content
stringlengths
20
64.1k
द न्यूयोर्क टाइम्स कोरोना महामारी अन्त्य गर्न संसारभरका वैज्ञानिक खोप पत्ता लगाउने अनुसन्धानमा जुटेका छन्। तर, खोप पत्ता लगाउनु जत्तिकै गाह्रो र समय लाग्ने काम हो, त्यसले भाइरससँग लड्न सक्छ कि सक्दैन पुष्टि गर्न।, वैज्ञानिकहरू यसपालि जतिसक्दो समय छोट्टयाउन चाहन्छन्। त्यही भएर अनुसन्धान क्रममा रहेको खोपले काम गर्छ कि ग...
सेतोपाटी बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन्।, रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार रूपैयाँ जरिवान...
सेतोपाटी पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ।, बिहीबार राति करिब ११:३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।, उनलाई प्रहरी...
सेतोपाटी कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।, गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो।, प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै ...
दिपकजंग शाही सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको जिल्लामध्ये दैलेखमा एकैपटक दुइटा मेसिन सञ्चालन गर्न लागिएको छ।, नारायण नगरपालिकाले पिसीआर मेसिन खरिद गरी सञ्चालनमा समेत ल्याइसकेको छ भने दुल्लु नगरपालिकाले आउँदो साताभित्र मेसिन खरिद गर्दैछ।, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले मेसिन राख्नका लागि आवश्यक संरचना निर...
अनुषा अधिकारी मधेसी समुदायका एक महिला र पुरूष अनुहार। दुवै अनुहारको एक पाटो मात्र देखिएको छ। चम्किला ठूला आँखाले एक साथ भनिरहेका छन्- कोरोना भाइरसले त भेदभाव गर्दैन, तपाईंले किन गर्नुहुन्छ?, दुई मधेसी प्रतिनिधि आफूलाई समान व्यवहार गर्न भनिरहेका छन्। 'माया फैलाऔं' भन्दै यो चित्रले भेदभाव नगर्ने सन्देश दिन्छ।, पात्रको अ...
रासस भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने दुई करोड ५८ लाख १४ हजार ४२५ रुपैयाँ तिर्न आलटाल गरेको छ।, सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक एक लाख रुपैयाँमात्र तिर्ने गरी भाडामा लिएको छ।, भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अनुस...
सेतोपाटी जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन्।, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन्।, लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि सोझै भा...
नारायण खड्का दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए।, मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो। दाङस्थित राप्ती स्वास्थ्य...
सेतोपाटी संवाददाता बुटवल-बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन्।, तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल-बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ।, सडकलाई हरियाली बनाउन गत ...
सेतोपाटी संवाददाता फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।, तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।, उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको ...
एजेन्सी यति बेला कोरोना महामारीले संसारकै अर्थतन्त्र खस्काएको छ। तर संसारकै सबभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिमा कुनै असर पारेको छैन, उल्टो बढेको छ।, ब्लुमवर्गले जारी गरेको नयाँ सूचांक अनुसार अनलाइन स्टोर अमेजनका संस्थापक बेजोसको सम्पत्ति बढेर अहिलेसम्मकै धेरै भएको छ। हाल बेजोसको सम्पत्ति झन्डै १७२ अर्ब डलर भएको...
सेतोपाटी संवाददाता गुल्मीको मुसिकोट र इस्मामा बिहीबार राति गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।, गएराति ११ बजेबाट परेको वर्षाका कारण गएको पहिरोमा परी इस्मा गाउँपालिका वडा नं. १ मल्दीका १८ महिने बालक सिरु सारुको मृत्यु भएको हो।, बालककी आमाको भने पहिरोबाट जीवितै उद्धार गरिएको इस्मा ग...
सेतोपाटी संवाददाता धनुषामा एक बालिका शुक्रबार बिहान मृत फेला परेकी छन्।, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको शव अर्धनग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।, बुधबार दिउँसो भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म पनि घर नआउँदा रा...
विवेक राई बुधबारसम्मको तथ्याङ्क अनुसार उपत्यकामा १ सय १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये १२ जना भने ट्राभल हिस्ट्री नभएका छन्। अर्थात कसैको पनि सम्पर्कमा नपुगेका व्यक्तिमा पनि संक्रमण देखिएको छ।, यीबाहेक अन्य संक्रमित भने विदेशबाट आएका हुन्। म...
सेतोपाटी संवाददाता धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टरको निर्माणको विषयमा विवाद भएको छ।, शुक्रबार विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा भएको विवाद झडपमा परिणत भएपछि आक्रोशित भीडले दुहबी सीमा प्रहरी चौकीमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले २ राउण्ड हवाई फायर गर्नुपरेको धनुषाका प्र...
सेतोपाटी संवाददाता मोरङमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ।, शुक्रबार दिउँसो साढे १ बजे जहदा गाउँपालिका-३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो।, उनीहरू स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका थिए। सोही क्रममा पानीमा डुबेर रिक्कीको घटनास्थल...
सेतोपाटी संवाददाता शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।, यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।, विगत २४ घण्टामा ८ सय...
सेतोपाटी संवाददाता कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धकाे असार १७ गते मृत्यु भएको हो।, उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो।, मृतक ती पुरुषको पिसिआर परीक्ष...
नारायण महर्जन कोरोनाभाइरसको महामारीलाई देखाएर मिडिया मालिकले पत्रकारहरूलाई जागिरबाट निकालेको, तलब नदिएको, तलब कटौती गरेको विरोधमा पत्रकारहरूले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्। , नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार दिउँसो बबरमहलमा जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेको पत...
नारायण खड्का होम क्वारेन्टिनमा बस्दै आएका रोल्पाका एक युवाले आत्महत्या गरेका छन्।, एक हप्ता पहिले दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले सेतोपाटीलाई बताए।, एभान असार १० गते दुबईबाट आएपछि गाउँ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पनि सलह कीरा प्रवेश गरिसकेको छ। व्यवस्थापनस्वरुप ललितपुर महानगरपालिकाले सलह समाएर वडामा बुझाएबापत पैसा दिने घोषणा गरेको छ।, बुधबार महानगरपालिकाले विज्ञप्ति जारी गर्दै सलह समाएर वडा कार्यालयमा बुझाएवापत रकम उपलब्ध गराउने घोषणा गरेको हो।, ‘आधिकारिक रूपमै कति रकम दिने हो भन्ने छैन तर...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १८ वर्षमुनिकालाई कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म १८ वर्ष मुनिका २ हजार बढीमा संक्रमण देखिएको भन्दै अभिभावकलाई सचेत रहन सुझाएका हुन्।, सुदूरपश्चिममा मा...
दिपकजंग शाही उर्जा विकास कार्यालय दैलेखका प्रमुखसहित चार जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।, बुधबार आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल, सव इन्जिनियर विरेन्द्र चन्द, रञ्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डेलाई नियन्त...
एजेन्सी विवाह भएको २ दिनमै भारतको विहारमा बेहुलाको मृत्यु भएको छ भने विवाह समारोहमा सहभागी एक सय बढी पाहुनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, गत जुन १५ तारिखमा पटनाको पालिगञ्ज गाउँका एक इन्जिनियरको विवाह भएको थियो। उनी दिल्लीको गुडगाउँमा काम गर्थे। विवाहका लागि भनेर भाडाकै गाडीमा पटना आइपुगे।, उनको विवाहको तयारी...
नारायण खड्का डेढ महिनाअघि भारतसँग सीमा जोडिएको दाङको राजपुरमा केही युवा रक्सी पिइरहेका थिए। रक्सी पिउनेमा उत्तर प्रदेश बलरामपुरका २५ वर्षीय विशाल गुप्ता पनि थिए।, रक्सीको नसामा गुप्ता र उनका साथीहरूको भनाभन भयो। कुरा बढ्दै जाँदा राष्ट्रियताको प्रसंग आयो। साथीहरूले उनलाई ‘तँ इन्डियन’ भने। उनी पनि के कम खल्तीबाट नेपाली ...
सेतोपाटी नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ।, सेनाको बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरूलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जन...
सेतोपाटी कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान आफ्नै घरको पानी धारामा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षिय दिलबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरी न...
सेतोपाटी बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बिहीबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।, मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आ...
सेतोपाटी कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ।, पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।, पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुन...
सेतोपाटी तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर बुधबार एक युवतीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ।, खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा...
सेतोपाटी चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन्।, एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ।, एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो।...
सेतोपाटी संवाददाता निजामति विधेयकमा आफूहरूले उठाएका माग समावेश नगरेसम्म नायब सुब्बाहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन्।, बिहीबार निजामती सेवामा ना.सु. बचाउ अभियान (राजपत्र अनंकित कर्मचारी संरक्षण आन्दोलन) का तर्फबाट प्रेस विज्ञप्ति निकालेर उनीहरूले हालै राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको विरोध ...
नारायण खड्का दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ आएर आत्महत्या गरेकी छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी अन्दाजी २२-२३ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फ्यानमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार ए...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ।, कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न सिसिएमसीले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख...
एजेन्सी अमेरिकाको डेल्टा एयरलायन्सका झन्डै ५०० जना कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। तीमध्ये १० जनाको मृत्यु भएको कम्पनीले जनाएको छ।, गत जुन १८ गते भएको सेयरधनीहरूसँगको फोन वार्ताका क्रममा  डेल्टाका प्रमुख कार्यकारी अधिकृत एड बास्टियनले भने,‘हाम्रा झन्डै ५ सय कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ती...
सेतोपाटी संवाददाता सर्पले डसेर कैलालीमा एकजनाको ज्यान गएको छ।, धनगढी उप– महानगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पले डसेर बुधबार राति मृत्यु भएको हो।, बेलुका ६ बजेतिर घरभित्रै कोठामा आएको सर्पले रानालाई डसेको प्रहरीले जनाएको छ।, ढिला गरी उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।, अस्...
सविता बुढा डडेल्धुरा अस्पतालमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण सुरू भएको छ। नागरिकले चन्दा संकलन गरी खरिद गरिएकाे पिसिआर मेसिनबाट आजदेखि परीक्षण सुरू भएको हो।, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बुधबार तयार भएको मेसिनमा आजदेखि परीक्षण सुरू भएको बताए।, यसअघि सेती प्रादेशिक अस्पतालमा परीक्षण भएको स्वाव नम...
रासस पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।, धादिङ र चितवनको सीमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए।, स्थानीय सुनमाया चेपाङले माछा मार्न ...
सेतोपाटी संवाददाता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत्  ४५ दिने शिशुको मृत्यु भएको छ।, ती शिशुमा कोरोनाभाइरसको संक्रमण थियो।  त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको हो।, ‘श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो’, उनले भने। , योसँगै नेपालमा कोरोना स...
नारायण खड्का फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ।, तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।, उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन।, उनको फेसबुक व...
सबिना श्रेष्ठ दुखुवा थारूले दु:ख गरेर देउखुरीमा जग्गा जोड्छ। जमिनदारले त्यही जग्गा जफत गर्छ। सुखसँग गरिखान नदिएपछि दुखुवा गाउँ छाड्न बाध्य हुन्छ। गाई, गोरू र भेडा फुकाएर पत्नी दुखनियाँ, छोरी बिपटिया र छोरा मंगलवाका साथमा ऊ नयाँ यात्रामा निस्कन्छ।, चार जोडी पाइला अगाडि बढ्दै जान्छन्। पसिना बगाएको खेतबारी, हरिया फाँट र ...
द न्यूयोर्क टाइम्स एक महिनाअघि अमेरिकाको टेक्सासमा एउटा जन्मोत्सव समारोह भएको थियो। त्यहाँ एक जना मानिसले १८ जनालाई कोरोना भाइरस सारिदिए।, यस्तो समाचार पढिरहँदा यो भाइरस जंगलको डढेलोजस्तो फैलिरहेको छ भन्ने भान पर्छ। यस्तो लाग्छ संक्रमित जता पुग्छ, उसले तुरून्तै महामारी फैलाउँछ।, यसको अर्को पाटो पनि छ।, इटालीका वैज्ञान...
विवेक राई तीन वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पिसिआर विधिबाट परीक्षण गर्ने अनुमति पाए पनि स्वाब नपाउँदा परीक्षण गर्न पाएका छैनन्। यसरी अनुमति पाउनेमा काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटोरी छन्।, अनुमति पाएकामध्ये सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटोरीका सञ्चालक समेत रहेका उमेश प्रसाद ग...
सेतोपाटी संवाददाता सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, बिहीबार बिहान १० बजे बागमती नगरपालिका-१० का १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो।, उनी खेतमा सोही स्थानका कमलादेवी मुखिया र सुनमाया बस्नेत सँगै धान रोप्दै थिए।, सोही बेलामा अचानक चट्याङले पासलाई लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, चट्य...
एजेन्सी दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा  भकाभक हात्ती मर्न थालेका छन्।, साढे ३ सयभन्दा बढी हात्ती रहस्यमय तरिकाले मरेपछि वैज्ञानिकहरूले यसलाई ‘कन्जर्भेसन डिजास्टर’ अर्थात संरक्षणमा प्रकोप समेत भएको बताएका छन्।, मे महिनाको सुरूमा ओकाभाङ्गो डेल्टा भन्ने स्थानमा पहिलो पटक हात्ती मरेको थियो। मे महिनाको अन्तिमसम्म आइपुग्...
सेतोपाटी संवाददाता बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिए।, बुधबारसम्म नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। त्यो संख्या बढेर ...
सविता बुढा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तापछि मृत्यु भएका अछामका पुरूषमा कोरोना पुष्टि भएको छ ।, जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाका इन्चार्ज प्रभुनाथ देवकोटाले जानकारी दिए।, उनको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको थिय...
सेतोपाटी संवाददाता मंगलबार उपत्यकामा थपिएका १६ जना कोरोना संक्रमितमध्ये चार जना काठमाडौंका रहेको खुलेको छ।, इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाकाका प्रमुख डा. बासुदेव पाण्डेले काठमाडौंका चार जना व्यक्तिमा संक्रमण पुष्टि भए पनि उनीहरूको विवरण लिने काम भइरहेको जनाए।, उनले बाँकी संक्रमितहरू भने विदेशबाट आएको बताए।, जसम...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वडा नं. ३२ को तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ।, आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको महानगरपालिकाले अब पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ।, ‘तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ म...
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्दार गरिरहेको छ।, लकडाउन सुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई उद्दार गरेको छ। एयरलाइन्सले विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि राम्रो सु...
सेतोपाटी संवाददाता अछामदेखि दाङमा साथीको घरमा आएका एक युवक कुवाभित्र मृत फेला परेका छन्।, दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडातिलवारीस्थित कुवामा अछाममा २६ वर्षीय सुरज शाह मृत फेला परेका हुन्।, शाह अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ३ का बासिन्दा हुन्। उनी दुई दिन अगाडि असार १४ गतेमात्रै अछामबाट डाँडातिलव...
सेतोपाटी चार जनामा कोरोना भाइरस संक्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ।, सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो।, कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्...
सेतोपाटी जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो।, तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको ...
सेतोपाटी इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ।, देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन्।, सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, घटनाको जानकारी पाएलग...
सेतोपाटी यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।, प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए।, युवतीसँगै निसीखोला–१ का १...
सेतोपाटी सप्तरीको राजगढ गाउँपालिका–४ मा बुधबार बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।, बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्...
सेतोपाटी संवाददाता कञ्चनपुरको कृष्णपुर नगरपालिका- १ को गैरशंकर सामुदायिक वनमा लोपोन्मुख अजिंगर फेला परेको छ।, सोमबार राति ६ बजेतिर अजिंगर फेला परेको थियो।, अघाएर लठ्ठ परेको अवस्थामा स्थानीयले अजिंगर देखेका थिए। उनीहरूले खबर गरेपछि डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीको समन्वयमा अजिंगरको उद्धार गरे...
सेतोपाटी संवाददाता बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।, कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए।, प्रहरी महानिरीक्षक सहभागी कार्यक्रममा ३ जना एआइजी, डिआइजीलगायत  उच्...
सेतोपाटी नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।, सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।, महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृ...
रासस अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।, गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमा पनि आइपुगेको थियो।, वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौं ...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूआतमा तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न अनुमति दिएको छ।, मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिने निर्णय गरेको दुई सातापछि बल्ल तीन वटा प्रयोगशालालाई अनुमति दिएको हो। अब अनुमति पाएसँगै प्रयोगशालाले परीक्षणको लागि चाहिने किटलगायत...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर, ललितपुरको ब्यारेक भवन उद्घाटन भएको छ।, बुधबार बिहान नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आठ लाख ३१ हजार १० हजार ३०९ लागतमा बनेको भवनको उद्घाटन गरेका हुन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा चार तल्लाको भवन निर्माण गर्न २०७४ साल असार १३ गते सम्झौता गरिए...
सेतोपाटी संवाददाता कैलालीको गोदावरी नगरपालिका-५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, गेटाका २७ वर्षीय दिल बहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, बिहान सात बजेतिर मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उ...
सेतोपाटी संवाददाता कैलालीमा जुवा खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार अपरान्ह पौने ५ बजे लम्कीचुहा नगरपालिका-६ स्थित चोरीपुरबाट प्रहरीले दुई लाख ५९ हजार ७ सय रूपैयाँसहित सात जनालाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरू पुरानो कुखुराको खोरमा जुवा खेलिरहेका थिए। उनीहरूबाट प्रह...
सेतोपाटी संवाददाता सुदूरपश्चिमका पाँच जिल्लामा सलह देखिएको छ।, अहिलेसम्म कैलाली, डडेल्धुरा, अछाम, बाजुरा र बैतडी जिल्लाका केही स्थानमा सलह देखिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।, मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्र प्रसाद श...
सेतोपाटी संवाददाता बुधबार बिहान महानगरीय प्रहरी परिसरको गेटमा नेपाल प्रहरीको दुई तारे गाडी टक्क रोकियो।  बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल।, गाडीबाट ओर्लिएलगत्तै उनीहरू परिसरभित्र पुगे। त्यहाँ जावलाखेल प्रहरीको लागि चार तल्ले भवन उद्घाटन कार्यक्रम थियो। एक साता अर्थात् ...
प्रभाकर गौतम टेकु, पचली भैरव मन्दिरनजिकै श्री थापा ग्रील वर्कसप सञ्चालक विष्णु थापाले २०७२ सालमा नाकाबन्दी बेला सुधारिएको चुल्हो बनाएर बेचेका थिए।, बजारमा ग्यास हाहाकार मच्चिएका समयमा गोल वा काठ हाली पंखा चलाएर बाल्न मिल्ने चुल्होले धेरै ग्राहक आकर्षित गरेको थियो। , यस पटक कोरोना लकडाउनले जन्माएको संकटमा पनि उनी केही ...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ मा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।, १४ वर्षका पर्वत गिरीलाई बुधबार बिहान सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, बेहोस अवस्थामा रहेका बालकलाई महाकाली अस्पताल पुर्‍याइएको थियो। आइसियुमा राख्नुपर्ने भएपछि धनगढी रिफर गरि...
सेतोपाटी संवाददाता शुल्क तिरेर कोरोना भाइरस परीक्षण गराउन सकिने भएपछि साढे तीन सय बढी व्यक्तिले पिसिआर विधिबाट परीक्षण गराएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेको लागि उपत्यकाका तीन वटा अस्पताल तोकेको छ। जसमा वीर, टिचिङ र पाटन अस्पताल छन्।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ल...
सेतोपाटी संवाददाता वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का कार्यालय प्रशासन सहायकलाई अख्तियारले पक्राउ गरेको छ। करार सेवामा कार्यरत प्रशासन सहायक रत्नबहादुर विकलाई अख्तियारले पक्राउ गरेको हो।, वडा कार्यालयबाट उठाएको राजश्व रकम कार्यालयको खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियार ...
सबिना श्रेष्ठ यो आजभन्दा चौध सय वर्षअघिको कथा हो। गुरू गोरखनाथ आफूलाई कसैले भिक्षा नदिएको झोँकमा रिसले चूर भएछन्। उनले नागलाई वशमा पारेर त्यसैमाथि आसन जमाएछन्।, पानी पार्न सहयोग गर्ने नाग नै वशमा परेपछि बर्खा हुने कुरै भएन। यसले काठमाडौं उपत्यकामा अनिकाल लाग्यो।, यसको समाधान खोज्न राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुद...
युवराज श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, पोखरा १९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो।, राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोला ...
सेतोपाटी खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ।, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।, एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा...
एजेन्सी बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। , उनको कोरोनाकै कारण स्थानीय समय अनुसार बिहान ९:३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।, बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए।, उनल...
एजेन्सी युरोपियन युनियन(ईयू)ले १४ देशका नागरिकलाई जुलाई १ देखि युरोप प्रवेश दिने घोषणा गरेको छ।, यो सूचिमा अमेरिका, ब्राजिल र चीन लगायतका मुलुक भने समावेश छैनन्।, बिबिसीमा प्रकाशित समाचारका अनुसार युरोपियन युनियनले आफ्नो क्षेत्रमा प्रवेश दिने मुलुकको सूचिमा अस्ट्रेलिया, क्यानडा, जापान, मोरोक्को र दक्षिण कोरिया लगायतका...
सेतोपाटी मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ।, दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार सबै चारजना घाइते भएका छन्। सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा ...
समिक्षा अधिकारी केही दिनअघि म घरछेउको तरकारी पसल छाडेर मैतिदेवी चोकमा किनमेल गर्न गएको थिएँ। त्यहाँ दिनहुँ साँझतिर फुटपाथको एउटा कुनामा आमाछोरा तरकारी बेचिरहेको देख्थेँ। त्यस दिन पनि उनीहरू अलिकति साग, थोरै खुर्सानी र थोरै धनियाँ बेच्न बसेका थिए।, 'सागको कति बाबु?' मेरो प्रश्न झर्न नपाउँदै आमाछेउ टाँस्सिएर बसेको सानो ...
सेतोपाटी तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ।, गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।, छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रो...
रासस सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन्।, जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ,जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक...
सेतोपाटी बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ।, विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिए।, उनका अनुसार परीक्षण सकिएलगत्तै जनतालाई विद्युत् सेवा...
द न्यूयोर्क टाइम्स कोरोना भाइरस प्रकोप फैलिएसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उडान स्थगित गर्‍यो। अर्जेन्टिनाका नागरिक हुवान म्यानुअल बालिएस्तिरो त्यो बेला पोर्चुगलमा थिए। , हुवान पोर्चुगलको सानो टापु पोर्टो सेन्टोमा बसेका थिए। उनी बसिरहेको यो ठाउँ रमणीय थियो, त्यो बेलासम्म कोरोना पनि नपुगेको। उनी त्यहीँ लकडाउन र साम...
सेतोपाटी संवाददाता नायब सुब्बाहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्।, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयक अन्यायपूर्ण रहेको भन्दै मंगलबार कर्मचारीहरूले मन्त्रालयअगाडि उभिएर विरोध गरेका हुन्।, विरोधमा उत्रिएका नासुहर...
सेतोपाटी संवाददाता दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार भएको छ।, मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्क...
सेतोपाटी संवाददाता लकडाउनले ट्याक्सी व्यवसायीहरू मारमा परेको भन्दै सडकमा उत्रिएका छन्।, मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन्।, यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालो नम्बर प्लेट...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको जनाएका छन्।, मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विद...
नारायण महर्जन ट्याक्सी व्यवसायी सरकारविरूद्ध सडकमा उत्रिएका छन्।, लकडाउनले आफूहरू मारमा परेको भन्दै उनीहरूले विभिन्न माग अघि सारेर सडकमा उत्रिएका हुन्।, उनीहरूले रोगको त्रास भोकको पीडा,ऋणको तनावबाट ट्याक्सी चालक स्वरोजगार र व्यवसायीलाई बाँच्न देऊ, विभेदकारी नीति अन्त्य गर,स्वास्थ्य मापदण्ड बनाइ ट्याक्सी सञ्चलान गर, घर...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबारसम्म ९१ जना कोरोना संक्रमितको ‘एक्टिभ केस’ पुगेको छ।, इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अहिले काठमाडौंमा ९१ जना कोरोना संक्रमित रहेको जानकारी दिए।, उनीहरूको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमितहरूमा धेरैजसो विदेशबाट आएका ...
सेतोपाटी संवाददाता पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको सोमबार चौपक्षीय सम्झौता भएको छ। पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विभाग कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बीच आयोजना व्यवस्थापन सम्झौता भएको हो।, नगरपालिकाका अनुसार सम्झौतापत्रमा खानेपानी त...
प्रशन्न पोखरेल राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ।, विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ,neb.gov.np, मा उपलब्ध रहेको भन्द...
सेतोपाटी संवाददाता प्रदेश नं. ५ का स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती गरिएको छ।, प्रदेश ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपमहानगर र नगरपालिकाका वडाध्यक्षको १० हजार र गाउँपालिका वडाध्यक्षको ४ हजार रुपैयाँ सुविधा कटौती गर्न प्रस्ताव गरेको हो।, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७६ मा भुलब...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखामा कार्यरत कोरोनाभाइरस संक्रमित प्रहरी निको भएका छन्।, मंगलबार २८ वर्षीय प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई टेकु अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको महशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।, उनको सम्पर्कमा आएका करिब ३० प्रहरी अधिकारीहरू सेल्फ क्वार...
रासस नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो।, परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध...
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ।, सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।, त्रिवि परीक्षा नियन्त्रण कार्यालयका ...
सेतोपाटी एशियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।, यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त...
नारायण महर्जन सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न सुरू गरेको छ।, आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँ...
सेतोपाटी सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ।, स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्‍याएका हुन्।, चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा ब...
सेतोपाटी संवाददाता कैलालीमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ।, धनगढी उप–महानगरपालिका वडा नम्बर १५ कनरीमा आइतबार बिहान बाख्रा चराउन गएकी ८९ वर्षीया लक्ष्मी भण्डारीको छिमेकीको भैंसीले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर हिक्मत थापाले एक्कासि भैंसीले आक्रमण गरेपछि घाइत...
सेतोपाटी संवाददाता दार्चुलाको नौगाड गाउँपालिकामा वडा नम्बर ४ मा नहर भत्किँदा बाबुछोराको मृत्यु भएको छ।, हिजो राति १ बजेतिर भोपरी गाड लघुजलविद्युत आयोजनाको पुरानो नहर भत्किएर भिरालो जमिनको माटो, ढुंगा खसिएर पहिरोको रूपमा परिणत भएपछि सोही ठाउँका तीन घर पुरिएका थिए।, तीन घरमध्ये एक घरका २ सदस्य बाबुछोराको घटनास्थलमै राति...
एजेन्सी पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्ज कम्पनीमा आक्रमण हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।, सोमबार बिहान स्थानीय समयअनुसार ९ बजे कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज लिमिटेडको भवनमा गोली तथा ग्रेनेड प्रहार गरिएको पाकिस्तानी समाचार पत्र डनले जनाएको छ।, प्रारम्भिक जानकारीका अनुसार उक्त भवनमा तीनदेखि चार जना जति...