content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु भएको छ। टोली...
रासस कोभिड–१९ सङ्क्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ।, गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकार...
सेतोपाटी संवाददाता झापामा एक जना कोरोना संक्रमित थपिएका छन्।, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो।, संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य ...
एजेन्सी कोरोना भाइरस महामारीका कारण उत्पन्न परिस्थितिले विवाह गर्ने तयारीमा रहेका संसारका थुप्रै जोडीहरुको विवाह योजनालाई लथालिङ्ग बनाएको छ।, तर यो प्रतिकुल परिस्थितिकाबीच नै दक्षिण कोरियाको सउलमा एक जोडी भने विवाह-वन्धनमा बाँधिएको छ।, जिसु हा र जी-तुलेको जोडीले प्रविधिको प्रयोगबाट आफ्ना परिवार र ५० साथीहरूलाई सहभागी ...
सेतोपाटी संवाददाता बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन्। धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।, गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आए...
सेतोपाटी संवाददाता झापाको दमक नगरपालिकाका ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।, ६२ वर्षीय संक्रमित पुरुष दमककै स्थानीय हुन्। संक्रमित पुरुषमा आफ्नै छोराबाट संक्रमण सरेको शंका गरिएको छ। उनक...
सेतोपाटी प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई शुक्रवार नियन्त्रणमा लिएको छ।, रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।, झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए। राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्...
अनुषा अधिकारी लकडाउनका कारण लामो समय घरभित्र बसिरहनु पर्दा कसैलाई उकुसमुकुस भएको हुनसक्छ। आफ्नो कोठाबाट निस्केर डाँडाकाँडा, खोलानदी, पुराना मठमन्दिर र गाउँघर घुम्न पाउनु सपनै लाग्दो हो।, पैदल पुग्न नसकिए पनि यो सपना देख्नसम्म 'स्टोरी साइकल'ले मद्दत गरेको छ। स्टोरी साइकलका सहसञ्चालक सौरभ ढकाल र उनको टोलीले ',भर्चुअल सम...
एजेन्सी तोकिएको समयभन्दा ३० मिनेट अगावै क्वारेन्टाइन छाडेको आरोपमा सिगांपुरमा एक युवकलाई कारवाही हुने भएको छ।, मार्च २२ तारिखको १२ बजेसम्म आफ्नो फ्ल्याटमा आइसोलेशनमा बसेको हुनुपर्नेमा ११:३० बजे छड्के जाँच गर्दा उनी त्यहाँ नभेटिएपछि उनलाई कानुनी दायरामा ल्याइएको हो।, उनलाई आइसोलेनमा राख्नुको कारण भने स्पष्ट हुन सकेको छ...
सेतोपाटी संवाददाता काठमाडौंबाट उदयपुर जाँदै गरेको बस आज बिहान महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ।, बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने स्थानमा बा ३ ख ४०३६ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो।, घटनामा बसका सहचालक बाबुराम विकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइते भएका व्यक्ति २० वर्षिय प...
सेतोपाटी संवाददाता कोरोना संक्रमण भेटिएका भोजपुरका २६ वर्षीय युवकको श्रीमती र ससुरालीका पाँचै सदस्यको कोरोना परीक्षण नेगेटिभ आएको छ।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैको नतिजा नगेटिभ आएको वेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।, नेगेटिभ आएकाहरूमा श...
रासस कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।, ,उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ।, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ड...
रासस तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन्।, तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन्।, तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर...
दिपकजंग शाही गएको मंगलबार दिउँसो जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली कार्यालयको काममा व्यस्त थिए।, उनी कार्यालयभित्रै बसेर काम गरिरहेका थिए। एक्कासी बाहिरबाट युवाहरुको समूह भित्र आयो।, त्यो समूह के कामका लागि कार्यालयभित्र पसेको हो, के लिएर आएका थिए भन्ने अध्यक्षले पत्तै पाएनन्।, एक्कासी उनीमाथि लात...
सेतोपाटी संवाददाता सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।, शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए।, सरकारले वैशाख १८ गतेसम्म उडान बन्...
रासस बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।, शनिबार बिहान क्वारेन्टाइनको ड्युटी सकेर मोटरसाइकलमा निवास फर्कने क्रममा प्रहरी जवान सुवास सार्कीको मृत्यु भएको हो।, ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कने क्रममा प्रहरी जवानको रा...
युवराज श्रेष्ठ 'ज्यूँदाको जन्ती, मर्दाको मलामी' भन्ने उखानले विवाह र मृत्यु संस्कारमा सामाजिक सहभागिताको महत्व झल्काउँछ। तर, के कोरोना महामारी बेला यो महत्व कायम रहला?, अझ कसैको मृत्यु कोरोनाकै कारण भइदिए सामाजिक सहभागिताको संस्कार कसरी पूरा होला?, अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने कोरोनाका कारण मृत्यु भएका मानिसको...
नारायण खड्का दाङमा एक वडा सचिव मृत भेटिएका छन्।, जिल्लाको बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रसाद पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।, भट्टराईका अनुसार वडा सचिव पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिए पनि प्रहरीले दुई घन्टापछि जानकारी ...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले लकडाउनका बेला सुरक्षित खोप कार्यक्रमलाई निरन्तरता दिएको छ। , पिपिई लगाएर भए पनि स्वास्थ्यकर्मीलाई काममा खटाइएको उपमहानगरले जनाएको छ। , यी सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त हुन्। उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अत्यन्त संवेदनशील मानिने बालबालिकाको स्वास...
सेतोपाटी संवाददाता डिभिजन वन कार्यालय दाङको टोलीले बिहीबार एक चित्तलको जीवितै उद्दार गरेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पतकौलीस्थित घडेरीडाँडा सामुदायिक वन कार्यालयको भवनभित्र थुनेर राखेको एउटा चित्तलाई उद्दार गरिएको हो।, सो क्षेत्रको नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर वन कायम गरिएको क्षेत्रमा चर्न आएको उक्त च...
सेतोपाटी संवाददाता सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणबाट निको भएर घर पुग्दा टाढाटाढा रहेका परिवार समेत पर्खेर बसेका थिए।  १० दिनको अस्पताल बसाईपछि बिहीबार डिस्चार्ज भएर घर नपुग्दै वृद्धा उनीहरूसँग भिडियो कलमा बोल्न व्यस्त छिन्।, आज उनी कोरोना जितेर घर फर्किएकी मात्र होइनन् आम...
प्रशन्न पोखरेल राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी नेपालबीच एकतापछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुन समय लाग्ने भएको छ।, बिहीबार दल दर्ता गर्न राजपा र समाजवादीका शीर्ष नेता निर्वाचन आयोग पुगे पनि उनीहरूले आवश्यक कागजपत्रको जोहो गर्न सकेनन्।, दल दर्ता गर्ने निवेदन दिन बिहीबार १० बजे नै कान...
सेतोपाटी संवाददाता सर्लाहीका एक जना किशोरमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। गत शुक्रबार पिसिआर जाँच गराउन जनकपुरधाम ल्याइएका १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।, सर्लाहीको धनकौल गाउँपालिका घर भएका उक्त किशोरको गत शुक्रबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेश...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई बधाई दिएका छन्। , बिहीबार उनले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई बधाई तथा शुभकामना दिएका हुन्।, ‘जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त गर्दछु,’ उनले शुभकामनामा भने, ‘दुई पार्टीको ...
सेतोपाटी संवाददाता कोरोनाभाइरसका कारण फिल्डमै खटिनुपर्ने विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरु पनि जोखिममा छन्। , यस अवस्थामा नागरिकलाई सुसूचित गर्नुपर्ने जिम्मेवारी बोकेका फोटोपत्रकारहरु आफै सुरक्षित रहनु आवस्यक छ। , यही सुरक्षालाई मध्यनजर गर्दै आइएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधि उत्पादक संघका तर्फबाट महासचि...
सेतोपाटी संवाददाता अहिले वैशाखको दोस्रो साता चलिरहेको छ, तर पानी असारको दोस्रो साताजस्तो परिरहेको छ।, हरेक दिन साँझपख पानी पर्छ। बिहान पानी पर्ने क्रम रोकिए पनि चर्को घाम लाग्न पाउँदैन। फेरि साँझ पानी परिहाल्छ।, दिनदिनै पानी परेपछि काठमाडौंको उच्चतम तापक्रम घटेको छ। हपहपी पसिना आउने बेला ज्याकेट लगाएर बस्नु परेको छ।, ...
सेतोपाटी संवाददाता मनघरी फाउण्डेसन नेपालको अगुवाइमा कर्णाली प्रदेशका जिल्लामा स्वास्थ्य सामग्री डोल्पा पठाइएको छ।, यसअघि पहिलो र दोस्रो चरणमा दैलेखी सेवा समाजसँग सहकार्य गरेर १ सय ११ थान पिपिई सेट, २ हजार थान मास्क, १ हजार थान ग्लोब्स र १० बोतल स्यानिटाइजर पठाएको थियो।, त्यसैगरी तेस्रो चरणमा डोल्पा जिल्लामा २० थान पिप...
सेतोपाटी संवाददाता काठमाडौं महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेको छ।, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालहर...
सेतोपाटी संवाददाता भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।, धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्।, अहिलेसम्...
सेतोपाटी संवाददाता बिहीबार एकैदिन तीन जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन्।, निको हुनेमा बेलायतबाट आएका पेप्सीकोला अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन्। उनीहरू आमा छोरा हुन्।, गत वैशाख २ गते पाटन अस्पताल भर्ना भएका उनीहरूलाई बिहीबार दिउँसो अस्पतालले डिस्चार्ज गरेको हो। यस्तै आजै ध...
सेतोपाटी संवाददाता सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ।, कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा युवराज खतिवडाले बताए।, खासगरी छिमेकी मुलुकहरुमा कोरोना नियन्त्...
विवेक राई भोजपुरका २६ वर्षीय कोरोना संक्रमित युवक साउदीबाट आएको खुलेको छ। भोजपुर, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार युवक गत फागुन ३० गते साउदीबाट नेपाल आएका हुन्।, काठमाडौं उत्रिएपछि उनी सुनसरीको इटहरी र धरानस्थित नातेदारकहाँ बस्दै श्रीमती र बच्चा भएको ठाउँ चतरा पुगेका थिए। त्यसपछि उनी चैत ८ गते उद...
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , बिहीबार साढे पाँच बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो।, बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गएको जिल्ला प्रहरी कार्...
सेतोपाटी काठमाडौँ, वैशाख १२, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ ।, विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता स...
सेतोपाटी कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ।, कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।, उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्।, आममाफ...
रासस सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ।, किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।, किशोरको परिवारका ...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केमा २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएपछि थप परीक्षण गर्ने तयारीमा स्थानीय सरकार जुटेको छ।, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले दुई हजार १ सयको पिसिआरबाट कोरोना जाँच गरिने जानकारी दिए।, 'बीचमा किट अभावले परीक्षण धेरै मात्रामा गर्न सकेनौं। साँझसम्म किट आइपुग्यो भने भोलिबाट परीक्...
रासस उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्।, ,मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो। केही समयपछि मृत शिशु जन्म...
सेतोपाटी संवाददाता बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रसाद पन्थीले आत्महत्या गर्नु अगाडि लेखेको सुसाइड नोट फेला परेको छ।, वडा सचिवले आत्महत्या गर्नु पूर्व लेखेको सुसाइड नोटमा आफूलाई जिब्रोको क्यान्सरले दुःख दिएको र त्यसको पीडा सहन नसकेर आत्महत्या गरेको उल्लेख रहेको एक प्रहरी अधिकारीले बताए।, ती प्रहरी अधिक...
सेतोपाटी संवाददाता मलेसियामा मे १२ अर्थात वैशाख ३० सम्मका लागि लकडाउन लम्बिएको छ। , कोरोना भाइरस संक्रमणको रोकथाम गर्न सरकारले गत १८ मार्च (चैत ५) देखि लकडाउन गरेको थियो। बिहीबार साँझ प्रधानमन्त्री मुहयीद्दिन यास्सिनले लकडाउन लम्ब्याउने घोषणा गरेका हुन्।, त्यहाँ लकडाउनलाई मुभमेन्ट कन्ट्रोल अर्डर (एमओसी) भन्ने गरिएको छ...
विवेक राई बिहीबार भोजपुर हतुवागढीका २६ वर्षीय कोरोना संक्रमित युवकलाई विराटनगरको कोरोना अस्पतालमा पठाइने भएको छ।, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले युवकलाई अस्पताल पुर्‍याउन सदरमुकाम भोजपुरबाट एम्बुलेन्स हिँडिसकेको बताए। , 'बिरामीलाई यहाँबाट दुधकोसी वारि चुहारमा पुर्‍याउँछौं। पारिबाट फेरि अर्को एम्बुलेन्...
सेतोपाटी संवाददाता बुटवल भैरहवा सडकखण्डको योगिकुटी चोकमा अटोमेटिक स्यानिटाइजर स्प्रे टनेल जडान गरिएको छ।, लकडाउनको समयमा अत्यावश्यक सेवाका गाडीसँगै अरू गाडी समेत चलिरहेको बेला गाडीहरूलाई स्यानिटाइज गर्ने गरी ६ लेन सडकमै स्यानिटाइजर स्प्रे टनेल जडान गरिएको हो।, शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगिकुटीले बुट...
सेतोपाटी संवाददाता युएईबाट आएका धादिङका कोरोना संक्रमित युवक २८ दिनपछि निको भएका छन्।, उनी कोरोनाबाट निको हुने छैठौ व्यक्ति हुन्।, टेकु अस्तपालका निर्देशक डा. सागर राजभण्डारीले युवकलाई आजै डिस्चार्ज गर्ने तयारी रहेको सेतोपाटीलाई जानकारी दिए।, युएईबाट आएका उनलाई गत चैत १२ गते संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरि...
रासस बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।, ,पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल वर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए।, आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो...
सेतोपाटी संवाददाता तुलसीुपर उपमहानगरपालिकाले दोस्रो चरणमा राहात माग्नेलाई श्रममा लगाउने निर्णय गरेको छ।, राहत वितरण कार्यलाई श्रमसँग जोड्न दोस्रो पटक लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने तयारी थालेको छ।, नगरप्रमुख घनश्याम पाण्डेले पहिलो चरणमा ६ हजार बढीलाई राहत वितरण गरेको बताउँदै अब दोस्रो चरणमा राहत माग...
रासस लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ।, लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।, मण्डललाई उपच...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले सेतोपाटीलाई जानकारी दिए।, उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको ब...
सेतोपाटी संवाददाता नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँको औषधि खरिद गर्ने भएको छ।, औषधिका लागि आवश्यक पर्ने रकम १ करोड ५० लाख भारतीय रुपैयाँ (२ करोड ४० लाख) पठाउन परराष्ट्र मन्त्रालयालई पत्राचार गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, रकम जम्मा भएपछि दिल्लीस्थित दूतावासमा भारतले औषधि जम्मा ...
सेतोपाटी संवाददाता वन्यजन्तुको सिकार गर्न गएका चार जना भरूवा बन्दुकसहित पक्राउ परेका छन्।, डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले मंगलबार दिउँसो उनीहरूलाई जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर-५ को हात्तिखाल सामुदायिक वनबाट पक्राउ गरेको जानकारी दिए।, पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का ६५ वर्षीय मधु शाह,...
सेतोपाटी संवाददाता नेपाललाई भारतले २३ टन स्वास्थ्य सामग्री प्रदान गरेको छ।, आज एक कार्यक्रमकाबीच भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई १८ किसिमका औषधिसहित २३ टन स्वास्थ्य सामाग्री प्रदान गरे।, पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज औषधि भारतले दिएको छ।, कोरोनाभाइरसका...
सेतोपाटी संवाददाता बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको...
सेतोपाटी संवाददाता उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारीविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो।, तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० ...
सेतोपाटी संवाददाता बुबाको मृत्युपछि भारतीय भूमिमा क्वारेन्टाइनमै कोरा बसेका थप तीन नेपाली घर फर्किएका छन्।, मजदुरी गर्न भारत गएका बैतडीको पुर्चौडी नगरपालिकाका तीन भाइ लकडाउनपछि पिठौरागढको एक कलेजस्थित क्वारेन्टाइनमा बसेका थिए। तर गत आइतबार उनका बुबा उज्जवल धामीको मृत्यु भएको थियो।, बुबाको मृत्युपछि प्रेम धामी, अमर धाम...
सेतोपाटी संवाददाता र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी)मा कोरोना एन्टीबडी देखिएका नवलपरासी बर्दघाटका एक वृद्धको पिसिआर परीक्षणमा नेगेटिभ आएको छ।, मंगलबार आरडिटीमा कोरोना एन्टीबडी देखिएपछि उनलाई थप परीक्षणका लागि भैरहवा पठाइएको थियो। उनको स्वाव परीक्षण गर्दा बुधबार रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प...
नारायण महर्जन काठमाडौंको कोटेश्वरमा बुधबार पनि भीडभाड भएको छ।, काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका हुन्। यसअघि मंगलबार पनि कोटेश्वरमा घर जानेको भीड लागेको थियो। , लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ-आफ्...
एजेन्सी भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ।, बुधबार सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन्।, 'महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ। राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आउ...
सेतोपाटी संवाददाता कैलालीको सदरमुकाम धनगढीको हाटबजारमा ५० र १०० रुपैयाँका  फालिएको अवस्थामा ३ सय ५० बढी रुपैयाँ फेला परेका छन्।, बुधबार दिउँसो धनगढीको त्रिनगर हाटबजारमा पैसा भेटिएपछि एक जना व्यापारीले प्रहरीलाई खबर गरेका थिए।, अहिले प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ।, जिल्ला प्रहरी कार्यालय कैला...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपाल नम्वर १२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ।, जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्तिलाई कोभिड १९ नियन्त्रणको लागि सीमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणपति, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुबेदीले बताए।, सीमा क्षेत्रमा ...
नारायण महर्जन कोरोनाभाइरसको संक्रमण रोक्न देशभरि लकडाउन गरिएको बुधबार महिना दिन पुगेको छ।, लकडाउन लम्बिएसँगै काठमाडौं उपत्यका छोडेर जानेहरू पनि बढेका छन्। पहिला-पहिला ज्यालादारी मजदूरहरूमात्र लकडाउनका बेला हिँडेर घर जाने गरेका थिए। मंगलबारदेखि भने उपत्यकाका विभिन्न जिल्लामा डेरामा बस्नेहरू पनि बालबच्चा बोकेर घर जान था...
सेतोपाटी संवाददाता प्रदेश पाँचको प्रदेशसभाको चालु पाँचौं अधिवेशन बुधबारदेखि अन्त्य भएको छ।, प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गरेका हुन्।, प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै बु...
रासस कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ।, पिसिआर विधिबाट नौ हजार ११ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।, मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ ...
सेतोपाटी संवाददाता यस वर्ष जानकी नवमी विशेष उत्सव नहुने भएको छ।, कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन लगाएपछि जनकपुरधाममा प्रत्येक वर्ष भव्य रुपमा मनाइने जानकी नवमी उत्सव नहुने भएको हो।, नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिने जानकी मन्दिरका ...
एजेन्सी कोरोना भाइरसको महामारीबाट जोगिन जर्मनीका सबै राज्यले अनिवार्य फेसमास्क प्रयोग गर्नुपर्ने योजनाको घोषणा गरेका छन्।, यसमा ब्रेमेन शहरले मात्र सहमति जनाउन बाँकी रहेको बिबिसीले जनाएको छ। ब्रेमेनको सिनेटले शुक्रबारसम्म निर्णय  दिने बताएको छ।, सार्वजनिक स्थल, सार्वजनिक गाडीतिर यातायात गर्दा होस् वा किनमेलका लागि बजा...
सविता बुढा कञ्चनपुरको बेदकोट नगरपालिका १० का इन्द्र लुहारको जीवन धान्ने आधार बनेको छ, भारतको मजदुरी। दुई दशक भयो उनी भारतमै मजदुरी गर्न थालेको।, बेलामौकामा नेपाल आउने जाने उनी अधिकांश समय भारतमै काममा व्यस्त हुन्छन्। भारतमा लेबर काम गर्दै आएका उनले दैनिक ४ सय ५० भारु कमाउँदै आएका थिए।, जब काम गर्ने ठाउँमा लकडाउन भयो। ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २४ प्रहरी नायब उपरिक्षक(डिएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा सिफारिस गरिएको छ।, बुधबार गृहसचिव महेश्वर न्यौंपानेको अध्यक्षतामा बसेको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।, समितिको निर्णय अनुसार बढुवा सिफारिसमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट,...
सेतोपाटी संवाददाता रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन्। , बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए। कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ।, ‘यस घटनाका बारेमा...
रासस पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ,पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको स...
नारायण महर्जन चन्द्रगिरि नगरपालिकास्थित मातातीर्थमा औंसीका दिन लाग्ने मेला यस वर्ष स्थगित भएको छ।, विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको कारण सरकारले जारी गरेको लकडाउनको पालना गर्नुपर्ने भन्दै मातातीर्थ संरक्षण तथा विकास संस्थाले यस वर्ष मातातीर्थ औंसी नमनाइने जनाएको हो।, हरेक वर्ष आजको दिनमा खचाखच मान्छेको भीड लाग्ने ...
सेतोपाटी संवाददाता राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले ल्याएको अध्यादेशहरु खारेज गर्नुपर्ने माग गरेको छ।, राजपा संयोजक शरदसिंह भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयलाई बेमौसमको बाजा समेत भनेका छन्।, ‘सम्पूर्ण विश्व नै कोरोनाको महामारीबाट थलिएका बेलामा गरिएको यसखाले असामयिक र संवेदनहीन निर्णयले स...
सेतोपाटी संवाददाता उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। उनी ३३ वर्षीय पुरुष हुन्।, उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रि...
युवराज श्रेष्ठ लकडाउनका कारण फेदीखोलाका किसान मर्कामा परे। उनीहरूको उपज विक्री भएन। उपभोक्ताले किन्न पाएनन्। फेदीखोला गाउँपालिकाले यो समस्या समाधान गर्न ‘कृषि एम्बुलेनस’ सञ्चालनमा ल्यायो। कृषि एम्बुलेन्सले किसानको खेतबारीमा पुगेर तरकारी उठायो,, ,व्यापारी,, ,उपभोक्ताको घरमा लगेर विक्री वितरणको व्यवस्था मिलायो।, गाउँपाल...
दिपकजंग शाही वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण खाद्यान्न समस्या भए फोन गर्न निःशुल्क टेलिफोन नम्बर उपलब्ध गराएको छ।, सोमबारदेखि नगरपालिकाले १०१ नम्बर सञ्चालनमा ल्याएको छ। यो नम्बरमा खाद्यान्न समस्या भएकाले फोन गर्न सक्नेछन्। यो नम्बरमा फोन गरेवापट पैसा लाग्दैन।, यो नम्बरमा फोन गरेर जानकारी दिएमा वीरेन्द्रनगरले घर...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।, सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशा...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक स्वस्थ भएर घर फर्किएका छन्।, दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।, 'उहाँका दुवै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालकै गाडीमा राखेर उहाँलाई घर पठाइएका छौं,...
सेतोपाटी संवाददाता काठमाडौंका चार वटा मस्जिदमा जमातीहरू रहेको हुन सक्ने भन्ने आशंकामा मंगलबार अनुगमन भएको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपा...
एजेन्सी विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या २५ लाख पुगेको छ।, मंगलबारसम्म संक्रमणबाट एक लाख ७१ हजार सात सय ३५को मृत्यु भइसकेको छ। त्यस्तै छ लाख ५८ हजार पाँच सय ६१ जना निको भएर घर उपचार पनि भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।, नेपालमा पनि ४० जनामा संक्रमित छन्। तीमध्ये पाँच जना उपचारपछि घर फर्किसकेक...
समिक्षा अधिकारी लकडाउनले दैनिक ज्यालादारी र दिनभरी काम गरेर साँझ, बिहानको छाक टार्नुपर्ने श्रमजीवीहरू मर्कामा छन्। कार्यक्षेत्रमा गाँसबासको टुंगो नभएपछि धेरै मजदुर पोका बोकेर घर हिँडेका छन्। फर्कन नसकेकालाई बिहान के खाऊँ, बेलुका के खाऊँ भइरहेको छ।, यस्तै लकडाउन 'पीडित'मध्ये केहीलाई मात्रै भए पनि कोही मनकारीहरूले सहयोग...
सेतोपाटी संवाददाता उदयपुरमा एकैदिन ११ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।, सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।, 'जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भयो,' उनले ...
नारायण खड्का रोल्पाकी रिता विक एक महिनाको छोरी हातमा लिएर लाइनमा उभिएकी छिन्।, गंगादेव गाउँपालिकाको जिनावाङ निवासी विक चाँडो समीक्षालय प्रवेश गर्ने गेटमा पुग्न चाहन्छिन्। , त्यहाँ थर्मल गनबाट स्वास्थ्य जाँच गराउन र भित्र प्रवेश गर्न उनलाई हतार छ। भित्र प्रवेश गरेपछि मात्रै भात खान पाइन्छ। , घरी उनी चैतमा जन्मिएकी छोरी...
सेतोपाटी संवाददाता धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब गर्दा रिपोर्ट नेगेटिभ आएको छ।, सोमबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि पिसिआर टेस्टका लागि उनलाई हिजो नै प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।, प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको प्रमुख जिल्ला अधिकारी कोष हरि निरौल...
सेतोपाटी संवाददाता मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। , योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमा ...
सेतोपाटी संवाददाता मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेतोपाटीलाई जानकारी दिए।, योसँगै क...
विनोद सापकोटा बन्दाबन्दीको मौका पारेर झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले पुर्व पश्चिम राजमार्ग अन्तर्गतका ४ वटा हरिया रुख काटेका छन्।, नगर प्रमुख पोख्रेलको आदेशमा रुख कटान भएको स्थानीय बासिन्दाले बताए।, कनकाइ नगरपालिका वडा नम्बर ७ मा पर्ने पुर्व पश्चिम राजमार्ग छेउमा नगर प्रमुख पोख्रेलको घर छ।, हावाह...
रासस भोजपुरमा एक युवकको र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) गर्दा कोरोना भाइरसविरुद्धको एन्टीबडी देखिएको छ।, हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज आरडिटी गर्दा एन्टीबडी देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए...
निशा भण्डारी काठमाडौंको कोटेश्वरमा मंगलबार अबेर साँझसम्म भिडभाड भएको छ।, काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका हुन्।, लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ-आफ्नो घरतर्फ जान लागेका हुन्।, स्थानीय तहले सवारी ...
सेतोपाटी संवाददाता काठमाडौंमा दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ।, त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी दियाे।, उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।, ...
सेतोपाटी १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ।, गृह मन्त्रालयमा सोमबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षता बसेको बैठकले १९ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।, सिफारिसमा पर्नेहरूमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप ग...
एजेन्सी म्यानमारमा कोरोना भाइरस नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक चालकको गोली लागेर मृत्यु भएको छ।, द्वन्द्वग्रस्त क्षेत्रमा डब्लुएचओको गाडी चलाइरहेका क्रम राखीनी राज्यमा पुगेका २८ वर्षीय प्यइ सोन विन माउन्गमाथि गोली प्रहार भएको थियो।, संयूक्त राष्ट्र संघले केही साता यता म्यानमारमा सेना र सश...
सेतोपाटी संवाददाता काठमाडौंबाट मजदुर बोकेर दोलखाको जखे जाँदै गरेको बस रामेछापको कुनौरीमा दुर्घटना भएको छ।, बा २ ख ६८१८ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, जिल्लाका डिएसपी बसन्त पाठकका अनुसार सो बसमा चालक, सहचालकसहित ३९ व्यक्ति सवार दिए।, घटनामा उनले एकजनाको हात फ्याक्चर हुनुबाहेक अन्य कोही ग...
एजेन्सी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको परीक्षण गर्नुपर्ने भएको छ।, खानले साता अगाडि भेटेका पाकिस्तानका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना संक्रमण भएको प्रमाणित भएपछि खानको परीक्षण गर्नुपर्ने भएको हो।, मंगलबार उनका डाक्टरले कोरोना परीक्षण गर्नुपर्ने बताएका छन्।, 'म उनीलाई भेट्नेछु र परीक्षणको सिफ...
सेतोपाटी संवाददाता तारकेश्वर नगरपालिकामा विदेशबाट आएका २ सय ६९ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ।, नगरले पहिलो चरणमा १ सय ५२ जना र दोस्रो चरणमा १ सय १७ जनामा भएको टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरका अध्यक्ष रामेश्वर बोहोराले जानकारी दिए।, नगरले फागुन अन्तिम सातादेखि विदेशबाट नेपाल आएकाहरूको र्‍यापिड टेस...
सेतोपाटी संवाददाता गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कस्थित पूर्ण बहादुर खनालको घरमा आगलागी भएको हो।, आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको छ। पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा पर...
रासस विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनका कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ।, यार्सागुम्बा टिप्ने मौसम शुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो।, सङ्घीय सांसद पोल्देन छोपाङ...
दिपकजंग शाही गत बुधबार २५ किलोको चामलको बोरा, १ किलो नुन, केही दाल र तेल पाएपछि नन्दकला बिकले आफूलाई खाद्यान्न दिनेलाई घरदेखि वरसम्म आएर दुई हात जोडेर विदाइ गरिन्।, खान नपाइएला कि भन्ने उनको ठूलो पीर खाद्यान्न पाएपछि हराएको थियो।, नातिनातिनासहितको परिवारमा बसेकी नन्दकलालाई लकडाउन लम्बिएसँगै छाक कसरी टार्ने चिन्ता पनि ...
प्रशन्न पोखरेल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारको नीतिविपरीत लकडाउनका बेला प्रदेश नम्बर ५ का विभिन्न जिल्लाका मानिसलाई घर पठाएका छन्।, सिन्धुपाल्चोक, दोलखा, काभ्रेलगायत जिल्लाका इँटाभटामा मजदुरी गर्दै आएका श्रमिकलाई मन्त्री पुनको अगुवाइमा आइतबार साँझ घर पठाइएको हो।, प्रदेश नम्बर ५ का रोल्पा, सल्या...
सेतोपाटी संवाददाता पिठ्युँमा झोला र काखमा बच्चा च्यापेर सुर्खेत हिँडेकी एक महिलालाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहयोग गरेका छन्।, सुर्खेतको भेरीगंगा नगरपालिका-७ काँठेघारीकी टीका बस्याल गोरखा पालुङटारबाट बाह्रकिलो बजार हुँदै घर हिँडेकी थिइन्।, पालुङटारमा नहर निर्माणमा मजदुरी गर्दै आएकी उनी लकडाउनपछि काम अवरूद...
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका १०ले लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउन थालेको छ। , बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले शनिबारदेखि खादा ओढाउन थालेको हो।, ‘सम्झाइबुझाइ गरेर पनि नभएपछि अब शरम होस्, गल्ती महसुस होस् भनेर हामीले त्यस्तो गर्न थालेका हौं,’ वडाध्यक्ष नवराज भट्टराइले भने। , लकडाउन ...
सेतोपाटी संवाददाता मोरङमा प्रहरीले मलामी गएर फर्किएका एक व्यक्तिलाई निर्मम तरिकाले कुटेको छ।, आइतबार पथरी शनिश्चरे नगरपालिका ४ का प्रेम लिम्बु मलामी गएर फर्किने क्रममा प्रहरीले कुटेको भिडिओ सार्वजनिक भएको थियो। घटना बाहिरिएसँगै इलाका प्रहरी कार्यालयले ती दुई जवानलाई विभागीय कारबाही गरेको छ।, ‘हिजो हामीले बेलुका घटना ब...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा वितरण गरेको चामल न्यून गुणस्तरको भएको प्रमाणित भएको छ।, लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी खाने परिवारलाई नगरपालिकाले राहत स्वरुप वितरण गरेको चामल सडेको पाइएपछि स्थानीयले नगरपालिकामै ल्याएर फालिदिएका थिए। , विपद्को समयमा विपन्न ...
सेतोपाटी संवाददाता दाङमा पत्नीको चिर्पट प्रहारबाट घाइते पतिको उपचारको क्रममा मृत्यु भएको छ।, बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा पत्नी निशा अधिकारीको चिर्पट प्रहारबाट घाइते गुमानबहादुर अधिकारीको मृत्यु भएको हो।, प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ रातोपानी निवासी ४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै छिमे...