content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।, बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ।, राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए।, गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गो... |
सेतोपाटी संवाददाता तीन वर्षअघि काठमाडौंको कमलादीमा कुटपिट गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे घर भइ काठमाडौंको बौद्ध बस्ने काजी लामा भन्ने रोजकुमार लामालाई, पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनलाई सोमबार बौद्धबाट पक्राउ गरेको हो। , २०७... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ ... |
राजेश घिमिरे कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा फोहोरी महतो(गौरीमाया) र मुसनी महतोलाई नचिन्ने सायदै होलान्। पालैपालो सबैका घरमा पुगेकै हुन्थे यी दिदी बहिनी, पेटपाल्नका लागि ‘सिधा’ उठाउन।, उनीहरूको आराम गर्ने ठाउँ पदमपुरकै सडक अनि खाने, सुत्ने सबै सडकमै। त्यसैले पनि यस क्षेत्रका प्रायःले चिन्छन् यी दिदीबहिनीलाई।, वर्ष... |
सेतोपाटी संवाददाता मंगलबार कोरोनाका नयाँ ३ हजार ५५६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए। , यस दिन कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यी... |
सेतोपाटी संवाददाता सञ्चार गृहबाट पीडित पत्रकार/ कर्मचारीले बालुवाटारमा प्रदर्शन गरेका छन्।, कोरोना महामारी बेला कतिपय सञ्चार गृहले न्यूनतम पारिश्रमिक पनि नदिएको भन्दै सञ्चार गृहको आलोचना हुँदै आएको छ।, नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन ग... |
सेतोपाटी संवाददाता सरकारले शुल्क लिएर कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने तयारी गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिए। , उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्ष... |
सेतोपाटी संवाददाता रुपन्देहीमा छुट्टछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। , मंगलबार जिल्लाको सियारी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको छ। नहरमा मोटर लगाएर बारी सिँचाइका लागि पानी तान्ने क्रममा उनलाई करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, सिद्धार्थनगर नगरपालिका–६ दय... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ।, गत आइतबार काेराेना परीक्षण गरेकोमा मंगलबार उनको रिपोर्ट पाेजेटिभ आएको हो। , उपसभामुख थारुले आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुराेध गरेकी छन्। उनमा कोरोना लक्षण भने केही नभएको उपसभामुख सचि... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी खोज्न गएका व्यक्तिहरुमाथि कुटपिटको अभियोग लागेका नेपाली सेनाका जवानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। , नेपाली सेनाका जवानले निर्घात कुटपिट गरेको अभियोगमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले मंगलबार सैनिक जवान चिरणकुमार बुढालाई चितवन जिल्ला अदालतमा पेश गरेको थियो... |
सेतोपाटी संवाददाता गत बुधबार सवा ११ बजे पर्साको कालिकामाई गाउँपालिका-४ गंगोला खोलामा एक महिलाको शव भेटियो। , ती महिलाको हात- खुट्टा कपडाले बाँधिएको थियो। आँखा कपडाले बेरिएको थियो भने घाँटी पनि कसिएको थियो। , ती महिलाको शवलाई हेर्दा हत्या भएको हो भन्नेमा कुनै शंका थिएन। तर प्रहरीले ती महिलाको सनाखत तत्कालै गर्न भने सके... |
सेतोपाटी संवाददाता दाङमा पहिलो पटक फेला परेको अर्नेट फ्लाइङ स्नेक स्थानीयले मारिदिएका छन्।, केही दिन पहिले घोराही उपमहानगरपालिका वडा -२ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका हुन्। , विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स... |
रासस सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले आज बालसुधारगृह पठाउने आदेश गरेको छ।, सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ।, अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिलेसम्म नम्बर प्लेट स्पष्ट नभएको तीन सय बढी सवारीसाधनलाई कारबाही गरेको छ।, महाशाखाले तीन दिनमा तीन सय ९९ सवारीसाधनका धनीलाई कारबाही गरेको छ। , मंगलबारमात्रै महाशाखाले एक सय ६३ सवारीसाधनका धनीलाई कारबाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भीम प्रसाद ढकालले जानका... |
सेतोपाटी संवाददाता नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुले कपिलवस्तुको तौलिहवामा प्रदर्शन गरेको छ।, कोभिड १९ को संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला भरी दुर्गा मुर्ति स्थापना, पूजा र विसर्जन कार्यमा पूर्ण रुपमा रोक लगाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।, महासंघले दुर्गा पूजा कार्यक्रम संचालन गर... |
सेतोपाटी संवाददाता कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक सत्रमा परीक्षाभन्दा मूल्यांकन गरेर कक्षोन्नति गरिने भएको छ। , पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड द... |
सेतोपाटी संवाददाता महान्यायाधिवक्ता कार्यालयले बलात्कारका घटना मिलाउन भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी दिएको छ।, मंगलबार कार्यालयले विज्ञप्ति जारी गर्दै बलात्कारसम्बन्धी घटनाहरूको मिलापत्र गराएमा मुद्दा चलाउने चेतावनी दिएको हो।, पछिल्लो समय बलात्कारका घटनाहरूमा जनप्रतिनिधिहरूले नै मिलापत्र ग... |
एजेन्सी उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए।, उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो। रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे। रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ। , हात्तीबाट भुइँमा लडे पनि उनलाई कुनै चोट नलागेको उनका सहयोगीहरुले बताएका छन्।, रमन रेत... |
खिलानाथ ढकाल जन्म मिति २०३९ साल साउन ७ गते। नाम सुनिल सुनार। नागरिकता नम्बर १९९४९। जारी मिति २०५० साउन ७ गते, जिल्ला रुपन्देही।, नेपाली नागरिकताको प्रमाण पत्र लिन पाउने उमेर कति हो? नेपालको नागरिकता कानुनले भन्छ- कम्तीमा बालिग हुनुपर्छ।, अर्थात्, उमेरको हिसाबले नागरिकता प्रमाण पत्र लिन कम्तीमा १६ वर्ष पुगेको हुनुपर्छ।... |
सेतोपाटी वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ। , कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिं... |
सेतोपाटी संवाददाता कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।, काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्। , दशैंको बेला विशेष पूजाआजा हु... |
सेतोपाटी बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ।, पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो।, करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरब... |
सेतोपाटी महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो।, सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस... |
सेतोपाटी संवाददाता झापामा २२ वर्षीय युवा मृत भेटिएका छन्।, बुधबार बिहान ९ बजे कनकाई नगरपालिका-३ स्थित सुरूङ्गा खोलाको बाँसघारीमा एक युवकको शव फेला परेको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शव सोही स्थानमा बस्ने हंश नारायण चौधरीको छोरा अभिषेक चौधरीको हो।, स्थानीयले शव फेला पारेपछि इल... |
सेतोपाटी संवाददाता बैंकिङ कसूरमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं महानगरपालिका-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ। , उनीविरूद्ध दिपा थपलियाले जाहेरी ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २२ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका १ हजार ८ सय ८८ जना, भक्तपुरको ११८ जना र ललितप... |
सेतोपाटी संवाददाता ५० करोडको जग्गा कीर्ते गरी ठगी कार्यमा संलग्न भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जबरालाई सिआइबीले पक्राउ गरेको हो।, आइतबार सिआइबीको टोलीले काठमाडौंको रातोपुलबाट पक्राउ गरेको हो। , उनले कमला राजभण्डारीको पर्सामा रहेको पाँच कठ्ठा १५ धुर ज... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिइएको जानकरी दि... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि खाली घरमा लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पीडितले तुलसीपुर ५ का ... |
युवराज श्रेष्ठ पोखरा–१४ भोटेचौतारा स्थित सुकुम्बासी बस्तीमा केही दिनयता नयाँ मान्छेहरूको निकै फूर्तिपार्ती थियो। सुकुम्बासी बस्तीमा उनीहरूले स्थानीयलाई जग्गा मिलाइदिने आवश्वासन दिए, स्थानीयले पत्याए। , नपत्याउन् पनि कसरी। नेपाल सरकार अव्यवस्थित सुकुम्बासी समाधान आयोग काठमाडौंको गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी भने... |
राजेश घिमिरे ‘चेपाङ’ शब्द सुन्नेबित्तिक्कै प्रायःले सोचिहाल्छन्, गिठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीवन चलाउने समुदाय। तर, समयक्रमसँगै यो समुदाय पनि परिस्कृत बन्दै गएको छ। चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरू व्यावसायिक मात्रै बन्दै छैनन्, अन्यसँग पनि प्रतिस्पर्धा गरिरहेका छन्।, चितवन, मकवानपुर, धादिङ, गोरखालगा... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। , उनलाई सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। , सोनी रुपन्देही स... |
सेतोपाटी संवाददाता सप्तरीमा एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्। , सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर दुई मैनाकड़ी निवासी ५० वर्षीया दाइमन यादवको हत्या गरेको आरोपमा मैनाकड़ीकै २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर वडा नम्बर २१ ठेलीया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई पक्रा... |
सेतोपाटी संवाददाता दहचोकस्थित मनमोहन शिक्षण अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ। , हालसम्म आइसोलेसन सेन्टरको रुपमा सञ्चालन भइरहे पनि संक्रमण दर ह्वात्तै बढेपछि यी दुई आइसोलेसन सेन्टरलाई पनि कोरोना अस्पताल बनाइने भएको हो। , स्वास्थ्य तथा जनसंख्या म... |
सेतोपाटी संवाददाता बुटवलमा सोमबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको ज्वरो क्लिनिकमा भर्ना भएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ की ८० वर्षीया वृद्धाको दिउँसो सवा १ बजे मृत्यु भएको हो।, उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि बिहान अस्पताल आएकी उनको ज... |
सेतोपाटी संवाददाता स्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। , सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो। , प्रहरीले आज बिहान पौने ७ बजे वडा नं. १ स्थित टेलिकम कम्पाउन्डनजिक बालमन्दिरमा एक महिला घाइते अवस्थाम... |
सेतोपाटी संवाददाता पर्साको एक अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका छन्। , वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिका-३ का नारद साह छन्। उक्त अल्ट्रासाउन्ट सेन्टरमा उनले डा. शिवशंकर यादवको... |
सेतोपाटी नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ। , प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो।,... |
रासस सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरध... |
सेतोपाटी बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।, उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छालासहि... |
रासस नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। , नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।, रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू... |
एजेन्सी स्ट्यानफर्ड विश्वविद्यालयका पल मिलग्रम र रबर्ट विल्सनलाई सन् २०२० को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ।, लिलामीमार्फत गरिने कारोबारको सिद्धान्त र त्यसको उपयोग विषयमा गरिएको शोध र उनीहरूले निकालेको व्यावहारिक समाधानका लागि यो पुरस्कार दिइएको हो।, यी दुई अर्थशास्त्रीले अमेरिकामा मोबाइल फोनको फ्रिक्वेन्सी... |
रासस आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा माछापुच्छे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय ... |
रासस अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । , उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना ... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ।, मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो।, कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै सुरू गर्न लागिएको हो। , त्रिविले स्वास्थ्य स... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरेको छ।, विभागको टोलीले दुई दिन लगाएर दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको केही भू-भाग तथा छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९... |
भगवती पाण्डे बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्। , दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।, हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थो... |
एजेन्सी जोन्सन एन्ड जोन्सन कम्पनीले कोभिड -१९ खोपको क्लिनिकल ट्रायल अस्थायी रूपमा रोकेको छ। , सोमबार कम्पनीले कोभिड-१९ को क्लिनिकल ट्रायलमा सहभागीमा 'अस्पष्ट बिमारी' देखिएको भन्दै खोप परीक्षणलाई तत्कालको लागि रोकिएको बताएको हो। , कम्पनीले गोपनीयताको लागि भन्दै बिमारीबारे थप खुलाउन चाहेन।, 'हामीले परीक्षणमा सहभागी भ... |
एजेन्सी नासाका वैज्ञानिकहरूले आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रंगमा देखिने बताएका छन्।, यो एउटा दुर्लभ खगोलीय घटना हो जहाँ मंगल, पृथ्वी र सूर्य सिधा लाइनमा हुनेछन्।, यसको मतलब मंगल, पृथ्वी र सूर्य १८० डिग्रीको कोणमा हुनेछन्।, खगोलशास्त्रको भाषामा यसलाई 'ओपिजिजन' अर्थात आमनेसामने भनिन्छ। मंगल ग्रहको अपोज... |
सेतोपाटी संवाददाता भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरे... |
सेतोपाटी संवाददाता नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको हो। , उनी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका थ... |
सेतोपाटी संवाददाता आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। , त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।, पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।, मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन ... |
सेतोपाटी संवाददाता आठ वर्षअघि काभ्रेमा हत्या गरी फरार भएका आराेपी पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय बनेपाबाट शुक्रबार साढे चार बजे खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ९ बाट २२ वर्षीय सुवास सुनारलाई पक्राउ गरेको हो। , आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ। , सुवास २०६९ साल कात्तिक आठ ... |
भगवती पाण्डे कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ वटा जिल्लामा जम्मा ७ वटा भेन्टिलेटर थपेको छ। , रुपन्देहीका दुई तथा बाँके र दाङका एक-एक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसियू संचालन गरिएको छ।, देशभर लक्षणसहितका तथा गम्भिर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइस... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ४ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंका एक हजार १ सय १५ जना, भक्तपुरका एक स... |
सेतोपाटी संवाददाता चितवनको एक कटेजमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले सवा दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ।, कालिका नगरपालिका–४ स्थित ग्रीन टप कटेजमा हजारौं रुपैयाँको बाजी राखेर जुवातास खेल्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी सूर्यबहादुर थापाले बताए। , जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका ... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं, तिहार र छठलाई लक्षित गर्दै सादा पोशाकमा प्रहरी परिचालन गरेको छ। , आइतबार विज्ञप्ति जारी गर्दै महाशाखाले चाडपर्वलाई लक्षित गरी सादा पोशाकमा प्रहरी परिचालन गरेको जानकारी दिएको हो। , भीडभाड बढी हुने ठाँउ र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नि... |
सेतोपाटी संवाददाता राजस्व चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरूद्ध मुद्दा दायर गरेको छ। , विभागले पाटनस्थित उच्च अदालतमा २३ करोड २२ लाख रूपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो।, नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलेको भन्दै विभागले ललितपुर, महालक्ष्मी नग... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक व्यवसायीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बिगो असुल गरी तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गर्दै ... |
सेतोपाटी संवाददाता चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूपसमेत परिवर्तन गर्ने २० जना चालक कारबाहीमा परेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार उनीहरूलाई कारबाही गरेको हो। , ती चालकले ध्वनि प्रदूषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरूप परिवर्तन गर्ने, लापरबाही ढंगले जिगज्याक... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने भएको छ।, विश्वविद्यालय डिनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि सञ्चालन गरिने जनाएको हो।, परीक्षा तालिका सम्वन्धी विवरण भने... |
सुनिता सिटौला खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षअघि उत्पादन भएको जापानी चामल अहिलेसम्म बिक्री गरिरहेको फेला परेको छ।, काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कम्पनीको गोदाम अनुगमन गर्दा सन् २०१८ मा उत्पादित जापानी चामल भेटिएको हो।, उपभोग्य अवधिसमेत नतोकिएको उक्त चामल कम्पनीले अहिलेसम्म बिक्री ग... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको एक हात्तीको मृत्यु भएको छ।, विक्रम प्रसाद नामको १९ वर्षीय हात्तीको आइतबार आकस्मिक मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए।, उनका अनुसार बिरामी रहेको विक्रम प्रसादलाई क्षय रोग समेत थियो। सामान्यत हात्तीको आयु १०० वर्षसम्मकाे हुन्छ।, ती... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको समाज शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसरको टोलीले आइतबार रविन लामा र रूपेश साहलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए।, लामालाई प्रहरीले सिराहा... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी छन्। , वन मुद्दामा नौ वर्षदेखि फरार ऋषिङ गाउँपालिका–५ पीपलटार बस्ने ५२ वर्षीय कुलब... |
एजेन्सी इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २ सय ५१ जना सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भ... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , प्रतिष्ठानका अनुसार धरान-२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो। , उनी उच्च रक्तचापका विरामी पनि थिए। , उनी तीन दिनअगाडि भर्ना भएका थिए। परीक्षण गर्दा उनलाई कोरोना संक... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ल्याएको छ।, उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ।, ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प... |
सेतोपाटी संवाददाता गोरखाको गण्डकी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ।, दसैंका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी गाउँपालिकाको वडा नम्बर ४ फुजेलले यस्तो नियम लगाएको हो।, विदेशबाट आउनेहरूले अनि... |
एजेन्सी ‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख गरेको छ। , सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ। , चालु वर्ष... |
सेतोपाटी धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।, करिब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।, उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दि... |
सविता बुढा पोहोर साल जेठमा एकजना केटा उनकी छोरीको हात माग्न आए।, कैलालीको गोदावरी नगरपालिका-१२ की धनसरा (नाम परिवर्तन)लाई ११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन् न पाल्न। यो दु:ख सहनुभन्दा त बरू बिहे गरेर गई भने सुख पाउली ठानेर उनले छोरीको हात दिइन्। मंसिरमा ... |
सेतोपाटी रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । , बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत् ७९ वर्षीय पुरूषको आज बिहान ७:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। , यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्... |
सेतोपाटी संवाददाता युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सट्टेबाजी खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जनालाई पक्राउ गरेको हो। त्यसमध्ये तीन जना भारतीय रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिलराज बोहराले जानकारी दिए।, सोमबार पनि प्रहरीले ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश प्रहरीले दसैं-तिहारलक्षित सुरक्षा रणनीति सार्वजनिक गरेको छ। आइतबारदेखि लागू हुने गरी चाडवाडलक्षित सुरक्षा योजना ल्याइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए। , उनका अनुसार प्रदेश प्रहरीभरि चाडवाडमा पाँच हजार प्रहरी खटाउने योजना ल्याइएको छ। त्यसमा पिकेट,... |
रासस पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ। , यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैंअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।, गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले ... |
सेतोपाटी संवाददाता अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। , चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो।, बिहीबारदेखि डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन। , वार्तालाई असफल बन... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।, शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।, आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ५६८४ पुगेको हो। , पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएक... |
सेतोपाटी संवाददाता रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाई फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। , रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्।... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।,
काठमाडौं उपत्यकामा २६७२ ज... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ।, डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो। , ‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्... |
सेतोपाटी संवाददाता झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। , शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए। , घरायसी विवाद हुदाँ ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खुकुरी ... |
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन गरिएको छ।, शनिबार ‘अझै कति सहने?’ फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्।, उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बलात्कारविरूद्ध गीत पनि गाएका थिए। सबैले ‘नो म... |
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।, आज कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले बताए।, उनले आफूलाई हल्का ज्वरो आएको बताएका छन्। साथै उनले आफूसँग सम्पर्कमा रहे... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले आइतबार (असोज २५ गते) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड- १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ। , चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोभिड १९ र आकस्मिक... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, भरतपुर महानगरपालिका-१ बस्ने ४७ वर्षीय पुरुषको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। , शुक्रबार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार... |
सेतोपाटी दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन्। , थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार ब... |
सेतोपाटी सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। , सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। , लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशु... |
सेतोपाटी संवाददाता बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।, कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।, उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।, गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श... |
एजेन्सी सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ।, चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । , 'अनैतिक सामग्रीहरू' भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउ... |
एजेन्सी ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, मृतक संख्याका आधारमा धेरै नागरिक गुमाउनेमा ब्राजिल विश्वको दोश्रो मुलुक हो। यस्तै संक्रमित संख्यामा भने अमेरिका र भारपछि तेश्रो नम्बरमा पर्छ।, संक्रमित संख्या ब्राजिलमा यसै साताको सुरूव... |
सेतोपाटी संवाददाता बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।, अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवलमा शनिबार राती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो।, उनी गत असोज २१ गते कोरोन... |
सेतोपाटी संवाददाता भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ।, महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो। सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो।, प्रहरीले ती गेष्ट ... |
सेतोपाटी संवाददाता सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन्। , डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २८ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गरेका छन्। उनलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएका छन्। , शिक्षण अस्पताल महा... |
सेतोपाटी संवाददाता दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा थप १ जनाको मृत्यु भएको छ।, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार मृत्यु भएको हो।, बुटवलमा आईसीयू बेडको अभावका कारण त्यी महिलालाई बेलझुण्डी लगिएको थियो।, आईसीयूमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको स्वास्थ्... |
राजेश घिमिरे चितवनका अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भनेर छुट्टाइएका करिब एक सय वटा आइसियू छन्। अहिले सबै आइसियू संक्रमितले भरिएका छन्। कोही जटिल अवस्थाको संक्रमित अस्पताल पुग्यो भने उपचारका लागि आइसियू छैन।, अस्पतालले तयार गरेका आइसोलेसन शैयासमेत संक्रमितले भरिएका छन्। , केन्द्रीय सरकारी अस्पताल, दुई वटा ... |
रासस भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए।, उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए।, उनका अनुसार ... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढीका कोराना संक्रमित पुरुषको मृत्यु भएको छ ।, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको आज विहान साढे २ बजे मृत्यु भएको हो।, उनी कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना भएका थिए ।, अस्पतालमा भर्ना हुन आएका बेला उनको स्वास्थ्य अवस्था सामान्य थियो । , ... |
एजेन्सी सडकमा छाडा छाडिएको गाईलाई बचाउन खोज्दा भारतमा ३ जना महिलाको मृत्यु भएको छ।, घटनामा अर्की एक महिला घाइते भएकी छन्। , सो दुर्घटना शनिबार मध्यप्रदेश राज्यको राजधानी भोपालबाट २ सय १४ किलोमिटर परको गुना जिल्लामा भएको प्रहरीले जनाएको छ।, मृतक तीनै जना राजधानी दिल्लीका बासिन्दा हुन्।, गाडीमा सवार चारै जना साथी भएको र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.