content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता हत्कडीसहित प्रहरी थुनाबाट भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय फल्टुडेबाट हत्कडीसहित भागेका चुरे गाउँपालिका वडा नम्बर-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान आफ्नै वडाको सिडारी भन्ने ठाउँबाट पक्राउ गरेको हो।, आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार राति पक्र...
रासस पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादीमा  टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। , , पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहर...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले फर्जी कारोबार देखाएर कर छली गरेको भन्दै जिमी ग्रुपविरूद्ध मुद्दा दायर गरेको छ।, विभागले असार २१ गते उक्त ग्रुपविरूद्ध १८ करोड ३३ लाख बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजश्व छली गरेकाले काठमाडौ महानगरपा...
सेतोपाटी संवाददाता जाजरकोटको बारेकोट गाउँपालिका-४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ। पहिरोमा परेका ९ जना अझै बेपत्ता छन्।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिए।, 'माटोमुनि ३ जनाको...
सेतोपाटी संवाददाता झन्डै महिना दिनअघिको कुरा हो।, काठमाडौंको बुढानिलकण्ठ-२ चपलीहाइटमा प्लटिङको जग्गा थियो। उक्त प्लटिङमा सरकारी जग्गा पनि परेको हल्ला थियो। जग्गाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको गाइँगुइँ चलेको थियो।, यो हल्ला आफूलाई ज्योतिष भन्ने अर्जुन थापा क्षेत्रीले पनि सुने। उनी कपन क्षेत्रमा...
नारायण महर्जन सिभिल मलका व्यापारीहरूले सामूहिक रूपमा पसलको चाबी सञ्चालकलाई बुझाएका छन्।, ३ महिना पसल बन्द गरेर असार १ गतेदेखि सञ्चालन गरे पनि बोहोनी समेत नभएको अवस्थामा मल सञ्चालकले भाडा तिर्न लिखित र मौखिक रूपमा दबाव दिएको कारण चाबी बुझाउनु परेको सिभिल मल व्यापार संघले जनाएको छ।, ‘यस्तो अवस्थामा सरकारले कर तिर्न ताके...
सेतोपाटी संवाददाता पछिल्लो समयमा फेसबुकमा ‘लाइभ स्ट्रिम’ गरी दुई महिलाले आत्महत्या गरिसकेका छन्।, यसरी लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाई समयमै प्रहरीलाई खबर गरेमा ज्यान जोगाउन सकिने साइबर ब्युरो बताएको छ।, साइबर ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क गर्न अनुरो...
सेतोपाटी संवाददाता शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १०  जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।, बिहीबारसम्म कोरोनाका १६ हजार...
सेतोपाटी संवाददाता एनजिओ, आइएनजिओको प्रमुख हुँ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुपालचोक घर भई गोकर्णेश्वर नगरपालिका-८ आरूबारी बस्ने घनश्याम कटुवाललाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो ३ बजे चुच्चेपाटीबाट पक्राउ गरेको हो।, उनले टोखा नगरपालिका-३ आगमन टोलका हिरामाया तामाङलाई २० लाख रुपै...
विवेक राई सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेसँगै यसले संक्रमणको जोखिम पनि बढाएको विज्ञहरूले औंल्याएका छन्।, बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सकिने जानकारी गराएका थिए।, उपत्यकामा भने तीन जिल्लामै सव...
सेतोपाटी संवाददाता भारतको जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको विवादास्पद ट्वीट डिलिट गरेका छन्।, जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको थियो। जसको नेपालमा व्यापक विरोध भएको थियो।, त्यस्ता भ्रमपूर्ण समाचारको चर्को विरोध भएपछि ब...
दिपकजंग शाही जाजरकोटको बारेकोट गाउँपालिका–४ मा गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ।, उद्धारका क्रममा शुक्रबार दिउँसोसम्म ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, भेटिएका ७ जनाको शवमध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।, गोपाल सार...
युवराज श्रेष्ठ गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहिबार साँझदेखि परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोले ठुलो जनधनको क्षेती भएको छ। बाढी पहिरोले कास्की, लमजुङ, म्याग्दी लगायतका जिल्लाहरुमा ठुलो क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएका छन्।, बाढी पहिरोका कारण कास्कीमा मात्रै ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भ...
सविता बुढा कैलालीमा ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार अभियुक्त १ वर्षपछि पक्राउ परेका छन्।, चुरे गाउँपालिका वडा नं. १ घर भई हाल धनगढी बस्दै आइरहेका २१ वर्षीय जेनसिंह ठकुरीलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, उनलाई बिहीबार खोजतलास गर्ने क्रममै प्रक्राउ गरेको जिल्ला प...
युवराज श्रेष्ठ बिहीबारदेखि परेको अविरल वर्षाले सेती नदी उर्लिएको छ। यसले पोखराको रामघाट तालजस्तो देखिएको छ। रामघाटबाट पानी निकास हुने सेती नदीको खोँच निकै साँघुरो भएकाले त्यहाँ पानीको सतह बढेको छ।, पोखराबाट तनहुँ पुगेर मादी नदीमा मिसिने सेती नदीले शुक्लागण्डकीमा भने तनाव दिएको छ। नदीमा पानीको बहाव बढेर शुक्लागण्डकी नग...
युवराज श्रेष्ठ भारतीय सेनामा कार्यरत गोरखा आरूघाट गाउँपालिका-१ मान्वुका सम्बुर गुरूङले बिहीबार साँझ घरमा फोन गरेनन्।, काठमाडौं बस्दै आएकी श्रीमती बालमाया गुरूङलाई बिहीबार बिहान भने फोन गरेका थिए। त्यतिबेला उनले लडाइँमा जाने केही खबर गरेका थिएनन्।, त्यसो त भारत-पाकिस्तानबीच युद्धबिराम भएकाले लडाइँ हुने आँकलन पनि थिएन। ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई दिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेका छन्।, बिहीबारदेखि कार्यभार सम्हालेका क्षेत्रीलाई बधाई दिन प्रधानसेनापति थापा शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका हुन्।, उनीहरूबीच शिष्टाचार भ...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले एक जनाविरूद्ध ४३ करोड कर छलीको अभियोगसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, कुनै पनि निकायमा दर्ता नभई कतै पनि कर नतिरी वर्षौदेखि मोबाइल तथा विद्युतीय सामग्रीको कारोबार गरिरहेका काठमाडौं महानगरपालिका १५ स्थायी ठेगाना भएका मयुर मालाकारविरूद्ध विभागले  गत आइतबार(असार २१ ...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।, लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादु...
रासस सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडिओका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिलाई २३ हजार रुपैयाँ जरिवाना गराएको छ।, काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडिओ खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्...
सन्तोष गौतम म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ। प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो। सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शनिबार बिहानसम्म सुरक्षाकर्म...
नारायण खड्का रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कुटपिट गर्ने नगर प्रहरी निर्मला विक निलम्बित भएकी छन्।, आठबिसकोट नगरपालिकाले बिहीबार एक विज्ञप्ति प्रकासित गरी विकलाई निलम्बित गरिएको जानकारी दिएको हो।, जेठ १ गते दिउँसो जाजरकोटबाट घर फर्कंदै गरेकी नेहालाई नियन्त्रणमा लिइसकेप...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।, पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।, संक्रमितहरूमध्ये धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छन्। अर्का ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाका बासिन्दाले सडक मर्मत नगरेको भन्दै हिलाम्मे सडकमै रोपाइँ गरेर विरोध जनाएका छन्।, बुटवल भैरहवा सडकखण्डको तिलोत्तमास्थित पत्थरडाँडादेखि तीनधुरा जाने सडक वर्षाका कारण हिलाम्मे भएको छ।, सडक मर्मतको लागि स्थानीयले पटक/पटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गरे पनि वेवास्ता...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सविना बस्नेत र सुवेश वाइवा तामाङको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। अर्का एक घाइते बुटीमाया तामाङलाई अहिले उद्धार गरी ह्याम्स अस्पताल ल्याइँदैछ।, घटनास...
सेतोपाटी संवाददाता सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ५ स्थित जम्बु पुगेका छन्।, गए राति गएको पहिरोमा ११ घर बगाएको र २ जनाको मृत्यु भएको घटनापछि त्यस ठाउँको अवस्था बुझ्न बिहीबार सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टर चढेर जम्बु पुगेका हुन्।, सभामुख सापकोटाले जम्बुका पहिरोपीडितलाई भे...
सेतोपाटी संवाददाता बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।, बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो सं...
सेतोपाटी संवाददाता कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईमा चोरी भएको छ।, आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका छन्।, उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको बताए।, ‘काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको छ’,उनले भने।, चोरीमा संलग्न भएका एक युवक सिसिटि...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ७ सय ५२ जना पुगेको छ।, प्रदेशमा संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ सय ९३ जना डिस्चार्ज भएका छन्।, एक सय जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् भने बाँकी स्थानीय तह र घरकै क्वारेन्टिनमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।, बिह...
नारायण महर्जन सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सविना बस्नेत, सुवेश वाइवा तामाङ, बुटीमाया तामाङ र फुर्वा तामाङ र १० दिने शिशुको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। उनीहरूको अहिले उपचार भइरहेको अस्पतालले जना...
सविता बुढा कञ्चनपुरका एक जना प्रहरी जवानविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, भीमदत्त नगरपालिका वडा नम्बर-५ निवासी प्रेम बहादुर रैकालविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार अख्तियारले विशेष अदालत काठमाडौ...
सेतोपाटी संवाददाता अछामको ठाँटीमा बिहीबार एक जनाको शव फेला परेको छ।, शवको सनाखत हुन सकेको छैन।, तीन दिनअघि बाजुराकोे बुढीगंगा नगरपालिका– २ का १८ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएका थिए।, उनकोे खोजीका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालित छ।, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी ...
सेतोपाटी संवाददाता सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए।, उक्...
विवेक राई सरकारले काठमाडौं उपत्यकामा थपिने कोरोना संक्रमितलाई अस्पताल नभएर सोझै आइसोलेसन सेन्टरमा भर्ना गर्ने तयारी गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीन वटा ठाउँमा दुई हजार संक्रमितलाई राख्न मिल्ने गरी आइसोलेसन सेन्टर बनाउन सुरू गरिएको जानकारी दिए। 'कीर्तिपुर, खरिपाटी र मनमोहन ...
युवराज श्रेष्ठ धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। , तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको ठाउँमा अकस्मात प्रहरी पुगेको हो।, गोरखाको शहिद लखन थ...
सेतोपाटी विराटनगर महानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।, विराटनगर महानगरपालिका–६ स्थित शिव मन्दिर पछाडिको नालामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, मृतकको शव परीक्षणका लागि कोशी अस्पतालमा पठाएको छ। मृतकको पहिचान सम्बन्धमा थप अनुसन्धान भइरहे...
सेतोपाटी संवाददाता सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ।, मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडक सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए।, सडक फेरि सञ्चालनका लागि समय लाग्ने देखिएको छ। बाटो खुलाउन छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रल...
सबिना श्रेष्ठ सन् १८१७ लाई साइकल आविष्कारको वर्ष मानिन्छ। जर्मनीका बारन कार्ल भोन ड्रेजले ब्रेक, चेन, पेडलबिना साइकल बनाएका थिए। त्यसलाई दुई खुट्टाले भुइँमा टेक्दै बल लगाएर ठेल्नुपर्थ्यो, जसलाई 'ड्रेसिएन' भनियो।, सुरूआती दिनमा साइकलले 'काठको घोडा' र 'खतरनाक खेलौना' को उपमा पायो। यसलाई सहज सवारी साधनका रूपमा विकास गर्न...
नारायण खड्का कोरोनाभाइरसको कहरले धेरैको व्यापार व्यवसाय चौपट बनाइदियो। तर यो बीचमा पनि नयाँ विधि र प्रविधिबाट व्यवसाय गर्नेहरूले भने फाइदै फाइदा लिएका छन्।, दाङ घोराहीमा ‘एक कल, समस्या हल’ त्यस्तै व्यवसायको एउटा उदाहरण हो। लकडाउनका तीन महिनामा यसले अघिपछि भन्दा कयौं गुणा राम्रो व्यापार गर्न सफल भएको छ। , घोराहीकै चार ...
सेतोपाटी अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।, राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।, सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।, आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति ...
सेतोपाटी लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्।, घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।, उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीम...
सेतोपाटी सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ।, सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प...
सेतोपाटी संवाददाता लमजुङमा गएराति पहिरोले घर पुरिदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।, बेसीशहर नगरपालिका ७ सातबिसेमा गएराति पहिरोले घर पुरिदा स्थानीय दीपक तामाङ, बिमाया गुरुङ र छेवाङ तामाङको मृत्यु भएको हो।, प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन्।, उक्त घटनामा ३ जना घाइते भएको लमजुङ प्रहरी प्रमुख डिएसप...
सेतोपाटी भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ।, भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जा...
सेतोपाटी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ।, मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन्।, 'आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ', मौसमविद् पोखरेलले भनिन्। , म...
सेतोपाटी प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ संक्रमित थपिएका छन्।, सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन्।, प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या ७०४ पुगेको छ। यस्तै प्रदेशबाट बिहीबार १४ जना संक्रमित निको भई घर फर्केका छन्। यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन्...
दिपकजंग शाही जाजरकोटको बारेकोट गाउँपालिका-४ मा पहिरो जाँदा दुई घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गए रातिको वर्षाका कारण पहिरो जाँदा २ घर पुरिएका हुन्।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरोका कारण भौतिक तथा मानवीय क्षति भएको भन्ने खबर आए पनि टेलिफोन सम...
रासस रूकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका-३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। ,मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षी...
सेतोपाटी संवाददाता बुधबार कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।, मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट नियन्त्रणमा लिएको छ।, रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेका दनुवारमाथि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले रोचक तथ्य फेला...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक जनाको कुलोमा डुबेर मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराको अन्नपूर्ण टोल निवासी ४८ वर्षीय केशरबहादुर भण्डारीको नौबस्ता कुलोमा डुबेर मृत्यु भएको छ।, मंगलबार बेलुका साढे ५ बजेतिर भण्डारी खेतमा काम गरी घर फर्किने क्रममा घरदेखि ५० मिटर पश्चिमतर्फ रहेको नौबस्ता कुल...
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।, पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।, अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ।, उनीहरू हो...
सेतोपाटी संवाददाता  ७७ जिल्लामध्ये पाँच वटा जिल्लामा ५ सय बढी कोरोना संक्रमित उपचाररत् छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती जिल्ला महोत्तरी, रौतहट, पाल्पा, कैलाली, बाजुरा र अछाम हुन्।, अहिले यी पाँच जिल्लामा पाँच सय बढी संक्रमितको उपचार भइरहेको छ।, यस्तै, अर्को पाँच जिल्लामा भने संक्रमित ...
दिपकजंग शाही कर्णाली प्रदेशको आर्थिक वर्ष ०७७/७८ को बजेट पारित भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट सर्वसम्मतिले बजेट पारित भएको हो।, असार १ गते संसद्मा प्रस्तुत गरिएको बजेट डल्लो भएको भन्दै प्रतिपक्षी दलले १० दिनसम्म सदन अवरुद्ध गरेको थियो।, ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बजेट यो वर्षका लागि ल्याइएको छ। जसमा पूँजी...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन्।, उनले सबै...
सेतोपाटी संवाददाता कपिलवस्तुमा एक महिला मृत भेटिएकी छन्।, जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुर बस्ने २९ वर्षीया दुर्गा सापकोटा छिमेकीको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृत भेटिएकी दुर्गा स्थानीय लेखनाथ सापकोटाकी श्रीमती हुन्।, उनी घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको तामला...
सेतोपाटी कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५० पुगेको छ।, कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सबैको अवस्थामा भने सामान्य भएको बताएका छन्।, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्...
रासस मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ।, उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।, सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन्। दोस्रोमा पहिरोबाट ३६ ज...
सेतोपाटी संवाददाता नवलपरासीको रामग्राम नगरपालिकामा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , रामग्राम नगरपालिका वडा नं. ४ परासी महेशपुर भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु २ त २४६८ नं. को ट्रयाक्टर पल्टिँदा भारत उत्तर प्रदेशका अन्दाजी ३० वर्षीय अंगद कुर्मीको मृत्यु भएको हो।, प्रदेश प्...
युवराज श्रेष्ठ पोखरामा मास्क नलगाई हिँडेको भन्दै बुधबार २१ जनालाई प्रशासनले १ सय रुपैयाँका दरले जरिवाना गरेको छ।, पोखराको विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।, प्रशासनले उनीहरुलाई बुधबार न...
सेतोपाटी अविरल वर्षासँगै आएको पहिरोबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन्।, स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन्। अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।, बाह्रविसे नगरपालिका प्रमुख...
सेतोपाटी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उ...
सेतोपाटी ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।, बिहीबार बिहान करिब ४:३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।, सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक द...
सेतोपाटी प्रदेश नं १ मा १७ जना कोभिड–१९ संक्रमित थपिएका छन्।, सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई-दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो।, मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, ...
सेतोपाटी संवाददाता कैलालीमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन्।, चुरे गाउँपालिका-६  भावर बस्ने २३ वर्षीय गणेश बहादुर ऐरलाई प्रहरीले बुधबार घरबाट पक्राउ गरेको हो।, उनले ७५ वर्षकी हजुरआमा पार्वती देवी ऐरलाई मंगलबार दिउँसो तीन बजे हत्या गरेको प्रहरीले जनाएको छ।, घरमा कोही नभएको मौका छोपी सुरूमा उनले फलामक...
सेतोपाटी संवाददाता सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ।, प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ।, गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको ...
एजेन्सी भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका विकास दुबे पक्राउ परेका छन।, उनी मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ।, अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके...
सविता बुढा कंचनपुरमा बुधबार साँझ नहरमा वेपत्ता भएकी एक किशोरीको शव फेला परेको छ।, मृत्यु हुनेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्वर १३ की १४ वर्षीय नेहा सुनार रहेकी छिन्।, वेपत्ता उनको शव प्रहरीले आज बिहीबार विहान फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।, बुधबार ५ बजेत...
सेतोपाटी संवाददाता नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्।, बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई फुली लगाइदिएका हुन्।, उनले बिहीबार नै कार्यभार सम्हाल्नेछन्। क्षेत्रीले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।, ...
शोभा शर्मा 'नेपाल' का संवाददाता रविराज बराल असार ११ गते साँझ पत्रिकाको वेबसाइटमा समाचार राख्न ठिक्क परेका थिए। त्यही बेला सम्पादक बसन्त बस्नेतको फोन आयो।, 'अहिले समाचार नहाल्नू। बाँकी भेटेर गफ गरौंला,' बस्नेतले यति भनेर फोन काटे।, कान्तिपुर मिडिया ग्रुपको यो साप्ताहिक पत्रिका लकडाउनपछि प्रकाशित भएको थिएन। अनलाइन संस्क...
सेतोपाटी संवाददाता गए राति परेको अविरल वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ मा आएको बाढी-पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। खहरेमा लेदोसहित आएको बाढीले बगाएका जम्बु गाउँका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको हो।, बाढी-पहिरोमा परी ११ वटा घर पूर्ण रूपमा क्षति भएको छ। अझै १६ जना मानिस सम...
सेतोपाटी संवाददाता कैलालीमा आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार पक्राउ परेका युवक थुनाबाट हत्कडीसहित भागेका छन्।, पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हुन्।, उनलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लगेको थियो।, हिजो राति खान...
सेतोपाटी संवाददाता नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।, यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, ‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उनले ...
सेतोपाटी संवाददाता प्युठानमा एक युवकको ढुंगाले लागेर मृत्यु भएको छ।, माण्डवी गाउँपालिका वडा नं. १ अरुणखोला निवासी २९ वर्षीय डोरबहादुर कँवरको ढुंगाले लागेर मृत्यु भएको छ।, स्थानीय इमानसिंह विष्टको जग्गामा बिरूवा रोप्ने क्रममा नजिकै पहाडबाट ढुंगा झरेर कँवरलाई लागेको थियो। गम्भीर घाइते भएका कँवरको जिल्ला अस्पताल विजुवारम...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको जनाए।, यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको पाण्डेले बताए।, 'उहाँहरू बढी कु...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्।, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।, उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।, शैलेश थापा क्षेत्रीले २०४९ साल ...
सेतोपाटी संवाददाता कोरोना भाइरस कोभिड—१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ।, भोलि हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको हो।, लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको ...
सेतोपाटी संवाददाता नागरिक समाज दाङले पिसिआर परीक्षण शुल्क मागेर पिसिआर परीक्षण रोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा मंगलबार बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षणको शुल्क मागेकोप्रति आपत्ति जनाएको छ।, सरकारले परीक्षण निःशुल्क गर...
सेतोपाटी संवाददाता सुनसरीमा दुई लाख ७३ हजार ७ सय ८० भारतीय रूपैयाँ सहित दुई भारतीय पक्राउ परेका छन्।, कोशी गाउँपालिका-८ चारकुनेस्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीको टोलीले उक्त रकम सहित दुई भारतीयलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारतका २८ वर्षीय मोहम्मद आरिफ र ३० वर्षीय कमरु जमा छन्। उनीहरुलाई सशस्त्र प्रहर...
सेतोपाटी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका  बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ।, दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।, कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय नुवाकोटले मंगलबार विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ।, जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई त...
सेतोपाटी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ।, आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक...
सेतोपाटी अविरल वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।, जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो।, वर्षायाम सुरू भएसँगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ।, सडक भासिएसँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुन...
सेतोपाटी उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्।, स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।, भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्।, एपेन्डिसाइटिसको शल्यक्रिया ...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ।, भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।, स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...
सेतोपाटी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जि...
सेतोपाटी राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ।, नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा ७३ करोड रूपैयाँ भन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश...
सेतोपाटी खोलाले बगाउँदा एक महिला वेपत्ता हुनु भएको छ। , स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ।, रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, बेपत्ताको ...
सेतोपाटी भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन्।, उनलाई आज बिहान ३:३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो।, ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहर...
रासस चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।, यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ। पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन्। कोरोना भाइरसको सङ्क्र...
सेतोपाटी धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक ख...
सेतोपाटी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा 'ड्रिम्स'को सुटिङका समयमा दुर्व्यवहार भएको आरोप खेपिरहेका अभिनेता भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्।, फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडिओ राख्दै स्वेता रेग्मी नामकी म...
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।, संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन्। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समुहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्।, त्यस्त...
भगवती पाण्डे प्रदेश-५ मा सबभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका कपिलवस्तु र बाँकेमा ९५ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन्।, कोरोना नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनलाई खुकुलो बनाइरहँदा प्रदेश-५ मा कोरोनाको ‘इपिसेन्टर’ बनेका कपिलवस्तु र बाँकेमा भने कडाइ नै गरिएको थियो।, तर असारको पहिलो सातादेखि न...
सेतोपाटी संवाददाता रुपन्देहीमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने व्यक्तिहरूलाई कारबाही गरिएको छ।, सरकारले कोरोना नियन्त्रणको लागि सबभन्दा भरपर्दो उपाय मास्कको प्रयोग भएको भन्दै मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने जो कोहीलाई पनि कारबाही गर्ने निर्णय गरेको थियो।, सोही अनुसार रुपन्देहीको भैरहवामा मास्क नलगाई हिँडेका ...
सेतोपाटी संवाददाता मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोलले नियन्त्रणमा लिएको छ।, अख्तियारले अधिकारीलाई भ्रष्टाचारको मुद्दामा संलग्न रहेको देखेपछि सोमबार नियन्त्रणमा लिएको स्रोतले बताएको छ।, अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिक...
सेतोपाटी संवाददाता गैंडाको खागजस्तो देखिने वस्तु बेच्न क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो तीन बजे ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई पक्राउ गरेको हो।, उनीहरूले सिनामंगलस्थित एक क्याफ...
एजेन्सी अमेरिकामा दुई जहाज ठोक्किएर तालमा खस्दा कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ।, आइडाहोमा रहेको कोयूर डिएलिन तालमाथि दुई जहाज ठोक्किँदा आठ जनाको मृत्यु भएको कुटेनाइ काउन्टी सेरिफ अफिसका लेफ्टिनेन्ट रायन हिगिङ्ग्सले बताए।, दुर्घटना स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे भएको हिगिङ्ग्सले सिएनएनलाई बताएका छन्।, दुई मृ...
लक्ष्मीप्रसाद सापकोटा घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो।, धन कमाउने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास बिक दिनभर ड्युटीमै रमाइरहेका थिए। साँझ निवास फर्केर घरपरिवारसँग बोल्न १४ वर्षीय छोरा जेनिशलाई फोन गरे...