content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता प्रदर्शन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका ६ जना विदशी नागरिकलाई कारबाहीको लागि प्रहरीले अध्यागमन विभाग बुझाएको छ।, शनिबार कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा केही विदेशीहरू पनि सहभागी थिए।, प्रहरीले प्रदर्शनस्थलबाट प्लेक... |
नारायण खड्का दाङमा आइतबार एकैदिन ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्।, बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४५ संक्रमित थपिएका छन्। बंगलाचुली घर भएका एकजना भने प्यूठानको माण्डवीको क्वारेन्टिनमा बसेका व्यक्ति हुन। त्यो संगै उक्त गाउँपालिकामा मात्रै आइतबार ४५ जना संक्रमित फेला परेका छन्।, योसँगै दा... |
सेतोपाटी संवाददाता नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ। उनी सवार गाडी आइतबार बर्दघाट नगरपालिका वडा नम्बर-४ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताएका छन्।, घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पत... |
रासस कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन्। बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन्।, ,जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ। १०१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवध... |
युवराज श्रेष्ठ धरान घर भएका पर्यटक गाइड एलन बिष्ट अहिले दिनहुँ पर्यटकलाई लिएर फेवाताल जान्छन्।, पर्यटकलाई फेवाताल देखाउन र घुमाउन भने उनी फेवाताल गएका होइनन्। फेवातालमा थुप्रिएका प्लास्टिक र फोहोर उठाउन उनी १५ दिनदेखि ताल वरिपरि घुमिरहेका छन्।, रसियन पर्यटक एलियाना सगरमाथा क्षेत्रको थ्री पास गर्न नेपाल आएकी थिइन्। लकड... |
सेतोपाटी संवाददाता अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघ (युएन)को जहाजले १८ जना नेपालीलाई स्वदेश फर्काएको छ। , आइतबार बिहान अफगानिस्तानबाट उडेको जहाज पौने १ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरू संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत थिए। , कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दिएको जानकारी... |
प्रशन्न पोखरेल सरकारले सोमबार (भोलि) देखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ।, शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो।, कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।, काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ।, ‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल... |
सेतोपाटी संवाददाता सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने बताएका हुन्।, निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्... |
एजेन्सी चीनमा ग्यास बोकेको ट्यांकर बिस्फोट १९ जनाको मृत्यु भएको छ।, शनिबार स्थानीय पौने पाँच बजे झेजियाङ प्रान्तको दक्षिण सांघाईको वेलिङ शहरनजिकैको शेन्याङ हाइकौउ एक्स्प्रेस वेमा ट्यांकर बिस्फोट भएको थियो। ट्यांकर बिस्फोटबाट नजिकैका भवनहरूमा पनि क्षति पुगेको थियो।, बिस्फोटमा परी १९ जनाले ज्यान गुमाएको र एक सय ८९ जना घ... |
निशा भण्डारी जेठ १० गते रूकुम पश्चिमको चौरजहारीमा भएको ६ जनाको हत्याको विरोधमा आइतबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ।, संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार अपरान्ह प्लेकार्डसहित प्रदर्शन र छलफल गरेको छ।, प्रदर्शनकारीले ‘जात हेरेर न्याय किन’, ‘यो देश दलितको पनि हो’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।, प... |
नारायण खड्का बाँकेस्थित कोहलपुर मेडिकल कलेजका डाक्डर, नर्स र कर्मचारी समेत गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको छ।, जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एकजना पेटसम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कका आएका ८ जना डाक्टर, ४/५ जना सहयोगी कर्मचारी र अन्य नर्स समेत गरी आइतबारदेखि ४२ जनालाई क्वारेन्टिन... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा आइतबार ४२५ जना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् भने १९ जनाले ज्यान गुमाएका छन्। , पछि... |
सेतोपाटी संवाददाता निजी प्रयोगशालाले एकजना व्यक्तिको कोरोनाभाइरसको परीक्षण गरेबापत साढे पाँच हजार रुपैयाँ शुल्क लिन पाउने भएका छन्। यो शुल्क स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने भएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा निजी प्रयोगशालालाई पनि परीक्षण गर्ने दिने निर्णय भएको जानकारी ... |
युनिक श्रेष्ठ असार ७ गते आइतबार वलय सुर्यग्रहण लाग्दैछ।, नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सुर्यग्रहण वलय भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।, सो दिन काठमाडौंमा सूर्यग्रहण १० बजेर ५३ मिनेटमा सुरू हुनेछ भने दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ। काठमाडौंबाट देखिने सुर्यग्रहणमा चन्द्रमाले ८५ प्रतिशतले ढाक्ने सोसा... |
सेतोपाटी संवाददाता रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।, महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्... |
सेतोपाटी संवाददाता काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ।, शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंकी एक महिला कोरोना पोजेटिभ देखिएको हो।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको कोरोना पोजेटिभ आएको हो।, शुक्रबारमात्रै ४४८ जना कोरोना भाइरसका ... |
एजेन्सी पूर्वी युरोपेली मुलुक युक्रेनकी प्रथम महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कालाई कोरोना देखिएको हो।, आफूलाई कोरोनाभाइरसको संक्रमण भएको उनले शुक्रबार फेसबुकमार्फत् जानकारी दिएकी छन्। उनका श्रीमान र छोराछोरीको कोरोना परीक्षणको रिपोर्ट भन... |
विवेक राई शुक्रबार कोरोना संक्रमितको संख्या ५ हजार नाघेसँगै नेपाल कोरोना उपचारको तेस्रो चरणमा प्रवेश गरेको छ।, स्वास्थ्य मन्त्रालयले यसअघि तय गरेको 'इमर्जेन्सी रेस्पोन्स प्लान' अनुसार संक्रमितको संख्या ५ हजार नाघेपछि उपचार विधिको तेस्रो चरणमा प्रवेश गर्ने भनिएको छ।, तेस्रो चरणमा प्रवेश गरेसँगै सामान्य लक्षण भएका संक्र... |
सेतोपाटी संवाददाता सरकारले २ सयभन्दा बढी एक्टिभ संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सकिने जनाएको छ।, स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो।, झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले सं... |
सेतोपाटी संवाददाता आजदेखि नेपालमा मनसुनी वायु प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलका अनुसार पूर्वी नेपालमा प्रवेश गरेको मनसुनी वायुको प्रभावले उक्त क्षेत्रमा वर्षा हुन थालेको छ।, ‘सामान्यत: नेपालमा जुन १० मा मनसुनी प्रणाली प्रवेश गर्छ। यसपालि २ दिन ढिला भयो तर यो पोहोरभन्दा छिटो हो,’ उनल... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामको लागि भएको खर्च निकै कम भएको बताएका छन्।, सरकारले खर्च गरेको १० अर्बको विवरण देखाउन माग राख्दै बुटवलमा पनि प्रदर्शन भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुकमार्फत यस्तो प्रतिकृया दिएका हुन्।, ‘अहिले जति... |
सेतोपाटी संवाददाता सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ।, स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ।, सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो।, यी चार वटै ज... |
एजेन्सी कोरोना भाइरसका कारण ज्यान गुमाउने मुलुकमा ब्राजिल दोश्रो स्थानमा उक्लेको छ।, जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार ब्राजिल बेलायतलाई उछिन्दै दोश्रो स्थानमा उक्लेको हो।, हाल ल्याटिन अमेरिकी देश कोरोना भाइरसको केन्द्रबिन्दु भएको छ। कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।, ब्राजिलको स्वास्थ्य म... |
एजेन्सी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ।, पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितहरू भेटिएको अधिकारीहरुले जनाएका छन्।, उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोन भाइरसको संक्रमण भएको पुष्टि गरिएको हो।... |
सेतोपाटी जिल्ला सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन्।, जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ।, शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमिन अतिक्रमित हुँदै गएको छ।, यसअघि जिल्ला स्वास्थ्य कार... |
विवेक राई वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।, अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा हातहतियार र बमसहित* पक्राउ परेका छन्।, शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का श्याम भनिने सानुराज बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनलाई बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानबाट बमस... |
सेतोपाटी घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख रूपैयाँ बराबरको बजेट खर्च गरेको जनाएको छ।, क्वारेन्टिन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७ सय ०५ रूपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ।, कोरो... |
सेतोपाटी वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १८४ पुगेको छ।, प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढार्इँले जानकारी दिए।, ... |
एजेन्सी प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन्।, नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन्।, श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्नुभएका सरस्वतीले गए राति ... |
सेतोपाटी कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ।, समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो।, गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्... |
सेतोपाटी संवाददाता बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार बालकको हिजो राति भेन्टिलेटरमा उपच... |
सेतोपाटी संवाददाता माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका केहीलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार अहिलेसम्म ५-७ जना पक्राउ परिसकेको जानकारी दिए।, 'उच्छृंखल हुन खोज्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ। केही पक्राउ परिसकेका छन्,'उनले भने।, मंगलबारदेखि विभिन्न म... |
गिरीश गिरी घरैमा बसेर कला संग्रहालय घुम्ने नयाँ सुविधा अर्थात् 'भर्चुअल आर्ट ग्यालरी'को सुरूआत नेपालमा पनि भएको छ। पछिल्लो समय 'म्युजियम अफ नेपाली आर्ट (मोना)' ले यस्तो सेवा सुरू गरेको छ। प्रविधिकै मार्फत् चित्र हेर्ने मात्र नभई ग्यालरी पुग्ने, त्यहाँको परिवेशको आनन्द लिँदै टहलिने, मन लागेको बाटो हुँदै गुज्रने अनि ठाउ... |
निशा भण्डारी कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारी कदम नभएको भन्दै शनिबार पनि माइतीघर मण्डलमा विरोध प्रदर्शन भयो।, सरकारले आरडिटी परीक्षण रोकेर १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने र कोरोना नियन्त्रणमा भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने मागसहित नागरिकस्तरबाट विर... |
सेतोपाटी संवाददाता माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले ७ विदेशीसहित १० जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा १ अमेरिकन,१ क्यानडियन,३ चाइनिज,१ नर्वेजियन,१ अस्ट्रेलियन नागरिक र ३ नेपाली रहेका महानगरीय प्रहरी परिसरमा एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, ‘उनीहरूले प्लेकार्ड... |
सेतोपाटी संवाददाता नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भ... |
सेतोपाटी जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्।, शनिबार नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो।, महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्... |
नारायण खड्का दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एक युवाको शनिबार मृत्यु भएको छ।, बंगलाचुली गाउँपालिका वडा नम्बर ६ स्थित भुटनेटा क्वारेन्टिनमा बसेका १७ वर्षीय युवकको मृत्यु भएको हो।, उपचारका लागि दाङवाट बुटवल लैजाने क्रममा: शनिबार बिहान १० बजेतिर ती युवकको बाटोमै मृत्यु भएको हो।, ती युवक प्यूठानको माण्डवी गाउँपालिका ... |
सेतोपाटी कपिलवस्तुमा छुट्टाछुटै स्थानमा शनिबार दुई शव फेला परेका छन्।, जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।, अत्याधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएको जनाइएको छ।, त्यस्तै बुद्धभूमि नगरप... |
सेतोपाटी संवाददाता दाङमा झन्डै ८० रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन्।, राजपुर गाउँपालिका निवासी सुरेन्द्र भण्डारीको कुखुराको फार्ममा जुवा खेलिरहेको बेला उनीहरू पक्राउ परेका हुन्।, गोप्य सूचनाको आधारमा १३ जना जुवाडेसहित नगद ७९ हजार ९ सय ८० रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह रा... |
नारायण खड्का ६० वर्षीया पार्वती परियार र ७० वर्षीया काली कँवर पातुखोलाको मैना बगरमा छन्। जहाँ उनीहरू बाँच्नका लागि संघर्ष गरिरहेका छन्। ढुंगा र बालुवाले भरिएको बगरमा ढुंगा अलग पार्ने र बालुवामात्रै निकाल्ने उनीहरूको दैनिकी बनेको छ।, बालुवा कोतर्न व्यस्त उनीहरूले हातले समात्न मिल्ने हातका औंला जस्तै तार जाली बुनेर ल्या... |
सेतोपाटी सिस्ने गाउँपालिका वडा नं ३ पोखरामा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ।, टिपरको छतबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले किचेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।, सिस्ने– ३ को अमलाचौरमा निर्माणाधीन स्वास्थ्यचौकी भवनका लागि दाङबाट इँटा लिएर आएको चु... |
सेतोपाटी २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १८७ जना कोरोनामुक्त भएका छन्।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा १८७ जना डिस्चार्ज भएको जानकारी दिए।, त्यसमध्ये आठ महिला र १८९ पुरुष छन्। यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ।... |
सेतोपाटी संवाददाता सरकारले माध्यमिक शिक्षा परीक्षा एसइई यो वर्षका लागि खारेज गरेसँगै विद्यार्थीले के आधारमा सर्टिफिकेट पाउँछन् भन्ने चासो छ।, शिक्षा मन्त्रालयको प्रस्तावअनुसार बुधबार राति सकिएको मन्त्रिपरिषद बैठकले यसबारे प्रष्ट भनेको छ– विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउँछ।, त्यो अ... |
सेतोपाटी संवाददाता सरकारले झन्डै तीन महिनापछि लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई तीन चरणमा खुकुलो बनाउने निर्णय गरेको हो।, सोही अनुसार पहिलो चरणको लकडाउन खुकुलो बनाउने रणनीति आजैबाट लागू भएको छ। लकडाउन खुकुलो पार्ने सरकारको रणनीतिसँगै संक्रमणको जोखिम पनि बढेको सरुवा र... |
सेतोपाटी संवाददाता भक्तपुरमा चिप्लिएर ढलभित्र पसी बेपत्ता भएका ट्रक चालक ललितपुरमा मृत अवस्थामा फेला परेका छन्।, उनको शव बिहीबार बिहान साढे १० बजे बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको थिए।, त्यसपछि प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी प... |
रासस सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको क्वारेन्टिनमा विरामी परी मृत्यु भएका एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, जिल्लाको मालारानी गाउँपालिका-४ निवासी ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार पुरुषको बुटवलबाट उपचार गरेर फर्कने क्रममा... |
भगवती पाण्डे बुधबार मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।, जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं. ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। उक्त क्वारेन्टिनमा उनीसहित ७ जना बस्दै आएका... |
सेतोपाटी संवाददाता सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार भोलिदेखि जोरबिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, महाशाखाले विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको जानकारी दिएको हो। उ... |
सेतोपाटी सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ।, यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ। , कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो।, कर्णाली प्रदेश सरकारको ७५ लाख र... |
सेतोपाटी संवाददाता बुधबार मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि दाहसंस्कारमा समस्या भएको छ।, बुधवार विहान मृत्यु भएका पुरुषको बिहीबार आएको स्वाव परिक्षणको रिपोर्टले उनमा कोरोना पुष्टि गरेको थियो। उनको शवलाई गाउँमै लगिएपनि स्वाव रिपोर्ट नआउँदा सम्... |
सेतोपाटी कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७ सय ६३ पुगेको छ।, बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ६३ पुगेको हो।, कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउ... |
एजेन्सी बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तीव्र बनाएको छ।, अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो ... |
सेतोपाटी संवाददाता नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ। बाजुराको क्वारेन्टिनमा रहेकी शिशुमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले सेतोपाटीलाई जानकारी दिए।, सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो। शिशुकी आमालाई प... |
सेतोपाटी उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ।, ज... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो।, मुग्लिनबाट भरतपुरतर्फ आउ... |
सेतोपाटी चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो विरामीको मृत्यु भएको भन्दै बिहीबार तोडफोड गरेका छन्।, उनीहरुले अस्पतालको सघन उपचारकक्ष बाहिर तोडफोड गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको ... |
युनिक श्रेष्ठ सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ।, सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको सेतोपाटीलाई पुष्टि गरे।, ‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार ... |
विवेक राई दैनिक ३ सय जनाको पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण गर्नसक्ने भन्दै ९ वटा निजी प्रयोगशालाहरूले निवेदन दिएका छन्।, बिहीबारसम्म समयावधि रहेकोमा ९ वटा निजी प्रयोगशालाको निवेदन परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिइन्।, गत साता प्रयोगशालाले निजी क्षेत्रसँग पनि परीक्षणमा सहक... |
सेतोपाटी संवाददाता दाङमा त्रिशूल प्रहारबाट शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ।, बबई गाउँपालिका वडा नं. ३ धनवास गुन्द्रीबजार टोल निवासी ४६ वर्षीय नारायणप्रशाद डाँगीको त्रिशूल प्रहारबाट हत्या भएको हो।, बिहान ८ बजेतिर स्थानीय २४ वर्षीय बालाराम वलीले मन्दिरको त्रिशूलले एकाएक डाँगीमाथि आक्रमण गरी हत्या गरेको इलाका प्... |
सेतोपाटी संवाददाता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत नेपाली सेनाका प्यूठ मृत अवस्थामा फेला परेका छन्।, बिहीबार राति पौने १२ बजे बैतडी घर भइ अस्पतालमा कार्यरत प्यूठ डम्बरबहादुर विष्ट छातीमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।, 'उसको ९ देखि १२ बजे सम्मको ड्युटी हो। ड्युटीकै क्रममा मृत फेला परेका हुन्,' महा... |
सेतोपाटी संवाददाता मृत्युपछि कोरोना पुष्टि भएका अर्घाखाँची, मालारानी गाउँपालिकाका ५७ वर्षीय पुरूषको शुक्रबार मध्यान्ह दाहसंस्कार गरिएको छ।, गत जेठ १४ गते भारतको मुम्बईबाट आएका मालारानी गाउँपालिका वडा नं. ४ खन मैदानका पुरूषको बुधबार मृत्यु भएको थियो।, भारतमै घाँटीको भोकल कर्डको अपरेसन गरेका उनलाई गाउँपालिकाले वडा नं. ४... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ।, शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन्।, त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनह... |
सेतोपाटी संवाददाता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई न्युरोडबाट पक्राउ गरेको हो।, 'सासंद सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा भन्नेलाई पक... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले क्वारेन्टिन सञ्चालनमा अवरोध पुर्याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।, मंगलबार कार्यालयले सूचना जारी गर्दै होल्डिङ सेन्टर र होटल क्वारेन्टिन सञ्चालनमा अवरोध पुर्याउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो।, सञ्चालनमा अवरोध पुर्याएमा कार्यालयले संक्रामक रोग ऐन, २०... |
भगवती पाण्डे झण्डै एक महिना अघि अम्बाको रूखबाट लडेर घाइते भएको भन्दै अस्पतालमा भर्ना भएकी तिलोत्तमा नगरपालिका-१० की एक बालिकालाई छिमेकी किशोरले यौन दुर्व्यवहार गरेको पाइएको छ।, बालिकाको यौनांगमा कोदालीको बिँड कोचेर घाइते बनाउने १४ वर्षीय किशोरलाई रूपन्देही जिल्ला अदालतले नाबालक भएको भन्दै अहिले अभिभावकको जमानीमा छोडेक... |
सेतोपाटी संवाददाता जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन्।, सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ।, उक्त विधेयकमा संशोधन दर्... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। , योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्। , सरकारले पछिल्ल... |
दिपकजंग शाही कालिकोटमा बुधबार भएको टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।, नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको भए पनि अवस्था गाह्रो भएका कारण काठठमाडौं नै लगिएको प्रदेश प्रहरी क... |
सेतोपाटी संवाददाता भक्तपुरमा लडेर ट्रक चालक ढल भित्र पसेपछि बेपत्ता भएका छन्।, बुधबार सवा तीन बजे भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका उनी चिप्लिएर ढल भित्र पसेको महानगरीय प्रहरी परिसरका डिएसपी दिपक गिरीले जानकारी दिए।, ढलभित्र पसेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत ना ६ ख १६१६ ... |
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारमा मंगलबार भएको सामूहिक हत्याकाण्ड व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशुफर्ममा काम गर्ने तीन कामदार, तथा दुई जना स्थानीय युवाको हत्या अभियोगमा सुर्खेत ले... |
सेतोपाटी चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ।, बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो।, यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई प... |
समिक्षा अधिकारी करिब दुई महिनाअघि अफ्रिकाको सडकमा बेग्लै चहलपहल देखियो। आसपासका मान्छे के भयो भनेर हेर्न थाले। उनीहरूले देखेको दृश्य निकै रोचक थियो। मोबाइलबाट भिडिओ खिचे जुन भाइरल भयो- सडकमा तीन वटा पेनगुइन टुकुटुकु हिँडिरहेका। केप टाउनमा हिँड्दै गरेका ती पेनगुइन बिना डरधक सडक पार गर्दै थिए।, त्योभन्दा अलि अगाडि अफ्रि... |
सेतोपाटी संवाददाता पाटन अस्पतालबाट 'अल्ट्रासाउण्ड' मेसिन चोरी गरेको आरोपमा एक चिकित्सकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार महानगरीय प्रहरी परिसरले पाटन अस्पतालको आइसियुबाट 'पोर्टेबल अल्ट्रासाउण्ड' मेसिन चोरी गरेको आरोपमा ३६ वर्षीय चिकित्सक डा. प्रवीण मिश्र र २० वर्षीय रमेशकुमार शर्मालाई पक्राउ गरेको हो।, म... |
सेतोपाटी संवाददाता हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।, बुधबार राती करिब ९ बजे टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी हवल्दार केशर दोर्जे थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, थप विवरण आउन बाँकी।,
हेटौंडामा टिपरको ठक्करबाट एक प्... |
प्रकाश सिलवाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ।, मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्... |
एजेन्सी नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ।, हातहतियार र सवारी साधन सहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए।, एक जना वरिष्ठ सैनिक अधिकारीले पशुपालन... |
सेतोपाटी संवाददाता गर्दै आएको रोजगारी गुमेपछि सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा आफ्नै ज्यानमा आगो लगाएपछि ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई सो अस्पताल चलाउँदै आएको न्याय हेल्थ, नेपालले आर्थिक सहयोग र रोजगारी दिने जनाएको छ।, संस्था अध्यक्ष सुरज वैधले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्याय हेल्थले ... |
सेतोपाटी भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर वेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन्।, अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादु... |
सेतोपाटी मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्।, मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ।, अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपा... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीका फोहरा र लाठी हानेको छ।, कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेक... |
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण मौसमसँग सम्बन्धित हुन्छ भन्ने बारेमा पर्याप्त आधारहरू नभएको स्पष्ट पारेको छ।, 'हामी मौसम परिवर्तन वा तापमान बढ्नु यस भाइरसको जवाफ हो भन्ने आशामा अहिले नै भन्न सक्दैनौं', डब्लुएचओका आपतकालिन कार्यक्रमका प्रमुख डा. माइक रायनले भने।, 'अहिले हामीसँग मौसम परिवर... |
सन्जिब बगाले सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ।, बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई बताए।, ती मन्त्रीका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्।... |
सेतोपाटी संवाददाता बिहीबार बिहान देखिनै उपत्यकामा चहलपहल बढ्यो। बुधबार रातिको मन्त्रिपरिषद् बैठकले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै जाने निर्णय गरेको थियो। निजी सवारीसाधनहरू पनि जोर– बिजोर गरी चलाउने निर्णय गर्यो।, त्याे निर्णयका बावजुद पनि बिहीबार भने थुप्रै संख्यामा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो। जस... |
सेतोपाटी संवाददाता बिहीबार १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन्। ,रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो। उनीहरूलाई ल्याएर जजिरा एयरवेज एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो।, आजै अर्को जहाजबाट थप १५० नेपाली आउँदै छन्। आज नेपाल फर्किनेमा अधिकांश घरेलु महिला क... |
नारायण महर्जन रोजगारीका लागि कुवेत पुगेका १५० नेपाली महिला स्वदेश फर्किएका छन्। , कोरोनाभाइरसपछि सिर्जित समस्यामा परेका डेढ सय नेपाली महिलालाई कुवेतबाट ल्याइएको हो। अर्को जहाजबाट थप १५० नेपाली आउँदै छन्।, कुवेत सरकारकै पहलमा जजिरा एयरवेजको न्यारोबडी विमानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्। , त्रिभुवन विमानस्थलमा आवतरण... |
सेतोपाटी संवाददाता अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।, बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रधानसम्पादक थापाले राजीनामा पत्र बुझाएका हुन्।, आफूले राजीनामा बुझाइसकेको थापाले सेतोपाटीलाई बताए। थापा २०७५ साउन १६ गते अन्नपूर्ण पोष्टको प्रधानसम्पादक... |
सेतोपाटी संवाददाता जडीबुटीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, मंगलबार बिहान साढे १० बजे पेप्सीकोलाबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००५-प १५९८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५१ नम्बरको कारले ठक्कर दिएको थियो।, कारको ठक्करबाट गम्भीर घाइते स्कुटर चालकको ग्वार्कोस्थित बि... |
नारायण महर्जन पुनर्निर्माण क्रममा रहेको रानीपोखरीमा दुई दिनअघि जमेको वर्षाको पानीले समस्या उत्पन्न भएको छ। पिँध निर्माण नसकिँदै आकासेपानी जम्दा काम रोकिएको छ।, रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष होमप्रसाद खड्गीले आकासेपानी जमेर काम रोकिएको बताएका छन्।, 'अब पम्पले पानी तानेर फेरि काम सुरू गर्न खोजिरहेका... |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो।, नेपालस्थित सङ्गठनका प्रतिनिधि डा... |
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छीबजारका कृष्णबहादुर पुन सधैंझै मंगलबार पनि बिहानै उठेर गोठमा गए।, उनी बिहानै उठेर गोठमा जान थालेको ६ वर्षजति भइसक्यो। कान्छीबजारको मैनहवामा उनको गंगादेवी पशु फर्म छ।, फर्मका गाई भैंसी, हाँस, बाख्रा, कुखुराको रेखदेखको काम उनले माधव र जानकी मुसहरलाई दिएका थिए। एक महि... |
सेतोपाटी संवाददाता पूर्वराजकुमारी हिमानी शाहले आफ्ना दुई छोरीहरूसँग बनाएको टिकटक भिडियो अहिले चर्चामा छ।, पहिलो भिडियो जेठी छोरी पूर्णिका शाहको टिकटकबाट अपलोड भएको थियो। गायक सविन राईको ‘गुराँसको फेदमुनि’ बोलको गीतमा हिमानी दुई छोरीहरू कृतिका र पूर्णिका साथ नाचिरहेकी छन्। भिडियोमा पूर्णिकाले आफ्नी आमाबाट नाच्न सिकेको ... |
विवेक राई कोरोना भाइरसविरूद्ध औषधि तयार गरेको दाबी गरेपछि त्रिभुवन विश्वविद्यालय, वन विज्ञान तथा अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दास अहिले चर्चामा छन्। यसबारे राष्ट्रिय समाचार समिति (रासस) द्वारा सम्प्रेषित दुई समाचार सेतोपाटीले पनि छापेको थियो।, नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्र... |
सेतोपाटी संवाददाता अवैध रूपमा स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई विक्री-वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार २ बजे काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित खुशीबुबाट नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाउने दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित बनारस घर भई खुशीबु बस्... |
सेतोपाटी संवाददाता लकडाउन खुकुलो भएको भन्दै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरू बढेका छन्। , खुकुलो भएको भन्दै चहलपहल बढेपछि महानगरीय ट्राफिक महाशाखाले मंगलबार चेकिङमा कडाइ गरेको हो। उपत्यकामा बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। , जसमध्ये ३,६४७ वटा द... |
सेतोपाटी सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोना जितेर मङ्गलबार घर फर्किएका छन्।, उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए।, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पतालको आइ... |
एजेन्सी इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस संक्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ संक्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मंगलबार बताएका छन्।, कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका एक सदस्य एहसान मोस्तफावीले भने, 'कोभिड–१९ प्रभाव अध्ययन दलको तथ्याङ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.