content
stringlengths
20
64.1k
सेतोपाटी पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ।, पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा ह...
सेतोपाटी संवाददाता कपिलवस्तु जिल्लाका थप ५ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्।, सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।, उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।, ...
एजेन्सी एकजना काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको घटनालाई लिएर अमेरिकामा छैटौं दिन पनि हिंसात्मक प्रदर्शन भएको छ।, घटना गत सोमबार घटेको हो।, जर्ज फ्लोयड नामका ती मानिसको प्रहरीले नियन्त्रणमा लिने नाममा लामो समयसम्म घाँटी थिचेपछि ज्यान गएको थियो।, मिनिसोटा राज्यको मिनियापोलिसमा घटेको सो घटनाको भिडि...
सेतोपाटी संवाददाता तुलसीपुर उद्योग वाणिज्य संघ र तयार नेपालको सहकार्य तथा युएसआइडीको आर्थिक सहयोगमा उत्पादन गरिएका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संस्था र सञ्चालित हेल्थ डेस्क, क्वारेन्टिनका लागि ८०५ लिटर स्यानिटाइजर प्रदान गरिएको हो।, आठ वटा हेल्थ पोष्ट र एउटा ब्लड बैंक, स...
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट सोमबार कोरोना संक्रमणमुक्त भएर २५ जना घर फर्किंएका छन्।, यसरी घर फर्किनेमध्ये तीन जना आमाछोरीसहित भारतीय नागरिक समेत रहेका छन्।, भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले रुपन्देहीका १६, कपिलवस्तुका ५, नवलपरासीका ३ र भारतको गोण्डाका एक जनालाई...
युनिक श्रेष्ठ गत जेठ ७ गते महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि वृत्त सिल गरियो।, सिल गरिएको वृत्तभित्रै २ सयभन्दा बढी प्रहरी १०-११ दिन वृत्तभित्रै आइसोलेसनमा बसे। दुई जनामा संक्रमण देखिएपछि वृत्तभित्रका सबै अधिकारीहरू ‘जोखिम’मा परे।, त्यही जोखिमलाई न्यूनीकरण गर्न तथा काममा...
भगवती पाण्डे बुटवलको हरिकला स्मृति प्रतिष्ठानले शव वाहनलाई एम्बुलेन्स बनाएर चलाएको समाचार बाहिरिएसँगै एम्बुलेन्स र शव बाहन संचालनमा थप बेथितिहरु देखिएका छन्।, नियमनकारी निकाय जिल्ला स्वास्थ्य कार्यालयको कमजोरीका कारण मानवीय सेवाको काममा लाग्नुपर्ने एम्बुलेन्स र शव वाहन सीमित व्यक्तिको कमाउने माध्यम बनेका छन्।, एम्बुले...
सेतोपाटी संवाददाता सरकारले  ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटका सम्बन्धमा अहिले प्रतिनिधि सभामा छलफल चलिरहेको छ। सांसदहरूले बजेटमा रहेका विभिन्न विषयहरूमा प्रश्न उठाएका छन्। तीमध्ये विद्युतीय गाडीमा बढाइएको भन्सार, निजी विद्यालयलाई सरकारी विद्यालयको गुणस्तर सुर्धान दिने कार्यक्रम, सांसद विकास कोषको बजेट लगायतका विष...
विवेक राई कोरोना परीक्षण गर्ने आरटी-पिसिआर मेसिन अभाव हुँदा प्रयोगशालाहरूमा स्वाब परीक्षण समयमै हुन सकेको छैन। क्षमताभन्दा दोब्बर नमूना आउन थालेपछि प्रयोगशालाहरूमा नमूनाको चाङ लाग्न थालेको छ।, आइतबारमात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार नमूना आएको थियो। जबकी यो प्रयोगशालाको क्षमता भनेको दैनिक १ हजार जनाको पर...
सेतोपाटी संवाददाता कपिलवस्तुमा थप ४० जना कोरोना संक्रमित थपिएका छन्।, कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार सोमबार जिल्लाका चार वटा नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको हो।, सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका मात्रै २६ जना रहेका छन्।, नगरपालिकाको वडा नम्बर ४ का ११ जनामा संक्रमण पुष्...
सेतोपाटी संवाददाता थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनमा आज बिहान संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बतायो।, संक्रमित महिलालाई पाटन अस्पताल लगिएको छ।, उनलाई हेटौंडा अस्पतालबाट चार दिनअघि रिफर गरिएको थियो।, 'उहाँमा अल्जाइमर्स (विर्सिने रोग) को समस्या थियो। जिल्ला ...
सन्जिब बगाले भारत बाहेकका देशबाट जहाजमार्फत् कति नेपाली आउँछन् भनेर अनुमान गर्न सकिने भए पनि भारतबाट आउनेहरूको अनुमान गर्न कठिन छ।, भारतमा रोजगारीका क्रममा गएका नेपाली कति छन् भन्ने यथार्थ तथ्यांक नै सरकारसँग छैन। भारत जानेहरूको कुनै रेकर्ड नहुने र कतै स्वीकृति लिन नपर्ने भएकाले पनि सरकारसँग तथ्यांक नभएको हो।, कोभिड-१...
सेतोपाटी हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।, म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो।, योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। तीमध्ये नौ जना निको भएर घर फर्किएका छन्।, बरङ्जाबाट उपचारका लागि बेन...
सेतोपाटी तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन्।, यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो।, पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अम...
नारायण खड्का सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण भेटिएको हो।, सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्।, नगरपालिकाको वडा नं.  १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा...
एजेन्सी अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ।, शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो।, टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्‍याउने क्रममा विष्फोट भएको कुर्सिद टेलिभिजन च्यानलका निर्दे...
सेतोपाटी दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।, गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन्।, क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी ...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही...
सेतोपाटी बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ।, विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् ।, स्थानीयवासीले उत्...
सेतोपाटी संवाददाता भारतीय नागरिक जबरदस्ती रूपमा नेपाली सीमाभित्र प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।, सर्लाहीको विष्णु गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा सुरूमा एक व्यक्ति नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले उनलाई भारततर्फ नै फर्काइदिएको थियो।, नेपाल छिर्न नपाएपछि फर्किएका उनले आफ्नो साथ करिब...
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावले आज काठमाडौंसहित देशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए।, हाल देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ।, ...
सेतोपाटी गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ। , संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लाग...
सविता बुढा डाक्टर गजेन्द्र दुवाल जिल्ला अस्पतालको प्रमुख भएर दार्चुला  पुग्दा त्यहाँ पुरानो भवन र केही स्वास्थ्यकर्मी बाहेक केही थिएन।, उनी आफैं पनि वीरअस्पतालको जुनियर डाक्टरबाट एकैचोटी दार्चुलाको सिनियर डाक्टरमा फेरिनु परेको थियो।, उनी सरकारी जागिरको पहिलो नियुक्ति लिएर त्यहाँ पुगेका थिए। अछामको साँफेबगर नगरपालिका–६...
सेतोपाटी नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन्।, लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो।, बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए।, यसअ...
सेतोपाटी विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २८ पुगेको छ।, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।, संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी...
दिपकजंग शाही बन्दाबन्दीका कारण भारत तथा नेपालका विभिन्न क्षेत्रबाट प्रदेश भित्रने कर्णालीबासीका लागि दैनिक खानाको व्यवस्था गरिएको छ।, कर्णालीको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतको छिन्चुमा घर फर्किनेहरुका लागि खानाको व्यवस्था गरिएको हो।, विभिन्न गैरसरकारी तथा सामुदायिक संस्थाहरुसँगको समन्वयमा कर्णाली प्रदेश सरकारले खा...
सविता बुढा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ ।, एक साताअघि भारतको दिल्लीबाट आएकी बुढीगंगा नगरपालिका-१ की ती बालिकाको आइतबार बिहान मृत्यु भएको हो।, बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।, ‘अस्पत...
सविता बुढा बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। , सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको सेतोपाटीलाई जानकारी दिए। , ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने ...
सेतोपाटी संवाददाता जोरपाटीस्थित नेपाल मेडिकल कजेलका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।, आइतबार अस्पताल परिसरभित्र स्वास्थ्यकर्मीहरूले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।, 'गत १४ गते दमका बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो,'  अस्पतालका  एक डाक्टरले भने,'तर अहिलेको यस्तो...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको  पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि ...
एजेन्सी भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरूको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ।, अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।, पछिल्लो २४ घन्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन्। योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १४३ ...
सेतोपाटी संवाददाता सांसदहरुले स्थानीय तहमा स्थापना भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने बताएका छन्।, स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन्।, प्रतिनिधिसभाको आइतबारको शून...
सेतोपाटी संवाददाता सिराहामा हत्या गरी फरार भएका प्रतिवादी ससुरालीबाट पक्राउ परेका छन्।, शनिबार राति मिर्चैया नगरपालिका ११ सितापुरस्थित ससुराली घरबाट २० वर्षीय रूपेश यादवलाई प्रहरीले पक्राउ गरेको हो। , २०७४ साल असोज २३ गते कर्जन्हा नगरपालिका १० प्रयागपुरमा यादवले ३६ वर्षीय शशि भुषण प्रसाद साहलाई कुटपिट तथा खुकुरी प्रहा...
सेतोपाटी संवाददाता सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ।, आइतबार एक चिनियाँमाथि अभद्र व्यवहारको मुद्दा दायर गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दिपक खड्काले जानकारी दिए। साथै जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको छ।, ...
रासस जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की छन्। मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।, सुत्केरी व्यथा लागेर तीन दिन प...
सन्जिब बगाले नेपाली सेनाका एक उपरथी अवकाशपछि आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।, नेपाली सेनाका अवकासप्राप्त प्राविधिक उपरथी सुधिर श्रेष्ठलाई सैनिक अदालतले दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको छ।, सैनिक उच्च स्रोतका अनुसार श्रेष्ठमाथि हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गर...
सेतोपाटी संवाददाता रोल्पामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ।, जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी २१ वर्षीया आशा बुढा र ७५ वर्षीया खिरमाली बाँठाको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए।, घरमै बसेको समयमा बिहान सवा ११ बजेतिर चट्याङले हानेपछि उनीहरू दुबै अचेत भएका थिए।, डिएसपी...
सेतोपाटी संवाददाता सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकका लागि विभिन्न नाका तोकेको छ।, सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने २० नाका तोकेको हो। जुन राजपत्रमा पनि सूचना प्रकाशित भइसकेको छ।, स्थलमार्गबाट आउने क्रममा पशुपतिनगर, काकडभित्ता, रानी, उनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर...
नारायण खड्का दाङ तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पालमा शुक्रबार बिहान ११ बजेभन्दा अघिदेखि नै मानिसहरूको चहलपहल सुरू भयो। सञ्चारकर्मीको पनि बाक्लै जमघट थियो।, अस्पतालले जिल्लामै पहिलो पटक कोरोना जितेर घर फर्किन लागेका आठ जना व्यक्तिको बिदाई गर्ने सूचना जो दिएको थियो।, त्यसमा एक दाङमै परीक्षण भएकामध्ये पहिलो संक...
रासस सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन्।, निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–...
नारायण खड्का शुक्रबार दाङमा पाँच जना कोरोना संक्रमित थपिएका छन्।, दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा चार जना र पश्चिम दाङको बबई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो।, बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय एक पुरुष , वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य वि...
युवराज श्रेष्ठ गण्डकी प्रदेशको बजेट अधिवेशनमा प्रदेश सरकारले पेश गरेको आगामी वर्षको बजेट सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ।, यही क्रममा शुक्रबार म्याग्दीबाट निर्वाचित नेकपाका सांसद बिनोद केसीले ‘बाग्लुङमा २ जना कोरोना संक्रमित निको बनाउँदा १ करोड ६० लाख खर्च’ लागेको बताए।, उनले संसदमा बोल्...
रासस काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश ल...
सेतोपाटी संवाददाता सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले कोभिड १९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न र विद्यमान शैक्षिक समस्या सम्बोधन गर्न नसक्ने विज्ञहरुले बताएका छन्।, शिक्षा पत्रकार समूहले बिहीबार आयोजना गरेको भर्चुअल शिक्षा संवाद ‘बजेटमा शिक्षा: अपेक्षा, आवश्यकता र सम्बोधन’मा सहभागी विज्ञह...
एजेन्सी विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेको बेला भारतमा लाखौंको संख्यामा सलह कीरा आएका छन्।, नेपालमा पनि यो कीरा आउन सक्ने सम्भावना देखिएको छ। नेपालमा सलह आए कसरी नियन्त्रण लिने भन्नेबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ।, भारत सरकारले किसानको बाली जोगाउन किटनाशक औषधि छर्किने अभियान थालिसकेको छ। जसमा ड्रोनको समेत प...
सेतोपाटी संवाददाता रौतहटमा भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिनको व्यवस्था मिलाउन खोज्दा ढुङ्गामुढा भएपछि वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, शुक्रबार दिउँसो गजुरा नगरपालिका ५मा भारतबाट फर्किएका नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा लैजान खोज्दा वडा नम्बर ४का वडाध्यक्ष पवन गिरी सहित स्थानीयले अवरोध गरेका थिए।, ‘...
एजेन्सी आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले दक्षिणी सोमालियामा ९ जना चिकित्सकको हत्या गरेको छ।, स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन्।, सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ। अल–शबाब आतंककारीका कारण ह...
सेतोपाटी कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन्।, देशभरी पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन्।, कैलालीको पूर्वी भेगबाट धनगढी विरामी पठाउँदा समस्...
सेतोपाटी कोरोनाबाट संक्रमित भएका बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाध्यक्ष हाल आइसोलेशन केन्द्रमा छन्।, तर उनलाई आफूलाई सङ्क्रमण भएको भन्दा पनि जनताको स्वास्थ्यप्रति धेरै चासो र चिन्ता छ।, 'जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पीर छैन, पीर त मेरा जनताको स्वास्थ्यको ...
सेतोपाटी संवाददाता भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्ने सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगद...
सेतोपाटी संवाददाता सप्तरीमा थप ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।, उनीहरू सबै जनाको स्वाब धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइ...
सेतोपाटी संवाददाता दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो।, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो।, ‘चिया खा...
सेतोपाटी संवाददाता ललितपुरको महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्जको मृत्यु भएको छ।, शनिबार बिहान अल्का अस्पतालमा इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको उपचारका क्रममा मृत्यु भएको हो।, शुक्रबार साँझ तीन बजेदेखि स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। पाटनले आइसियू खाली नभएपछि अल्का अस्पत...
एजेन्सी ल्याटिनी अमेरिकी देश ब्राजिल अमेरिका पछि सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएको मुलुक बनेको छ। , जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार सम्म त्यहाँ कुल संक्रमित संख्या ४ लाख ६५ हजार १ सय ६६  पुगेको छ। , पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २६ हजार ९ सय २८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।, ब्राजिल...
समिक्षा अधिकारी कोरोना लकडाउन गर्भवती र सुत्केरीहरूका लागि संकटकालै बनेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति ९ दिने सुत्केरी थिइन्। स्वास्थ्य विभागको तथ्यांकअनुसार लकडाउन अवधिमा मातृ मृत्युदर २०० प्रतिशत बढेको छ।, 'लकडाउन सुरू भएयता देशभर ३० जना सुत्केरीको मृत्यु भएको तथ्यांक छ,' विभागको मातृ तथा न...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक युवा मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा डेरा गरी बस्ने २९ वर्षीय मन्दिप भुजेलको शव शनिवार बिहान फेला परेको हो।, दाङका प्रहरी प्रवक्ता सुमति खड्काले टाउकोमा गहिरो चोट रहेको अवस्थामा भुजेल तुलसीपुर ५ बसपार्क संगित नगर टोलमा मृत भेटिएको जानकारी दिए।, डिएसपी...
सुदीप श्रेष्ठ कोरोना लकडाउन नभइदिएको भए हिजो र आज म के गरिरहेको हुन्थेँ थाहा छैन, तर मेरा छिमेकी विष्णुलाल श्रेष्ठका बारेमा भन्न सक्छु।, जैसीदेवल चोकको पूर्वोत्तर कुनामा पुरानो दुईतले घर छ, जसलाई स्थानीयहरू कुमारको ‘द्योछेँ’ अर्थात् देउताको घर भन्छन्।, यो विष्णुलालको पुर्ख्यौली घर हो। लकडाउन नभइदिएको भए उनी हिजो बिहीब...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी एक महिलाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ११ मज्गैं निवासी २९ वर्षीया मिरा भुसालको शल्यक्रिया गरी बच्चा निकालिएको भए पनि उनको भने मृत्यु भएको छ।, उच्च रक्त चापका कारण ती महिलाको मृत्यु भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। ...
एजेन्सी एयर इण्डियाका पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको छ।, शनिबार बिहान दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो(भिटी-इएक्सआर)का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।, उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि जान द...
सेतोपाटी संवाददाता भरपर्दो सुरक्षा सामग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ।, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन का...
नेहा झा वीरेन्द्र यादव भारतबाट नेपाल फर्कंदै थिए। धनुषास्थित उनको घरमा श्रीमती, छोरा र छ महिनाकी छोरी पर्खाइमा थिए।, भारतको गुजरातमा काम गर्ने ३० वर्षे वीरेन्द्र लकडाउनपछि कामविहिन भए। हातमुख जोर्न पनि गाह्रो हुने देखियो।, अर्कोतर्फ घरपरिवारको मायाले उनलाई तान्यो। लकडाउनकै बीच उनले सुरू गरे धनुषाको यात्रा। कयौं दिन भो...
सेतोपाटी संवाददाता शनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। नेपालमा अब एक हजार चार सय एक जनामा कोरोना संक्रमण देखिएको छ। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
दिपकजंग शाही दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको  पुष्टि गरेका हुन्।, तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज...
सेतोपाटी संवाददाता अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवाको गुजरातबाट फर्किने बेला बाटैमा मृत्यु भयो। भारतको लखनउ आसपास आइपुग्दा गत जेठ १० गते  उनको मृत्यु भएको थियो। लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो।  उनको शवलाई कृष...
गिरीश गिरी छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ। उनी ८२ वर्षका थिए।, उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई आइसोलेसनमा राखेको थियो। त्यसै क्रममा उनको निधन भएको हो। निधनको कारण भने अहिलेसम्म थाहा दिइएको छैन।, 'बिहानसम्म सामान्य हुनुहुन्थ्यो,'...
सेतोपाटी म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।, मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।, बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्...
सेतोपाटी झापाका कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।, झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन्।, कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमि...
एजेन्सी रसियाको राजधानी मस्कोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या यसअघि भनिएको भन्दा दोब्बर बढी भएको खुलेको छ।, बिबिसीमा प्रकाशित समाचारका अनुसार अप्रिल महिना यसअघि बताइभन्दा दोब्बर बढी मानिसको ज्यान गएको उल्लेख छ।, रसियामा संक्रमण सुरू हुँदा सबैभन्दा बढी संक्रमित मस्कोमै भेटिएको थियो।, मस्को शहरको स्वास्थ्य विभागल...
सन्जिब बगाले भारतले कोरोना लकडाउनका कारण बन्द रेल सेवा फेरि सुरू गरेपछि १ लाखभन्दा बढी नेपाली स्वदेश भित्रिएका छन्।, भारतले वैशाख ३० देखि रेल सेवा फेरि सुरू गरेको हो। त्यसयता १ लाख १३ हजार नेपाली स्वदेश भित्रिएको कोभिड-१९ जोखिम व्यवस्थापन समिति (सिसिएमसी) स्रोतले बतायो। उनीहरू आफ्नै जिल्लामा क्वारेन्टाइन बसेका छन्।, '...
सेतोपाटी भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ।, भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो।, नेपाल–भारत सीमावर्ती क...
सेतोपाटी जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ।, भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए।, उनीहरुको मङ्गलबार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर प...
सेतोपाटी कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।, यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोन...
सेतोपाटी जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहिन अवस्थामा छ।, जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ।, विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन  जिल्ला प्रहरी कार्यालयमा कर्मचारीका परिव...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक(डिएसपी)हरूको पदस्थापन तथा सरूवा गरेको छ।, गत सोमबार देखि लागू हुनेगरी कार्यालयले ६० जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा गरेको हो।, हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट डिएसपी पदमा बढुवा भएका ६० जनाको पदस्थापन भएको हो।, डिएसपी पृथ्वीनारायण  ओलीक...
सेतोपाटी पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ।, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,...
एजेन्सी कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन्।, रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको हो।, संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो।...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणको उपचारपछि शुक्रबार ८ जना निको भएका छन्।, दाङको कोरोना अस्पतालमा भर्ना भएका बाँके, कपिलवस्तु र दाङका ८ जना उपचारपछि निको भएका हुन्।, निको हुनेहरूमा बाँके नरैनापुरका १८, २० र २५ वर्षीय पुरूष, कपिलवस्तुका २०,२९,३४ र ४२ वर्षीय पुरूष र दाङ गडुवा गाउँपालिकाका ३६ वर्षीय पुरूष रहेका छन्...
सेतोपाटी संवाददाता कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।, बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर...
सेतोपाटी संवाददाता पश्चिम बंगालका एक मन्त्रीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी क्याबिनेटका अग्नी सेवा मन्त्री सुजित बोसमा संक्रमण पुष्टि भएको हो। , बिहीबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो। त्यस्तै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि ...
सेतोपाटी संवाददाता सर्लाहीमा बिडी खादाँखाँदै कपडामा आगो सल्किएर घाइते भएका व्यक्तिको मृत्यु भएको छ।, बिहीबार राति साढे ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा सर्लाही हरिपूर्वा नगरपालिका-५ का ७० वर्षीय रामसुकुल साहको उपचारका क्रममा मृत्यु भएको हो।, गत आइतबार साहले बिडी खाँदै गर्दा अचानक कपडामा आगो सल्किन गएको थियो। आगोले उनक...
सेतोपाटी संवाददाता नेपाली सेनाका एक उच्च अधिकारीसहित दुई जना कोरोनामुक्त भएका छन्।, मध्यपूर्वी पृतना रौतहटमा कार्यरत दुबै जना कोरोनाबाट निको भएका नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।, 'उहाँहरू दुबै जनाको रिपोर्ट नेगेटिभ आएको छ,' उनले भने।, गत जेठ ३ गते मध्यपूर्वी पृतनाका एक उच्च सैनिक अधिक...
नारायण खड्का भारतबाट घर फर्किने मजदुरलाई आफैं गाडी चलाएर सीमासम्म पुगी उद्धार गर्ने बाँकेका एक वडाध्यक्षमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय ती वडा अध्यक्षलाई बुधवार संक्रमन पुष्टि भएको हो। , , ज्याला मजदुरी गर्न भारत गएकाहरू सीमासम्म आइपुगेको र उनीहरूलाई घरसम्म ल्याउने मानिस कोही ...
सेतोपाटी संवाददाता केही भारतीय मिडियामा आएका समाचारप्रति नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।, केही भारतीय मिडियाले भ्रामक दुरासयपूर्ण काल्पनिक तथा निराधार समाचार दिएको भन्दै यस्ता समाचार दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्धेश्यबाट प्रेरित भएको उल्लेख गरेको छ।,...
सेतोपाटी संवाददाता रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा हवाई फायर भएको छ।, शुक्रबार बिहान इशनाथ नगरपालिका वडा नम्बर- ७ स्थित मदरसाको क्वारेन्टिनबाट दुई जना संक्रमितलाई आइसोलेसनमा लग्न लाग्दा स्थानीयले अवरोध गरेका हुन्।, स्थानीयले चिकित्सक तथा प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता कीर्तिपुरमा कुखुरा खान फार्ममा छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ।, शुक्रबार बिहान कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँस्थित हमाल तामाङको कुखुरा फार्ममा चितुवा पसेको थियो। फार्ममा चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, त्यसपछि सदर चिडियाखाना जावलाखेल र प्रहरीको संयुक्त टोलीले चितुवालाई निय...
रासस सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम सुरू गरेको छ।, समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ। सरकारले गृह मन्त्रालयका सहसचिव ज...
सेतोपाटी संवाददाता दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा चोरी गरेको आरोपमा प्रहरीले तीन नाबालकलाई ६ लाख ९४ हजार नगदसहित पक्राउ गरेको छ। , बुधबार दिउँसो साढे चार बजे प्रहरीले नगरपालिकाको वडा नम्बर १ चाल्नाखेलबाट तीन नाबालकलाई नगद र तीन वटा मोबाइलसहित पक्राउ गरेको हो।, चाल्नाखेलस्थित भैंसी व्यापारी अनबारूल अन्सारीको कोठाको...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणको उपचारपछि चार जना निको भएर घर फर्किएका छन्।, निको हुनेमा नारायणी अस्पतालमा उपचाररत् पर्साका व्यक्ति रहेका छन्। , उनीहरू २७ देखि ३२ वर्षीय उमेर समूहका छन्। ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूष कोरोनालाई जितेर घर फर्किएका हुन्।, हालसम्म निको हुनेको संख्या १८७ पुगेको छ...
सेतोपाटी संवाददाता मोरङमा छोराले आमाको हत्या गरेपछि आत्महत्या गरेका छन्।, बिहीबार बिहान साढे ११ बजे बेलबारी नगरपालिका-४ कामुक बुधबारेमा ३० वर्षीय छोरा जीवनबहादुर लिम्बुले ५५ वर्षीया आमा देवी कुमारी लिम्बुको हत्या गरेका हुन्।, जीवनले आमाको हत्या गरेपछि आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले जान...
सेतोपाटी संवाददाता रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन बनाउन जाँदा स्थानीयले विरोध गरेपछि झडप भएको छ।, बिहीबार दिउँसो करिब १२ बजे नगरपालिका प्रमुखसहितको टोली वडा नम्बर एकस्थित एक विद्यालयमा क्वारेन्टिन खडा गर्न जाँदा स्थानीयले अवरोध गरेका थिए।, सुरक्षाका लागि गएका प्रहरीहरूमाथि पनि स्थानीयले ढुङ्गामुढा गर्न थालेको...
मनोज सत्याल राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल स्वास्थ्य मन्त्रालयको सचिव बनेका छन्।, प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।, लामो समय राजश्व प्रशासन सम्हालेका अर्याल इमान्दार नैतिकवान सचिवका रूपमा चिनिन्छन्।, ठूला व्यापारिक घरानाका नक्कली भ्याट बिल छानबिन गरेका ...
सेतोपाटी संवाददाता सरकारले चालु वर्षका तुलनामा स्वास्थ्य बजेट २१ अर्ब बढाएको छ।, बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष ३१ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन्।, चालु वर्षका लागि सरकारले संघीय सरकारका लागि ६८ अर्ब ७७ करोड बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ९० अर्ब ६९ करोड र...
सेतोपाटी संवाददाता निजी अस्पताललाई पनि महामारीका बेला सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छ।, बिहीबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्न मिल्ने बताए।, उनले निजी अस्पतालमा कार्यरत डाक्टरले जिल्लाका स्थानीय तहका अस्पतालमा विशेषज्ञ सेवा दिनु पर...
विवेक राई बुधबार बेलुकासम्म वीरगन्जस्थित नारायणी अस्पतालबाट ९३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। निको हुनेमा चार महिने शिशुदेखि ७० वर्षसम्मका मानिस छन्।, अस्पताल बसाइक्रममा यीमध्ये कसैलाई पनि स्वास्थ्यमा खासै समस्या देखिएन। उनीहरू सामान्य रूपमा कोरोना संक्रमितलाई राखिने अस्पतालको आइसोलेसनमा बसे। अस्पतालका ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरूवा रोग अस्पताल निर्माण हुने भएको छ।, बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष काठमाडौं उपत्यकामा तीन सय शैय्याको छुट्टै सरूवा रोग अस्पताल निर्माण गर्ने घोषणा गरेका हुन्।, 'आगामी वर्ष काठमाडौं उपत्यकामा तीन सय शैय्याको सु...
सेतोपाटी संवाददाता प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाएको छ।, तत्काल प्राप्त प्रमाण हेर्दा खिउजुलाई थुनामा राख्नुपर्ने देखिएको भन्दै जिल्ला अदालतले बिहीबार खिउजुलाई थुनामा पठाएको ललितपुर जिल्ला अदालतक...
सन्जिब बगाले कोरोना भाइरसका कारण दुई महिनादेखि मुलुक लकडाउनमा छ।, कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणको लागि भनेर सरकारले चैत ११ देखि लागू गरेको लकडाउन जेठ २० सम्म जारी छ।, तर केही दिनयता भने काठमाडौंका सडकमा सवारी साधन बढी देखिन थालेका छन्।, लकडाउन जारी भएको बेला पनि कसरी काठमाडौंका सडकमा सवारी साधनको चाप बढ्यो...
सेतोपाटी संवाददाता सरकारले आगामी वर्षभित्र स्थानीय तहहरूमा ५ देखि १५ शैयाका २७२ वटा अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको छ।, आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहमा अस्पताल सञ्चालनमा ल्याउनको लागि १४ अर्ब २७ कोरोड बजेट बिनियोजन गरिएको बताए।, यस्तै समग्र स्वास्थ्य विकास पू...
सेतोपाटी संवाददाता सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको छ।, आगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गर्दै  अर्थमन्त्री युवराज खतिवडाले नेपालीलाई स्वदेश फर्काउन आवश्यक बजेट व्यवस्था गरि...
सेतोपाटी संवाददाता सरकारले मदन भण्डारी विश्वविद्यालयको पूर्वाधार र कक्षा सञ्चालन गर्न १ अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ।, आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्वविद्यालयलाई उक्त बजेट छुट्याएका हुन्।, यसअघि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले दन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले...