content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता झापाको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा धारिलो हतियार प्रयोग गरेर घाँटी छेदन गरिएको अवस्थामा पुरूषको शव फेला परेको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने गोमन सिंह भनिने गोविन मगरको घाँटी छेदन गरेको अवस्थामा शव फेला परेको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बत...
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् भक्तपुरका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ निवासी उनको मंगलबार राति ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए।, गत भदौ ५ गते अस्पताल भर्ना भएका उनी कोभिडसँगै निमोनियाबाट ग्रसित थिए। उनक...
सेतोपाटी संवाददाता पाल्पामा माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ।, मंगलबार साँझ तिनाउ गाउँपालिका वडा नम्बर ३ श्रीडाडामा अविरल वर्षासँगै माथिबाट खसेको ढुंगा लागेर माथागढी गाउँपालिका वडा नं ७ रहवासकी २९ वर्षीया समिक्षा चौहानको मृत्यु भएको हो।, ढुंगाले थिचेर गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा बुटव...
सेतोपाटी संवाददाता ७ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा ४० वर्षीय बुवा पक्राउ परेका छन्।, मंगलबार महानगरीय प्रहरी वृत्त बानेश्वरले बालिकाको बुवालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार छोरीकी आमा विदेशमा बस्ने गर्थिन्।, 'आमा विदेशमा बस्थिन् अहिले भने नेपालमा ...
एजेन्सी एक बहुराष्ट्रिय सर्वेक्षणले एक तिहाइ अमेरिकी उपलब्ध भएपनि कोरोना भाइरसको खोप लिन तयार नभएको देखाएको छ।, सर्वेक्षणले अमेरिका विश्वमा खोपलाई लिएर सबैभन्दा शंकालु राष्ट्रमध्ये एक भएको देखाएको छ।, वर्ल्ड इकोनोमिक फोरमका लागि आइपिएसओएस एमओआरआइ गरेको सर्वेक्षणमा अमेरिकाका रहेका ३३ प्रतिशत उत्तरदाताले खोप नलिने बताएक...
सेतोपाटी संवाददाता कोरोना निको भएर वडाध्यक्ष घर फर्कँदा मोटरसाइकल र्‍याली गरेपछि रौतहटमा झडप भएको छ।, गुजरा नगरपालिका -६ का अध्यक्ष सकिल अन्सारीसहित करिब २० वटा मोटरसाइकलमा सवार युवाहरू र  सोही वडाका गाउँलेबीच मंगलबार राति झडप भएको हो।, निषेधाज्ञा जारी रहेका बेला होहल्ला गर्दै मोटरसाइकल र्‍याली गरेको भन्दै स्थानीयले व...
सेतोपाटी संवाददाता विराटनगरका व्यवसायीलाई हातहतियार देखाएर रकम असुली गर्ने पाँच जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कटहरी गाउँपालिका-२ आदर्श टोलस्थित एलेक्स भन्ने रविन शर्मालाई उनको घरबाट पक्राउ गरेको हो।, उनको घरबाट प्रहरीले एक थान पेस्तोल र तीन वटा गोली समेत बरामद गरेको थियो। अन्य चार जनालाई...
रासस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरशतर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन्।, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग२ख ४...
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरू गरिएको छ।, सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरू गरेको हो।, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको ...
रासस सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ। , , प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बुधबार  थप ३  सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप  ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ५०, ललितपुरका २९ जना र भक्तपुरमा ९ जना छन्।, उनीहरूक...
सेतोपाटी संवाददाता म्याग्दी जिल्ला अदालतबाट जन्मकैद पाएका हत्याका ५ जना फरार प्रतिवादी ११ वर्षपछि पोखराबाट पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएका विशेष टोलीले फरार प्रतिवादी पक्राउ गरेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरण कुँवरले बताए।, पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका– ४ का बलमान घर्ती, रुमका...
रासस जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन।, खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ। कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्...
विनोद सापकोटा झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको विभत्स हत्याको अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्धत लिइने भएको छ।, मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, घटनास...
सेतोपाटी संवाददाता बुधबार मुलुकभर कोरोनाका ११२० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किए...
गिरीश गिरी सोमबार बिहान उठ्नेबित्तिकै अर्को अप्रिय समाचार थपियो– वीरगन्ज महानगर प्रमुखका पिताको मृत्यु।, वीरगन्जलाई बाहिरबाट चिन्नेहरूका निम्ति यो समाचारको शीर्षक स्वाभाविकै होला। तर, वीरगन्जका रैथानेहरूका निम्ति होइन।, उनीहरूका लागि त केही वर्षयता मात्र सार्वजनिक रूपले चिनिएका महानगर प्रमुख विजय सरावगीको उल्लेखभन्दा ...
सेतोपाटी संवाददाता उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कर्फ्यू लगाउनपर्ने निष्कर्ष निकालेको छ।, बुधबार भएको उपत्यका फोरमको भर्चुअल बैठकले उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने देखिएकाले कर्फ्यूसम्म गर्नुपर्ने निष्कर्ष निकालेको हो।, यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधि...
सेतोपाटी संवाददाता सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्।, साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न स...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ।, मृत्यु हुनेहरूमध्ये ६ जना महिला छन् भने...
सेतोपाटी संवाददाता कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुर्खेत जिल्ला अदालतले आफ्ना सेवा बन्द गरेको छ।, बुधबार सूचना जारी गर्दै जिल्ला अदालतले बुधबारदेखि अर्को सूचना नआउँदासम्म सबै सेवा बन्द गरिएको जानकारी दिएको छ।, कार्यालयका एक जना कर्मचारीको पिसिआर परीक्षण गरिएको र उनैमा कोरोना देखिएपछि सेवा बन्द गरिएको जिल्ला अदालत...
सेतोपाटी संवाददाता अछाममा हँसियाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा ५२ वर्षका दीपक कुँवर पक्राउ परेका हुन्।, उनले घरायसी विवादमा ४६ वर्षीया श्रीमतीलाई गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल...
सेतोपाटी संवाददाता नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका विनयविक्रम राणाले दर्ज्यानी चिन्ह पाएका छन्।, सैनिक जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले राणालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।, भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।, ...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालले इच्छा लागेर जँचाउन आउने व्यक्तिसँग शुल्क लिएर कोरोना परीक्षण गर्न सुरू गरेको छ।, संघ र प्रदेश सरकारबाट आएको निर्देशन र अस्पताल व्यवस्थापन कार्यसम्पादन समितिको निर्णय अनुसार निर्देशिकाले तोके बाहेकका व्यक्तिबाट २ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न सुरू गरेको हो।, अस्पतालका स...
रासस कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ। , रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरे । सो अवसरमा नगरपालिकाका ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ।, साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।, उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ।, बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्...
सेतोपाटी संवाददाता काठमाडौंमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, काठमाडौं निवासी  ७८ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार राति साढे १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनी गत भदौ ९ गते मेघा अस्पतालमा उपचाररत थिए। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ...
लिखितेन्द्र श्रेष्ठ कोरोना संक्रमण देखिएपछि हिजोआज म पाटन अस्पतालको आइसोलेसनमा छु।, मेरो आमा, भाइ, र छोरा पाटनकै आइसोलेसनमा छौं। हामीलाई यहाँ एउटै कोठामा बस्ने व्यवस्था अस्पतालले मिलाएको छ। आमालाई डाइबेटिजले पनि पिरोलेको छ। कोरोनासँगै डाइबेटिज उच्च विन्दुमा पुगेकोले उहाँलाई गाह्रो भइरहेको छ।, मेरो बुवा पनि पाटन अस्पता...
दिपकजंग शाही कालिकोटको रास्कोट नगरपालिका-२ की सिरा सार्कीको घरमा चौथो सन्तान जन्मिदै थियो। यसअघि पनि उनका दुई छोरी र एक छोरा थिए।, कान्छो छोरालाई भने उनले देख्न पाइनन्।, भदौ ९ गते सिराले छोरा जन्माएकी थिइन्। तर उनले छोरालाई काखमा लिन पाइनन् किनकी सुत्केरी हुँदा उनी जीवन-मरणको दोसाँधमा थिइन्। छोराको मुख पनि हेर्न नपाई ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ११ जना मृतकमा काेराेना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक २ सय ३९ जनामा कोरोना पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका छन् भने अरु १० पुरुष छन्। महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ पुरुषको कोरोनाबाट मृत्यु ...
सेतोपाटी संवाददाता मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।, यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएक...
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकामा थप ४  सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४  सय  ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना छन्।, उनीहर...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेसनमा छन्।, कोभिड-१९ को रोकथामका लागि सबभन्दा बढी सक्रिय मन्त्रीका रूपमा चिनिएका घिमिरेलाई शनिबार रातिदेखि कोरोनाका लक्षण देखिन सुरू गरेका थिए।, 'मलाई शनिबार रातिदेखि नै झाडापखाला भयो। हिँडिराख्नुपर्ने ...
रासस दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ। मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए।, मनसुन न्यून चापीय रेखा नेपालको...
रासस जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।, ,भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ। सुदूरपश्चिम प्...
राजेश घिमिरे मंगलबार दिउँसोसम्ममा क्यान्सर अस्पताल भरतपुरमा ६१ जना बिरामी तथा कुरुवालाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरुमध्ये ९० प्रतिशत चितवन बाहिरका हुन्। उनीहरु अहिले कहाँ कसरी बसिरहेका छन् भन्ने विषयमा अस्पताललाई जानकारी छैन।, उपचारपूर्व गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका केही व्यक्ति सवारीसाधनको जोहो गरे...
सेतोपाटी संवाददाता मास्क नलगाएकालाई बैंकभित्र प्रवेश गर्न रोक लगाउँदा सेक्युरिटी गार्ड कुट्ने तीन जना पक्राउ परेका छन्।, प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका ४का ३२ वर्षीय लालबहादुर थापा, धनराज पौडेल र वडा नम्बर ८ का २९ वर्षीय बिमल कोइरालालाई सोमबार पक्राउ गरेको हो। , उनीहरू भदौ २ गते वडा नम्बर ९ सुन्तलिटारस्थित कृषि व...
सेतोपाटी संवाददाता वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनले संक्रमितहरूमा नर्स र सरसफाइका कर्मचारी रहेको जनाए।, संक्रमितहरूकाे पूरा विवरण भने आउन बाँकी रहेको उनले बताए। मंगलबार १३ जना सं...
सबिना श्रेष्ठ र नारायण महर्जन कोरोना महामारी नहुन्थ्यो र हामी लकडाउनले घरभित्रै थुनिएका हुन्थेनौं भने यति बेला काठमाडौं आफ्नो सबभन्दा ठूलो सांस्कृतिक उत्सव मनाइरहेको हुन्थ्यो।, यो 'येँया पुन्ही' अर्थात् इन्द्रजात्राको समय हो। नेपाल भाषामा ‘येँ’ भनेको काठमाडौं, ‘या’ भनेको उत्सव र ‘पुन्ही’ भनेको पूर्णिमा। अर्थात्, यो पू...
सेतोपाटी संवाददाता पनौती नगरपालिका वडा नम्बर ५ की कोरोना संक्रमित एक गर्भवतीले छोरीलाई जन्म दिएकी छन्।, मंगलबार दिउँसो २ः ४५ बजे धुलिखेल अस्पतालमा ३४ वर्षीय गर्भवतीको सफल प्रसुती भएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।, ‘आज दिउँसो पौने तीन बजे एक संक्रमित गर्भवतीले दुई किलो ९०० ग्राम तौलको शिशु जन...
सेतोपाटी संवाददाता सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरू आन्दोलित भएका छन्। , कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै मंगलबारदेखि  उनीहरू आन्दोलित भएका हुन्।, सरकारले कोरोनाको उपचारमा खटिने चिकित्सक...
राजेश घिमिरे चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको हो।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा ...
सेतोपाटी प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ।, आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्ष...
सेतोपाटी संवाददाता कास्की प्रहरीले मंगलबार २८ जना फरार अभियुक्त पक्राउ गरेको छ।, दण्डहीनताविरूद्धको अभियान अन्तर्गत कास्की जिल्ला अदालत तथा प्रशासनबाट कैद तथा जरिवाना फैसला भएका ती अभियुक्त पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।, पक्राउ पर्नेमा स्याङ्जा घर भई पोखरा-२७ बस्ने २१ वर्षीय अनि...
सेतोपाटी संवाददाता कारागारबाट १६ वर्षअघि भागेका कर्तव्य ज्यानमुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, कैलाली प्रहरीको टोलीले कैलारी गाउँपालिका-५ का ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो।, २०६१ कात्तिक ७ गते सोही ठाउँका २३ वर्षीय रामबहादुर कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या आरोपमा उनी कारागार चलान भए...
सेतोपाटी संवाददाता डर, धम्की देखाएर बलात्कार गरेको आरोपमा पोखराबाट एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्।, पोखरा-१० अन्नपूर्ण टोलका ५५ वर्षीय हरीबहादुर गुरुङ सोमबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। प्रहरीले बलात्कार आरोपी गुरुङलाई घरबाटै पक्राउ गरेको हो।, पक्राउ परेका गुरुङलाई जिल्ला अ...
सेतोपाटी ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।, मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो।, चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो।, यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका ...
रूमा रिजाल करेन्ट लागेर सुनसरीको दुहबीमा एक जना महिलाको ज्यान गएको छ।, सुनसरी दुहबी-१२ बुगडरी मुस्लिम टोल बस्ने २७ वर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको हो।, मंगलबार दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाउँदै गर्दा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेको थियो।, 'करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारार्थ लैजाद...
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, भैरहवा स्थित भीम अस्पतालमा उपचाररत् पश्चिम  नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार मृ...
सेतोपाटी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।, केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।, बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ।, तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको भनाइ छ।, संगठनका युरोप निर्देशकले युरोपमा राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताउँदै यस्तो बताएका हुन्।, 'जब हामीले महामारीविरूद्ध विजय हासिल गर्नेछौं, त्यो ख...
सेतोपाटी कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ।, देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले संक्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो।, क्यान्सरका बिरामीक...
नारायण खड्का सल्यानमा एक निजी विद्यालयका फाउन्डर तथा शिक्षकबाट बलात्कारमा परेकी भनिएकी एक किशोरी केही दिन यता सम्पर्कविहीन भएकी छन्।, जिल्लाको बागचौर निवासी अन्दाजी  १४-१५ वर्षकी ती किशोरी भदौ १२ गते घरबाट नै सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।, केही समय पहिला मात्रै बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु भऐको छ।, बारा घर भएका उनको वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो।, उनको मंगलबार राति १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, गत आइतबार उनलाई तराई अस्पतालबाट गण्डक रिफर गरिएको थियो। उनमा उक्त रक्ताच...
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, मंगलबार राति गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पु्ष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, संक्रमितहरूमध्ये बाराका ५०, पर्साका १३ र गण्डक अस्पतालमा रहेका एक जना व्यक...
सेतोपाटी संवाददाता वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, बाराको कोल्भि निवासी उनको मंगलबार बिहान ५ बजेतिर मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , उनलाई गत भदौं १० गते अस्पताल भर्ना गरिएको थियो। मधमेहका समेत रोगी रहेका उनल...
सेतोपाटी संवाददाता वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय सोमबार राति पौने ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , ठेगाना नखुलेका उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो। डा. चौतसियाले मृतक पुरुष सडकमा...
सेतोपाटी संवाददाता काठमाडौंबाट बिरामी बोकेर उपचारको लागि नारायणघाट जादैँ गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।, मंगलबार बिहान पौने पाँच बजे ना ५ च १०३० नम्बरको एम्बुलेन्स चितवनको ईच्छाकामना गाउँपालिका-३ फिस्लिङमा सडकबाट एक सय मिटर तल खस्दा दुर्घटना भएको हो।, घटनामा एम्बुलेन्समा सवार पाँच जना घाइते भएको सशस्त्र प्रहरीका...
सेतोपाटी लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ।, यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरू हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले ...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार विहान २:५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।, कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई ...
सेतोपाटी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ।, कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाख...
प्रशन्न पोखरेल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।, ‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्...
सेतोपाटी संवाददाता धरान ११ मा सोमबार साँझ निमोनियाबाट पीडित  एक वृद्धको मृत्यु भएको छ।, उनलाई कोरोना संक्रमण भए-नभएको पुष्टि गर्न आज पिसिआर परिक्षण गरिदैंछ।, बिहान जनप्रतिनिधि, स्वास्थ्य महाशाखाको टोलीले घरमा नै पुगेर स्वाब संकलन गरेका छन्। उनको केही घण्टाभित्र रिपोर्ट आउने महाशाखा प्रमुख उमेश मेहताले बताए। , ‘हिजो सो...
भगवती पाण्डे इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।, थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको छ।, संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीलाई आवेदन दिन आह्वान गरिएको मन्त्र...
सेतोपाटी यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन्।, सुरूमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन्।, उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँ...
सेतोपाटी संवाददाता सल्यानमा प्रहरीले बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जनालाई पक्राउ गरेको छ।, बालविवाह गराउन खोजेको अभियोगमा प्रहरीले बेहुला बेहुली, बेहुलाका बाबु आमा र पुरोहित (बाहुन)लाई समेत पक्राउ गरेको छ।, आइतबार विहान विहेको जग्गेबाट सल्यानको बागचौर नगरपालिका वडा नं. ८ गैरागाउँ निवासी दु...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ।, गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो।, गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, मंगलबार विहान पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदां साईकल यात्री बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ वर्षीय धने पार्कीको मृत्यु भएको हो।, घटनामा लालझाँडी गाउँपालिका वडा नम्वर ४ घर भएका मोटरसाइक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ।, उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।, भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय ...
सेतोपाटी संवाददाता कैलालीमा डेरावाल महिलालाई बलात्कार गरेको आरोपमा एकजना घरबेटी पक्राउ परेका छन्।, धनगढी उपमहागरपालिका-७ का २८ वर्षीय श्रीराम राना आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको आइतबार आरोपमा पक्राउ परेका हुन्।, ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान काममा गएका बेला कोठामा गएर डराइधम्काइ जबरजस्ती क...
सेतोपाटी संवाददाता रूपन्देहीको रोहिणी गाउँपालिकामा गत भदौ ६ गते मृत्यु भएका व्यक्तिको परिवारका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, रोहिणी गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय मृतकका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको ...
रासस राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधार...
सेतोपाटी संवाददाता सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ।, जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्। उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।, त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्...
रासस लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।, लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेको र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार...
सेतोपाटी संवाददाता रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजयराम चमारमाथि सोधपुछ गर्ने तीन जना प्रहरी निलम्बनमा परेका छन्।, जिल्ला प्रहरी कार्यालय रौटहटले एक प्रहरी निरीक्षक र दुई जना हवल्दारमाथि अनुसन्धान गर्न निलम्बन गरेको प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए।, इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नविनक...
सेतोपाटी संवाददाता महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ।, सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडाैं उपत्यकाका विभिन्न सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने 'डमी' बनाएर राखेको छ।, 'डमी...
खिलानाथ ढकाल विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले काठमाडौं मेडिकल कलेजको आधा बढी सेयर किन्ने भएका छन्।, आधा सेयर किन्ने पक्का भएपछि उनी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका हुन्। ९ जना सञ्चालकहरूको सामूहिक सेयरमा चलिरहेको काठमाडौं मेडिकल कलेजमा २५ प्रतिशत लगानी गर्दै शर्मा अध्यक्ष भएका...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेका छन्।, स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि आफूहरूले साझा धारणा तयार गरेको काठमाडौंका ...
सेतोपाटी संवाददाता सोमबार साँझ मृत्यु भएका धरान ११ का वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ।, कोरोना संक्रमणको आशंकामा उनको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।, ‘स्वाबको रिपोर्ट पोजेटिभ आएछ,’स्वास्थ माहाशाखा प्रमुख उमेश मे...
सेतोपाटी संवाददाता इलामको सूर्योदय नगरपालिका करफोक विद्या मन्दिरस्थित क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।,  , उनको गए राति ११ बजेतिर मृत्यु भएको हो। सूर्योदय नगरपालिका वडा नं. ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले जानकारी दिए।...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा फर्किने बताएका छन्।, आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले जनताको निरन्तरको साथ, सहयोग र समर्थनले आफूलाई थप ऊर्जा प्राप्त भएको बताएका छन्।,उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँ...
सेतोपाटी संवाददाता भक्तपुरको पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ।, मंगलबार दिउँसो करिब सवा १ बजे चाँगुनारायण नगरपालिका-८ बस्ने २५ वर्षीय योगेन्द्र लिम्बूको शव फेला परेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन्।, उनी सोमबार दिउँसो आफ्ना साथीसँग कलमसी बोजनी रिसोर्टन...
भगवती पाण्डे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सेवा शुरु भएको छ।, गत भदौ १ गते नियमित गर्भ परीक्षणका लागि अस्पताल आएकी बुटवल ११ की गर्भवतीलाई शल्यक्रिया गर्नुपर्ने भन्दै कोहलपुर पठाइएपछि व्यापक आलोचना भएको थियो।, त्यसको दुई साता नबिल्दै सोमबार रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया म...
सेतोपाटी संवाददाता आस्क फाउन्डेसनले कोरोना संक्रमित स्वास्थ्यकर्मीहरूलाई निशुल्क टेलिमेडिसिन सेवा दिने भएको छ।, नेपाल चिकित्सक संघ र फाउन्डेसनबीच स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा बसेको अवस्थामा निशुल्क मोबाइलबाट आवश्यक परामर्श सेवा दिन गरी सम्झौता भएको हो।, फाउन्डेसनका चिकित्सक डा‍. प्रभात अधिकारीले अब होम आ...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार सोमबार कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।, योसँगै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।, सोमबार मृत्यु हुनेमा ज्यान गुमाउने ती...
सेतोपाटी संवाददाता बाँकेमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गरिएको छ।, भेरी अस्पतालमा सोमबार कोरोनामुक्त भएका बाँकेका दुई जनाले प्लाज्मा दान गरेका हुन्।, जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले  नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १ का अध्यक्ष तथा नेपालगञ्जका प्रवक्ता प्रमोद रिजालले बाँकेमा पहिलो पटक ...
चेतना गुरागाईं अमेरिकी पर्यटक टम रिचर्डसन र जोअना लुज त्यो रात सबभन्दा पहिला घटनास्थल पुगेका थिए।, पेरिसको सेन नदीछेउ घुम्दै गर्दा अल्मा सुरुङमार्गमा उनीहरूले जोडदार धमाका सुने। आत्तिँदै हेर्दा एउटा कार दुर्घटनाग्रस्त अवस्थामा थियो। सडक डिभाइडरमा ठोक्किएर भित्तामा बजारिएको कार उनीहरूले परैबाट देखे। आधा भाग कच्याककुचुक...
सेतोपाटी संवाददाता वीरगन्जमा थप एक जना व्यक्तिको कोरोना भारइसको संक्रमणबाट मृत्यु भएको छ।, वीरगन्ज-२४ निवासी ८० वर्षीय वृद्धको सोमबार दिउँसो साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, उनको वीरगन्जस्थित हेल्थ केयरमा मृत्यु भएको हो।, उनलाई गत शनिबार अस्तपताल भर्ना गरिएको थियो। स...
सेतोपाटी संवाददाता बझाङका तीन स्थानीय तहका विभिन्न पाँच वटा वडामा निषेधाज्ञा जारी गरिएको छ।, कोरोना संक्रमण बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दुर्गाथली गाउँपालिकाका तीन र छबिसपाथिभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाका एक/एक वडामा निषेधाज्ञा जारी गरेको हो।, दुर्गाथली गाउँपालिकाको वडा–४ र ५ मा गएरातिदेख...
विवेक राई भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। कोरोनाभाइरसको संक्रमण रोक्न उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरे पनि यही समयमा उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै बढेको छ।, आइतबारमात्र उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो। यो उपत्यकामा अहिलेसम्म एकैदिन देखिएको धेरै स...
सेतोपाटी संवाददाता सरकारले सुदूरपश्चिमका तीन अस्पतालमा भेन्टिलेटर र आइसियू सेवा विस्तार गर्न लागेको छ।, संघीय सरकारले डडेल्धुरा अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको टीकापुर अस्पतालमा भेन्टिलेटर सहितको आइसियू सेवा विस्तारका लागि ७ करोड बजेटको सुनिश्चितता पठाएको छ ।, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्...
एजेन्सी आइतबार ताइवानको राजधानी ताइपेइको दक्षिणमा अवस्थित स्हिन्चु सहरमा अन्तर्राष्ट्रिय चंगा महोत्सवमा थियो।, मान्छेहरू साना-ठूला चंगा उडाउँदै, हेर्दै मजा लिइरहेका थिए। यही क्रममा आयोजकहरूले विशेष प्रकारको सुन्तले रङको ठूलो चंगा हावामा छाडिदिए। सबै उक्त चंगा उडेको हेर्न उत्साहित देखिन्थे। , तर त्यहाँ अचानक त्यो मजा भ...
सेतोपाटी संवाददाता मन्त्रिपरिषदले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ।, कोरोना महामारीका कारण रोकिएका परीक्षा नेपाल मेडिकल काउन्सिलले अब सञ्चालन गर्न सक्नेछ।, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सरकारले काउन्सिललाई निर्देशन दिएको हो। परीक्षार्थी परीक्षा केन्द्रसम्म...
राजेश घिमिरे ‘अस्पतालको सहर’मा डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु भएको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्न निर्देशन दिएको छ।, आइसियू र भेन्टिलेटर नभएको भन्दै अस्पतालले बिरामीको उपचार नै सुरू नगरेको समाचार सार्वजनिक भएपछि प्रशासनले जरूरी सूचना जारी गर्दै अस्पताल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।, उनले आफूमा संक्रमण पोजेटिभ देखिएको सेतोपाटीलाई जानकारी दिए।, 'म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,' मेयर शाक्यले भने।, उनले ...
सेतोपाटी संवाददाता सरकारले बहराइनका राजकुमारसहित १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिकलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइट अनुमति दिने भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो।, बहराइनका राजकुमारसहितको १८ जनाको टोली मनास्लु र लोवुचे हिमाल आरोहणका लागि नेपा...
सबिना श्रेष्ठ पाटन पिम्बहालबाट पुल्चोक लबिम मलतर्फको बाटोमा छ छाबहाः। पुरानो शैलीको प्रवेशद्वार छेउमै एउटा हिति (ढुंगेधारा) छ, जुन बहाःकै नामबाट छाबहाः हिति भनेर चिनिन्छ।, यो पाटनको एउटै मात्र हिति होला, जहाँ वर्षभरि पानी आउँछ। अन्य धेरै सुकिसकेका छन् भने कुनैमा बर्खा महिनामा मात्र पानी आउँछ। यसमा भने बर्खाबाहेकको समय...
रासस गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ।, थप तीन जनाको शव आज भेटिएको हो । पहिरोमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो।, दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, आज प्रकाश दोङ, साइली दोङ...
सेतोपाटी संवाददाता सरकारले नेपालका शिक्षण संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई नेपाल आउन दिने निर्णय गरेको छ।, नेपालका शिक्षण संस्थामा पढ्न आवेदन वा भर्ना गरेको प्रमाणका आधारमा उनीहरू नेपाल आउन सक्नेछन्।, मन्त्रिपरिषदले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई आउन दिने निर्णय गरेको हो।, मन्त्रिपरिषदका निर्णय सोमबार सार...
सेतोपाटी संवाददाता कञ्चनपुरमा माछा मार्न गएका बेला डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एकको सकुशल उद्धार गरिएको छ।, लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीमा माछा मार्न गएका बेला बगेका सोही ठाउँका १५ वर्षीया मोनिका राना र १४ वर्षीया निष्ठा रानाको डुबेर मृत्यु भएको हो।, आइतबार दिउँसो ३ बजेतिर उनीहरूलाई नदीले बगाएको थियो। ...