content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको भवनबाट खसेर एक युवतीको मृत्यु भएको छ।, ज्याला मजदुरी काम गर्दै आएकी कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० वर्षीया मिना पालीको निर्माण भइरहेको अस्पताल भवनको चौथो तलाबाट खसेर सोमबार मृत्यु भएको हो।, खसेर घाइते भएकी पालीलाई उपचारका लागि धनगढीस्थित... |
सेतोपाटी मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्।, भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन्।, अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन्।, ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता स... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र सात दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।, संक्र... |
सेतोपाटी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ। , प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ।, त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी ... |
सेतोपाटी पाँचखाल नगरपालिका–९ माडीगाउँस्थित पलाञ्चोक भगवती ब्रीक इन्ड्रष्टिज प्रालिको पोखरीमा डुबेर आज एक पुरुषको मृत्यु भएको छ।, पोखरीमा डुबेका पाँचखाल–१२ का ५४ वर्षीय काजीमान दनुवारको शव चार घण्टापछि निकालिएको हो।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक राजेश अधिकारीले अपराह्न ४ बजे पोखरीबाट सुरक्षाक... |
सेतोपाटी म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ।, अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४:३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर... |
सबिना श्रेष्ठ मिस नेपाल अनुष्का श्रेष्ठले तीन दिनअघि सामाजिक सञ्जालमा एउटा पारिवारिक फोटो सेयर गरिन्। फोटोमा उनी र उनकी बहिनी आयुषाले सेतो फेटा बाँधेका छन्।, केही समुदायमा शुभ कार्य सम्पन्न गर्दा परिवारका पुरूष सदस्यलाई सम्मान स्वरूप टाउकोमा फेटा बाँधिदिने चलन छ। यस्तो फेटालाई नेवार भाषामा बेताली भनिन्छ।, तर अनुष्काको... |
सेतोपाटी संवाददाता घोराहीको एक बैंकमा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।, सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही १५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत २२ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो।, उनी घोराही निवास... |
राजेश घिमिरे चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो।, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार... |
नारायण खड्का बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति पौने १२ बजेतिर मृत्यु भएको छ।, सोमबार मात्रै मृतकको पिसिआर रिपोर्ट पोजिटिभ आएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।,... |
सेतोपाटी प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। , उनीहरूलाई हेटौँडा–६ चौघडाका इन्... |
सेतोपाटी गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ।, सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो।, करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृ... |
सेतोपाटी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २ सय ४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो।, त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भ... |
राजेश घिमिरे सशस्त्र प्रहरीको चितवनको भण्डारास्थित बाहिनी कोरोना संक्रमणको जोखिममा परेको छ । यहाँका ५० जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।, बाहिनीका प्रमुख डिआइजी मन्दिप श्रेष्ठकाअनुसार अहिलेसम्म ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये ४२ जनाको रिपोर्ट सोमबार राति पोजे... |
रूमा रिजाल वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार सुरू गरेको छ।, प्रतिष्ठानमा उपचारत एक कोरोना संक्रमितको प्लाज्मा थेरापी प्रकृयाबाट उपचार सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।, प्लाज्मा थेरापीको लागि मोरङ सुन्दरहरैचाका कोरोना निको भएका एक युवकले रक्तदान गरेपछि प... |
राजेश घिमिरे तीनजना नर्ससहित ५ जना कर्मचारीमा कोरोना देखिएपछि भरतपुर सेन्ट्रल अस्पतालले केही दिनका लागि सेवा बन्द गरेको छ।, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरू जोखिममा रहेको भन्दै तत्कालका लागि सेवा बन्द गरिएको अस्पतालका डाक्टर अनिलविक्रम कार्कीले बताए।, डा.कार्कीकाअनुसार स्वास्थ्यकर्मीमा को... |
सविता बुढा बझाङको छविसपाथिभेरा गाउँपालिका-६ बिसौनाका मदन बिकको घरबाट एक कुना झरिसकेको छ।, ढुंगाको चिनाइ, माटोको गाह्रो र छत भएको घर उनले दस वर्ष अघि साढे तीन लाख खर्चेर बनाएका थिए।, केही समयअघि सडक बनाउन भन्दै डोजर आयो। डोजर चलाउनेले सोच-विचार नगरी काम गरे।, उनको घर तलबाट सडकको ट्रयाक छ। ट्र्याकभन्दा तलतिर स्कुल छ।,... |
युवराज श्रेष्ठ पोखरामा उपचार गर्न आएकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ।, तनहुँको व्यास १ अम्रेनीका ५० वर्षीय महिला उपचारका लागि साउन ३१ गते पोखरा आएकी थिइन्।, उनलाई निमोनियाका साथै सुगर, प्रेसर र मुटुको समस्या थियो।, पोखरा स्थित कास्की सेवा अस्पतालमा भर्ना हुँदा नै उनको अवस्था चिन्ताजनक रहेको अस्पताल संचालक ... |
युवराज श्रेष्ठ पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ।, प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ।, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार सर्वपक्षीय बैठक बसेको थियो। , महानगरमा रहेका राजनीतिक दलका ने... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमबारसम्म नेपाल प्रहरीमा ६५४ जना संक्रमित भेटिइसकेका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार हेडक्वार्टरमा मात्र १६३ जना संक्रमित छन्। तिनीहरूसँग सम्पर्कमा आएका ५५ जना क्वारेन्टिनमा छन्।, उनीहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।, आम मानिससँग प्रत्यक्ष सम्पर... |
सेतोपाटी संवाददाता प्युठानमा जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ।, जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ ढाखोला निवासी १३ वर्षीय सुगम घर्ती र उनका १५ वर्षीय दाजु सुरेश घर्तीको मृत्यु भएको हो।, उनीहरूका बुवा ३३ वर्षीय विष्णु घर्ती, ३० वर्षीया आमा लिला घर्ती र १७ वर्षीय दाइ शशि घर्तीको अवस्था गम्भीर रहेको ५ नम्बर ... |
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले ठक्कर दिएको स्कुटरको पछाडि बस्ने गर्भवती महिला रहेको थाहा भएको छ।, राष्ट्रिय ट्रमा सेन्टरका अनुसार घाइते नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा छन्। स्कुटरको पछाडि बस्ने सुजा गर्भवती हुन्।, ट्रमा सेन्टर आकस्मिक कक्षकी डा... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भदौ ३ गतेदेखि फेरि लकडाउन गर्ने भएको छ।, कोरोनाको संक्रमण समुदायस्तरमा फैलिइसकेकाले त्यसको नियन्त्रणको लागि पूर्ण लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।,जसअनुसार भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म कुनै पनि व्यापार व्यवसाय सञ्चालन हुने छैनन्... |
युवराज श्रेष्ठ पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ।, उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।, अस्पतालका अनुसार ती वृद्ध उपचारका लागि साउन ३२ गते ... |
सेतोपाटी संवाददाता सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो।, त्यस भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ। भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ। धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गर... |
सेतोपाटी संवाददाता मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये १८ जना हेटौंडाका हुन्।, , कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २६ जनामा कोरोना पुष्टि भएको हो।, , कोरोना पुष्टि हुनेमा हेटौंडा ४ का ५ जना, हेटौंडा ५ का ३ जना, हेटौंडा ६ का १ जना, हेटौंडा २... |
खिलानाथ ढकाल सोमबार बिहान काभ्रेबाट कुखुरा बोकेर काठमाडौं आएको एउटा भ्यान बेथानचोकमा दुर्घटनामा पर्यो।, उक्त गाडीमा एक हजार किलोग्राम तौल बराबरका बोइलर कुखुरा थिए। गाडी पल्टिएपछि गाडीमा भएका सबै बोइलर कुखुरा भकाभक मरे। बोइलर कुखुरा चर्को आवाजले पनि मर्न सक्छन्। , ती बोइलर कुखुरा काठमाडौं महानगरपालिका-३१ प्रयाग मार... |
रासस भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सार्वजनिक यातायात आगामी १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।, नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग भएको छलफलबाट यस्तो निर्णय भएको हो।, विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोग नेपालमा पनि तीव्र... |
शोभा शर्मा सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरेको ,मंगलबार १०१ वर्षको उमेरमा निधन भएको छ। उनको १०१ औं जन्मोत्सवका अवसरमा सेतोपाटीले प्रकाशन गरेको सामग्री हामीले पुन: प्रकाशन गरेका छौं।, घरक्क ढोका उघार्दैखेरि मैले देखेँ, एक तलामाथि कुर्सीमा बसेर टोलाइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको ढाका टोपी चल्मलायो। उनी ... |
राजेश घिमिरे चितवनको खैरहनी नगरपालिकामा मृत्युपछि कोरोना पुष्टि भएकी वृद्धाका आफन्त तथा छिमेकी ४ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।, कन्ट्याक्ट ट्रेसिङ्का क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। मंगलबार बिहान मृत्यु भएकी १०८ वर्षीया वृद्धामा साँझमात्र कोरोना पोजेटिभ पुष्टि भएको थियो।, चारैजना होम क्वारेन्टिनमा छन्।, ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले राजधानी काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ। , काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो। तर... |
सेतोपाटी संवाददाता राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने 'क्यामेराम्यान' पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।, स्रोतका अनुसार उनी भिडिओका 'क्यामेराम्यान' हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प... |
सविता बुढा गृहमन्त्री रामबहादुर थापा पहिरो र बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा पुगेका छन्।, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित विपद् प्रभावित क्षेत्रको निरीक्षणका लागि मन्त्री थापा बाजुरा पुगेका हुन्।, ब... |
सेतोपाटी दाङमा टिप्परको ठक्करबाट मंगलबार एक बालकको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका – १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २.३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले ज... |
सेतोपाटी भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।, शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।, आजका दिन उख... |
सेतोपाटी संवाददाता कोरोना भारइसको ६ हजार बढी सक्रिय संक्रमित हुँदा झन्डै आधा संक्रमित प्रदेश-२ का छन्।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ छ। जसमा ३ हजार ९ सय २३ जना प्रदेश-२ कामात्र छन्। अर्थात् ४३ प्रतिशत संक्रमित प्रदेश-२ का हुन्।, प्रदेश-२ का जिल्लामध्ये सर्वाधि... |
सेतोपाटी संवाददाता धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।, धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले सेतोपाटीलाई बताए।, ती पुरूषमा रुघाखोकी सहितका कोरोनाका लक्षण देखिएपछि उनलाई साउन ३१ गते शनिबारका... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको 'हटस्पट' बनेको वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ।, मन्त्रालयले अस्पतालको नयाँ मेसुको जिम्मा डा. सञ्जयकुमार ठाकुरलाई दिएको छ। यसअघि मेसु रहेका डा. मदनकुमार उपाध्यायलाई भने मन्त्रालय तानिएको छ।, वीरगन्जमा कोरोना संक्... |
सेतोपाटी संवाददाता प्युठानमा २ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छिन्।, आइतबार बेलुकी प्रहरीले सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोलमा बस्ने ३४ वर्षीया माया अधिकारीलाई पक्राउ गरेको हो।, उनीमाथि २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको आरोप लागेको हो।, 'हामीले मायालाई छाेरीकाे हत्या गरेको आरोपमा पक्राउ गरेका... |
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजार आजदेखि सुनसान भएको छ। पछिल्लो समय प्रदेशमै सबैभन्दा व्यस्त रहने वीरेन्द्रनगर बजार सोबारदेखि प्रशासनले निषेधाज्ञा जारी गरेपछि सुनसान बनेको हो।, सार्वजनिक तथा निजी सवारी साधनसँगै बजार र आसपासका व्यवसायहरु बन्द गरिएको छ। साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिक... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं शल्य चिकित्सक कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, डा. खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।, डा. खनालले सोमबार बिहान फेसबुकमा पोष्ट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको र आफू ... |
जुना श्रेष्ठ तीन दशक बढी भयो तिलकको सुख-दुःखको साथी नाम्लो भएको। नाम्लोको पातोले उनको थाप्लोको भार बुझेको छ। यसको बरियोले पिठ्युँको दुखाइ भोगेको छ। थाप्लोको भारले उनको कर्म पूरा हुन्छ। पिठ्युँको दुखाइसँगै पेटमा आहारा पर्छ।, तर पाँच महिनायता तिलकको थाप्लोले सोचेजस्तो कर्म पाएको छैन। पिठ्युँको दुखाइ नभएकै कारण पेटमा रा... |
सेतोपाटी संवाददाता बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।, हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ।, सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो।, कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा उनमा संक्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाए।, संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।, उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा ... |
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिकाको पिप्लेमा ढुंगाको निहुँमा विवाद हुँदा एक राउण्ड हवाई फायर भएको छ। , निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको र भीड हटाउन हवाई फायर गर्नु परेको चितवन प्रहरीले जनाएको छ। , आइतबार एक महिलाले त्यहाँ रहेको एउटा ढुंगा पूजाको लागि लगेको र आज केही स्थानीयहरूले आफ्नो ठाउँको द... |
सेतोपाटी संवाददाता सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्। , आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ... |
सेतोपाटी संवाददाता बारामा माछा मार्ने विषयमा झडप हुँदा १३ राउण्ड हवाई फायर भएको छ।, सोमबार बिहान १० बजे सिम सिम्रौनगढ नगरपालिका-११ र आदर्शकोतवाल गाउँपालिका– ६ को सीमानामा माछा मार्ने विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको थियो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्थानीय प्रहरीले धान्न नसक्ने भए... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा जागेश्वर गौतमले थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे।, मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरूष, मोरङका ६० वर्षीय पुरूष र काठमाडौंकी ५८ वर्षीया महिला छन... |
सेतोपाटी संवाददाता गत जेठ महिनामा कोरोना संक्रमणमुक्त भएकी कपिलवस्तुकी नर्सलाई फेरि संक्रमण दोहोरिएको छ।, कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक नर्सलाई गत जेठ महिनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा उपचारपछि उनी संक्रमणमुक्त भएकी थिइन्।, जेठ महिनामा पनि उनलाई कोरोनाको कुनै लक्षण नदेखिएकोमा अहिले संक... |
रासस फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ।, सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।, , आज बिहान २ः३० बजे आफ्नो तीनतले घरको छतमा रहेका उनी फोनमा कुरा गर्दैगर्दा अचानक ... |
विवेक राई निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचारको लागि २० प्रतिशत बेड छुट्याउन नसकिने जनाएको छ।, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै निजी अस्पतालहरूलाई पनि उपचारका लागि तयार रहन भन्दै २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको थियो। तर निजी अस्पतालहरूले भने सरकारको उक्त निर्णय अव्यवहारि... |
दिपकजंग शाही कर्णाली प्रदेशमा सोमबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको ५६६ जनाको स्वाब परीक्षणमध्ये १४ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, पोजेटिभ हुनेमा एक भारतीय छन्। प्रद... |
सेतोपाटी संवाददाता प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन्।, सबभन्दा धेरै नयाँ संक्रमित भने मोरङमा थपिएका छन्।, मोरङमा थपिएका ४४ जनामध्ये पनि विराटनगर महानगरपालिकामा सबभन्दा धेरै छन्।, उक्त महानगरमा आजमात्र २१ संक्रमित थपिएका छन्।, सुनसरीमा ३१ जना, झापामा ७ जना र १ जना बाहिरी जिल्लाका नयाँ संक्रमित थपिएको... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ।, सोमबार बिहान साढे १० बजे चाँगुनारायण नगरपालिका-८ स्थित मूलसाँगु खोलामा महिलाको शव फेला परेको थियो।, स्थानीयले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसरकी एसपी तारा थापा र महानगरीय प्रहरी वृत्त, डिएसपी चक्रराज जोशीको टोली खटिएको थियो।, मृत्यु हुनेमा ... |
सेतोपाटी संवाददाता बैतडीमा ह्विमपाइप राख्नको लागि खनेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौका राम लावडका १४ वर्षीय छोरा अंकित लावड र सोही ठाउँका तारा लावडका ११ वर्षीय छोरा सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्द जा... |
खिलानाथ ढकाल लकडाउन आंशिक रूपमा खुकुलो पार्दै भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य सरकारको थियो।, तर, काठमाडौंमा कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेपछि सरकार पूर्वघोषणाबाट पछि हट्यो।, अब अन्तर्राष्ट्रिय उडान र लामो दूरीका सवारीसाधन कहिले सञ्चालन हुन्छन्, टुंगो छैन।, काठमाडौंका... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गर्ने तयारी गरेको छ।, शैक्षिक सत्र २०७६ मा कोरोनाका कारण एसइई स्थगित भएको थियो। तर विद्यालयले आन्तरिक मूल्यांकन गरी परीक्षार्थीका नम्बर बोर्डमा पठाएको थियो।, ‘आज अपरान्ह ४ बजेदेखि बोर्डको बैठक जारी छ। सम्भवत आजै एसइई ... |
खिलानाथ ढकाल नयाँ बानेश्वरका एक ९८ वर्षीय कोरोना संक्रमित वृद्ध अहिले धुलिखेल अस्पतालमा छन्।, धुलिखेल अस्पतालको कोरोना वार्डको आइसियूमा उपचाररत् उनको रोग प्रतिरोधक क्षमता कमजोर छ।, रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव छ।, तर, आवश्यक पर्ने रगत अभावका कारण ... |
प्रशन्न पोखरेल राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।, सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।, परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो।, ‘भर्खरै परीक्षाफल प्रकाशित... |
सेतोपाटी संवाददाता विराटनगरमा थप एक जना कोरोना संक्रमित ४७ वर्षीय पुरूषको मृत्यु भएको छ।, कोसी अस्पतालमा उपचाररत् उनको सोमबार बेलुका ५ बजेतिर मृत्यु भएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।, विराटनगर-८ अस्थायी निवासी उनलाई सास फेर्न गाह्रो भएपछि आइतबार कोसी अस्पताल भर्ना गरिएको थियो।, त्यसअघि पुरूषमा ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।, प्रदेशका ४६ हजार ३ सय ६४ जनाको पिसिआर परीक्षण गरिएकोमा आजसम्म ३ हजार ६ सय ६० पुरुष र १ हजार १ सय ९६ महिलामा संक्रमण पुष्टि भएको हो।, सोमबार मात्र धनगढी र डडेल्धुरामा भएको परिक्षणमा प्रदेशका ५ जना नयाँ संक्रमित थपिएका छन्। कैलालीका ३, क... |
रासस चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव भेटिएको छ।, भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।,... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ १० गतेसम्म लागू हुने गरी जिल्लाका सबै गाउँपालिका/नगरपालिका क्षेत्रमा निषेधाज्ञाको निर्णय गरेको छ।, यो निर्णय सोमबार राति १२ बजेदेखि लागू हुने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञाको साबिक निर्... |
रासस चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना गर्ने भएको छ।, नगरपालिकाको नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान... |
प्रशन्न पोखरेल सामाजिक सञ्जालमा आइतबारदेखि एउटा तस्बिरको चर्चा छ।, कालो मास्क, सेतो टोपी लगाएका एक मानिसले अर्का एक जनाको कपाल खौरिएको फोटोमा देखिन्छ।, वरपर अरू पनि मानिस छन्, एक जनाले माटोको भाँडा हातमा लिएका छन्। भाँडामा पानी छ जस्तो देखिन्छ।, यो फोटोको वास्तविकता बुझ्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भएको एक घ... |
सेतोपाटी संवाददाता नेपाली युवतीलाई बिहे गर्ने प्रलाेभनमा ठगी गरेकाे आराेपमा एक विदेशी नागरिक पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले शुक्रबार रिपब्लिका डि अङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोस्टालाई ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो।, उनले एक नेपाली युवतीसँग इन्टाग्राममा मार्की एरोनको नामबाट चिनजान... |
सविता बुढा खोलाले बगाउँदा कालिकाेटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।, आफन्तकहाँ जाँदा खाेला तर्ने क्रममा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ की एक महिलासहित उनका दुई छोरी र एक छोराको बगेर मृत्यु भएको हो।, मृत्यु हुनेमा ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छाेरी विपना, एक वर्षीया छाेरी आकृति र ७ वर... |
सेतोपाटी संवाददाता पाटन अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु भएको छ।, १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय पुरुषको केही समय अगाडि मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ।, गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्... |
सुधिर भण्डारी चार महिना अगाडिसम्म किरण दाहालको दैनिकी 'एक्सन' र 'कट' भन्दैमा जान्थ्यो। लकडाउनले द्वन्द्व निर्देशक किरणको जीवनशैली फेरिदियो। उनी आजकल अनामनगर, भाटभटेनीको सडकछेउमा तरकारीको भाउ भन्दै गरेकी भेटिन्छिन्।, तीन वटा फिल्ममा द्वन्द्व निर्देशन र दर्जन हाराहारीमा सहायक निर्देशक भइसकेकी किरणले केही समयदेखि ठूला चल... |
सेतोपाटी संवाददाता कान्तिपुर मिडिया ग्रुपको एक प्रकाशनमा पहिलो पटक महिला सम्पादक नियुक्त भएकी छन्।, असारको २८ गते नारी मासिकको सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी हुन्।, उनी यसअघि नारी मासिककै सम्पादक मण्डलको संयोजक भएर काम गरेकी थिइन्।, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेकी घिमिरेले कान्तिपुर पब्लिकेसनबाटै पत्... |
सेतोपाटी संवाददाता पौभाः चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा निधन भएको छ। आइतबार नेसनल हस्पिटलमा उनको निधन भएको कलाकार रवीन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, 'उहाँको आज (आइतबार) दिउँसो साढे एक बजेतिर निधन भएको हो,' प्रेममान निकट रवीन्द्रले भने।, २०६७ सालदेखि नै प्रेममान दमका रोगी थिए। उपचारकै क्रममा उन... |
सेतोपाटी संवाददाता सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन्।, समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।, ... |
सेतोपाटी संवाददाता पाटन अस्पतालको निर्देशमा प्राध्यापक डा.रबि शाक्य नियुक्त भएका छन्।, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज बसेको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा.शाक्यलाई निर्देशक नियुक्त गरेको हो।, अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माको कार्यकाल सकिएपछि डा. शाक्य नियुक्त भएका हुन। निर्देशकको का... |
दिपकजंग शाही कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।, सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।, साउन ३० गते बसेको प्रदेश संकट व्... |
सेतोपाटी संवाददाता टेलिभिजन कार्यक्रम 'ऐना'को लोगो सार्वजनिक भएको छ। ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम 'ऐना'को लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र 'ऐना' टिमबारे जानकारी दिइएको हो।, दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने २६ एपिसोडको कार्यक्रम 'ऐना'सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हु... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोककी एक गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ की ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस... |
रासस त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।, त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जन... |
राजेश घिमिरे चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।, उनीहरूमध्ये ७ जना भरतपुर महानगरपालिकाका छन् भने ३ जना राप्ती नगर... |
एजेन्सी सोमालियाको सशस्त्र समूह अल-सबाबका लडाकुहरूले एक होटलमा गरेको आक्रमणमा एक प्रहरी र १० सर्वसाधारण मारिएका छन्।, राजधानी मोगादिसुको समुन्द्री किनारमा रहेको इलाइट होटलमा उनीहरूले आक्रमण गरेको एएफपीले त्यहाँको सुरक्षा श्रोतलाई उदृत गर्दै जनाएको छ। आइतबार साँझ अल-सबाबका पाँच लडाकुले सो होटलमा आक्रमण गरेका थिए। , उन... |
सेतोपाटी संवाददाता पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा... |
सेतोपाटी संवाददाता सल्यानमा मास्क नलगाउनेहरूलाई कारवाही गर्दा एक महिनामा डेढलाख बढी राजश्व संकलन भएको छ।, साउन महिना सम्म जिल्लामा मास्क नलगाउनेहरूलाई कारवाही गर्दा १ लाख ५९ हजार २ दुई सय रुपैंया राजश्व संकलन भएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।, कोभिड–१९ नियन्त्रण गर्न तथा त्यसबाट सर्वसा... |
सेतोपाटी जबरजस्ती करणी मुद्दामा अदालतले करिव ४ वर्षको कैद फैसला तोकेका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ। , जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय मोहनविक्रम शाहीलाई प्रहरीले साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुवाश खड्काले जानकारी दिए।, शा... |
सेतोपाटी संवाददाता नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।, अन्दाजी दुई-तीन वर्षको केटोको खोजीका लागि सम्बन्धित पो... |
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोनाभाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबारसम्म कोरोना संक्रमितमध्ये ५० हजार ९ सय २१ जनाले ज्यान गुमाएका छन्।, पछिल्लो समय भारतमा दैनिक हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ भने ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्।, अहिल... |
सेतोपाटी संवाददाता नेकपा सचिवालय बैठक सुरू भएको छ।, प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यदेश निर्धारण गर्ने बताइएको छ।, गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलले ६ सदस्... |
विवेक राई कोरोना संक्रमितको उपचारमा सफल मानिएको 'रेम्डेसिभिर' औषधि खरिद गर्न तीन वटा निजी कम्पनीलाई अनुमति दिइएको छ।, औषधि व्यवस्था विभागले मापदण्ड पुगेका तीन वटा निजी कम्पनीलाई रेम्डेसिभिर खरिद गर्ने अनुमति प्रदान गरेको हो।, विभागका निर्देशक नारायण प्रसाद ढकालले यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई र... |
सुदीप श्रेष्ठ पहाडमा पहिरो- २, मैले उनलाई आइतबार दिउँसो साढे २ बजे फोन गरेको थिएँ। उनी १२ बजेदेखि नै लगातार पैदल हिँडिरहेका रहेछन्। सास फुलेर उनको आवाज स्याँस्याँ सुनिन्थ्यो।, सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ स्थानीय जनप्रतिनिधिको टोली लिएर लिदी गाउँ जाँदै थिए।, यो गाउँ अरनिको राजमार्गबाट निक... |
सेतोपाटी संवाददाता अनलाइन गेमिङ खेलाएको आरोपमा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।, महानगरीय प्रहरी वृत्त, कालीमाटीले अनलाइन गेमिङ खेलाएको आरोपमा साउन १९ गते ५० वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको थियो।, उनीमाथि थप अनुसन्धान गर्न पहिले प्रहरीले कोरोना परीक्षण गराएको थियो।, उनमा आइतबार संक्रमण पुष्टि भ... |
सेतोपाटी संवाददाता दाङको देउखुरीस्थित एउटा जंगलमा एक वृद्ध मृत फेला परेका छन्।, लमही नगरपालिका वडा नं. १ स्थित नर्ति सामुदायिक वनमा स्थानीय ७१ वर्षीय बलिभद्र खनाल मृत फेला परेका प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार खनाल साउन ३१ गते बेलुका ५ बजेतिर घरबाट निस्किएका थिए। परिवारका सदस्यका अनुसार उनी राप्ती गाउँपालिका वडा न... |
सेतोपाटी संवाददाता इलाम सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ वर्षीय एक पुरूषको मृत्यु भएको छ।, भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरूषको गए राति मृत्यु भएको हो।, स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको ... |
सेतोपाटी संवाददाता गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोबाट थप तीन जनाको शव फेला परेको छ।, सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। तीन जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ।, शुक्रबार बिहान साढे ६ बजे लिदीमा पहिरो जाँदा ३७ घर प... |
सेतोपाटी संवाददाता कपिलबस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।, , थप दुई जना घाइते भएका छन्। जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवराले जानकारी दिएका छन्। कुटपिटबाट ६० वर्षीया सुभावती पासी ... |
सविता बुढा सुदूरपश्चिमका दुई विकट जिल्ला बाजुरा र बझाङको सदरमुकामसँग सडक सम्पर्क टुटेको छ।, डेढ महिनादेखि बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक पहिरोका कारण अवरुद्ध छ भने एक सातायता बझाङ सदरमुकाम चैनपुर जोड्ने सडक पनि अवरुद्ध छ।, असार २३ गतेको पहिरोले भासिएर अवरुद्ध साँफे– मार्तडी सडक मर्मत गर्ने विषयमा काम शुरु हुन नसके... |
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।, 'उहाँलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिए... |
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको ट्रम्पले जानकारी दिएका छन्।, ‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं... |
रुमा रिजाल कोभिड-१९ बाट प्रदेशमा थप एक जनाको ज्यान गएको छ।, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।, उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार राति ११:३० मा प्रतिष्ठानमा भर्ना गरिएको ... |
रासस सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक बेपत्ता भएका छन्।, लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुबै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक ... |
सेतोपाटी संवाददाता नारायणी अस्पतालका ४ जना कर्मचारीसहित बारा र पर्साका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।, नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १० जना महिला र ३७ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो। , वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका ४ कर्मचारी र पर्साको पोखरिया नगरपालिकाका १२ जनाम... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र स्त्री तथा प्रसुति रोग विभागका प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ।, अस्पतलका अध्यक्ष डा.भोजराज अधिकारीले मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटि... |
सेतोपाटी संवाददाता चितवनका थप चार वटा नगरपालिकामा आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ।, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिकामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागू गर्न लागिएको हो। ,रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका प्रमुखहरूको बैठकले चार नगरपालिकामा एकैपटक निषेध... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.