content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत् ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई चिकित्सकसहित ९ जनालाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।, उनका अनुसार संक्रमितमध्ये सात जना स्वास्थ्यकर्मीलाई संक्रमन पुष्टि भएको छ।, ...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासका भान्सेकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती २८ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए।, ‘श्रीमतीमा पुष्टि भए पनि खाना पक...
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत् थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, महोत्तरी घर भएकी ६२ वर्षीया महिलाको शनिबार साढे १ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनी गत ९ गतेदेखि अस्पतालमा उपचाररत् थिइन्।, शनिबार बिहानै अस्पतालमा उपचाररत् भक्तपुरकी ६२ वर्षीया संक्रमित महिलाक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा विष सेवनपछि आमा र छोराको मृत्यु भएको छ।, पुनर्वास नगरपालिका–१ गणेशबस्तीमा आमाले बच्चासँगै विष सेवन गरेकोमा उपचारका क्रममा शुक्रबार बिहान ८ महिने शिशुको मृत्यु भएको थियो भने २४ वर्षीया आमा सिकिस्त थिइन्।, उपचारकै क्रममा उनको पनि गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी न...
सेतोपाटी सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु भएको छ।, मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माल...
सेतोपाटी संवाददाता खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा बाँदरलाई हानेको गोली लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ।, गाउँपालिका-४ जलेश्वरी थापागाउँका बालक शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।, बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ...
सेतोपाटी संवाददाता वीरगन्जमा ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।, रौतहट निवासी उनलाई गत बिहीबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। लगत्तै स्वाब परीक्षण गर्दा उनमा संक्रमण...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा थप एक व्यक्तिको शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको छ।, नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय वृद्धको साँझ ५:५० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।, निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। ती पुरुषको शनिबार दिउँसो ...
सेतोपाटी संवाददाता होम-क्वारेन्टिनमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनै जना मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम ...
सेतोपाटी संवाददाता वीरगन्जस्थित नारायणी अस्तपालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार राति गरिएको परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। , संक्रमितमध्ये पर्साका ४७, बाराका ३० र मोरङ र काठमाडौंका एक एक जना छन्। संक...
सेतोपाटी संवाददाता चितवनमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ६१ जना चितवन जिल्लाका हुन् ।, अस्पतालका माइक्रोबायोलोजिष्ट नवीनकुमार चौधरीकाअनुसार रत्ननगर नगरपालिकाको एउटै वडाका ३७ जनामा कोरोना ...
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थपेको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको हो।, उनले ६ सय ४९ वटा पालिकाहरूमा पाँच वटाको दरले संक्रमितको उपचारका...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार शुक्रबारमात्रै यसको संक्रमणबाट १२ जनाको मृत्यु भएको हो।, योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८५ पुगेको छ।, शुक्रबार मृत्यु हुनेमध्ये चार जना महिला छन्...
सेतोपाटी संवाददाता मलेसियाबाट आएको एउटै उडानबाट १६ शव ल्याइएको छ।, लामो समयदेखि अड्किएका नेपालीको शव ल्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। सोही उडानमा २६२ नेपाली यात्रुलाई पनि ल्याइएको हो। , बिहीबार साउदी अरबबाट ६ शव आएका थिए।, आजै मलेसियाबाट फर्किएको हिमालय एयरलाइन्सको जहाजबाट भने १५६ जना यात्रुमात्र आएका थि...
सेतोपाटी संवाददाता 'प्लाज्मा थेरापी' विधिबाट गरिएको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमित निको भएका छन्।, संक्रमितको उपचारमा सघाउ पुर्‍याउने भनिएको यो विधिबाट २० जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, उनले निको हुने संक्रमितमा पुरूष र महिला दुबै रहेको बताए। साथै ...
भगवती पाण्डे जिल्ला अस्पताल गुल्मीका लागि हिमालयन एयरलाइन्सले उपलब्ध गराएको पिसिआर मेसिन एक महिनासम्म अस्पतालमै थन्किएर काठमाडौं फिर्ता गरिएको छ।, एयरलाइन्सले उपलब्ध गराएको उक्त मेसिन गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई गत साउन...
सेतोपाटी संवाददाता मोरङमा दुई समूहबीच झडपमा खुकुरी प्रहार हुँदा जनाको मृत्यु भएको छ।, बेलबारी नगरपालिका-५ कसेनीस्थित लोहन्द्रा पुलमा दुई समूहबीच शुक्रबार दिउँसो झडप भएको थियो।, झडपका क्रममा खुकुरी प्रहार हुँदा सोही ठाउँका ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो।, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार गम्भीर ...
राजेश घिमिरे चितवन प्रशासनले कोरोना संक्रमण थप बढेको भन्दै निषेधाज्ञा लम्ब्याएको छ।, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सूचना जारी गर्दै भदौ १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताएका हुन्।, भरतपुर महानगरपालिकाले साउन ३० गतेदेखि एक हप्ताका लागि महानगरमा निषेधाज्ञा गरेको थियो।, साउन ५ गतेबाट जिल्ला प...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकामा मात्रै शुक्रबारसम्म २ सय ७ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन्।, साउनको २२ गतेसम्म २७ जनामात्रै कोरोना संक्रमित रहेको बुटवलमा २० दिनको अवधिमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ। कुल संक्रमितमध्ये ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ।, शुक्रबार २...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार सेती प्रदेशिक अस्पतालमा ५ सय ४४ जनाको परीक्षण गरिएकोमा ३६, डोटी जिल्ला अस्पतालमा २२८ जनाको गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीको बर्दगोर...
सेतोपाटी संवाददाता दार्चुलामा हँसियाले प्रहार गरी एक जनाको हत्या भएको छ।, बिहीबार अपरान्ह ४ बजे शैल्यशिखर नगरपालिका-२ का ४५ वर्षीय शेरबहादुर चन्दको हत्या भएको हो।, सोही स्थानका ४३ वर्षीय गंगादत्त भट्टले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर बिष्टले जानकारी दिए।, 'उनीहरूबिच सानोतिनो कुराब...
प्रशन्न पोखरेल काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुन: सञ्चालनमा आउने भएको छ।, बन्द भएको चार वर्षपछि उक्त अस्पताल पुन: सञ्चालनमा ल्याउन लागेको हो। सरकारले कोरोनाका बिरामीलाई उपचार गर्न जनमैत्री अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव...
नारायण खड्का आफ्नै १३ वर्षीय सालोलाई अपहरण गरेर दश लाख फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी २७ वर्षीय कल्लु भनिने कलिम खाँले आफ्नै सालो खजुरा गाउँपालिका वडा नं. ५ निवासी इशहाक जाकिर भनिने इन्तजार खाँलाई भदौ ९ गते बेलुका साढे ८ बजे अपहरण गरेर बन्दक बनाएका थि...
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैनामा शुक्रबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।, सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने वडा नं. ९ बनरहाका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड...
सेतोपाटी संवाददाता फेसबुकमा महिला बनेर पुरूषलाई ठगी गर्ने एक जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले कैलाली घर भई ललितपुरको महालक्ष्मी नगरपालिका, टिकाथली बस्दै आएका २७ वर्षीय धन बहादुर शाहीलाई बिहीबार पक्राउ गरेको हो।, महाशाखाका अनुसार उनले गुगलबाट ‘आकर्षक’ महिलाको फोटो तानेर नयाँ फेसबुक आइडी बनाएका थिए...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले क्रसर उद्योगहरु र तिनको कामको अनुगमन गर्न समिति बनाएको छ।, भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशभित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गर्न सात सदस्यीय समिति गठन गरेको हो।, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयो...
सेतोपाटी संवाददाता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा चितवनका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।,  , टेकूमा चितवनका ७५५ नमुना परीक्षणका लागि पठाइएकोमा भरतपुरका १२ जना, रत्ननगर र इच्छाकामनाका एक/एक जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।,  , संक्रमितमध्ये भरतपुरका ६ जना पुरुष र ६ ज...
सेतोपाटी संवाददाता रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ।, रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो।, ‘रानीपो...
सेतोपाटी संवाददाता डडेल्धुरामा भदाै ४ गतेदेखि जारी निषेधाज्ञा लम्बिएकाे छ। शुक्रबार जिल्ला प्रशाशन कार्यालय डडेलधुराले सूचना निकाल्दै जारी निषेधाज्ञा भदौ १९ गतेसम्म लम्बिएकाे जानकारी दिएको छ। यसअघि १४ गतेसम्म ताेकिएकाे थियाे। , जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले उक्त निर्णय गरेको सहायक प्...
सेतोपाटी संवाददाता सिराहामा कोरोनाभाइरस संक्रमितको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन्।, शुक्रबार सुखिपुर नगरपालिका-८ स्थित खोला छेउको सार्वजनिक जग्गामा स्थानीय ६५ वर्षीय कोरोना संक्रमित पुरूषको शव व्यवस्थापन गर्न खोजिएको थियो।, तर स्थानीयले आफूहरूलाई पनि संक्रमण हुन सक्ने र धेरैमा संक्रमण फैलिने सम्भा...
सेतोपाटी संवाददाता पाल्पाको लुम्बिनी मेडिकल कलेजमा विगत पाँच दिनदेखि उपचाररत् कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ।, भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी ३० वर्षीय महिलाको शुक्रबार साँझ मृत्यु भएको हो।, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मृतक महिला तानसेन नगरपालिका...
सेतोपाटी संवाददाता नेपाल आयल निगम विराटनगरमा पेट्रोल खन्याएर मर्मतका लागि लगिएको ट्यांकर पड्किएको छ।, साँझ साढे ६ बजे ना२ख ७१६६ नम्बरको ट्यांकर मर्मत गर्ने क्रममा पड्किएको हो।, जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पड्किँदा ट्यांकरको पछाडिको भाग ध्वस्त भएको छ, तर मानवीय क्षति भने भएको छैन।, साँझ आयल निगममा पेट्रोल खन्य...
विवेक राई पछिल्लो समय कोरोनाभाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्। संक्रमित बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढेको छ। विशेष गरी काठमाडौं उपत्यकामा अहिले संक्रमण दर तीव्र छ।, संक्रमण बढ्दै जाँदा उपचारमा निजी अस्पतालको क्षमता पनि प्रयोग गर्नु पर्ने हुन्छ। कोरोना संक्रमितको सबै उपचार खर्च ब्यहोर्ने सरकारले निजी अस्पतालल...
सेतोपाटी स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाइएको छ।, नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६-०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।,...
सेतोपाटी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब संकलन साधन हस्तान्तरण गरेको छ।, नाष्ट कार्यालयमा शुक्रबार सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरेका हुन्।, कार्यक्रममा डा. शाहले सो साधन कोभिड संक्रमित प्रह...
समिक्षा अधिकारी लकडाउनका कारण बजारमा राम्ररी तरकारी आपूर्ति हुन सकेको छैन। एकातिर फलेका तरकारी ढुवानी हुन नसक्दा खेतबारीमै कुहिने अवस्था आइलागेको छ। अर्कातिर आइपुगेका तरकारी पनि भाउ आकासिएर छोइसक्नु छैन।, लकडाउनले भातभान्छा नै रोकिने अवस्था सिर्जना भइरहका बेला तीन युवाहरू कौसी-खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन्।, क...
सेतोपाटी संवाददाता काठमाडौंको कालिकास्थान आसपास आज बिहानदेखि नै बत्ती काटिने भएको छ।, रत्नपार्क वितरण केन्द्रको कालिकास्थान देखि विजय मेमोरियल स्कुलसम्मको ११ के भी लाइन मर्मत गर्नुपर्ने भएकोले आज विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।, प्राधिकरणका अनुसार उक्त...
सेतोपाटी संवाददाता वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।, वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो।, यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय...
राजेश घिमिरे चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो।, चितवनका १५ जना भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना हुन्। भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका ...
रुमा रिजाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।, प्रदेश नम्बर २ सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनको राति ११ बजेर २० मिनेटमा निधन भएको हो।, भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।, 'उ...
सेतोपाटी नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन्।, संक्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको घरमै गई तिमल्सिनाले शुक्रबार स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन्।, किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाह...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, अस्पतालका अनुसार उनको शुक्रबार बिहान ६:५० बजे मृत्यु भएको हो। उनको मृत्युबारे अस्पतालका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्ति निकालेर जानकारी गराएका हुन्। , हेटौडा उपमहानगरपालिका-१९ की ७१ वर्षीया ती महिला भदौ ७ गते भर्ना भएकी थ...
राजेश घिमिरे चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  पुष्पाञ्जली अस्पतालमा उपचाररत् भरतपुर-२ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।, ती पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो।, भदौ ८ गते उनको स्वाब लिई परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ गरेका होम डेलिभरी कर्मचारी तथा सञ्चालकहरूलाई कागज गराएर छोडेको छ।, निषेधाज्ञाको उल्लंघन गरेको भन्दै पक्राउ परेका ८० जना कर्मचारी तथा सञ्चालकलाई परिसरले बिहीबार राति नै छोडेको हो।, उनीहरूलाई निषेधाज्ञा अवधिभर होम डेलिभरी नगर्ने सर्तमा कागज गरी छोडिएको प...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा रूपन्देहीका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा भर्ना भएका तिलोत्तमा-८ मणिग्रामका ६० वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जान...
सेतोपाटी संवाददाता लागुऔषध प्रयोग, बिक्री तथा ओसारपसार गरेको आरोपमा प्रहरीले धरानबाट एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धरान-१३ का २० वर्षीय विजय शेर्पा छन्।, इलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई बिहीबार अपराह्न घरैबाट पक्राउ गरेको हो।, उनको कोठाबाट प्रहरीले तीन ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बराम...
गिरीश गिरी खोकना कथा- शृंखला ५, चौध वर्षअघिको सम्भाव्यता अध्ययनलगत्तै काठमाडौंलाई एक घन्टामै मधेससँग जोड्ने फास्ट ट्रयाकको चर्चा चुलिएको थियो।, नेपालमा अहिलेसम्म नभएको बताइने 'एसियाली स्तरको' उक्त सडक बागमती नदी पछ्याउँदै अघि बढ्छ। मकवानपुर छोएपछि कान्ति राजपथ छेउछाउ हुँदै यो चुरे नाघेर मधेससम्म पुग्छ।, प्रस्तावित निज...
सेतोपाटी संवाददाता २०६१ साल माघ २७ गते कैलाली कारागारबाट एकै दिन दुई जना फरार भए ।, पुर्पक्षका लागि कारागार कार्यालय कैलाली पठाइएका जोशीपुर गाउँपालिका ६ का ४५ वर्षे रोगही भन्ने क्रमराज थापा भाग्नेमध्ये एक थिए।, उनलाई ८ वटा डाँका चोरीका घटनामा संलग्न रहेकोमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।, उनले २०...
सेतोपाटी संवाददाता भक्तपुरमा कोरोना भाइरसको संक्रमणबाट ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ।, मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघर निवासी उनको मृत्युपछि कोरोना पुष्टि भएको उपमेयर अन्जना देवी मधिकर्मीले जानकारी दिइन्।, बिहीबार उपचारका लागि नागरिक अस्पताल लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।, सोही क्रममा स्वाब परीक्षण गर्दा...
सेतोपाटी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।, सडक  माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरूद्ध भएको हो।, अवरूद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पहिरो हटाएर राजमार्ग चलाउन डेढ घण्टा लाग्ने  कार्यालय...
सेतोपाटी संवाददाता विराटनगरको कोसी अस्पतालमा एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।, सिरहाको लहानकी ६५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड डेस्कका डाक्टर सरोज विशालले जानकारी दिए।, उनका अनुसार वृद्धालाई अस्पतालमा बिहीबार ल्याइएको थियो।,  वृद्धालाई श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारको क्रमम...
सेतोपाटी संवाददाता प्रहरीले उदयपुरबाट भारततर्फ लैजाँदै गरेको ८४ किलो गाँजा बरामद गरेको छ।, ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुँदै भारत लैजाँदै गरेको अवस्थामा गाँजासहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ का २९ वर्षीय पुष्पबहादुर मगर र सोही गाउँपाल...
सेतोपाटी संवाददाता बर्दियामा गर्भवती महिलालाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, बर्दियाको राजपुर नगरपालिका वडा नं. ७ शंकरपुर निवासी चार महिनाकी गर्भवती २५ वर्षीया अनिता ठाकुरलाई कुटपिट गरेको आरोपमा स्थानीय १९ वर्षीय सुरज परियार पक्राउ परेका हुन्।, ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्त...
सेतोपाटी संवाददाता सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरूद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।, आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो।, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुं...
युवराज श्रेष्ठ लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ।, बिरामी भएपछि दुई दिनअघि पोखरा ल्याएका लमजुङको मध्यनेपाल नगरपालिका करापुटारका ५२ वर्षीय पुरूषको मृत्यु भएको हो।, कोरोना संक्रमणका साथै उच्च रक्तचाप, मधुमेह लगायतका समस्या देखिएपछि उनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो...
सेतोपाटी संवाददाता काठमाडौंको महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पतालमा मृत्यु भएका उदयपुरका ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, गत ९ गते मृत्यु भएका उनको बिहीबार बेलुकी रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड कमिटी सदस्य डा. सविन थपलियाले जानकारी दिए।, उनलाई गत ९ गते नै अस्पताल भर्ना ...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका थुनुवाको यातनाबाट मृत्यु घटनाबारे छानविन थालेको छ।, बिहीबार बिहान गरुडा नगरपालिका-८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए।, हिरासतम...
सेतोपाटी संवाददाता अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।, चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।, 'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।', Dear friends and we...
सेतोपाटी संवाददाता दाङमा आइतबार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ।, कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।, समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीको प्रदेश २ मातहतबाट नेपाल-भारत सीमा सुरक्षामा खटिएका ५२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, सीमा सुरक्षामा खटिएकामध्ये ११२ को पिसिआर परीक्षण गर्दा बिहीबार ५२ जनामा कोरोना संक्रमण देखिएको प्रदेश नम्बर २ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मच...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवासहित शुक्रबार वीरगञ्जमा थप ५७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार संक्रमितमध्ये पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका एक जना छन्। थप ४२ जना संक्रमित थपिएसँगै पर्सामा मात्र को...
सेतोपाटी संवाददाता बाँकेमा झारफुक गर्ने बहानामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, बिहीबार इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको टोलीले डुडुवा गाउँपालिका-५ कम्मरजँहा बस्ने ४० वर्षीय नजिर मोहम्मदलाई पक्राउ गरेको हो।, उनलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती करणी ...
सेतोपाटी संवाददाता शुक्रबार बाँकेमा १५ जना नयाँ संक्रमित थपिएका छन्।, ९ महिला र ६ पुरूष गरी १५ जना संक्रमित थपिएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।, संक्रमितहरू १४ वर्षदेखि ५३ वर्षसम्मका छन्।, योसँगै बाँकेमा संक्रमितको संख्या ९७१ पुगेको छ। त्यसमध्ये ६९३ जना उपचारपछि घर फर्किसकेका छन् भने अब जिल्लाभ...
प्रशन्न पोखरेल निजी प्राविधिक शिक्षालय महासंघले सिएमए, अनमी, ल्याब असिस्टेनलगायतका कार्यक्रममा विद्यार्थी भर्ना गर्न पाउनु पर्ने बताएका छन्।, साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगले यी कार्यक्रम यही शैक्षिक सत्रदेखि खारेज गरिदिएको थियो।, यो पनि:, अबदेखि अनमी, सिएमए र ल्याब एसिस्टेन्टको पढाइ नै नहुने, विद्यार्थी भर्ना...
सेतोपाटी संवाददाता नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, देशभरिका विभिन्न अस्पतालमा कार्यरत् २३ जनालाई विभिन्न समयमा कोरोना भाइरसको संक्रमण देखिएको सैनिक स्रोतले जनाएको छ।, जसमध्ये बिहीबार मात्रै ९ जनालाई संक्रमण देखिएको छ। उनीहरू सबै सैनिक अस्पतालमा छाउनीमा कार्यरत् रहेका छन्।, ‘वि...
सविता बुढा बझाङको केदारस्युँ गाउँपालिका घर भएका मदन (नाम परिवर्तन) की श्रीमतीको घोडाघोडी नगरपालिका-११ स्थित दशरथ बालविकास केन्द्रको आइसोलेसनमा मृत्यु भयो।, सोमबार मृत्यु भएकी श्रीमतीको शव केही आफन्तको सहयोगमा बुधबार बिहान नजिकैको जंगल लगेर गाडे। हिन्दु संस्कारअनुसार श्रीमतीको शव जलाउन पनि नपाएकोमा आफूलाई निकै दुःख लाग...
सेतोपाटी संवाददाता शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।, विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौ...
सेतोपाटी संवाददाता चितवनमा कोरोना संक्रमित अर्का एक पुरुषको पनि मृत्यु भएको छ। भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत् गोरखाको आँबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको शुक्रबार दिउँसो २:३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।, भदौ ६ गतेदेखि उपचाररत् ती पुरुषमा १० गते कोरोना संक्रमण पुष्टि भएक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।, यो संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबभन्दा बढी हो। शुक्रबार थपिएका संक्र...
सेतोपाटी संवाददाता वीरगन्ज भन्सार नाका हुँदै काठमाडौं भित्रिने मालबाहक कन्टेनर रोकिएको छ।, जारी निषेधाज्ञामा अत्यावश्यकबाहेक मालबाहक सवारीसाधन भित्रिन नदिने नियम रहेकाले करिब तीन दर्जन कन्टेनर बाटोमै रोकिएका हुन्।, प्रशासनका अनुसार धादिङ, चितवन, हेटौडामा कन्टेनर रोकिइरहेका हुन्।, व्यवसायीले भन्सार जाँचपास भएका साधन बा...
अनुषा अधिकारी २१ वर्षीय उदित महतोको सानैदेखि एउटा सपना थियो, कम्प्युटर विज्ञान पढ्ने। उनको सपना यतिमै सीमित थिएन। नेपालका प्रायः युवाझैं उनले अमेरिकाको नामी कलेजमा पढ्ने इच्छा बुनेका थिए।, तर उदितका लागि त्यो सपना धेरै भारी थियो। मध्यम वर्गीय परिवारमा हुर्किएकाले अमेरिका जस्तो देशमा टन्न पैसा लगानी गरेर पढाउन सक्ने अव...
रासस बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो।, जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलास...
रासस जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो।, त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो...
रासस कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ।, हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।, भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो। भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केक...
रासस झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलामको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन।, उनको शव विर्तामोडस्थित विएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।, बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल ...
सेतोपाटी संवाददाता विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा बिहीबार ४३७ नेपालीलाई काठमाडौं ल्याइएको छ।, विभिन्न उद्धार फ्लाइटबाट साउदी र टर्कीबाट ती नेपालीलाई काठमाडौं ल्याइएको छ।, कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनसार तीन फ्लाइटमा ११ जना कूटनीतिज्ञ र ६ वटा शव पनि ल्याइएको छ।, साउदीको दमामबाट हिमालयन ए...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड फोकल पर्सनको जिम्मेवारी महेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिएको छ।, मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई फोकल पर्सनसहित नीति योजना तथा गुणस्तर महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयका प्रशासन शाखा प्रमुख रघुराम विष्टले जानकारी दिए।, यसअघि स्वास्थ्य विभ...
राजेश घिमिरे वीरगञ्जमा एक नर्सलाई दोस्रो पटक कोरोना संक्रमण भएको छ।, नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्समा दोस्रो पटक कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले बताए ।, डा.सिंहकाअनुसार पहिलो पटक कोरोना संक्रमण हुँदा उनलाई कुनै देखिएको थिएन। तर यसपटक भने ती नर्समा लक्षण पनि देखिएक...
सेतोपाटी संवाददाता महानगरीय प्रही वृत्त, ठिमीका दुई जना थुनुवामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार आएको कोरोना भाइरसको रिपोर्ट अनुसार ठगी मुद्दामा पक्राउ परेका दुई जनामा संक्रमण देखिएको छ।, ‘उनीहरूको केही दिनअघि स्वाब लिइएको थियो,’ वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले भने, ‘बिहीबार पोजेटिभ देखिएको हो।’...
सेतोपाटी संवाददाता सिन्धुपालचोकको पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनालाई अब नखोजिने भएको छ।, गत साउन ३० गते शुक्रबार बिहान साढे ६ बजे जुगल गाउँपालिका-२ लिदीमा पहिरो गएको थियो। पहिरोमा ३९ जना पुरिएका थिए।, जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकका अनुसार ३३ जनाको शव फेला परेको छ। तर, अझै ६ जना बेपत्ता छन्।, बेपत्ता हुनेमा सो...
सेतोपाटी संवाददाता भक्तपुरमा ट्यांकरको ठक्करबाट हात्तीगाडीका चालकको मृत्यु भएको छ।, बिहीबार दिउँसो पौने ३ बजे जगातिबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ८८०५ नम्बरको हात्तीगाडी आपसमा ठक्कर खाएको थियो।, दुर्घटनामा हात्तीगाडीका चालक अर्जुनधारा-२ बस्ने २६ वर्षीय मिलन म...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार डडेल्धुरा अस्पतालमा ४८ जनाको परीक्षण गरिएकोमा १९, डोटी जिल्ला अस्पतालमा ८१ जनाको गरिएको परीक्षणमा ५ र सेती प्रादेशिक अस्पतालमा ४ सय ९२ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो।, डडेल्धुरा अस्पतालक...
विवेक राई ललितपुरस्थित पाटन अस्पतालका नर्सहरूले कोरोना उपचारमा खटिए पनि आफूहरूको स्वास्थ्य सुरक्षामा अस्पताल संवेदनशील नभएको गुनासो पोखेका छन्।, अहिलेसम्म १२ जना नर्समा कोरोना संक्रमण देखिसकेको भन्दै अस्पतालको लापरबाही यथावत् रहे अझै धेरैमा संक्रमण देखिने उनीहरूको भनाइ छ।, 'अस्पतालले हाम्रै पिसिआर गर्न मान्दैन। कति सा...
रासस झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ।, जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले ५० हजार उपलब्ध गराउने छ।, त्यस्तै छोराछोरीको शिक्षा...
सेतोपाटी संवाददाता पोखरामा पूर्व बैंक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्।, बिहीबार बिहान साढे ११ बजे जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-११ तुलसीमार्गस्थितबाट २७ वर्षीय विशाल घमाललाई पक्राउ गरेको हो।, कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार उनी बैङ्कका पूर्वकर्मचा...
सेतोपाटी संवाददाता अस्पतालमा कार्यरत् चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सेवा २४ घन्टाका लागि बन्द गरिएको छ।, अस्पतालमा कार्यरत् तीन जना चिकित्सकलाई कोरोना पुष्टि भएपछि अस्पतालले यस्तो निर्णय गरेको हो।, अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा भर्ना भएका बिरामीको उपचारबाहे...
दिपकजंग शाही कर्णाली प्रदेशमा कोरोना परीक्षणको दायरा बढाएपनि स्वाव संकलन भने हुन सकेको छैन।, मेसिनको क्षमता अनुसार स्वाव नपाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा गरी दुईवटा ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम/मेसिन’ ...
सेतोपाटी संवाददाता कोरोना महामारीबाट त्राण पाउन अब भ्याक्सिन नै आउनुपर्छ भन्ने त हामीलाई थाहा भइसक्यो। तर, भ्याक्सिन नआएसम्म बिरामी सन्चो हुने कुनै औषधि छैन त?, संसारभरि कुन औषधि बढी प्रयोग भइरहेका छन्? र, कुन औषधिले राम्रो काम गरेको छ?, सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीले यी प्रश्नहरूको जवाफ दिएका छन्।, ‘सामान्य लक्ष...
सुधिर भण्डारी अनलाइन अर्डर लिएर उपभोक्ताका घर-घरमा तरकारी तथा खाद्यान्न आपूर्ति गर्दै आएका 'इ-कमर्स' कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई बिहीबार प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।, कोही कर्मचारीलाई सामान पुर्‍याउँदै गरेका बेला बाटोबाटै त कोही सञ्चालकलाई कार्यालयमै घुसेर पक्राउ गरिएको हो। सामान ढुवानीमा प्रयोग भएका...
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचाररत ललितपुरको धापाखेलका ७२ वर्षीय कोरोना शंकास्पद वृद्धको मृत्यु भएको छ।, उनको बिहीबार दिउँसो २ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिेएको छ।, उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। सोही दिन उनको स्वाब लिइएकोमा रिपोर्ट आउन बाँकी छ। , अस्पतालका अनुसार वृद्धमा उच्च रक्तचापक...
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सिराहा नगरपालिका- २ का ५५ वर्षीय पुरूषको बिहीबार साँझ ६:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।, भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७...
राजेश घिमिरे चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।, संक्रमितहरु ६...
सेतोपाटी कास्की प्रहरीले एक लाख ३६ हजार १७० रुपैयाँ नगद तथा ताससहित पाँच जनालाई पक्राउ गरेको छ।, पोखरा महानगरपालिका वडा नं १४ खसीबजारबाट बुधबार उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो।, चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको ...
सेतोपाटी स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।, छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना व्यक्तिको मृत्यु भएको छ।, झापाको दम-३ निवासी ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी-५ निवासी ५६ वर्षीय महिलको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटले जानकारी दिए।, झापाका वृद्धको शुक्रबार बिहान सवा चार बजे र मोरङकी महिलाको ...
सेतोपाटी नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच  आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ।, रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखि...
राजेश घिमिरे सामाजिक सञ्जालमार्फत उपहारको प्रलोभन देखाएर ठग्ने गिरोहका ३ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।, घटनामा संलग्न रहेको आशंका गरिएका अन्य ६ जना भने फरार छन्।, पक्राउ पर्नेमा राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनी बस्ने शिवराज पाठक, धादिङ धुनीवेशी–२ घर भई हाल मकवानपुरको हेटौडा–४ बस्ने सत्कार लुईं...
एजेन्सी कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राख्दै फ्रान्सको राजधानी पेरिसमा प्रशासनले शुक्रबारदेखि मास्क लगाउनुपर्ने नियमलाई अनिवार्य गरेको छ।, रोयटर्सका अनुसार बिहीबार स्थानीय प्रहरीले पेरिस तथा वरीपरीका ठाउँहरूमा पैदलयात्री तथा साइकल सवारीकर्तालाई यो नियम अनिवार्य हुने जनाएको छ।, यहाँ करिब ७० लाख मानिसको बसोब...
एजेन्सी बेलायतमा बिहीबार प्रकाशित एक अनुसन्धानले बालबालिकाहरूमा कोरोना भाइरसको गम्भीर संक्रमण 'दुर्लभ' हुने गरेको र सोका कारण हुने मृत्युलाई 'झनै दुर्लभ' भएको जनाएको छ।, बेलायतका १ सय ३८ अस्पतालमा भर्ना गरिएका कोभिड-१९ संक्रमित बालबालिकामाथि गरिएको अनुसन्धानले यस्तो देखाएको समाचार बिबिसीले प्रकाशित गरेको छ।, शोधका अनु...
एजेन्सी भारतमा बितेको २४ घण्टामा ७६ हजार बढी नयाँ संक्रमित फेला परेका छन्।, योसँगै भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको टाइम्स अफ इण्डियाले जनाएको छ।, २४ घण्टामा त्यहाँ ७६ हजार १४ जना नयाँ संक्रमित थपिएका हुन्।, महामारी सुरू भएयता भारतमा एकैदिन पहिलोपटक यति धेरै संक्रमित फेला परेका हुन्।, योसँ...