content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चार जिल्लाका २२ जनाबाट सात करोड २१ लाखभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर बस्ने २९ वर्षीय चन्दन जिन्दललाई बिहीबार साँझ ६ बजे पक्राउ गरेको हो।, उनलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसे...
सेतोपाटी संवाददाता तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटपछि एक जनाको मृत्यु भएको छ।, मापसे गरेर सडकमा होहल्ला गरेको भन्दै स्थानीयले चोरको आरोप लगाएर कुटपिट गर्दा रसुवा घर भई कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो।, रसुवा घर भई गोलढुंगामा बस्ने उनका साथी दोर्जे तामाङ सामान्य घा...
सविता बुढा सरकारले कमैया प्रथा अन्त्य गरेको २० वर्ष पूरा भएको छ।, घोषणाको २० वर्षपछि पनि मुक्त कमैयाका लागि यो उत्सवको भन्दा पनि आन्दोलनको दिन जस्तो भइरहेको छ।, कैलालीको टीकापुर नगरपालिका- १ का श्याम चौधरीले यस वर्ष पनि नेताहरूलाई बस्तीमै बोलाएर पुनः आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन दवाब दिने योजनामा छन्।, श्याम ९ ...
सेतोपाटी संवाददाता मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन्।, वडा नम्बर-१० का ३२ वर्षीय भवन ठकुरीले शुक्रबार बिहान साढे ११ बजे कार्यालयमै रहेका अध्यक्ष कार्कीमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डि...
सेतोपाटी संवाददाता काठमाडौंमा शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको दिउँसो सकुशल उद्धार गरिएको छ।, टोखाको कोठाबाट रामबाबु साहलाई चार-पाँच जनाको समूहले अपहरण गरेर लगेका थिए। आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।, लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबा...
नारायण महर्जन साउनमा प्रकृति पनि जताततै हरियो हुन्छ। प्रकृतिको यही हरियालीमा लय मिलाउन हिन्दु महिलाहरूले साउनमा हातमा हरियो चुरा र गलामा हरियो पोते लगाउँछन्।, केही वर्षदेखि यो चलन सहरी क्षेत्रमा पनि फेसनजस्तै बनेको थियो। फेसन बनेपछि त्योसँग ठूलो आर्थिक गतिविधि जोडिने भइहाल्यो। त्यही भएर साउन लाग्नासाथ पोहोर-परार इन्द्...
समिक्षा अधिकारी मान्छेलाई तन्दुरूस्त र फुर्तिलो राख्न सघाउने व्यायामशालाहरू हिजोआज आफैं कुँजिएका छन्। कोरोना सर्ने डर बढेपछि मान्छे जिम जान छाडे। मान्छे नै नआएपछि सरकारले भन्नुअगाडि नै अघोषित लकडाउनमा परे फिटनेस सेन्टरहरू।, केही दिनयता लकडाउन खुकुलो भएपछि काठमाडौंमा व्यापार-व्यवसाय विस्तारै सामान्य अवस्थामा फर्कन थाले...
सेतोपाटी संवाददाता शुक्रबार नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , अब कोरोना संक्रमितको संख...
नारायण खड्का बाँकेको कोहलपुर नगरपालिका-४ स्थित झन्डै एक अर्ब बढीको सार्वजनिक जग्गा व्यक्तिका नाममा श्रेस्ता कायम भएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ।, आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले आफूहरूले एक-दुई दिनभित्रै अनुसन्धान सक्ने र त्यो केन्द्रमा पठाउने सेतोपाटीलाई बता...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरमा सलह देखिएको छ।, शुक्रबार दिउँसो ठूलो संख्यामा आएको सलहको झुण्ड करिब २ घण्टासम्म आकाशमा घुमेको थियो। कर्णाली प्रदेशमा देखिएको सलहमध्ये अहिलेसम्मकै ठूलो झुण्ड वीरेन्द्रनगरमा देखिएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।, वीरेन्द्रनगरमा देखिएको सलहको झुण्ड दक्षिणतर्फ गएको छ। सलह ...
द न्यूयोर्क टाइम्स अमेरिकी बायोटेक कम्पनी 'मोडर्ना' ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्।, 'द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन' मा मंगलबार प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसविरूद्धको उक्त सम्भावित खोप सुरक्षित देखिएको छ।, यो मोडर्नाले गरेको दोस्र...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ।, मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण क्रममा तीव्र गतिमा आएको पानीले बगाउँदा निधन भएका धनुषाका इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा गर्न जनकपुरधामका युवाहरूले शुक्रबार केन्द्र सरकार र खानेपानी मन्त्री ...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता नेपाली सेनाका प्रवक्ता फेरिएका छन्।, नेपाली सेनाले दिएको जानकारीका अनुसार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेलले पाएका हुन्।, यसअघि सहायक रथी विज्ञान देव पाण्डेले प्रवक्ता थिए।, उनले शुक्रबार प्रवक्ताको...
विवेक राई पछिल्लो समय कोरोना संक्रमितको संख्या कम देखिँदै गएपछि नेपालमा संक्रमणको जोखिम कम हुँदै गएको हो कि भन्ने आकलन हुन थालेको छ।, यो कुरालाई पछिल्लो एक साताको संक्रमण दरले पनि थप जोड दिन्छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा जम्मा ९२३ जना कोरोना संक्रमित थपिएका छन्। तर ३ हजार ६ सय...
द न्यूयोर्क टाइम्स न्यूयोर्क, म्यानह्याटनको आफ्नो अपार्टमेन्टमा मृत फेला परेका 'पठाओ' का सह-संस्थापक फहिम सलेहका निजी सहयोगीलाई शुक्रबार पक्राउ गरिएको छ। , पक्राउ परेका २१ वर्षीय टिरेसा डेभोन हस्पिललाई फहिमको हत्यासहित अन्य अपराधको अभियोग लगाइन सक्ने अनुसन्धानमा संलग्न दुई जना अधिकारीले बताएका छन्।, राइड सेयरिङ कम्पनी...
एजेन्सी स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ । , बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो ।, 'क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्ल...
सेतोपाटी कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ।   , क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि ...
सेतोपाटी संवाददाता महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ।, मृत्यु भएकी उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुन हुन्।, उनको शुक्रबार राति करिब २ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए ।, विगत १०-१५ दिनदेखि ...
एजेन्सी इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन्।, गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्य ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले...
सेतोपाटी एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ।, प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन्।, जिप्रकाका प्रहरी नायब उपरीक्ष...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ।, शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ।, रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा न...
सेतोपाटी विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ।, विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै सरोकारवालाले जतिसक्दो चाँडो अनलाइन कक्षा सञ्चालन गर्न...
एजेन्सी भारतको उडिसाका एक व्यापारी आलोक मोहंती आजकल सोसल मिडियामा भाइरल भइरहेका छन्।, आलोकले कोरोनाभाइरसबाट बच्नको लागि मास्क लगाउँछन् तर उनको मास्कको विशेषता भने अर्कै छ। उनले साधारण मास्क होइन। सुनको मास्क लगाउँछन्। उक्त सुनको मास्क १०० ग्रामको छ।, न्युज एजेन्सी एएनआईका अनुसार उनले उक्त सुनको मास्क मुम्बईस्थित जावेर...
सेतोपाटी संवाददाता माछा मार्न खोलामा गएकी कैलालीकी एक बालिकाको मृत्यु भएको छ।,  , कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।,  , १२ वर्षीय उर्मिला चौधरीको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सेतोपाटीलाई जानका...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।, कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शुक्रबार साँझ निर्माण स्थलमै मेसि...
एजेन्सी वनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, वनारसका प्रहरी प्रमुख अमित पाठकले एक जना आरोपीलाई पक्राउ गरिएको भारतीय समाचार च्यानल एनडिटिभी हिन्दीलाई बताए।, उनले भने, ‘हामीले एक जनालाई पक्राउ गरेका छौं। अरूको पहिचान गरिसकेका छौं। उनीहरूको खोजी भइरहेको छ।’, घटनालाई गम...
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना स्थानीय तहमा कार्यतर कर्मचारीलाई अन्तरजिल्ला सरूवा गरेको छ।, साउन २ गतेको सचिवस्तर निर्णयबाट लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीलाई कामकाजका लागि खटाइएको मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले जनाएको छ।, सम्बन्धित स्थानीय तहमा माग भएअनुसा...
सेतोपाटी संवाददाता साझा यातायातले काठमाडौं उपत्यकामा आज बिहीबारदेखि यात्रुबहाक बस सञ्चालन गरेको छ।, सरकारले निश्चित मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले आजदेखि बस सञ्चालन गरेको हो। , २६ वटा बसले सेवा सुरू गरेका छन्।, यात्रुका चाप बढ्दै गएमा अरू बस पनि थपिने साझाले जनाएको छ। हरे...
सेतोपाटी संवाददाता हिमानी ट्रस्टले कोरोनाभाइरस महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई पिपिईलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ।, काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टले जनाएको छ।, ट्रस्टले बिहीबार आठौं चरणको राहत वितरण गरेको हो।, ज...
नारायण महर्जन कीर्तिपुरमा बिहीबारदेखि फेरि योग अभ्यास सुरू भएको छ।, कोरोनाभाइरस महामारीपछि साढे तीन महिना रोकिएको योग साउन १ देखि सामाजिक दूरी कायम गरी सुरू गरिएको हो।, उमा महेश्वर मन्दिर परिसरमा योग अभ्यास सुरू भएको हो। कीर्तिपुरका स्थानीय बासिन्दा राजमान महर्जनले योग पुन: सुरू गरिएको बताए। उनी योग प्रशिक्षक पनि हुन्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई ‘छिटो काम सकाइदिन्छु’ भनेर दु:ख दिने ४ जनालाई पक्राउ गरेकाे छ।, चन्द्रागिरि नगरपालिका वडा नं १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीसँग कमिसन माग्ने ४ जनालाई प्रहरीले प...
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ।, निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै सबै संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा सारेको जनाएको छ।, 'दैनिक एकजनाकै ३१ हजार उपचार खर्च उठेको छ। हामी सरकारी संस्थाले ...
नारायण खड्का रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ कोइलास्थित रोल्पा सिमेन्ट प्रालिविरूद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्।, स्थानीय अर्जुनकुमार वलीको संयोजकत्व रहेको संघर्ष समितिको आह्वानमा मंगलबार दिउँसो  सिमेन्ट उद्योगको परिसरमा स्थानीयले प्रदर्शन गरेका हुन्।, उनीहरूले ‘धुँवा धुलो नियन्त्रण गर, स्थानीयलाई रोज...
विवेक राई काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन।, इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए।, पछिल्लो समय उपत्यकामा सं...
सेतोपाटी संवाददाता नेपाल टेलिकमको मोबाइल एपको ‘सर्भर सिस्टम ह्याक’ गर्ने सहरी विकास तथा भवन कार्यालय, धनकुटाका कम्युटर अपरेटर पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले धनकुटा, पाख्रिबास नगरपालिका-५ का २८ वर्षीय दिवाकर देउजालाई बुधबार पक्राउ गरेको हो।, प्रहरीले उनीबाट दुई थान ल्यापटप र दुई थान मोबाइल समेत ...
सेतोपाटी संवाददाता अछाममा घरभित्र पसेको चितुवा मरेको भेटिएको छ।, साँफेवगर नगरपालिका वडा नम्बर-५ नवाठानास्थित कैलाश कुँवरको घरमा बिहीबार बिहान ५ बजेतिर कुकुरलाई लखेट्दै चितुवा घरभित्र पसेको थियो।, चितुवा घरभित्र पसेपछि अँध्यारोमा बाघ ठानेर कुँवरका परिवार झ्याल फुटाएर बाहिर निस्केका थिए।, उनीहरूले नगरपालिकालाई ‘घरभित्र ...
सेतोपाटी संवाददाता बिहीबारदेखि  देशभरिका जिल्ला अदालतहरूमा मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू भएको छ।, , प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एक विज्ञप्ति जारी गर्दै साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन्।, फरक व्यवस्थापन भनेको मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्रा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चलाखी गर्दै दुई निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न दिएको अनुमति फिर्ता गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालाको नाम उल्लेख गर्दा गल्ती भएको भन्दै क्षमा मागेका छन्।, ‘हिजो पिसिआर गर्ने निजी प्रयोशालाको नाम उल्लेख गर्दा स्टार अस्पताल ...
सेतोपाटी संवाददाता पर्सामा एक महिलाको कपाल काटी गाउँ डुलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, छिपहरमाई गाउँपालिका-३ जयमंगलापुर बस्ने अन्दाजी २४ वर्षीया महिलाको कपाल काटेर गाउँ डुलाउने चार जनालाई प्रहरीले बुधबार प्रकाउ गरेको हो।, ती महिलाको खराब चरित्र भएको भन्दै उनकै देवर तथा छिमेकीहरू मिलेर अमानवीय व्यवहार गरेको ...
नारायण महर्जन ‘देशका विकृति, विसंगति नाश भइजाऊन्’ भन्ने उद्धेश्यले आज माइतीघर मण्डलामा लुतो फालिएको छ।, स्वागत नेपाल नेतृत्वको स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा लुतो फालेको हो।, अभियानमा सहभागी चन्द्र भट्टराईका अनुसार देशमा भएका सबै विकृति, विसंगति, भ्रष्टाचार, अशान्तिजस्ता नराम्रा पक्ष हटिजाऊन् भनि लुतो फ...
सेतोपाटी संवाददाता बिहीबार कोरोनाभाइरसका एक सय ६७ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय ६७ जना संक्रमित थपिएका हुन्।, अब कोरोना संक्रमितको संख्या १७ हजार ती...
सेतोपाटी संवाददाता ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। बिहीबार एयर फोर्स बेसमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।, ओएच-५८डी हेलिकप्टर हासिन्चिउमा रहेको सैनिक बेसमा जारी वार्षिक सैन्य अभ्यासका क्रममा दुर्घटनामा परेकाे हाे।, दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। दुर्घटनामा घाइते भएका ...
सेतोपाटी संवाददाता पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने कुनै सोच नभएको पशुपति विकास कोषले जनाएको छ।, बिहीबार कोषले विज्ञप्ति जारी गर्दै पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने सोच नभएको प्रष्ट पारेको हो।, विभिन्न सञ्चार माध्यममा पशुपति विकास कोषले भट्टहरूलाई हटाउन लागेको भन्ने समाचारहरूको खण्डन गर्दै कोषले बिहीबार विज्ञप्ति ...
सेतोपाटी संवाददाता 'ब्रिटिस लाहुरे हुँ' भनी महिलालाई बिहे गर्न आश्वासन दिएर ठगी गर्ने एक पुरूष पक्राउ परेका छन्।, बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ का ३३ वर्षीय दीपक लामा मोक्तानलाई कोटेश्वरबाट पक्राउ गरेको हो।, 'ब्रिटिस लाहुरे हुँ’ भन्दै महिलाहरूलाई फेसबुकमार्फत् कुरा गर्ने र...
सेतोपाटी सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।, गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु या...
भगवती पाण्डे नमूना विद्यालयका लागि छानिएका देशभरका एकसय वटा सामुदायिक विद्यालयमा रुपन्देहीका २ वटा परेका छन्।, सरकारले २०८० सालसम्म एक हजार वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाई शैक्षिक, भौतिक र प्रशासनिक क्षेत्रमा सुधार गर्ने योजना अगाडि सारेको छ।, ,सोही अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रह...
एजेन्सी नेल्सन मण्डेलाकी छोरी जिन्द्जी मण्डेलामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्द्जी मण्डेलामा मृत्यु भएको दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उनका छोरा जोन्डवा मण्डेलाले स्थानीय टिभीलाई बुधबार बताएका हुन्।, 'यसको मतलब यो होइन कि उनको मृत्यु कोरोनाभाइरसको स...
प्रशन्न पोखरेल प्याब्सन र नेशनल प्याब्सन आबद्ध निजी स्कुलहरूले बिहीबारदेखि अनलाइन पढाइ रोकेका छन्। विद्यालय सञ्चालन खर्च, भवन भाडा तथा शिक्षक-कर्मचारीलाई तलब खुवाउनै नसक्ने भएपछि सरकारलाई दबाव दिन कक्षा बन्द गरेको उनीहरूको भनाइ छ।, दुई लाख ५० हजार जना शिक्षक तथा कर्मचारीले वैशाखदेखि पारिश्रमिक पाएका छैनन्। अनलाइन पठनप...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले एक महिलामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले बिराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो।, नयन श्रेष्ठ बिराटनगर वडा नम्बर ३ स्थित काठमाडौं सेक्युरिटी कार्यालयका सञ्चालक हुन्। जिल्ला प्रहर...
नारायण ढुंगाना जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो।, नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्‍यो। अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन्।, विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै...
सेतोपाटी सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। , तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।, राजमार्गमा  अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ।, (रासस), ता...
नारायण खड्का दाङको बबई गाउँपलिका-५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतम विदेशबाट आएको धैरै भएको छैन।,  उनको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल पनि छ।, पसलमा धेरैजसो उनका बुवा निमकान्त गौतम बस्छन्।   , विदेशबाट आएको र हार्डवयर पसल पनि रहेको हुँदा गौतम परिवारसँग धेरै रुपैयाँ छ र थर्काएपछि मो...
युवराज श्रेष्ठ सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन्।, बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।, पीडितकाे स्वास्थ्य परीक्षण गर्न पश्...
सेतोपाटी संवाददाता बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।, त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।, बुधबार दिउँसो रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको हो।, उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए।, बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएक...
सेतोपाटी संवाददाता निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।, नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।, उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा रा...
सेतोपाटी संवाददाता मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या अभियोगमा उनका ससुरासहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।, जिल्ला अदालत मकवानपुरले बुधबार सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश जिल्ला प्रहरी कार्यालयका डिएसपी इ...
सेतोपाटी संवाददाता अवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयसहित पाँच विरुद्ध असन्तुष्ट वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।, उपमहानगरका नगरप्रमुख लालकिशोर साहले कानुनविपरित फर्जी हस्ताक्षर गराएर नगरसभा सम्पन्न गरेको भन्दै सर्वोच्चमा वडाध्यक्षहरुले उत्प्रेषण मु...
प्रशन्न पोखरेल निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन्।, आर्थिक तथा नीतिगत कारण देखाएर निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले बुधबार अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन्।, सरकारले वैकल्पिक विधिबाट सिकाइ सहजीकरण निर्देशिका निकालेर असार १ गतेदेखि ...
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैना र देवदहमा दुई जनाको शव फेला परेको छ। सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षीय जंगबहादुर मल्लाह मृत भेटिएका हुन्।, बुधबार दिउँसो सवा ३ बजे बक्सड कर्माहास्थित सडकमा मल्लाह मृत फेला परेको र उनको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी ...
सेतोपाटी संवाददाता सिराहामा घुससहित मेयरका छोरा पक्राउ परेका छन्।, सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल ५ लाख घुस रकमसहित पक्राउ परेका हुन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बिहीबार प्रमुखका छोरा सन्त र अर्का एक जना जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं....
प्रशन्न पोखरेल खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति बनाएको छ।, मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाइएको हो।, उक्त समितिले आयोजनाअन्तर्...
एजेन्सी राइड सेयरिङ कम्पनी पठाओका सहसंस्थापक फहिम सलेह न्युयोर्कको अपार्टमेन्ट मृत फेला परेका छन्।, हात, खुट्टा, टाउको काटिएको अवस्थामा मंगलबार उनको शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।, उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन।, ३३ वर्षीय सलेह उक्त अपार्टमेन्टमा...
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिकास्थित सातदोबाटो-चापागाउँ सडक हिलाम्मे छ।, अविरल वर्षाले सडक हिलाम्मे भएपछि विरोधमा मंगलबारदेखि स्थानीय बासिन्दाले सडक बन्द गरेका छन्।, ‘पानी पर्दा हिलो, घाम लाग्दा धुलो हुँदा हैरान भइयो,’ स्थानीय बासिन्दा बिनिराज डंगोलले सेतोपाटीसँग भने, ‘सडक कालोपत्र गर्न दवाब दिन बन्द गर...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।, परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।, तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भे...
सेतोपाटी सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।, साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ। माघ १ गते सुरू हुने उत्तरायण र साउन १ गते सुरू हुने दक्षिणायन सुरू हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।, अधिकांश नेपाली ...
सेतोपाटी राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ।, उनीहरूमाथि तीन अर्ब ८२ करोड रूपैयाँ विगो बराबरको राजश्व छली गरेको आरोप छ। उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज म...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन्।, गृह मन्त्रालयले रिक्त दुई पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ।, बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका...
रासस मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्।, पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्यकारी...
एजेन्सी कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।, रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क 'आइटिभी' का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत ग...
सेतोपाटी मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्।, पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।, यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्...
सेतोपाटी बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।, उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।, ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको ...
सेतोपाटी गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्।, राति १:३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएकी छन्।, पहिरोमा परी दुई घरका पाँच जना वेप...
सेतोपाटी जिल्लाको शम्भुनाथ नगरपालिकामा एक पुरूषको हत्या भएको छ।, शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएको छ।, प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन।, हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान ...
सेतोपाटी संवाददाता मेलम्ची सुरूङभित्रको ढोका नम्बर १७ खुलेर आएको पानीमा बेपत्ता भएका आयोजनाका सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य जारी छ।, मंगलबार मध्यान्ह हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको ढोका खुल्दा आएको तीव्र बेगको पानीले सुरूङभित्र रहेका ईञ्जिनियर सतिस गोइतसहित चालक थापा बेपत्ता थिए। ईञ्जिनियर गोइतक...
सेतोपाटी गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ।, पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का  छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शे...
गिरीश गिरी खोकना कथा- शृंखला २, पूर्वको उकालोमा बसेको खोकना पश्चिममा अस्ताउँदै गरेको घामको प्रभावले हल्का रन्किएको थियो। यस्तोलाई रन्किएको भन्ने कि लालिमा चढेको भन्ने? कहिलेकाहीँ उपमा दिन पनि गाह्रो हुन्छ।, म उँभो हेर्दै अगाडि बढिरहेको थिएँ। उकालो सुरू हुने ठाउँनिरै देखिए एउटा कृषक समूह। त्यहाँ थिए, काँधमा नोल राखेर द...
एजेन्सी साइबर हमलामा चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर एकाउन्ड ह्याक भएको छ।, पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएको हो।, यस्तै ह्याकरहरूको निशानामा ...
सेतोपाटी सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ ।, सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ।, आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा ...
सविता बुढा अछामको साँफेवगर नगरपालिका, वडा नम्वर ५ नवाठाना स्थित एक घरमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन्।, बिहीबार बिहान गाउँमा कुकुर लखेट्दै आएको सो चितुवा स्थानीय कैलाश कुँवरको घरभित्र चितुवा पसेको हो।, चितुवा घरभित्र पसेपछि कुँवरका परिवार झ्याल फुटाएर बाहिर निस्केका थिए।, चितुवा कुकुरसहित घरभित्र छिरेको वडा अध...
सेतोपाटी संवाददाता दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।, घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी २२ वर्षीय पदम वलीको मृत्यु भएको छ।, वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार बिहान मृत्यु भएको हो।, घाइतेमध्ये  सोही ठाउँका २६ वर्षीय देवराज ...
सेतोपाटी संवाददाता मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख अधिकारीसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।, अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिकृतस...
जुना श्रेष्ठ युवा बाध्यताले सहर पस्ने समय थियो त्यो। गाउँघर रित्तिँदै थिए। माओवादीहरू बस्ती छिर्नुअघि नै तीर्थ तामाङले पनि जिरी, दोलखा छाडे। २०५९ सालमा काठमाडौं आउने बेला उनी जम्मा १५ वर्षका थिए।, पाँच कक्षा समेत पास नगरेका उनीसँग सीप के हुँदो हो! कामको सिलसिलामा थुप्रै ठाउँ चहारेपछि अन्ततः ज्यालादारी मजदुरी थाले।, झन...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा डिएसपी सिंहविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, उनले प्रहरी निरीक्षक पदमा दरखास्त दिन नागरिकता तथा शैक्षिक योग्यता प्रमाणपत्रको जन्म ...
सिएनएन अमेरिकी अभिनेत्री नाया रिभेरा बेपत्ता भएको खबर गत बुधबार डढेलोझैं फैलियो। ‘फक्स’ च्यानलको म्युजिकल–कमेडी शृंखला ‘ग्ली’ की ३३ वर्षीया अभिनेत्री रिभेरा आफ्नो चार वर्षे छोरासहित एकाएक हराएकी थिइन्।, त्यसै रात लस एन्जल्सबाट उत्तर–पश्चिम पर्ने पिरू तालको उत्तरी कुनामा एउटा डुंगा बेवारिसे अवस्थामा तैरिरहेको छ भन्ने ख...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निको भएका व्यक्तिको रगत अन्य संक्रमितको उपचारमा सघाउ पुर्‍याउने भन्दै संक्रमणबाट निको भएका व्यक्तिहरूलाई रक्तदान गर्न आग्रह गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट निको भएका इच्छुक व्यक्तिहरूले रक्तदा...
सेतोपाटी संवाददाता नेपाल नाई ट्रेड युनियनले सरकारविरूद्ध प्रदर्शन गरेको छ।, मंगलबार युनियनमा आवद्धहरूले कैंची र काइयो लिएर प्रदर्शनमा उत्रेका हुन्।, लकडाउनमा आफूहरू मारमा परेको भन्दै उनीहरूले विभिन्न प्लेकार्ड बोकेर र माग राख्दै सरकारविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।, देशभरका सम्पूर्ण नाई श्रमिकहरूलाई तुरु...
एजेन्सी कोरोनाभाइरस संक्रमितको संख्या झण्डै २० हजार पुगेपछि विहारले फेरि १६ दिन लकडाउन गर्ने घोषणा गरेको छ।, मंगलबार बसेको संकट व्यवस्थापनको बैठकले कोरोनाभाइरसको जोखिमलाई नियन्त्रणमा लिन र न्यूनीकरण गर्न जुलाई १६ देखि ३१ तारिखसम्म लकडाउन गर्ने निर्णय गरेको हो।, प्रदेश सरकारले लकडाउनको निर्देशिका समेत तयार गरिरहेको उप-...
सेतोपाटी संवाददाता सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिइरहेकाे अवस्थामा जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा पक्राउ परेका छन्।,  , आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मालपोत कार्यालयका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई उक्त घुस रकमसहित पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका सूचना अधिकारी पुरुषोत्तम ढकालले जान...
सेतोपाटी संवाददाता चितवनको पुरानो मेडिकल कलेजका चिकित्सकको मिलेमतोमा नै ललितपुरका एक जनाको मिर्गौला प्रत्यारोपण भएको खुल्न आएको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा मिर्गौला प्रत्यारोपणको स्वीकृति पाउनु अघि नै मिर्गौला दिने र लिने दुबैलाई अस्पतालमा भर्ना गरेर राखेको खुल्न आएको हो।, यी सबै कुराको तारता...
सेतोपाटी संवाददाता स्याङ्जामा पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।, मंगलबार बिहान कालिगण्डकी गाउँपालिका ४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। ती मध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।, मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ६५ वर्षीय गाविसका पूर्वअध्यक...
शोभा शर्मा दुई वर्षअघि सबै प्रकृया पुरा गरेर एक कार्यक्रममा भाग लिन थाइल्याण्ड उड्न लागेका काभ्रेका लेनिन बिष्टलाई त्रिभुवन विमानस्थलको अध्यागमनका कर्मचारीले बिनाकारण रोके। सर्वोच्चले भने उनलाई आवश्यक प्रकृया पुरा नगरे पनि न्याय दिएको छ।, सर्वोच्चले सरकारलाई भनेको छ - आइन्दा यसरी बिनाकुनै कारण उनलाई विदेश जानबाट नरोक्...
सेतोपाटी संवाददाता रुपन्देहीका निजी विद्यालयहरुले शिक्षकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन्।, बैशाख महिनादेखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा भएपनि तलब दिने निर्णय गरिएको प्याब्सनका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए।, ,यसअघि पाउँदै आएको मासिक तलबमानको कम्तीमा २५ प्रतिशत नघट्ने गरी ...
सेतोपाटी संवाददाता लगातारको वर्षाको कारण पश्चिम नवलपरासीका चार वटा गाउँ डुबानमा परेका छन्।, जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाका ४ वटा गाउँ डुबानमा परेका हुन्। ती गाउँका ३० घर डुबानमा परेका छन् भने ६ घर विस्थापित भएका छन्।, त्यस्तै १५ सय भन्दा बढी बिघामा लगाइएको धानखेती पनि डुबानमा परेको छ। पछिल्लो तीन दिनदेखि आए...
सेतोपाटी संवाददाता रुकुमको चौरजहारी घटनाको अध्ययन गर्न गठित संसदीय समितिले नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना सुनियोजित भएको निष्कर्ष निकालेको छ।, २०७७ साल जेठ १० गते जाजरकोटबाट प्रेमिका भगाउन रुकुम पश्चिम पुगेका नवराज बिकसहित ६ जनाको ज्यान गएको थियो। देवेन्द्र पौडेल संयोजकत्वमा गठित संसदीय समितिले एक महिना...
प्रशन्न पोखरेल मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्याम्म आवाज आयो।, मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो।, एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो। सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी पनि बगा...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, यस्तै आयोगले विभिन्न आर्थिक अपचलनमा  संलग्न अन्य १२ जनालाई पनि मुद्धा दायर गरेको छ भने घुस लिएको अभ...
सेतोपाटी पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन।, कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन्।, थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दि...
सेतोपाटी झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मंगलबार सोही स्थानका ६४ वर्षीय बद्रीप्र्रसाद थपलियाको मृत्यु भएको छ।, खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।, सोमबार बेलुका ५...
सेतोपाटी राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ।, उनीहरुले अवैध रुपमा ९९ लाख पाँच हजार रूपैयाँ बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य सुरू गरिएको विभागले जनाएको छ।, अवैध सुन ल...