content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता रुपन्देहीको गैंडहवामा शुक्रबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैंडहगवा गाउँपालिका वडा नम्बर ५ तेलण्डियास्थित लुम्बिनी कलौनी भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु १४ प ७९४४ नम्बरको मोटर... |
सेतोपाटी संवाददाता स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढेपछि नेपाली सेनाले दुई हप्ताभित्र सबैलाई कोरोनामुक्त बनाउने योजना बनाएको छ।, अहिलेसम्म नेपाली सेनामा ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २\३ जनाबाहेक सबै वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत छन्।, अस्पताललाई सुरक... |
रूमा रिजाल मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ बर्षीया सविना दर्जीको घरकै शौचालयमा लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ।, ७ महिनाकी गर्भवती सविना लडेको दिन मंगलबार सामान्य नै थिइन्। भोलिपल्ट बुधबार उनको स्वास्थ्य विग्रिन थाल्यो।, शरीर पुरै दुख्यो भन्न थालिन्। उनका पति भरत दर्जीले हतार हतार अस... |
युवराज श्रेष्ठ बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा बुधबार राति गएको पहिरोले घरबारविहीन भएको परिवार संख्या ७५ पुगेको छ।, पहिरोले घर पूर्ण रूपमा क्षती पुर्याएकाले पीडितलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।, पहिरो पीडित नागरिकलाई गृहमन्त्री रामबहादुर... |
नेहा झा जनकपुरधाम वडा नम्बर ८ मा रहेको श्रीराम हस्पिटलमा उपचारका लागि ल्याइएका एक डेढ महिने शिशुको मृत्युपछि चिकित्सक र परिवारबीच आरोप प्रत्यारोप चलेको छ।, चिकित्सकले औषधिको ओभर डोज दिएकै कारण मृत्यु भएको परिवारको आरोप छ भने परिवारको लापरबाहीका कारण शिशुको ज्यान गएको अस्पतालको दावी छ। यसअघि पनि चिकित्ककाे लापरबाहीकै क... |
सेतोपाटी संवाददाता बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ परेका छन्।, रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो।, त्यसैबीच प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनले प्रहरीमाथि ढुंगा हानेका थिए। उन... |
सेतोपाटी संवाददाता बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब... |
सेतोपाटी संवाददाता रुपन्देहीमा भदौ २ गतेदेखि जारी लकडाउनकाे स्वरूप फेरिने भएकाे छ।, बुटवल उपमहानगरपालिकामा साउन २९ देखि र रुपन्देही जिल्लाभरि भदौ २ गतेदेखि लकडाउन घोषणा गरिएको थियो।, पछिल्लो पटक भदौ १४ गते थप गरिएको लकडाउनको अवधि शनिबार राति १२ बजे सकिँदै छ।, लकडाउनको अवधि सकिन लागे पनि कोरोना संक्रमणको जोखिम यथावत् छ... |
सेतोपाटी संवाददाता गरिब मुलुकमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास 'गाभी' को कार्यक्रम अन्तर्गत कोरोना खोप खरिद तथा वितरणको नेतृत्व युनिसेफले गर्ने भएको छ।, विश्वव्यापी 'कोभ्याक्स फ्यासिलिटी' का तर्फबाट युनिसेफले उत्पादक तथा साझेदारसँगको सहकार्यमा कोरोना खोप खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको नेतृत्व गर्ने भएको ... |
रुमा रिजाल सुनसरीमा ९७ प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार ९७ जना प्रहरीमा संक्रमण देखिएको हो।, प्रहरीलाई सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा प्रवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।, प्रहरीको हिर... |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकाकाका २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बूले गरेको खुलेको छ।, प्रहरीले तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बू एक्लैले आफ्नै साथीको हत्या गरेको खुलेको हो। उनले प्रहरीसामु हत्या स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ।, हत्या भएकै दिन लिम्बूलाई प्रहरीले पक्राउ गरेक... |
सेतोपाटी विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड रूपैयाँ (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ।, अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।, द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाभित्र ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला जम्मा हुन नपाइने भएको छ।, कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो।, ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो।, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद... |
सेतोपाटी संवाददाता बिहीबार ललितपुरकाे पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको भन्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार ९ जनालाई पक्राउ गरिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको राईले बताए।, 'प्रहरीमाथि कुटपिट गर्नेहरू जसरी पनि... |
सेतोपाटी कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्।, करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो। , यसपछि श्वासप्रश्वासमा समस्या आएपछि उनको... |
युवराज श्रेष्ठ ढोरपाटन- ९ सुकुरदुङका केशवलाल पुन बुधबार राति रेडियो सुन्दै थिए।, रातको नौ बज्दै थियो, अचानक बत्ती गयो।, ३६ किलोवाट क्षमताको स्थानीय भुजीखोला चौंथो लघु जलविद्युत आयोजनाबाट निकालिएको बिजुलीबाट गाउँ उज्यालो थियो।, बत्ती गएपछि केशवलालले एउटा अनौठो आवाज सुने। आवाज झन् झन् ठुलो हुँदै गयो। पानी परिरहेको थियो,... |
सेतोपाटी संवाददाता निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ।, बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका ... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।, बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए।, उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग ब... |
सुदीप श्रेष्ठ पाटनको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो मच्छिन्द्रनाथको जात्रामा यसपालि ‘जात्रै’ भयो।, एक त कोरोना महामारीबीच रथयात्रा हुने कि नहुने टुंगो नलाग्दै रथ बनाउने अनुमति दिइयो। दोस्रो, अन्यौलबीच नै बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई रथमा विराजमान गराइयो र महिनौंदेखि सडकमा अलपत्र छाडियो।, त्यतिले नपुगेर, रातो ... |
सेतोपाटी संवाददाता रौतहट गरुडा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामलाई न्याय दिनुपर्ने माग राख्दै भएको विरोध प्रदर्शनका क्रममा झडप भएको छ।, विजयरामलाई प्रहरीले यातना दिएकै कारण मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेर स्थानीय विरोध प्रदर्शनमा उत्रिएका थिए।, इलाका प्रहरी कार्यालय गरुडा अगाडि झडप हुँदा ४ ... |
सेतोपाटी न्यायपरिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६-७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।, परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र गत साउन १ गतेदेखि यही भदौ २८ गतेसम्म सम्पत्ति विरवरण बुझाउन सूचना जारी गरेको हो।, परिषद्का प्रवक्ता मानवबहादुर कार्कीका अनुसार यही भदौ २८ गतेसम्म प्रधान... |
सेतोपाटी जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।, उनले भने, 'जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोल... |
सेतोपाटी विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ।, ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य सुरू भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिए।, डिसहोमलगायतका सहयोगीदात... |
सेतोपाटी ‘बी वान ग्रूप अफ कम्पनी’ ले एसईई उत्तीर्ण भएका विद्यार्थीहरूका लागि छात्रवृत्ति योजना ल्याएको छ।, कोभिड–१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना २०७७ ल्याएको हो। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेनदार तथा मिहिनेती विद्यार्थीहरूका लागि छात्रवृत्ति योजना ल्य... |
सेतोपाटी बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्।, गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।, दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।, यस्तै पाटन नगरपालिकामा ती... |
राजेश घिमिरे चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो।, संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन्।, भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधि... |
सेतोपाटी बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।, पहिरोमा परी २४ जना बेपत्ता छन्।, शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै... |
राजेश घिमिरे चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो पटक चितवन मेडिकल कलेजको प्रयोगशालाबाट सार्वजनिक गरिएको रिपोर्टमा चितवनका मात्रै ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितहरूमा अन्य जिल्लाका ३१ जना छन्।, यसअघि शुक्रबार विहान भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेक... |
सेतोपाटी गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।, हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।, पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन्। निर्देशनालयका अनुसार पोखर... |
एजेन्सी पश्चिमी जर्मनीको सोलिन्जेन शहरको एक फ्ल्याटमा पाँच जना बालबालिका मृत फेला परेका छन्।, प्रहरीले घटनामा आफूहरूलाई ती बालबालिकाकी २७ वर्षीया आमामाथि शंका भएको बताएको छ।, प्रहरीका अनुसार मृतक बालबालिकाकी ती आमाले घटनापछि नजिकैको रेल स्टेशनमा आत्महत्या गर्ने प्रयास गरेकी थिइन्।, बिबिसीमा प्रकाशित समाचारका अनुसार बा... |
सेतोपाटी संवाददाता धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्।, जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा भएको थियो।, उनका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सो... |
सेतोपाटी प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो।, वृत्तक... |
एजेन्सी अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले बिहीबार अक्टुबरसम्ममा कोरोना भाइरस विरूद्धको खोप बनिसक्ने सम्भावना एकदमै कम देखिएको बताएका छन्। यध्यपी उनले यो असम्भव भने नभएको पनि बताएका छन्।, 'धेरै मानिसलाई नोभेम्बर-डिसेम्बरसम्म यो आइसक्छ भन्ने लागिरह... |
सेतोपाटी सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ।, युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ।, विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँडा सा... |
सेतोपाटी संवाददाता धनुषामा थप एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।, भारतको आन्ध्रप्रदेशको विशाखापटनम घर भई धनुषामा कार्यरत ६५ वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए।, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थ... |
एजेन्सी भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले मुलुकमा लगातार दोश्रो दिन ८३ हजार बढी कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ।, २४ घण्टाको अवधिमा त्यहाँ ८३ हजार ३ सय ४१ जना नयाँ संक्रमित फेला परेका हुन्।, यसैगरी यो अवधिमा १ हजार ९६ जनाको मृत्यु भएको छ।, यो सँगै भारतको संक्रमित संख्या ३९ लाख ३६ हजार नाघेको छ... |
एजेन्सी फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।, बितेको २४ घण्टामा त्यहाँ ७ हजार बढीलाई संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ।, बितेको दुई दिनको संक्रमित संख्या ७ हजार बढी छ।, जोन्स हप्किन्स विश्वविद्यालयको आँकडा अनुसार फ्रान्समा हालसम्म ३ लाख ३८ हजार २ सय २० जना संक्रमित भइसकेका छन् भने सोका कारण मृत्यु ... |
सेतोपाटी संवाददाता रुपन्देहीमा शुक्रबार बिहान तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।, मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका छन्। तीमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, बुटवल उपमहानगरपालिका- १० रामनगरस्थित गौतम बु... |
सेतोपाटी संवाददाता सोलुखुम्बुमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्।, महाकुलुङ गाउँपालिका-२ दुङ भन्ने स्थानबाट १९ वर्षीया बहिनीमाथि बलात्कार गरेको आरोपमा बुधबार २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रवक्ता इन्स्पेक्टर मन्जित चौहानका अनुसार घटना साउन १ गते... |
नारायण महर्जन र निशा भण्डारी निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्।, आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।, अघिसम्म र... |
रासस रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।, आज बिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्र... |
सेतोपाटी संवाददाता बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बाग्लुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर काठमाडौं फर्किएको छ।, दिउँसोसम्म पनि बागलुङको मौसम नखुलेपछि सेनाको उक्त हेलिकप्टर काठमाडौं फर्किएको हो।, खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बाग्लुङ जान नसकेपछि एक घन्टाअगाडि पोखरामा अवतरण गराइएको थियो।, थापा... |
सेतोपाटी संवाददाता प्रदेश ५ सरकारले करार सेवामा रही कोरोना संक्रमितको उपचारमा खटिने कर्मचारीहरुका लागि बजेट स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइशोलेसन अस्पतालहरुको लागि थप जनशक्ति र बजेट स्वीकृत गरेको हो।, जसअनुसार ५ सय ८३ जना जनशक्ति र उनीहरुका लागि आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २ सय ८० रुप... |
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार बिहान निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको छ।, कोरोना महामारीको जोखिमबीच सयौं संख्यामा आएका स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए। प्रहरीले ... |
सेतोपाटी संवाददाता धनुषामा बाख्रा चराउन गएकी एक जना बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ।, धनुषाको गणेशमान चारनाथ नगरपालिका घर भएकी ती १५ वर्षीया बालिकामाथि भदौ १५ गते बलात्कार भएको हो।, गत सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारी भन्ने स्थानमा आँपको बगैंचामा आफ्नो चार जना साथीहरूसँग बाख्र... |
सेतोपाटी संवाददाता सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित बुधबार बसेको छलफलले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।, छलफलमा सहभागी अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पनि संक्रमण बढेकाले संक्रमितको उपचार गर्न अस्पताललाई कोभिड अस्पताल बनाइने ... |
सेतोपाटी संवाददाता बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।, यीसहित हालसम्म स... |
रासस बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिराेमा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ।, मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए।, बढी... |
सेतोपाटी संवाददाता अहिले टिकटकमा चालक बिना गुडाइएको एउटा सरकारी गाडिको भिडियो भाइरल भएको छ।, चालकले नै टिकटक बनाउनका लागि स्टार्ट गरेर बाहिर निस्किएको देखिन्छ। यो भिडियो टिकटिकबाटै सार्वजनिक भएको थियो। त्यसपछि अहिले फेसबुकमा पनि यो भिडियो भाइरल भएको छ।, ००१ झ ००९१ नम्बरको उक्त सरकारी गाडि चालकले स्टार्ट गरेर बाहिर निस... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ५७, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन्। उनीहरूको ... |
रासस चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ। सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ।, चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड बिस्त... |
सेतोपाटी संवाददाता चितवनमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।, चितवन मेडिकल कलेजमा उपचाररत् पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरूषको दिउँसो २ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।, मृतक पुरूष मिर्गौलाको रोगबाट ग्रसित थिए।, भदौ ९ गते अस्पतालमा भर्ना भएका उन... |
सबिना श्रेष्ठ मंगलबार वीर अस्पतालका नर्ससहित १३ जना कर्मचारीलाई कोरोना भाइरसको पुष्टि भयो। त्योसँगै अस्पतालमा संक्रमित संख्या ७१ पुग्यो।, ठूलो संख्यामा संक्रमित देखिएपछि अस्पतालले दुई दिनका लागि ओपिडी सेवा बन्द गरेको छ। बुधबार थप दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संख्या १५ पुगेको अस्पतालका निर्देशक डा. केदार सेन्... |
युवराज श्रेष्ठ गण्डकी प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो। रेग्मी अहिले पोखरामा होम आइसोलेसनमा बसेका छन्।, स्याङ्जाबाट निर्वाचित नेकपा सांसद रेग्मीले १३ दिनअघि बुटबलबाट आ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।, योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ। मृत्यु हुनेहरूमध्ये ४ जना महिला छन्।, प्... |
सेतोपाटी संवाददाता सुन्धारामा भवन भत्काइरहेको डोजरमाथि नै उक्त भवन खसेको छ।, बिहीबार अपरान्ह ४ बजेतिर काठमाडौं मलको ब्लक बीको भवन भत्किएर जेसिबी थिचिएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, 'भवन भत्काउने क्रममा जेसिबी पुरिएको थियो। चालकलाई एकछिन अघिमात्रै उद्दार गरी अस्पताल पठाइएको छ,' राठौ... |
रासस c, कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय ... |
राजेश घिमिरे चितवनमा प्लाज्मा दान सुरू भएको छ। कोरोना भाइरसको संक्रमणमुक्त भएका तीन जनाले बिहीबार भरतपुरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन्।, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले संक्रमणमुक्त हुनेहरूलाई स्वागत गर्दै प्लाज्मा दानको सुरूआत गरिएको घोषणा गरेको हो। प्लाज्मा दान गर्ने... |
सबिना श्रेष्ठ निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीय र प्रहरीबीच बिहीबार झडप भयो। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे। आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो। एक जना ट्राफिक प्रहरीलाई खेदी खेदी निर्घात कुटपिट गरियो।, काठमाडौं उपत्यकाका लागि जात्रा भनेका स... |
नेहा झा अहिले प्रदेश नम्बर दुई कोरोना माहामारीको ‘हटस्पट’ बनिरहेको छ।, विभिन्न स्थानीय प्रशासनले कोरोना नियन्त्रणकै लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्दै आएका छन्। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्रीसम्मले कोरोना माहामारी नियन्त्रण तथा रोकथामविरुद्ध लागि परेको बताउँदै आएका छन्। , ,यो प्रदेशमा १० हजार भ... |
सेतोपाटी संवाददाता शृंखलाबद्ध हत्या र अपराध बढेपछि प्रहरी प्रधान कार्यालयले रौतहटमा जिल्लामा प्रहरी प्रमुख फेरेको छ।, हाल कार्यरत् रौतहटका प्रहरी उपरीक्षक रविराज खड्कालाई जिम्मेवारीबाट अलग गराएर प्रधान कार्यालयले सिद्धिविक्रम शाहलाई खटाएको हो।, बिहीबार प्रधान कार्यालयले शाहलाई रौतहट प्रहरी प्रमुखको जिम्मा दिँदै खड्काल... |
रुमा रिजाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड- १९ अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारीअनुसार सप्तरीको राजविराज ७ का ५५ वर्षीय पुरूष छन् र राजगढ गाउँपालिका ६ का ५० वर्षीय पुरूष छन्।, ५५ वर्ष... |
सेतोपाटी संवाददाता चितवनमा बिहीबार साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।, भरतपुर अस्पतालमा उपचाररत् पूर्वीचितवन राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको आज साँझ ५ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ।, ती महिला तीन महिनादेखि मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गर्दै आएकी थिइन्।, खोकी र श्वासप्रश्वासमा... |
विवेक राई सरकारले सामान्य लक्षण भएका कोरोना संक्रमितलाई पनि सकेसम्म घरमै 'होम आइसोलेसन' मा बस्न भनेको छ।, दिनदिनै बढिरहेको संक्रमणका कारण अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सरकारले सामान्य लक्षणसहितका संक्रमितलाई घरमै बस्न भनेको हो।, संक्रमितहरूले घरमा बस्दा स्वास्थ्यकर्मीबाट नियमित परामर्श र निगरानी नभएको गुनासो गरे... |
सेतोपाटी संवाददाता बिहीबार दिउँसो ललितपुरको पुल्चोकमा भएको झडपमा केही फोटोपत्रकार घाइते भएका छन्। , महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार पुल्चोकमा स्थानीयबासी र प्रहरीबीचको भिडन्तमा चार जना प्रहरी र एक जना स्थानीय घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।, यो क्रममा केही फोटो... |
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वकाे खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ।, बिहीबार दिउँसो रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्ने भएका हुन्।, कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द... |
युवराज श्रेष्ठ कोरोना संक्रमणबाट पोखरामा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ।, पोखरा ६ लेकसाइडमा फ्रेस हाउस चलाउने ३७ वर्षीय पुरुषको मृत्यु भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल अचार्यले बताए।, कोरोना संक्रमणको आशंकामा ती युवा आफै स्वाब दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला पुगेका थिए।, उनको स्वाब परीक्... |
सेतोपाटी संवाददाता रौतहट माधवनारायण नगरपालिका-२ खेसरहियाका पुजारी श्रीराम साहको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ।, केही दिनअघि पक्राउ परेका देवाही गोनाही नगरपालिका-१ करुनियाका रामनरेश पटेल र बालकुमार पटेलको बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो।, प्रहरीले यी दुई व्यक्ति पक्राउ परेको सूचना गोप्य राखेको थ... |
सेतोपाटी संवाददाता चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको मृत्यु भएको छ।, धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी थिइन्।, प्रसूति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सोनिया स... |
सेतोपाटी संवाददाता अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको आरोपमा ७ जना पक्राउ परेका छन्। आरोपित दुई जना वडा अध्यक्ष फरार छन्।, पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजनाको नहर भत्काएको भन्दै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गरेको हो।, साउन १४ गते प... |
सेतोपाटी संवाददाता कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्दै १२ दिन थप गरिएको छ।, जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेसम्म लगाएको निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म थप गरेको हो। , निषेधाज्ञाले कतिपय नागरिकको जन–जीवन कष्टकर बनेकाले सुरक्षा सतर्कता अपनाएर विभिन्न कामहरु गर्न छुट दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना... |
सेतोपाटी संवाददाता कैलालीमा ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद भई फरार रहेका एक जना १२ वर्षपछि पक्राउ परेका छन्।, २०६५ सालको चैतमा जानकी गाउँपालिका १ का धनबहादुर चौधरीलाई बाटोमा खुकुरीले प्रहार गरी घाइते बनाउने सोही ठाउँका ३३ वर्षे धन शाही मंगलबार पक्राउ परेका हुन्।, केही व्यक्तिलाई यसअघि नै पक्राउ परी ज्यान मार्... |
भगवती पाण्डे समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै रुपन्देहीका कतिपय पालिकाहरूले सोह्र श्राद्ध अर्थात् पितृपूजन कार्यलाई वैकल्पिक तरिकाले गर्न आग्रह गरेको छ।, सबभन्दा पहिले तिलोत्तमा नगरपालिकाले भदौ १३ गते विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको महामारी रोक्न भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न अपील गरेको थिय... |
सेतोपाटी संवाददाता चितवनमा बुधबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका एक जनासमेत गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ।, , संक्रमितहरु १८ देखि ८० वर्षसम्मका छन्। भरतपुर महानगरपालिकामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ८ जना ... |
सेतोपाटी बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ।, सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।, अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्... |
सेतोपाटी व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार यहाँ सार्वजनिक गरेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारम... |
सेतोपाटी हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ।, एक घरबाट सुरू भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए।, बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ।, नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्... |
सेतोपाटी संवाददाता बागलुङमा बाढीले घरहरू बगाउदा ३० जना भन्दा बढी बेपत्ता भएका छन्।, ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष दिपक थापाका अनुसार ३० जना भन्दा बढी सम्पर्कविहीन भएको जानकारी सेतोपाटीलाई दिएका छन्।, थापाका अनुसार दुई जनाको शव फेला परेको छ भने बाढीले बस्ती नै बगाएको छ।, 'कति घर बगाएको यकिन भइसकेको छैन।... |
सेतोपाटी संवाददाता बिहीबार वीरगन्जमा थप १ सय १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, बुधबार राति गरिएको परीक्षणमा ८० पुरुष र ३० जना महिलामा संक्रमण देखिएको हो।, ... |
राजेश घिमिरे चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।, चितवन मेडिकल कलेजमा उपचारत भरतपुर-११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो।, झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।, भेन्टिलेटरमा उपचारको ... |
सेतोपाटी सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।, सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँ... |
सेतोपाटी गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरूले ढुङ्गामुढा प्रहार गर्नुका साथै गालीगलौच गरेका छन्।, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनाको टोलीमाथ... |
सेतोपाटी संवाददाता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल आएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, अस्पतालका कोरोना फोकल पर्सन ... |
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ।, बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।, उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपाल... |
सेतोपाटी बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ।, ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए।, उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सो... |
सेतोपाटी संवाददाता बुटवलमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ।, प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरूषको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा बुधवार राति मृत्यु भएको हो।, अस्पतालका अध्यक्ष एजाज आलमले गत भदौ १० गतेदेखि अस्पतालको आइसियूमा उपचाररत् ती पुरूषको बुधबार राति सवा नौ बजेतिर मृत्यु भएको... |
सेतोपाटी कोरोना संक्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ।, मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरम... |
सेतोपाटी संवाददाता लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले बिहीबार निषेधाज्ञा तोडेर तान्ने प्रयास गरेका छन्।, कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको छ। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुस... |
राजेश घिमिरे चितवनमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापीको अन्तिम तयारी भइरहेको छ। भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले कोरोना संक्रमितको रगत संकलन गरेर प्लाज्मा निकाल्नका लागि प्राविधिक रुपमा तयार रहेको जनाएको छ।, केन्द्र र भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि आफूहरू तयार रहेको जानकारी गराउँदै जिल्... |
सेतोपाटी संवाददाता मोरङमा जुवातास खेल्ने १२ जना पक्राउ परेका छन्।, कानेपोखरी-५ चालिसबिघेस्थित एक घरबाट १२ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।, प्रहरीले जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ बरामद गरेको छ।, पक्राउ पर्नेमा झापाका ३६ वर्षीय विमल गुरुङ, ३७ वर्षीय सञ्जीव भघनी, ३६ वर्षीय तारा कुमार जोगी, २८... |
सेतोपाटी संवाददाता बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ।, नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ३६ जना बेपत्ता भएको सिडिओ सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार ११ शवमध्ये १ जनाको पहिचान खुलेको छ।, मृतकमध्ये २६ वर्षी... |
सविता बुढा कैलालीको घोडाघोडी नगरपालिका-७ कीर्तिपुरकी निर्मला चौधरीको परिवार ३२ जनाको थियो। , उनका बुवा संयुक्त परिवारका जेठा छोरा।परिवार चलाउने जिम्मा उनकै काँधमा थियो।, ८ वर्षकी हुँदा निर्मला स्कुल जान थालिन्। उनी स्कुल जान थालेको ३ वर्षपछि बुवा बिते। बुवा बितेपछि जम्बो परिवारको जिम्मा निर्मलाका जेठा दाइका काँधमा सर्... |
सेतोपाटी संवाददाता बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामै रोकिएको छ।, खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।, ‘स्याङ्जासम्म पुगेको थियो तर मौसम खराब रहेकाले अगाडि बढ्न नसकेपछि पोखर... |
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचार गर्ने क्रममा भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, महिलाको बुधबार राति पौने दुई बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।, मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको थियो।, डा. शाक्यले मृतक महिला लामो समयदेखि किड्नीका बि... |
सेतोपाटी संवाददाता झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या घटनाका दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन्।, उनले जघन्य प्रकृतिको हत्या घटनामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने पनि माग राखेका छन्। सांसद... |
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार बिहान सवा ९ बजे मृत्यु भएको हो।, अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार ती महिला भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल... |
नेहा झा जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्।, धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्।, प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामा... |
सेतोपाटी संवाददाता बुधबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एक हप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ।, तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरप... |
राजेश घिमिरे स्थानीय सहकारी संस्थामा युरिया मल आइपुगेको जानकारी पाएर बुधबार बिहान सबेरै लाइनमा बसेका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन्।, जिल्लामा आएको करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिएको थियो।, बुधबार सहकारी संस्थाले वितरण गर्ने जानकारी पाएर सबेरै ल... |
सेतोपाटी संवाददाता काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।, अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाका अुनसार मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध छन्।, उनले दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाए।, तनहुँ स्थायी घ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.