content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मकवानपुरमा ८० केजी गाँजासहित एक महिला पक्राउ परेकी छिन्। , शनिबार राति पौने ९ बजे मनहरी गाँउपालिका ६ की फुलमाया तामाङको घरमा प्रहरीले छापा मारेको थियो। उनले आफ्नो घरमा लागु औषध लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी उनको घर पुगेको हो। , ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श...
एजेन्सी कोरोनाभाइरसको उद्गम थलो भनिएको चीनको वुहानमा पाँच सातापछि कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्।, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभरि १४  कोरोनाभाइरस संक्रमित थपिएका छन्। यो संख्या अप्रिल २८ यताको सबैभन्दा धेरै हो।, गत बिहीबारमात्र  चिनियाँ अधिकारीहरूले पूरै देशमा कोरोनाको जोखिम न्यून भएको ...
एजेन्सी कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ भएको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्।, ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।, विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ प...
एजेन्सी भारतको महाराष्ट्रमा शुक्रबार मालवाहक रेलले किच्दा १६ आप्रवासी कामदारको मृत्यु भएको छ।, अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए।, बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको हो।, नजिकैको अर्को जिल्ला जल्नाको स्ट...
एजेन्सी इरानमा प्रवेश गर्न खोज्ने अफगानी आप्रवासी कामदारलाई इरानी सीमा रक्षकले जबरजस्ती पानीमा हामफाल्न लगाउँदा ४५ जनाको मृत्यु भएको अफगानिस्तानले जनाएको छ।, घटनाको छानबिन गरिरहेका दुई अफगानका सांसदहरूले ती कामदारहरुलाई इरानी सीमा रक्षकले नदीमा हाम फाल्न लगाइएको बताएका हुन्।, इरानले भने घटना आफ्नो देशबाट हुन नसक्ने भन...
एजेन्सी मेक्सिकोले विलासी पूर्व राष्ट्रपति भवन 'लस पिनोस'लाई कोरोना भाइरस प्रकोपसँग लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि अस्थायी घरमा रूपान्तरण गरेको छ।, यो भवन देशको सबैभन्दा प्रतिष्ठित निवासस्थानका रुपमा चिनिने गरेको छ।, अहिले भने यो अस्पतालका चेन्जिङ कोठा जस्तै भएको छ।, अहिले करिव ५८ जना डाक्टर र नर्सहरू लस पिनोसमा बस...
निशा भण्डारी वैशाख शुक्ल पूर्णिमाका दिन बिहानै लहान, छरापट्टीका स्थानीय महिला नुहाइधुवाइ गरेर उदाउँदो सूर्यलाई पानी अर्पण गरी उपवास बसे।, दिनभरि भने उनीहरू दैनिक दिनचर्या मै व्यस्त भए।, जब साँझ पर्दै गयो उनीहरू वस्तु भाउलाई घर फर्काएर पूजासामग्री तयार पार्न थाले।, हातमा पानीको अंखरा र टाउकोमा पूजा सामग्रीको टोकरी बोकी...
सेतोपाटी संवाददाता कलंकी नजिक रविभवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।, सो दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारीका टीकाराज गेलालको मृत्यु भएको ट्राफिक प...
सेतोपाटी संवाददाता किट अभावमा कोरोनाको परीक्षण रोकिएका प्रयोगशालामा परीक्षण पुनःसुरू हुने भएको छ।, स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये आज ८ हजार वटा किट प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।, उनले आजै नेपाली सेनाको स्काइ ट्रकबाट भैरहवा, नेपालगन्ज र धनग...
सबिना श्रेष्ठ हरियो हुडी लगाएर साइडमा हेरिरहेको आफ्नो फेसबुक प्रोफाइल फोटो नवराज पराजुली घरिघरि नियाल्छन्। आफ्नै आँखा, नाक, ओठ, अनुहार हेरेर उनी आफैं दंग पर्छन्।, यसरी बेलाबेला आफूलाई नियाल्नु कवि नवराजको बानीजस्तै हो। ऐनाअगाडि उभिएर पनि आफूलाई घन्टौं हेरी बस्छन्।, 'आफैंलाई धेरै हेर्छु भन्दा मान्छेलाई हाँसो उठ्छ होला ...
रासस हिमाली जिल्ला म्याग्दीमा डेंगी रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ। , बेनी नगरपालिकाभित्र एक हप्तामा पाँच जनामा डेंगी पोजेटिभ भेटिएसँगै डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो। , एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्र...
सेतोपाटी संवाददाता खानेपानी तथा सरसफाइ संयुक्त परिषद् (डब्लुएसएससिसी) सञ्चालन समिति बैठकले परिषदको २०२१–२०२५ नयाँ रणनीतिलाई अनुमोदन गर्दै परिषदलाई सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एण्ड हाइजिन फन्ड)का रूपमा रूपान्तरण गरेको  छ।, नेपालसहितका विकासोन्मुख एवं गरिब मुलुकमा सहयोगी रहँदै आएको जेनेभा मुख्यालय रहेको संयुक्त पर...
युवराज श्रेष्ठ पोखरा १६ चण्डीटोलका सम्मरबहादुर सुनारको चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भयो।, लकडाउन भएकाले उनको शव नेपाल ल्याउने अवस्था थिएन। उनका भाइ र माइला छोरा दुबईमै थिए। उतै दाहसंस्कार गरे।, झन्डै १५ वर्षदेखि दुबईमा कार्यरत सम्मर गत वर्षमात्र घर आएर फर्किएका थिए।, माइला छोरा र भाइ दुबईमै किरिया बसे। सम्...
रासस कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनकाबीच पोखरामा एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन्।, वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका  वडा नं  २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा  दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो। सामा...
एजेन्सी अष्ट्रेलियाले गत मार्चदेखि लागु गरेको आंशिक लकडाउनलाई तीन चरणको प्रक्रियाबाट खुकुलो बनाउने तयारी थालेको छ।, शुक्रबार प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको संक्रमणमा कमी आएसँगै क्यानबेरामा जुलाईसम्म १० लाख मान्छेलाई काममा फर्काउने योजना रहेको बताएका छन्।, अष्ट्रेलियाले कोरोनाभाइरससँग लड्न देशको सीमा बन्द गर...
एजेन्सी भारतका रक्सी पसलमा भीड लाग्न थालेपछि सर्वोच्च अदालतले प्रदेश सरकारहरूलाई होम डेलिभरीको व्यवस्था मिलाउन भनेको छ।, गुरूस्वामी नटराजले रक्सी पसल खोल्ने निर्णयविरूद्ध मुद्दा दायर गरेका थिए।, शुक्रबार सो मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश अशोक भूषण, सञ्जय किसन कौल र बिआर गवाइको इजलासले होम डेलिभरीको व्यवस्था मिलाउन व...
सेतोपाटी संवाददाता प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर बजारका पसलहरु अनिश्चित कालका लागि वन्द आह्वान गरिएको छ। , तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले शुक्रबार एक विज्ञप्ति मार्फत तुलसीपुर क्षेत्रमा अनिश्चितकालीन रुपमा व्यापार, व्यवसाय लगायत सबै प्रकारका सेवा बन्द गर्ने निर्णय ...
सेतोपाटी संवाददाता धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी-५ की कोरोना संक्रमित महिला उपचारपछि आज घर फर्किएकी छन्।, अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले उनको पछिल्लो दुई रिपोर्ट २४ घण्टाभित्र लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए।, यसअघि उनको देवरमा कोरोना संक्रमण देखिएको थियो। उनी दुबईबाट आएका...
सेतोपाटी संवाददाता केही दिनअघि बाँकेको नेपालगञ्जमा एकैदिन १५ जना कोरोना संक्रमित भेटिए। अहिलेसम्म संक्रमितको संख्या त्यहाँ २३ पुगेको छ।, नेपालगञ्ज कर्णाली प्रदेशसँग जोडिएको मुख्य बजार हो। यही बजार हुँदै मानिसहरू बाहिरी जिल्ला र भारत समेत जाने गर्छन्। यहाँ संक्रमण देखिनु भनेको वरपरका जिल्ला पनि जोखिममा पर्नु हो।, नेपाल...
सेतोपाटी संवाददाता सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।, शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।, 'केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो,' उनले भने, 'प्रहरीले बल प्र...
सेतोपाटी संवाददाता शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।, भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, आज फेला परेका १६ बर्षीय युवा पनि नेपालगन्ज उपमहानरपालिका वडा नं. ८ कै रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ...
नारायण ढुंगाना सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो।, उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला ...
सेतोपाटी संवाददाता सरकारले कम किट खर्चेर बढी परीक्षण गर्न सकिने विधि 'पुल टेस्टिङ' बाट कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पुल टेस्टिङबाट परीक्षण अघि बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको बताए।, प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार अब क्वारे...
सुदीप श्रेष्ठ आजभन्दा २२ सय वर्षअघि कुनै एक खास दिनमा तपाईं लुम्बिनी पुग्नु हुन्थ्यो भने एउटा यस्तो इतिहासको साक्षी बन्नु हुन्थ्यो, जसले आजपर्यन्त संसारको ध्यान खिच्दै आएको छ।, त्यो खास दिन वैशाख पूर्णिमा पनि हुन सक्छ! अर्थात्, आजकै दिन!, तपाईंले त्यस दिन बिहानैदेखि लुम्बिनीको घना जंगलमा बौद्ध भिक्षुहरूको मन्त्रोचरण स...
सेतोपाटी संवाददाता थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ८ बजे अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको हो।, संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्।, संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष...
सेतोपाटी संवाददाता शुक्रवार देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ।, सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्र राठोरले सेतोपाटीलाई बता...
एजेन्सी लिबियाको राजधानी त्रिपोली नजिकैको भएको एक रकेट हमलामा एक सर्वसाधारणसहित तीन जनाको ज्यान गएको छ।, सो हमला सैन्य कमाण्डर खलिफा हफ्तार समर्थक समूहले गराएका हुन्।, घटनामा चार जना घाइते भएका छन्। मारिने दुई जना सुरक्षाकर्मी हुन्।, सरकारी सैनिक अभियानका प्रवक्ता मुस्तफा-अल मुजीएका अनुसार रकेटले त्रिपोली बन्दरगाह, मि...
सेतोपाटी संवाददाता शनिवार कोरोना संक्रमण प्रमाणित भएका कपिलवस्तुका तीन युवा सातादिन अगाडि लुकुछिपी भारतबाट आएको खुलेको छ।, सेतोपाटीसँग कुरा गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरु पनि मुम्बईबाट फर्किएको बताए।, मुम्बईबाट फर्किएको थाह...
सेतोपाटी पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ।, राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद ...
एजेन्सी रसियामा लगातार चौथो दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्।, रसियाले बुधबारमात्र १० हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ।, योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय २९ पुगेको छ।, रसिया संक्रमितदर धेरै भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा अमेरिका छ।, यस्तै रसिया कोरोनाबाट ...
सेतोपाटी लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल प्रवेश गरेका छन्।, चार महिनाअघि मजदुरी गर्न गएका उनीहरुमध्ये ५ जना ट्युबबाट महाकाली तरेका हुन् भने एकजना पौडिएर आएका हुन्।, यसरी नेपाल प्रवेश गर्नेमा डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन...
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ।, उसले कोरोना प्रभावित मुलुकलाई 'एकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमा' कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएको छ।, संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले यसका लागि विश्...
एजेन्सी भारतमा एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने सयौं मानिसहरू अस्पताल भर्ना  भएका छन्।, आन्ध्र प्रदेशको विशखापटनममा रहेको उक्त रसायन प्लान्टबाट बिहीबार उज्यालो नहुँदै ग्यास लिक भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। नजिकैको अस्पतालमा उपचार गरिरहेका ७० जना अझै बेहोस छन् भने ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका प्रभावकारी कदमले क्षति नभएको बताएका छन्।, सरकारले चालेका प्रभावकारी कदम,, ,सम्बद्ध सबैको रचनात्मक सहयोगले कोरोना संक्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको प्रधानमन्त्रीको भनाइ छ।, ‘यस महामारीबाट विश्वभरि ज्यान ...
सेतोपाटी संवाददाता आज वैशाख पूर्णिमा अर्थात् २५६४ औं बुद्ध जयन्ती।, भगवान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीका रूपमा मनाउँछन्। ईपू ५६३मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो। बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिरलगायत देशभरका बौद्ध विहार तथा...
अनुषा अधिकारी लकडाउन डायरी, धेरै भइसकेको थियो श्रृंखला खतिवडाले आफ्नो लागि समय नदिएको। मिस नेपाल भएपछि औपचारिक कार्यक्रमको व्यस्तता, सामाजिक जमघट र लगातार विदेश भ्रमणले घर बस्ने बानी नै हराइसकेको थियो।, लकडाउन सुरू भएपछिको फुर्सदमा उनले ती सबै इच्छा पूरा गर्न पाएकी छन्, जुन आफ्ना लागि साँचेकी थिइन्।, बाहिर हिँडडुल गरि...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी हवल्दार मृत भेटिएका छन्। , उदयपुरका ३६ वर्षीय रामबहादुर मगर बुधबार राति स्ट्यान्डबाई ड्युटी गरेर सुतेका थिए। बिहीबार बिहान भने उनी मृत भेटिएका हुन्।, 'हिजो बेलुकी ड्युटी गरेर सुतेका थिए,' सप्तरीका डिएसपी तिलक भारतीले सेतोपाटीसँग भने,'बिहान मृत भेटिए।', उनको शव ...
सेतोपाटी संवाददाता भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनाथमा दीप प्रज्वलन गरेकी छन्।, दीप प्रज्वलनका लागि राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन्। भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा २० मिनेटजति दीप प्रज्वलन गरेक...
सेतोपाटी संवाददाता रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विकको मृत्यु भएको हो।, रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बिहान साढे ८ बजेतिर चट्याङले लागेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको सेतोपाटीलाई बताए...
सेतोपाटी संवाददाता मोरङको बेलवारी नगरपालिका-७मा १८ वर्षीय युवकको शव फेला परेको छ।, बिहीबार बिहान मर्निङ वाक गएका व्यक्तिहरूले कानेपोखरी गाँउपालिका-१ का आयुष गिरीको शव फेला पारेका थिए।, उनीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। गिरीको हत्या वा मृत्यु भएको भन्न नसकेको इन्स्पेक्टर ऋषि ढकालले जानकारी दि...
सेतोपाटी संवाददाता हावाहुरीले भाँचिएको रूखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ।, जिल्लाको गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रूखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए।, बालिका खाँको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
एजेन्सी भारतीय सीमा सुरक्षा बल(बिएसएफ)का दुई जवानको कोरोनाभाइरसबाट मृत्यु भएको छ।, दिल्लीको सफदरजंग अस्पतालमा उपचाररत एक जवानको बिहीबार मृत्यु भएको हो। अर्का जवानले भने गत सोमबार नै ज्यान गुमाएका थिए। कोरोनाबाट ज्यान गुमाउने उनी बिएसएफका पहिलो सुरक्षाकर्मी हुन्।   , सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपिएफ)का ५५ वर्षीय स...
सेतोपाटी संवाददाता कोरोना संक्रमित संख्याको आधारमा हटस्पट बनेको वीरगन्ज, नेपालगन्ज र उदयपुरमा थप २५ सय व्यक्तिको कोरोना परीक्षण गरिने भएको छ।, यी तीन ठाउँमा नमूना संकलन गर्नको लागि रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोली परिचालन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।, मन्त्रालयका अनुसा...
सेतोपाटी संवाददाता बुधबार वीरगञ्जको छपकैयाका एकै परिवारका १७ जना सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले उक्त बस्तीका थप ७ सय जनाको परीक्षण गर्ने तयारी गरिएको छ।, वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले ९ सय वटा किटको व्यवस्था भएको र सकभर आजैदेखि परीक्षणको काम सुरू गरिने बताए।, 'काठमाडौंबाट ४ सय र नेपाली स...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका वडा नम्बर १५मा वहालमा बस्नेले आरडिटी परीक्षण नगराए घरधनीलाई कारबाही हुने भएको छ। , बुधबार नगरपालिका कार्यालयले सूचना जारी गर्दै वहालमा बसेका र हालै उपत्यकाबाट फर्केकाहरूको टेकुमा आरडिटी परीक्षण गराउन भनेको हो।, त्यसो नगरेमा घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ।, ‘आरडिटी परीक्...
आदित्य दाहाल महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ।, प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठल...
सेतोपाटी संवाददाता मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको निजी कारलाई एम्बुलेन्सले ठक्कर दिएको छ।, बिहीबार दिउँसो करिब साढे ३ मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरीत दिशाबाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले ठक्कर दिँदा दुबै सवारी साधनमा क्षति पुगेको छ।, उक्त एम्बुलेन्स चालकले म...
सेतोपाटी संवाददाता पनौती नगरपालिकाको वडा नम्बर- ७ ले नेवार समुदायले मात्रै जग्गा बेचबिखन गर्नुपर्ने निर्णय सच्याएको छ।, यसअघि वैशाख २३ गते सार्वजनिक गरेको निर्णयमा शब्द चयन अन्यथा हुन गएकोमा बुधबार बैठक बसेर निर्णयलाई परिमार्जन गरिएको वडाध्यक्ष रामचन्द्र नास्नानीले जानकारी दिए।, 'हामीले गलत उद्देश्यले निर्णय लिएका हौइ...
सेतोपाटी संवाददाता सिन्धुलीमा वर्षासँगै आएको हावाहुरीले ६० घरका छानो उडाएको छ।, बिहीबार दिउँसो वर्षासँगै आएको हावाहुरीले घर, गोठ र टनेला (तरकारी खेती ) का छानाहरूको एल्बेष्टर जस्ता पाता तथा प्लास्टिक उडाएको हो।, 'हावाहुरीका कारण ६० घरको छानो उडाएको छ र अहिलेसम्म मानवीय क्षति भने भएको छैन,'प्रहरी कार्यालयका एसपी रञ्जु ...
नारायण महर्जन आज भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्ती।, लकडाउनका कारण यो वर्ष बुद्ध जयन्तीका विविध वार्षिक कार्यक्रम प्रभावित भएको छ। , यद्यपी सरकारले यस अवसरमा सार्वजनिक विदा घोषणा गर्‍यो। साँझ ७ बजे घरघरमा दीप प्रज्वलन समेत गरिएको छ।, राजधानीको बौद्धस्थित स्तुपामा शान्तिका प्रतिक परेवालाई खानेकुरा दिई सीमित लामाभिक...
एजेन्सी पाकिस्तानले कोरोनाभाइरसका संक्रमितमा भइरहेको लगातार वृद्धिका बाबजुद् आउने शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ।, बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दु:ख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन्।, घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्यो...
एजेन्सी मंगलबारसम्म एसियामा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार पुगेको छ।, पछिल्लो समय सिगांपुर, पाकिस्तान र भारतमा संक्रमितको संख्यामा वृद्धि देखिएको भएपनि समग्रमा एसियामा कोरोनाको संक्रमण युरोप र अमेरिकामा भन्दा कम रहेको छ।, सुरुमा संक्रमण बेहोरेका चीन, दक्षिण कोरिया र जापानमा हाल संक्रमितको संख्या घट्दै गइरहेको ...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन्।, विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।, निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। जसमा ...
सेतोपाटी संवाददाता स्वीट्जरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पिसिआर टेस्ट किट आज नेपाल आइपुगेको छ।, पिसिआर टेस्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो।, स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन...
एजेन्सी मंगलबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले फ्रान्समा यसअघि सोचिएको समयभन्दा अगावै कोरोना भाइरसको संक्रमण भेटिनु नौलो नभएको बताउँदै त्यसअघिका शंकास्पद केसहरूको अनुसन्धान गर्न आग्रह गरेको छ।, फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै आएकोमा मंगलबार एक महिना अगावै त्यहाँ संक्रमित भएको प...
सेतोपाटी संवाददाता सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो।, मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्र...
सेतोपाटी संवाददाता कोशी कोरोना विशेष अस्पतालमा उपचाररत ६ संक्रमित निको भएका छन्।, लगातार दोस्रो पटक पिसिआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएकाे छ। उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये ६ जना निको भएका हुन्।, उनीहरूलाई भोलि बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।, यी...
सेतोपाटी संवाददाता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले अगाडि बढ्दा पार्टीमा समस्या आएको बताएका छन्।, मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै स्थायी समिति सदस्य पौडेलले पार्टीका कार्यकारी अध्यक्षका साथै अरू वरिष्ठ नेतासँग छलफलै...
सुजना ढकाल काभ्रेको पनौती नगरपालिका, वडा नम्बर ७ ले आफ्ना वडाका घर नेवार समुदायका व्यक्तिलाई बाहेक अरुलाई बेचबिखनका लागि सिफारिस नगर्ने निर्णय गरेको छ।, मंगलबार गरिएको सो निर्णय विभेदकारी भएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ।, सो वडाले जारी गरेको सूचनामा धर्म, संस्कृति र पुरातात्विक सम्पदा जोगाउन नेवार जाति बाह...
सेतोपाटी संवाददाता कोरोनाबाट निको भएका तीन व्यक्तिमा पुनः संक्रमण देखिएको छ।, काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय पुरुष र वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र अर्का एकजना भारतीय नागरिकमा पुनः संक्रमण देखिएको हो।, नेपालमा निको भएका व्यक्तिमा फेरी संक्रमण देखिएको यो पहिलो घटना...
सेतोपाटी झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ।, झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दु...
सेतोपाटी संवाददाता चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोकको तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन्।, नाकाबाट नेपाल भित्रिएका कन्टेनरका सामानबाट कोरोना भित्रने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि तातोपानी भन्सारले छलफल गर्दैछ।, उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्याप...
नारायण खड्का नेपालगञ्जको एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्यहाँ पुगेका छन्।, कोरोना समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरूले समुदायमा सोधपुछ गरिरहेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।, के कारणले कोरोना फैलिएको हो, ह्यूमन रिसोर्सहरू क...
सेतोपाटी काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा ४४ प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ।, पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...
सेतोपाटी सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन्।, स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन्।, सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उप...
रासस पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ।, विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ।, जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–...
सेतोपाटी संवाददाता प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन्।, प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्।, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण ...
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने तयारी गरेको छ।, गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।, इ-विडमार्फत् दर्ता भएका बोलपत्रमध्ये नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्...
प्रशन्न पोखरेल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको  पढाइ बन्द गरियो।, कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक लगाएका थिए।, देशभरिका विभिन्न जिल्लामा माओवादीले विद्यालयमा संस्कृत पढाइ हुन रोकेपछि सरकारल...
सेतोपाटी संवाददाता भारतले संसारभरका विभिन्न मुलुकमा अड्किएका आफ्ना केही नागरिकलाई स्वदेश ल्याउने भएको छ।, मे ७ देखि एयर इन्डियाका जहाजहरू पठाएर भारतले स्वदेश नफर्की नहुने अवस्थामा रहेका नागरिकहरूलाई ल्याउन लागेको हो। भारत सरकारले यसलाई विदेशबाट भारतीय नागरिकको अहिलेसम्मकै ठूलो उद्धार अभियान भनेको छ।, जसअनुसार पहिलो चर...
सेतोपाटी संवाददाता सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ।, २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।, गृह मन्त्रालयका शाखा अध...
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका–६ लोदेमा रहेको क्वारेन्टिनबाट बुधबार ९ जनालाई घर पठाइएको छ। क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि बुधबार उनीहरुलाई घर पठाइएको हो।, तर घर पठाइएका ९ जनामध्ये दुई जनाको मात्र आरडिटी (र्‍यापिड डाईग्नोस्टिक टेस्ट) परीक्षण गरिएको छ। किट अभावका कारण बाँकी सात जनालाई यत्तिकै घर पठाइयो...
रासस खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन्।, महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका हुन्। घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
सेतोपाटी संवाददाता नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री हवाइमार्गभन्दा स्थल मार्गबाट पहिला ल्याउन थालिएको छ।, वैशाख २२ गते एउटा कन्टेनर सामान ग्वान्जाओबाट हिँडेको छ भने अर्को कन्टेनर आज हिँड्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, वैशाख २२ गते हिँडेको कन्टेनर १ सय १० क्युबिक मिटर ...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको छ। सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले भर्नाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको हो।, कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र लकडाउनसमेत खुकुलो नभएको अवस्थामा भर्ना अभियान र नयाँ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन पठनपाठनका नाममा कुनै पनि अभिभावकसँग शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ।, विद्यालयहरूले अनलाइन पठनपाठनका नाममा विद्यार्थी भर्ना गर्न अभिभावकहरूसँग आग्रह गरेपछि नगरपालिकाले यस्तो निर्देशन दिएको छ।, नगरपालिकामा गठित नगर शिक्षा समितिको बुधबार बसेको बैठकले...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासनसँग समन्वय नगरी आएका ७० सवारीसाधनलाई नागढुंगाबाटै फर्काइएको छ।, बुधबार अपरान्हसम्म काठमाडौं भित्रिन खोजेका ७० वटा सवारीसाधनलाई नागढुंगाबाट फर्काइएको महानगरीय प्रहरी कार्यालय थानकोटका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।, 'अहिलेसम्म करिब ७० बढीलाई हामीले फिर्ता पठाएका छौं,'उनल...
अनुषा अधिकारी लकडाउन डायरी, माल्भिका सुब्बा लकडाउन सुरू भएदेखि होइन, त्योभन्दा एक साता अगाडिदेखि घरबाट निस्किएकी छैनन्। लामो समयदेखि घरै बसिरहँदा उनको दिनचर्या त फेरिएकै छ, त्यो दिनचर्याको उनलाई आदतसमेत परिसकेको छ।, यसो भन्दैमा, लकडाउनअघि उनी जे गर्थिन्, त्यसबाट पूरै हात झिकिसकिन् भन्ने होइन। उनी पुराना सबै काम घरै बस...
सेतोपाटी संवाददाता भारतबाट धान बोकेर आएको ट्रकबाट १७ लाख ९० हजार रुपैयाँसहित दुई जना भारतीय सर्लाहीमा पक्राउ  परेका छन्।, मंगलवा नगरपालिका-२ स्थित भन्सार चेकपोष्टमा सशस्त्र प्रहरीले बीआर ३० बीए २४५८ नम्बरको ट्रकमा चेक गर्दा सो परिणाममा रकम बरामद गरेको हो।, 'धान बोकेर ल्याएको रहेछ,'प्रवक्ता डिआइजी प्रविनकुमार श्रेष्ठले...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका-६ बस्तीभित्रै चितुवा पसेपछि स्थानीयले मारेका छन्।, बुधबार दिउँसो बस्तीभित्र पसेर केहीलाई आक्रमण गरेपछि स्थानीयले प्रतिकार गर्न चितुवालाई मारेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।, 'बस्तीभित्र पस्यो अनि चार-पाँच जनालाई आक्रमण गरी घाइते बनायो,'महर्जनले भने,'त्यसपछ...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले सबै प्रयोगशालाबाट कोरोनाको परीक्षण भइरहेको बताएका छन्। उनले किट अभावमा कुनै पनि प्रयोगशालामा परीक्षण बन्द नभएको दाबी गरे।, मंगलबार आरएनए एक्सट्रयाक्सन किट नहुँदा एकैपटक चार वटा प्रयोगशालामा कोरोना परीक्षणको काम रोकिएको थियो। जसमा चितवन, वीर...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने बताएका छन्।, ‘नेपालगञ्ज, वीरगञ्जलगायतका स्थानमा कोरोना संक्रमित बढिरहेका छन्,’ प्रमुख शाक्यले भने, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र ...
सेतोपाटी संवाददाता सरकारले लकडाउन खुकुलो पार्ने गृहकार्य अगाडि बढाइरहँदा कोरोनाको परीक्षणलाई समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताएका छन्। संक्रमितको संख्या बढ्दै गएको भन्दै उनीहरूले परीक्षणको दायरा थप बढाउन सरकारलाई सुझाएका छन्।, अहिलेसम्म साढे १३ हजार व्यक्तिको मात्र कोरोनाभाइरसको परीक्षण गरिएको छ। जसमा संक्रमि...
सेतोपाटी आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिका बिचल्लीमा परेका छन्।, पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बालबालिका बाबु शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै ...
एजेन्सी संक्रमितको संख्या थपिदै गएपछि स्थानीय प्रशासनले नेपालगंजमा निषेधाज्ञा जारी गरेको छ।, निषेधाज्ञा बिहान ११ बजेबाट लागु हुने जनाइएको छ।, सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको घोषणा गरेको हो।, सो निषेधाज्ञा २५ गते मध...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ।, मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि सो संख्या ८२ पुगेको हो।, नयाँ थपि...
सेतोपाटी महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्।, दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका हुन्।, सोही विषयलाई लिएर म...
सेतोपाटी संवाददाता क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएका बैतडीको पुर्चौडीका ६७ वर्षीय जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।, उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकैको बाटोमा मृत्यु भएको थियो।, स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको...
एजेन्सी भारतमा सोमबारदेखि रक्सी पसलहरू खुल्न थालेका छन्। झन्डै ४० दिनपछि रक्सी पसल खुलेपछि किन्नेहरूको भीड लागेको थियो।, भीड यति ठूलो थियो कि भौतिक दूरी कायम नगरेको भन्दै प्रहरीले राजधानी नयाँदिल्लीका रक्सी पसलअगाडि जम्मा भएका माथि लाठीचार्ज गर्नु परेको थियो।, रक्सी किन्नेहरूको थामी नसक्नु भीड लागेपछि दिल्ली सरकारले म...
रासस निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी लकडाउनका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधारमा मान्न आग्रह गरेको छ।, सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं. २०७...
नारायण खड्का बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो।, योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ।  नेपालभर संक्रमितको संख्या ८२ भएको छ।, नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूष...
नारायण खड्का नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापरीबीच झडप भएको छ। बिहान साढे १० बजेतिरको त्रिभुवन मोडभित्रको पुरानो सिनेमा हल नजिकै झडप भएको हो।, बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले निषेधज्ञाबारे जानकारी गराउन माइकिङ गर्दै र सम्झाउँदै हिँडेका प्रहरीमाथि स्थानीय अनाहकमा जाइ लाग्दा केहीबेर समस्या भएको बताए।...
सेतोपाटी संवाददाता बाराको विश्रमपुर गाउँपालिका-४ मा भारतीय सीमा सुरक्षा बल(एसएसबी) र स्थानीयबीच कुटाकुट भएको छ।, मंगलबार बिहान सीमा नजिकैको खेतमा जाँदा एसएसबी टोलीले एक स्थानीयमाथि कुटपिट गरेका थिए।, कुटपिट गरेको थाहा पाएपछि स्थानीय जम्मा भएर एसएसबीमाथि ढुंगामुढा गरेको वडा-४ का वडाध्यक्ष मदनप्रसाद यादवले बताए।, सोमबार...
नेहा झा लालबाबु सिंह घर बनाउँदै थिए। नयाँ घरमा उनले सिमेन्टको पिलर राखेका थिए। छानो लगाउने बेला हुनै लागेको थियो।  नयाँ घर बनाई श्रीमान् र श्रीमती दुई छोराछोरीका साथ हाँसीखुसी जीवन बिताउने उनको र पत्नी निलम सिंहको सपना थियो। , उनीहरूको त्यो सपना केही दिनअघि टुट्यो। , महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर ७ मझौलिया टोल...
सेतोपाटी संवाददाता बाजुरा बुढीनन्द नगरपालिकाका आठ नेपाली भारतको सीमा झुलाघाटमा अलपत्र परेका छन्।, गत १८ गते नाका खोलेको सूचना पाएपछि १९ गते उनीहरु नेपाल फर्किन झुलाघाट आएका थिए। तर नाका नखुलेपछि ‘कल्भर्ट’ पुलमुनि बस्न थालेका थिए।,  ती नेपालीहरू  चाउचाउ र बिस्कुट खाएर बसिरहेको खुलेको हो।, ती नेपालीहरू अलपत्र परेको थाहा...
रासस एकल महिलाले मात्र होइन, एकल पुरूषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि मेलम्चीको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेरका समूहका एकल पुरूषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन सुरूआत गरेको छ।, सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्य...
एजेन्सी जर्मनका राज्य प्रमुखहरूले बुधबार चान्सलर एन्जेला मर्केलसँग हुन लागेको टेलिकन्फ्रेन्समा कोरोना भाइरस प्रतिबन्धलाई कम गर्ने विषयमा सहमति जनाउने तयारीमा रहेको रोयटर्सले जनाएको छ।, रोयटर्सले यस तयारीसँग नजिक रहेका दुई जना व्यक्तिले दिएको भन्दै समाचार प्रकाशित गरेको छ।, ती श्रोतका अनुसार राज्य प्रमुखहरूले ठूला पसलह...
सेतोपाटी संवाददाता कैलालीमा एटिएमबाट पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले सोमबार भिमदत्त नगरपालिका ९ मटैनाका २२ वर्षीय सुनिल खड्कालाई कञ्चनपुरबाट पक्राउ गरेको हो।, गत बुधबार राति साढे ११ बजे गोदावरी नगरपालिका २ अत्तरीया बजार महेन्द्रनगरमा रहेको एनआईसी एशियाको एटिममा तोडफोड गरी रकम चोर्न खोजे...
भगवती पाण्डे गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आइसोलेसन अस्पतालमा ल्याइयो।, सुनसान र एकान्त स्थानमा रहेको बुटवल...
सविता बुढा कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ।, पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय गोरख ऐरको मृत्यु भएको हो।, उनी सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए। प...