content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।, ,विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी अर... |
विवेक राई सरकारले कोरोनाभाइरस (कोभिड १९) को परीक्षणको लागि अहिले प्रयोग गरिरहेको र्यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरेर नयाँ किट ल्याउने तयारी गरेको छ।, बुधबार स्वास्थ्य सेवा विभागले १ लाख थान नयाँ र्यापिड टेस्टिङ किट खरिदको लागि विध म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको छ।, सरकारले यसअघि चीनबाट सात करोड बढी रुपैय... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोनाभाइरस संक्रमणबाट जोगिन सचेत रहनुपर्ने बताएका छन्।, बिहीबार भिडिओ सन्देश जारी गर्दै कोइरालाले कोरोनाबाट बच्न केही सतर्कताका बारेमा जानकारी गराएको उल्लेख गरेका छन्।, ‘सचेन बनौं र स्वस्थ रहौं,’ कोइरालाले भनेका छन्।, उनले कोरोना रोकथाम तथा नियन्त्रणमा अ... |
सेतोपाटी संवाददाता कालिकोटको पचलझरना गाउँपालिका १का वडाध्यक्षमाथि कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार उपोभोक्ता समितिको छलफलका क्रममा विवाद भएपछि वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको थियो।, उनको टाउको र निधरमा चोट लागेको थियो भने तत्कालै उपचारका लागि कोहलपुर मेडिकल कजेल पठाइएको थियो।, ‘उनला... |
सेतोपाटी संवाददाता कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।, मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार... |
रासस काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।, स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ।, गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्... |
एजेन्सी अप्रिल २७ मा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले वेलिङट्नमा संसदलाई सम्बोधन गरिन्।, सम्बोधनका क्रममा उनले सोही दिन राति १२ बजेदेखि कोभिड-१९ को संक्रमण रोक्न गरिएको लकडाउन एक लेभल खुकुलो हुने बताइन्।, न्युजिल्याण्डमा मार्च २३ देखि फोर्थ लेभलको लकडाउन गरिएको थियो। अत्यावश्यकबाहेक सबै व्यापार व्यवसाय... |
नारायण खड्का ७६ वर्षीया गौरी बस्नेत तुलसीपुर बजारस्थित मेगा बैंक अगाडि सडक पेटीमा बसेकी छिन्। दमकी रोगी बस्नेत बैंकमा जान मटेरास्थित घरबाट बिहान ६ बजे नै हिँडेकी हुन्।, बिहान ८ बजे बैंकमा आएकी उनले केही खाना खाएकी छैनन्। , ‘दिउँसो घाममा हिँड्न झनै मुश्किल होला भनेर बिहानै हिँडेँ, दुई घन्टा लाग्यो, अब घरै गएर खाना पकाए... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने आठ सय १४ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई लकडाउन कडा गर्न निर्देशन दिएको थियो। निर्देशनसँगै ट्राफिक प्रहरीले उपत्यकामा कडाईका साथ चेकिङ थालेको हो।, मंगलबार साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नि... |
सेतोपाटी संवाददाता भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।, संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय यादवका... |
रासस ‘होम क्वारेन्टाइन’ मा बस्ने सर्तमा काठमाडौंबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना सर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्।, कोरोना भाइरसको संक्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उल्लंघन गर्ने तीन जनालाई इलाका प्रहरी कार्याल... |
सेतोपाटी संवाददाता सर्लाहीमा बच्चाले प्याजको विरुवा उखेलेको विषयमा दुई परिवारबीच कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ। , सोमबार राति हरिपुर्वा–८ वसन्तपुरका एक बालकले छिमेकीको घरमा प्याजको विरुवा उखेलेपछि ती परिवारबीचको झगडाले उग्र रूप लिन पुगेको हो।, ‘बच्चा छिमेकीको बारीमा गएर प्याज उखेलेको रहेछ’ डिएसपी मदन कुँवरले भ... |
युवराज श्रेष्ठ बिजनेस भिसामा बसेर चन्दा संकलन गरेको भन्दै अध्यागमन विभागले अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चको भिसा नथप्ने भएको छ।, विभागका महानिर्देशक रमेशकुमार केसीले मिसेलको भिसा नथपिने र लकडाउन सकिएको सात दिनभित्र नेपाल छाड्नुपर्ने बताएका छन्।, विभागले पूर्व महानिर्देशक ईश्वरराज पौडेलकै समयमा उक्त निर्णय गर... |
नारायण महर्जन लकडाउनमा सञ्चालन भएका सवारीसाधनको पास जाँचमा ट्राफिक प्रहरीलाई भ्याइनभ्याई भएको छ।, राजधानीका मुख्य चोकमा खटिएर ट्राफिक प्रहरीले सबै सवारीसाधनको पास जाँच गरिरहेका छन्। यसरी पास जाँच गर्ने क्रममा कतिपय ठाउँमा ट्राफिक जाम नै हुने गरेको छ। , जिल्ला प्रशासन कार्यालयबाट पास लिएका र अत्यावश्यक सवारीसाधन मात्रै... |
सेतोपाटी संवाददाता रोल्पामा क्वारेन्टिनमा बसेको एक जनाको मृत्यु भएको छ।, रोल्पाको माडी गाउँपालिका वडा नं. २ निवासी ६२ वर्षीय एक जना पुरूषको सोमवार राति ११ बजेतिर मृत्यु भएको हो।, रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोरोना फोकल पर्सन रामबहादुर केसीले मृतकको स्वाब परीक्षणको लागि दाङको घोराहीस्थित राप्ती स्वा... |
सेतोपाटी संवाददाता १६ वर्षअघि भोजपुरमा हत्या गरी फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले भोजपुर नगरपालिका १ डाडाबोखिम बस्ने ५६ वर्षीय इच्छाबहादुर राईलाई सोमबार पक्राउ गरेको हो।, लेनदेनका कारण राईले सोही ठाउँ बस्ने ३९ वर्षीय झकेन्द्र बहादुर बिष्टलाई २०६१ वैशाख १ गते खुकुरी प्रहार गरी हत्या गरेर फरार भ... |
सेतोपाटी संवाददाता गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन्।, कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट संकलित ३ लाख ८८ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन्।, कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले भूमि व्यवस्था सहकारी तथा गरिबी ... |
दिपकजंग शाही सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा एक महिलाले छोरा जन्माएकी छिन्।, पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा तीन दिनदेखि रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन्।, सुत्केरी व्यथा लागेपछि उनलाई सालकोट क्वारेन्टाइनबाट स्वास्थ्य चौकी पुर्याइएको प... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सरकारलाई आदेश दिएको छ। , न्यायाधीश पुरूषोत्तम भण्डारी र मनोज शर्माको इजलासले केही कुरामा असहमति राखेकै आधारमा थुनामै राखेर कारबाही गर्न नपर्ने बताउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।, ‘थुनामै राख्नुपर्नेसम्मको कारण विना नै निवेदकरूलाई प्रवृत्त ... |
नारायण खड्का सल्यान दार्मा गाउँपालिका मसिनाकी २३ वर्षीया संगीता पुन पेटको दुखाइले छटपटाउन थालेको महिना दिन भइसकेको थियो।, ,सल्यान जिल्ला अस्पतालले उनलाई लकडाउन पूर्व नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिदिएपछि उनी तुलसीपुरस्थित भाइको कोठामा आइपुगेकी थिइन्। संयोग त्यस्तै पर्यो, भाइकी पत्नी सुत्केरी भएपछि लकड... |
युवराज श्रेष्ठ जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एउटा गम्भीर अपराधको अभियुक्तसम्बन्धी गोप्य सूचना आयो।, सूचनामा ‘हत्याका फरार अभियुक्त दिनभर जंगल र राति-राति घर आउँछन्’ भन्ने थियो।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले ती अभियुक्तको फाइल खोजे। जसलाई अदालतले ४१ वर्षअघि नै जन्मकैदको सजाय... |
सेतोपाटी संवाददाता रौतहटमा दुई कोरोना संक्रमित थपिएपछि केही ठाउँ सिल गरिएको छ।, संक्रमितको परिवार तथा समुदायमा मास स्क्रिनिङ गर्नुपर्ने अवस्था रहेको औंल्याउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले केही क्षेत्र सिल गरेको हो। , बृन्दाबन नगरपालिका वडा नम्वर ९ भुसाहाको दक्षिणमा भिमडावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअ... |
सेतोपाटी राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ।, यूएनएफपिएद्वारा मंगलबार यहाँ जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा पर... |
विवेक राई तीनवटा कोरोनाको पोजेटिभ नतिजा नेगेटिभ देखिएपछि जनकपुरमा रहेको पिसिआर परीक्षण बन्द हुने भएको छ। प्रदेश-२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पोर्टेबल पिसिआर मेसिनले पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाइदिँदा थप जोखिम बढेको भन्दै बन्द गरिएको जानकारी दिए।, मंगलबारै रौतहटका दुई जना कोरोना संक्रमित युवकको जनकपुर... |
सेतोपाटी संवाददाता शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।, तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी चैत २५ गते पक्राउ परेका थिए।, सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला सरका... |
सेतोपाटी मायादेवी गाउँपालिकाको वडा नं ७ मा पाँच क्विन्टल हरियो गाँजा नष्ट गरिएको छ।, मायादेवी गाउँपालिका –५ अठकोनियाका राधेश्याम तिवारी र रामअञ्चल यादवका खेतमा उम्रेको हरियो गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।, लागु पदार्थ नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर... |
सेतोपाटी धादिङको धुनीबेँसी नगरपालिका–९ मा मंगलबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।, दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।, नगरपालिकाको कच्ची बाटामा बा५ख ६७७५ नंको टिपर सडकबाट ५० मिटर त... |
सेतोपाटी एक महिनामा कपिलवस्तुमा जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ।, कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ।, घटनाका पीडितमा १० किशोरी र एक महिला छन्।, किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएक... |
सेतोपाटी हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्ग अन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया सुरु भएको छ।, उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ।, वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधा... |
एजेन्सी टर्कीको रक्षा मन्त्रालयले मंगलबार उत्तर सिरियाको अफ्रिन शहरमा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिएको जनाएको छ।, यो घटना सिरियन कुर्दिस वाईपीजी सेनाले गराएको उनीहरूको आरोप छ।, मन्त्रालयले ट्विटरमा जनाए अनुसार यो विस्फोट भीडभाड हुने अफ्रिनको मध्य बजार क्षेत्रमा भएको थियो।, अमेरिकाको स्टेट डिपार्टमेन... |
सेतोपाटी संवाददाता बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।, तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको... |
सेतोपाटी संवाददाता गणेशमान सिंह अध्ययन प्रतिष्ठानले माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने प्रणालीकै अन्त्य गरिनुपर्ने बताएको छ।, कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिको अपिल जारी गर्दै प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एसईई सदाका लागि अन्त्य गरिनु... |
सन्जिब बगाले प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन्।, वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई रथीमा बढुवा गरेको रक्षा मन्त्रालय स्रोतले सेतोपाटीलाई बतायो।, सैनिक ऐनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो।, यसअघि ब... |
सेतोपाटी संवाददाता पूर्वउद्योग मन्त्री तथा गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले लकडाउन खुकुलो बनाउनुपर्ने बताएका छन्।, लकडाउन अझै केही समय लम्बिने हो भने यसको प्रभाव दैनिक ज्यालामजदुरी गरि खाने तथा मध्यम वर्गीय परिवारहरूमा दैनिक गतिविधिमा समेत गर्न थाल्ने उनको भनाइ छ।, कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत प्रकरणमा राजेश राइसमिल परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान भएका छन्।, गत चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको र कम तौल भएको भन्दै स्थानीयले नगरपालिकाले वितरण गरेको खाद्यान्न सामग्री नगरपालिकाको गेट अगाडि नै फालेक... |
एजेन्सी अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ३५ हजार पुगेको छ।, मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १० लाख कट्ने अमेरिका पहिलो राष्ट्र बनेको छ।, त्यस्तै मर्नेको संख्या ५९ हजार दुई सय ६६ पुगेको छ। तर केही प्रदेशले नयाँ संक्रमित संख्या र मृत्यु दर घटेको भन्दै आर्थिक व्यवस्था पुन: सुरू गर्ने तयारी गरेका... |
रासस सप्तरीको कञ्चनरूप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन्।, राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरूप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मंगलबार ताला लगाएका हुन्। यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितर... |
सेतोपाटी संवाददाता गोरखाको मनकामना मन्दिरका मुख्य पूजारी केही दिनयता चर्चामा छन्। लकडाउनको बेला छ, मन्दिरमा धर्मावलम्वी छैनन्। नियमित पूजापाठबाहेक भक्तजनलाई मन्दिर खुला छैन। त्यसैले पूजारी फुर्सदमा छन्।, वैशाख छ गते साँझ पूजारी इन्सानबहादुर थापा मगर घर नजिकै सहिद लखन गाउँपालिका वडा नम्बर ४ स्थित ढोडेनी जंगलमा भेटिएका ... |
सेतोपाटी संवाददाता विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फर्काउने तयारी गरेको छ।, सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए।, उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अह... |
एजेन्सी कोरोना भाइरसका कारण स्पेनमा निकै कडा लकडाउन लगाइएको थियो।, तर ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण कम भइरहँदा त्यहाँ लकडाउन पनि खुकुलो पार्न थालिएको छ।, यसरी खुकुलो भइरहेको लकडाउनको फाइदा आइतबार स्पेनका बालबालिकाले उठाए।, स्पेनले ६ हप्तापछि बालबालिकालाई बाहिर खुल्ला स्थान आउने अनुमति दिएपछि उनीहरूले त्यसको... |
एजेन्सी साउदी अरेबियाले नाबालाक हुँदा अपराध गर्नेलाई मृत्युदण्ड नदिने भएको छ।, अरेबियाको मानव अधिकार आयोगले आइतबार त्यहाँका राजा सलमानलाई उदृत गर्दै अब देखि नाबालक हुँदा अपराध गर्नेलाई मृत्युदण्ड नदिइने बताएको हो।, ,‘मृत्युदण्डको सट्टामा नाबालक अपराधीलाई किशोरहरूको कारागारमा १० वर्षभन्दा बढी राखिने छ,’ आयोगका अध्यक्ष ... |
सेतोपाटी संवाददाता लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ।, सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।, गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारि... |
सेतोपाटी संवाददाता कालोबजारी गरेको आरोपमा वीरगन्जका उद्योगपति मोहनलाल अग्रवाहसहित पाँच जना पक्राउ परेका छन्।, आइतबार साँझ प्रहरीले दालमा कालोबजारी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।, प्रहरीले बारा–पर्सा करिडोरमा रहेका उद्योगहरूले लकडाउनको मौका पारी बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको भन्ने सूचना प्राप्त गरेको ... |
सेतोपाटी संवाददाता आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको आराेपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।, गत शनिबार बिहान सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा बस्दै आएकी १४ वर्षीया बालिकालाई २३ वर्षीय दाइले बलात्कार गरेको आरोप छ।, बालिकामाथि जवरजस्ती करणी गरेको किटानी जाहेरी दरखास्तको आधारमा दाइलाई प्रहरीले... |
सेतोपाटी संवाददाता विराटनगरबाट काठमाडौं आएकालाई फर्काइने भएको छ।, आइतबार साँझ अलपत्र परेका व्यक्तिलाई विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो। उनीहरु साेमबार बिहानै थानकाेट आएका थिए।, तर गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसप... |
नारायण खड्का रूकुम पश्चिममा दश दिनमै १४ बेडको पक्की अस्पताल बनेको छ।, जिल्लाको आठबीसकोट नगरपालिकाको राडीबजारमा आरसिसी ढलानयुक्त कोरोना अस्पताल निर्माण पूरा भएको मेयर गोर्खबहादुर केसीले सेतोपाटीलाई जानकारी दिए।, अस्पतालका १४ बेडमध्ये ६ वटा कोठा एट्याच बाथरूमसहितका छन्। त्यसमा एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र... |
निशा भण्डारी कीर्तिपुर भत्केपाटीमा अग्ला रूखमा तोप चराले गुड लगाएको छ। तोप चराहरू गर्मी सुरू भएपछि काठमाडौंको शान्त र शितल ठाउँमा आउने गर्छन्।, जाडोमा बसाइँ सरेर गर्मी ठाउँमा जाने गर्छन्। वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्... |
सेतोपाटी संवाददाता पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।, सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।, 'उनले धरौटी बुझाइसकेका छन्,' जिल्ला अदालतका एक कर्मचारीले भने 'कागजपत्र गर्दै हुनुहुन्छ।', सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद... |
नारायण महर्जन सिन्धुपाल्चोक भोटेकोशीकी याङलमा तामाङ विराटनगरमा काम गर्थिन्। चैत ११ पछि काम बन्द भयो। कोरोनाभाइरसको संक्रमण रोक्न देशभरि लकडाउन भयो। उनीहरू ठेकेदारले दिएको कोठामा महिना दिनसम्म बसे।, ‘महिना दिनसम्म पैसासैसा सबै सकियो। दाइहरूले वैशाख १४-१५ गते लकडाउन होलो हुन्छ भन्नुभएको थियो। हिजो उहाँहरूले गाडीमा हालेर... |
नारायण महर्जन नागढुंगामा विराटनगरबाट आएका झण्डै ५० बढी मानिस १२ घण्टादेखि अड्किएका छन्।, महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो।, उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा आइपुगे। नागढुंगाबाट प्रहरीले उनीहरूलाई काठमाडौं छिर्न दिएन। त्यहीँ ओराल्यो।, बालबच्... |
सेतोपाटी संवाददाता ट्रयाक्टर दुर्घटनामा दाङको देउखुरीमा एकजनाको मृत्यु भएको छ।, ,लमही नगरपालिका वडा नम्बर ५ कोलही भन्ने स्थानमा रा १ त ३४७० नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय करिब १९ वर्षीय बिनेश चौधरीको मृत्यु भएको छ।, सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्स... |
सविता बुढा बिहे गर्न भन्दै लगिएकी बझाङ छबिसपाथिभेरा गाउँपालिका वडा नं ७ बुडखोरीकी १५ वर्षीया किशोरीको उद्धार गरिएको छ।, छिमेककै केही व्यक्तिले बिहे गर्ने भन्दै किशोरीलाई शनिबार राति जबरजस्ती लगेर गएको तर स्थानीयले किशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले फुपूको घरमा खाना... |
नारायण खड्का दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ अम्मुवापुरमा सोमबार एउटा खोल्सामा पानी खान वन्यजन्तु रतुवा आयो।, केही स्थानीय युवाहरुले त्यसलाई देखे। रतुवा मार्ने उद्देश्यले उनीहरुले चारैतर्फबाट घेरा हाले। ढुंगा, मुढा हाने। रतुवा घाइते भएपछि घरेलु हतियार प्रयोग गरेर मारे।, रतुवा मरेपछि उनीहरुले मासु काट्न थाले। त्यो... |
सेतोपाटी संवाददाता अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ।, नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ।, अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ,?, यस दिन यो क्षुद्रग्रह पृथ्... |
सेतोपाटी संवाददाता कोरोना भाइरसले सबभन्दा प्रभावित उदयपुर जिल्ला छ। उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा भाइरस संक्रमित संख्या हालसम्मकै धेरै छ।, यो अवस्था मध्यनजर गर्दै विभिन्न अस्पताल र स्थानीय निकायमा सहयोग गर्दै आएको प्रारम्भ संस्था, ललितपुर र आनी छोइङ डोल्मा फाउन्डेशन, काठमाडौँले त्रियुगा नगरपालिकालाई ४० थान पि... |
सेतोपाटी संवाददाता विराटनगरबाट सोमबार बिहान नागढुंगा आइपुगेका सर्वसाधारणलाई काठमाडौं प्रवेश गराइएको छ।, नागढुंगामा अलपत्र परेकालाई १२ घण्टापछि साँझपख मात्रै काठमाडौं प्रवेश गर्न दिइएको हो। , साँझ करिब साढे ५ बजेतिर उनीहरूलाई बसको व्यवस्था गरी काठमाडौं पठाइएको चन्द्रागिरि नगरपालिका-२ का वडाध्यक्ष गोपी सुर्खेतीले जानकार... |
विवेक राई सरकारले कोरोनाभाइरस (कोभिड-१९) को परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको पोर्टेबल पिसिआर मेसिन प्रभावकारी नभएपछि थन्किएकाे छ।, दैनिक १२ वटा नमूना परीक्षण गर्न पनि मुस्किल भएपछि अधिकांश प्रयोगशालाले यो मेसिनबाट परीक्षण गर्ने काम रोकेका छन्। सरकारले चीनबाट प्रति मेसिन २१ लाख खर्चेर पाँचवटा पोर्टेबल पिसिआर मेस... |
द न्यूयोर्क टाइम्स कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। चाहे चीन होस्, इटाली वा अमेरिका, यो लडाइँमा पुरुषभन्दा महिलाहरू बलियो देखिएका छन्।, कतिपय वैज्ञानिकले यसलाई यौन हर्मोनसँग जोडेर हेरेका छन्। उनीहरू भन्छन्– पुरुषको यौन हर्मोनमा 'टेस्टोस्टेरन' को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोध... |
सविता बुढा बैतडीको शिवनाथ गाउँपालिका-४ की एक किशोरी मृत फेला परेकी छन्।, १८ वर्षिय गीता महर मृत भेटिएकी हुन् ।, १३ गते साँझ साढे सात बजे साथीको घर जान हिँडेकी किशोरीको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।, वडा नं २ स्थित दोगडा खोलाको किनारमा शव फेला परेकाले उनको मृत्यु बगेर भएको हो या अन्य कारणले भन्नेमा अनुसन्धान... |
सेतोपाटी तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा सोमबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।, नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला ... |
एजेन्सी इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।, इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म दश लाख ११ हजार २०५ जना बेरोजगार भएका हुन्।, यो विवरण यही मार्च १ यताको भएको अधिकारीहरुले बताएका छन्। त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए।... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्।, उनले कोरोना भाइरसका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए। यसमा विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप लगाउन नपाएको उनको भनाइ छ।, डब्लुएचओले केही धनी राष्ट्रमा संक... |
सेतोपाटी बैतडी, वैशाख १६, महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन्।, दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबा... |
सेतोपाटी गैरकानूनी रुपमा थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ।, कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो।, बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६(४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा... |
रासस पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भ... |
युवराज श्रेष्ठ भारतको कलकत्ता निवासी हुन्, सलिम एसके र शहिद दुल्ला।, उनीहरू तीन महिनाअघि नेपाल आएका थिए। उनीहरू पोखरा र आसपासका गाउँहरूमा प्लाष्टिका भाँडा बेच्छन्। यसरी कमाएको पैसाले आफू पालिन्छन् र परिवारका लागि भारत पठाउँछन्।, कोरोनाभाइरसको त्रास बोकेर उनीहरू एक महिना पोखरास्थित कोठामै बसे। लकडाउनले बाहिर निस्कन पाए... |
एजेन्सी सोमबारसम्म विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको रोयटर्सले जनाएको छ।, अमेरिकामा मात्रै यो संख्या झण्डै १० लाख नजिक छ।, केही देशहरूले लकडाउनलाई खुकुलो बनाउने उपायहरू लगाइरहेका बेला यो तथ्यांक आएको हो। संक्रमणका कारण विश्व बितेका ८ साता देखि स्थिर जस्तै अवस्थामा छ।, चीनको... |
सेतोपाटी झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन्।, झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २ सय भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।, 'कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अ... |
एजेन्सी विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ।, यसैगरी रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ।, कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्।, कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा... |
सेतोपाटी व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्।, अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएका हुन्।, मृतक विपिनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आ... |
सेतोपाटी झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ।, एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए।, 'कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मा... |
सेतोपाटी केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका ... |
सेतोपाटी संवाददाता वीरगन्जको नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्ति निको भएका छन्।, तीन जना भारतीय र एकजना नेपालीलाई कोरोना निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।, निको भएका रौतहटका नागरिकलाई आजै घर पठाइने र भारतीय नागरिकलाई कहाँ राख्ने भनेर छलफल चलिरहेको व... |
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालयले लकडाउन अवधिमा अनलाइन माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ।, कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र सरकारले लकडाउनको समयावधि बढाइरहेको अवस्थामा शिक्षण क्रियाकलापलाई जारी राख्न अनलाइनबाट कक्षा सञ्चालन गर्न लागिएको हो।, त्रिविका केही संकायमा यसअघि नै अनलाइन माध्यमबाट पठनपा... |
एजेन्सी हामी सबैले चमत्कार हुन्छ भन्ने सुनेका छौं। तर दुःखका साथ भन्नुपर्छ तिनलाई हेर्ने मौका हामीले हाम्रो दैनिक जीवनमा बिरलै पाउने गर्छौं।, झन् आज चलिरहेको महामारीले संसारलाई नै टक्कै अडाएको बेला त यो झन गाह्रो छ।, त्यस्तै चमात्कारको कथा बनेकी छन् १०७ वर्षीया एक स्पेन महिला।, स्पेनस्थित अंग्रेजी अखबार 'द ओलिभ प्रेस'... |
सेतोपाटी संवाददाता र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोना भाइरसविरूद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको वीरगन्जमा मृत्यु भएको छ।, उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए।, मृतक युवतीको तीन पटक र्यापिड टेस्ट गर्दा... |
सेतोपाटी संवाददाता आइतबार वीरगन्जमा दुईजना व्यक्तिमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएर घरमा छन्।, बाँकी ३५ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन्। जसमा ३० जना विराटनगरको कोरोना अस्पताल, ३ जना वीरगन्जको नारायणी अस्पताल, भरतपुर अस्पतालमा १ जना र धनगढीको सेती प... |
सेतोपाटी संवाददाता वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सेतोपाटीलाई जानकारी दिए। ,अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।, ... |
रासस विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन्।, गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो। , ,एनआरएन स्वास... |
एजेन्सी भारत सरकारले एक महिनाको लकडाउनपछि साना पसलहरू खोल्न अनुमति दिएको छ।, शुक्रबार लकडाउनको एक महिनापछि गृह मन्त्रालयले शनिबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको हो।, भीड नियन्त्रण गर्न पसलमा आधा कर्मचारीमात्रै राख्न अनुमति दिइएको हो। साथै कर्मचारीले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नुपर्ने भ... |
सेतोपाटी संवाददाता चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।, चिनियाँ पर्यटकहरुले आफूहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड पुगेका हुन्। २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं... |
सेतोपाटी संवाददाता २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ।, प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई बताए।, मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भ... |
एजेन्सी भारतमा कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ। , टाइम्स अफ इण्डियाका अनुसार आइतबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या २६ हजार २ सय ७० पुगेको हो। त्यस्तै मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ।, महाराष्ट्रमा शनिबार मात्रै १ हजार ७ सय १५ नयाँ संक्रमित थपिएका थिए। गत बिहीबार सबैभन्दा धेरै १ हजार ७ सय ५५ स... |
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीबाट एक महिलाको उद्दार भएको छ।, आइतबार बिहान सवा ६ बजे ब्यास गाउँपालिका-१की ३० वर्षीया महिला डुबेको अवस्थामा फेला परेकी थिइन्।, ती महिला महाकाली नगरपालिका-४ तिंकरी खेडास्थित माइतीमा बस्दै आएकी थिइन्। , 'आज बिहान एक महिला डुबेको अवस्थामा फेला परिन्,' डिएसपी दिपेन्द्र शाहीले भने, ... |
युवराज श्रेष्ठ अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्राका क्रममा गत माघ ३ गते हिउँपहिरो र आँधीमा परेर हराएका थप २ जनाको शव फेला परेको छ।, स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्।, शवको पहिचान हुन नसकेको पर्यटन प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर... |
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुने गरी तयारी गरेको छ।, मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रा... |
सेतोपाटी संवाददाता सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। , युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष थिए।, 'हामीले दुई दलबीचको ... |
रासस कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ।, सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो।, तत्कालका लागि आवश्यक पर्न... |
सविता बुढा 'दिदी बाबुको ख्याल गर्नुहोला, म हिँडे,' यति भनेर दुर्गा भट्ट अरू दिन जस्तै आज पनि ड्युटी गर्न हिँडिन्।, शरीरमा बर्दी छ। काखमा बच्चा। जागिरसँगै आमाको जिम्मेवारी बहन गर्न तैनाथ हुने प्रहरीहरू मध्येकी दुर्गा पनि एक हुन्।, आजभोलि उनको ड्युटी पहिलेजस्तो छैन। कोरोनाको जोखिम बढेपछि कार्यालयले भित्रका कर्मचारीलाई भ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण पूर्व एसियामा रहेका देशहरूको तुलनामा नेपालमा कोरोनाभाइरस (कोभिड १९) को अवस्था सामान्य रहेको जनाएको छ। , मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले भुटानपछि नेपालमा कोरोना संक्रमित संख्या थोरै रहेको र अहिलेसम्म कसैको पनि मृत्यु नभएको भन्दै स्थिति सामान्य रहेको बत... |
सेतोपाटी संवाददाता झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।, कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्। , यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ।, योसँगै नेपालमा संक्... |
सेतोपाटी संवाददाता ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ।, हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदककुमार... |
दिपकजंग शाही भुइँ तलाको भर्याङ, भर्याङमुनि खाट। छउको भित्तामा इँटामाथि ग्यास चुलो जडान गरिएको छ। छेउमा सिलिन्डर पनि छ। अहिले ग्यास भने छैन। घरबेटीसँगको आग्रहमा छतमा चुलो बनाएर दाउरा बालेर खाना पकाउने गरिएको छ।, करिब एक महिनादेखि यही भर्याङमुनि दुर्गा सुनारका आमाछोरीले दिन बिताइरहेका छन्। सुर्खेतको वीरेन्द्रनगर-६ स्... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौं उपत्यका कोरोनाबिरामी मुक्त भएकोमा सन्तोष व्यक्त गरेका छन्।, शुक्रबार प्रधानमन्त्री ओलीले ट्वीट गर्दै ८१ वर्षीया ज्येष्ठ नागरिक निको भएसँगै उपत्यकामा कोरोनाका बिरामी नभएको बताए।, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सन्चो हुनुभएसँगै उप... |
सेतोपाटी संवाददाता जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको कोरोना जाँच गर्ने पिसिआर मेसिनले सर्लाहीका संक्रमित १४ वर्षीय बालकलाई कोरोना नेगेटिभ देखाएपछि मेसिनको टेष्ट भ्यालिड छ वा छैन भन्नेबारे जाँच गरिएको छ।, आरडिटी रिपोर्ट पोजेटिभ देखिएका सर्लाहीका उक्त बालकको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेसिनले ने... |
सेतोपाटी संवाददाता लकडाउनका कारण एक महिनादेखि अवरुद्ध रहेको खोप कार्यक्रमलाई तुलसीपुर उपमहानगरले निरन्तरता दिएको छ।, वालवालिकालाई विभिन्न रोगबाट जोगाउन सरकारले नियमित खोपहरु लगाउँदै आएको भएपनि एक महिना यता त्यो बन्द थियो।, जनस्वास्थ्य शाखाका निरीक्षक विमल केसीले उच्च सतर्कता अपनाएर खोप कार्यक्रम सुरु गरिएको जानकारी दि... |
युवराज श्रेष्ठ अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ।, काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव फेला बुधबार फेला परेको हो।, उनी धादिङको गंगाजमुना गाउँपालिका-११ का बासिन्दा हुन् ।, ... |
नारायण खड्का जिस्केर राँगाको सुकुटीलाई जरायोको भन्दै आफ्नो घरमा खाना खान निम्ता गर्ने एक युवक पक्राउ परेका छन्।, गढवा गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिवराज पुन मगरले बिहीबार दिउँसो ३ बजेतिर आफ्नो फेसबुक वालमार्फत जरायोको सुकुटी खान निम्ता गरेका थिए।, मगरले लेखेका थिए – ‘लकडाउनको टाइमपास, आजको नास्ता जरायोको सुकुटी.... |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको नमुना परीक्षण गर्ने पिसिआर (पोलिमरेज चेन रियाक्सन) मेसिन खरिद गरेका छन्। योसँगै अब कर्णाली प्रदेशका तीन ठाउँबाट स्वाब नमुना परीक्षण हुने भएको छ।, यसअघि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा रहेको मेसिनबाट मात्र नमु... |
सेतोपाटी संवाददाता तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रभित्रको खेतीयोग्य जमिन बाँझो राख्ने जग्गाधनीलाई जरिवाना गर्ने भएको छ।, नगरभित्र रहेको कतिपय खेतीयोग्य जमिन बाँझै रहँदा कृषि उत्पादन बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै नगरपालिकाले बाँझो जमिन राख्ने जग्गाधनीलाई जरिवाना गर्ने भएको हो। , नगर क्षेत्रभित्रको खेतीयोग... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.