content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ।, सोमबार दिउँसो खोकनाका किसान खनजोतका लागि खेतमा गएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोके। त्यसपछि विवाद भएको हो।, काठमाडौं-निजगढ फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले खनजोत ...
सेतोपाटी संवाददाता ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ।, भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, ‘सास फेर्न समस्या भएर उहाँ शनिबार दिउँसो ४ बजे अस्पतालमा आउनु भएको थियो। हामीले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उपचार ...
सेतोपाटी संवाददाता मकवानपुरका रूपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिता क्षेत्रीबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो।, रूपेन्द्र क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडामा काम गर्थे। उनीहरूको घरबार राम्रै चलिरहेको थियो। घरिघरि माइती पनि जान्थे। घर र माइती दुबै जिल्ला महेन्द्र राजमार्गमै पर्ने भएकाले मोटरसाइकलमै आ...
सेतोपाटी संवाददाता भक्तपुरमा सोमबार बिहान एक जना व्यक्तिको हत्या भएको छ।, हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक मजदूरलाई पक्राउ गरेको हो।, भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङ मृत फेला परेका थिए। उनी ‘जडिबुटी’ उपनामले चिनिन्थे।, प्रहरी घटनास्थल पुग्दा...
निशा भण्डारी आज असार १५, राष्ट्रिय धान दिवस।, मानो खाएर मुरी उब्जाउन किसानहरू खेतमा छन्।, सोमबार बिहानै किसानहरू काठमाडौंको टोखा नगरपालिका वडा नम्बर- २ स्थित उइरल फाँटमा खेत रोप्न पुगे।, रोपार, बाहुसे मात्र होइन १५ असारमा हिलो खेल्नेहरू पनि खेतमा देखिन्थ्ये। शिरमा रोपो सिउरिएर किसानले छुपुछुपु खेत रोपे।, रोपाइँका लागि...
नारायण महर्जन त्रिभुवन विश्वविद्यालयले सोमबार आफ्नो ६१ औं वार्षिक दिवस मनाएको छ।, त्रिविका सहउपकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा त्रिविले वार्षिक दिवस मनाएको हो।, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भएको कार्यक्रममा मन्त्री पोखरेलले झण्डोत्तलन गरेका थिए।, त्यसलगत्तै त्...
नारायण खड्का दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।, घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्।, ,आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।, घ...
सेतोपाटी संवाददाता जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो।, आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम...
सविता बुढा सलह किरा सुदूरपश्चिमको कैलाली पनि पुगेको छ।, कैलालीको पूर्वी क्षेत्रमा सहक किरा देखिएको सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले जनाएको छ।, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले थोरै संख्यामा मात्र सलह देखिएको बताए।, उनले लम्कीमा देखिएका किरा सलह हो कि होइन भनेर केन्द्...
एजेन्सी बंगलादेशको बुरीगंगा नदीमा फेरी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ।, सोमबार बिहान पौने ९ बजे  ५० जना भन्दा बढी यात्रु बोकेर फेरी मुन्सिगन्जबाट ढाकाका लागि  गएको थियो। उक्त फेरी फरसगन्ज क्षेत्रमा मयुर-२ नामको अर्को डुङ्गासँग ठोक्किएको ढाका टाइम्सले जनाएको छ।, कोष्ट गार्ड मुख्यालयका  मिडिया अफिसर लेफ्टिनेन्ट  ...
एजेन्सी कोरोना भाइरसको आयुर्वेदिक औषधिबारे भ्रम छरेको भन्दै योगगुरू रामदेव बाबासहित पाँच जनाविरूद्ध उजुरी परेको छ।, भारतीय समाचारपत्र द हिन्दुका अनुसार मन्त्रालयसँग अनुमति नै नलिइ औषधि बनाएको र भ्रम छरेको भन्दै उनीसहित पाँच जनाविरूद्ध शनिबार ज्योति नगर प्रहरी कार्यालयमा उजुरी परेको हो।, उनीसहित पतञ्जली आयुर्वेद लिमिटे...
सेतोपाटी संवाददाता सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्।, विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।, ‘तीन सय ६४ पुरूष र एक सय १२ ज...
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। ,सोमबार दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।  ,दुर्घटन...
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा एकैघरका बाबुछोराको मृत्यु भएको हो।, कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ ...
नारायण खड्का महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोरखा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ।  पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको तथ्य उजागर भएको हो।, नेपाल रेडियो ग्राफिक्स सोसाइटी जिल्ला कार्यसमिति दाङका सदस्य आयूस पौडेलले पक्राउ परेका डाँगी रेडियोग्राफर नभएको स्पष्ट पारे।,...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका लगायत घनाबस्तीमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले विना काम घरबाट बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।, सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अत्यावश्यक काम भए मात्रै घरबाट नि...
सेतोपाटी संवाददाता दाङमा सोमबार नयाँ ५८ जना संक्रमित थपिएका छन्।, सोमबार जिल्लाको गढवामा सबभन्दा धेरै २२ जना संक्रमित थपिएका छन्।, बबईमा १०, घोराहीमा ९, तुलसीपुरमा ८, राप्तीमा ५, र शान्ति नगर र दंगिशरणमा समान २/२ जना नयाँ संक्रमित थपिएका हुन्।, विभिन्न पालिकाहरूमा थपिएका प्राय: सबै संक्रमित छिमेकी देश भारतबाट आएकाहरू ...
सन्जिब बगाले सरकारले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ।, सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो।, 'अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालन...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका मन्त्रालय बढी भएको बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै उनले संघीय प्रणालीमा विकास निर्माणका काम तल्ला सरकारले गर्ने भएकाले यति धेरै मन्त्रालय जरुरी नरहेको बताए।, ‘मन्त्रालय किन २५ वटा चाहिन्छ? १२ देखि १५ भए पुग्छ। ६०–६५ वटा विभाग कि...
सेतोपाटी संवाददाता मोरङमा पानी जमेको खाल्डोमा डुबेर एक वृद्धको मृत्यु भएको छ।, कानेपोखरी गाउँपालिका-२ का ७३ वर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो।, आइतबार बेलुकी आठ बजे चौधरी घरबाट निस्किएका थिए। सोमबार बिहान ११ बजे उनी घर नजिकैको पानी जमेको खाल्डोमा मृत फेला परेका थिए। आफन्तले थाहा पाएपछि प्रह...
सेतोपाटी संवाददाता प्रहरीले १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।, महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं. २ भलुई चोकबाट तीनै जनालाई १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।, ,शनिबार जलेश्वरबाट...
सेतोपाटी संवाददाता सोमालियाका सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई मारेका छन्। त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।, सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन्। उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्...
रासस नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ।, बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए।, उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवा...
सेतोपाटी संवाददाता कोरोनाभाइरसका चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार एक सय ५ महिला र तीन सय ५८ पुरूष गरी चार सय ६३ संक्रमित थपिएको जानकारी दिए। विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्...
एजेन्सी विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोड नाघेको छ।, समाचार संस्था एएफपीका अनुसार आइतबारसम्म विश्वभरि कोरोना संक्रमण हुनेको संख्या एक करोड १० लाख आठ हजार ७ सय ३८ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार आठ सय ६८ पुगिसकेको छ।, संक्रमितको संख्या तीव्र गतिमै बढिरहँदा उपचार भइ घर फर्किनेको स...
सविता बुढा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ।, सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो।, मन्त्रालयले नेपालमा भित्रिएको सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बाग...
रासस यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ।, यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो।, सरकारले असार १५ (भोलि) बाट नेपालमा औपचारिक रुपमा धान रोप...
नेहा झा प्रादेशिक अस्पतालमा उपचार अभावमा १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन भएको छ।, ,आइतबार प्रदेश २ को प्रदेशसभा बैठकले घटनाबारे छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरेको हो। प्रादेशिक अस्पतालमा सहज उपचार नपाएकै कारण सदाको मृत्यु भएको विषयमा समितिले अध्यय...
नारायण खड्का आइतबार दाङमा पनि विनासकारी कीरा सलह देखिएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा सलहको एउटा झुण्ड फेला परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले सेतोपाटीलाई बताए।, ‘हामीलाई स्थानीयले खबर गएपछि त्यही पुगेर हेर्यौं,’ धितालले भने ‘त्यहाँ फेला परेको नमुना केन्द्रमा परीक्षणको लागि ...
भगवती पाण्डे सलह किरा छोपेर ल्याउनेलाई प्रदेश ५ सरकारले प्रतिकिलो २० रुपैयाँ दिने भएको छ।, सलह किरा भित्रिएको समाचार सार्वजनिक भएसगै विपद् व्यवस्थापन समितिको शनिबार बसेको आकस्मिक बैठकले एक किलोग्राम सलह छोपेर ल्याउनेलाई सम्बन्धित स्थानीय तहले २० रुपैयाँको दरले रकम दिने निर्णय गरेको हो।, सलह किरा रूपन्देहीसहितका जिल्ला...
सेतोपाटी संवाददाता नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड—१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।, संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएकाले परीक्षणको ...
रोयटर्स डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू नयाँ निष्कर्षमा पुगेका छन्।, उनीहरूका अनुसार यो भाइरसको असर संक्रमित व्यक्तिको श्वासप्रश्वासमा मात्र सीमित छैन। यसले अरू विभिन्न किसि...
सविता बुढा जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका अछामका एक पुरुषको मृत्यु भएको छ।, जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय पुरुषको आज विहान साढे ८ बजे मृत्यु भएको हो।, १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी परीक्षण नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। घर फर्किएको एक हप्तापछि हिजो दिउँसो उनको स्वास...
सेतोपाटी संवाददाता कानूनी उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि राय सुझाव पेश गर्न बनेको समितिले राष्ट्रिय कानून विश्वविद्यालय स्थापना गर्न सुझाव दिएको छ।, समितिका संयोजक, प्राध्यापक एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानूनी शिक्षाको सुधार, बढ्दै गएको मागलाई परिपूर्ति गर्न विभिन्न स्टक होल्डरसँग समन्वय ...
सन्जिब बगाले ‘हाम्रो समाजमा मोटो मान्छेलाई बच्चै हुँदैन भनेर हेप्ने गरिन्छ, त्यो गलत हो’ ३१ वर्षीया मेरिना हमालले दोस्रो सन्तानका रुपमा छोरी जन्माएपछि सेतोपाटीसँगको कुराकानीमा भनिन्।, सम्भवत नेपालमा पहिलो पटक १ सय ६८ केजी तौल भएकी महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। तर उनलाई यो समाजले मोटो भनेर हेयको दृष्टिले हेरेको भन...
सेतोपाटी निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा वेपत्ता भएका छन्।, भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आइतबार बिहान १० बजे  किनारामा काम गर्ने सिलसिलामा वेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानका...
सेतोपाटी बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आइतबार राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन्। , बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु  र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए।, गाउँ नजीकै भैँसी ...
सेतोपाटी चापाकोट नगरपालिका –२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ।, चापाकोट– ८ क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैध रुपमा  सालको काठ राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले  चिरानका लागि ल्याएको ४४ थान सालको गोल...
सेतोपाटी राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक वेपत्ता भएका छन्।, नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आइतबार अपराह्न ३ बजे वेपत्ता भएको प्रहरीले जनाएको छ।, प्रहरी टोली र स्थानीयको सहयोगमा वेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीक...
सेतोपाटी रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।, पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनःनिर्माणअन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो।, उपभोक्ता समितिका अध्यक्ष अज...
सेतोपाटी टोखा नगरपालिकाले ‘एक विद्यालय, एक थर्मल गन’ वितरण गरेको छ।, नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा ‘थर्मल गन’ वितरण गरेको हो।, नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै विद्यालयमा थर्मल गन, मास्क, सेनिटाइजर, टिस्यु पेपरलगायतका स्वास्थ...
सेतोपाटी अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।, अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, तिमि...
सेतोपाटी सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न सुरू गरेको छ।, आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सड...
सेतोपाटी क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ।, शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन्। , दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए।,...
सेतोपाटी भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ।, स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।, आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उ...
सेतोपाटी संवाददाता शनिबार कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।, शनिबार कैलालीका एक जना ५० वर्षीय पुरूषको मृत्यु भएको उनले ब...
सविता बुढा बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ।, जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको आज बिहान ७ बजेतिर घरमै मृत्यु भएको हो।, सामान्य स्वास्थ्य समस्या देखिएछि बिहान उनको मृत्यु भएको खबर परिवारले आफूलाई दिएको नगर उपप्रमुख मिना चन्दले बताइन्।, उनले वैशाखदेखि जगन्नाथ बहुमु...
भगवती पाण्डे प्रदेश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्।, शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। , स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षण गर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ ...
सेतोपाटी संवाददाता शनिबार कर्णाली प्रदेशमा सात जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या यसअघिको भन्दा न्यून हो। कर्णालीमा थपिएका सातै जना सुर्खेतका भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, शनिबार थपिएका संक्रमितमध्ये एक जना १५ महिने बालक र एक ३ वर्षकी बालिका पनि छन्।, शनिबार सुर्खेतको पञ्चपु...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न आग्रह गरेको छ।, उक्त कार्ड घाँटीमा झुण्डाएमा कोरोना लाग्दैन भन्ने भ्रम सिर्जना भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।, ‘हालै मात्र भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा झ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्।, शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्...
रासस  , कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।,  , जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ।, जसका कारण प्रदेश सरकारले हरेक वर...
सेतोपाटी संवाददाता बैतडीको पाटनमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।, दाङबाट बझाङतर्फ सिमेन्ट लिएर गइरहेको ना ६ ख ४४५० नम्बरको ट्रक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ धारीमा दुर्घटना भएको हो।, दुर्घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको नाम-ठेगाना खुलिसकेको छैन।, ट्रक सडकबाट ...
रासस  , सर्लाहीको लालबन्दीमा सलह कीरा भित्रिएको पाइएको छ।, लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए।,  , जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा ...
सेतोपाटी संवाददाता कैलालीको गौरीगंगामा क्वारेन्टिनमा रहेका एक जनाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कोहलपुर लगिएको छ।, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएका उनलाई भेन्टिलेटर अपुग भएको भन्दै अस्पतालले निजी अस्पतालमा लैजान भनेपछि कोहलपुर लगिएको हो।, जेठ २६ गते भारतबाट फर्केर तीन हप्तादेखि वडा नम्बर ४ स्थित...
सेतोपाटी संवाददाता तुलसीपुरको कटुवा खोलामा डुबेर शनिवार चार वर्षीय एक बालकको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी ४ वर्षीय आरएन विकको कटुवा खोलामा डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार शनिबार दिउँसो साढे १ बजेतिर विक खेल्ने क्रममा पानीमा डुबेका थिए।, ‘अरु तीन चार ज...
सेतोपाटी हिमाली जिल्ला रसुवामा शनिबार पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, कुवेत र भारतबाट आएका ९ जनामा आज कोभिड –१९ संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।, रसुवामा संक्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन्।, उनीहरु एक हप्ताअघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्...
सेतोपाटी संवाददाता नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।, काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन्।, वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्...
सेतोपाटी तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन्।, यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा आज प्राप्त भएको रिपोर्टअनु...
सेतोपाटी धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ।, छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ।, सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० ...
सविता बुढा क्वारेन्टिनमा गम्भीर स्वास्थ्य समस्या आएपछि भेरी अञ्चल अस्पताल, नेपालगन्ज* लगिएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय युवकको अहिलेसम्म उपचार सकेको छैन।, उनी शुक्रबार बेलुकाबाट विरामी परेको भएपनि अहिलेसम्म उपचार हुन नसकेको विरामीका परिवारले सेतोपाटीलाई जानकारी गराएका छन्।, परिवारका अनुसार शु...
सेतोपाटी संवाददाता रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।, रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दुर्घटनामा परि ज्यान गएको हो।, मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा...
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।, पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।, शनिबार रातभर परेको अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ। लगातार परेको वर्षाको कारण पहिरो हटाउन नसकिएको  ...
सेतोपाटी प्रदेश नं २ मा  पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना संक्रमण भेटिएको छ।, प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा संक्रमण भएको सामाजिक विकास ...
सेतोपाटी गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ।, गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो। गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।, ...
सेतोपाटी संवाददाता उदयपुरमा चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु भएको छ।, चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ वर्षीय दिपेश मगरको शनिबार मृत्यु भएको हो।, शनिबार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला उनको नजिकै परेको चट्याङ आवाजले उनी बेहोस भएका थिए।, जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन...
रासस पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन्।, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो। उनका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुल...
सेतोपाटी संवाददाता संघीय निजामती कर्मचारी विधेयकमा राखिएका कतिपय व्यवस्थाप्रति निजामती कर्मचारीले आपत्ति जनाएका छन्।, सरकारले संसदमा पेश गरेको उक्त विधेयकको मस्यौदा छलफलकै क्रममा छ। विधेयकका केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप गर्ने खालका रहेको भन्दै कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आइ...
दिपकजंग शाही गुर्भाकोट नगरपालिका–१ की केशकुमारी थापा छ वर्षदेखि घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा काम गर्छिन्।, करार सेवामा नियुक्त उनले २०७० फागुन ६ गतेदेखि निरन्तर काम गर्दै आएकी छन्। गत वर्षसम्म उनलाई नियमित पारिश्रमिक आउँथ्यो। करिब एक वर्ष भयो पारिश्रमिक रोकिएको छ। २०७६ साउनदेखि उनले पारिश्रमिक पाएकी छैन...
सविता बुढा बैतडीमा ट्रक दुर्घटना हुदा घाइते भएका एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका डोटी जोरायल गाउँपालिका वडा नम्वर २ बुडरका ट्रक सहचालक २० वर्षीय भुवन सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी किशन चन्दले उनको हिजो बेलुका पाटन अस्पतालमा मृत्यु भएको बताए।...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ।, सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ।, ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम,...
सेतोपाटी संवाददाता नेपालको जनसंख्या ३ करोड पुगेको छ।, तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो।, सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर...
सेतोपाटी संवाददाता मुगुको छायानाथ रारा नगरपालिकाका चार वडाध्यक्षसहित १० जनालाई नगरसभाबाट निष्कासन गरिएको छ।, गत बुधबार नगरसभामा चार वडाध्यक्षसहित १० जनाले अध्यक्ष, सदस्य, नगर सभामा खटिएका कर्मचारी र सुरक्षाकर्मीमाथि लक्षित गर्दै धुलाे खुर्सानी छर्किने, लाठी हान्ने र कुर्ची भाँच्ने गरेका थिए।, त्यस घटनामा संलग्न १० जना...
दिपकजंग शाही आत्महत्यापछि कोरोना भाइरस पुष्टि भएका दैलेखका युवाको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ। नेपाली सेनाको सहयोगमा उनको शव गाडिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए।, जेठ ११ गते भारतको अहमदाबादबाट आएका दुल्लु नगरपालिका–१० का २१ वर्षीय ती युवकले मंगलबार आत्महत्या गरेका थिए। सोही दिन उनको स्...
सविता बुढा बझाङमा क्वारेटिनमै आत्महत्या गरेका युवकको दाहसंस्कार भइसक्दा पनि पिसिआर परीक्षण रिपोर्ट आउन सकेको छैन।, जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ३० वर्षीय युवकले आइतबार राति कोठामा पासो लगाएर आत्महत्या गरेका थिए। उनको मृत्यु भएको पाँच दिन पुरा हुँदा पनि रिपोर्ट आउन सकेको छैन।, मृतक युवकको सोमबार बेलु...
सेतोपाटी संवाददाता सिन्धुली अस्पतालमा एक महिलाको आइसोलेसनमा मृत्यु भएको छ।, शुक्रबार बिहान चार बजे महोत्तरी बर्दिबास नगरपालिकास्थित पाटु घर भई सिन्धुली घ्याङलेख गाउँपालिका-१ बस्दै आएकी २१ वर्षीया महिलाको मृत्यु भएको हो।, ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि बिहीबार दिउँसो ती महिलाका परिवारले जिल्ला अस्पताल सिन्धुलीको ...
सेतोपाटी संवाददाता हुण्डी कारोबारमा संलग्न रहेका व्यक्तिलाई सहयोग गरेको भन्दै प्रदेश नम्बर दुईको प्रहरी कार्यालयले दुई प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बन गरेको छ।, इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहटमा दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह, प्रहरी चौकी ब्रम्हपुरीमा का...
सेतोपाटी संवाददाता कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयबीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। , कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीयसँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन ...
सेतोपाटी संवाददाता शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किए...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौंमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार काठमाडौंमा पनि थप तीन जनामा कोरोनाको संक्रमण देखिएको हो।, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएकाे थियो।, त्यस्...
सेतोपाटी संवाददाता सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।, स्वास्थ्य मन्त्रालयले अहिले देशभर रहेको २३ वटा प्रयोगशाला अतिरिक्त १० वटा प्रयोगशालाबाट परीक्षण हुने जनाएको छ।, थपिएका प्रयोगशालाहरूमा मेची अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहर...
सविता बुढा सुदूरपश्चिमममा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५७ पुगेको छ।, काठमाडौं, धनगढी र चितवनका प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार मात्रै सुदूरपश्चिममा २ सय १९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कैलालीका ३८, कञ्चनपुरका ४३, डोटीका ७१, बझाङका...
रासस दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।, प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रम...
सेतोपाटी संवाददाता मोरङमा दुई लाख भारतीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन्।, बिहिबार अपरान्ह पौने ५ बजे विराटनगर महानगरपालिका-१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई पक्राउ गरेको हो।, उनीबाट प्रहरीले दुई लाख भारतीय नगद बरामद गरेको छ। उक्त रकम ५०० दरको भारतीय नोट ४०० थान गरी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।, ...
नारायण महर्जन कोरोना संक्रमणका कारण अनिश्चित बनेको ललितपुरको रातो मच्छिन्द्रनाथ (करूणामय) को रथयात्रा हुने भएको छ। सरकारले लकडाउन खुकुलो गरेपछि रथ निर्माण कार्य करिब दुई महिनापछि अर्थात असार १० गतेबाट सुरू भएको हो।, मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैतको २७ गते मच्छिन्द्रनाथकाे निर्माण स्थान त...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, २८-३० वर्षीय प्रहरीको कोरोना परीक्षण पोजिटिभ आएपछि उनीसँगै बस्ने करिब ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।, ट्रेसिङ गर्दा बढी सम्पर्कमा आएका पाँच जना छुट्टै र अन्य २...
सञ्चिता घिमिरे सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ।, तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन। सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र।, विश्व स्वास्थ्य सङ्गठनले भने...
सेतोपाटी संवाददाता भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस काट्न गएकी थिइन्। सोही बेला दुई जना पुरूषले गुरूङले कानमा लगाएको सुनको रिङ तानेर भागेका थिए।, उनीहरू काठमाडौंको शंखरापुर नगरप...
नारायण खड्का दाङमा शुक्रबार एक चिकित्सक र दुई अहेवसहित ७५ जना नयाँ संक्रमित फेला परेका छन्।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अर्घाखाँचीका एक चिकित्सक र थप दुई अहेबमा संक्रमण फेला परेको प्रतिष्ठानका कायमुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए। उनीहरु २१, ३० र ३१ वर्षका छन्।, यसअघि प्रतिष्ठानमा कार्...
सेतोपाटी भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ।, जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन्।, यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १ सय ५२ वटा मुद्दामध्ये ७० प्...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ।, आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वन...
समिक्षा अधिकारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा शुक्रबार सीमा विवादबारे छलफल भयो। आगामी दिनमा एमसिसी परियोजना र पार्टीका अन्य आन्तरिक विवाद पनि छलफलमा आउलान् नै। यसबाहेक यो बैठकले कोरोना भाइरससँग जोडिएको एउटा भ्रमलाई पनि बाहिर ल्याइदिएको छ।, शुक्रबारको बैठकमा उपस्थित प्राय: नेताहरू...
सबिना श्रेष्ठ अनिषा महर्जनको निम्ति काठमाडौंको खानेपानी समस्या कुनै नौलो कुरो होइन। यो त उनले सानैदेखि देख्दै-भोग्दै आएको समस्या।, त्यही भएर वातावरण विज्ञानमा स्नातकोत्तर गर्दा अनिषाले बर्खाको पानी व्यवस्थापनबारे 'थेसिस' गरिन्। यही विषयलाई लिएर 'डोपर चेन्जमेकर च्यालेन्ज' मा भाग लिइन् र विजेता भइन्।, विजेता भएबापत् दुई...
सेतोपाटी बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। , दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।, पूर्वपश्चिम राजम...
सेतोपाटी सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।, एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक...
नारायण खड्का मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको अझैंपनि शव व्यवस्थापन हुन सकेको छैन ।, शव व्यवस्थापन नहुँदा शव कुहिने तथा गन्हाउने अवस्थामा पुगेको छ।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनका अनुसार त्यो शव नउठाउँदा सम्म अरू कसैको शव आएमा कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको छ।, ‘हामी कहाँ ...
नेहा झा जनकपुर प्रादेशिक अस्पतालमा धनुषाका १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएपछि क्वारेन्टिनको भद्रगोल र अस्पतालको लापरबाहीले उनको ज्यान गएको भन्दै आलोचना भइरहेको छ।  , भारतबाट जेठ १४ गते घर फर्किएका राजुले ज्यान गुमाउनुमा क्वारेन्टिनको भद्रगोल, अस्पतालको कमजोरीसँगै अविश्वनीय र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)ले म...
प्रभाकर गौतम शंखमुल चोक अचेल अर्कै देखिन्छ। न यात्रु कुर्ने टेम्पोको लश्कर, न टेम्पो कुरेका यात्रुको भिड। लकडाउनयताका तीन महिना शंखमुल पुल नजिकैको टेम्पो स्ट्यान्डले सवारीसाधन, चालक र यात्रु 'मिस' गरिरहेजस्तो देखिन्छ।, लकडाउनअघि यो बाटोमा सयभन्दा बढी टेम्पो गुड्थे। नयाँ बानेश्वर चोक हुँदै जोरपाटी‍-आरुबारीसम्म पुगेर फर...
सेतोपाटी संवाददाता लागूऔषध कारोबार संलग्नको आशंकामा ललितपुरका प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिइएको छ।, लागूऔषध नियन्त्रण ब्युरोले महानगरीय प्रहरी परिसर, ललितपुरका एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो।, बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जा...
नारायण महर्जन काठमाडौंको माइतीघर मण्डलालाई झिलिमिली बनाइएको छ।, काठमाडौं महानगरको प्रयासमा मण्डलामा विभिन्न खम्बा, भित्तामा थरिथरिका बत्ती जडान गरी झिलिमिली बनाइएको हो।, रातिको समयमा पनि शहरलाई आकर्षित देखाउनका लागि यस क्षेत्रमा लिड लाइट र कलर साइड लाइट राखेर झिलिमिली बनाइएको महानगरले जनाएको छ।, परीक्षणका लागि पहिलो च...