content
stringlengths
20
64.1k
सेतोपाटी सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका–७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ।, जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर बेनी अस्पतालमा उपचारका लागि भर्ना गरेका हुन्।...
सेतोपाटी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्।, गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो।, टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन काली...
सेतोपाटी कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ।, नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्।, संस्कृति, पर्यटन तथा नागरिक...
सविता बुढा कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।, मंगलबार बेलुका ५ बजेतिर म १ प ७५५७ नम्बरको मोटरसाइलले सोही दिशामा अगाडी गइरहेको से ५ प २१४४ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो।, दुर्घटनामा पछाडिबाट ठोक्किएको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ६...
सेतोपाटी संवाददाता सूर्य नेपाल प्रालिले प्रदेश- ५ लाई १ करोड रुपैयाँ सहयोग गरेको छ।, प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको हो।, उक्त रकम मुख्यमन्त्री शंकर पोखरेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले हस्तान्तरण गरेका हुन्।, सो अवसरमा केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम ...
विवेक राई गत चैत महिना सुरू भएसँगै भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश आउन थालेपछि सरकारलाई कोरोना परीक्षण व्यापक बनाउनुपर्ने दवाब पर्‍यो।, विभिन्न सीमा हुँदै दैनिक १० हजार जनासम्म स्वदेश भित्रिए। जसले गर्दा प्रदेशहरूको क्वारेन्टिन भरिन थाले। त्योबेला नै भारतमा संक्रमणको जोखिम उच्च रहेकाले त्यहाँबाट आउने नेपालीहरूल...
सेतोपाटी संवाददाता बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ।, पञ्चेश्वर गाउँपालिका वडा नम्बर-२ महाकालीकी १७ वर्षीय भागरथी चन्दको मृत्यु भएको हो।, मंगलबार राति घरमै सुतिरहेको अवस्थामा सर्पले टोक्दा ती किशोरीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए।, उनले भने, ‘घटना घटेको २ घण्टामै किशोरकी मृ...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा पानीको भेलमा बेपत्ता भएका इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन्।, मंगलबार मध्यान्ह भएको घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहे...
सेतोपाटी संवाददाता पहिरो खसेर सोमबार साँझदेखि अवरूद्ध सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड २ दिनपछि खुलेको छ।, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा सोमबार साँझ ५ बजेतिर ठूला ढुंगा सहितको पहिरो खसेपछि सडक अवरूद्ध थियो।, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण...
एजेन्सी संसारमा अहिले झन्डै ७ अर्ब ७९ करोड मानिस छन्। अहिले  बाँचिरहेका तपाईं/हामीमध्ये धेरै जना अबको ८० वर्षपछि दुनियाँमा रहन्नौं होला। सन् २१००तिर पृथ्वीमा कति मानिस होलान् त?, अमेरिकाको युनिर्सिटी अफ वासिङ्टनका अनुसन्धानकर्ताहरूले यसबारे अनुसन्धान गरेर ८० वर्षपछिको जनसंख्याको आँकलन गरेका छन्।, बुधबार सार्वजनिक भएको...
सेतोपाटी संवाददाता महालक्ष्मी नगरपालिकामा कन्ट्याक ट्रेसिङ मार्फत गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।, नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि गत शनिबार दुई सय १३ जनाको स्वाब संकलन गरिएको थियो। संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको महानगरका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए।, संक्रमितसँग सम्पर्...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका शिक्षकलाई निलम्बन नगरी तलब-भत्ता सुविधा प्रदान गर्ने पूर्वप्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरूद्ध अख्तियारले मुद्दा दायर गरेको छ।, बैतडीको बटैराज प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक रतन सिंह भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक...
सेतोपाटी संवाददाता अछाममा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया रमना विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।, उनलाई आइतबार प्रसूति गराउन गाउँपालिकाको विनायक स्वास्थ्य चौकीबाट जिल्ला अस...
विवेक राई काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको यकिन गर्न १२ वटा ठाउँको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ११ वटा ठाउँको परीक्षण कार्य सकिएको छ।, ११ वटा ठाउँबाट एक हजार बढी व्यक्तिको स्वाब परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण पुष...
सेतोपाटी संवाददाता चितवनको कलेज अफ मेडिकल साइन्सेन्सले कानुनी प्रक्रिया पूरा गरेर मिर्गौला प्रत्यारोपण गरेको प्रष्ट पारेको छ।, आफ्नो संस्थाका ३ जना चिकित्सक र कानुनी सल्लाहकार अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै मेडिकल साइन्सेन्सले कानुनी प्रक्रिया पूरा गरेर मिर्गौला प्रत्...
साउथ चाइना मर्निङ पोस्ट सरकारी निर्णयका कारण घरबार गुमाएपछि मान्छे कुन हदसम्म जान सक्छ भन्ने चीनको एउटा घटनाले प्रस्ट पार्छ।, चीनको दक्षिणी प्रान्त ग्वेझोको एन्स्यानमा गत साता एक बस चालकले जानाजान गाडी दुर्घटना गराएर आफूसहित २१ जना यात्रुको ज्यान लिएका छन्। स्थानीय सरकारले सहर विस्तारका लागि भन्दै आफ्नो घर भत्काएको रि...
युनिक श्रेष्ठ सोमबार सितापाइलाका २९ वर्षीय विलभ सुवेदी र उनका भाइ दुर्लभ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) परिसर आएका थिए।, १४ वर्षअघि आमाबुवा गुमाएका यी दाजुभाइका लागि त्यहाँ एउटा सानो सन्तुष्टिको समाचार थियो-उनीहरूलाई कलिलो उमेरमै टुहुरा बनाउनेमध्येका एक जना पक्राउ परेका थिए।, २०६३ पुस २० गते। सबै ज...
साउथ चाइना मर्निङ पोस्ट कोरोना भाइरसले संसारभरि ५ लाख ७२ हजारभन्दा बढीको ज्यान लिइसकेको छ, तर कतिलाई अझै पनि यो ‘भ्रम’ हो कि भन्ने लाग्छ।, महामारीलाई यस्तै ‘भ्रम’ ठान्ने एक अमेरिकी व्यक्तिले हालै त्यसको नराम्रो नतिजा भोग्नुपर्यो। टेक्सासका ३० वर्षीय व्यक्ति ‘कोभिड–१९’ पार्टीमा भाग लिएर आएपछि कोरोना भाइरसबाट संक्रमित भ...
सेतोपाटी संवाददाता घुस रकमसहित रंगेहात पक्राउ परेका कैलालीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) र एक जना कानुन व्यवसायीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले इन्स्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पचास हजार घुस बापत...
दिपकजंग शाही रुकुम पश्चिममा प्रहरीले नेहा विष्टमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न बनेको समितिले घटनाको प्रतिवेदन कर्णाली प्रदेश प्रहरीलाई बुझाएको छ।, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कुटपिट गरेको भन्ने विषयमा छानबिन गर्न गठिन समितिले सोमबार कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन ब...
सेतोपाटी संवाददाता सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।, यो अहिलेसम्म २४ घण्टाको अवधिमा धेरै डिस्चार्ज भएको संख्या हो।,...
सेतोपाटी संवाददाता आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ।, ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।, उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवसाइट बनाएको ब्युरोले जनाएको छ।  , श्रेष्ठले उक्त बेवसाइटमा चितवन...
युनिक श्रेष्ठ सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्।, एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो।, उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं।, हामी पुग्दा उ...
सेतोपाटी संवाददाता तनहुँको विभिन्न ठाउँमा पहिरोले ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ भने ५ जना बेपत्ता छन्। त्यसैगरी  ३ जना भने घाइते छन्।, हराइरहेकाहरूको खोजी कार्य जारी रहेको र घाइतेको तनहुँ र पोखरामा उपचार भइरहेको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए।, पहिरोमा पुरिएर तनहुँको व्यास नगरपालिका-९ माझफाँटका कमल...
सेतोपाटी संवाददाता बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ।, इलाम घर भई हाल ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षीय विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।, उनले गएराति एक युवतीलाई कोठामा पुर्‍याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमै बलात्कार गरे...
रासस नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। ,मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नम्बरक...
सेतोपाटी संवाददाता युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्।, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।, विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव  हुने पहिलो व्यक्ति हुन्।, पाल्पाको तत्कालिन देउराली गा...
सेतोपाटी संवाददाता १२ लाख दिए बैंकबाट तीन करोड ५० लाख ऋण निकालिदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।, कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ की महिलालाई ‘नेपाल बैंक लिमिटेडको शाखा अधिकृत हुँ’ भन्दै ठगी गर्ने दार्चुला लेकम गाउँपालिका १ बस्ने ३२ वर्षीय पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।, दश ...
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।, सोमबार बिहान कृष्णपुर नगरपालिकाको वडा नम्बर-५ वनदेवीस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा परी सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षकी तारा कुँवरको मृत्यु भएको हो।, महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा म १ प ८९१ नम्बरको मोटरसाइकल...
रासस दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ।, बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।, रा २ प ८८० नम्बरको मोटरसाइकलमा लह...
सेतोपाटी संवाददाता पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड सोमबार साँझदेखि अवरूद्ध भएको छ। सोमबार साँझ ५ बजेतिर उक्त सडक खण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खसेको थियो।, पहिरोसँगै माथिबाट ठूलो ढुङ्गासमेत सडकमा खसेकोले  पहिरो हटाउन नसकिएको प्रदेश  ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, ...
सेतोपाटी संवाददाता स्याङ्जामा पहिरोमा परी तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।, मंगलबार बिहान कालीगण्डकी गाउँपालिका-४ स्थित खानेपानीको मुहान बनाउन गएकामाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।, 'खानेपानीको मुहान बनाउन गएका थिए माथिबाट पहिरो खस्यो,'डिएसपी राजेन्द्र प्रसाद अधिकारीले भन...
सेतोपाटी संवाददाता मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।, त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि छानबिन सुरू गरेको छ।, उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन ...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। सोमबार दिउँसो महाशाखाले विभिन्न मितिमा हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।, महाशाखाले चोरी भएका मोटरसाइकल खोज्न इन्स्पेक्टरको नेतृत्वमा २२ सदस्यीय टोली खटाएको छ। यसले काठमाडौं उपत्यकाबा...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा मंगलबार दुई जना बेपत्ता भएका छन्।, सुरूङबाट पानी परीक्षण भइरहेका बेला १७ नम्बरको गेटबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।, सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प...
सेतोपाटी संवाददाता स्याङ्जामा पहिरोमा परी घाइते भएका पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ।, मंगलबार बिहान कालिगण्डकी गाउँपालिका-४स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। त्यसमा तीन जना घाइते भएका थिए।, सोही गाउँपालिका बस्ने ६५ वर्षीय पूर्वगाविस अध्यक्ष ईमानसिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता धनगढीबाट काठमाडौंसम्म बिनाअनुमति यात्रु ओसार-पसार गर्न खोजेको भन्दै कैलालीमा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा बसका चालक धनगढी उप–महानगरपालिका वडा नं. १ का ३५ वर्षीय लक्ष्मण रसायली छन्। उनले चलाएको सु.प.प्र.०१/००१ ख २३३० नम्बरको बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रशा...
सेतोपाटी संवाददाता क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या कम संख्यामा झरेपछि सुदूपश्चिम प्रदेशले समुदायस्तरमा गएर कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ।, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले अबको १५ दिनमा समुदायमा गएर परीक्षण सुरु गरिने बताए। उनले अहिले क्वारेन्टिनमा जम्मा ६ हजार १ सय ९१ जना रह...
सेतोपाटी संवाददाता कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा तथा सूचना अधिकारी घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले मंगलबार नायब सुब्बा सिद्धराज जोशीलाई ८५ हजार घुससहित पक्राउ गरेको हो।, उनले तालिम सञ्चालन गर्न गाउँपालिकाबाट बजेट दिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण गराउन सक्ने हेक्का राख्न आग्रह गरेका हुन्।, यसरी यात्रा गर्दा हरेक यात्र...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ।, आइतबार उपत्यकामा ६ जना थपिएसँगै कुल संख्या ३ सय ४७ पुगेको हो। जसअनुसार काठमाडौंमा ५ जना र ललितपुर जिल्लामा १ जना थपिएका हुन्।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमितमध्ये धेरैजसो...
सिबी अधिकारी कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्।, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्।, यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवे...
युनिक श्रेष्ठ अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।, प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट ...
नारायण खड्का त्यतिबेला रूकुम पश्चिमको आठबिसकोट-९ का १३ वर्षीय बालकृष्ण परियार पाँच कक्षामा पढ्थे।  , रामबहादुर र उनकी श्रीमती मीनाकुमारी दमाईले कान्छा छोरालाई बोर्डिङ पढाउनकै लागि घरभन्दा केही टाढा राडी बजारको होटलमा राखेका थिए।, आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूले जेठा छोरा धनवीर र माइला छोरा केशवलाई पढाउन सकेका थ...
सेतोपाटी संवाददाता आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो।, यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यीमध्ये काठमाडौं जिल्लामा ५ जना थपिएको उनले जानकारी दिए। , त्य...
सेतोपाटी संवाददाता बालाजु औद्योगिक क्षेत्रमा रहेको एक सेनिटाइजर कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएको खुलेको छ।, तीन दिनअघि सेनिटाइजर कम्पनीमा मेसिन पड्किँदा घाइते भएका उनीहरूलाई पिपल्स मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।, आगलागीबाट शरीरका भाग जलेका घाइतेको उपचारमा कम्पनीले चासो नदेखाएको एक घाइतेका छिमेकीले सेतो...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीनकुनेमा वृक्षाराेपण गरेको छ।, आइतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले फूलको बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरे।, ट्राफिक प्रहरीको उपत्यकाभित्रका ४५ युनिटका इञ्चाजले करिब ३ सय ५० वटा विरुवा रोपेका हुन्।, ट्राफ...
सविता बुढा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ भमरभोजकी ५६ वर्षीया भौनीदेवी चौधरीका चार छोरी छन्- बसन्ती, जयन्ती, सपना र उर्मिला। २१ वर्षीया उर्मिला कान्छी छोरी हुन्। , भौनीबाट छोरा नजन्मेको भन्दै उनका श्रीमानले दोस्रो बिहे गरे। त्यति बेला उर्मिला आठ वर्षकी थिइन्।, बाबाको बिहे सम्झेर उर्मिलालाई नरमाइलो लाग्छ, 'मलाई बाब...
विवेक राई अर्घाखाँची ठाडाका २१ वर्षीय ऋषिराम बेलवासे दुई वर्षअघि रोजगारीका लागि कतार पुगे।, कलिलै उमेरमा अनेक सपना बुनेर विदेश हुइँकिएका ऋषिराम आफ्नो कमाइदेखि खुसी नै थिए।, ठिकठाक चलिरहेको काममा कोरोनाभाइरसको महामारीले ब्रेक लगाइदियो। उनीसँगै कम्पनीमा काम गर्ने थुप्रैको जागिर गयो।, जागिर गए पनि ऋषिरामले तत्काल घर आउने...
रासस महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।, बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो।, ल्याब ...
सेतोपाटी संवाददाता लगातार तीन दिनसम्म भएको वर्षाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। निरन्तरको वर्षाले रातु नदी बढेपछि महोत्तरीको जलेश्वर डुबानमा परेको हो।, जलमग्न भएपछि त्यहाँका अधिकांश पसलहरु बन्द रहेका छन्। सडकमा पानी जमेपछि जलेश्वर–सम्सी, जलेश्वर–बर्दिबास र जलेश्वर–पडौल सडकखण्डहरु बन्द भएका छन्।, ,रा...
सेतोपाटी संवाददाता ललितपुरका शंकरमान (नाम परिवर्तन) केही वर्षदेखि अष्ट्रेलियामा छन्। यो बीचमा उनी नेपाल आएका  छैनन् तर उनी बनेर कसैले उनका मामालाई मिर्गौला दिइसकेको छ।, घटना २०७६ जेठतिरको हो। शंकरमानका मामाको मिर्गौलाले काम गर्न छोडे। उनले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो।, मिर्गौला दान दिने मान्छे नाताभित्र कोही भ...
सेतोपाटी संवाददाता २०७३ साउन ७ गतेको मन्त्रिपरिषद बैठकले नेपालमा संचालन भइरहेका विदेशी टिभी च्यानलमा क्लिनफिड लागू गर्ने नीति पारित गर्‍यो।, त्यसको सर्वत्र स्वागत भयो। तर लागू अहिलेसम्म हुन सकेको छैन। आगामी कात्तिक ८ गतेबाट लागू गर्नेगरी समय तोकिएको छ। , नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरु अर्थात साउनबाट न...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ।, रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको हो।, थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहे...
विवेक राई महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले अमेरिकाको स्ट्यानफर्ड विश्वविद्यालयसँगको सहकार्यमा अत्यधिक सस्तो मूल्यमा भेन्टिलेटर निर्माणको काम अघि बढाएको छ।, सेतोपाटीसँग कुरा गर्दै पुनले भने, 'यो भेन्टिलेटर स्ट्यानफर्ड विश्वविद्यालयको एउटा टोलीले विकास गरिरहेको छ। आविस्कार केन्द्रले पनि उहाँहरूको सहयोगमा भेन्टि...
नारायण खड्का प्रहरी निरीक्षक इन्सपेक्टरलाई कार्यकक्षमै पुगेर एक लाख ५० हजार घुस दिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।, दाङको घोराही उपमहानगर वडा नम्बर १८ सुपैला कुटीका २७ वर्षीय गोविन्द शाह र प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ भिङ्ग्रीका घर भइ हाल दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही बस्दै आएका ३० वर्षी...
सेतोपाटी संवाददाता तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा गए राती गएको पहिरोले पाँच जना बेपत्ता छन्।, आइतबार राती करिब २ बजेतिर गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, ‘पहिरोले घर पुरिएर ऋषिङमा पाँच जना बेपत्ता छन्,’ उनले भने, ‘दुई घरका पाँच ज...
रासस चमेलिया नदीमा बगेर बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन्।, बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।, डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाका...
सेतोपाटी अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।, ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भ...
सेतोपाटी चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ।, असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही रा...
सेतोपाटी दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो।, विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासील...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ।, आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको छ।, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो। सो सडकखण्डको १७ र २६ कि...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका मिचेर काठमाडौंका दुई निजी प्रयोगशालालाई शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने अनुमति दिएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नै प्रयोगशाला भएको केएमसी अस्पताल र स्टार अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिइएको जानकारी दिए।, यसअघि मन...
रासस अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।, पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझ...
सेतोपाटी संवाददाता सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ।, स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो।, जसमा काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब...
एजेन्सी फ्रान्स, पेरिसका सडक सधैं गाडीले भरिभराउ हुन्थे। कोरोना महामारी फैलिएपछि भने यो दृश्य फेरिएको छ।, अचेल बिहान ९ नबज्दै सडकमा साइकलको लश्कर हुन्छ। पहिले यिनै सडकमा गाडीको ताँती हुन्थ्यो। कसैले नयाँ साइकल आफैं किनेका छन्, कसैले घरमा थन्क्याएको साइकल निकालेका छन् त कोही 'बाइक सेयरिङ' मार्फत् चलाइरहेका छन्।, पेरिस ...
हेमन्त केसी जाजरकोट बारेकोट गाउँपालिका–४ सार्की गाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्ने।, गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो।, शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ। बिरामी छिमेक...
अनुषा अधिकारी निर्माता तथा नायक संजोग कोइरालाको व्यस्त जीवनमा अहिले 'ब्रेक' लागेको छ। फिल्म क्षेत्रसँगै केही व्यवसाय सम्हाल्दै आएका उनले बल्ल सास फेर्न पाए।, दुई महिना परिवारसँग समय बिताउन पाउँदा संजोग खुसी छन् नै, तर आफूलाई 'वर्कहोलिक' बताउने उनी काममा फर्किन नपाउँदा छट्पटाइ सके। यसमा पनि 'चिया अड्डा' गएर त्यहाँको मि...
सेतोपाटी संवाददाता सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।, २४ घण्टामा पा...
सेतोपाटी संवाददाता कैलालीमा लागुपदार्थ कारोवारमा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ।, शुक्रवार बिहान ३ ग्राम ७०० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) सहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।, टीकापुर नगरपालिका वडा नं.१ ब्यवसाय क्षेत्र बस्ने वर्ष २८ का शंकर भन्ने छत्रबहादुर साउद र वडा नम्वर ६ नारा...
सेतोपाटी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति, संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्।, विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म न...
रासस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।, २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा ...
सविता बुढा डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ ।, गए राती झरकाँडा भन्ने ठाउँमा भएको झगडामा घाइते भएका ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको प्रहरीले जनाएको छ।, घाइते बालकलाई उपचारका लागि धनगढी ल्याइए पनि शनिबार विहान ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्...
सेतोपाटी जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।, मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो। हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदे...
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका एक जना नेपालीलाई युएईबाट शनिबार नेपाल ल्याइएको छ।, इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि युएईमा पक्राउ परेका काभ्रेका करिब ४२ वर्षीय हरिशरण खड्कालाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ।, गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्या...
सेतोपाटी संवाददाता कर्णाली नदीमा हामफालेका एक जना बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ को कामेश्वर मन्दिर पूर्वतर्फ कर्णाली नदी किनारबाट हाम फालेका एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।, शनिबार बिहान केही स्थानीयले नदीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।, ती व्यक्ति कर्णालीमा पसेको ठाउँबाट अछाम ...
सेतोपाटी संवाददाता बाहिरी जिल्लामा बाढी, पहिरो गएको समाचार आउन थालेपछि काठमाडौं तारकेश्वर नगरपालिका, फुटङ–७  दियालो टोलवासीलाई रातभरि निन्द्रा लाग्दैन, कतै यहाँ पनि साङ्ले खोला बढेर घरभित्र छिर्ने हो कि भन्ने चिन्ताले।, अविरल वर्षा हुन थालेपछि टोलका वासिन्दा राति १०/११ बजेसम्म बाहिरै खोलाको वहाब हेरेर बस्छन्। खोलाको व...
रासस सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ।, आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।, लगाता...
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्।, २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेक...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।, उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा अ...
सेतोपाटी संवाददाता नेपालमा शनिबारसम्म आठ हजार चार सय ४२ जना कोरोनाभाइरसका संक्रमित बिरामी निको भएर घर फर्केका छन्। यो तथ्यांक कोरोना संक्रमित भएकाहरू १६ हजार सात सय १९ को आधाभन्दा धेरै हो।, शनिबार कोरोनाका जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन्।, विगत केहि दिनयता कोरोना संक्रमितको संख्या घट्दो छ। स्वास्थ्य तथा जनसंख्या...
सेतोपाटी संवाददाता बझाङमा नदीमा बगेर दुई जना किशोर बेपत्ता भएका छन्।, कालंगा नदीमा शुक्रबार साँझ पौने सात बजेतिर जालले माछा मार्ने क्रममा केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ जडिबगरका वर्ष १४ का जगत अधिकारी बेपत्ता भएका थिए।, यस्तै, शनिबार दिउँसो २ बजेतिर सोही नदीमा केदारस्यूँ कै वडा नम्बर १ रायलका वर्ष १३ का रोशन दमाई प...
रासस  , रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ।, सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने कर...
सेतोपाटी संवाददाता काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ र ९ सिल गरिएको छ। यी दुई वडामा कोरोना संक्रमित पाइएपछि नगरपालिकाले वडाहरू सिल गरेको जनाएको छ।, पाटन अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट वडा नम्बर २ की ४७ वर्षीया महिला र वडा नम्बर ९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधि...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कारबाही थालिएको छ।, कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७  र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, ‘मास्क नलगाई ह...
युवराज श्रेष्ठ धौलागिरी– ६, मराङकी ४६ वर्षीया राजमती सिर्पाली दुई दिन अनिदो र खानासमेत नखाई पोखरा आइपुगेकी छन्।, उनी मणिपाल शिक्षण अस्पतालको आँगनमा यताउता गरिरहन्छिन्। कहिले अस्पतालको आकस्मिक कक्ष नजिकैको बेडमा गएर पल्टिन्छिन्। जहाँ जाँदा पनि उनलाई एक सानो बालकले पछ्याउँछ। ती बालक राजमतीका कान्छा छोरा ७ वर्षीय सफल सिर...
प्रकाश ढुंगाना प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।, प्रहरीले  जिल्ला प...
गिरीश गिरी खोकना कथा- शृंखला १, दुई दशकअघिसम्म पनि अनकन्टार र एक्लो थियो, खोकना।, म त्यो समयको कुरा गर्दैछु, जति बेला हामी बिहानी हिँडाइमा फरक-फरक गन्तव्य खोज्दै निस्कन्थ्यौं। एकदिन चक्रपथ नाघेर भैंसेपाटी आवास क्षेत्र हुँदै अगाडि बढ्यौं। आवास क्षेत्रबाट दक्षिणतर्फ झरेको ओरालो समात्दै बढ्दा हामीलाई अनौठो संसारमा पुगेको...
रासस बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका-४ का एक दम्पती बेपत्ता भएका छन्।, बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका-४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ।, बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रम...
रासस इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्।, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्। शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्न...
हेमन्त केसी पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।, घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।, विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय ...
रासस साँझ ढल्किँदै थियो। वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो। बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रूपमा परिणत गरिरहेको थियो।, बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा डुंगा चलिरहेका थिए। पोखरीभित्र सीमित मानिस रहे पनि वरिपरि स्थानीयवासीको बाक्लो उपस्थिति थियो।, मध्यपुरथिमि नगरपा...
सेतोपाटी संवाददाता थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ।, बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  , कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेक...
सविता बुढा डडेल्धुरामा खानेपानको विषयमा विवाद हुँदा मृत्यु भएका बालकका नाममा अक्षय कोष बनाइने भएको छ।, गाउँपालिकाले मृतक ८ वर्षका बालक हिमान्सु महराका नाममा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको हो।, गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले विवाद भएकै खानेपानीको योजनाका लागि छुट्याइएको बजेटबाट मृतक बालकका नाममा अ...
सेतोपाटी संवाददाता झापामा प्रहरीले एक लाख ४४ हजार नक्कली भारू बरामद गरेको छ।, यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले कन्काई नगरपालिका-३का ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं ४ बस्ने २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका-५का २४ वर्षीय एराजुल हकलाई शनिबार पक्राउ गरेको हो।,...
रासस सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ।, गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।, पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ। पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्ध...
सेतोपाटी संवाददाता दाङको घोराही-मुकृट्टी हुँदै प्यूठान जोड्ने सडकखण्ड छेउको काउले डाँडामा आइतबार १ हजार ८ सय चिउरीका बिरुवा रोपिएको छ।, काउले डाँडोलाई जिल्लाकै चिउरीको बगान बनाउने उद्देश्यका साथ वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।, काउले डाँडाको खाली बन क्षेत्रमा बहुउपयोगी चिउ...
सेतोपाटी संवाददाता गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर एक जनाको ज्यान गएको छ।, कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुस्रे निवासी ६२ वर्षीय यम बहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको हो।, गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माका अनुसार शुक्रबार बिहान घर नजिकै रहेको खेतमा पानी लगाउन बनाइएको कुलो सफा...
दिपकजंग शाही ग्रेडको विषयमा असमान व्यवहार भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कर्मचारीको असन्तुष्टि बाहिर आएको छ। एकैपटक भर्ना भएका कतिपय कर्मचारीले ग्रेड खाइरहेका छन् भने कतिपयले पाएका छैनन्।, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारी तथा शिक्षकले ग्रेड खाइरहेकोमा आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण रिपोर्टको सुझावला...