content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ।, शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो।, संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले सेतोपाटीलाई बताए।, दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी फ्रन्टलाइ...
सेतोपाटी संवाददाता कोरोना रोकथाम र नियन्त्रणमा उत्कृष्ट योगदान गर्ने चिकित्सक, नर्स तथा सुरक्षाकर्मीलाई बारबरा फाउन्डेसनले सम्मान प्रदान गर्ने भएको छ।, फाउन्डेसनले आफ्नो जीवनभन्दा माथि उठी कोरोना रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट काम गरेका चिकित्सक, नर्स र सुरक्षाकर्मीलाई नगद सम्मान प्रदान गर्ने भएको हो।, बारबरा फाउन...
सेतोपाटी संवाददाता प्रदेश-१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्री घिमिरेले आफूलाई संक्रमण पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।, 'मैले आजै बिहान मात्र स्वाब परीक्षण गराएको थिए। राति साढे ९ बजेतिर पोजेटिभ देखियो भनेर खबर पाएँ,' उनले भने।, मन्त्री घिमिरेले आफूलाई आइतबार बिह...
सेतोपाटी संवाददाता वीरगन्जमा थप १८ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , कुल ४ सय १० जनाको परीक्षण गर्दा जम्मा १८ जनामा संक्रमण देखिएको हो। संक्रमितहरूम...
सेतोपाटी संवाददाता भक्तपुरमा पोखरीमा पौडी खेल्न गएका एक युवा डुबेर बेपत्ता भएका छन्।, सोमबार दिउँसो साढे दुई बजे चाँगुनारायण नगरपालिका-८ स्थित कलमसी बोजनी रिसोर्टनजिकै रहेको पोखरीमा दुई युवा पौडी खेल्न गएका थिए।, तीमध्ये एक जना पाँचथर घर भई वडा ८ बस्ने २५ वर्षीय योगेन्द्र लिम्बू डुबेर बेपत्ता भएका हुन्।, दुई जना साथी ...
सेतोपाटी संवाददाता आफ्नै भतिजीलाई बलात्कार गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार दिउँसो १२ बजे नुवाकोट लिखु गाउँपालिका-५ स्थित कालिमाटी धारा बस्ने १४ वर्षीया बालिकामाथि आफ्नै ४५ वर्षीय काकाले बलात्कार गर्न खोजेकाे आराेप छ।, बालिकाले लुगा धोइरहेको अवस्थामा अचानक ती पुरुषले पछाडिबाट संवेदनशिल अंगमा समाउ...
सेतोपाटी संवाददाता पोखरा-७ फिर्केखोलामा सोमबार एक नवजात शिशु देखियो। भर्खरै जन्मिएको नाल पनि नकाटेको शिशु खोलाको पानीमा डुबेको थियो। शिशुलाई सेतो पारदर्शी प्लाष्टिकमा बेरेको अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।, खोलामा बग्दै आएको नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे।, प्रहरी टोली प...
सेतोपाटी संवाददाता काठमाडौंमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै थियो। त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका सह-प्राध्यापक रञ्जनकुमार दाहाललाई भने घरमा बस्ने फुर्सद थिएन।, लकडाउनकै बीचमा उनी एउटा अध्ययनका लागि इलाम पुगे। इलामबाट फर्केको केही दिनपछिको कुरा हो। आजभन्दा झन्डै २५ दिनअघि उनलाई अकस्मात् सुख्खा खोकी लाग्...
नारायण खड्का टाउकोमा लागेको चोटको उपचार गराउन भैरहवा गएका एक दम्पतिलाई कोरोना संक्रमण भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी श्रीमान्- श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्द...
सेतोपाटी धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख रूपैयाँ बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ।, धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० रूपैयाँ बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाय...
सेतोपाटी तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना संक्रमितमध्ये उनीहरू पनि छन्।, गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुव...
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'मनकी बात' नामक कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ।, त्यहाँको सरकारी रेडियो आकाशवाणीबाट आइतबार प्रसारण हुँदै आएको यो कार्यक्रम दुरदर्शनका अलावा कयौं निजी टेलिभिजन च्यानलबाट एकसाथ प्रसारण हुनेगर्छ।, यस्तै पिआईबी भारतीय जनता पार्टी र ...
राजेश घिमिरे चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।, भेन्टिलेटरमा उपचाररत् भरतपुरका ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो। ती पुरुषमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।, चितवनमा कोरोना संक्रमणबाट मृत्यु ...
सेतोपाटी वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बाबुको निधन भएको छ।, उनी ७८ वर्षका थिए।, १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बाबु चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको अस्पतालका एक चिकित्सकले सेतोपाटीलाई बताएका छन्।, पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो। उनलाई रक्तचाप तथा मिर्...
सेतोपाटी बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा  महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ।, दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन  कृष्णगोपाल चौधरीले जानकारी दिए।,  उनका अनुसार कोरोना संक्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ।, जिल्लामा रहेका ३ सय २९ क...
सेतोपाटी संवाददाता गोरखा नगरपालिकाका ५ वटा वडा सोमबारदेखि सिल गरिएको छ।, समुदायस्तरमै कोरोना फैलिएको आशंकामा नगरपालिका कार्यालयसहित वडा नम्बर १०, ११, १२, १३ र १४ नम्बर वडा सिल गरिएको हो।, मेयर राजनराज पन्तले सूचना निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेका छन्।, ‘केहि वडामा समु...
सेतोपाटी संवाददाता कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकाहरू सबैका शव आइतबार साँझ फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेहरूमा कालिकोटको शुभकालिका गाउँपालिकाका ५ वर्षीय निराज शाही, शुभकालिका–७ का ४० वर...
राजेश घिमिरे चितवनमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ।, भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा च...
सेतोपाटी संवाददाता प्रहरीले पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले आइतबार राति १० बजे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।, प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा तनहुँ सुक्लागण्डकी-१२ घर भई पोखरा-१७ बिरौटा ...
विनोद सापकोटा मेची प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा आजदेखि कोभिड १९ संक्रमित बिरामीको उपचार हुने भएको छ।, आज अपरान्ह ४ बजेदेखि पुरानो भवनमा रहेका संक्रमितलाई नयाँ भवनमा लगेर उपचार गरिने अस्पतालले जनाएको हो।, अन्य बिरामी र कोभिड १९ का बिरामीको उपचार एउटै भवनमा हुँदा अस्पतालमा अन्य रोगका बिरामी उपचारका लागि आउन छो...
सेतोपाटी संवाददाता मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, बेलबारी नगरपालिका-८ बस्ने २८ वर्षीया फूलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो।, आइतबार साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागि फूलकुमारी बेहोस भएकी थिइन्। लगत्तै उनलाई पथरी अस्पतालमा उपचारको लागि लगिएको थियो। जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी प्रहरीले बाराबाट १८० किलोग्राम गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।, सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी महोत्तरीको टोलीले बारा कोल्ची नगरपालिका-१ श्रीपुर मसहर्नास्थित सिम्रनगढ जाने बाटोबाट सोमबार बिहान गाँजासहित कार बरामद गरेको हो।, सशस्त्र प्रहरीका अनुसार प्रदेश नम्बर ३ ०२२च ८१३४ नम...
प्रशन्न पोखरेल भर्ना खुलेसँगै निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने भएका छन्।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको हो।, ‘भर्ना खुलेपछि मात्रै निजी विद्यालयले शुल्क लिन पाउँछन्,’ मन्त्रालयका प्रवक्ता दीप...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ।, तिलोत्तमा नगरपालिका वडा नम्बर ४ की ६८ वर्षीया वृद्धालाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बस्दै आएकी थिइन्।, वडा अध्यक्ष दिवाकर ढकालले भदौ ११ गते कोरोना पुष्टि भएपछि अस्पतालमा बस्नुभन्दा घरमै बस्न खोजेपछि घरम...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरूवा भएको छ।, प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो।, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता सिन्धुलीमा प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा विप्लव समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।, तीनपाटन गाउँपालिका-८ तिल्पुङडाँडास्थित भीमसेन निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई अपहरण गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो।, उनीहरूमध्ये एक जना सुनसरी धरान उपमहानगरप...
सेतोपाटी संवाददाता ९ वर्षीया बालिकालाई चार महिनादेखि पटक-पटक बलात्कार गरेको आरोपमा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, भूतपूर्व भारतीय सैनिक रेशबहादुर गुरुङलाई प्रहरीले आइतबार स्याङजाबाट पक्राउ गरेको हो।, स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-१० मिलनचोक बस्दै आएका ५५ वर्षीय गुरुङ प्रहरीमा जाहे...
युवराज श्रेष्ठ फेवातालमा प्लास्टिकका बोतल तैरिरहेका देखिन्छन्।, यी बोतल आगन्तुकले पानी खाएर तालमा फालेका होइनन्। तिनलाई डोरीले बाँधिएको छ।, रित्ता डुङ्गाहरू पनि फेवातालमा अचेल एक्कै ठाउँ तैरिरहन्छन्। ती बोतल र ढुङ्गालाई डोरीले जोडेको छ। छालले डुङ्गालाई नलैजाओस् वा वर्षाको पानीले डुबेको डुङ्गालाई पछि चिन्न सकियोस् भनेर...
रासस कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ। लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ।, ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान ...
जुना श्रेष्ठ अनिष तामाङलाई सानैदेखि 'मेकअप'मा रूचि थियो। आमाले ऐनाअगाडि उभिएर शृंगार गर्दा उनी हेर्दै त्यसको नक्कल गर्थे। तर उनको यो रहरलाई समाजले 'स्त्रीलिङ्गी चरित्र' भन्थ्यो।, छिमेकीहरूले 'विचरा' भावमा परिवारलाई भन्थे, 'भएको एउटा छोरा पनि छोरीजस्तै भयो है?', मेकअप भनेको छोरी मान्छेका लागि मात्रै हो भन्दै समाजले बार...
सेतोपाटी संवाददाता आइतबार राति १० बजेतिर काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट ५४ वर्षीय पुरूष घर फर्किँदै थिए।, १० दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।, आइतबार उनी निको भएर घर फर्किदै थिए।  , भक्तपुर नगरपालिका-१० कमलपोखरी घर भएका पुरूषलाई प्रदेश नम्बर ३००१-००२झ ५१३०को एम्ब...
सेतोपाटी संवाददाता धनुषा जिल्लामा थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।, जिल्ला प्रशासन कार्यालय धनुषाको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी आगामी आइतबार अर्थात् २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको ...
सेतोपाटी संवाददाता सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ।, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए।, 'अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने।, यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तो...
सेतोपाटी संवाददाता सप्तरीको एक विद्यालयमा फलामको गेट खस्दा एक बालकको मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ मा विद्यालयको फलामको गेट खस्दा त्यसमा च्यापिएर एक जना बालकको मृत्यु भएको हो।, वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय छपकीको लगभग डेढ महिना पहिले मात्रै पूर्णनिर्माण गरिएको फलामको गेट खस्दा उक्त विद्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३ सय ७२ जना, ललितपुरका १२ जना र भक्तपुरमा ४५ जना छन्।, उनीहरूको व...
सेतोपाटी संवाददाता आइतबार देशभर कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ।, विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबा...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो।, योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ।, मृत्यु हुनेमा चार जना महिल...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरूलाई आफ्ना स्वास्थ्यकर्मीहरूका लागि क्वारेन्टिनको व्यवस्थापन गर्ने निर्देशन दिएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सबै अस्पताललाई आफ्ना स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन अनिवार्य व्यवस्थापन गर्न सर्कुलर गरिएको ज...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकनथलीका ७७ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।, वृद्धलाई अस्पतालबाट थप उपचारका लागि धुलिखेल अस्पताल लैजान एम्बुलेन्समा राख्दाराख्दै मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।, उनलाई गत शुक्रबार सिभिल अस्पतालबाट समिट अस्पताल ‘रिफर’ गरिएको थियो। त्यस...
सेतोपाटी संवाददाता गत भदौको ७ गतेदेखि रुपन्देही जिल्लामा जारी गरिएको लकडाउनको अवधि एक साता थप गरिएको छ।, यसअघि जिल्लाका कतिपय पालिकाहरूले आ-आफ्नै तरिकाले लकडाउन जारी गर्दै आए पनि गत ७ गते सम्पन्न जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसीको बैठकले एक साताको लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थिय...
सेतोपाटी संवाददाता केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको जेलर लक्ष्मी बाँस्कोटाले बताए।, कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब लिएर गएको थियो। बाँस्कोटाका अनुसार ६५ ...
सेतोपाटी संवाददाता बैतडीमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ।, आइतबार बसेको कोरोना जोखिम नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।, यसअघि भदौ १४ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक हप्ता थपिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानक...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा आइतबार थप एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।, डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत् २७ वर्षीय प्रहरी जवानलाई संक्रमण पुष्टि भएको हो।, उनलाई काठमाडौंबाट सरुवा भएर आएपछि ड्युटीमा नखटाई क्वारेन्टिनमा राखिएको थियो।, उनीसँगै क्...
विवेक राई कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २५७ जना कोरोना संक्रमित भर्ना भएका थिए। तीमध्ये २१२ जना एक सातामै निको भएर फर्के। ती सबै लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामी हुन्।, केन्द्रले संक्रमितहरूलाई खुवाउने आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढेर छिटो निको भएको त्यहाँका कोभिड...
राजेश घिमिरे अस्पतालै अस्पतालको सहर भरतपुरमाथि बिरामीको ठूलो भरोसा छ।, तर, यहाँका अस्पतालहरू भने अचेल बिरामीको उपचारबाट भाग्ने प्रतिस्पर्धामा छन्। अस्पतालहरूको यही प्रतिस्पर्धाका कारण आइतबार जण्डिस र कलेजोका एक बिरामीले ज्यान गुमाए।, बिरामी जुनसुकै समस्याका हुन्, यहाँका निजी अस्पताल तथा मेडिकल कलेजहरू ज्वरो आएकालाई भर...
युवराज श्रेष्ठ सरकारी स्वास्थ्य सेवाको तल्लो निकाय हो- स्वास्थ्य चौकी। सर्वसाधारणसँग सिधा सम्पर्कमा रहेर स्वास्थ्य सेवा दिने स्वास्थ्यचौकीले कोरोना भाइरसविरूद्धको अभियानमा पनि अन्य स्वास्थ्य अभियानमा जस्तै खटिएर काम गरेका छन्।, पोखरा महानगरपालिका- २५ हेम्जाको स्वास्थ्य चौकीले नियमित सेवा सँगसँगै कोरोना रोकथामका लागि प...
सेतोपाटी संवाददाता सुनसरीमा पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, भोक्राहा नरसिंह गाँउपालिका-४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नरसिंह -६ बस्ने २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको हो।, आइतबार दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिश...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार डोटी जिल्ला अस्पतालमा ८८ नमूना परीक्षण गरिएकोमा ११, डडेल्धुरा अस्पतालमा ३ सय ५७ जनाको परिक्षण गरिएकोमा ४९ र सेती प्रादेशिक अस्पतालमा ५ सय ८५ नतिजा परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो।, डडेल्धुरा अस्पतालको प्रयोगशा...
सबिना श्रेष्ठ काठमाडौंका भूषण शिल्पकारले तीन साताअघि कोरोना भाइरसका कारण आफ्नो मामा गुमाए। मामाकै परिवारका अन्य सदस्य पनि कोरोना संक्रमित छन्, जसलाई उनी गुमाउन चाहन्नन्।, उनको मामाघर वीरगन्ज हो। ४५ वर्षीय मामालाई वीरगन्जमा लक्षण मात्र देखिएको थियो। डाक्टरले घरमै आइसोलेसन बस्न सुझाए।, उनी पाँच दिन घरैमा बसे, तर झन् झन्...
भगवती पाण्डे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुखलाई नियन्त्रणमा लिएको छ।, प्रदेश ५ अन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख मनिष अर्याललाई बुटवलस्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयकै गेटबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलका ...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्राललये काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई होटलको आइसोलेसनमा राख्न सकिने गरी छलफल अघि बढाएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नै खर्चमा राम्रो सुविधामा बस्न चाहने संक्रमितलाई होटलको आइसोलेसनमा राख्नेगरी छलफल अघि बढेको बताए।, 'यसबारे छलफल भइरहेको छ। पैसा हुने र अलि...
सेतोपाटी संवाददाता ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ।, हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनल...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाभित्र कोरोना भाइरस (कोभिड १९)का संक्रमित संख्या ९१ पुगेको छ।, स्वास्थ्य  शाखा संयोजक डाक्टर सुधा महर्जनद्वारा जारी विज्ञप्तिमा नगरपालिकाले १५ वडामा कुल संक्रमित संख्या ९१ जना पुगेको उल्लेख छ।, नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोरोना रोकथामका लागि तीव्ररूप...
सेतोपाटी संवाददाता रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरलाई पठाइएको छ।, कुँवरलाई प्रहरी प्रधान कार्यालयले मंगलबारबाट हाजिर हुने गरी काज खटाएको हो। कुँवर संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत् थिए।, कुँवरको काज सरुवा शनिबार नै भएको हो। तर, आवश्यक प्रक्रिया मिलाउनुपर्ने भ...
सेतोपाटी संवाददाता कनकाई नदीको बाढीले कटान गरेर घरबारविहिन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माको घर निर्माण सुरू भएकै दिन हङकङबाट एक लाख सहयोग जुटेको छ।, मेची अभियानमार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छानासहितको आरसिसी घर निर्माणका लागि एक लाख जुटेको अभियानका संयोजक विजय डालमियाँले जानकारी ...
सेतोपाटी संवाददाता ‘हन्ड्रेड समूह’ले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ।, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएकाहरूलाई र असहाय व्यक्तिहरूलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको हो।, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरू भएपछि चैत १८ ग...
सेतोपाटी संवाददाता वीरगन्जमा थप ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , संक्रमितमध्ये पर्साका ३२, बाराका ४, सर्लाहीका एक जना छन्। अर्का एकजना व्यक्तिको भ...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आइतबार मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ।, आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका ...
राजेश घिमिरे चितवनका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो उल्लेख छ।, संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्।, भरतपुरमा आइतबार राति गरि...
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ।, जोखिम र संक्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै संक्रमित पत्ता लगाइ रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आ...
राजेश घिमिरे शनिबार एकै दिन चितवनका १ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ एकैदिन सय भन्दा बढीको संख्यामा संक्रमित फेला परेका हुन्।, शनिबारै दिउँसो चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र  धुलिखेलस्थित प्...
सेतोपाटी वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते भएका छन्।, वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।, घाइते हुनेमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५...
एजेन्सी उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।, दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेको भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो।, भवनको भग्नावशेषमा फसेका कम्तीमा ५७ जन...
सेतोपाटी संवाददाता सुनसरी र झापाका दुई स्थानमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ।, सुनसरीको इनरुवा नगरपालिका-८ का १२ वर्षीय छोरा बसिम मियाँको घरनजिकै जमेको पानीमा शनिबार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।, यसैगरी, झापाको भद्रपुर नगरपालिका-४ महेशपुरका १८ वर्षीया कमला चेम्जोङको देउनिया खोलामा ...
सेतोपाटी संवाददाता वीरगन्जमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।, रौतहटको राजपुर निवासी उनको आइतबार बिहान पौने ८ बजे गण्डक अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या रहेको डा. चौ...
सेतोपाटी कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्।, बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ।, निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदा...
सेतोपाटी कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्-श्रीमतीलाई पक्राउ गरेको छ।, पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै दुई लाख रूपैयाँ नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया ...
सेतोपाटी संवाददाता सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। , , सप्तरीको राजविराज नगरपालिका-२ की ती महिला ६२ वर्षीया महिला विगत केही दिनदेखि होम आइसोलेसनमा बस्दै आएकी थिइन्।, शुक्रबार अचानक उनलाई श्वास फेर्न गाह्रो भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।, उनम...
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिकामा भएको दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।, बा२झ ४०११ नम्बरको चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैरे र सोही नगरपालिका-१० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरूको प्राथमिक स्वास्थ्य क...
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत् तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। , उनले भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे...
सेतोपाटी संवाददाता उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस संक्रमित एक पुरूषको होम आइसोलेसनमै गएराति मृत्यु भएको छ।, भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।, श्वासप्रश्वासमा समस्य...
सेतोपाटी संवाददाता आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिराले चार घर पुरेको छ।, पहिराले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिराले पुरेको छ।, पहिराले घरमा रहेको अन्नपात पुरेको तथा हजारौँ रोपनी जमिन क्षत...
सेतोपाटी संवाददाता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैको कोरोना परीक्षण गरिने भएको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार आइतबार अस्पतालमा कार्यरत ९० देखि १०० जना सबैको स्वाब संकलन गर्ने तयारी छ।  , ‘आज अस्पतालमा कार्यरत सबै जनाको स्वाब संक...
सेतोपाटी संवाददाता आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना छ।, हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का ...
सेतोपाटी संवाददाता नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।, आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएक...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीका किसान दीलिप भण्डारीसँग टेलिफोनमा कुराकानी गरेका छन्।, गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर २ बाघमारेका ३५ वर्षीय किसान भण्डारीसँग प्रधानमन्त्री ओलीले शनिबार बिहान करिब १५ मिनेट कुराकानी गरेका हुन्।, भण्डारी नेपाली सेनाको जागिर छाडेर विगत पाँच वर्षदेखि रेसुंगाम...
सेतोपाटी संवाददाता धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।, प्रतिष्ठानका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। उनीहरू आमा-छोरा हुन्।  , वृद्धाको आइतबार बिहान साढे ८ बजे र पुरूषको बिहान ७:४५ मा मृत्यु भएको अ...
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अन सार कैलाली जानकी गाउँपालिका-९ का लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र दीपक कडारालाई आइतबार बिहान पक्राउ गरिएको हो।, भदौ ११ गते राति १० बजे काकाको घरबाट आफ्नो घर गइरहँदा बाटोमा...
राजेश घिमिरे चितवनमा कोभिड अस्थायी अस्पताल बन्द भएको साढे २ महिनापछि आइसोलेसन सेन्टरको स्थापना गरिएको छ।, भरतपुर महानगरपालिकाको संयोजनमा २०७६ चैतमा स्थापना भएको कोभिड अस्थायी अस्पताल २०७७ असार २ गते बन्द भएको थियो। यो अवधिमा चितवनमा करिब ५ सय जना कोरोना संक्रमित थपिए। तर अस्पतालको अभावमा अधिकांश बिरामी होम आइसोलेसनमै ...
सेतोपाटी संवाददाता बाँकेमा रोकिरहेको ट्रकमा ठोक्किएर मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, आइतबार बिहान पौने ५ बजे राप्तिसोनारी गाउँपालिका-८ शमसेरगञ्जस्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको थियो। त्यहीबेला पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घट...
रासस रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो।, सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न ...
भगवती पाण्डे बुटवलमा थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, शनिबार रातिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर आइतबार बिहान साढे सात बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल उपमहानगरपालिका व...
रासस कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ। आज बिहान गएको पहिरोमा तीन घर पुरिएका छन्।, पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए।, “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्ष...
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताएका छन्।, उनले दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको जनाए।, काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी ...
सेतोपाटी संवाददाता कोशी अस्पताल विराटनगरमा एक जना कैदीको मृत्यु भएको छ।, कोशी अस्पतालका आइसोलेसन प्रमुख लक्ष्मी नारायण यादवका अनुसार विराटनगर कारागारमा रहेका अन्दाजी २६/२७ वर्षका कैदीलाई स्वासप्रस्वासमा समस्या भएपछि गएराति १० बजे अस्पताल ल्याइएको थियो।, 'ल्याउँदा उनको स्वासप्रस्वासमा निकै समस्या थियो, अक्सिजनमा दिएर उ...
युवराज श्रेष्ठ कोरोनाभाइरस संक्रमणबाट पोखरामा शनिबार थप एक जनाको ज्यान गएको छ।, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको ज्यान गएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।, मृतक पुरूषको पेटमा आन्द्रा बटारिएका कारण उनको भदौ ७ गते भर्ना भएकै दिन आकस्मि...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुनसरीले गम्भीर प्रकृतिका मुद्दाबाहेकका सबै सेवा बन्द गरेको छ।, जिल्लाका प्रहरी कर्मचारी र थुनुवाहरूमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएपछि कार्यालयले गम्भीर प्रकृतिका मुद्दाको कामबाहेकका सम्पूर्ण सेवाहरू रोकेको हो।, प्रहरी कार्यालयभित्रका थुनुवामा समेत संक्रमण देखिएको छ।, '...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत् बाराकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, बाराको निजगढ-७ की ४९ वर्षीया महिलाको बिहान मृत्यु भएको हो।, कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।, ती महिलाको मिर्गौलामा समस्या थियो। डायलासिस गर्नका लागि उनलाई साउन २७ गते चितवन मेडिकल ...
नेहा झा हट्टाकट्टा एक मानिसले ढोकैमा स्वागत गरे।, जिन्स पाइन्ट, टिसर्ट, घाँटीमा सुनको सिक्री देखेपछि पुलिस होलान् भन्ने अनुमान आफैं फेल खायो।, कारागारमा पनि त्यति शानका साथ उभिने को होला त? पछि थाहा भयो उनी जलेश्वर कारागारका चौकीदार रमेश कुमार सिंह रहेछन्।, उनी यो कारागारमा चौकीदार भएको १० महिनामात्रै भयो। जेल परेको भ...
सेतोपाटी संवाददाता कैलालीमा जारी निषेधाज्ञा पाँच दिन थपिएको छ।, भदौ ४ देखि लागू गरिएको निषेधाज्ञा भदौ १९ गते राति १२ बजे सम्मका लागि बढाइको हो।, यसअघि भदौ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको थियो।, शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो।, त्यसैका आधारमा १९ गतेसम्म जा...
सेतोपाटी संवाददाता दार्चुलामा धारिलो हतियार (दाउ)ले हानेर एक जनाको हत्या भएको छ।, शैल्यशिखर नगरपालिका वडा नम्बर २ तिम्लाबगरमा पसल सञ्चालन गरिरहेका ४४ वर्षीय गोविन्द भट्टले सोही नगरपालिकाको वडा नम्बर १ बलाच घर भएका ४८ वर्षीय शेर बहादुर चन्दलाई दाउले घाँटीमा हानेपछि उनको मृत्यु भएको हो।, शुक्रबार दिउँसो १२ बजे पसलको विष...
सेतोपाटी संवाददाता पोखरा उपमहानगरपालिका-२३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरेको आरोपमा प्रहरीले सोही वडाका वडा सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले सापकोटाको अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको बिहीबार बेलुका पक्राउ गरेको हो।, सोही वडामा लुकि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा उपत्यकाभित्र १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।,  शनिबार थपिएका संक्रमितहरू काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९  जना र भक्तपुर...
सेतोपाटी संवाददाता महोत्तरीमा थप २ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।, महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ का३५ वर्षीय पुरूष र पिपरा गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कोभिड १९ विशेष अस्पतालका प्...
सेतोपाटी संवाददाता शनिबार देशभर कोरोनाका ८ सय ८४  संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४०  पुगेको छ।, विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौ...
सेतोपाटी संवाददाता भारतबाट फर्किँदै गर्दा नाकामै बेहोस् भएका पुरुषको मृत्यु भएको छ।, शनिबार बिहान ११ बजे कैलालीको त्रिनगर नाका आइपुगेका ५२ वर्षीय पुरुष बेहोस् भएपछि सेती प्रादेशिक अस्पताल ल्याइए पनि उपचारका क्रममा दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।, उनी छोरासँग भारतको राजस्तानबाट अछामको बान्नीगढी जयगढ गाउँपालिका फ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालमा ७ सय ३९ जनाको परीक्षण गरिएकोमा १५ र डडेल्धुरा अस्पतालमा तीन सय ८५ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीको गोद...
भगवती पाण्डे कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश ५ सरकारले रुपन्देही, दाङ र बाँकेका चार वटा अस्पतालमा आइसियूसहितको आइसोलेसन तयार गरेको भए पनि आइसियू सञ्चालनमा नआउँदा बिरामीहरूको उपचारमा समस्या भएको छ।, नेपालमा कोरोना संक्रमणले महामारीको रुप नलिँदै गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैर...
सेतोपाटी संवाददाता चितवनको खैरहनीमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ।, संक्रमित हुनेमा दुई जना स्वास्थ्यकर्मी छन्। कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकी प्रमुखसहित १२ जनामा संक्रमण देखिएको खै...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो।, योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ।, मृत्यु हुनेमा तीन जना महिला पनि छन्। उनीहरू पाल्पाका ...