content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चितवनमा बिहीबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।,  , भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। ती पुरुषको भरतपुर कोभिड आइसियूमा उपचार भइरहेको थियो।,  , विगत ६ दिनदेखि उनको कोभिड–१९ आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।,...
सेतोपाटी संवाददाता बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।, त्यस्तै विगत २४...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बिहीबार २ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय जनामा कोरोना पुष्टि भएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना छन्। कोरोनाल...
विवेक राई बेलैमा पूर्वतयारी गर्न नसक्दा सरकारलाई अहिले उपत्यकामा कोरोना संक्रमितको व्यवस्थापन गर्न सकस परेको छ।, दैनिक डेढ सय बढी थपिने संक्रमितलाई व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे भएको छ।, कतिपय संक्रमित आफैं अस्पताल पुग्दा पनि बेड अभावका कारण अस्पतालले फर्काइदिने गरेका छन्। अधिकांश कोरोना संक्रमितको उपचार गरिरहेक...
नारायण महर्जन काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि चेकिङमा कडाइ गरिएको छ।, उपत्यकाका तीन वटै जिल्ला प्रशासनले बुधबार रातिदेखि लागू हुनेगरी गरेको निषेधाज्ञा जारी गरेको थियो।, यसैगरी प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई कारबाही गरेको छ।, निषेधाज्ञापछि काठमाडौं उपत्यका सुनसान बनेको छ। , सडकमा पान...
सेतोपाटी संवाददाता ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती पक्राउ परेकी छिन्।, बुधबार मध्यराति प्रहरीले चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो।, धादिङ गजुरी गाउँपालिका-८ की उनी बलम्बुमा डेरा गरी बस्थिन्।, महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार उनको कोठाबाट चरेस बरामद गरिएको हो।,...
सेतोपाटी संवाददाता कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ।, विगत २४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।, यसरी मृत्यु हुनेमा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका दुई पुरुष र एक महिला...
सेतोपाटी संवाददाता काठमाडौंको सीतापाइलामा एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन्।, बिहीबार जिल्ला अदालत काठमाडौंले २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलाम र मुन्ना मोहम्मद दुबै जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।, न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश दिएक...
युवराज श्रेष्ठ माधवप्रसाद घिमिरे सानो छँदा पुस्तुन (हाल बाहुनडाँडा) मा स्कुल थिएन। झन्डै दुई घन्टा पैदल झरेपछि खुदी आउँथ्यो। त्यहाँ ‘भाषा पाठशाला’ थियो। उनी त्यहीँ बसेर पढ्न थाले।, खुदीमा उनीहरूको आफ्नो घर थिएन। न त आफन्त। स्थानीय शिवप्रसाद पोखरेल र माधवका बुबा गौरीशंकर घिमिरे साथी थिए। माधवलाई पढाउन उनका बुवाले यही स...
एजेन्सी भारतमा विवाह गर्न नमानेको भन्दै प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेका छन्।, उत्तरप्रदेशको आगरामा २६ वर्षीया डा. योगिता गौतमको हत्या गरेको आरोपमा प्रहरीले उनका प्रेमी डा. विवेक तिवारीलाई पक्राउ गरेको हो।, एसएन मेडिकल कलेजको गाइनेलोजी विभागमा कार्यरत योगिताले भर्खरै मास्टर्स अफ सर्जरीको पढाइ सकेकी थिइन्। उनको अन...
नारायण खड्का बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।, ती सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू भएको महासेनानी नकुल थापाले सेतोपाटीलाई जानक...
नेहा झा मिर्गौला पीडित धनुषाका एक युवकलाई अस्पतालले उपचार गर्न नमान्दा भएको ढिलाईले मृत्यु भएको छ।, धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का ३० वर्षीय प्रमोद महतोको उपचार नपाएकै कारण मृत्यु भएको हो। महतो विगत एक वर्षदेखि मिर्गौलाको समस्याबाट ग्रसित थिए। लकडाउन अघिदेखि नै उनको उपचार भइ रहेको थियो।, तर लकडाउन र निषेधाज्ञा...
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा बुधबार मृत्यु भएका एक पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचाररत् देवदह वडा नं. ३ सिसपुर निवासी ७० वर्षीय पुरूषको बुधबार मृत्यु भएको थियो।, देवदह नगर स्वास्थ्य शाखाका अनुसार मृतक पुरूषको बुटवलमा र...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा ९ गतेसम्म थप गर्ने निर्णय गरेको हो।, साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १ गतेदेखि...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।, प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार बिहीबार भदौ महिनादेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने गरी ४९ एसपीको सरूवा भएको हो।, मानव बेचबिखन तथा ओसारपसार ब्युरोमा अनुराग द्विवेदीको सरुवा भएको छ। सप्तरीका प्रहरी उपरीक...
सेतोपाटी संवाददाता ललितपुरमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्।, बिहीबार बिहान ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित पुलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीय नविन तामाङ र १८ वर्षीय...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-८ बौद्धचौकदेखि एयरपोर्ट जोड्ने सडकको बीच भागमा पर्खाल लगाइएको छ।, शिव मन्दिर नजिक सडकको माथिल्लो आधा भाग कालोपत्रे नै भत्काएर पर्खाल लगाइएको छ।, यसले उक्त बाटोबाट ओहोरदोहोर गर्ने सवारी चालकले सास्ती त खेप्नुपरेको छ नै बाटो साँघुरो बनेपछि दुर्घटनाको समेत जोखिम बढेको छ।, सडक स्तरोन्नत...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा रहेको बनबाटिकाभित्र बनाउन लागेको आइसोलेसन सेन्टरमा अवरोध भएको छ।, तिलोत्तमा नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नगरपालिकाको वडा नं. २ शंकरनगर बनबाटिकाभित्र रहेको पुष्पलाल पार्कमा नवनिर्मित भवनलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गरेको ...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका तीन जिल्लासहित एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो।, कैलालीमा बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गते रातिसम्मका लागि निशेधाज्ञा जारी भएको छ। जिल...
अशोक घिमिरे सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र शुल्क सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ।, , जिल्ला सङ्कट व...
सेतोपाटी संवाददाता पाल्पामा भोलि शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ। , प्रशासन कार्यालयले जिल्लाभर लागू हुनेगरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको जनाएको छ। , प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा कोभिड नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निषेधाज्ञाको निर्णय गरिएको उल्लेख...
सेतोपाटी संवाददाता बाढी-पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ।, बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बाढी-पहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।, प्रदेश सरकारले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् उ...
सेतोपाटी संवाददाता अस्पताल भर्ना भएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पुर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पताललाई शुक्रबारदेखि शिल गरिएको छ।,  , अस्पतालमा उपचाररत ५ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ।  बिरामीमा संक्रमण देखिएपछि त्यहाँ रहेका अरु १७ जना बिरामीलाई घर पठाएर अस्पताल शिल गरिएको अस्पतालले जनाए...
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमितको उपचारको लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूको पिसिआर परीक्षण अनुमति खारेज गर्ने निर्णय गरेको छ।, स्वास्थ्य मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूलाई प्रदान गरिएको पिसिआर परीक्षण...
रुमा रिजाल कोरोना संक्रमणका कारण मोरङ जिल्लामा मात्रै ११ जनाको मृत्यु भएको छ। धेरै मानिसको मृत्यु हुने मोरङ तेस्रो जिल्ला हो।, मुलुकभर कोरोना संक्रमण रोक्न र उपचारका लागि सबैभन्दा राम्रो व्यवस्थापन गरेको भनिएको प्रदेश १ को राजधानीमै संक्रमितको मृत्यु बढेपछि सरकारको आलोचना बढ्न थालेको छ।, यति ठूलो संख्यामा मृत्यु भएपछि...
सेतोपाटी संवाददाता प्रदेश-२का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित घरमा चोरी भएको छ।, मंगलबार राति १-२ बजेको समयमा महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित बोजपोखरीमा रहेको घरमा चोरी भएको हो। चोरले करिब पौने दुई लाख नगद र दुई सेट फोन चोरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु शर्...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यकाल छ महिना थपिएको छ।, आज बसेको महासङ्घ बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।, ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुन लागेकोमा कोरोना महाव्याधीको जोखिमका कारण तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिए...
राजेश घिमिरे पिसिआर परीक्षणको मान्यता नै नपाएको वीरगन्जको नारायणी बयोधा अस्पतालले बिरामीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गरेको खुलासा भएको छ।, अस्पतालमा आएका बिरामीको पिसिआर परीक्षण गर्नुपर्ने भन्दै आफैले स्वाब संकलन गरेर काठमाडौं पठाउने गरेको र बिरामीसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको खुले...
सेतोपाटी संवाददाता 'पाइलट हुँ' भन्दै महिलासँग नजिकिने र गरगहना लुटपाट गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर, काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २३ वर्षीय रोहिनजंग शाहलाई मंगलबार पक्राउ गरेको हो। उनले एक वर्षदेखि फेसबुकबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको 'पाइलट ह...
सेतोपाटी संवाददाता एसिड आक्रमणमा परेका बिरामीहरूको उपचार निशुल्क गराउन स्वास्थ्य मन्त्रालयले १७ वटा अस्पताललाई निर्देशन दिएको छ।, मन्त्रालयले गत शुक्रबार १७ वटा सरकारी अस्पतालमा एसिड आक्रमणमा परेका बिरामीको निशुल्क उपचार गराउन निर्देशन दिएको हो।, साउन २६ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार एसिड आक्रमणमा परेका बिराम...
सविता बुढा सुदूरपश्चिममा एकै दिन पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।, अछाम जिल्लाको रामारोशन गाउँपालिका -५ सैनीबजारमा मंगलबार राति बाढीले २४ घर बगाउँदा त्यहाँ रहेका ६ जनाको मृत्यु भएको छ। अरु ११ जना वेपत्ता छन्।, त्यस्तै बझाङको बुङगल नगरपालिका वडा नम्वर ५ मिडिगाउँका प्रताप ताम्राकारको घरम...
सुदीप श्रेष्ठ पहाडमा पहिरो- ३, सिर्जना तामाङ सोमबार रातारात काठमाडौं आइन्। सिन्धुपाल्चोकबाट यहाँ आइपुग्दा राति एक बजिसकेको थियो।, बर्खेझरीले खुसुखुसु पहिरो खस्न थालेपछि जुगल गाउँपालिकाकी उपाध्यक्ष तामाङ गुहार माग्न आएकी हुन्।, गत शुक्रबार यही गाउँपालिकाको लिदीमा पहिरो खसेर ३९ जना एकैठाउँ पुरिएका थिए। यहाँका १ सय ७२ घर...
रूमा रिजाल सुनसरी भोक्राह- ७ का २२ वर्षीय गुणराज यादव साउन ३२ गते खोलामा तैरिरहेको बोराभित्र मृत भेटिए। उनका दुवै हात डाेरीले बाँधिएका थिए।, गाउँमा उनको मोबाइल पसल छ।, साउन २९ गते बिहीबारका दिन गुणराज मोबाइलको ‘पार्टस्’ किन्न इनरूवा बजार गएका थिए। उनी त्यो दिन घर फर्किएनन्।, उनको हत्या अनुसन्धानमा खटिएका सुनसरी जिल्ला...
दिपकजंग शाही मंगलबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरोले कर्णालीका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछिको बाढीपहिरोमा प्रदेशभर ४ जना र ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता छन्।, अविरल वर्षाका कारण पहिरो जाँदा दैलेखका छुट्टाछुट्टै ठाउँमा २ जनाको मृत्यु भएको छ। ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टिन तथा आइसोलेसन निर्माणकाे कार्यमा जुटिरहेको बताएका छन्।, उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उपत्यका नगरपालिकाहरुको समन...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नर्सहरूले असुरक्षित भएर काम गर्नु परेको भन्दै स्वास्थ्य सामाग्रीको माग गरेका छन्।, व्यक्तिगत रूपमा पटकपटक मास्क, सेनिटाइजर, पन्जा लगायतका सामाग्री माग गर्दा समेत सुनुवाई नभएपछि सामुहिक रूपमा माग गरिएको कार्यरत स्टाफ नर्स सफला बुढाथोकीले बताइन्।, ...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका र महानगरीय प्रहरी बृत्त थानकोटले बुधबार रातिदेखि जारी हुने निषेधाज्ञालाई कडाइसाथ लागू गर्ने भएका छन्।, दुवै निकायबीच बुधबार भएको सहमतिअनुसार निषेधाज्ञाको समयलाई कडाइसाथ कार्यान्वयन गर्ने निर्णय भएको हो।, महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुस...
सेतोपाटी संवाददाता रौटहटमा बुधबार राति एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ। , माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको राति करिब ९ बजे हत्या भएको हो। उनी त्यति बेला खाना खाँदै थिए। अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।...
सेतोपाटी स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छन्।, विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको छ लाख ४० हजार भारतीय रूपैयाँ बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए।, रकमसहित पक्राउ पर्नेम...
सेतोपाटी गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ।, यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए।, एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।, पाँच वर्षीय...
सेतोपाटी पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।, प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।, गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प...
सेतोपाटी टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रूपैयाँ उपलब्ध गराउने भएको छ।, नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब...
सेतोपाटी संवाददाता बैतडीमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।, दशरथ चन्द राजमार्ग अन्तरगत महेन्द्रनगरबाट दार्चुला जाँदै गरेका बा ३ ख ९११७ नम्वर हाइस पाटन नगरपालिका वडा नम्वर ७  लामाखेतमा हिजो साँझ ७ बजे दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।, घाइते ११ मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि सेती प्राद...
सेतोपाटी बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ।, बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो। नगरका हाल १७ संक्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्र...
सेतोपाटी संवाददाता कैलालीमा आज रातिदेखि भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा हुनेभएको छ ।, जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार संक्रामक रोग र स्थानीय प्रशासन ऐन निषेधाज्ञा लागु गर्न लागिएको हो।, आजराति १२ बजेदेखि भदौ १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तुबाहेक कुनैपनि उद्योग, व्यापार व्यवसाय संचालन गर्...
निशा भण्डारी उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागु गरेपछि काठमाडौं उपत्यका बिहीबार बिहानदेखि सुनसान भएको छ। , पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सिडिओ कार्यालयहरूले एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्।...
एजेन्सी दक्षिण पश्चिम चीनको यात्जी खोलामा बाढी आएपछि जोखिममा रहेका एक लाखभन्दा बढीमा मानिसको उद्धार गरिएको छ।, त्यहाँको १२०० वर्ष पुरानो विश्व सम्पदा क्षेत्र नै बाढीको चपेटामा परेको छ।, प्रहरी, स्वयंसेवक तथा कर्मचारीहरुले ७१ मिटर अग्लो बुद्धको लेसन विशाल मुर्ति जोगाउन बालुवाका थैलीहरुको प्रयोग गरेका छन्।, सिचुवान प्रा...
सेतोपाटी संवाददाता कविवर माधवप्रसाद घिमिरेको पार्थिक शरिरलाई राष्ट्रिय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।, उनको शवमा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा पहिराउने कार्यक्रम छ। सेनाका अनुसार रक्षामन्त्री पोखरेल साढे ९ बजे घिमिरे निवास जाँदैछन्।, त्यसपछि घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाल...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिकाकी एक कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु भएको छ।, स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पताल ललितपुरमा उपचाररत् उनको बुधबार बिहान मृत्यु भएको हो।, कार्यालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमित महिलाको मृत्यु भएको जनाएको छ। अस्पताल स्रोतले संक्रमित महिलाको ...
सेतोपाटी संवाददाता अछामको  रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो।, बाढीमा बेपत्ता भएका१५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्।, बगेका ४ जनाको यसअघि नै बान्नीगढी ज...
सेतोपाटी संवाददाता बाजुरामा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ वनकाँडा खर्कमा मंगलबार बिहान पहिरो जाँदा तीन वर्षीया समिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान ३ बजे माथिबाट पहीरो आउँदा उनी पुरिएकी थिइन्। पहिरोमा परी ६५ वर्षीया नन्दा देवी बुढा र ५ वर्षीया विनिता बुढा घाइ...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।, बुधबार घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।, राष्ट्रकवि घिमिरेको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।, गाउँपालिकाको आकस्मिक बैठकले राष्ट्रकविको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले निकालेको सूचनामा स्वास्थ्य चौकीबाहेक अन्यत्र आज सार्वजनिक बिदा दिइएको उल्ल...
राजेश घिमिरे वीरगञ्जमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।, वीरगञ्ज महानगरपालिकाको भिस्वा बस्ने ५७ वर्षीय पुरूष र विर्ता बस्ने ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो।, नेपाल टेलिकमका कर्मचारीसमेत रहेका ५७ वर्षीय पुरूषको मंगलबार अपरान्ह नारायणी अस्पतालमा मृत्यु भएको थियो।, अर्का वृद्धको गण्...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले म्युजिक भिडिओमा झण्डा जलाउने समूहका नौ जनालाई पक्राउ गरेको छ।, बुधबारसम्म प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट नौ जनालाई पक्राउ गरेको हो।, सोमबार 'मङगोल हप' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको 'देशद्रोही' नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो।, त्यसको चौतर्फी विवाद ...
सेतोपाटी संवाददाता मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ।, जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको आधा भाग बाढीले बगाइदिएको छ।, जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दि...
सेतोपाटी संवाददाता धरान निवासी ७१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।, धरान-१५ निवासी उनको क्वारेन्टिन बसाइँको क्रममा स्वाब परीक्षण गर्दा गत साउन २३ गते...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।, बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। नेपाली सेना र सशस्त्र प्रहरीले राष्ट्रकविको सम्मानमा सलामी अर्पण गरेको थियो।, सेनाले घिमिरेलाई मानार्थ सहायक रथीको उपाधिसमेत दिएको थियो। राष्ट्रकवि...
रासस उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ।, मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो। सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध खुवाउनसमेत आदेश दिएको हो।, साथै...
सेतोपाटी संवाददाता मिर्चैया नगरपालिका-५ का दुई जनाको गोली हानी हत्यापछि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, सिराहा नगरपालिका-५ कै लालकुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, सिराहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले धनुषामा लुकीछिपी बसिरहेका साहलाई पक्राउ गरेको हो।, गत असार ११ गते राति...
सेतोपाटी संवाददाता हेटौंडामा एक वृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राति मृत्यु भएका हेटौंडा-१ का ६१ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।, श्वासप्रश्वासको समस्याका कारण लामो समयदेखि हेटौंडा अस्पतालमा उपचाररत उनको मृत्युपछि कोरोना जाँच गरिएको थियो।, बुधबार बिहान हेटौंडास्थित कीटजन्य रोग अनु...
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीलाई ‘बेचबिखन’का लागि भारत पुर्‍याएको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरेको छ।, ब्युरोले नुवाकोट तादी गाउँपालिका-३ खरानिटार घर भई काठमाडौंस्थित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने गर्ने २२ वर्षीय अर्पण तामाङ भनिने राजु तामाङलाई पक्राउ गरेको हो।, उनलाई...
भगवती पाण्डे सर्पको डसाइबाट दस वर्ष पहिले नै जेठो छोराको मृत्यु भएको थियो।, जेठो छोराको मृत्युको पीडा बिर्सिन नपाउँदै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा-१७, देवगाउँ फूलभरियाकी रमावती सहनीको जीवनमा अर्को बज्रपात परेको छ।, जेठ १२ गते घरमै फलेको आँप टिप्न खोज्दा रूखबाट लडेका १६ वर्षीय कान्छो छोरा छोटु सहनी उठ्नै नस...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय नवलपुर (नवलपरासी-बर्दाघाट सुस्ता पूर्व) ले बुधबार रातिदेखि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ।, कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी...
सेतोपाटी संवाददाता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताएका छन्।  , कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक...
सेतोपाटी संवाददाता चितवन प्रहरीले १० किलो गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।, भरतपुर महानगरपालिकाको वडा नम्बर १६ झनझने बस्ने ३२ वर्षीय कुमार गुरूङलाई १०.७४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले बताए।, गाँजाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी क...
सेतोपाटी संवाददाता बाटोको विषयलाई लिएर कुटाकुट हुँदा सिराहामा एक महिलाको मृत्यु भएको छ।, सिराहाको अर्नमा गाउँपालिका वडा नं. ५ की ५० वर्षीया सितादेवी राउतको मृत्यु भएको हो।, मंगलबार राति करिब साढे १० बजेतिर सिराहाको कृष्णपुरस्थित बाटोको विषयलाई लिएर भएकाे विवादले कुटपिटकाे रुप लिएकाे थियाे।, उपचारको क्रममा जिल्ला अस्पत...
सेतोपाटी संवाददाता प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोनामुक्त भएका छन्।, प्रादेशिक प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा हिजो दिउँसो १ बजेतिर आफ्नो रिपोर्ट नेगेटिभ आएको मन्त्री यादवले सेतोपाटीलाई बताए।, प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सामिल हुन गएका मन्त्री यादव साउन...
सेतोपाटी संवाददाता गौतम बुद्धको मुर्ति भेटाएका महोत्तरीका एक जना युवकलाई भारतीय सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ।, महोत्तरीको मनरासिसबा नगरपालिका घर भएका २० वर्षीय बलिन्द्र सदा आज बिहान मात्रै सीमापारिको एउटा पोखरीमा माछा मार्न गएका बेला उनले बुद्धको मुर्ति भेटाएका थिए।, गाउँमा यसबारे हल्ला फैलिएपछि एसएसबीले ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना छन्। बु...
सेतोपाटी संवाददाता बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।, त्यस्तै विगत २४...
सेतोपाटी संवाददाता बुधबार अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी दैलेखका छुट्टाछुट्टै ठाउँमा ३ जनाको मृत्यु भएको छ।, जिल्लाको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले टिकाराम कठायतको घर पुर्दा उनका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको छ। सोही पहिरोमा परी टिकारामका उनका काकाका छोरा ११ वर्षीय लोकेश कठायत बेपत्ता रहेको ...
अनुषा अधिकारी पन्नाकाजी कपाली अचेल पसलमा ग्राहक आइपो हाल्छन् कि भन्ने आशले बसिरहेका हुन्छन्। असनस्थित आफ्नो सानो घरमा टेलर खोलेर बसेका उनी लकडाउनयता यसरी नै आफ्नो दिन बिताइरहेका छन्।, अघिल्लो वर्ष यही समय उनलाई कामको भ्याइनभ्याइ हुन्थ्यो। विवाह, व्रतबन्ध र अन्य चाडपर्वका महिनामा प्रायः खाली हुन्थेनन्।, तर अवस्था सधैं ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसरी मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक पुरुष छन्। त्यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक एक महिलाको मृत्यु भएको छ।, थपिएका ६ सहित क...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको एउटा पहाडी जिल्ला सल्यानमा खोलाले बगाउँदा एकजना चालक बेपत्ता भएका छन्।, जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-५ स्थित नाथे खोलाले बगाउँदा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका निवासी ३० बर्षीय दिलिप खत्री बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अ...
सेतोपाटी संवाददाता क्वारेन्टिन अभाव देखाउँदै बुधबारदेखि विदेशमा अलपत्र नेपालीहरूको उद्धार रोकिएको छ।, अहिले काठमाडौंमा क्वारेन्टिनको अभाव छ। मंगलबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा १० हजार जना अट्ने क्वारेन्टिन निर्माण नगरेसम्म उद्धार फ्लाइट नगर्न सरकारलाई अनुरोध गरिसकेको छ।, परराष्ट्र, पर्यटन, अर्थ...
सेतोपाटी संवाददाता एक सातादेखि अवरुद्ध रहेको बझाङको सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।, पहिरोले विभिन्न स्थानमा सडक बगाएपछि राजमार्ग अवरुद्ध थियो।, सडक डिभिजन कार्यालय बैतडीले पहिरो हटाएर सडक मर्मत गरेपछि राजमार्गमा यातायात सुचारु भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए।, उनका अ...
सेतोपाटी संवाददाता जारी निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।, ‘सवारीसाधनलाई पक्राउ गरी मानिसहरूलाई फर्काइएको छ,’ महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत...
राजेश घिमिरे लकडाउनले धेरै मान्छे कामविहीन छन् तर चितवन अमृतचोकका सुमन सुवेदीको व्यस्तता भने अहिले झन् बढेको छ।, २८ वर्षीय सुवेदीलाई अचेल तारन्तार फोन आइरहन्छ।, सामाजिक सञ्जालमार्फत कुरिलोको बिरूवा तयार भयो है भनेर जानकारी गराएका थिए। अर्डर गरे घर–घरमै बिरूवा ल्याइदिने पनि भनेका थिए। त्यसैले उनको फोन अचेल ज्यादा व्यस्...
सेतोपाटी संवाददाता कोरोना संक्रमित भेटिएपछि तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ ले अत्यावश्यक बाहेकका पसल बन्द गर्न वडाबासीलाई भनेको छ।, कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकोले वडाले अत्यावश्यक बाहेकका पसल बन्द गर्न भनेको हो।, तारकेश्वर नगरपालिका वडा ७ र ८ को सीमानामा कोरोना संक्रमित व्यक्ति भेटिएकाले वडा ७ भित्...
विवेक राई कोरोना संक्रमितको उपचारमा खटिएका ललितपुरस्थित पाटन अस्पतालका स्टाफ नर्सहरूले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्।, सरकारले कोरोना उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भने पनि आफूहरूले एक पैसा भत्ता नपाएको उनीहरूले बताएका छन्।, सेतोपाटीसँग कुरा गर्दै कोरोना संक्रमितको उपचारमा खटिए...
सेतोपाटी संवाददाता सप्तरीमा मृत्युपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए।, चार-पाँच दिनदेखि रुघाखोकी, दमलगायत समस्या देखिएका उनलाई मंगलafर उपचारका लाग...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन बाराका सब-इन्जिनियर गजेन्द्रप्रसाद जयसवालविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।, नदी तटबन्धको जाली लगाउने काम सकिएपछि भुक्तानी गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले जयसवालविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।...
सेतोपाटी संवाददाता देशभर १ सय १८ जना कोरोना संक्रमित बिरामी आइसियूमा उपचाररत् छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर ११८ जना संक्रमितको आइसियूमा उपचार भइरहेको जानकारी दिए।, यस्तै, ८ जना संक्रमितको भने भेन्टिलेटरमा उपचार भइरहेको छ। उनीहरू बागमती प्रदेशका हुन्।, आइसियूमा...
सेतोपाटी संवाददाता विगत २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप मृतक ७ जनामा कोरोना पुष्टि भएको हो।, काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिलाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।, यीसह...
सेतोपाटी संवाददाता मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ ...
राजेश घिमिरे चितवन मेडिकल कलेजले मंगलबारदेखि पिसिआर परीक्षण सुरू गरेको छ।, चितवनमा अहिलेसम्म सरकारी प्रयोगशालामा मात्र परीक्षण हुँदै आएकामा मंगलबारदेखि निजी खर्चमा पनि परीक्षण गर्न पाइने भएको छ।, कलेजले केही दिनअघि मात्रै कोरोनाको पिसिआर परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालाबाट अनुमति पाएको थियो।, कलेजका अध्यक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।, यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो। , संक्रमितमध्ये काठमाडौंमा १३८,...
सेतोपाटी संवाददाता बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गर...
सेतोपाटी संवाददाता ललिपुरको पुल्चोकस्थित निदान अस्पतालका ८ जना नर्ससहित १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, पाटन अस्पतालमा गरिएको परीक्षणमा नर्ससहित १२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। बाँकी संक्रमितहरूमा भने सरसफाइ कर्मचारी र सुरक्षागार्ड रहेको उनले जनाए।, अहिले...
समिक्षा अधिकारी नेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका सरकारी कोभिड अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।, 'नेपालमा सञ्चालित ब्लड बैंकजस्तै भेन्टिलेटर बैंकको सोच उब्जिएको हो,' ...
सेतोपाटी संवाददाता दार्चुलामा  नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्।, लटीनाथ गाउँपालिका वडा नम्वर २ का स्थानीय पतुवा विष्टका १६ वर्षीय छोरा अशोक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमसिंह विष्टले जानकारी दिए।, मंगलबार घरनजिकैको चौलानी नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका हुन्।, बेपत्त...
राजेश घिमिरे चितवनमा मृत्यु भएकी १ सय ९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ।, पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की वृद्धाको आज बिहान मृत्यु भएको थियो।, भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उनमा कोरोना संक्रमण भएको पुष्टि गरे।, हिजो शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि उनको स्वाब परीक्षण गरिएको थि...
सेतोपाटी संवाददाता राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।, १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी थिए।, शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्ये...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नौ सय ३ जना पुगेको छ।, प्रदेशका ४७ हजार २ सय ६० जनाको पिसिआर परीक्षण गरिएकोमा मंगलबारसम्म तीन हजार छ सय ८२ पुरूष र एक हजार २ सय २१ महिलामा संक्रमण पुष्टि भएको हो।, मंगलबारमात्र धनगढी र डडेल्धुरामा भएको परीक्षणमा प्रदेशमा ४७ जना नयाँ संक्रमित थपि...
सेतोपाटी संवाददाता सुनसरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , शनिबार भोक्राहा नरसिंह गाउँपालिका ७ बस्ने २२ वर्षीय गुणराज यादवमाथि कुटपिट गरी हत्या भएको थियो। , त्यसकै अभियोगमा प्रहरीले सोमबार ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिव कुमार मेहता, १९ वर्षीय दिपक कुम...
गिरीश गिरी सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरेको ,मंगलबार १०१ वर्षको उमेरमा निधन भएको छ। ,उनको १०० औं जन्मोत्सवका अवसरमा सेतोपाटीले प्रकाशन गरेको सामग्री हामीले पुन: प्रकाशन गरेका छौं।, अघिल्लो दिन व्यंग्यचित्र पत्रकार राजेश केसीले फेसबुकमा दिएको बधाइ पढेको थिएँ।, ‘साँच्चै, माधव घिमिरे त सय वर्ष पो पुग्नुभयो!’...
सेतोपाटी संवाददाता नेपाली सेनाले गएको दुई वर्षमा विभिन्न आरोपमा २ हजार ६ सय ४२ जना सैनिकलाई कारबाही गरेको छ।, कारबाही हुनेमा अधिकृत तथा उच्च अधिकृत १ सय ६१ जना छन् भने पदिकहरू २ हजार ४ सय ८१ जना छन्।, गत वर्ष (२०७६) मा अधिकृत र अधिकृतभन्दा माथिका ६६ जना र  पदिकहरू १ हजार ४ सय १४ को संख्यामा कारबाही परेको सैनिक प्रवक्त...
सेतोपाटी संवाददाता सेतोपाटी एक्सक्लुसिभ, राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृत्युलाई उत्सवका रूपमा वर्णन गर्दै एउटा गीत लेखेका थिए– त्यसरी होस् मरण, त्यसरी होस् मरण ..., २०१६ असोज १ गते लेखिएको यो गीत घिमिरेको 'किन्नर किन्नरी' पुस्तकमा प्रकाशित छ। आधुनिक सेलोमा रचिएको यो गीत संगीतबद्ध गरेर आफ्नो मृत्युपछि बजाइयोस् भन्ने ...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई सोमबार पक्राउ गरेको छ।,  फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीबाट उक्त रकम घुस लिएका अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका...