरोना भाइरसको महामारीबाट आक्रान्त नागरिकहरुको उपचारबाट ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा नगरपालिका आफैंले शव व्यवस्थापन गर्ने निर्णय गरेको छ।, कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को नगर बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका...
सेतोपाटी संवाददाता दाङमा एक जना होम-आइसोलेसनमा बसेका ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। , लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले सेतोपाटीलाई बताए। , असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।...
सेतोपाटी संवाददाता प्यूठानमा बस स्टार्ट नभएपछि मानिसहरूले धकेलेर स्टार्ट गर्न खोज्दा बस खोल्सामा खसेपछि चालकको मृत्यु भएको छ। , मंगलबार बिहान साढे ९ बजेतिर प्यूठानको माण्डवी गाउँपालिका १ गोलवाङमा दाङतर्फ आउँदै गरेको बस ना ४ ख ५५६१ नम्बरको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जरले धकेलेर स्टार्ट गर्न खोजेका...
सेतोपाटी संवाददाता महिलाहरूसँग जरूरी फोन गर्नु छ भन्दै मोबाइल लुटेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका १५ स्वयम्भूका ३४ वर्षीय इम्तियाज उद्दिन र ३४ वर्षीय सुलभ श्रेष्ठलाई पक्राउ गरेको हो। , प्रहरीले असोज १३ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यसरी लुट...
सेतोपाटी संवाददाता बालिकाअपहरणको आरोपमा ललितपुरबाट तीन जना पक्राउ परेका छन्। । , सोमबार राति सवा १० बजे ललितपुर महानगरपालिका-२९ हरिसिद्धीबाट तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। , पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-८ बासटोल घर भइ हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध ...
सुदीप श्रेष्ठ अस्ति पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ।, यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!, मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दि...
दिपकजंग शाही सुर्खेतको झुप्रा खोला किनारमा रहेको वादी बस्तीका धेरै परिवार बालुवा गिट्टी निकाल्ने काम गर्थे। आएको पैसाले खित्रिमित्री किन्थे र छाक टार्थे।  , तिनैमध्ये एक हो, गोल्मा वादीको परिवार। उनलाई अहिले साँझ–बिहानको छाक टार्नै समस्या भएको छ।, बालुवा, गिट्टी निकालेर आम्दानी गर्ने गोल्माको परिवार यतिबेला कामविहीन छ...
सेतोपाटी संवाददाता रुकुम पश्चिममा एक दम्पत्ति घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।, बाफिकोट गाउँपालिका वडा नं. ७ २२ वर्षीय दिपक खनाल र उनकी २१ वर्षीया श्रीमती विपना खनाल आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक हर...
सविता बुढा शनिबार राति ड्युटी गएका धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको आइतबार बिहान शव भेटियो। नेपाल-भारत सीमा छुट्याउने मोहना नदी किनारमा उनको शव भेटिएको थियो। उनको घाँटी रेटिएको थियो। विकको शव भेटिएको केही घन्टासम्म पनि सँगै ड्युटी गएका जवान रामबहादुर साउद बेपत्ता थिए। , प्रहरीले उनको खोज...
सेतोपाटी संवाददाता सुर्खेतमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। , कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा वीरेन्द्रनगर–८ सुर्खेतका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो। , मंगलबार दिउँसो १ बजे उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।, कर्णाली प्रदेश अस्पतालका डा. ...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन्।, २७ दिनसम्म अनसन बसेका केसी त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएका थिए। केसी एक साता लामो उपचारपछि घर फर्केको उनका सहयोगी प्रितम सुवेदीले बताए।, उनले असोज २५ गते सत्याग्रह तोडेका थिए। सरकार र केसीबीच आठ बुँदे सहमति भएको थियो।, केसीले ज...
सेतोपाटी संवाददाता मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। , त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त ...
सेतोपाटी संवाददाता दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जिल्लाको डुंगेश्वर गाउँपालिका–४ तल्लो डुंगेश्वरमा मंगलबार दिउँसो ३ बजे बस दुर्घटनामा रहेको छ।, सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस ब्रेक फेल भएर रोकिराखेको टिपरमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। , उन...
युनिक श्रेष्ठ सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्को हुँदै पाटन दरबार स्क्वायर जाने सडकछेउमा एक पुरूष लम्पसार थिए। , उनी कहाँबाट त्यहाँ आइपुगे, कहिले बसे भन्ने यकिन थिएन। , अन्दाजी ३१ वर्षका ती पुरूषलाई त्यस्तो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे- एक जना मान्छे रक्सी खाएर लडेको छ। , उनी अचेत अवस्थामा थिए। उनल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १  हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप  हजार  सय  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। , त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१  जना, भक्तपुरका १४८  जना र ललितपुरका  १२३ सय  जना छ...
एजेन्सी भारत सरकारले बनाएको एक वैज्ञानिक कमिटीले आइतबार देशमा जारी कोरोना भाइरसको महामारीले आफ्नो उच्च बिन्दु पार गरेको जनाएको छ। , यद्यपी उसले सुरक्षात्मक उपायलाई भने जारी नै राख्नुपर्ने बताएको छ। , कमिटीले जारी उपायहरूको पालना भइराखे आगामी वर्षको फेब्रुअरीसम्म महामारी समाप्त हुने सम्भावना रहेको निष्कर्ष निकालेको छ। ...
सेतोपाटी संवाददाता एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्। , सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय  सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो। , प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टर...
सेतोपाटी संवाददाता युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने तीन जना मोरङबाट पक्राउ परेका छन्। , आइतबार राति साढे ११ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोडबाट तीन जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। , पक्राउ पर्नेमा ३७ को पुरूषोत्तम साह, ३५ वर्षीय मन्जित ...
सेतोपाटी संवाददाता अपहरण तथा ज्यान मार्ने उद्योगमा १७ वर्ष सजाय भएका व्यक्ति काठमाडौंको होटलबाट पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका-१२ का ३८ वर्षीय नरेश मेचेलाई पक्राउ गरेको हो। , घटना भएको ६ वर्षपछि ब्युरोको टोलीले उनलाई नयाँ बसपार्कस्थित 'होटल इन'बाट आइतबार पक्राउ गरेको प्र...
सेतोपाटी संवाददाता मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। , पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो।, पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो।...
सेतोपाटी संवाददाता दाङमा महिला पत्रकार लुटिएकी छन्। , तुलसीपुरस्थित ‘रेडियो हाम्रो पहुँच’मा कार्यरत सविता सुनार आइतबार बेलुका समाचार पढेर घरतर्फ जाँदै गर्दा आइतबार बेलुका सात बजेतिर बाटोमै लुटिएकी हुन्। , टुट्वान्टी बाइकमा सवार दुई जना युवाले पत्रकार सुनारको मोबाइल र एउटा कानमा लगाएको  कानबाली लुटेर भागेका थिए।  , पत्...
राजेश घिमिरे कृषिमा माडीले देखाएको आशा, माडी चितवन राष्ट्रिय निकुञ्जले घेरिएको उपत्यका हो। , करिब २१८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माडी कृषिका लागि उर्वर क्षेत्रका रूपमा चिनिन्छ। तर निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएका कारण नीतिगत समस्या, जंगलबाट आउने जनावरले पुर्‍याउने क्षतिदेखि निकुञ्ज हुँदै गर्नुपर्ने आवतज...
सेतोपाटी संवाददाता ग्वार्कोमा बेहोस फेला परेका व्यक्तिको मृत्यु भएको छ। , सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ३५-४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेको थियो। , स्थानीयले १०० मा फोन गरी पुरूष अर्धचेत अवस्थामा लडिरहेको भन्ने खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो...
सेतोपाटी संवाददाता दाङमा अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन्। , जिल्लाको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजारबाट गएराति सादा पोशाकका प्रहरीले डलर देखाएर ठगी गर्नेलाई साढे दश बजेतिर पक्राउ गरेका हुन्। ,  , पक्राउ पर्नेमा एकजना बाँकेको कोहलपुरका पुरुष, एक जना धादिङकी महिला र अर्का एक जना...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ। , सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती,  सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। , कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा रहेका ज्येष्ठ नागरिक र अन्य दीर्घरोगी बिरामीको जीवन अधिकार संरक्षणका लागि कानुन बमोजिम पाउने सजाय छुटको व्यवस्थालाई अविलम्ब लागू गर्न सरकारलाई सिफारिस गरेको छ। , उनीहरूलाई औषधिको पर्याप्त व्यवस्थाको साथै छुट्टै बस्ने वातावरण मिलाउन पनि आयोगले सिफारिस गरेको छ। सा...
युवराज श्रेष्ठ बाग्लुङको गल्कोट नगरपालिका–२ मौरिया थुम्काकी रत्नकुमारी कार्की उमेरले ९४ वर्ष पुगिन्।, सरकारले दिने वृद्ध भत्ता उनको आम्दानीको स्थायी स्रोत हो। गत वर्षदेखि भने उनको आम्दानीमा अर्को भत्ता पनि थपिएको छ, चाडपर्व भत्ता। गलकोट नगरपालिकाले गत वर्षदेखि ८५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भन्दै ...
सेतोपाटी संवाददाता दाङमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। , घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको हुँदा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ। , अन्य १२ जना घाइतेहरूको भने तुलसीपुरमै उपचार भइरहेको छ।  , बैबाङदेखि ...
सेतोपाटी संवाददाता मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यू लाग्ने सूचना सम्प्रेषण भइरहेको पाइएको छ। , गृह मन्त्रालयले यी सूचनाको तथ्य नरहेको भन्दै सोमबार सजग गराएको छ। , गृहले सोमबार विज्ञप्ति जारी गरी ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको हो। , गृहले यस घटनालाई गम्...
रासस यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल्ड)को प्रयोग अनिवार्य गरेको छ।, विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ। , सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्...
सेतोपाटी संवाददाता नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौता भएको छ। , आज ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सम्झौताअनुरूप राहदानी बाहक दुवै देशका ना...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २  हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। , त्यसमध्ये काठमाडौंका २ हजार  ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्।,...
सेतोपाटी संवाददाता कैलालीमा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षकको शव आफन्तले बुझेका छन्। , अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत असई गोविन्द बिक शनिबार बेलुका ८ बजे ड्युटीमा गएकोमा नफर्केपछि बिहान मृत फेला परेका थिए।, आइतबार सेती प्रादेशिक अस्पतालमा उनको शव राखिएको थियो। सोमबार उनका आ...
दिपकजंग शाही सुर्खेतमा डेंगीका बिरामी बढेका छन्। पछिल्लो तीन महिनामा १०२ जना डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा पनि सबैभन्दा धेरै वीरेन्द्रनगरका मानिस डेंगीबाट संक्रमित भएका छन्।, सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीण भन्दा पनि शह...
सेतोपाटी संवाददाता सोमबार थप  ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। , त्यस्तै यस अवधिमा २ हजार ३३५ जना कोरोनाबाट मुक्त ...
सेतोपाटी संवाददाता अबदेखि सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने भएको छ।, सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन्। , यसअघि सरकारले आधा...
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ।, उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।, नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए। , 'उहाँको आजै पोजेटिभ रिपोर्ट आएको छ। सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्।, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।, उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको ...
सेतोपाटी संवाददाता २०७६ सालको मदन पुरस्कार वितरण गरिँदैछ।, कोरोनाको महामारीका कारण यस वर्ष भर्चुअल रुपमा आइतबार मदन पुरस्कार वितरण कार्यक्रम गरिएको हाे।, हेर्नुस्, मदन पुरस्कार वितरण कार्यक्रमको भिडिओः,  , मदन पुरस्कार वितरण समारोह (भिडिओ)
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन राडार गनमार्फत् सवारी साधनको गति निगरानी गर्न शुरु गरेको छ।, तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले गति नियन्त्रण गर्ने अभियान शुरु गरेको हो।, ...
सेतोपाटी संवाददाता आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। , त्यस्तै यस अवधिमा २ हजार ३२६ जना कोरोनाबाट मुक्त भ...
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा सक्रिय छन्।, केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी उनले फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्। , आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सु...
राजेश घिमिरे पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यसँगको कुराकानी, पूर्वाधार विकासका विज्ञ डाक्टर सूर्यराज आचार्यको गृहजिल्ला चितवन हो। एक वर्षको छँदा कास्की जिल्लाबाट चितवन आएका आचार्यले एसएलसीसम्मको अध्ययन चितवनमै गरे। उनी हुर्किएको ठाउँ पटिहानी अहिले भरतपुर महानगरपालिकामा पर्छ। नेपालका सीमित सहरी विकासका विज्ञमध्येका ए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आइतबार जानकारी दिए। , त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ६९ जना, भक्तपुरका ९९ जना र ललितपुरका १ सय ३०...
विवेक राई काठमाडौंको महाराजगंजस्थित टिचिङ अस्पतालमा अब एक जना कोरोना संक्रमितलाई पनि भर्ना गर्ने ठाउँ छैन। झन्डै सय जना संक्रमितलाई उपचार गर्ने क्षमता भएको उक्त अस्पतालमा अहिले १ सय ५ जना संक्रमितको उपचार भइरहेको छ। , अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलिया भन्छन्, 'अब संक्रमितलाई भर्ना गर्न बेड खाली छैन। शंकास्पद ...
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो।, अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ।, तर विपन्न वर्ग तथा अ...
रासस पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५  गते हुने भएको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ।  त...
सेतोपाटी संवाददाता अब अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने भएको छ।, अस्पतालमा भर्ना भई तीन दिनसम्म लक्षण वा चिन्ह नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमार्फत जानकारी दिए।, यसअघि तीन दिन सम्म लक्...
सेतोपाटी संवाददाता सरकारले सबै किसिमका अस्पताललाई कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी अस्पताल र मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने बताएका हुन्। , यसअघि सरक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा भाउजुको हत्या गर्ने देवर पक्राउ परेका छन्।, शुक्लाफाँटा नगरपालिका वडा नं. ८ स्थित सुनबरा खोलामा भाउजु नाता पर्ने ३५ वर्षीया कालीदेवी खुनाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २४ वर्षीय मान सिंह खुनालाई आइतवार पक्राउ गरेको हो। , मृतक कालीदेवी गत असोज २७ गते छोरा र देवरसँगै घर नजिकै रहेको ...
सेतोपाटी संवाददाता दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ। , मानसीले उक्त भिडिओमा 'नेपाल घुम्नै नहुने ७ कारण' उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्। , उनले लेखेकी छन्, ...
सेतोपाटी संवाददाता दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ५० वर्षीय इन्द्रबहादुर घर्ती चितुवाको छालासहित पक्राउ परेका छन्। , दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार टाउको बंगारासहित फेला परेको उक्त छाला ७ फिट ८ इञ्च लम्वाईको छ। , असोज ३० गते रात...
सविता बुढा प्रहरी सहायक निरीक्षक गोविन्द विकको काँधमा धनगढी उपमहानगरपालिकाका तीन वडाको शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने दायित्व थियो।, यो क्षेत्र भारतको खुला सीमासँग जोडिएको थियो। समाजभित्र हुने सामान्य घटना र दुर्घटनामात्र होइन दुई देशका अपराधीहरूले पनि यही क्षेत्रबाट गतिविधि गर्थे। यति ठूलो दायित्व पूरा गर्न धनग...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं‍ १५ निवासी ३० वर्षीय प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजेतिर छापा मार्दा ५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।,  , पक्राउ पर्नेमा प्रवि...
सेतोपाटी संवाददाता सामाखुसीमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। , आइतबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकस्थित चक्रपथ सडकखण्डमा गाडीले पैदल यात्रुलाई ठक्कर दिएको थियो। , ना ६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट झापा पंचगाक्षी गाँउपालिका ४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो।, गाड...
सेतोपाटी संवाददाता दसैंलाई लक्षित गरी मोरङमा भोलिदेखि लागू हुने गरी कात्तिक १५ गतेसम्मलाई निषेधाज्ञा जारी गरिने भएको छ।, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको छ।, 'जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चह...
एजेन्सी मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन्।  , वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ। , भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ।  भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी यो ...
सेतोपाटी संवाददाता प्रहरीले हेल्मेटमा १० लाख रूपैयाँ लुकाएर ल्याउने एकजनालाई पक्राउ गरेको छ। , आइतबार दिउँसो साढे ३ बजे प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ७का २० वर्षीय दिपक पटेललाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय रौतहटले ईशनाथ नगरपालिका ७ स्थित सडकखण्डमा भारतबाट आउने पैदलयात्रु तथा सवारीसाधनमा जाँच गरिरहेको थ...
एजेन्सी भारतका एक किसान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका 'अन्धभक्त' थिए। उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए। उक्त मूर्तिलाई उनी हरेक बिहान पुजाआजा गर्थे। , उनी दक्षिणी तेलंगनाको कोन्ने गाँउका बासिन्दा बुस्सा कृष्ण थिए। गत असोज २५ गते उनको हृदयघातबाट मृत्यु भएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सल...
एजेन्सी कोरोना भाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूको तीव्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन्। , नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो।, राजा विले...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ।, नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त सूर्यविनायक नगरबाट प्रोत्साहन स्वरूप थप एक लाख रूपैयाँ दिइने नगरपालिकाले जनाएको छ।, नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमे...
सेतोपाटी घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ। , नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो।,  , दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्...