content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ।, कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।, उनलाई निमोनियाको समस्या रहेको अस्पत...
सेतोपाटी सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम सिरहामा ‘फुड बैंक’ स्थापना गरिएको छ।, सिरहा युनाइट्स संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत् खाद्यन्न सङ्कलन गरिरहेका छन्।, ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका स...
सेतोपाटी संवाददाता किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।, अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए।, मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो।, 'उहाँलाई भर्ना गर्दा नै ...
सेतोपाटी संवाददाता रौटहटमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक युवकको मृत्यु भएको छ।, गरूडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका सात जनामध्ये विजय महराको मृत्यु भएको हो।, उनीहरूलाई इलाका प्रहरी कार्यालय गरूडाले पक्राउ गरेको थियो।, जिल्ला प्रहरी कार्यालय रौटहटका ड...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना  भाइरसको संक्रमण देखिएको छ।, बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, 'हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन...
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। तीमध्ये ६ जना विशेषज्ञ डाक्टर छन्।, स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा एक साताका लागि बन्द गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।, केही दिनअघि संकलन गरिएको स्वाब परीक्षण ...
सेतोपाटी संवाददाता सुख्खा पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा यातायात सुचारू भएको छ।, सडकमा झरेको पहिरो हटाइएपछि यातायात सुचारू भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।, इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै तुइन भिरमा बिहीबार बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अ...
सेतोपाटी संवाददाता सामूहिक जबरजस्ती बलात्कार मुद्दामा अदालतले दस वर्ष बढी कैद सजाय तोकिएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ५ वर्ष पहिले सर्वोच्च अदालतले सामूहिक बलात्कार मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद फैसला तोकेको थियो।, सर्वोच्चले २०७३ सा...
एजेन्सी चिनियाँ स्वामित्वमा रहेको सर्ट भिडिओ एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।, एनबिसीन्युजका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।, मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।, चिनियाँ कम्पनी बाइटडान्...
रासस कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।, चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घो...
सविता बुढा डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का धनबहादुर देउवालाई सबैले बाजे भन्छन्। स्थानीयले पनि, विभिन्न कामले उनको आँगन हुँदै जानेहरूले पनि।, ८० वर्ष लागेका धनबहादुरले यो नाम उमेरका कारण मात्र पाएका भने होइनन्। बाजे उनलाई खीरले दिएको नाम हो। १० वर्षको उमेरमै भैंसी गोठालो बनेका धनबहादुरलाई उनको खीर पसलले बाजे 'उप...
सेतोपाटी संवाददाता बुटवलमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो। , लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले थाइरोडिजम र उच्च रक्तचापको समेत बिराम...
सेतोपाटी संवाददाता रोल्पामा गएराति दुई बजे ‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर पसलेको हत्या भएको छ।, परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ।, उनीहरू एकै टोलमा बस्ने गर्थे। जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर गुरूङका अनुसार र...
प्रशन्न पोखरेल भदौरे भेलले बूढीगंगा नदी उर्लेको छ।, बिजुलीको तारमा झुण्डिएर दिनहुँ मानिसहरू जोखिम मोलेर बूढीगंगा वारपार गरिरहेका छन्। यो दृश्य बाजुरा बडिमालिका नगरपालिका ४ र ६ जोड्ने बूढीगंगा नदीमा दैनिक देखिन्छ।, साउन २५ गते आएको बाढीले यहाँको बेलिब्रिज र झोलुंगे पुल बगायो। मानिसहरू सदरमुकाम आउजाउ गर्न पाएनन्।, त्यसप...
सेतोपाटी संवाददाता सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन्।, सल्यानको शारदा नगरपालिका निवासी ३६ वर्षीय बुवाले आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले सेतोपाटीलाई बताए।, ‘साउन २२ गते ...
सेतोपाटी संवाददाता प्युठानमा शुक्रबारदेखि एक हप्ता सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ।, कोरोना संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बिहीबार बसेको बैठकले भदौ १२ गतेदेखि १८ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो।, ‘फ्रन्टलाइनमा खटिएकामध्ये केही स्वास्थ्यकर्मी, ...
राजेश घिमिरे भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेटैअगाडि भेटिएका बर्दियाको गुलरिया-८ का बराती लोधको मुखमा क्यान्सर भएको छ।, उनलाई अस्पतालले दोस्रो केमो चढाउनका लागि भदौ ४ गतेको समय दिएको थियो। तर, पाँच दिन कटिसक्दा पनि उनले केमो चढाउन पाएनन्।, क्यान्सर अस्पताल परिसरमा उनीजस्ता सयौं बिरामीहरू उपचारको...
खिलानाथ ढकाल रौतहट माधवनारायण नगरपालिका-२ का पूजारीको हत्या भएको आठ दिन बित्दा प्रहरीले हत्यामा को संलग्न थियो भन्ने ‘क्लु’सम्म पत्ता लगाउन सकेको छैन।, खेसरहियास्थित हनुमान मन्दिरका पूजारी ६२ वर्षीय श्रीराम साहको अज्ञात समूहले मन्दिरमै भदौ ३ गते राति सवा ९ बजे गोली हानी हत्या गरेको थियो।, खाना खाइरहेको समयमा पूजारीलाई...
सेतोपाटी संवाददाता बिहीबार बाँकेमा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.  ७ निवासी ७० वर्षीया वृद्धाको कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान ११ बजेर ५० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।, मृतकको फोक्सोमा निमोनिया भएको अस्पताल प्रश...
सेतोपाटी संवाददाता जुम्लामा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले आफ्नो सत्याग्रहको समय एक साता पछि सारेका छन्।, कोभिड-१९ महामारीको कारण देखाउँदै प्रशासनले अनुरोध गरेपछि सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेको केसीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन्।, उनले सरकारलाई दिएको अन्तिम अल्...
रासस कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द छन्।, बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपा...
सेतोपाटी संवाददाता पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।, बुधवार दिउँसो साँढे ४ बजे पाँचथरको याङवरक गाउँपालिका-४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो। त्यस्तै  बुधवार साँझ पौने ६ बजे  झापाको अर्जुनधारा नगरपालिका- ३ की २८ वर्षिया अन्जिता राईको पनि करेन्ट लागेरै मृत्य...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउने निजी अस्पतालहरूले पिसिआर परीक्षणको अनुमति पाउने भएका छन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशााला टेकुले सूचना जारी गर्दै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले एक तिहाइ बेड छुट्याए पिसिआर परीक्षणको अनुमति प्रदान गरिने जनाएको हो।, यसअघि सरकारले क...
सेतोपाटी संवाददाता नेपाली सेनाका सहायक रथी विनयविक्रम राणा उपरथीमा बढुवा सिफारिस भएका छन्।, जंगी अड्डाले उनको बढुवा सिफारिसमा विवाद नआएपछि आवश्यक निर्णय लिन पत्र रक्षा मन्त्रालयमा पठाएको जंगी अड्डाले जनायो।, रक्षा स्रोतका अनुसार उनको बढुवा पत्र मंगलबार मन्त्रालय पुगेको छ।, बढुवा सिफारिसका लागि पेश भएका आधारहरूबारे रक्...
सेतोपाटी संवाददाता बुधबार देशभर कोरोनाका ८ सय ८५  संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।, विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौत...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ।, त्रिविका शिक्षाध्यक्ष प्रा. डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कुल/क्याम्प...
विवेक राई अहिले सिंगो देश नै कोरोना भाइरससँग जुधिरहेको छ। विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञाले जनजीवन प्रभावित भएको छ। दुई हिमाली जिल्ला मुस्ताङ र हुम्ला भने एक जना पनि कोरोना संक्रमित छैनन्।, यसरी लामो समयदेखि शून्य संक्रमित जिल्लाको सूचीमा परेकाले अहिले यी दुई जिल्लाको ध्यान कसरी संक्रमण भित्रिन नदिने भन्नेमा छ।, ...
सुधिर भण्डारी मोरङका २६ वर्षीय महेन्द्र इम्ब्रुम साढे तीन वर्षअगाडि लेबर काम गर्न साउदी अरब गएका थिए। जजोतसो ऋण गरेर नाइल ओभरसिजमार्फत एक लाख २५ हजार तिरेर गएका उनले तीन वर्षसम्म त काम गरे।, तर, कोरोनाको महामारीको कारण कम्पनीले छ महिना अगाडिदेखि काम दिन छोड्यो।, बेरोजगार भएपछि उनीसँग भएको केही पैसा पनि सकियो। अब उनीसँ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।, बुधबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २...
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार आएको कोरोना परीक्षणको रिपोर्ट अनुसार १० जना थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, विभिन्न घटनामा बुटवल आसपासमा पक्राउ परी हिरासतमा राख...
बिबिसी भूमध्यसागरको किनारमा केही महिलाहरू अर्धनग्न (टपलेस) घाम तापिरहेको घटनामा फ्रान्सका आन्तरिक मन्त्री जेरल्ड डार्मानिनले आफ्नो प्रतिक्रिया जनाएका छन्।, गत साता सेन्ट-मारि-ला-मेरको समुद्र किनारमा तीन युवती शरीरको माथिल्लो भागमा लुगा नलगाई घाम तापिरहेका थिए। त्यत्तिकैमा दुई जना प्रहरी, ती युवतीहरूलाई भित्री लुगा लगा...
सेतोपाटी संवाददाता काठमाडौंमा केही समययता भुइँचालोका साना धक्काहरू आइरहेका छन्। बुधबार दिउँसो पौने २ बजेतिर २.९ म्याग्निच्यूडको धक्का महशुस गरियो। यसको केन्द्रविन्दु कालिमाटी हो।, यसअघि साउन १९ र २० गते यस्तै साना कम्पन आएका थिए। साउन १९ गते राति पौने १२ बजे आसपास २.७ म्याग्निच्युडको भुइँचालो गएको थियो। त्यसको भोलिपल्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार थप ११ जनाको मृत्यु भएको हो।, अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ।, पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेमा...
एजेन्सी अफगानिस्तानकी पहिलो महिला निर्देशकमध्येकी एक सबा सहरमाथि राजधानी काबुलमा गोली प्रहार भएको छ।, गोली प्रहार लगत्तै ४४ वर्षे सहरलाई उपचारका लागि अस्पताल लगिएको भएपनि उनी कति घाइते भएकी छन् भन्ने बारेमा तत्कालै केही स्पष्ट भएको छैन।, सहरका पति, इमाल जाकीले मंगलबार काममा जाँदै गर्दा तीन जना बन्दुकधारीले उनी चढिरहेक...
सेतोपाटी विद्यार्थीलाई शुल्क बुझाउन दिएको दबावबाट काठमाडौं विश्वविद्यालय पछि हटेको छ।, विश्वविद्यालयले भदौ १५ गतेभित्र शुल्क बुझाउन स्कुल अफ साइन्स र स्कुल अफ ईञ्जिनियरिङ स्नातक तहका विद्यार्थीलाई ताकेता गरेको थियो।, बुधबार स्कुल अफ साइन्सका डिन कन्हैया झा र स्कुल अफ ईञ्जिनियरिङका डिन डम्बरबहादुर नेपालीले कोर्ष रजिष्ट...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीहरूलाई १४ दिनभन्दा बढी नराख्न सबै कोभिड अस्पतालहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै कोभिड अस्पतालहरूलाई लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीलाई १० दिनमा पिसिआर परीक्षण गर...
सेतोपाटी संवाददाता रुकुम(पश्चिम) जिल्लाका जनप्रतिनिधिहरूले सिन्धुपाल्चोकको लिदीका पहिरो पीडितहरूको लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।, जिल्लाका पालिका प्रमुखहरू, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय संसदका जनप्रतिनिधिहरूको तर्फबाट पीडितहरूको लागि सांसद जनार्दन शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई सो रकम हस्तान्तरण ग...
सेतोपाटी संवाददाता बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण भेटिएको छ।, कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको महासेनानी नकुल थापाले जानकारी दिए।, महासेनानी थापाका अनुसार हालसम्म उक्त शिक्षालयका ८१ जना जवानहर...
सेतोपाटी संवाददाता ३३ लाख बराबरको सामानसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार बिहान पौने ७ बजे काठमाडौं महानगर-१६ सोल्टीमोडस्थितबाट भारतको राजस्थान घर भएका २१ वर्षीय राकेश कुमार र ५५ वर्षीय वनवारी लाललाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूले सोल्टीमोडबाट पोका-पोकामा सामान बोकेर हिँडिरहेका थिए।, त्यसैक्र...
सेतोपाटी संवाददाता क्यानडा पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाको टोलीले बुधबार सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीया सन्ध्या थापा र ४६ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।, उनLहरूलाई प्रहरीले धापासीस्थित श्रीटोलबाट पक्राउ गरेको हो।, महाशाखाका अनुसार ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश-२ मा कोरोना संक्रमितको उपचारमा खटिनका लागि २४ जना विशेषज्ञ चिकित्सकलाई पठाउने भएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भर्खर अध्ययन सकेका विशेषज्ञ चिकित्सकहरूलाई प्रदेश-२ का विभिन्न अस्पतालमा खटिने गरी पठाइने बताए।, मन्त्रालयका प्रशासन शाखा प्रमु...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थपेको छ।, बुधबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभर निषेधाज्ञाको समय ६ दिनलाई थप गरेका हुन्।, हालसम्म १४ सय जना संक्रमित भएको र १४ जनाको मृत्यु भएको अवस्थालाई ख्याल गर्दै समय थप गरिएको निषेधाज्ञा निर्...
विनोद सापकोटा झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको छ। स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।, स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।, उनीहरुलाई प्रहरीले जिल्ला प...
विनोद सापकोटा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका-३ का ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको छ।, गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।, स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको स...
राजेश घिमिरे चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।, चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, संक्रमण पुष्टि हुनेमा रत...
लेखनाथ खतिवडा पाँचथर जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भदौ १२ गतेबाट सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।, कोभिड-१९ को संक्रमण थप फैलिन सक्ने खतरालाई ध्यानमा राखि १८ भदौ मध्यराति १२ बजेसम्म अत्यावश्यकबाहेकका दुई पाङ्ग्रेसहित सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको ...
सेतोपाटी मानिसको सोच, इच्छा पनि अनेक हुन्छ। र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ।, त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर।, तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरू हराएको खबर भाइरल भयो।, निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ ज...
सेतोपाटी इलाका  प्रहरी कार्यालय मुग्लिनका  अनुसार  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो।, पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।, (रासस), नारायणगढ–मुग्...
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।, स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने...
सेतोपाटी संवाददाता बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ।, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बुधबार राती उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।, लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका...
राजेश घिमिरे नेपाल विद्युत् प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउनु पर्ने माग गर्दै चितवनमा हुन लागेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।, घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएको भन्दै पुनः उनलाई नियुक्ति गर्नुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समाज चितवनले भरतपु...
सेतोपाटी मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ।, स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए।, स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द ग...
सेतोपाटी बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवाको मृत्यु भएको छ।, दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।, उनका अनुसार स्वासप्रस्व...
सेतोपाटी संवाददाता विराट मेडिकल कलेजमा भर्ना भएकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, विराटनगर-१५ मिल्सएरिया घर भएकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।, उनी मंगलबार नै दिउँसो अस्पताल भर्ना भएकी थिइन्। ज्वरो आउने र सास फेर्न गाह्रो भएपछि उनी ...
सेतोपाटी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ।, काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख ...
सेतोपाटी संवाददाता काठमाडौंमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, पाटन अस्पतालमा उपचाररत बुढानिलकण्ठ निवासी ५४ वर्षीय पुरूषको मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।, उनलाई गत साउन २३ गते अस्पताल भर्ना गरिएको थियो। निमोनियाको समस्या देखिएको उनलाई पछि कोरोना पोजेटिभ देखि...
सेतोपाटी गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ। केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि संक्रमण घटेको छैन। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ।, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सं...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कम्तीमा पाँच हजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन्।  , स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा जमलस्थित होटल यल्लो प्यागोडामा मंगलबार भएको छलफलमा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ।, आइसोलेसन बेड निर्माणमा संघी...
सेतोपाटी संवाददाता कारागारमुक्त भएलगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मध्यपश्चिम इञ्चार्ज चन्द्रबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय भोजपुरले मंगलबार कारागारमुक्त भएलगत्तै चन्दलाई पक्राउ गरेको हो।, संखुवासभा जिल्लामा हातहतियार तथा खरखजना र संगठित अपराधको मुद्दा दर्ता रहेकाले उनलाई पक्राउ...
सेतोपाटी संवाददाता झापाको उत्तरी नगरपालिका अर्जुनधारामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन्।, शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित बिरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ।, अर्जुनधारा-१ र ४ मा पर्ने मदनपुरस्थित...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा उपचाररत् एक जना संक्रमितको मृत्यु भएको छ।, मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरूषको बुधबार बिहान साढे ८ बजे अस्पतालको कोरोना उपचार कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठ जानकारी दिए।, केही दिनदेखि धनगढीकै निसर...
सेतोपाटी डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।, बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बर...
सेतोपाटी संवाददाता काभ्रेस्थित धुलिखेल अस्पतालमा मंगलबार राति भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ।, सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय व्यक्तिको उपचारका क्रममा राति ११ः५५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।, आइतबार अस्पताल भर्ना गरिएको उनलाई सोमबार संक...
सेतोपाटी झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताए।, समाज परिवर्तनका लागि भोजराजले साथी-सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुपर्‍यो।, भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन। खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने भोजराजलाई लाग्यो।,  यसपछि ...
युवराज श्रेष्ठ लमजुङमा कार्यरत नेपाली सेनाका एक जना साउन २९ गते बाग्लुङ गए।, उनमा सामान्य रूघाखोकी थियो। बाग्लुङबाटै उनको स्वाब परीक्षण गर्न पोखरा पठाइयो। साउन ३ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखियो।, उनैको कन्ट्याक्ट टेसिङका क्रममा लमजुङमा कार्यरत उनीसँग नजिक रहेका सेनाका अन्य जवान तथा अधिकृतको पनि स्वा...
सेतोपाटी संवाददाता विराटनगरको नोबेल शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत् प्यारामेडिक्ससहित ५५ नर्सले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले मंगलबार राजीनामा बुझाएको अस्पताल प्रशासनले स्वीकारेको छ।, व्यवस्थापनले आफ्नो सुरक्षाको भरपर्दो ग्यारेन्टी नगरेको गुनासो गर्दै आएका नर्सहरूले सामूहिक राजीनामा दिएका हुन्।, उनी...
राजेश घिमिरे मंगलबार चितवनको आइसोलेसनबाट भागेका युवा बुधबार नुवाकोटमा भेटिएका छन्। भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका ती युवा बुधबार बिहान साढे १० बजेतिर नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।, नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकरी...
राजेश घिमिरे मंगलबार चितवनको आइसोलेसाबाट भागेका युवक बुधबार नुवाकोटमा भेटिएका छन्।, भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।, नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानक...
सेतोपाटी संवाददाता मूल्य सूची नराख्ने तथा खरिद विक्री बिल उपलब्ध गराउन नसक्ने वीरगञ्जका तीन पसल कारबाहीमा परेका छन्।, बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका माइस्थानस्थितका विभिन्न किराना तथा तरकारी फलफूल पसलका अनुगमन...
रासस म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलेको छ।, गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडिओ बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य बाहिर आएको हो।...
सेतोपाटी संवाददाता जुम्लाामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक शत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरू हुने भएको छ।, यो वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति प्रतिष्ठानले पाएको हो।, साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष...
जुना श्रेष्ठ परमेश्वर तन्डुकारको गितारप्रति विशेष लगाव थियो, सानैदेखि। पुर्ख्यौली पेसा सांगीतिक क्षेत्र भएका उनको सानो छँदा खेलौना नै गितार हुन्थ्यो। हातमा राम्ररी नअडिए पनि यसको संगीत चिनिसकेका थिए। , जम्मा १० वर्षका थिए जब उनले गितार बिक्री तथा मर्मतमा बुवालाई सघाउन थाले। त्यो उमेरमै उनी गितार बजाउन पनि सिपालु थिए। ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ।, बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।, ‘काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ,’ काठमाडौंका प...
प्रशन्न पोखरेल सरकारले यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ।, एसएलसी(एसइई)सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द गरिएको हो।, चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले प...
सेतोपाटी संवाददाता महोत्तरीमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। , जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो।, क्यान्सरबाट पीडित ती पुरूष केही दिन पहिले चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थि...
भगवती पाण्डे बुटवल वडा नंं ११ देवीनगरस्थित एन्फा एकेडेमीको प्राङगढमा नियमित योगअभ्यास र लोकगीतको धुन बज्न थालेको तीन महिना बढी भयो।, बिहानैको सुर्योदयसँगै शुरु हुने योगअभ्यास र गीतको धुनमा एकनासले उफ्रिरहेका सबैको उद्देश्य एउटै छ, जतिसक्यो छिटो यो स्थानबाट बाहिर जान पाइयोस्।, रुपन्देहीमा कोरोना संक्रमण फैलिएसँगै एन्फा...
प्रशन्न पोखरेल गोरखाबाट उपचारका लागि काठमाडौं ल्याइएका एक जना बिरामीको सरकारी र निजी अस्पतालहरूमा आइसियू खोज्दाखोज्दै मृत्यु भएको छ।, सुलिकोट गाउँपालिका-७  पाँचखुवा देउरालीका ५७ वर्षीय कलबहादुर बरामलाई केही दिनदेखि ज्वरो आइरहेको थियो। बुवालाई ज्वरो आउने, बरबराउने र श्वासप्रश्वासमा समस्या भएपछि छोरा लालकुमार बरामले आइत...
रासस काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी ग...
सेतोपाटी संवाददाता सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट सशस्त्र प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ।, सोमबार राति साढे सात बजे रामनगर गाउँपालिका-७ स्थित मधुवनीमा गडहियाबाट बरहथवातर्फ जाँदै गरेको प्र.२-०३-००२ प.५२१० नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको ट्रयाक्टरले ठक्कर दिएको थियो।, ठक्करबाट मोटरसाइकल चालक हरिपुर...
सेतोपाटी संवाददाता सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ।, कोभिड-१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन्।, स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो।, ‘शिक्षकहरू अहिले त्यतिकै बसिराख...
विवेक राई केही समयअघिसम्म वीरगन्ज महानगरपालिका मेयर विजयकुमार सरावगी कोरोना संक्रमित थिए। सुरूदेखि नै कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्जमा काम गर्दागर्दै उनी संक्रमित भएका थिए।, सुरूमा संक्रमण देखिएका बाँकेको नरैनापुर, उदयपुरजस्ता ठाउँमा कोरोना संक्रमण नियन्त्रण आए पनि वीरगन्जमा दिनदिनै अवस्था झन् जटिल बनेपछि गृह म...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।, मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुर...
सेतोपाटी संवाददाता मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।, विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौत...
एजेन्सी अमेरिकाको डिट्रोयटमा डाक्टरले मृत घोषणा गरिसकेकी युवतीले शवगृहमा पुर्‍याएपछि  आँखा खोलेकी छन्।, समाचार पत्र द गार्डियनका अनुसार शवगृहमा नकुहियोस् भनेर उनको शरिरमा केमिकल लगाउन लागेका बेला २० वर्षीया  टिमिशा बेउचाम्पले आँखा खोलेकी हुन्।   , साउथफिल्ड अग्नि विभागका अनुसार टिमिशा आइतबार अचेत अवस्थामा पुगेकी थिइन्...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।, मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।, मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्सा...
दिपकजंग शाही कर्णाली नदीमा दुई जना बालक बेपत्ता भएका छन्। मंगलबार दैलेखको आठबीस नगरपालिकका–४ स्थित कर्णाली नदीमा पौडी खेल्न गएको दुई जना बालक बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी कर्णाली नदीमा बेपत्ता भएका हुन्।, उनीहरुको खोजीका लागि प...
सेतोपाटी संवाददाता रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोग विश्वनाथप्रसाद लोध र महेन्द्रप्रसाद यादवविरूद्ध चार लाख बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुबैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।, जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प...
सेतोपाटी संवाददाता मेडिकल एसोसिएसनले कोरोना महामारीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ।, एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले स्वास्थ्यकर्मीहरू भोक, प्यास र परिवार नभनी फ्रन्टलाइनमा खटिएको उल्लेख गर्दै दुर्व्यवहार हुँदा स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने बताए...
सेतोपाटी संवाददाता जिल्ला अस्पताल डोटीमा जडान गरिएको पिसिआर मेसिन तीन दिनपछि पुनः सञ्चालनमा आएको छ।, वायो क्याविनेटमा समस्या आएपछि पंखा नघुमेर शनिबार बिग्रिएको मेसिन मर्मतपछि आजदेखि सञ्चालनमा आएको हो।, ‘धनगढीबाट इन्जिनियर आएपछि मर्मत गरी आजबाट परिक्षण सुचारु भएको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रक...
सेतोपाटी संवाददाता कोरोना भाइरस देखिएका वीरगञ्जका पत्रकारहरू रेडियो स्टेसनमै आइसोलेसनमा बसेका छन्।, उनीहरूले दिनहुँ समाचार तयार पार्नेदेखि वाचन गर्नेसम्मका कामलाई निरन्तरता दिइरहेका छन्।, वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएममा सात जना संक्रमित छन्।, नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले दिएको जानकारीअनुसार रेडिय...
सेतोपाटी संवाददाता रुपन्देहीको कञ्चन गाउँपालिकामा होम क्वारेन्टाइन र क्वारेन्टाइनमा रहेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, प्रादेशिक जनस्वास्थ्य कार्यालय प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा कञ्चन गाउँपालिकाका मात्रै २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्र...
एजेन्सी कोरोनाभाइरसको  महामारी झुठो हल्ला हो भन्ने  अमेरिकाका एक जनाले सोही भाइरसको संक्रमणका कारण श्रीमती गुमाएका छन्।, फ्लोरिडाका  ट्याक्सी चालक ब्रायन ली हिचेन्स कोरोनाभाइरस एउटा छल र झूठो हल्ला हो  भन्ने  कुरामा विश्वास गर्थे।, ब्रायन र उनकी श्रीमती एरिनले  कोरोनाभाइरस नियोजित रूपमा उत्पादन गरिएको, फाइभ जी नेटवर्क...
युवराज श्रेष्ठ लकडाउन र निषेधाज्ञाका कारण रक्तसञ्चार केन्द्रमा अहिले रगत छैन। अस्पतालहरुले स्टक राख्ने रगतको पनि अभाव छ। कोरोना भाइरसका कारण सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न पाएका छैनन्, रक्तदाताले रगत दान दिन। , रगत चाहिने बिरामी भए पहिल्यै उसको रगतसँग मिल्ने ग्रुपको रगत भएको रक्तदाता खोज्नुपर्छ। रक्...
सेतोपाटी संवाददाता कञ्चनपुरको डोके बजारमा मंगलबार रातिदेखि लकडाउन हुने भएको छ।, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले डोके बजार क्षेत्रलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।, आज राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म भारतबाट आएकाहरू बाहेकलाई व्यापार व्यवसायमा संलग्न नहुने गरी लकडाउन लागू गरिने कञ्चनपुरका प्रमुख ...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले आठ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-५ बाट ४५ वर्षीय रामचन्द्र राय थारु र ५० वर्षीय जनार्दन थारुलाई पक्राउ गरेको हो।, मंगलबार मनिअर्वा स्कुल सडकखण्डमा रहेको प्रहरीले बिआर २२ एजी ७३७२ नम्बरको मोटरसाइकलबाट उक्त बराबरको चरेस र एक किलो गाँजा...
सेतोपाटी संवाददाता जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ।, मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी तुलसीराम पौडेलले बताए।, उनका अनुसार सो सिफारिस...
नारायण खड्का रुकुम प्रहरीले एक जना लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ।, प्रहरीको गोली लागेर रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन्। मुसिकोट नगरपालिका वडा नं. ४ ठाराढुङ्गा भन्ने ठाउँका मंगलबार दिउँसो ३ बजेतिर पुनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनु परेको जिल...
सविता बुढा हिजोअस्तिसम्म मदन बस्ने कोठामा अहिले उनकी २९ वर्षीया श्रीमतीको शव छ। अहिले मदन पाँच वर्षकी छोरी लिएर अर्को कोठामा सरेका छन्।, बाहिर प्रहरी र दुई-चार जना आफन्त छन्।, 'कोरोना लागेका हुनाले नजिक कोही आउँदैनन्,' मदनले फोनमा भने, 'श्रीमतीको दाहसंस्कार गर्न पाउने हुँ कि होइन, यस्तै अलमल छ!', बझाङको केदारस्युँका म...
सेतोपाटी संवाददाता मंगलबार रुपन्देहीमा ६९ जना कोरोना संक्रमित थप भएका छन्। तीमध्ये ४३ जना पुरुष र २६ जना महिला रहेका छन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा ९ जनासहित रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीमा ६९ जना कोरोना संक्रमित...
सेतोपाटी संवाददाता कैलालीको बर्दगोरिया गाउँपालिकाका एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ।, भदौ १ गते मृत्यु भएका बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का ४९ वर्षीय पुरूषको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो।, गाउँपालिकाको स्वास्थ्य शाखा अधिकृत कृष्णदेव जोशीले मृतकमा नौ दिनपछि आज कोरोना संक्रमण पुष्टि भएको बताए।, का...