content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सुर्खेतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, असोज २१ गते प्रदेश अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएकी कालीकोटको महावै गाउँपालिका- ४ की ६५ वर्षिया महिलाको आइतबार बिहान मृत्यु भएको हो।*, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार बिहान १० बजेतिर उनको मृत्यु भएको हो... |
सविता बुढा सुदूरपश्चिमका तीन अस्पतालमा हाल १८ वटा आइसियू बेड र १५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सञ्चालनमा छ।, कैलालीको सेती प्रादेशिकमा १० आइसियू बेड र १० भेन्टिलेटर छन्। कञ्चनपुरको महाकाली अस्पतालमा ८ आइसियू बेड र ३ भेन्टिलेटर छन्।, डडेल्धुरा अस्पतालमा २ भेन्टिलेटर रहे पनि आइसियु बेड छैन। अस्पतालले सामान्य बेडम... |
सेतोपाटी संवाददाता २६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ। , उनको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको औंल्याएका छन्। , शुक्रबार केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटि... |
प्रशन्न पोखरेल बन्द भएको दुई वर्षमा गोरखामा एउटा सरकारी विद्यालयले पुनर्जीवन पाएको छ।, दुई/तीन जना विद्यार्थी र एक शिक्षक मात्रै बाँकी भएपछि छिमेकी सहिद स्मृति माविमा गाभिएको बुंकोटको मकैपुर आधारभूत विद्यालयमा अहिले २५ जना विद्यार्थी छन्।, यो विद्यालय पुन: सञ्चालनमा आएको एक सातामात्रै भएको छ। ‘आज पनि एक जना विद्यार्थी... |
युनिक श्रेष्ठ भक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।, झापा चन्द्रगढी पृथ्वीनगर नगरपालिका १ का २१ वर्षीय दिपेश राईलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।, उनलाई प्रहरीले झापा भद्रपुर नगरपालिका ८ बाट पक्राउ गरेको हो।, उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहर... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सय जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।, नेपालमा कोरोनाबाट सं... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ।, पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो। , त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पु... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दसैंमा बुढापाकाबाट टिका नलगाउन आग्रह गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए। , उनले यो दसैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरेको छ। साथै... |
खिलानाथ ढकाल बलराम सापकोटाका धेरै परिचय छन्: क्यासिनो किङ ‘बले’। गुन्डा नाइके ‘बले’। हेलिकप्टर ‘बले’। , यी नाम पछाडिका अर्थ पनि छन्। क्यासिनोमा मिटर ब्याजमा लगानी गरेर नेपालीलाई कंगाल बनाउने नामले बलरामलाई ‘क्यासिनो किङ’ भनियो। , दरबारमार्ग क्षेत्रमा रात्रीकालिन आपराधिक गतिविधिमा संलग्न रहेको अर्थ्याएर प्रहरीले गुन्डा... |
राजेश घिमिरे सरकारले लक्षण नभएका कोरोना संक्रमितको पिसिआर परीक्षण नगर्ने नीति लिएपछि संक्रमण थप फैलन थालेको छ। , विज्ञ चिकित्सकहरूकाअनुसार लकडाउन र निषेधाज्ञा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको र शंकास्पद व्यक्तिहरू पनि परीक्षण नगरी हिँड्न थालेका कारण खतरा बढेको छ। , विगतमा कोरोनाका शंकास्पद व्यक्तिहरूको पिसिआर परीक्... |
सेतोपाटी संवाददाता निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ।, राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।, त्यसलगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थ... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि स्वाव परीक्षण गराएका मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव पवनकुमार कुँवरले जानकारी दिए।, बिहीबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि मन्त्... |
सबिना श्रेष्ठ १०१ वर्षीया गणेशमाया प्रजापतिले बिफर, हैजा लगायत सबै महामारी सामना गरेकी थिइन्। यो पटक कोरोनासँग पनि उनको साक्षात्कार भयो।, उमेरले ६० कटेकालाई कोरोनाको उच्च असर हुन्छ भनिएको छ। तर उनले अस्पताल नबसी यो रोगलाई जितिन्। , मध्यपुर थिमीस्थित घर पुग्दा गणेशमायाको ऊर्जा र मुस्कानले हामीलाई पर्खिरहेको थियो। उनीसँ... |
सेतोपाटी संवाददाता स्याङ्जामा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। , शुक्रबार दिउँसो साढे ३ बजे भिरकोट नगरपालिका-१ दार्सिङमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। , वालिङबाट हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसन एकेडेमी स्कुलको ग. १ क. ४३७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १३ प २८... |
सेतोपाटी संवाददाता बाजुरामा सुत्केरी महिलालाई स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।, बुढीनन्दा नगरपालिका वडा नम्वर ४ की २३ वर्षीया अम्बकला रोकायाको मृत्यु भएको हो।, गाउँमा प्रसुति सेवा केन्द्र नभएपछि उनले बुधबार २ बजे घरमै बच्चा जन्माएकी थिइन्।, उच्च रक्तस्राव भएपछि उनलाई कोल्टी स्वास्थ्य चौकी लैजाँदै गर्... |
सेतोपाटी संवाददाता बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छन्।, बिहीबार साँझ जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीले घटनाको सत्यतथ्य छानविन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार आफन्तहरुले शव बुझेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकार... |
रासस सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगी गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ।, यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा १५च ४०५ नम्बरको... |
सेतोपाटी गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ। , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए। , उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजप... |
सेतोपाटी बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। , दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। , उनका अनुसार दाङको घोराहीब... |
सेतोपाटी संवाददाता बाजुरामा नुहाउने क्रममा नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन् । , शुक्रबार दिउँसो ३ बजे जगन्नाथ गाउँपालिका-५ गोत्रीकी ७ वर्षीया सुगेनी विष्ट बेपत्ता भएकी हुन्। ,
,
पिलुचौर बजारमा पसल गरी बस्ने उनी अरू केटाकेटी सँगै कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण... |
सेतोपाटी हेटौँडामा शुक्रबार साँझ भएको दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। , मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ।,
,
हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ न... |
सेतोपाटी टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ। , काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो। सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन्। टोखामा ११ वडा छन्। , यस्तै, वडा नं ... |
सेतोपाटी प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे सुरू भएको छ। , जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख रूपैयाँको लागतमा कालोपत्रे गर्ने काम सुरू भएको हो। , यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निर... |
सेतोपाटी संवाददाता कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ।, चौधरीका स्वकीय सचिव सन्तोष दहितले शुक्रबार राति उनलाई वीर अस्पतालको आइसियूमा सारिएको जानकारी दिए।, कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको त्यहाँ उपचार भइरहेको थियो।, चार दिनको उपचारले उनको स्वास्थ्यमा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।, पछिल्लो २४ घण्टामा ४ ... |
सेतोपाटी संवाददाता बझाङमा बलात्कारको घटना मिलाउने थप एक जना पक्राउ परेका छन्।, १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले १४ वर्षीया अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने मष्टा गाउँपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाई बुधबार पक्राउ परेका हुन्।, उनले ग... |
सेतोपाटी संवाददाता बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ। , त्यस्... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।, नेपालसहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले तय गरेको छ।, बिहीबार बसेको समिति बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति ... |
द न्यूयोर्क टाइम्स कोरोनाका कारण अस्पताल भर्ना भएका प्रत्येक तीन जनामध्ये एक जनाको मानसिक अवस्थामा केही फरक देखिएको अध्ययनमा पाइएको छ।, उनीहरू स-साना विषयमा भ्रमित हुनेदेखि बेहोसीमा बोल्छन्। कसै-कसैमा त प्रश्न सोध्दा जवाफ नदिने र टोलाएर बस्ने समस्या पनि देखिन थालेको छ।, कोरोना भाइरस संक्रमणले स्नायु प्रणालीमा पार्ने प... |
नारायण खड्का दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्। , उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो। , यो दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राज... |
विवेक राई काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढिरहेको बेला अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ। , संक्रमितहरूको उपचार गरिरहेका अधिकांश अस्पतालहरूको आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्। सबैजसो अस्पतालहरूले नयाँ बिरामीलाई आइसियूमा राख्ने ठाउँ नभएको बताएका छन्। , महारा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा एक हप्ताभित्रै १० हजार बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो एक हप्तामै उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी गराए।, बिहीबारमात्र उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ... |
एजेन्सी यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि तथा निबन्धकार लुइज ग्लेकले पाएकी छन्।, नोबेल कमिटीले बिहीबार ७७ वर्षीया ग्लेकलाई उनको ‘व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने सुन्दर काव्यिक आवाज’का लागि पुरस्कार दिने निर्णय गरेको हो।, सन् १९४३ मा जन्मिएकी ग्लेक म्यासेच्युसेट्सको क्याम्ब्रिजमा बस्छिन्। उनी याल... |
सेतोपाटी संवाददाता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा पुनः मिर्गौला प्रत्यारोपण सुरू भएको छ।, बिहीबारदेखि केन्द्रले मिर्गौला प्रत्यारोपणको शल्यक्रिया पुन: सुरू गरेको हो।, कोभिड-१९ को महामारीका कारण संसारभरमै स्थगित गरिएको मिर्गौला प्रत्यारोपण शल्यक्रिया नेपालमा पनि विगत ७ महिनादेखि ठप्प थियो। , साध... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने श्रीकृष्ण गिरीको मुद्दाको कैफियत प्रतिवेदन मागेको छ।, विराटनगर उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेश बदर गर्न माग गर्दै गिरीले असोज १८ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।, सोही निवेदनमा सुनुवाई गर्... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डे र उनका सचिवालयका कर्मचारीसहित बिहीबार २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मेयरसहित तुलसीपुरका २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। , मेयर पाण्डेको असोज १९ गते स्वाब संक... |
युनिक श्रेष्ठ रौतहटकी १७ वर्षीया रोबिना मन्सुरी बुधबार मृत भेटिइन्। उनको मृत्यु हत्या हो वा आत्महत्या हो भन्ने यकिन भइसकेको छैन। , पोष्टमार्टमको लागि रोबिनाको शव अहिले नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा राखिएको छ। , रोबिनाको शव बुधबार साँझ केही व्यक्तिहरूले बोकेर दुर्गाभगवती गाँउपालिका– ४का स्थानीय जर्नेल कवारीको ... |
विवेक राई परीक्षण गरिएका प्रत्येक चार जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिन थालेको छ। , बिहीबार मात्र १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिँदा ४ हजार ३६४ जनामा संक्रमण पोजेटिभ देखिएको हो। अर्थात २३.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। , बुधबार पनि १४ हजार २०९ जनाको परीक्षण गरिएकोमा ३ हजार ४३९ जनामा संक्... |
सेतोपाटी संवाददाता कर्मचारी सञ्चय कोषको काठमाडौं उपत्यकास्थित कार्यालय आज बन्द हुने भएको छ।, कोषको उपत्यकास्थित कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले निकालेको सूचनामा उल्लेख छ।, कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज (असोज २३ गते) कोषको ... |
सेतोपाटी संवाददाता दाङमा एक किलो अवैध सुनसहित पक्राउ गरेका तीन जनालाई प्रहरीले बिहीबार बेलुका अबेर सार्वजनिक गरेको छ। , पक्राउ परेकामध्ये दुई जना दाङ घोराहीका र एक जना बुटवलका युवा छन्। , जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डिएसपी सुमित खड्का अनुसार घोराहीबाट नेपालगञ्ज जाँदै गरेको कारलाई रोकेर चेकजाँच... |
राजेश घिमिरे प्रसाईं परिवारको ‘ग्रुप च्याट’मा आइतबार अपराह्न एक्कासि ‘सरी’ लेखिएको सन्देश आयो। ४:१७ बजे उत्तम प्रसाईंले पठाएको त्यो सन्देशको अर्थ कान्छी बहिनी प्रमिलाले बुझिनन्। तत्काल ‘ग्रुप कल’ गरिन्। तर उठेन। ४:२२ मा उत्तमले पुनः लेखे ‘लास्ट सरी’।, प्रसाईंले किन सरी लेखे परिवारका अन्य सदस्यले मेसो पाएनन्। सोमबार बि... |
सेतोपाटी जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिमाना गराइएको छ।, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई दुई लाखका दरले जरिमाना तिराइएको प्रमु... |
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।, २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ।, परिष... |
एजेन्सी संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ।, पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।, कोरोना सङक्रमणबाट अमेरिकामा... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सल्लाहकारहरूमा देखिएको कोरोना निको भएको छ।, रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो।, थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको ... |
एजेन्सी अफ्रिकी मुलुक लिवियाबाट भारत फर्किन लागेका सात जना भारतीय नागरिक अपहरणमा परेका छन्।, अपहरणमा पर्नेहरूमा आन्द्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा भएको समाचार बिबिसी हिन्दीले प्रकाशित गरेको छ। उनीहरू सबै तेल तथा निर्माण कम्पनीमा काम गर्नेहरू रहेको बताइएको छ।, उनीहरू १४ सेप्टेम्बरमा लिवियाको अश्वेरि... |
एजेन्सी मुम्बई प्रहरीले पैसा दिएर टेलिभिजनहरूको रेटिङ पोइन्ट(टिआरपी) बढाउने एक र्याकेटको पर्दाफास गरेको जनाएको छ।, बिहीबार पत्रकार सम्मेलन गर्दै मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले यसको जानकारी दिएका हुन्।, उनले हालसम्म यसमा तीन वटा च्यानलहरूको संलग्नता देखिएको र तिनमा अर्नब गोस्वामीको 'रिपब्लिक' टिभी समेत रहेको बत... |
सेतोपाटी संवाददाता राधे उपनामले चिनिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको हो।, सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।, ‘सार्वज... |
एजेन्सी कोरोनाभाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक रूपमा जोडिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले शुक्रबार कोभ्याक्स नाम दिइएको उक्त अभियानमा आफ्नो देश पनि जोडिएको जानकारी दिइन्।, पछिल्लो समय ठूला मुलुकहरूबीच देखिएको ‘खोप राष्ट्रवाद’ लाई छो... |
युवराज श्रेष्ठ लकडाउनमै काठमाडौंका सडक मर्मत गरेर चर्चा कमाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले देशभरका अन्य सडकमा भने आँखा चिम्लिए।, यसैको एउटा उदाहरण हो, पृथ्वी राजमार्ग। यस राजमार्गको दमौली–पोखरा खण्डमा मात्र सयौं खाल्डाहरू छन्, कतिपय खाल्डा ३ वर्षदेखि पुरिएका छैनन्। , तनहुँको कोत्रेमा पृथ्वी राज... |
सेतोपाटी संवाददाता न्यायपरिषदले १ सय १४ जिल्ला न्यायाधीशको सरूवा र २९ जनाको पदस्थापन गरेको छ।, बुधबार न्यायपरिषद भवनमा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए।, 'हरेक वर्ष न्यायाधीशको सरूवा हुन्छ त्यसैले यो नियमित सरूवा हो। केही समय अघि जिल्ला न्यायाधीशमा नियुक्त भएका २९ जनाको पदस्थापन गरिएको ह... |
द न्यूयोर्क टाइम्स आल्प्स पर्वत श्रृंखलाको सुन्दर अष्ट्रियाली भूभागमा स्की (हिउँमा खेलिने चिप्लेटी) का लागि उनीहरू विश्वभरबाट जम्मा भएका थिए।, ज्याकोब होमिलर र उनका साथी अमेरिकादेखि उडेर आइपुगेका थिए। लन्डनमा बसोबास गर्दै आएकी अवकाशप्राप्त शिक्षक जेन विट घुमफिरसँगै पारिवारिक जमघटसमेत भ्याउने हिसाबले उपस्थित भएकी थिइन्... |
युवराज श्रेष्ठ तनहुँको ब्यास- ७ दमौलीका ७ वर्षीय दिप्सन श्रेष्ठ मंगलबार दिउँसो घर वरिपरि खेलिरहेका थिए। उनका बुबा पवन र आमा बिनिता घरमा थिएनन्। दिप्सनले छिमेकी सोविता परियारलाई देखे। सोविताले उनलाई बोलाइन्। दिप्सनले दाइलाई भेटाइदिनु न भन्न थाले। , सोविताका छोरा र दिप्सन खेल्ने साथी थिए। सोविता दमौलीमा कवाडीसम्बन्धी क... |
सेतोपाटी संवाददाता प्रहरीले माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुरका ३२ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरी मंगलबार पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाले जनाएको छ।, गत... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। , असोज १५ गते दिउँसो लालझाडी गाउँपालिका–४ डंगाजाई बस्ने १९ वर्षीय विवाहित महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय सनिदेवल राना पक्राउ परेका हुन्।, महिलालाई घरदेखि १५ मिटर पर जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि ती युवकलाई पक्रा... |
सेतोपाटी संवाददाता विद्यालयमै शिक्षिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। , पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २२/२३ वर्षीय शिक्षक रामकुमार राना रहेको प्रहरीले बताएको छ। उनी घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक हुन्। , पीडित शिक्षिकाको मौखिक उजुरीको आधारमा दुर्व्यवहार ग... |
सेतोपाटी संवाददाता २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम घोषणा गरेकाे छ। , संघले बुधबार विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो। , जसअनुसार संघले बिहीबार बिहान... |
सेतोपाटी संवाददाता दाङकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो बाँकेमा मृत्यु भएको छ। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती महिलाको निमोनियाका कारण मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। , कोरोना संक्रमण बाहेक ती महिलाको स्वास्थ्यमा त्यसअघि कुनै पनि समस्या थिएन।, ... |
शोभा शर्मा सप्तरीको डाक्नेश्वरी नगरपालिका- ७ स्थित ललितपुर गाउँकी फूलमाया (परिवर्तित नाम) लाई बलात्कार गर्ने दुई जना, बलात्कार गर्न सहयोग गर्ने दुई जना र मुद्दा मिलाउन पञ्चायती बस्ने १० जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। , बलात्कारमा संलग्न चार जनालाई २२ वर्ष र पञ्चायती बस्ने १० जनालाई ७ वर्षसम्म कैद सजाय ... |
सेतोपाटी संवाददाता चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार माग गरेको छ।, शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेका व्यक्तिहरूबाट व्यक्तिगत विवरण र सोचपत्रसहित दरखास्त आह्वान गरेिएको विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ।, रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसम... |
सेतोपाटी संवाददाता जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।, केन्द्रबाट छपाइ भई विक्री वितरणमा आइरहेका कक्षा ११ को नेपाली र अंग्रेजी दुई विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको केन्द्रले जानकारी दिएको छ।, नेपाली कितावको मूल्य ६९ र अंग्रेजीको १२४ रूपैयाँ तोकिएको केन्द्रक... |
सेतोपाटी संवाददाता १९ औं पटक २५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीसँग सार्थक वार्ता थाल्न सम्पादकहरूले अपिल गरेका छन्।, बुधबार वक्तव्य जारी गर्दै विभिन्न सञ्चार माध्यममा कार्यरत २१ जना सम्पादकहरूले अविलम्ब डाक्टर केसीसँग सरकारले वार्ताका लागि पहल गर्न अपिल गरेका हुन्।, ‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उ... |
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा खोप्लाङस्थित बेलवासमा रहेको घर मर्मत थालेका छन्।, २०७२ वैशाखमा गएको भूकम्पले उनको घरमा क्षति पुगेको थियो।, पुरानो घरलाई प्रवलीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। यो घर मर्मतपछि भट्टराईले गाउँमा नै दसैं मनाउने तयारी गरेका छन्।, ‘अर्को वर्षको दसैं गाउँमा मना... |
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ।, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ।, ‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अ... |
रासस विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। , काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मंगलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्। , प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेक... |
एजेन्सी भारतको केन्द्रीय जाँच ब्यूरो (सिबिआई)का पूर्व निर्देशक तथा पूर्व राज्यपाल अश्विनी कुमार शिमलास्थित आफ्नो निवासमा बुधबार मृत भेटिएका छन्।, भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन्।, प्रहरीले घटनास्थलमा फेला पारेको सुसाइड नोटमा अश्विनी कुमारले 'आफ्नो विरामी र अशक्तताका कारण यो जीवनलाई समाप्त पार्दैछु, नय... |
एजेन्सी निहत्ता अश्वेत अमेरिकी पुरूष जर्ज फ्लोयडको मृत्युका मूख्य आरोपी अमेरिकी प्रहरी जमानतमा जेलबाट रिहा भएका छन्।, आरोपी डेरेक चौविन १० लाख अमेरिकी डलरको जमानतमा बुधबार बिहान रिहा भएका हुन्।, शंकास्पद भएको भन्दै फ्लोयडलाई नियन्त्रण लिने क्रममा करिब ८ मिनेटसम्म फ्लोयडको घाँटी थिचेपछि उनको मे २५ मा मृत्यु भएको थियो।,... |
सेतोपाटी संवाददाता काेराेना भाइरस संक्रमित रहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवाेध तुलाचनकाे मृत्यु भएकाे छ।, बुधबार राति १०ः५ बजे उनकाे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएकाे हाे। , कोरोना पुष्टिपछि घरमै आइसाेलेसनमा बसेका उनी एक्कासी बेह... |
सेतोपाटी संवाददाता सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ।, सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।, डाक्टर केसीक... |
रासस बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एक जनालाई कोरोना संक्रमण भएको छ। , मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो।, काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ। परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बसेक... |
सेतोपाटी संवाददाता ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। , पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ। , बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती... |
सेतोपाटी संवाददाता भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरूको कुटपिटबाट एक जनाको ज्यान गएको छ।, बुधबार चाँगुनारायण नगरपालिका-८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिट गरेका थिए। , उनको बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर... |
सेतोपाटी संवाददाता पर्सामा १ सय ३१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , बिहीबार प्रहरीले गाँजासहित पटेर्वासुगौली गाउँपालिका-५ देउरिया टोलका ४० वर्षीय राज ओझैयालाई पक्राउ गरेको हो। , प्रहरीले उनको घरमा गाँजा लुकाएर राखेको भन्ने खबर पाएको थियो। , सोही खबरको आधारमा प्रहरीले उनको घरमा खोजतलासी गरेको थियो।, घरबाट प्रह... |
प्रशन्न पोखरेल कोरोना महामारीका बेला कसरी विद्यार्थीको परीक्षा लिने भन्ने तपाईंलाई लागेको छ भने काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालय उदाहरण हुन सक्छ।, काठमाडौंमा कोरोना भाइरस संक्रमित संख्या दिनप्रतिदिन बढिरहेका बेला यो विद्यालयले केही दिनदेखि विद्यार्थीको परीक्षा सञ्चालन गरिरहेको छ। , परीक्षामा विद्... |
दिपकजंग शाही बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन्। मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन्।, स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरूले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ। , छलफल... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ।, मंगलबार बिहान ९:४५ बजे त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो।, टाउकोमा रड प्रहारपछि घाइते उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ... |
सेतोपाटी संवाददाता बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ।, साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागिएको हो।, अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ।, १५ दिनभित्र लोगो डिज... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले आठ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। , मंगलबार राति पर्सा कालिमाई गाउँपालिका-१ का २९ वर्षीय खोवारी प्रसादलाई प्रहरीले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अफिम उनले भारत लैजान खोजेका थिए।, प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सो अ... |
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।, नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन्।, पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ।, गुरूयोजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलन भइरहेका छन्।, थापाले पशु... |
सेतोपाटी चितवनमा मंगलबार साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ। , चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो। , अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ ब... |
एजेन्सी ९ महिना अगाडि सुरू भएको कोरोना महामारीका कारण हुने मृत्युले गत साता १० लाखको आँकडा पार गर्यो। भाइरसको प्रकोप अझै जारी छ। , यस्तोमा स्वास्थ्य अनुसन्धानकर्ताहरूले कोरोनाका कारण आगामी ३ महिनामा थप १० लाख मानिसको मृत्यु हुने बताएका छन्।, पृथ्वीको उत्तरी गोलार्दका देशहरूमा जाडो सुरू भएसँगै यसमा तीब्र वृद्धि देखिनस... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन भएको छ।, युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधबार बिहान तुलसीपुरमा प्रदर्शन गरेको हो। , उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही?’ लेखिएको व्यानर बोकेका थिए।, बलात्कारीलाई कडाभन्दा कडा कानुन नहुँदासम्म यस्त... |
सेतोपाटी संवाददाता २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।, केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्।,
रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ।, यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मा... |
नारायण महर्जन पशुपति क्षेत्र विकास कोषको गुरूयोजनाविरूद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।, पशुपति क्षेत्र संयुक्त संघर्ष समिति काठमाडौंले बुधबार बिहान कोषको कार्यालय घेराउ गरेका हुन्।, पशुपति क्षेत्रलाई साँस्कृतिक स्वायत क्षेत्र घोषणा गर्न उनीहरूको माग छ।, उनीहरूले विकास कोष खारेज गर्न माग गरेका छन्।, प्लेकार... |
सेतोपाटी संवाददाता सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ। , असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका ... |
नेहा झा उनी डाक्टर त होइनन्, तर चन्द्रनगर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी उनको भर पर्छन्। उनी स्वास्थ्य स्वयंसेविका होइनन् न सुडेनी नै हुन्। तर स्थानीय गर्भवती महिलाहरू केही परे, उनी छन् भनेर ढुक्क हुन्छन्। स्वास्थ्यकर्मी पनि आफूले सुत्केरी गराउन सकेनन् भने उनैलाई बोलाउन जो पुग्छन्।, सर्लाही चन्द्रनगर गाउँपालिका-६ का ३... |
सेतोपाटी संवाददाता काठमाडौंको चाबहिलमा आकाशे पुलको उद्घाटन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान पुलको उद्घाटन गरेका हुन्।, फलामबाट बनेको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो। , बोलपत्रबाट छनोट भएको कान्छामान निर्माण सेवाले पुलको निर्माण गरेको हो।, २०७६ कात्तिक २७ गते नै सम्झौत... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ।, उनको बुधबार कोरोना पोजेटिभ आएको हो। , कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार नुवाकोट सभापति केसीलाई कोरोना संक्रमण देखिएको हो।, केही दिनअघि उनका दाजुसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।, जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुर निवासी ६२ वर्षीय सलिम नाउँ र नेपालगञ्ज १९ बासुदेवपुर निवासी ३३ वर्षीय इब्राहिम बेहना पक्राउ परेका छन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार मंगलबार दिउँसो साढे ३ बजेत... |
खिलानाथ ढकाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ।, प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो।, विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क... |
युवराज श्रेष्ठ मेक्सिकोका दुई युवा पदयात्राका लागि लकडाउन हुनुभन्दा ५ दिनअघि मात्र नेपाल आएका थिए। उनीहरूको लक्ष्य थियो अन्नपूर्ण आधार शिविर पदयात्रा जाने। जब चैत ११ गतेदेखि लकडाउन भयो, उनीहरू यतै थुनिए। , छोटो समयका लागि चैत पहिलो साता नेपाल उत्रिएका उनीहरू स्वदेश फर्कन चाहेनन्। कोरोना भाइरसबाट जोगिन मेक्सिकोमा भन्दा... |
सेतोपाटी संवाददाता कैलालीका प्रहरी प्रमुखसहित २२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) अनुपम शमसेर जबरा राणासहित २२ जनामा संक्रमण पुष्टि भएको हो।, आज कोरोना संक्रमण पुष्टि भएका २२ जना जिल्ला प्रहरी कार्यालय कैलाली... |
एजेन्सी कोरोना भाइरसको महामारी चलिरहेको बेला भीडभाड, जमघट, भेला, पार्टी नगर्न भनिएको छ।, बेलायतको म्यानचेस्टर युनिभर्सिटीको एक क्याम्पसका विद्यार्थीले भने यही बेला एक पार्टीको आयोजना गरे। त्यस पार्टीमा कोरोनाबाट जोगिने कुनै सुरक्षाका उपायहरू अपनाइएको थिएन। किनकी पार्टीमा निम्त्याइएका सबै पाहुना 'कोभिड पोजेटिभ' थिए। फा... |
सेतोपाटी संवाददाता अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरहरुले सडकमा प्रदर्शन गरेका छ्न्।, नेपाल मेडिकल एसोसिएसन धरान र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा बिपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन्।, उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो।, उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। , पछिल्लो २४ घ... |
नारायण खड्का परिवारका सदस्य धान रोप्न गएका थिए। , साउन २ गते ३५ वर्षीय अगलेश यादव बाँकेको जानकी गाउँपालिका-५ की १७ वर्षीया किशोरीको घरमा पुगे।, अगलेश बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ७ का हुन्। उनी विवाहित हुन्। , २१ वर्षीय भाइ मुकेश र ५५ वर्षीय हरिराम अहिरलाई पनि साथै लिएर गएका थिए। , तीन जना भएर किशोरीला... |
सेतोपाटी कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ। , विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारले सहयोग गरेको छ। , विस्तारित सडक र्यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्... |
सेतोपाटी संवाददाता बुधबार थप ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ। , यस अवधिम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.