content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने म... |
सेतोपाटी संवाददाता नागरिकता किर्ते मुद्दामा फरार भएका अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार भानु नगरपालिका-५ का ४६ वर्षीय प्रकाश मल्ललाई पक्राउ गरेको हो।, मल्ललाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। मल्ललाई नागरिकता किर्ते मुद्दामा २०५५ साल वैशाख २० गते जिल्ला अदालतले एक व... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले आइतबार संजय शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको एसपी इश्वर कार्कीले जानकारी दिए।, ‘उनले एक अन्तरवार्तामा मेयरको घाँटी काट्छु भनेकोले नख्खुबाट पक्राउ गरेका छौं,’ ... |
सेतोपाटी संवाददाता सर्लाहीमा भोलिदेखि निषेधाज्ञा हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोरोना संक्रमण फैलिन नदिने उद्देश्यका साथ विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञा भोलीदेखि हटाउने निर्णय गरेको हो।, ,जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आइतबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको सर्लाहीका प्रम... |
नारायण महर्जन बिहीबार झडप भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ आइतबार तानिएको छ। स्थानीय वासिन्दा, ज्यापु समाजका अगुवा र सदस्यहरू, पालोवाला टोलका प्रतिनिधिहरूको सहभागिता आइतबार दिउँसो पुल्चोकदेखि सोह्रखुट्टे पाटी लगभग २० मिटर रथ तानिएको हो। , रथ तान्नका लागि स्थानीय प्रशासनले आइतबार पाटन क्षेत्रको सुरक्षा व्यवस्था कड... |
साउथ चाइना मर्निङ पोस्ट अमेरिकामा गरिएको एक नयाँ अध्ययनले चिसो बढ्दै गएपछि घर बाहिरका सतहहरूमा कोरोना भाइरस लामो समयसम्म बाँचिरहन सक्ने देखिएको छ।, उदाहरणका निम्ति, कुनै पदयात्रीको ज्याकेटमा कोरोना भाइरस अड्केर बसेको छ र ज्याकेट एक सातासम्मै बाहिर छ भने पनि कम तापक्रम र हावामा आद्रता घटेका अवस्थामा भाइरस जीवितै रहनेछ।... |
समिक्षा अधिकारी काठमाडौं सहरमा वसन्त मगरको परिचय ट्याक्सी ड्राइभरको थियो। उनको पेसामा 'कोरोना संक्रमण' देखापरेको छ। पाँच महिना भयो, उनका हातले स्टेयरिङ समात्न पाएको छैन।, ऋणधन गरेर किनेको ट्याक्सी ग्यारेजमा थन्क्याउनु परेपछि सुरूमा त उनलाई छट्पटी भयो। लकडाउन कहिले खुल्ला भनेर अत्यास पनि लाग्यो। तर, सर्वत्र बन्द भएपछि ... |
रासस माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कबिहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कबिहीन छन्। , ,स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई सम्... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।, सर्लाही छकरघट्टा निवासी मृतक पुरुषको प्लाज्मा थेरापीबाट उपचाररत अवस्थामा आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , उनलाई गत भदौं १४ गते अस्पताल भर्ना गरिएको थियो। सुरुवातदेख... |
सेतोपाटी पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ।, अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।, गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालि... |
नारायण खड्का बाँकेमा आइतबार बेलुका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।, जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ निवासी ५९ वर्षीय पुरुषको नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आइतबार बेलुका साढे ८ बजे मृत्यु भएको हो।, जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी मधुमेह र मुटु... |
राजेश घिमिरे चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ।, आइतबार राति चितवन मेडिकल कलेजको प्रयोगशालाबाट प्राप्त रिपोर्टमा चितवनका १९ जनासहित ३० जनामा संक्रमण पुष्टि भएको थियो।, चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ। १८० जनालाई कोरोना निको भएको छ।, भरतपुर महानगरपालिकामा मात्रै संक्रमितको संख्या ६५७ ... |
सेतोपाटी संवाददाता विराटनगरमा कोरोना संक्रमित ७६ वर्षीय वृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।, विराटनगरस्थित कोभिड-१९ अस्पतालमा शनिबार भर्ना गरिएका वृद्धको सोमबार बिहान ३:३० बजे मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दीपक सिग्देलले बताए।, उनी विराटनगर-१० का हुन्। उच्चरक्तचापका बिरामी वृद्ध संक्रमण देखिएपछ... |
सेतोपाटी संवाददाता आइतबार रातिबाट परेको अविरल वर्षाका कारण पूर्वोत्तर ताप्लेजुङमा पहिरो जाँदा सिरिजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकको नागदेवा जलविद्युत आयोजनाको पावर हाउसमा काम गर्ने दुई जना कर्मचारी बेपत्ता भएका छन्।, आयोजनाको पावर हाउसमाथिबाट झरेको पहिरोले पुर्दा पावर हाउससँगै त्यसमा काम गर्ने तेल्लोकका ३० वर्षीय... |
सेतोपाटी संवाददाता ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ मा पहिरो जाँदा बेपत्ता दुई जनाको शव फेला परेको छ। , प्रहरीका अनुसार मृत्यु हुनेमा ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेवे रहेका छन्। , आइतबार राति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधीन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथिबाट झ... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालले पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरू गरेको छ।, अस्पतालले धनगढीकी एक कोरोना संक्रमित महिलालाई यसअघि ठिक भइसकेका संक्रमितको रगत दिएर प्लाज्मा थेरापी सुरू गरेको हो।, अस्थायी कोभिड आइसोलेसनको सघन उपचार कक्ष आइसियूमा उपचाररत् धनगढीकी ५७ वर्षीया महिलाको आ... |
सेतोपाटी संवाददाता भदौ १८ गतेदेखि सिल गरिएको सल्यानको कपुरकोट बजार सोमबार मध्यान्ह १२ बजेदेखि खोल्ने निर्णय भएको छ।, गाउँपालिकाको सोमबार विहान बसेको बैठकले बजार खोल्ने निर्णय गरेको हो।, सरोकारवालाहरुको परामर्शका आधारमा बजार खोल्ने निर्णय गएिको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए।, भदौ १८ गतेदेखि कपुरकोट ग... |
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित एक पोखरीमा डुबेर बेपत्ता भएका युवाको खोजी गर्नका लागि गोताखोर बोलाइएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ४ भकारेमा निर्मित कमिरे ड्याममा आइतबार दिउँसो नुहाउने क्रममा स्थानीय २३ वर्षीय गोपाल विक डुबेर बेपत्ता भएका थिए।, बेपत्ता युवाको खोजी आइतबार दिनभर भए पनि फेला नपरेपछि सोमबार गोत... |
सेतोपाटी संवाददाता चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेहरू चार वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासम्म छन्।, भरतपुर महान... |
सेतोपाटी संवाददाता काठमाडौं-१० बुद्धनगरस्थित एक सैलुनका सञ्चालक मृत अवस्थामा फेला परेका छन्।, न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन्।, सोमबार बिहान ९:१५ मा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।, उनको शैलुनको आधा सटर खुलेको थियो। उनको कुनै ... |
रासस कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरूले आपत्ति जनाएका छन्।, साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जान... |
विवेक राई काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार हुने गरेको पाइएको छ।, अस्पतालमा जनरल र आइसोलेसन बेड भनेर छुट्याइए पनि दुवै एउटै भवनमा रहेको र सबै बिरामीलाई जनरेल बेडमै राखेर उपचार गर्ने गरिएको पाइएको हो।, अस्पतालकी एक स्वास्थ्यकर्मीले सेतोपाटीसँग भनिन्, ‘... |
सेतोपाटी संवाददाता ’कोरोना संक्रमितको अंग निकाल्ने गरेको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले ५१ वर्षीय सुवाससुब्बा लिम्बूलाई सोमबार बिहान नख्खुपोटबाट पक्राउ गरेको हो।, उनलाई प्रहरीले ‘आफ्नो अन्तिम विकल्प’ भन्ने कार्यालयबाट पक्राउ गरेको हो।, महाशाखा... |
सेतोपाटी संवाददाता धनुषामा नियन्त्रणमा लिइएका सखुवा काठको गोलिया लैजाने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २ जना घाइते भएका छन्।, सखुवा काठको गोलिया लैजाने विषयमा बटेश्वर गाउँपालिकामा गएराति प्रहरी र स्थानीवासीबीच विवाद हुँदा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दीपकक... |
सेतोपाटी संवाददाता गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।, इस्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौर घर भई वडा नम्बर १ को छिनुवामा होटल गर्दै आएका २३ वर्षीय मोतिबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। , तर, उनलाई कसले र किन कुटपिट गर्यो कुरा खुल्न नसकेको प्रहरिले जनाएको छ।, सोमबार बिहान कुवँरल... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ।, आइतबार बसेको कोरोना नियन्त्रण समन्वय समितिको बैठकले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगरभित्रका पर्यटकीय र धार्मिक क्षेत्रहरुमा प्रवेश निषेध गर्ने निर्णय गरेको हो।, बढी भिडभाड हु... |
सेतोपाटी संवाददाता गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। , महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।, 'आज रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा स... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।, मन्त्री घिमिरेको कन्ट्याक्ट ट्रेसिङबाट उनका स्वकीय सचिवमा पनि कोरोना संक्रमण देखिएको उक्त मन्त्रालयले जनाएको छ।, भदौ १४ गते मन्त्री घिमिरेलाई संक्रमण देखिएको थियो। उनी अहिले होम आइसोलेसनमा छन्।, स्वकीय सचि... |
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ।, सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।, ज्योतिस कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको ... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। विगत तीन दसकदेखि कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका उनको सोमबार दिउँसो अस्पताल पुर्याउँदा मृत्यु भएको हो।, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्ष रहेका उनको स्वाब संकलन गरी लुम्बिनी प्रादेशिक अस्पतालमा... |
सेतोपाटी संवाददाता ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ।, गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन्।, बिहान करिब ११ बजे जिल्ला प्रशासन कार... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर–१ का जीवन बिकको मासु पसल अहिले बन्द छ। कहिले र कसरी खुल्छ भन्ने पनि निश्चित छैन। जीवनका दाइ गणेशलाई कोरोना संक्रमण भएको थाहा भएपछि बन्द भएको फ्रेस हाउस अझै पनि खुलेको छैन।, गणेश भने साउन १५ गते नै निको भई घर फर्किसकेका थिए।, ‘पसल त अहिले बन्द छ, कहिले खोल्ने थाहा छैन,’ जीवनले भने, ‘... |
सेतोपाटी रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा शनिबार बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए।, आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्... |
सेतोपाटी जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा विभत्स हत्या गरिएको अवस्थामा वृद्ध दाजुबहिनीको शव फेला परेको छ।, जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको शव आफ्नै घरमा फेला परेको हो।, दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प... |
एजेन्सी बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको संख्या २० पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन्।, उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन्। , घटनामा एक ७ वर्षीय बालकको समेत मृत्यु भएको छ।, नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार सा... |
राजेश घिमिरे चितवनमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।, संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्... |
राजेश घिमिरे चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।, अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो।, भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।, लगत्तै उनलाई ... |
एजेन्सी फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले फ्रान्सका लागि आउँदा दुई साता अझ सतर्क हुनुपर्ने आवश्यक रहेको बताएका छन्।, आगामी १५ दिनमा आईसियूमा भर्ना हुने विरामीको संख्या बढ्न सक्ने भएकोले सतर्क हुनुपर्ने बताएका हुन्।, केही दिनयता फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ।, एक टेलिभिजनलाई दिएको अन्तरवार... |
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको परीक्षण गरिएकोमा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार राति गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, संक्रमितहरूमध्ये पर्साका २४ र बाराका एक जना छन्। जसमा पुरु... |
सेतोपाटी ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ।, यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो।, आज बि... |
सेतोपाटी पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ।, छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रूपैयाँ जरिमानासमेत तिनुपर्ने नियम बनाइएको छ।, नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ।, विद्य... |
सेतोपाटी संवाददाता दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने भएका छन्।, जिल्ला प्रशासन कार्यालयमा जारी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।, ‘अझै पनि बैठक टुङ्गिएको छैन,’ रिजालले भने ‘ तर,सबैले बिहान ६ घन्टा बजार खोल्ने भन्ने कुरामा सहमति... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना संक्रमण देखिएको छ।, कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।, केही दिनअघि सोही प्रदेशमा कार्यरत् एसएसपी नरबहादुर केसीलाई संक्रमण देख... |
सेतोपाटी संवाददाता गोरखा नगरपालिका ७ धारापानीकी ७५ वर्षीया एक वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।, अचेत भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याएकी वृद्धाको शनिबार अपरान्ह ४:३० बजे मृत्यु भएको थियो। उनका परिवारका सदस्यमा यसअघि नै कोरोना संक्रमण देखिएकोले उनको पनि स्वाब परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।, आइतबार बिहान करिब ९ बजे ना७ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो। रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर च... |
सेतोपाटी संवाददाता मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।, प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षी... |
एजेन्सी भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोनाभाइरसको संक्रमित थपिएका छन्। , भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन्। अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।, योसँग भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। तीमध्य... |
सेतोपाटी संवाददाता दाङमा शनिबार एकै दिन ३७ जना कारोना संक्रमित थपिएका छन्।, शनिबार तुलसीपुर र घोराहीमा समान १८-१८ जना र शान्तिनगर गाउँपालिकामा १ जना गरि कुल ३७ जना संक्रमित फेला परेका हुन।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा भेटिएका संक्रमितहरू १ महिने बालकदेखि ७१ वर्ष उमेर सम्मका रहेका छन्।... |
एजेन्सी ३५ वर्षसम्म पाकिस्तानको चिडियाखानामा राखिएको हात्ती अब स्वतन्त्र हुने भएको छ।, पशु अधिकारकर्मीको निरन्तर दबाबपछि काभान नामक उक्त हात्तीले चिडियाखाना छाड्न पाउने भएको हो। , राजधानी इस्लामावादको मार्घाजार चिडियाखानामा रहेको उक्त हात्तीलाई 'विश्वकै एक्लो हात्ती'को रूपमा चिनिन्थ्यो।, शनिबार फोर पअजका प्रवक्ता मार्... |
सेतोपाटी संवाददाता निषेधाज्ञाका बेला पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा भिडन्त हुँदा पक्राउ परेकाहरुको मानवअधिकार रक्षा गर्न भन्दै राष्ट्रिय मानवअधिकार आयोग र महान्यायाधीवक्ता समक्ष उजुरी परेको छ।, अधिवक्ता समेत रहेका संजय अधिकारीले शनिबार इमेलमार्फत उजुरी गरेको बताए।, झडप भएको दिन र भोलिपल्ट विभिन्न गैरका... |
सेतोपाटी संवाददाता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड अस्पतालमा उपचाररत् कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, झापाको कन्काई-३ की ३९ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बिहान पौने ११ बजेतिर उन... |
सेतोपाटी संवाददाता कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एसियाली महिला उद्यमी परिषद नेपाल (एससिडव्लुइसी) ले नि:शुल्क खाना वितरण गरेको छ।, कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकालाई परिषदले निःशुल्क खाना वितरण गरेको हो। आर्थिक अभावमा भोकले पीडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानमा खाना वि... |
नारायण महर्जन रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह ३ बजेदेखि तानिने भएको छ।, रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।, आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तान्न लागिएको हो। यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गा:बहाल हु... |
सेतोपाटी संवाददाता संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।, गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगन्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। नौ कक्षामा ... |
सेतोपाटी संवाददाता साथीको जन्मदिन मनाएर फर्किँदा गएराति एक किशोरी बलात्कृत भएकी छिन्।, राति पौने ९ बजेतिर जंगलको बाटो एक्लै हिँडिरहेको अवस्थामा १८ बर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ।, उनलाई बलात्कारको आरोपमा पोखरा–२० भलामका ट्याक्सी ड्राइभर ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन्।, खत्रीले डर धम्की देखाएर बला... |
नारायण महर्जन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काँकडभिट्टा–इनरूवा रेलमार्ग निर्माणमा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।, चरम भ्रष्टाचार हुँदा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोले छानबिनका लागि दबाब दिन सामाजिक दूरी कायम राखेर प्रदर्शन गरिएको कांग्रेस नेता रञ्जित कर्णले जानकारी दिए।, उनीहरूल... |
सेतोपाटी संवाददाता आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।, त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरो... |
रूमा रिजाल धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका ... |
दि इकोनोमिस्ट 'कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्यान जानेछ।', यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी 'बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन' का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्।, ... |
सेतोपाटी संवाददाता चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो।, कोरोना पुष्टि हुनेहरू १० देखि ७३ वर्षसम्मका छन्।, भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ ... |
सेतोपाटी कोरोना भाईरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ।, कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइकासाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो।, यस अघि जारी निषेधाज्ञा आज र... |
विवेक राई कोरोना परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टिन बस्नू भनेर सरकारले भन्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिएपछि आफूलाई सम्भावित संक्रमित ठानेर क्वारेन्टिनमा बस्न पटक-पटक अपिल गरेका छन्।, सरकारको यो आग्रह स्वयं सरकारी निकायबाटै पालना भइरहेको छैन। त्य... |
विवेक राई अहिले काठमाडौं उपत्यकामा बिहान-बेलुकी चिसो बढ्न थालेको छ। याम परिवर्तनसँगै मानिसहरूमा मौसमी 'फ्लु' देखा पर्न सक्छ। चिकित्सकहरूका अनुसार ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, थकान महशुस हुनु लगायत मौसमी फ्लु (रुघामर्की) का लक्षण हुन्।, मुख्य कुरा के भने, अहिले सिंगो देश नै लडिरहेको कोरोना भाइरसको लक्षण पनि फ... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलाईसिस गराउदै आएका बुटवलका बिरामीको निःशुल्क पिसिआर परीक्षण सुरू गरेको छ।, डायलाईसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको एकिन गरिने भएपछि उपचारमा सहजता हुने भएको छ।, बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाईसिस गराउने सबै बिरा... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ।, दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।, गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए।, उ... |
सेतोपाटी संवाददाता मोरङमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, मृत्यु हुनेमा विराटनगर-४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।, विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु ... |
सेतोपाटी टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ।, काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो।, नगरपालिकाका प्रमुख प्रश... |
सविता बुढा बर्दिया बाँसगढीकी पूजा परियार काखमा डेढ वर्षको बच्चा च्यापेर कैलालीको त्रिनगर नाका हुँदै भारत जानेहरूको लाइनमा उभिएकी थिइन्।, आधा दिन चर्को घाममा उभिएकी उनी दुबै देशका सुरक्षाकर्मीले मागेका कागज पत्र देखाएर भारत पसिन्।, देशमा रोजगारी नभएपछि भारत जानु परेको उनले बताइन्।, ‘नेपालमै रोजगारी पाएको भए किन बच्चा ब... |
सेतोपाटी संवाददाता वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, उनलाई गत भदौं ५ गते अस्पताल भर्ना गरिएको थियो। वृद्धमा निमोनिया साथै पुर... |
रासस सिराहा चौहर्वा सडकखण्डअन्तर्गत सिराहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।, चोहर्वाबाट सिराहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्रयाक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवा... |
विवेक राई डा. उदयनाराण सिंह वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा संयोजक छन्। अस्पतालमा अहिलेसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। तीमध्ये चार जनाले अन्तिम सास फेरेको उनले आँखैअगाडि देखेका छन्।, हुन त चिकित्सकको लागि मृत्युको दृश्य कुनै नौलो कुरा हैन तर डा. सिंहले कोरोनाले भइरहेको मृत्युको दृश्यले अरूबेला भन्दा... |
सेतोपाटी संवाददाता काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत् एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, काभ्रे स्वास्थ प्रमुख नरेन्द्र कुमार झाले मृत्यु हुनेमा महोत्तरी बर्दिबासमा ७६ वर्षीय वृद्ध रहेका बताए।, उनकाअनुसार ती वृद्धको शनिबार बिहान ६ बजे मृत्यु भएको हो। उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्प... |
भगवती पाण्डे रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट।, बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ।, प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बु... |
सेतोपाटी संवाददाता ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव फेला परेको छ।, बुङ्गमती बस्ने उनको गोदावरी नगरपालिका-१० मूलडोलस्थित लेले जंगलमा शुक्रबार राति शव फेला परेको हो।, महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।, शुक्रबार राति नै उनको ... |
रासस राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ।, प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो। बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्रा... |
सेतोपाटी संवाददाता काठमाडौंमा छ हजार आइसोलेसन बेड बनाउने निर्णय गरेको सरकारले अहिलेसम्म दुई हजार पाँच सय बेड मात्रै तयार गरेको छ।, गत भदौ ४ गते मन्त्रिपरिषद बैठकले छ देखि १० हजारसम्म आइसोलेसन बेड बनाउने निर्णय गरेको थियो। उक्त निर्णय भएको दुई साताभन्दा धेरै समय भइसक्दा पनि निर्णयअनुसार तीव्र गतिमा आइसोलेसन बेड तयार गर... |
प्रशन्न पोखरेल कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ।, कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकोले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिका... |
सेतोपाटी संवाददाता शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शनिबार थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय २६ , ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना छन्। उन... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोप लागेपछि फरार रहेका दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बेदकोट नगरपालिका–३ का २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट छन्।, सोही ठाउँ स्थानीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक... |
सेतोपाटी संवाददाता सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ सप्तकोशी नदीको किनारमा एक युवतीको निर्वस्त्र अवस्थामा शव फेला परेको छ।, शनिबार बिहान साढे सात बजे बराह क्षेत्र-९ को नदीमा अन्दाजी १८/२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।, ती युवतीको ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा शनिबार ६ सय ६३ स्वाव नमूना परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ६३ जनाको परीक्षण गरिएकोमा २७, डडेल्धुरा अस्पतालमा १ सय १० नमूना परीक्षण गरिएकोमा १६ र जिल्ला अस्पताल डोटीमा १ सय ६ जनाको परीक्षण गरिएकोमा २ जनामा... |
रासस कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ।, जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ २८ गते १... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।, मृत्यु हुनेहरूमध्ये ३ जना महिला छन् भने ब... |
सेतोपाटी छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ।, पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ।, स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको... |
अमित ढकाल कृषिमा सपना, स-साना योजनाले पनि जिन्दगीमा उत्साहको जोहो गर्छन्। उत्साहले खुसीको।, यसपालि भदौ-असोजका लागि हाम्रो पनि त्यस्तै एउटा योजना थियो— मनाङको भ्राताङ जाने। , मनाङ सदरमुकाम चामेभन्दा ७ किलोमिटर टाढा २९ सय मिटरको उचाइमा छ, भ्राताङ। त्यहीँबाट भिडिओमा लाइभ बोल्दै हाम्रो नयाँ शृंखला 'कृषिमा सपना' सुरू गर्ने... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा हाइटेन्सनको लाइनबाट करेन्ट लागेर एक जना पुरूषको मृत्यु भएको छ।, शुक्रबार बिहान आठ बजे चन्द्रगिरि युथ क्लबको लागि बन्दै गरेको भवनमा गएका स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जनलाई करेन्ट लागेको थियो।, उनलाई तत्कालै प्रहरी तथा स्थानीयले शहिद मेमोरियल अस्पताल पुर्याएका... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई ३० वर्षीय छोराले बलात्कार गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।, मंगलबार महिलाले जबर्जस्तीकरणी गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ... |
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका छन्।, उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ।, घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर त... |
सेतोपाटी संवाददाता अनामनगरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय विकलाई प्रहरीले गत सोमबार बेलुकी पक्राउ गरेको हो।, उनले आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्कामाथि छुरा प्रहार गरी हत्या गरेका थिए।, प्रहरीका अनु... |
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्। , शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्... |
राजेश घिमिरे जेठ २४ गते नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोभिड-१९ अस्पताल बनाउने तयारी चल्दै थियो। जिल्लाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको खबर आयो। केहीबेरमा स्थानीय तहले संक्रमितलाई अस्पताल ल्याइहाले। कोभिड अस्पतालको तयारीमा लागेकाको भागाभाग भयो।, सुरूआती अवस्था सम्झँदै अस्पतालका व्य... |
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापा बादल बाढी प्रभावित बागलुङ ढोरपाटन क्षेत्रको स्थलगत निरीक्षण गरी फर्केका छन्।, शुक्रबार हेलिकप्टर चढेर ढोरपाटन नगरपालिका पुगेका गृहमन्त्री थापासहितको टोलीले बाढी प्रभावितलाई राहत वितरण गरेका थिए।, थापाले बाढीपहिरोमा परी मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरे।, उनले बिहीबा... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।, यीसहित हालसम्म सं... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छ... |
नेहा झा महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन।, लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे।, पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-... |
राजेश घिमिरे चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।, चितवन मेडिकल कलेजको कोभिड आइसियूमा उपचाररत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो पौने दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, ती महिलालाई बिहीबार रातिमात्रै प्लाज्मा थेरापी गरिएको थियो। ... |
सेतोपाटी संवाददाता गोंगबुमा कृष्णबहादुर बोहोराको निर्मम तरिकाले हत्या गरेको अभियोगमा पक्राउ परेकी कल्पना मुडभरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद प्रसाद पोखरेलको इजलासले चितवन घर भई गोंगबुको फ्ल्याटमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई बिहीबार पुर्पक्षका... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार थप १४ जनाको मृत्यु भएको हो।, योसँगै यसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको हो।, मृत्यु हुनेमा चार जना महिला छन्। उनीहरूमध्ये ८२ व... |
राजेश घिमिरे चितवनमा निषेधाज्ञा भदौ ३१ सम्मका लागि लम्बिएको छ।, जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।, अब जिल्लामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल सञ्चालन गर्न पाइने छ।, कोरोना संक्रमण बढ्दै गइएकाले... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.