content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ। , डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो। , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ...
सेतोपाटी संवाददाता भारतबाट आएका एक जना युवकको चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको छ।, ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले सेतोपाटीलाई बताए।, ‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो। तर स्थि...
सुधिर भण्डारी शुक्रबार युएईबाट एक जना बच्चासहित १६८ र म्यानमारबाट २६ जना नेपाली जहाजमा स्वदेश फर्किए। सरकारले उद्दार गरेर दुई देशबाट आएकाहरू 'क्वारेन्टाइन' मा पठाइए।, दुबईबाट नेपाली यात्रु बोकेर आएको एयर अरेबियाको जहाजमा रहेको एउटा शरीर भने क्वारेन्टाइन पुगेन। उक्त जहाजमा एउटा शव पनि नेपाली भूमि आइपुगेको छ।, वैदेशिक र...
रासस फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ।, जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ।, निकै चिसो मौसम हुने यस क्षेत्रमा...
युवराज श्रेष्ठ सरकारले अनुदान दिएर घर–घरमा गोबर ग्यास बनेको देख्दा पोखराका कुशल गुरुङलाई यही ग्यास सिलिन्डरमा राख्न मन लाग्थ्यो। जसरी एलपी ग्यास सिलिन्डरमा किनबेच हुन्छ, गोबर ग्यास त्यसरी नै किनबेच गर्न सकिन्छ कि भनेर गुरुङ र उनका टिमले छलफल थालेका थिए।, भारतको गुजरात स्थित 'अमुल डेरी' सम्म पुगेर उनीहरूले गोबर ग्यास स...
प्रशन्न पोखरेल सामाजिक सञ्जालमा शुक्रबारदेखि ‘कोरोना परीक्षण प्रमाणपत्र’ भाइरल छ।, कहाँ, कसले दियो प्रमाणपत्र भन्नुहोला! कुरा प्रदेश नम्बर ५ को अर्घाखाँची सन्धिखर्क नगरपालिकाको हो।, यो नगरपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षण गर्दै नेगेटिभ आएकोलाई प्रमाणपत्र थमाएर घर पठाएको छ।, ‘भारतबाट फर्कने...
विवेक राई कोरोनाभाइरसको पिसिआर परीक्षणमा कडाइ गर्ने सरकारको नीति विवादित बनेको छ।, स्वास्थ्य मन्त्रालयले हालै कोरोना परीक्षण सम्बन्धी नयाँ निर्देशिका ल्याएको थियो।, उक्त निर्देशिकाले शंकास्पद र जोखिममा रहेका व्यक्तिकै परीक्षण नहुने देखिएपछि विज्ञहरूले यसले संकट आउन सक्ने चेतावनी दिएका छन्।, सरकारले परीक्षणको दायरा बढा...
सेतोपाटी संवाददाता आइतबार (भोलि) देखि मालपोत कार्यालय खुल्ने भएको छ।, कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्।, ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता...
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन्। उनीहरू दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन्।, देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई स...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।, शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौं महानगरका ४ जना संक्रमित थपिएका जानकारी दिएका हुन्।, काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूष...
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।, डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।, धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो।, डोल्पाका पुरूषको गत २१ गते राति २ बजे मृत्यु...
सेतोपाटी संवाददाता कपिलवस्तुमा शनिबार ४८ जना कोरोना संक्रमित थपिएका छन्। अब कपिलवस्तुमा संक्रमित संख्या पाँच सय २३ पुगेको छ।, शुक्रबारसम्म संक्रमितको संख्या चार सय ७५ थियो।, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार महराजगंज र बुद्धभूमि नगरपालिका तथा यशोधरा र विजयनगर गाउँपालिकाका संक्रमित थपिएका हुन्।, राष्ट...
सेतोपाटी संवाददाता शुक्रबार बिहान जुम्लाको क्वारेन्टिनमा मृत्यु भएको एक जनाको पिसीआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ।, मृत्युलगत्तै स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर गरिएको थियो प्रतिष्ठानका मेडिकल सुपरिडेन्डेन्ट डा. मंगल रावलले रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्।, चन्दननाथ नथरपालिका...
दिपकजंग शाही शनिबार कर्णाली प्रदेशका ९८ जनामा कोरोना पुष्टि भएको छ।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको प्रयोगशालामा गरिएका स्वाब परीक्षणमध्ये ९८ जनामा कोरोना पोजेटिभ देखिएको हो।, शनिबार थपिएका संक्रमितमध्ये सल्यानका ३७, दैलेखका ४६, सुर्खेतका ९, जाजरकोटका ४ र डोल्पाका एक जना रहेका छन...
सेतोपाटी कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ।, कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ।, बिहान १० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जे...
सेतोपाटी जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ।, कोरोना संक्रमितको सङ्ख्या बढेपछि वडा सिल गरिएको हो।, जिल्लास्तरीय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ संक्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।, जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिना...
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसको पिसिआर विधिबाट दैनिक एक हजार परीक्षण बढाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस बिफ्रिङमा परीक्षण बढाउन आरएनए छुट्याउने (एक्सट्रयाक्सन) मेसिन खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए। , 'कम्तिमा हरेक प्रदेशमा एउटा मेसिन जडान गर्ने योजना...
सेतोपाटी संवाददाता धनुषामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, धनुषामा शनिबार थपिएका आठ जना संक्रमित थपिएका थिए। तीमध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा बनाइएको क्वारेन्टिनको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।, त्यस्तै उक्त क्वारेन्टिनकै सुरक्षाम...
सेतोपाटी संवाददाता तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।, कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको...
सेतोपाटी संवाददाता शुक्रबार राति साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ।, नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ।, यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द...
एजेन्सी ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन्।  , उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन्।, 'डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ', उनले भने।, उनले डब्लुएचओलाई राज...
नारायण महर्जन म्यानमारबाट आएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ।, त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको बसमार्फत् उनीहरूलाई सिधै बसुन्धारास्थित यती इभेन्ट्सको भवनमा लगिएको हो।, सेन्टरमा उनीहरूको ज्वरो जाँच गरिएको थियो। उनीहरू त्यहाँ रहँदाको सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्नेछ।, को...
एजेन्सी प्रहरीले गर्ने नश्लीय विभेदको विरोधमा जारी प्रदर्शनबीच अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउस वरिपरि छेकबार थपिएको छ।, सुरक्षाका सतर्कताका लागि ह्वाइटहाउस वरिपरि बार थपिएको र केही सडकमा आवागमन बन्द गरिएको सिक्रेट सर्भिसले  जनाएको छ। , ‘यो प्रयास ह्वाइटहाउस वरिपरि सुरक्षा उपाय कायम गर्न र शान्तिपूर्ण तरिकाले प्रदर्श...
नेहा झा साढे दुई महिनादेखि बन्द रहेको जनकपुरधामको बजार लकडाउनका बीच भोलिदेखि खुल्ने भएको छ।, ,जिल्ला प्रशासन कार्यालय धनुषामा आज बिहान जिल्ला सुरक्षा समिति र व्यवसायीहरुबीच भएको छलफलले कोरोना भाइरसबाट बच्न निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति गरेको हो।, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जनकपुरधाम उद्योग ...
विवेक राई सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।, सरकारी मातहतका प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि निजी क्षेत्रलाई पनि परीक्षण गर्ने ढोका खुलेको हो।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण प...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ।, बिहीबार बिहान पौने १० बजे मकवानपुरबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको ना१क ७२९३ नम्बरको डोजर चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।, प्रोगेसिभ कन्सट्रक्सन प्रालिको डोजर सडकबाट २५० मिट...
सेतोपाटी संवाददाता भारतबाट नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा बसेकी छन्। भैरहवा (बेलहिया) नाका हुँदै उनी मंगलबार आफ्ना आमाबुवासँगै निजी गाडीमा नेपाल आएकी हुन्।, उनीहरू आएलगत्तै सेल्फ-क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै आफूहरू सबैले कोरोना भाइरस संक्रमण जाँच गरेको पनि मनीषाले सेतोपाटीलाई जानकारी दिइन्।, 'ह...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, शुक्रबार अख्तियारले चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।, अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहा...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका ६ जनाले कोरोनामुक्त भएका छन्।, दैलेखका १ जना र सुर्खेतका ५ जना शुक्रबार अस्तालबाट डिस्चार्ज भएका छन्। पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेले जानकारी दिए।, उनीहरूलाई पाँच बजे डिस्चार्ज गरिएको छ। पहिलो लट भएक...
युवराज श्रेष्ठ गण्डकी प्रदेशमा पहिलो पटक चैतमा बेल्जियमबाट फर्केकी एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखियो। उनको स्वाब परीक्षण गर्न काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनुपर्‍यो।, त्यतिबेला गण्डकीका सबै जिल्लाको स्वाब परीक्षण गर्न काठमाडौं पठाउनुपर्थ्यो किनकी प्रदेशभरि नै कोरोना जाँच्ने मेसिन थिएन। ...
सेतोपाटी संवाददाता काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश भएको छ।, शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबैलाई धरौटीमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।, पक्राउ परेका आठ जनालाई ३० हजार धरौटीमा छाड्न आदेश दिइएको हो भने एक ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार शुक्रबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन्।  , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भ...
एजेन्सी भारतमा एक जना शिक्षिकाले वर्ष दिनमा एक करोड भारू तलब बुझेकी छन्।, उत्तर प्रदेशको कस्तुर्वा गान्धी बालिका विद्यालयमा विज्ञान पढाउने शिक्षिकाले गत फेब्रुअरीसम्म २५ वटा विद्यालयबाट तलब लिएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, कस्तुर्वा गान्धी बालिका विद्यालय निम्न वर्गीय परिवारका बालिकाहरूलाई पढाउन खोलि...
सेतोपाटी संवाददाता प्रयोगशालाको क्षमताभन्दा पाँच गुणा बढी स्वाब संकलन भएपछि सुदूरपश्चिम प्रदेशमा पाँच दिनको लागि स्वाब संकलन कार्य बन्द गरिएको छ।, प्रदेश स्वास्थ्य निर्देशनालयले एक हजार बढी स्वाब परीक्षण गर्न बाँकी रहेको भन्दै थप स्वाब संकलन नगर्न अनुरोध गरेको छ।, ‘स्वाबहरू धेरै संकलन भयो। राख्ने ठाउँ पनि छैन। होल्डमा...
एजेन्सी भारत सरकारले सपिङ मल, अफिस, रेष्टुराँ, मठ मन्दिरलगायत खोल्न दिने भएको छ।, बिहीबार भारत सरकारले सोमबारदेखि सपिङ मल, अफिस, रेष्टुरेन्ट, मठ मन्दिर लगायत खोल्न निर्देशिका तयार पारेको हो।, निर्देशिकामा सरकारले मलमा आएका ग्राहकहरूलाई व्यवस्थित तरिकाले आउन दिनेदेखि मन्दिरमा मूर्तिलाई छुन नदिनेसम्म तयार पारेको छ। तर स...
दिपकजंग शाही कर्णाली प्रदेशमा शुक्रबार १ सय जनामा कोरोना पुिष्ट भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा १ सय जनामा कोरोना देखिएको हो।, पोजेटिभ देखिएकामध्ये ९१ जना दैलेखका मात्र छन्। बाँकी सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १ जना पुरुष, जुम्लाको चन्दननाथ नगर...
सेतोपाटी संवाददाता शुक्रबार प्रदेश ५ मा थप भएका ४५ जना संक्रमितमध्ये ४४ जना कपिलवस्तुका मात्र रहेका छन्। एकजना भने गुल्मीका छन्।, प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कपिलवस्तुका यशोधराका २९ र महाराजगंजका १५ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , ती मध्ये यशोधरा गाउँपालिकाका सबै वडा नं. ७ का छन्। वड...
सेतोपाटी संवाददाता लकडाउनका कारण सयुक्त अरेब इमिरेट्स(युएई)मा रोकिएका १६८ जना नेपाली काठमाडौं आइपुगेका छन्।, नेपाली ल्याएर आएको एयर अरेबियाको जहाज शुक्रबार अपरान्ह  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।, विमानस्थल कार्यालयका अनुसार १६८ जना वयस्क तथा एकजना बच्चा उक्त जहाजमा आएका छन्।, सोही विमानमा एउटा शव...
रासस कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिराहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ।, सिराहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो।, क...
रासस कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्।, उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानून...
सविता बुढा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन्।, स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा राख्न मिल्ने व्यवस्था अनुसार अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो।, यसरी डिस्चार्ज हुनेमा अछामको मेल्ल...
सविता बुढा सरकारी तथ्यांक अनुसार सुदूरपश्चिमका पाँच जिल्लामा १० लाख ५६ हजार मानिस खाद्य असुरक्षामा छन्। वर्ष दिनको उत्पादनले नपुगेपछि दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा वर्षेनी ठूलो संख्यामा मानिसहरूले खाद्य असुरक्षा झेल्दै आएका छन्।, प्रदेश कृषि निर्देशनालयका अनुसार समग्र प्रदेशको लागि वार्षिक ५ लाख ४३ हजार मेट्र...
रासस म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ।, बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।, म्यान्माबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभि...
सेतोपाटी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ।, सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७-७८ को बजेटको बुँदा नं १६६ मा भएको उक्त व्यवस्था संविधानको मर्म र जनभावनाविपरीत देखिए...
सेतोपाटी कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन्।, आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।, अब नौ जिल्लामात्र बाँकी रहेका छन्। कोरोना नदेखिएका जिल्लाहरुमा इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश...
सेतोपाटी सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी दिएको छ।, अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बता...
सबिना श्रेष्ठ यिङ–यिङ र ले–लेबीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।, हङकङ 'ओसन पार्क' चिडियाखानाका यी पान्डा जोडीले कोरोना महामारीपछिको लकडाउनमा लसपस गर्ने समय पाए। सायद दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएका थिएनन्। लकडाउन त्यो समय बनेर आयो।, हेर्नुहोस्: ,चिडिया...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ।, संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ।, यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ।, संगठनकी प्रवक्ता मार्गरेट ह्यार...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ।, अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।, लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो।, 'अहिले धमाधम काम भइरहेको छ', आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भने, 'असार मसान्तसम्म काम सम्पन्...
एजेन्सी पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।, प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। , प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउ...
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।, २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए। ,क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भए...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय तानिएको छ।, उनीसँगै विभागकै व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालय तानिएको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम बिष्टले बताए।, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा मन्त्रालयमा रहेका दीपेन्...
सेतोपाटी संवाददाता लकडाउन खुकुलो बनाउन व्यापारीहरूले माग गरेका छन्।, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग बिहीबार जिल्ला समन्वय समिति काठमाडौंमा भएको छलफलमा व्यापारीहरूले पसल खोल्न दिनुपर्ने माग राखेका हुन्।, लकडाउनको समयावधि बाँकी छँदै बिहीबार न्युरोडलगायत ठाउँमा पसल खोलिएको थियो।, व्यापारीले आफूखुस...
नारायण खड्का ६ जनाको ज्यान जानेगरी भएको रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न रहेको अभियोग लागेकामध्ये १८ जना विरुद्ध म्याद भएको छ।, चौरजहारी घटनाका पीडित परिवारले २० जना विरुद्ध किटानी जाहेरी दिएकोमा पक्राउ परेका १८ जना विरुद्ध बिहीबार १० दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।, प्रहरीले...
एजेन्सी जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्ने अमेरिकाका पूर्वप्रहरीकी पत्नीले सम्बन्धविच्छेदको निवेदन दिएकी छिन्।, फ्लोयडको घाँटी थिच्ने मिनिसोटाका पूर्वप्रहरी डेरेक सउभिनकी पत्नी केली सउभिनले १० वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन लागेकी हुन्।, फ्लोयडलाई नियन्त्रणमा लिन सउभिनले ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी थिए...
सेतोपाटी संवाददाता नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।, बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।, मन्त्रालयले यसअघि बनाएको स...
नेहा झा धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।, आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्। , ,गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लाग...
नारायण ढुंगाना विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन्। दुई भने जगेडामा राखिएका छन्।, विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ।, सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्र...
सेतोपाटी संवाददाता प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले स्वास्थ्यकर्मीहरुलाई मर्यादित र संयमित हुन आग्रह गरेको छ।, समितिको आज बसेको बैठकले स्वास्थ्यकर्मीहरुले बढी भत्ता मागेको, बिरामीसँग मर्यादित व्यवहार नगरेको जस्ता विषयमा ध्यानाकर्षण भएको जनाएको हो।, ‘कोरोना संक्रमण देखिएका जिल्लाबाट उपचारका लागि आएका अन्य रोगक...
सेतोपाटी संवाददाता कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसँग परामर्श गरेको छ।, बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि...
एजेन्सी भारतीय राज्य केरलाको वन विभागले गर्भिणी हात्तीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, उक्त घटनामा संलग्न भएको आरोपमा बिहीबार दुई जनालाई वन विभागले हिरासतमा लिएको टाइम्स अफ इन्डियाले जनाएको छ।, स्थानीयले प्रमनाराकादु प्रहरी चौकीमा हात्तीको हत्या भएको भन्दै उजुरी दिएका थिए।, भारतका ,(सच्याइएको), वातावरण, वन ...
सेतोपाटी संवाददाता सरकारले असार ७ गतेभित्र करको विवरण र कर बुझाउन गरेको सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले आइतबार अर्को सुनुवाई गर्ने भएको छ।, अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस सुनेर मात्र अन्तरिम आदेश दिने वा नदिने निर्ण...
नेहा झा लकडाउनका बेला पसल खोलेको भन्दै प्रहरीले जनकपुरका एकजना व्यापारीमाथि निर्मम कुटपिट गरेको छ।, जानकी चोकमा केही व्यापारीले पसल खोल्न लागेको जानकारी पाएपछि बिहीबार बिहान प्रहरी सहायक निरीक्षकको टोली पसल बन्द गराउन गएको थियो।, सोही क्रममा ती व्यापारीसहित अन्यले प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको धनुष...
रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन्।, शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेम...
एजेन्सी अमेरिकामा रहेको भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ।, अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो।, प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरि...
एजेन्सी कोरोना भाइरसको अत्याधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ।, स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने, 'स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गए...
दिपकजंग शाही बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ।, पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।, भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।, ...
सेतोपाटी संवाददाता प्रदेश नं १ बाट आज थप ३० जना कोरोनामुक्त भएका छन्। , कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन्।, हालसम्म प्रदेश १ बाट ७८ जनाले कोभिड—१९ लाई पराजित गरेर घर फर्किएका छन्। यसैबीच प्रदेश १ मा आज ...
सेतोपाटी भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका छन्।, जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन्।, यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण...
सेतोपाटी पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि  १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।, यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो।, उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्व...
सेतोपाटी संवाददाता क्वारेन्टिनमा स्वयंसेवकको रुपमा खटिएका दलित युवाले पकाएको खाना नखाएपछि अर्घाखाँचीमा एकजनालाई अर्कै क्वारेन्टिनमा पठाइएको छ।, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ४ खन चुंदारटोलको समाजकल्याण प्रावि क्वारेन्टिनमा रहेका दिनेश घिमिरेलाई अर्को क्वारेन्टिनमा पठाइएको वडा सदस्य शसे सुनारले जानकारी दिए।, ...
सेतोपाटी मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन्।, प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती...
सेतोपाटी संवाददाता भारतको आएको निसर्ग चक्रवातका कारण  नेपालमा शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन सहितको वर्षा हुने भएको  छ।, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातको असर शनिबारसम्म नेपालको मौसममा पर्नेछ।, 'यसको असर तीन दिनसम्म रहन देखिएको ...
सेतोपाटी अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ।, यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।, हाल देशभर सामान...
सेतोपाटी संवाददाता कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ।, विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडा...
समिक्षा अधिकारी धेरै मान्छेको ध्यान कोरोना महामारी साम्य पार्ने खोप कहिले बन्ला भन्नेमा खिचिएको छ। कोरोनाभन्दा अझै भयानक रोग तथा समस्या समाधान गर्ने अरू खोप भने यो बेला प्रभावित भएका छन्- मुख्यगरी केटाकेटीलाई लगाइने खोप। , कोरोनाका कारण संसारभर बालबच्चालाई लगाइने खोप छुटेका छन्। तत्कालै व्यवस्थापन नहुने हो भने धेरै के...
नेहा झा लकडाउन लागू रहेको समयमा सरकारले कर बुझाउन ताकेता गरेको भन्दै वीरगञ्जका व्यापारीहरुले लगाएको सर्ट पाइन्ट फुकालेर विरोध जनाएका छन्।, वीरगञ्जको घन्टाघरमा उनीहरुले आफूहरुसँग केही नरहेको भन्दै सर्ट, पाइन्ट नै फुकालेर विरोध प्रदर्शन गरेका हुन्। सर्ट पाइन्ट नै सरकारलाई बुझाउने उनीहरुको भनाइ छ।, आज दिउँसो करिब साढे चा...
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ।, हालसम्म संक्रमण पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ।, स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन...
सेतोपाटी संवाददाता दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार साँझ ५ बजे गुराँस गाउँपालिका-४ को घोडाबासमा ना ५ ख १६८५ नम्बरको बस दुर्घटना भएको हो।, सो बस मोडबाट तीन सय मिटर तल खस्न गई कञ्चनपुर भिमदत्त नगरपालिका-५का चालक ४०-४५ वर्षीय कल्याणसिंह बोहराको घटनास्थलमै मृत्यु भएको छ।, 'भारतबाट फर्केका नेपालीहर...
सेतोपाटी कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ।, जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो।, कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जान...
सेतोपाटी मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ।, निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको १५ लाख रूपैयाँ र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो।, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२  कदमगाछीमा निर्माण गरिने घरको बुधबार शिलान्यास गरेका हुन्...
रासस महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन्।, श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालक...
एजेन्सी इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ।, कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो।, गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त ...
सेतोपाटी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन्।, वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन्।, मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरे...
सेतोपाटी कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ।, २० जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन्। एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ।, मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगर...
सेतोपाटी आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ।, आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए।, उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६...
सेतोपाटी संवाददाता प्रदेश ५ का ११ जिल्लामा हालसम्म ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, प्रदेश ५ मा भेटिएका संक्रमित मध्ये झण्डै आधा संक्रमित कपिलवस्तु जिल्लाबाट रहेका छन्।, हालसम्म कपिलवस्तुमा ४ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार त्यहाँका १० वटै पालिकाम...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ का एक जना प्रहरी सहायक निरीक्षक (असई)सहित चार जना प्रहरीलाई निलम्बन गरिएको छ।, सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनालाई बुधबार निलम्बन गरिएको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए।, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता...
सेतोपाटी पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ।, पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो।, उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए।, बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो।, नगरप्रमुख उपेन्द्रबहादुर थाप...
सेतोपाटी कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४ सय १७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ।, ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुने गरेको थियो।, जात्रामा काभ्रेपलाञ्चोकलगायत छ...
सेतोपाटी संवाददाता कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार गर्दा बालबालिकालाई समावेश गर्न नपाइने भएको छ। यसअघि दाहसंस्कारमा ६० वर्षमाथिका र दीर्घ रोगीहरूलाई मात्र प्रतिबन्ध लगाइएको थियो।, स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६' को पहिलो संश...
एजेन्सी भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ,भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अजयकुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालयमा अनुपस्थित रहे।, ‘उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फ...
सेतोपाटी संवाददाता काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छलफलमा जुटेका छन्।, लकडाउन जारी रहेकै बेला काठमाडौंलगायत उपत्यकाभित्र व्यापारीले पसल खोल्न थालेपछि सिडिओहरू छलफलमा जुटेका हुन्।, जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा बिहीबार बिहान ११ बजेदेखि बैठक चलिरहेको छ।, बैठकमा सहभागी ललितपुरका सिडिओ...
नारायण खड्का रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसीलाई दश दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ।, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विहीबार केसीका विरुद्ध दश दिने म्याद थप भएको सेतोपाटीलाई बताए। ‘वडाध्यक्षलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ,’ प्रजिअ पौडेलले भने ‘...
सेतोपाटी संवाददाता कपिलवस्तुमा कोरोना संक्रमण नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर सीमा नाका र मर्यादपुर सीमा नाकामा होल्डिङ क्याम्प राख्ने गरी सेनालाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, नेपाली सेनाले यशोधरा गाउँपालिकाको सुठौलीस्थित पशुपति शिक्...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका एक सय छ जना नयाँ संक्रमित थपिएका छन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै एक सय ५ जना र मुगुका एक जना संक्रमित पुष्टि भएको हो।, दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७...
युवराज श्रेष्ठ गण्डकी प्रदेशमा सबैभन्दा पहिला कोरोना संक्रमित देखिएको बाग्लुङमा बिहीबार फेरि १० जनामा संक्रमण पुष्टि भयो।, जसमा १ जना ३३ वर्षीया महिला पनि छन्। उनी ७ महिने बच्चाका आमा हुन्। करिब ९ वर्षदेखि भारतको दिल्लीमा श्रीमानसँगै बस्दै आएकी महिलामा कोरोना पोजेटिभ देखिँदा उनका ७ महिने बच्चा र श्रीमानको रिपोर्ट भने ...
एजेन्सी प्रहरीले नियन्त्रणमा लिने क्रममा ज्यान गुमाएका  अमेरिकाका जर्ज फ्लोयडलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हेन्नेपिन काउन्टी मेडिकल एग्जामिनरको अफिसले जारी गरेको पोष्टमर्टम रिपोर्टमा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।, ४६ वर्षिय फ्लोयडमा गत अप्रिल ३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको रिपोर्टले जनाएको...
सेतोपाटी संवाददाता पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।, बिहीबार बिहान साढे नौं बजे छिपहरमाई गाउँपालिका ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२को नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो।, सशस्त्रले सो मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार रूपैयाँ लुकाई छिप...
सेतोपाटी संवाददाता रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ। भारतबाट फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, कार्यालयका अनुसार संक्रमितहरू इशनाथ गाउँपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरपालिकाका ७, र फतुवा विजयपुर, चन्द्रपुर, दुर्गा भवानी र माधवनारायणका एक–एक जना छन्।, योसँ...