content
stringlengths
20
64.1k
सेतोपाटी छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ।, शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।, कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका ...
रासस समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता लकडाउन हुने भएको छ।, कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो।, बन्दाबन्दी अवधिमा ...
प्रशन्न पोखरेल सरकारले कोरोना भाइरसबारे सचेतनाका लागि विद्यालय तहका किताबमा सन्देशमुलक जानकारी राखेको छ।, किताबको कभरको भित्रपट्टी कोरोना भाइरसका मुख्य लक्षणहरू, लक्षण देखा परेमा नजिकका तोकिएका स्वास्थ्य केन्द्रमा जानुपर्ने र भाइरसबाट बच्ने उपायबारे जानकारी राखिएका छन्।, पाठ्यक्रम विकास केन्द्रले दिएको जानकारीअनुसार क...
सेतोपाटी संवाददाता रौतहटमा २० वर्षीय युवकको हत्या भएको छ। आइतबार बिहान सवा ६ बजे गडुरा नगरपालिका-८ जिगंरियामा स्थानीय २० वर्षीय निरञ्जन रामको शव फेला परेको थियो।, स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्लाका एसपी रविराज खड्का र इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महताे घटनास्थल पुगेका थिए।, 'हामीलाई स्थानीयले खबर गरे...
सेतोपाटी संवाददाता उदयपुरको कटारी नगरपालिकाले आजदेखि अनिश्चितकालीन लकडाउन गर्ने भएको छ।, आज बिहान बसेको बैठकले कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिएको भन्दै लकडाउन गर्ने निर्णय गरेको हो।, मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा र औषधि पसलबाहेक अरू व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ। निजी सवारी साधन प्रयोग र ...
रासस मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका का...
सेतोपाटी संवाददाता महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो। अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए।, बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना...
सेतोपाटी संवाददाता स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोरोना संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिएका छन्।, अस्पतालका कर्मचारी, भर्...
रासस जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ।, जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्...
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा परेर नदीमा खसेका दुई युवाको शव फेला परेको छ।, जिल्लाको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी र सोही ठाउँका २७ वर्षीय मनोज चौधरी गएराति भएको मोटरसाइकल दुर्घटनापछि सानो राप्ती नदीमा खसेका थिए।, मोटरसाइकल चालक सुरजनारायण चौधरीको शव गएराति नै घटनास्थल ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा सर्पले टोकेर एक बालकको ज्यान गएको छ।, यहाँकाे महाकाली नगरपालिका वडा नम्वर ४ मा ७ वर्षका आदेश बुढालाई सर्पले टोकेपछि मृत्यु भएको हो।, घरमा सुतिरहेका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि महाकाली अस्पताल लगिएको थियो।, अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...
रासस निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो।, कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए। जिल्लाम...
रुमा रिजाल चैत तेस्रो साता। इटहरीको पिपल चोकनजिकै एउटी महिला बाटोमा  छट्पटाउँदै थिइन्।, इटहरी उपमहानगपालिका-४ की भीमकुमारी लिम्बु सुत्केरी व्यथा लागेर पुगेको  अस्पताल बन्द भएपछि सफारी (विद्युतीय रिक्सा) चढेर अस्पतालको खोजीमा  हिँडेकी थिइन्।, सधैँ चेकजाँच गर्ने एपेक्स अस्पतालले कोरोनाका कारण भर्ना लिन नसक्ने बतायो।  त्...
सेतोपाटी संवाददाता मोरङको विराटनगरमा पौडी खेल्न गएका किशोर मृत फेला परेका छन्।, आइतबार बिहान सवा नौ बजे विराटनगर महानगरपालिका-१५का १६ वर्षीय विशाल चौधरी वडा नम्बर १४ मा रहेको रानीमाई पोखरीमा पौडी खेल्न गएका थिए।, तर पौडी खेल्दा भित्र पसेका चौधरी धेरै समयसम्म बाहिर निस्किएका थिएनन्। उनी ननिस्किएपछि स्थानीयले प्रहरीलाई ...
नारायण खड्का बर्दियाको गेरुवा गाउँपालिका-६ बेलभारीयास्थित एक किसानको खेतमा साउन २९ गते बिहान गोही फेला पर्‍यो।, एकाबिहानै बड्घर (गाउँका अगुवा) ले खेतमा गोही फेला परेको सूचना बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर नारायणप्रसाद देवकोटालाई दिए। उनले गोहीको उद्धारको लागि सहयोग मागे।, निकुञ्जको बञ्जरिया रेञ्ज पोष्टमा कार्यरत द...
रासस मध्यपुर थिमी नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ।, समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।, पसल,...
सेतोपाटी संवाददाता कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि साउन २७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आइतबार राति सकिँदै थियो।, निषेधाज्ञाको अवधि सकिए पनि संक्रमणको जोखिम यथावत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः निधेषाज्ञा थप गरेको हो।,निषेधाज्ञाको अवधि थप गरी भदौ ७ गतेसम्म पुर्‍याइएको जिल्ला प्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८ र भक्तपुरमा आठ जना छन्।  ...
सेतोपाटी संवाददाता धनुषामा मृत्युपछि एक जनालाई कोरोना पुष्टि भएको छ।, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्यु भएको २ दिनपछि कोरोना पुष्टि भएको हो।, शनिबार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्न पठाइएकाेमा उनको रिपो...
सेतोपाटी संवाददाता भलवारीस्थित नेपाल आयल निगमका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।, बुटवलस्थित निजी प्रयोगशालमा गरिएको स्वाब परीक्षणको आइतबार आएको रिपोर्ट अनुसार निगमका विभिन्न डिपो र पेट्रोल पम्पमा कार्यरत १० जनामा पोजेटिभ देखिएको हो।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारन...
सेतोपाटी संवाददाता आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।, भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो। प्राधिकरणका कार्यकारी समिति सदस्य डा....
गिरीश गिरी लकडाउन खुलेको केही समयमै मुलुककै प्रमुख सिमावर्ती सहरको अवस्था भयावह हुने देखियो। त्यो संकेत पाउनेबित्तिकै वीरगन्ज महानगरपालिका प्रमुख विजय सरावगीले तत्काल उपाय निकाले, 'एक घर एक परीक्षण।', उत्तिखेरै उनले महानगरकै खर्च र प्रबन्धमा त्यसलाई कार्यान्वयनमा पनि लगे।, साउन ११ गते योजना थालनी भयो। पहिलो कार्यक्रम ...
भगवती पाण्डे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु भएको छ। विगत ३ दिनदेखि अस्पतालमा उपचाररत् मायादेवी गाउँपालिका वडा नं. ७ कपिलवस्तुका ४० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।, अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले कोरोनाको आशंकामा तीन दिनदेखि अस्पतालमा उपचार गराइरह...
सेतोपाटी संवाददाता नारायणी नदीको सतहले शनिबार बिहान सतर्कताको तह पार गरेको छ।, जल तथ मौसम विज्ञान विभागकाअनुसार देवघाट र नारायणगढमा गरिएको मापनमा नदीको सतह बढेर खतराको तह तर्फ उन्मुख भएको छ।, देवघाटमा ७।३ मिटरलाई सतर्कताको तह मानिएको छ। यहाँ नदीको सतह ७.५ मिटर नाघेको छ। ८ मिटरलाई खतराको तह भनिएको छ।, नारायणगढमा ११ मिट...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेर मृत्यु भएकाहरूको सनाखत भएको छ।, प्रहरीले दिएको जानकारीअनुसार चार महिनाको बालकसहित पहिरोमा परेर ११ जनाको मृत्यु पुष्टि भएको छ।, शुक्रबार गएको पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन ...
युनिक श्रेष्ठ काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको हो।, शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। घाइते उनको ग्री...
सेतोपाटी संवाददाता बालाजुमा बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले पहल थालेको छ।, बन्द रहेको अस्पताल पुन: सञ्चालनमा ल्याउन सके कोरोना जोखिममा रहेकालाई स्वास्थ्य उपचार दिन सजिलो हुने भएकोले पहल थालेको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।, ‘काठमाडौं उपत...
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ।, काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो।, नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए। ...
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए।, ‘उक्त रेखा नेपालको पश्चिमी भूभाग नजिक रहेकाले पश्...
राजेश घिमिरे शुक्रबार रातिदेखि जारी गरिएको निषेधाज्ञाका कारण भरतपुर महानगरपालिकामा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। नारायणगढ तथा भरतपुरका बजार पूर्णरूपमा बन्द छन् भने सडकमा सर्वसाधारणको उपस्थिति असाध्यै कम छ।  , राजमार्ग तथा भित्री सडकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ। , नेपाली सेना, सशस्त्र प्रहरी र ने...
सविता बुढा धनगढी उपमहानगर- १९ का चनराम चौधरीको हातमा अहिले लालपुर्जा त छ, जमिन छैन।, लालपुर्जा पाउनुअघि कहिले जंगल जंगल हिँड्थे, कहिले सडकको बास हुन्थ्यो।, २०५२ सालमा सुकुम्बासी पुनर्स्थापना हुँदा उनले धनगढीको खेदा भन्ने ठाउँमा दश कठ्ठा  जमिन पाएका थिए।, सरकारले जग्गा दिएपछि दंग परे। आफैंले दु:ख गरेर कच्ची घर बनाए। बा...
सेतोपाटी बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ। केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको भन्दै साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो।, त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधार...
राजेश घिमिरे चितवनको पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमितको उपचार उक्त अस्पतालमै गर्न थालेको छ।, उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सघन उपचार कक्ष आइसीयू सिल गरी त्यहीँ उपचार गर्न थालेको हो।, जिल्लाका अन्य अस्पतालहरुले बिरामीमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पताल पठाउने गरेका थिए। केही साताअघि जिल्लाको ए...
सुदीप श्रेष्ठ पहाडमा पहिरो- १, मनसुन सुरू भएदेखि सिन्धुपाल्चोकमा तारनतार धपेडी छ। शुक्रबार बिहान यहाँ फेरि पहिरो गयो।, जुगल गाउँपालिका–२, लिदीमा बिहान ६ बजेतिर खसेको पहिरो बलेफी खोलासम्म झरेको स्थानीय बताउँछन्। अहिलेसम्म ११ जनाको शव भेटिएको छ भने ३८ जना पुरिएको पुष्टि भएको छ।, दुई साताअघि पनि मेलम्ची बजारमै आठ जना एकै...
प्रकाश ढुंगाना शुक्रबार राति काठमाडौंको मनमैंजुस्थित एक खाजा घरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या भयो।, चक्कु प्रहारबाट घाइते उनलाई अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तामाङको हत्या भएको २४ घण्टा नबित्दै प्रहरीले माछापोखरीस्थित एक गेष्ट हाउसबाट हत्या आरोपी दोर्जे शेर्पालाई पक्राउ...
सेतोपाटी संवाददाता मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो।, पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरका १२ जना र मनहरी गाउँपालिका वडा नम्बर ७ का एक जना पुरुष रहेका छन्। त्यस्तै, पर्सा घर भई हेटौंडा बस्द...
सेतोपाटी बागलुङ निसीखोला गाउँपालिकामा गएको पहिरोले दुई बालकको मृत्यु भएको छ।, निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो।, सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते छन्।, उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नाय...
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा ९८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जना छन्।, उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परी...
सेतोपाटी संवाददाता वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २० हरपतगञ्जका ४७ वर्षीय पुरूषलाई शनिबार बिहान अस्पतालमा भर्ना गरिएको थियो ।, नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका डा. उदय सिंहले जानकारी दिए।, उनका अनु...
सेतोपाटी संवाददाता गोरखाको पालुङटार नगरपालिका एक साताका लागि शिल गरिएको छ।, घरमै रहेकी पालुङटार नगरपालिका ४ की एक जना ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिका शिल गरिएको हो। , मेयर दीपकबाबु कँडेलका अनुसार साउन ३२ देखि भदौ ७ सम्म नगरपालिकाभर लागू हुने गरी अत्य...
सेतोपाटी संवाददाता बाग्लुङको निसीखोलामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ।, गएरातिदेखि परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका ५ टारीगाउँका हिरा विकको घर पहिरोमा परी उनका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय छोरा टेकमान विकको ज्यान गएको हो।, पहिरोमा परेर हिराका ५३ वर्षीय श्रीमती दिलसरा विक घाइते भएको प्रहरीले ज...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ।, पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय...
सेतोपाटी संवाददाता शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएका छन्।, ११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ।, देशभर पाँच सय २३ जना ...
रासस विराटनगरबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरूवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।, सरूवा भएर खोटाङ आएका सबै प्रह...
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।, रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। , कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेर...
सेतोपाटी संवाददाता व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि विशाल बजार क्षेत्रका पसलहरू बन्द भएका छन्। बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।, संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ।, ह...
नारायण खड्का भदौ १ गतेदेखि लागू हुनेगरी दाङमा बेलुका सात बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।,  , जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म सवारी साधन चलाउन तथा एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।,  , प्...
नारायण खड्का कपाल पछाडि चुल्ठी बाटेको। गोरो वर्णको अग्लो र मोटो शरिर छ। उनी दाङका बजारका गल्ली र चोकमा भेटिन्छन्। हातमा झोला पनि हुन्छ। उनी धेरै मानिसलाई रोक्दै र केही सम्झाउँदै गरेका भेटिन्छन्।, जेठ मध्यदेखि थालेको यो कामले उनको नाम बदलिएको छ। बीरबहादुर खत्रीलाई अचेल धेरै दंगालीले  मास्क म्यान भन्न थालेका छन्।, घोराह...
भगवती पाण्डे प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा  कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन्।, मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित तथा सक्रिय रूपमा खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।, अहिले सामाजिक मन्त्रालयमा कार्...
सेतोपाटी संवाददाता काठमाडौंका एक व्यवसायीलाई ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ।, ब्युरोले बिहीबार काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।, उनले प्रहरीलाई आफू आलोचना साप्ताहिक पत्रिकाका संवाददाता भएको बताएका छन्। उनी धादिङ घर भई ताराकेश्वर नग...
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १०मा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ।, शुक्रबार नगरपालिकाको वडास्तरीय समितिले कोरोना भाइरसको संक्रमण बढेपनि सर्वसाधारण भेला हुने गरेको भन्दै यस्तो निर्णय गरेको हो।, 'चिया पसलमा गएर गफ गर्ने, भेला हुनेजस्तो कार्य भएकोले पाँच जना भन्दा बढी भेला हुन नपाउने निर...
निशा भण्डारी व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि न्युरोड क्षेत्रका पसलहरू बन्द भएका छन्।, बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।, संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ।, हाल विशा...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार र बिचौलियाको चलखेल कसरी रोक्ने भन्नेबारे अध्ययन गर्न समिति गठन गरेको छ।, शुक्रबार सर्वोच्चले यस्तो समिति गठन गरेको सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए।, 'सर्वोच्च अदालतले विकृति, विसंगति, भ्रष्टाचार रोक्ने उपाय सुझाउन समिति ब...
सेतोपाटी संवाददाता चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।, केही दिन अघिमात्रै यस अस्पतालको मेडिसिन वार्डमा कार्यरत स्टाफ नर्स र एक जना बिरामीमा कोरोना संक्रमण देखिएको थियो। उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा ४ जना स...
सेतोपाटी संवाददाता कोरोना महामारीले सरसफाइमा बाधा पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले सकेसम्म घरैमा फोहोर व्यवस्थापन गर्न अपील गरेको छ।, कोरोना भाइरसका कारण नगरभित्रका कतिपय क्षेत्रहरू सिल गरिएको छ।, महानगरपालिका वातावरण विभागले आवतजावत बन्द गरिएका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो।, ...
सेतोपाटी संवाददाता काठमाडौं उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्।, उनीहरूको उपत्यकाका विभिन्न प...
भगवती पाण्डे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड–१९ को द्रुत परीक्षण सेवा सुरू गरिएको छ।, सात वर्ष पहिलेदेखि नै पिसिआर मेसिनबाट क्षयरोगीहरूको खकार परीक्षण गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले सोही मेसिनमार्फत् कोभिड–१९ को परीक्षण सुरू गरिएको अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले जानकारी दिए।, नेपाल सरकार रा...
सेतोपाटी संवाददाता शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर...
दिपकजंग शाही दैलेखमा शुक्रबार थपिएका ३ जनासहित अहिलेसम्म ३१ जना सक्रिय संक्रमित छन्।, गएको जेठमा सरकारले भारतीय सिमानाका खोलेपछि संक्रमितको संख्या कर्णालीमा ह्वात्तै बढ्यो, किनभने भारत गएकाहरू संक्रमित भएर फर्किएका थिए।, त्यतिखेर कर्णालीमा कोरोनाको हटस्पट थियो दैलेख। यो जिल्लामा नौ सय २६ संक्रमित निको भएर विभिन्न क्वा...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ।, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो। , उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र२०७५/०७६ मा एक करोड आठ लाख ९९ हजार ...
सेतोपाटी संवाददाता प्रतिनिधिसभा सदस्यसहित धनुषामा ४८ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्।, जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव कोरोना संक्रमित भएका हुन्।, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डाक्टर यादवमा कोरोना स...
सेतोपाटी संवाददाता प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन्।, सबभन्दा धेरै नयाँ संक्रमित मोरङमा र त्यसपछि सुनसरीमा २२ थपिएका छन्। मोरङमा ६२ नयाँ संक्रमित थपिएका छन् भने सुनसरीमा २२ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, मोरङको विराटनगर उपमहानगरपालिकामा मात्र ३३ नयाँ संक्रमित थपिएका छन्।, सा...
सेतोपाटी संवाददाता अब निजी अस्पतालले २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ।, कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउन भनेको हो।, शुक्रबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।, शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।, 'अहिले ११ जनाको शव फेला परेको छ,' उनले भने,'अरूको खोजी गर्ने कार्य ...
सेतोपाटी संवाददाता दक्षिणकाली नगरपालिकाले शुक्रबार राति १ बजेदेखि लकडाउन गर्ने भएको छ।, संक्रमित संख्या बढ्न सक्ने भन्दै शुक्रबारदेखि भदौ ८ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको मेयर मोहन बस्नेतले जानकारी दिए।, शुक्रबार बसेको नगरस्तरीय समन्वय समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो।  , उनका अनुसार त्यहाँ शुक्...
सेतोपाटी टिम संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यही भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो। जेठ ३ देखि साउन ३० गतेसम्म १०० दिनभन्दा कम समयमा नेपालमा कोरोना मृत्यु सय पुगेको छ। , कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक सय जनाको विवरण हामीले यहाँ प्रकाशन गरेका छौं। , १) जेठ...
सेतोपाटी संवाददाता प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी पदमा बढुवा भएका विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।, गत साउन २६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सहायक रथी पदबाट उपरथी पदमा बढुवा भएका पाण्डेलाई आज जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह दिएका हुन्।, उपरथी...
राजेश घिमिरे केही दिनदेखि उनलाई कर्मचारीहरूको तारन्तार फोन आइरहेको थियो। कोही ‘मलाई घरबेटीले घरमा छिर्न दिएन’ भन्थे, कोही ‘गाउँलेले यस्तो उस्तो भने’ भनेर सुनाउँथे।, ती कर्मचारीको गुनासो सुनिदिने उनै थिए, तर उनीसँग ती समस्याको समाधान थिएन।, बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएका कारण सम्पूर्ण कर्मचारीको जि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले केही गतिविधिमा रोक लगाएका छन्।, संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै तीन वटै प्रशासन कार्यालयले केही आदेश जारी गरेको हो।, शुक्रबार बसेको तीन प्रमुख जिल्ल...
सेतोपाटी संवाददाता धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।, कोरोनाबाट मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।, कोरोनाको लक्षण देखिएका ती पुरुषलाई सुरुमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निर्माण गरिएक...
सेतोपाटी दोलखामा शनिबारदेखि लकडाउन गरिएको छ।, कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको हो। शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।, जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा सं...
रासस कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ।, नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्।, नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्...
सेतोपाटी संवाददाता सल्यानमा झारफूक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।, शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय ती पुरूषले झारफुकको बाहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगपछि पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाक...
सेतोपाटी संवाददाता नागरिकता जालसाझी मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।, नरैनापुर गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय लासरिक खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवाश खड्काले बताए।, यसअघि नै बाँके जिल्ला अदालतले खाँलाई नागरिकता जालसाझी मुद्दामा दोषी ठहर...
सेतोपाटी संवाददाता चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुर महानगरपालिकाका ९ जना, राप्ती–९का एक जना, रत्ननगर–१३, खैरहनी–८ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो।, भरतपुरको वडा नम्बर २, ४, ७ र १० का व्यक्तिहरुमा संक्रमण देखिएको हो। प्रयोग...
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाले भदौ ५ गतेसम्म लकडाउन बढाएको छ। साउन १६ गतेदेखि ३० गतेसम्म गरिएको लकडाउन बढाएर भदौ ५ गतेसम्म पुर्‍याइएको मेयर भीम पराजुलीले जानकारी दिए।, समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विराटनगरमा पूर्ण लकडाउन गरिएको थियो।, 'पहिले ४१ मात्रै संक्रमण संख्या थियो। त्यसपछि ट्राभल हिस...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ।, कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।, यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो ...
सेतोपाटी संवाददाता रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा १४ राउण्ड हवाई फायर भएको छ।, बिहीबार दिउँसो १ बजे राजपुर नगरपालिका-६ स्थित कुडियामा भारतबाट अवैध भैंसी ल्याइराखेको भन्ने खबर पाएपछि जिल्ला तथा स्थानीय प्रहरीको टोली खटिएको थियो।, खटिएकाे प्रहरीमाथि करिब ५ सय स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि हवाई फायर भएकाे जिल्...
सबिना श्रेष्ठ लेखक सञ्जीव उप्रेतीसँग अघिल्लो साता मेरो भेट टौदहमा भएको थियो।, यही दहको किनारमा बसेर उनले आफ्नो पछिल्लो उपन्यास 'हंस' का 'प्लट' फुराएका थिए। पहिलो उपन्यास 'घनचक्कर' पछि दोस्रो उपन्यास निकाल्दासम्ममा उनको १३ वर्षे अन्तराल छ। टौदहसँग उनको नाता योभन्दा पुरानो हो। हाम्रो भेटको विषय पनि यही दह थियो।, कोरोना ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ।, बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले सेतोपाटीलाई जानकारी दिइन्।, उनका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै ...
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु भएको छ।, सोमबार ज्वरो र रूघाले च्यापेपछि उपचारका लागि आएकी धनुषाकी ति महिलाको बुधबार राति नै मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।, 'ज्वरो र रूघा ...
राजेश घिमिरे चितवन प्रशासनले छोटो दूरीका यात्रुबाहक सवारीसाधन पनि सञ्चालन नगर्न निर्देशन दिएको छ।, सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भदौ १५ गतेसम्म छोटा, मध्य र लामा दूरीका यात्रुबाहक सवारीसाधन नचलाउन निर्देशन दिएको हो।, यसअघि चितवनमा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। दुई दिनअघि प्रशासनले राति ९ बजेदेखि...
सेतोपाटी क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले १० लाख रूपैयाँ सहयोग उपलव्ध गराउने भएको छ। , मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ।, नगरपालिकाले सहयोगसँगै मृतक ओडका श्रीमान्लाई योग्य...
सेतोपाटी संवाददाता इटहरी का दुई ठाउँमा ९० वर्षीय वृद्ध र पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।, घाँस काट्न गएका इटहरी-७ स्थित बज्राहमा स्थानीय ९० वर्षीय गुणनिधि भट्टराई बिहीबार साँझ नजिकैको कास घारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।, बिहान ८ बजे घाँस काट्न भनी हिँडेका भट्ईराको शव साँझ ५ बजे घर नजिकैको ...
सेतोपाटी ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ। , विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न...
गिरीश गिरी कोरोना महामारीले संसारभरको शैक्षिक क्षेत्र आक्रान्त छ। नेपालमै पनि सबैजसो स्कुल-कलेज बन्द छन्। तर, खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको 'जन-जागृति माध्यमिक विद्यालय' मा अवस्था ठीक उल्टो छ।, 'अघिपछि बरू पठनपाठनको लक्ष्य ८० देखि ९० प्रतिशत मात्र पूरा हुन्थ्यो,' विद्यालयका संस्थापक एवं सुप...
सेतोपाटी लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।, जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय  सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले  आठ दिन कैद र  चार हजार रूपैयाँ जरिवाना तिर्न बाँकी रही फरार रहेका ...
सेतोपाटी जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश वासुदेव पौडेलको बिहीबारको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो।, साथै पीडित महिलालाई पीडकबाट ५० हजार रूपैयाँ क्ष...
एजेन्सी अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।, सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ।, बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो।, अफगानिस्तानको टोलो...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान भीषण पहिरो गएको छ।, लिदीको लामा टोलमा बस्ती माथिबाट आएको पहिरोले १३ वटा घर पुरिएका छन् भने दर्जन बढी मानिस  बेपत्ता भएका छन्।, गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बिहान साढे ६ बजेतिर पहिरो गएको जानकारी दिए। , 'पहिरो बलेफी खोल...
सेतोपाटी संवाददाता विराटनगरस्थित कोशी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।, अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर-१५ का ३० बर्षीय दुई पुरूषको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालको आइसोलेसन वार्डका संयोजक लक्ष्मीनारायण यादवले जानकारी दिए, दुवैको बिहीबार नै मृ...
सेतोपाटी त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्।, पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।, बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथ...
सेतोपाटी संवाददाता बिहीबार बाँकेमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।, भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणका क्रममा समुदायका  २२ जनामा संक्रमन फेला परेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।, उनीहरू २२ वर्षदेखि ७० वर्ष उमेर सम्मका व्यक्तिहरु छन्।, संक्रमित मध्ये  ७ जना महिला र १५...
सेतोपाटी संवाददाता कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ।, वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ।, मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ छोरी रहेका छन्।, क...
रासस मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औंल्याएको छ। हाल...
सेतोपाटी बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरूलाई गोप्य सूचनाको आधारमा  बिहीबार दिउँसो शान...
सेतोपाटी संवाददाता चितवनमा दिन प्रतिनिदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ।, शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।, उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकार...
नेहा झा जनकपुरमा पत्थरीको अपरेसन गरिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।, चिकित्सको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गर्ने प्रयास गरेका छन्।, महोत्तरीको बलवा नगरपालिका- ११ भगवतीपुरकी ३५ वर्षीया रुकमिणी सदाको साउन १९ गते पेट अचानक फुल्यो र दुख्न थाल्यो।, ग्यास्ट्रिकका कारण पेटमा भयो हो...
सेतोपाटी संवाददाता सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ।, घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ। त्यसमध्ये ५ जनालाई उद्धार गरिएको छ।, जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ।, घा...