content
stringlengths
20
64.1k
नारायण खड्का कीर्ते गरेको आरोपमा घोराही उपमहानगरपालिकाका वडा सचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा घोराही वडा नं. १ का वडा सचिव धनबहादुर केसी, वडा नं. १३ का खरिदार लिलाजित नेपाली र वडा नं. १३ कै हेलो टावर नजिकै बस्ने हुकुमबहादुर जिसी रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।, कीर्ते गरेक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार एकै दिन ५४ जना संक्रमित भेटिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुर जिल्लामा १० जना संक्रमित भेटिएको जानकारी दिए।, यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।, काठमाडौं...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङबाट पानी पठाउने काम सुरू गर्दा स्थानीय सरकारलाई जानकारी नदिएकोमा आपत्ति जनाएको छ।, स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा आयोजनाका कामहरू हुनुपर्ने भए पनि सुरूङमा पानी हाल्ने कार्यको सुरूआत गर्दा आफूहरूलाई कुनै जानकारी न...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवनमा सरेको छ।, टेकुमा महाशाखाको नयाँ भवन निर्माण गर्न लागेको हुँदा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको एक भवनमा कार्यालय स्थानान्तरण गरिएको हो।, उक्त ठाउँमा आइतबारदेखि नै कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ।, महाशाखाले टेकुमा आफ्नै हिरासत क...
विवेक राई कोरोना संक्रमणबाट निको भएका व्यक्तिको ‘एन्टिबडी’ गम्भीर अवस्थाका बिरामीमा प्रयोग गर्न अध्ययन सुरू गरिएको छ।, राष्ट्रिय अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले यसका लागि स्वास्थ्य मन्त्रालयबाट पनि स्वीकृति पाइसकेको जनाए।, 'यो काम अघि बढ्नलाई इथिकल बोर्ड र मन्त्रालयबाट स्वीकृति पाउनुपर्छ। त्यो दुबै ...
दिपकजंग शाही देशमा कोरोनाभाइरस संक्रमितमध्ये आधा पनि निको भइनसकेको अवस्थामा कर्णाली प्रदेशमा भने ८२ प्रतिशत निको भएका छन्। , सोमबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५१६ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, जसमध्य डिस्चार्ज हुनेको संख्या १ हजार २४७ पुगेको महाशाखाक...
सेतोपाटी संवाददाता धनुषामा प्रहरीले मास्क नलगाउनेलाई सोमबारदेखि नै पक्राउ गरी कारबाही थालेको छ।, सोमबार दिउँसो गृहमन्त्रालयले घरबाहिर निस्किँदा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न निर्देशन दिएको थियो। तर निर्देशन जारी हुनुअघि नै धनुषा प्रहरी कार्यालयले कारबाहीको प्रकृया अघि ब...
सिएनएन विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ।, युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस पहिलेको तुलनामा बढी संक्रामक भए पनि कम हानिकारक रहेको अनुसन्धाताहरूको टोलीले उल्लेख गरेको छ। भन्नुको मतलब, यसले पहिलेभन्दा धेरैलाई संक्रमण गर्न सक्छ, तर ...
सेतोपाटी संवाददाता फेसबुकमा महँगो मूल्यका मोबाइल तथा घडी लगायतका सामान सस्तोमा विक्रीमा भन्दै पैसा लिइ सामान नबुझाइ ठगी गर्ने गिरोह सक्रिय भएको छ।, त्यस्ता गिरोहहरू सक्रिय भएपछि महानगरीय अपराध महाशाखाले फेसबुकमा आउने विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध गरेको हो।, 'फेसबुकमा आइफोन, वान प्लस र अन्य ब्राण्डका मोबाइल घडी तथा...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध ...
सेतोपाटी प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ।, बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ  गरेको हो।, गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार रू...
सेतोपाटी संवाददाता पाँच महिनादेखि बन्द रहेको रसुवागढीको नाका एकतर्फी सञ्चालनमा आएको छ।, माघ १५ गतेदेखि बन्द रहेको नेपाल– चीनको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।, कोरोनाको संक्रमण देखिन थालेपछि सो नाका बन्द गरिएको थियो।, ‘पाँच महिनादेखि नाका बन्द थियो। ल्हासामा ...
सेतोपाटी विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी...
सेतोपाटी किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ। , घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक...
सेतोपाटी प्रतिबन्धित लागुऔषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ।, प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ।, भारतीय बजारबाट पैदल आउँदै गरेका यादवला...
सेतोपाटी संवाददाता सरकारले विवादस्पद आरडिटी परीक्षणलाई बन्द गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय र 'इनफ इज इनफ' का अभियन्ताबीच भएका १२ बुँदे सहमतिमा र्‍यापिड टेस्ट स्थगित गर्ने उल्लेख छ।, सहमति भएपछि अभियन्ता ईशान ई र पुकार बमले अनसन तोडेका छन्।, मन्त्रालयले अब सबैको पिसिआर विधिबाट मात्र परीक्षण गर्नेछ। सरकारले आरडिटी पर...
सेतोपाटी संवाददाता बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।, २८ वर्षका नरेश विष्टको सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएपछि उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकन्द्र सिंहले उनको चैनपुरमा उपचार सम्भव नभएपछि ध...
सेतोपाटी संवाददाता पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।, मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए।, भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थ...
सेतोपाटी संवाददाता प्रविधिको प्रयोग गरेर सुरू गरिएको वैकल्पिक शिक्षणलाई व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।, कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण विद्यालय खोल्ने अवस्था नभएको र घरबाटै प्रविधिको प्रयोग गरेर भइरहेको भर्चुअल शिक्षामा विद्यार्थीको सहभागिता न्यून भएको, सबै विद्यार्थीसँग पहुँच नभएको र प...
सेतोपाटी संवाददाता काठमाडौंको बाँसबारीस्थित गंगालाल  राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको पुष्टि गरे।, उनले यसबारे थप विवरण बुझ्ने काम भइरहेको जनाए।, अस्पतालले भने यसबारे मन्त्रालयले नै औ...
सेतोपाटी संवाददाता मकवानपुरमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, मंगलबार राति साढे आठ बजे मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौनास्थित पूर्वपश्चिम सडकखण्डमा कारले पैदलयात्रीलाई ठक्कर दिएको हो।, बा २१ च ६६४२ नम्बरको कारले ठक्कर दिँदा आन्दाजी ४०-४५ वर्षीय पुरूष गम्भीर घाइते भएका थिए। ती पुरूषको उपचारका लागि प्रहरील...
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्स उडान दलका ७ सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। नेपाल एयरलाइन्सले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेपछि सदस्यमा पहिलोपटक कोरोना देखिएको हो।, सरकारी स्वामित्वको एयरलाइन्सका उडान दल सदस्यहरुमा कोरोना फैलिनुको कारण व्यवस्थापनको हेलचक्रयाइ भएको कतिपयले आरोप लगाइरह...
सेतोपाटी संवाददाता राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।, राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया वशन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउँदा मृत्यु भएको हो।, गिरीको शव ११ किलोमिटर दक्षिण वडा नं. ३ मा फेला परेको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार उनी बिहान ४ बजे...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ। , प्रवक्ता डा. जागेश्वर गौतमले हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भन्दै आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको तथ्य नभएको बताए।, उनले हालसम्म विश्वमा...
सेतोपाटी संवाददाता माकलबारीमा महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, शनिबार राति गोकर्णेश्वर नगरपालिका ७ माकलबारीमा एक महिलामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, ‘गएराति एक महिलामाथि बलात्कार भएको भन्ने खबर पाउने बित्तिकै गएर दुई जनालाई पक्राउ गरिएको हो,’ महानगरीय...
सेतोपाटी संवाददाता मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन थालिएको छ।, सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो। आज विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो।, २ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नय...
सेतोपाटी संवाददाता चेक बाउन्स गरी बैंकिङ कसुर गरेको मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार प्रहरीले नयाँबजार बस्ने ५५ वर्षीय राजमान सुनार र धर्मस्थली बस्ने ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई पक्राउ गरेको हो।, फागुन २१ गते उच्च अदालत पाटनले सुनारलाई पाँच दिन कैद र १४ लाख ६९ हजार रूपैयाँ जरिवाना ठहर...
सेतोपाटी संवाददाता झुटो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता र पासपाेर्ट बनाइदिने झापाका तत्कालीन प्रशासकीय अधिकृत पक्राउ परेका छन्।, प्रतिवादी रहेका सुरेश आचार्यलाई काठमाडौंको गठ्ठाघरबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।, आचार्यले केही विदेशी नागरिकलाई झुटो विवरण पेश गरी नागरिकता त...
सेतोपाटी संवाददाता धनुषामा ११ वर्षीया बालिका कञ्चन पञ्जियारको हत्या गर्नेलाई हदैसम्मको सजाय हुनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।, कुर्था युवा क्लवको अगुवाईमा आइतबार स्थानीय युवाहरुले कञ्चनको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।, जनकपुरधाम उपमहानगरपालिका व...
सविता बुढा बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर घाइते भएकालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।, चट्याङ लागेर घाइते भएका ५५ वर्षका सौरे बोहरा र उनकी छोरी ८ वर्षीया जमना बोहरालाई कोल्टी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं लगिएको हो।, दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकप्टरबाट...
रासस सिराहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन्।, सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन्।, उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन्।, कोरोना ...
सविता बुढा पहिरोमा पुरिएर डोटीमा एक शिशुको मृत्यु भएको छ।, जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्वर ४ सानागाउँको नुवाकोट टोलमा आइतबार बिहान वर्षासँगै आएको पहीरोका कारण भक्त नेपालीको ६ महिने शिशुको मृत्यु भएको हो।, उक्त पहिरोमा परेर उनकी २५ वर्षीया श्रीमती देवा नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकमा रहँदा भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा हुनुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्...
सेतोपाटी ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल सुरू भएको छ। , ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो ।, ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने य...
एजेन्सी महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।, विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ।, विश्वमा हाल करिब १ ...
एजेन्सी कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि स्पेनले आफ्नो उत्तर-पश्चिमी क्षेत्र गलिसियामा पुनः कडा लकडाउन लगाएको छ।, लकडाउनले त्यहाँका ७० हजार मानिस प्रभावित हुने बिबिसीले जनाएको छ।, आइतबारदेखि शुक्रबारसम्म यी क्षेत्रमा कामको सिलसिलामा रहेका मानिसलाई मात्र आवतजावतको अनुमति दिइने भएको छ।, एक दिन अगाडि क्याटोलोनिया क्ष...
सेतोपाटी संवाददाता प्रहरीले दुई लाख २५ हजार रकमसहित दश जुवाडेलाई पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँ बस्ती निवासी प्रेम सुनारको घरमा छापा हान्दा प्रहरीले दुई लाख २५ हजार नगदसहित दश जुवाडेलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा घरधनी ३६ वर्षीय प्रेम सुनार, सोही ठाउँका २३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धन...
सेतोपाटी व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ।, आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताए।, आकाशेप...
सेतोपाटी तुलसीपुर कारागारमा एक जना कैदी बन्दीको मृत्यु भएको छ।, कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमानको सोमवार विहान मृत्यु भएको छ।, उनी ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका थिए।, दीर्घरोगी मुलसमानलाई विहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा व...
सेतोपाटी डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्।, जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन्।, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने स...
सेतोपाटी बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन्। , आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित हुन थालेको हो।, नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डु...
सबिना श्रेष्ठ फ्रान्सको पेरिस सहरलाई सन् २०२४ सम्म साइकलमैत्री बनाउने वाचा मेयर एन हिडाल्गोले गरेकी थिइन्। कोरोना लकडाउन त्यो वाचा पूरा गर्ने अवसर बनेर आयो।, हालै पेरिसमा ६५० किलोमिटर लामो साइकल लेन बन्यो, स्ट्यान्डहरू निर्माण भए। साइकल किन्न चाहने पेरिसबासीले ५ सय युरो र पुरानो साइकल मर्मत गर्न चाहनेले ५० युरो खर्च प...
सेतोपाटी संवाददाता कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा काठमाडौंको एक आश्रमका सञ्चालक पक्राउ परेका छन्।, दरबारमार्गस्थितको पशुपति अन्नपूर्ण आश्रमका सञ्चालक जगदीश वैद्यलाई महानगरीय प्रहरी परिसर, ललितपुरले आइतबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त, कालिमाटीलाई बुझाएको हो।, उनी ललितपुरका स्थानीय भएको हुनाले ललि...
नेहा झा धनुषामा ११ वर्षीया बालिका कञ्चन पंजियारको बलात्कारपछि हत्या भएको खुलेको छ।, कञ्चन गत बुधबार घरबाट भैंसी चराउन गएकी थिइन्। आँप बगैंचानजिकै भैंसी चराइरहेकी उनलाई आँप खान मन लाग्यो।  आँप टिप्न उनी चौधरी र मिश्र इन्ड्रष्टिजमा गइन्। उनी रूख चढ्न सकिनन्।, त्यहीबेला  इन्ड्रष्टिजमै काम गर्ने दीपु सिंह आए। भारत उत्तर प...
सेतोपाटी संवाददाता ५ नं. प्रदेश प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले सोमबार साढे २२ केजी लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ स्यालापाखा निवासी ३५ वर्षीय रतिभान दमाई र गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ७ निवासी २९ वर्षीय मेघराज गिरी छन्।, ...
सेतोपाटी संवाददाता डोटीदेखि काठमाडौंसम्म ट्याक्सीमा यात्रु बोकेर आएका चालक कारबाहीमा परेका छन्।, महानगरीय प्रहरी वृत्त थानकोटले डोटीबाट तीन जना यात्रु बोकेर काठमाडौं आएका धुलिखेल नगरपालिका-१ का ३० वर्षीय शंखमान तामाङलाई चेकिङ गर्दा गत शनिबार नागढुंगाबाट पक्राउ गरेको थियो।, उनी बिना पास यात्रु बोकेर काठमाडौं आएका थिए।,...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग लुभूमा कार्यरत २१ प्रहरीको कोरोना बीमा भएको छ।, कोरोनाभाइरस महामारीको बेलामा खटिएका प्रभागका २१ जना प्रहरीको एक-एक लाख बराबरको कोरोना बीमा गरिएको हो।, सो बीमा महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को वडा समितिले एक समाजसेवी नवराज शिवाकोटीसँग समन्वय गरी प्रभागका सबैको कोरोना बीमा गर...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलाउन भएका छन्।, जेठ २६ गते तिलोत्तमा १० कान्छिबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फार्ममा ५ जनाको सामुहिक हत्या भएको थियो।, भैंसी फार्ममा काम गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ का...
सेतोपाटी संवाददाता बझाङमा पहिरोमा पुरिएका ७ मध्ये ६ जनाको शव फेला परेको छ।, केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा गएराति १ बजेतिर पहिरो जाँदा ७ जना पुरिएका थिए।, मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा, ७ वर्षका प्रयाग जेठारा, १५ वर्षीय शान्ति जेठारा, १४ वर्षीय सन्तु जेठारा र ४...
सेतोपाटी मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ।, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ।, प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा छ जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले झण्डै २० घरमा क्ष...
सेतोपाटी संवाददाता पहिरो प्रभावितका लागि राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ।, संघ र प्रदेश सरकारले पठाएको खाद्यान्न र  लत्ताकपडा लगायतका सामग्री लिएर सेनाको हेलिकप्टर सदरमुकाम चैनपुर पुगेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।, ‘घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न नसकिने भएपछि चैनपुर पुगेको ...
सेतोपाटी आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ।, ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्...
सेतोपाटी कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणपछि निको भई डिस्चार्ज हुनेको संख्या एक हजार २ सय नाघेको छ।, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने संख्या १२ सय १ पुगेको हो।, पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरु...
सेतोपाटी प्यूठानमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।, टिप्पर चालक प्यूठानको नौबहनी गाउँपालिका वडा नं. ६ पिपल टारी निवासी ३० वर्षीय रोषण थापा र सोही ठाउँ निवासी सहचालक झलकबहादुर पुनको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।, प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदव...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २८ केजी लागू औषध गाँजा बरामद गरेको छ।, साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहाद...
एजेन्सी पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेको छ।, कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ।, संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन्। पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन्।, सिन्ध प्रान्तमा ९० हजार ७२१ जना ...
सविता बुढा बझाङमा पहिरो जाँदा वेपत्ता भएका एकजना अझै फेला नपरेको जिल्ला प्रशासनले जनाएको छ।, शुक्रबार राति केदारस्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा  बस्तीमाथिबाट पहिरो जाँदा हराएका ६ जनाको शव भने फेला परेको छ।, वेपत्ता एकजनाको प्रहरी र सेनाको टोलीले खोजी जारी राखेको छ ।, पानी परिरहेकाले खोजीमा कठिनाई भएको छ।, अहि...
सविता बुढा कैलालीमा शुक्रबार राति होम क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोराना रिपोर्ट नेगेटिभ आएको छ।, जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० की ४३ वर्षीय महिलाको कोराना रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।, जेठ २६ गते भारतबाट आएकी ती महिला वडा अध्यक्षको निगरानीमा ...
सविता बुढा बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर घाइते भएकाको उद्धारमा कठिनाइ आएको छ।, चट्याङ लागेर घाइते भएका ५५ वर्षका सौरे बोहरा र उनकी छोरी ८ बर्षीया जमना बोहराको प्रतिकुल मौसमका कारण उद्धारमा समस्या भएको हो।, शुक्रबार राति परेको चट्याङ लागेर आठ वर्षका दिपेश बोहराको मृत्यु भएको थियो भने दुईजना ...
सेतोपाटी संवाददाता गोङ्गबुको एक ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्।, आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबसहरू जलेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।, उनका अनुसार उक्त आगलागी कुनै प्राविधिक गडवडीका कारण बएखओ हुनसक्ने प्रारम्भिक अनुसन्धानले देख...
सेतोपाटी क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ।, निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।, केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेग...
सेतोपाटी बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी छन्।, घरमुनि नै बगिरहेको रोशीखोलाले बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या पार्ने हुँदा सामान झोलुङ्गे पुलबाट बोकेर लानुपर्ने बाध्यता थियो।, अहिले रोशीखोलामा पक्की पुल बनेसँगै घरआँगन...
सेतोपाटी कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ।, छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए।, धारिलो हतियार प्रहार गरी क...
प्रशन्न पोखरेल कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ।, एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो।, शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्...
भगवती पाण्डे अचेल मोबाइलमा घण्टी बज्दा उनको अनुहारमा चमक आउँछ। केही काम गर्दै छन् भने त्यो काम छोडेर हत्तपत्त मोबाइल उठाउन गइहाल्छन्।, मोबाइलमा घण्टी बजेन भने कसैले म्यासेज छोडेको छ कि भनेर पनि छिनछिनमा हेरिरहन्छन्।, त्यही मोबाइलमा आउने घण्टी र मेसेजकै कारण आजकल उनको हातमुख जोर्ने बाटो खुल्छ।, पर्वतका ३० वर्षीय लक्ष्म...
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकलले एकै साथ पाँच जनालाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।, शनिबार राति पौने ८ बजे बरहथवा नगरपालिका-११ मा बाटोछेउ बसिरहेका पाँच जनालाई ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।, हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा १४ वर्षीय जुगल मुखियाको घटनास्थलमा मृत...
सेतोपाटी संवाददाता मोरङमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन्। , कटहरी गाउँपालिका ७ बस्ने प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षाकुमारी सरदार आइतबार बाँसको झ्याङमा अल्झिरहेको अवस्थामा फेला परेकी हुन्। , शनिबार दिउँसो तीन बजे जुडी खोलामा पौडी खेल्ने क्रममा ती बालिकालाई खोलाले ब...
सेतोपाटी संवाददाता स्वास्थ्यकर्मीहरूमाथि एकपछि अर्को आक्रमण हुने गरेको विरोधमा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलमा आइतबार प्रदर्शन गरेका छन्।, हातमा प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले आफूहरूमाथि हुने हिंसा अन्त्यका लागि मौन प्रदर्शन गरेका हुन्। सेतो एप्रोन लगाएर भेला भएका स्वास्थ्यकर्मीले हिंसाविरूद्ध शान्तिपूर्ण प्रदर...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंका विभिन्न स्थानमा हराएका तथा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ।, आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा हराएका तथा चोरी भएका २० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो। प्रहरीले यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी धनीको पहिचान गरी मोटरसाइकल बुझाएको हो।, त्...
रासस कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ।, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो।, समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोन...
सेतोपाटी संवाददाता विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। २४ घण्टामा मात्रै विश्वभर दुई लाख १२ हजार तीन सय २६ संक्रमित थपिएका छन्।, विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो। सबैभन्दा बढी संक्रमित देखिएका राष्ट्रमा क्रमशः अमेरिका, ब्राजिल र भारत हुन्।, यसअघ...
युवराज श्रेष्ठ बाग्लुङको निसीखोला गाउँपालिका-२ का २९ वर्षीय युवक फोक्सोको समस्या भएपछि उपचारका लागि भारत गए। उनको उपचार हुन सकेन, अस्पतालले घर फर्काइदियो। लकडाउनका कारण लामो समय भारतमा नै बस्न बाध्य भए। भारतबाट उनी असार १ गते बाग्लुङ आइपुगेका थिए।, ती युवकसँगै अरू १५ जना भारतबाट आएका थिए। बाग्लुङको बुर्तिबाङमा झरेपछि ...
युवराज श्रेष्ठ स्याङ्जाको गल्याङ नगरपालिका-४ का ३२ वर्षीय पदम पाण्डे गत चैत २१ गते स्थानीय चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेसँग खसी काट्न निस्किए।, खसी काटेर खाने भनेर जाँदै गर्दा बाटैमा उनीहरूको झगडा भयो। गल्याङ- ५ सानोखोलामा उनीहरूबीच हात हालाहाल भयो। न्यौपानेद्वयको कुटाइबाट पाण्डेको मृत्यु भयो।, प्रहरीले गल्या...
सेतोपाटी संवाददाता सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरूद्धको कसुर तथा करणी गरी फरार रहेका एक अभियुक्त वन अधिकृत पक्राउ परेका छन्।, शुक्रबार धनगढी नगरपालिका-४ चटकपुरका ६० वर्षीय रामनारायण यादवलाई काठमाडौंस्थित पेप्सीकोलाबाट प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कारब...
सेतोपाटी संवाददाता नवलपुरमा सुनचाँदी चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, गैंडाकोट नगरपालिका-५ काङ्ग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी का...
सेतोपाटी मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।, दिने...
सेतोपाटी कोभिड–१९ को संक्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। , फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन्।, यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्...
सेतोपाटी सप्तरीको हनुमाननगर  कङ्कालिनीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा  हनुमाननगर  कङ्कालनी नगरपालिका–७ बनिया टोल बस्ने ४५ वर्षीया राजदेवी गुप्ता रहेको  इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। , आफ्नै घरको कल (ट्युबवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो।, करेन्ट लाग...
सेतोपाटी संवाददाता रुपन्देहीको कञ्चन खोलामा डुबेर एक युवक वेपत्ता भएका छन्।, शुक्रबार दिउँसो साढे २ बजेतिर कञ्चन गाउंपालिका वडा नं. ४ का वर्ष १८ का अर्जुन थापा नदीमा डुबेर वेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नं ४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर वेप...
सविता बुढा भारतको आग्रहपछि धनगढी उप–महानगरपालिकाले वडा नं २ को मोहना आर्यघाटमा दाहसंस्कार गर्न निषेध गरेको छ।, उप–महानगरपालिकाको वडा नम्वर २ को कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट पुरानो ठाउँमा दाहसंस्कार गर्न निषेध गरेको हो।, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले स्थानीय प्रशासन र भारतीय पक्षसँगको छलफलपछि भ...
सेतोपाटी कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ।, शुक्रबार ५१ संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन्।, दुई महिलासहित ५१ जना घर फर्केका छन्।, निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट...
सेतोपाटी प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ संक्रमित थपिएका छन्।, यसरी संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच-पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिएको छ।, झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित...
एजेन्सी पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ।, ट्विटरबाट मन्त्री कुरैशीले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।, 'दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आ...
सेतोपाटी काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको छ।, उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको हो। मृत्यु हुनेमा १ सय १७ पुरुष र २८ महिला  छन्।, यस्तै २ सय २९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १ सय ९५ सामान्य घाइते भएका छन् ।, महानगरीय ट्राफिक प्रहरी महा...
सेतोपाटी सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव  उपरीक्षक तिलक भारतीले जानकारी  दिए। , चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए।, उक...
एजेन्सी विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ।, जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ३१ हजार पुगेको छ।, यसैगरी संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ५ लाख २३ हजार बढी भएको छ।, संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ। हालसम्...
सविता बुढा बझाङमा पहिरोमा परि २० जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् ।, केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोले बस्तीका धेरै घर पुरेको जानकारी गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले सेतोपाटीलाई दिएकी छन्।, उनले २० बढी जना च्यापिएको भन्ने जानकारी आफूले पाएको बताएकी छन्।, पहिरोल...
सेतोपाटी संवाददाता गोरखा जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा उपचाररत पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको मृत्यु भएको छ।, उनलाई शुक्रबार राती करिब १० बजे अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको करिब सात घण्टामै उनको मृत्यु भएको हो।, कोरोना संक्रमित ती पुरूषको शनिबार विहान ५ बजेर ५ मिनेटमा मृत्...
सेतोपाटी संवाददाता कैलालीमा विष सेवन गरी दुई युवतीले आत्महत्या गरेका छन्।, शुक्रबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर-७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ।, मृतकमा धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावतको शव भेटिएको क...
सविता बुढा कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएका छन् ।, उनी नेपाली सेनामा कार्यरत भएको प्रहरीले जनाएको छ।, कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले २३ वर्षीय राकेश चौधरीको शव हाम फालेकै ठाउँमा केहि बेर अघि फेला परेको बताए।, शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका राकेशसँ...
सेतोपाटी संवाददाता कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ।, हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए।, जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्।...
सेतोपाटी संवाददाता बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर एक बालकको ज्यान गएको छ।, गएराति चट्याङ लागेर आठ वर्षका दिपेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए।, चट्याङ लागेर ५५ वर्षका सौरे बोहरा घाइते छन्।, घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौक...
सेतोपाटी संवाददाता गोरखामा कोरोना संक्रमित एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन्।, पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। ती पुरूषको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास...
सेतोपाटी संवाददाता बझाङमा पहिरोमा बेपत्ता परेकामध्ये तीन जनाको शव फेला परेको छ।, मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा र वर्ष ७ का प्रयाग जेठारा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए ।, यस्तै दुई गाई, तीन भैंसी र ८ बाख्रा मरेका फेला प...
रासस अर्घाखाँची जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ।, छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन्।, जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन। वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा...
सेतोपाटी संवाददाता गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ।, शनिबार अवुवास्थित लुदी र दरौंदी दोभान भेला भएका स्थानीय बासिन्दाको भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास हानेको हो। सात सेल अश्रुग्यास हानेर भीड तितरबितर पारिएको जिल्ला प्...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल भर्ना भएका इनफ इज इनफका अभियन्ता ई.लाई भेटेका छन्।, बिहीबार साँझ ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्री ओलीले ई.लाई भेटेका हुन्। सो क्रममा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पारदर्शिता अपनाइने प्रतिबद्धता जनाउँदै अनसन ताेड्न आग्रह गरेका थि...
एजेन्सी म्यानमारको जेड पत्थरको खानीमा पहिरो जाँदा कम्तीमा १ सय ६२ जनाको मृत्यु हुनुको साथै दर्जनौं मानिसहरू वेपत्ता भएका छन्।, निरन्तरको भारी वर्षापछि आएको पहिरोले बिहीबार विहान सो संख्यामा हताहती भएको सिएनएनले जनाएको छ।, म्यानमारका सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचारमा घटना म्यानमारको उत्तरमा रहेको काचिन रा...
एजेन्सी ल्याटिन अमेरिकी देश ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ हजार नजिक पुगेको छ।, वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोनाका कारण हालसम्म ६१ हजार ९ सय ९० पुगेको छ, बाजिल कोरोनाबाट सर्वाधिक प्रभावित हुने अमेरिकापछि विश्वको दोश्रो मुलुक हो।, हालसम्म त्यहाँ १५ लाख बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।...
सेतोपाटी बिहीबार एकै दिन ३ सय ३३ जना कोरोना संक्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९ सय ३३ पुगेको छ।, प्रदेशको कैलाली जिल्लामा एकै दिन १ सय ३८ जना नयाँ संक्रमित थपिएपछि यो जिल्लामा संक्रमितको सङ्ख्या ८ सय ७४ पुगेको छ।, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह क...