content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण ढुंगाना सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ?, या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ। याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न। नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ। दुःख मात्रै पाउन सक... |
रासस कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्।, कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णयविपरीत आज बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन्।, गएराति सुर्खेतदेखि बिरामी लि... |
सेतोपाटी संवाददाता मोरङमा सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई एक करोड नौ लाख भारू सहित पक्राउ गरेको छ।, मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्रले चेक गरेको थियो।, सो ट्रकबाट अवैध एक करोड नौ लाख ७९ हजार ५ सय ३० भारू फेला परेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको सशस्त्रका केन्... |
सेतोपाटी संवाददाता सल्यानमा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, चट्याङ लागेर घाइते भएकी ६ वर्षीया हिमाली रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा दिउँसो डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।, चट्याङबाट कुमाख गाउँपालिका वडा नं. ३ चिनाली निावसी ३६ वर... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने १६ वटा प्रयोगशाला छन्। यी प्रयोगशालाबाट दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्न सकिन्छ।, १६ वटा प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक ८ सय नमूनाको परीक्षण गर्नसक्छ। प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाका अनुसार जनशक्ति र श्रोत... |
सेतोपाटी संवाददाता ‘आरएनए एक्स्ट्रयाक्सन’ किट नहुँदा चार वटा प्रयोगशालामा कोरोनाभाइरस परीक्षणको काम रोकिएको छ। जसमा चितवन, भैरहवा, सुर्खेत र वीर अस्पतालका प्रयोगशाला छन्।, चितवनस्थित प्रयोगशालामा किट नहुँदा गत तीन दिन देखि परीक्षण रोकिएको भरतपुर अस्पतालका प्रमुख डा। भोजराज अधिकारीले बताए। ‘यसअघि पनि किट नहुँदा तीन दिन... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेबारे आन्तरिक तयारी सुरू गरेको छ।, कोरोनाभाइरस संक्रमण देखिएपछि सरकारले वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ।, अब लकडाउन खुकुलो हुन सक्ने आँकलन गर्दै मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालनबारे गृहकार्य सुरू गरेको हो।, ... |
सेतोपाटी संवाददाता वीरगन्जमा कोरोनाभाइरसबाट निको भएका एक भारतीय नागरिकलाई पुनः अस्पताल भर्ना गरिएको छ।, उनलाई आइतबार नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको हो। शनिबार उनीसँगै कोरोनाबाट निको भएका रौतहटका १९ वर्षीय युवकलाई पनि अस्पताल ल्याइएको थियो।, राति ८ बजे आफू अस्पताल आएको युवकले जानकारी दिए। अस्पतालका मेडिकल सुप... |
एजेन्सी पछिल्लो समय भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।, भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार साँझ दिएको जानकारीअनुसार गएको २४ घण्टामा मात्रै त्यहाँ दुई हजार चार सय ८७ संक्रमित थपिएका छन् भने ८३ जनाले ज्यान गुमाएका छन्। २४ घण्टामा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो। , त्यहाँ कुल कोरोनाभाइरस संक्रम... |
सेतोपाटी संवाददाता आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।, सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ। , योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन... |
सेतोपाटी संवाददाता नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि थप जनशक्ति र परीक्षण गर्न आवश्यक सामग्री सरकारसँग माग गर्ने निर्णय गरिएको छ।, संक्रमित संख्या ह्वात्तै बढेपछि उपचार र परीक्षणमा थप जनशक्ति आवश्यक रहने भन्दै केन्द्र सरकारसँग सो माग गर्ने निर्णय भएको नेपालगन्जका सहायक प्रमुख जिल्ला अधिकारी दीर... |
सेतोपाटी सप्तरीबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ।, मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए। , परियोजना संयोजक यादवका अनुसा... |
एजेन्सी विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ।, यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ।, यध्यपी संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ।, पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन्। यस्तै ल्य... |
सेतोपाटी संवाददाता मुग्लिन-नारायणगढ सडकखण्डस्थित जलवीरेमा पहिरो खसेको छ।, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा सोमबार पहिरो खसेपछि सवारी साधन रोकिएका थिए। लकडाउनका बेला सडकमार्गमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन केहीबेर रोकिएका हुन्।, अहिले पहिरो पन्छाउने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहर... |
एजेन्सी इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको राष्ट्रपति हसन रुहानीले आइतबार बताएका छन्।, कोरोना भाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्येको एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।, स्वास्थ्य मन्त्रा... |
रासस कोभिड–१९ संक्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।, कोरोना संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। उनीसँगै संक्रमण देखिए... |
नारायण खड्का वैशाख १८ गते बिहान सात बजेतिर ४० वर्षीया तिलकुमारी दमाई र उनका १३ वर्षका छोरा गौरव नेपालीले सँगै खाना खाए। ११ वर्षकी छोरी खुसी (रमिता) पनि छेउमै थिइन्।, त्रिवेणी गाउँपालिका- ४ छेपाकी तिलकुमारी घरको कामधन्दा सकेर १७ गते साँझ वडा नम्बर ७ गैरीगाउँको माइती गएकी थिइन।, लकडाउन स्कुल बन्दको बन्दै भएपछि गौरव र ... |
एजेन्सी भारतमा सोमबारदेखि रक्सी पसल खुल्न थालेका छन्।, गत शुक्रबार गृह मन्त्रालय दुई साताका लागि लकडाउन लम्ब्याएसँगै लकडाउन खुकुलो बनाउन तीन तहको वर्गीकरण गरेको थियो।, सरकारले रेड, ओरेन्ज र ग्रीन जोनमा वर्गीकरण गरेको छ। तर तिनै जोनमा रक्सी पसल खोल्न अनुमति दिएको छ।, रक्सी पसल खुल्न थालेपछि पसलमा भीड लाग्न थालेको छ। र... |
सेतोपाटी संवाददाता जंगलमा गाईबस्तु चराउन गएकी एक बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।, बालिकामाथि जवरजस्ती बालात्कार गरेको अभियोगमा दंगिशरण गाउँपालिका वडा नं. ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।, शनिबार दिउँसो साढे २ बजे... |
प्रशन्न पोखरेल भक्तपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिराम सुवाललाई अचेल बेग्लै खुसी छ।, नयाँ-नयाँ नम्बरबाट फोन आउँछ।, कोरोनाभाइरस संक्रमणले देश नै आक्रान्त छ। दैनिक ज्यालामजदूरी गर्नेहरू हातमुख जोर्न सकेका छैनन्। राहत माग्दै अध्यक्षलाई आउने फोनको कुरा हामी गरिरहेका छैनौं। सुवाललाई त बधाई दिनेहरूको फोन आइरहेका छन्... |
सेतोपाटी संवाददाता लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।, लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू भएको प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले सेतोपाटीलाई बताए।, आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार... |
सेतोपाटी संवाददाता धनकुटामा पानीको ड्रममा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ।, आइतबार धनकुटा नगरपालिका १ जौटार बस्ने राजिव तितुङकी १८ महिने छोरी सिर्जना तितुङको घरमै भएको ड्रममा डुबेर मृत्यु भएको थियो।, ‘आधा पानी भएको ड्रममा बालिकाले टाउको डुबाइछे’ एसपी सुदर्शनप्रसाद कोइरालाले भने।, बालिकाको मृत्यु भएको खबर पाएसँगै... |
रासस लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्।, , राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएक... |
दिपकजंग शाही छिमेकी प्रदेशका रूपमा रहेका प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने भएको छ। सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।, परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहा... |
सबिना श्रेष्ठ लकडाउन डायरी, लकडाउन नहुँदो हो त बुद्धिसागर ठमेलका गल्लीतिर बरालिइरहेका भेटिन्थे। वा, त्यहीँको कुनै रेस्टुरेन्टमा कुनाको टेबल छानेर किताबभित्र हराइरहेका हुन्थे। वा, ल्यापटपमा कुटुकुटु औंला चलाइरहेका हुन्थे।, पाँच वर्ष भयो, ठमेल बुद्धिसागरको दैनिकीको हिस्सा बनेको। त्यसअघि उनको अड्डा न्यूरोड थियो। त्यहाँका... |
सिद्धराज भट्ट कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज बिकको अहिले दिनचर्या फेरिएको छ।, कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना भएका बिक निको भएर डिस्चार्ज्ड भई ‘होम क्वारेन्टाइन’को बसाइसमेत पूरा गरेपछि अहिले उनको दिनचर्या फेरिएको छ।, सोह्र दिनको अस्पतालको आइसोलेसन र थप सात दिन होम क्वारेन्टाइनको बसाइले केही पट्यार लागे पनि ... |
सन्जिब बगाले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।, सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।, ‘बैठकले भोलि समितिमा खाका पेश गर्न ... |
सेतोपाटी संवाददाता लकडाउनकै बीच आज पनि कैलालीको मसुरियामा स्थानीयले र्याली निकालेका छन्।, यसअघि मृत भेटिएका निजी विद्यालयको संगठन (एनप्याब्सन) का केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै उनीहरूले सो घटनाको छानबिन गर्न माग गर्दै र्याली निकालेका हुन्।, विद्यार्थीहरूसहित उपस्थित र्यालीमा शिक्षक, अभिभाव... |
नेहा झा सालीसँग अवैध सम्बन्ध रहेको कुरा थाहा पाएपछि धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।, धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालीसँग रहेको अवैध सम्बन्धका कारण २५ वर्षीया श्रीमती विणाको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ।, हरिले योजना बनाएरै वीणाको हत्या गरेको ख... |
सेतोपाटी संवाददाता बझाङकी एक सुत्केरीलाई थप उपचारका लागि धनगढीबाट हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ।, बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर २ की ३३ वर्षीया जानकी रावललाई सेती प्रादेशिक अस्पतालले काठमाडौं रिफर गरेपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको हो।, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ११... |
सविता बुढा संयुक्त बजार अनुगमन टोलीले कैलालीको अत्तरीयामा रहेको हिमाल फार्मेसीलाई २ लाख जरिवाना गराएको छ।, सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीले जनाएको छ। , अनुगमनका क्रममा टोलीले धनगढी चौराहमा रहेको सरोज मेडिकल ह... |
रासस स्याङ्जाको वालिङमा डेङ्गीका बिरामी फेला परेका छन्।, पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए। उनको स्वास्थ्य अवस्था सामान्य छ। , ,डेङ्गीका बिरामी फेला परेसँगै वालिङ नगरपाल... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसबाट जोगाउने ठानेर स्वास्थ्यकर्मीहरूले ठाउँठाउँमा मानिसको शरीरलाई नै डिसइन्फेक्सन गर्न थालेका छन्।, यही दृश्य आइतबार काठमाडौंको न्युरोडमा पनि देखियो।, सडकका दुईतिर बसेर स्वास्थ्यकर्मीले मानिसहरूलाई स्प्रे गर्दै गन्तव्यतिर पठाइरहेका थिए। तर विशेषज्ञहरूले यसरी शरीरलाई नै डिसइन्फेक्ट गर्दा यस... |
सेतोपाटी संवाददाता कैलालीको गौरीगंगा नगरपालिकामा जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र सघाउने श्रीमान पक्राउ परेका छन्।, १६ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजूविरूद्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।, जिस्काउने र संवेदनशिल अंग छुन खोज्ने... |
रासस महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ।, शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ।, यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेक... |
नारायण खड्का दाङमा एम्बुलेन्स चालकलाई पिपिई, गोब्स, मास्क अनिवार्य गरिएको छ।, छिमेकी जिल्ला बाँके र रुपेन्देहीमा कोरोनाभाइरस संक्रमित फेला परेपछि दाङ प्रवेश गर्ने नाकामा उच्च सतर्कता अपनाइएको छ।, नेपालगन्जबाट आउने मुख्य नाका तुलसीपुर १३ फूलवारीको दमारगाउँमा कडा चेकजाँच सुरू गरिएको हो।, कोरोना विपद् व्यवस्थापन समिति तु... |
रासस भेरी नगरपालिका वडा नम्बर १ पिपेका हरिबहादुर पुन हिजोआज मल बोक्दै छन्। मकै रोप्ने बारीमा मल छर्नुपर्नेछ।, एक साताअघि उनी नुवाकोटबाट घर भएका हुन्। त्यसबेला उनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो। उनीसँगै आएका सात जना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्न थाले।, उनीहरु दैनिक ज्यामिरे ओडारबाट घर... |
दिपकजंग शाही लकडाउनका कारण घर जान नपाएका हुम्लाका नागरिक आफैंं विमान चार्टर्ड गरी घर फर्किएका छन्। सुर्खेत र नेपालगन्जमा रहेका हुम्लाका नागरिक शनिबार विमान चार्टर्ड गरी गाउँ फर्किएका हुन्।, हुम्लाका नागरिकलाई गाउँ लिन सीता एअरको विमानले शनिबार सुर्खेतबाट तीन वटा उडान गरेको छ। सुर्खेतमा विमान चार्टर्डका लागि संयोजकत्व ... |
एजेन्सी अमेरिकी कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको ट्विटका कारण कम्पनीले ठूलो रकम गुमाउनुपरेको छ। , शुक्रबार एलनले 'म आफ्नो सबै अचल सम्पत्ति बिक्री गर्छु, घर पनि राख्दिनँ' भन्दै एक ट्विट गरेका थिए।, उनको यो ट्विटसँगै टेस्लाको सेयर १४ अर्ब अमेरिकी डलरले कम भएको बिबिसीले जनाएको छ। , आफ्नो सम्पत्ति बेच्ने म... |
अनुषा अधिकारी हामीकहाँ एउटा भनाइ नै छ- नेताका छोरा नेता, डाक्टरका छोरा डाक्टर!, त्यसमाथि बाबु देशकै चिरपरिचित डाक्टर छन् भने त छोरामाथि समाज र घरपरिवारको दबाब अझ बढी हुन्छ।, चिकित्सा क्षेत्रमा चासो राख्नेहरूका लागि चक्रराज पाण्डे परिचित नाउँ हो। नेपालका यी प्रसिद्ध हाडजोर्नी डाक्टर ग्रान्डी अस्पतालका सञ्चालकसमेत हुन्।... |
सेतोपाटी बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, त्यसैगरी सो दुर्घटनामा एक महिला घाइते भएकी छन्।, कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह.६३४१ नंको गाडीले भे४ प.७६२० नंको मोटरसाइकललाई ठक्कर दिदां कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्रा... |
सेतोपाटी कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।, जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ।, यसैगरी धनगढी उपम... |
सेतोपाटी ओखलढुङ्गाका ६ युवक जुम्लामा अलपत्र परेका छन्।, जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन्।, काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन्।, कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको... |
एजेन्सी इटालीमा कोरोना संक्रमणका कारण हुने दैनिक मृत्यु शनिबार फेरी बढेको छ।, कोरोनाका कारण शुक्रबार २ सय ६९ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या ४ सय ७४ पुगेपछि दैनिक मृत्यु बढेको हो।, त्यहाँको नागरिक सुरक्षा एजेन्सीका अनुसार यो संख्या अप्रिल २१ पछिकै धेरै हो।, केही समययता मृत्युदर घट्दै आएको इटालीमा शनिवार भाइरसबाट ... |
एजेन्सी ल्याटिन अमेरिकी देश बोलिभियामा शनिबार भएको सैन्य विमान दुर्घटनामा चालक दलका दुई सदस्यसहित ४ जना स्पेनी नागरिकको मृत्यु भएको छ।, कोरोना भाइरसका कारण अलपत्र परेका ती स्पेनी नागरिकलाई स्वदेश फर्काउनका लागि सो विमानबाट सान्टाक्रुजमा लगिदैं थियो।, त्यहाँको वायुसेनाका अनुसार सो विमान ट्रिनिडाडको दक्षिणपूर्वि शहर नजि... |
सेतोपाटी विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ।, गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ।... |
एजेन्सी ल्याटिन अमेरिकी देश भेनेजुएलाको एक कारागारमा भएको दंगामा ४० जना कैदीको मृत्यु भएको छ।, पश्चिमी नगर गुआनारे नजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानी अभावलाई लिएर आक्रोशित बनेको त्यहाँको कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अबजर्भेटरीले जनाएको छ।, कैदीहरूले जेल तोड्ने प्रया... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकलाई पुनः अस्पताल भर्ना गरिएको छ।, जिल्लाको ईशनाथ नगरपालिका-८ निवासी युवकलाई शनिबार राति ८ बजे वीरगन्जस्थित नारायणी अस्पताल भर्ना गरिएको हो।, 'मलाई किन अस्पताल ल्याएको भनेर डाक्टरलाई सोध्छु। प्रष्ट उत्तर दिनुहुन्न' ती युवकले सेतोपाटीसँग... |
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवास्थित विउविजन कार्यालयमा निर्माण गरिएको कोरोना प्रयोगशालामा केमिकल अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको छ।, गत चैत्र २३ गते नमूना परीक्षण सफल भएपछि स्वाव परीक्षण गरिँदै आएको प्रयोगशाला एक महिना नहुँदै बन्द हुने अवस्थामा पुगेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. ... |
सेतोपाटी संवाददाता भारतमा मजदुरी गर्न गएका श्रीमान् तथा छोराहरू अलपत्र परेको भन्दै दुई सय बढी महिलाले कञ्चनपुरको महाकाली नगरपालिका घेरेका छन्। , आइतबार बिहान ती महिलाहरू आफ्ना परिवारलाई फिर्ता ल्याइदिन भन्दै मेयरलाई भेट्न नगरपालिकामा पुगेका हुन्।, ‘बिहान ६०–७० जना महिलाहरू मलाई भेट्न आएका थिए’ मेयर वीर बहादुर सुनारले ... |
एजेन्सी दक्षिण अफ्रिकामा एक नेताको अन्तिम इच्छा थियो, आफूले किनेको मर्सिडिज बेन्जमै आफ्नो लासमा गाडियोस्।, उनीहरूको धार्मिक आस्थाअनुसार लासलाई कफिनमा राखेर गाडिन्थ्यो तर ७२ वर्षीय नेता तथा व्यापारी ट्शेकेडे पिट्सो भने कफिनमा होइन मरेपछि पनि आफ्नो कार सँगै राख्न चाहन्थे।, उनले मर्नुअघि नै आफ्नो इच्छा परिवारलाई सुनाएका ... |
सेतोपाटी संवाददाता लकडाउन भएको करिब डेढ महिनापछि धनुषाको नगराइन नगरपालिकाले राहत स्वरुप नगद प्रदान गरेको छ। नगराइन नगरपालिका वडा नं. ८ मा राहतस्वरुप नगद वितरण गरिएको हो।, वडामा ९ लाख ७५ हजार रुपैयाँ राहतस्वरुप नगरपालिकाबाट आएकोमा ६ सय ५० घर परिवारलाई वितरण गरिएको वडाध्यक्ष संजय राउतले जानकारी दिए। , वडाका प्रत्येक परि... |
सविता बुढा मुलुक डकडाउनमा रहेका बेला आइतबार कैलालीमा भने एकाएक र्यालीकाे दृष्य देखियो।, कैलालीको मसुरीया बजारमा स्थानीयले गरेकाे विरोध र्याली लकडाउनकाविरुद्ध होइन।, यसअघि मृत भेटिएका निजी विद्यालयको संगठन (एनप्याव्सन)का केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै उनीहरुले सो घटनाको छानविन गर्न माग गर्दै... |
रासस विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ।, सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो।, उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए। , रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राज... |
एजेन्सी पछिल्लो समय रूसमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।, आइतबारमात्र त्यहाँ १० हजार जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, मार्च अन्तिम सातासम्म रूसमा कोरोना संक्रमित फाट्टफुट्टमात्र थिए। अप्रिल लागेसँगै त्यहाँ संक्रमण दिन दुई गुणा रात चौगुणा बढ्न थाल्यो। रूसमा अहिले १ लाख ३४ हजार ६ सय ८७ मानिसमा को... |
रासस नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ।, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए।, उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका ... |
सेतोपाटी संवाददाता आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।, वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।, उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।, आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।, निको भएका... |
नारायण खड्का बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। , जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले सेतोपाटीलाई बताए ।, ‘टुइ... |
सेतोपाटी राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बुधवार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठ... |
नारायण खड्का रोल्पामा जंगलमा छोडिएको बेवारिसे बम विष्फोट हुँदा गाईबाख्रा चराउन गएका चार बालबालिकाले ज्यान गुमाएका छन्।, मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीक... |
नारायण खड्का रोल्पामा जंगलमा बेवारिसे छोडिएको बम विष्फोटबाट ज्यान गुमाएका चार बालबालिकाको शव संकलन हुन नसकेको प्रहरीले जनाएको छ।, घटनास्थलमा एउटा नपड्किएको टु ईञ्च मोटार रहेको र साँझ पनि परेकाले शव सङ्कलन हुन नसकेको प्रहरीको भनाइ छ।, बिहीवार साँझ ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बे... |
एजेन्सी रसियाका प्रधानमन्त्री मिखाइल भि मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ।, बिहीवार आफूलाई कोभिड-१९ भएको जानकारी उनी स्वयंले दिएका हुन्।, ५४ वर्षिय मिखाइल गत जनवरीमा रसियाको प्रधानमन्त्री बनेका थिए। राष्ट्रपति भ्लादमिर पुटिनसँगको भिडिओ कन्फ्रेन्समा उनले आफूलाई कोभिड-१९ भएको घोषणा गरेका हुन्। उनी को... |
सेतोपाटी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। , दुर्घटनामा दुई जना घाइते भएका छन्।, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीवार स... |
युनिक श्रेष्ठ वैशाख ६ गते लकडाउन भएको २६ दिन बितिसकेको थियो। रसुवागढी हाइड्रोपावरमा काम गर्ने ३३ वर्षका सुरज तामाङको मनमा बेचैनी थियो।, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ मा उनकी श्रीमती दुई जिउकी थिइन्। उनी सुत्केरी हुने दिन नजिकिँदै थियो तर लकडाउन खुल्ने कुनै छाँटकाँट थिएन।, श्रीमती सुत्केरी भएपछि स्याहार्नुपर्छ भन... |
नारायण खड्का रोल्पामा बिहीबार बेलुका बम विष्फोटमा मृत्यु भएका चार बालबालिकाको शव पोष्टमार्टमका लागि दाङ ल्याइने भएको छ।, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले कानुनी प्रक्रिया पुरा गर्नका लागि पोष्टमार्टम गर्नुपर्ने सुरक्षाकर्मीको सुझावअनुसार शव दाङ लैजाने तयारी गरिएको जानकारी दिए।, शुक्रबार मध्यान्ह १२ बजेपछ... |
सेतोपाटी जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन्।, एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछाम... |
एजेन्सी इजिप्टमा सैनिक सवार एक सशस्त्र सवारीमा बम विस्फोट हुँदा एक सैन्य अधिकृत सहित १० जना मारिएको वा घाइते भएको हुनसक्ने त्यहाँका एक सैन्य प्रवक्ताले जनाएका छन्।, घटना इजिप्टको उत्तरी सिनाइ क्षेत्र स्थित बीर अल-अब्द शहरको दक्षिणी भागमा भएको हो।, उनले घटनामा कति जना मारिए भन्ने बारेमा कुनै जानकारी दिएनन्।, घटनाको हाल... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’ को शुक्रबार उद्घाटन गरिएको छ।, चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेको स्विच थिचेर उद्घाटन गरेका हुन्।, उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिसइन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ।, चन्द्रागिरि ... |
रासस चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा हरेक दिन कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ। , हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ।, हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो... |
सेतोपाटी संवाददाता सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान साढे ११ बजे हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर बस्ने पुरूषोत्तम राईको मृत्यु भएको हो।, चट्याङ लागेर घाइते भएका उनको स्थानीय पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयले जनाएको छ। , आफ्नै पानी घट्टामा बुबा रामजी राईल... |
एजेन्सी भारतको पन्जाबमा लकडाउनका बेला बाहिर निस्कने पास माग्दा एक समूहको आक्रमणबाट हात काटिएका पन्जाब प्रहरीका सबइन्स्पेक्टर उपचारपछि निको भएका छन्।, हरजित सिंह निको भएर घर आउँदा सडकमा उनको सम्मानमा रेडकार्पेट बिछ्याइयो। सामान्यत: प्रहरीले सरकार/राष्ट्र प्रमुख र अरू भिभिआइपीहरूका लागि मात्र रेड कार्पेट बिछ्याउने चलन ... |
सविता बुढा जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको आइसोलेसन वार्डमै मृत्यु भएपछि कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको थियो।, एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्... |
सेतोपाटी संवाददाता नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।, नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको ... |
नारायण महर्जन आज अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपाल मात्रै होइन, विश्वका सबैजसो मुलुकमा यस दिन कुनै ठूला औपचारिक कार्यक्रम भएनन्।, कोरोनाभाइरस महामारीको असरसँगै नेपालसहित विश्वका धेरै मुलुक लकडाउनमा छन्। लकडाउनका कारण उद्योगधन्दा बन्द छन्, निर्माण क्षेत्र ठप्प प्रायः छ। दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी गुमेको छ।,... |
नारायण खड्का शुक्रबार बाँकेमा कोरोना पुष्टि भएका ६० वर्षीय व्यक्ति मस्जिदमा पढाउने गुरू भएको खुलेको छ।, उनी ‘मौलाना’ वा ‘इमाम’ रहेको स्थानीय प्रशासनले पुष्टि गरेको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ डिएसपी रोड निवासी उनले रोजा सुरू हुनुभन्दा पहिला अर्थात् वैशाख १३ गते अघिसम्म स्थानीय मस्जिदहरूमा पढाउँदै आएका थिए।,... |
सेतोपाटी संवाददाता लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदूर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामूहिक मेस सञ्चालनमा ल्याइएको छ।, राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला सहरी विकास राज्यमन्त्री मानन्धरको पह... |
नेहा झा आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्मजयन्ती। अन्य वर्ष जानकी नवमी पर्व धुमधामका साथ मनाउने गरिए पनि यस वर्ष भने जनकपुरधाममा रौनकता देखिएन। , कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउनले गर्दा यस वर्ष जानकी जन्मोत्सव प्रभावित भएको हो।, जानकी जन्मोत्सवको दिन समेत जानकी मन्दिरको मूल ढोका बन्द नै रह्... |
भगवती पाण्डे शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका युवा १४ दिनअघि भारतको दिल्लीबाट आएको खुलेको छ।, नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा वैशाख ५ गते गाउँ आएका उनलाई सोही दिन नै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।, कोरोना संक्रमण फैलिन नदिन नेपाल-भारत दुवै... |
रासस छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ।, चीनमा आजदेखि आगामी मङ्गलबारसम्म ९मे १–५ तारिख० सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्... |
सेतोपाटी संवाददाता भारत सरकारले लकडाउनका कारण अलपत्र परेका मजदुरको रेलबाट उद्दार गर्न थालेको छ। , बिहीबारसम्म केन्द्रीय सरकारले बसबाट उद्दार गर्ने बताए पनि शुक्रबार रेलको प्रयोगबाट उद्दार गर्न थालेको हो। यस रेलले मजदुर, विद्यार्थी, तिर्थयात्री तथा पर्यटकको उद्दार गरिरहेको छ। , इण्डियन रेलवेजका अनुसार मजदुरको समान्य स्... |
युवराज श्रेष्ठ अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हराएका ४ कोरियालीसहित सातै जनाको शव फेला परेको छ।, जसमध्ये ५ जनाको शव यसअघि नै फेला परेको थियो भने नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोलीले शुक्रबार बाँकी रहेका एक कोरियाली र एक नेपाली गरी २ जनाको शव फेला पारेको छ।, एबिसी पदमार्गको हिँकु केभनजिकै पदयात्राका क्र... |
सविता बुढा कैलालीको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।, सोही नगरपालिका वडा नं. १० बस्ने धामीलाई गौरीगंगा ... |
सेतोपाटी ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीबाट सात घर जलेर नष्ट भएका छन्।, फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो।, राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्... |
एजेन्सी दुई वटा सशस्त्र समूहका बीचमा भएको भिडन्तमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २५ जनाको मृत्यु भएको छ।, देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन्।, दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो। घटनामा ५१ जना घाइते भएको अन्तराष्ट्रिय संचारम... |
एजेन्सी रसियाले शुक्रवार देशमा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक वृद्धि देखिएको जनाएको छ।, शुक्रवार राष्ट्रव्यापी रुपमा ७ हजार ९ सय ३३ नयाँ संक्रमित प्रमाणित भएसँगै कुल संक्रमित संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको रसियाको कोरोनाभाइरस संकट केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका क... |
सेतोपाटी संवाददाता नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ। , बुधबार स्वास्थ्य मन्त्रालयले तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।, यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले एक जनामा थप कोरोना संक्रमण देखिएको बताएका थिए तर उनले लिस्ट दोहोरिएको भन्दै बुधबार संक्रमित संख... |
नेहा झा ललितपुरको लेलेबाट पैदल हिँडेर आफ्नो देश जान आएका भारतीय मजुदुरले सीमा नाका भने पार गर्न सकेनन्।, ललितपुरको लेलेस्थित एचबी इँट्टाभट्टा उद्योगमा काम गर्दै आएका ३३ जना भारतीय मजदुर सिन्धुली, बर्दिवास, जनकपुरधाम हुँदै जटही सीमा नाकासम्म आइपुगे।, सीमा नाकाबाट प्रवेश पाउने आशा लिएका उनीहरुलाई अन्ततः सशस्त्रले जान दि... |
रासस महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ।, भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए।, उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी... |
जुना श्रेष्ठ के तपाईंलाई नेपाल (नेवार) भाषा सिक्ने मन छ? फर्रर बोल्न नजाने पनि कम्तिमा अरूले बोलेको बुझ्न पाए हुन्थ्यो भन्ने चाहना छ?, छ भने तपाईं घरै बसी-बसी नेपाल भाषा सिक्न सक्नुहुन्छ।, पूर्व मिस नेवाः सुनिता डंगोलले यही वैशाख १ देखि हरेक साँझ ६ः३० बजे निजी फेसबुकबाट नेपाल भाषा सिकाउँदै छिन्। उनको कक्षा फेसबुक लाइभ... |
सेतोपाटी संवाददाता विश्व कोरोनाभाइरसले आक्रान्त छ। अहिलेसम्म कोरोनाबाट ३१ लाख बढी मानिस संक्रमित भएका छन् भने २ लाख बढी मानिसको ज्यान गइसकेको छ।, कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न देशले लकडाउन पनि जारी गरेको छ।, आममानिसमा कोरोनाको त्रास यति फैलिएको छ कि उनीहरूलाई मानसिक रूपमा समेत यसले प्रभाव पारिरहेक... |
एजेन्सी बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ।, बुधबार बिहान जोनसन र उनकी प्रेमिका क्यारी साइमोन्डसले विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन्।, प्रधानमन्त्रीका प्रवक्ताले क्यारी र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको बताएकी थिइन्।, 'प्रधानमन्त्री र मिस साइमोन्डस् स्वस्थ... |
सेतोपाटी संवाददाता गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आगलागीमा घाइते भएका एक जनाको बुधबार निधन भएको छ।, बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्ति... |
सेतोपाटी संवाददाता कैलालीको सुखड इलाका प्रहरी कार्यालयभित्र प्रहरी जवान मृत भेटिएका छन्।, मंगलबार राति २९ वर्षीय लोकेन्द्र बोहोरा खाना खाएर सुतेका थिए।, ड्युटीका लागि बिहान तीन बजे उठाउन खोज्दा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए।, ‘उनको ३ देखि ६ बजेसम्मको ड्युटी थियो,’ उनले भ... |
रासस लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन्।, मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन्।, पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली... |
रासस प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ।, बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्र... |
सेतोपाटी संवाददाता दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन्।, संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन्।, दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन्।, विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्... |
एजेन्सी रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्याधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।, गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।, अल्जरीले संप्... |
एजेन्सी बोस्नियाको दुई क्षेत्रमा लकडाउन सहज पारेसँगै बुधबार कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा महिनाकै उच्च दैनिकी वृद्धि देखिएको छ।, यहाँ पछिल्लो २४ घण्टामा ९३ नयाँ संक्रमित फेला परेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।, यो संख्या अघिल्ला दिन फेला परेका संक्रमित भन्दा बढी हो।, मगंलबार त्यहाँ २० नयाँ संक्रमित फेल... |
रासस सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। , बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन्।, बुधबार धौलागिरि अञ्चल अस्पताल बागल... |
युनिक श्रेष्ठ महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किन सुरू गरेका छन्।, करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले सेतोपाटीलाई बताएका छन्।, दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरू भएको छ।, दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.