content
stringlengths
20
64.1k
नारायण अधिकारी भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट सकिएपछि आजबाट काम रोकिएको छ। यहाँ दैनिक ३५ देखि ४० जनाको पिसिआर परीक्षण हुँदै आएको थियो।, भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्...
सेतोपाटी संवाददाता कञ्चनपुरमा सडकमा भेटिएका दुई जना बालकको उद्धार गरिएको छ।, महेन्द्रनगरमा सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो।, गत शुक्रबार उद्धार गरिएका दुवै बालकलाई महेन्द्रनगरस्थित अमर बाल...
युवराज श्रेष्ठ नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण ३१ जना संक्रमित भएका छन्। जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।, यदी कोरोनाबाट कसैको मृत्यु भयो भने कसरी शव व्यवस्थापन गर्ने? पोखरास्थित स्वास्थ्य निर्देशनालयले सोमबार यसको व्यवस्थापनका लागि अभ्यास गरेको छ।, मृत्यु भएको शव व्यवस्थापनदेखि परिवार, स्वास्थ्यकर्मी र...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल काममा फर्किएका छन्।, महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी लम्साल सोमबारबाट काममा फर्किएका हुन्।, गत बिहीबार त्रिविका तीन डाक्टरमाथि कुटपिट गरेपछि महानगरीय प्रहरी कार्यालयले सोधपुछ गर्न रानीपोखरी बोलाएका थिए।, घटनाम...
रासस ‘साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गौला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन’, गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्छन् ‘जवान मिर्गौलाले बढी काम गरौँ भन्छ। उसले बढी पानी खा, व्यायाम गर् भन्छ। म कोरो...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ।, सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।, यसरी जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घ...
सेतोपाटी संवाददाता काठमाडौं प्रहरी परिसरको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिइएको छ।, परिसरका प्रमुख उत्तम सुवेदी डिआईजीमा बढुवा भएर सुदुर पश्चिम प्रदेशको प्रहरी प्रमुखमा प्रतिस्थापन भएपछि ज्ञवालीलाई पठाइएको हो।, उनी वर्तमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीका भाइ हुन्। ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए।,...
एजेन्सी भारतको राष्ट्रपति भवनमा काम गर्ने एक जनालाई कोरोना भाइरस देखिएको छ।, राष्ट्रपति रामनाथ कोविन्दको कार्यालय र आवासमा काम गर्ने एक जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।, भवनमा एक सय बढी कामदार छन्।, भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार भवनको गेट नम्बर ७० नजिकैका १२५ परिवारलाई पनि सेल्फ आइसोलेसनमा बस्न...
एजेन्सी भारतमा लकडाउनले अलपत्र परेका नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन्।, उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्।, चार पुरूष र दुई महिला होटलमा बसोबास गर्दै आएका थिए। उनीहरू पहिले होटलमा बसिरहेको र ‍पछि पैसा सकिएपछि गुफामा बस्न पुगेको सिएनएनले जनाएको छ। उनीहरूलाई प्रहरीले आइतबार उद्दार गर...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो।, पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित...
एजेन्सी स्पेनमा कोरोना भाइरसबाट संक्रमित २ लाख नाघेको छ। यद्यपि अधिकारीहरुले संक्रमण फैलिने क्रम भने कम हुँदै गएको बताएका छन्।, स्पेन संयुक्त राज्य अमेरिकामापछि कोरोनाको संक्रमण धेरै फैलिएको मुलुक हो।, स्पेनमा हालसम्म २ लाख २१० जनामा संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ३ सय ९९ जनाको ज्यान गएको छ। योसँगै स्पेनमा...
विवेक राई सरकारले कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण दायरा बढाएपनि स्वाब राख्ने भाँडो सकिएपछि अब परीक्षण प्रभावित हुने भएको छ।, सोमबारमात्र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब राख्ने भाँडो 'भिटिएम' नभएपछि तीन जना कोरोना शंकास्पद व्यक्तिलाई अस्पतालले परीक्षण नै नगरी घर पठाइदिएको छ।, धरानकै बासिन्...
सेतोपाटी संवाददाता पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखाका स्थानीय तह, अस्पताल र सुरक्षा निकायलाई थर्मल गन उपलब्ध गराएका छन्।, गण्डकी गाउँपालिकालाई नौ, भिमसेन थापा गाउँपालिकालाई आठ, गोरखा नगरपालिकालाई सात, सुरक्षा निकायलाई चार, चुमनुव्री गाउँपालिकालाई चार, धार्चे गाउँपालिकालाई दुई, सहिद लखन गाउँपालिकालाई दुई, गोरखा...
रासस महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ।, पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार लगेको...
सेतोपाटी संवाददाता शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन्।, मन्त्रालयले पुनको नाममा पत्र काटेपछि आइतबार उनी मन्त्रालय पुगेका हुन्। 'मन्त्रालय आएको २० मिनेट भयो। मन्त्रीको समय कुरिरहेको छु,' उनले सेतोपाटीसँग भने।, शुक्रबार नै मन्त्रालयले पुनको नाममा प...
जुना श्रेष्ठ 'भिजुअल आर्टिस्ट' कैलाश श्रेष्ठ अचेल केटाकेटीका चित्रकला हेर्न व्यस्त छन्। स्वयम्भूस्थित आर्टुडियो (सेन्टर फर कन्टेम्पोररी भिजुअल आर्ट्स) का संस्थापक कैलाशले देश लकडाउनमा भए पनि केटाकेटीको रचनात्मकतामा 'लकडाउन' लाग्न नहुने सोचेर अनलाइन प्रदर्शनी सुरू गरेका हुन्।, उक्त प्रदर्शनीमा ३ वर्षदेखि १६ वर्षका केटा...
युनिक श्रेष्ठ भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट नेपाल फर्किएका छन्। घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए।, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरका अनुसार आइतबार २ बजेतिर भट्टलाई नेपाल ल्याइएको हो। ‘महा...
सेतोपाटी संवाददाता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न ठाउँबाट हिँड्दै घर गइरहेकाहरूलाई आजदेखि जो जहाँ पुगेका छन् त्यहीँका स्थानीय तहले राख्ने बताएका छन्।, आइतबार दिउँसो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भिडिओ कन्फरेन्स गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिँड्दै गइरहेका श्रमिकहरूलाई स्थानीय तहले खाना र बस्ने व्यव...
सेतोपाटी संवाददाता सडकमा पैसा फालेर भागेकी महिलाको पिसिआर रिपोर्टमा कोरोनाभाइरस नेगेटिभ आएको छ।, प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले आरडिटी रिपोर्ट पोजेटिभ आएकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको सेतोपाटीलाई जानकारी दिए।, उनले भने ‘हिजो प्रहरीले पक्राउ गरेको एक महिलाको आरडिटी रिपोर...
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन्। , चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।, डाक्टर जगदिश जोशीले युवक...
सेतोपाटी संवाददाता नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने घोषणा गरेका छन्।, बाराको सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चर अन्तर्गत मेवा खेतीमा कार्यरत मजदुरको तलवमा लकडाउन अवधिमा १० प्रतिशत बढाउने घोषणा गरेका हुन्।, संकटको बेलामा म...
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका छन्।, चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।, दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिए...
युवराज श्रेष्ठ पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेल महानगरको कार्यालय परिसरमा संचालन भएको छ।, कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित स्यानिटाइजर टनेलको गण्डकी ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ।, आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड-१९ विरूद्धको अभ...
सेतोपाटी संवाददाता कपिलबस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा राखेको छ।, प्रहरीले स्थानीय रहिम मुसलमानको घरबाट पाकिस्तानीको मिरपुर खास घर भएका ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला पारेको थियो।, वसारदलाई शिवराज नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको प्रहर...
सेतोपाटी संवाददाता कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। , लक डाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो। कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक...
सेतोपाटी संवाददाता मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले स्पष्ट पारेको छ।, आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो।, आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने तत्वहरुले सामाजिक सञ्जालम...
सेतोपाटी संवाददाता गुहेश्वरीको बागमती प्रशोधन केन्द्र नजिकै बोराभित्र एक युवकको शव भेटिएको छ। , आइतबार साँझ स्थानीयले गन्ध आएको खबर दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। , ‘स्थानियले गन्हाएको भनेपछि घटनास्थलमा पुगेका थियौं,’ डिएसपी प्रदिप कुमार सिंहले भने, ‘बोराभित्र राखेको शव भेटियो।’, उनका अनुसार उक्त शव कुहिएको अवस...
सेतोपाटी संवाददाता विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ।, बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल, टेकु अस्पतालबाट १९...
युनिक श्रेष्ठ कोरोनाभाइरसको संक्रमण रोक्न नेपालमा चैत ११ देखि गरिएको लकडाउन दार्चुलाका वासुदेव भट्टका लागि गत मंगलबार बिहानसम्म भारतको सीमामा अड्किएका सयौं नेपालीलाई जस्तै थियो।, दार्चुलापारिको धार्चुलामा उनी हजार बढी नेपालीसँगै क्वारेन्टाइनमा बसेका थिए।, तर मंगलबार साँझ उनको जीवन बज्रपात आइलाग्यो। शैल्यश्वरी नगरपालिक...
सविता बुढा सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्नेगरी एक महिनाभित्र धनगढीमा ५० शैयाको कोरोना उपचार भवन बनाउन शुरु गरेको छ ।, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिमारीसँगै अन्यको उपचारमा समस्या हुने भएपछि पछिल्लो सातादेखि विकल्पहरु अपनाउन थालेको थियो । जस अन्तर्गत कोरोनाका विर...
एजेन्सी शनिबार राजधानी ब्रासिलियासहित ठूला सहरहरू रिओ दि जेनेरियो, साओ पाउलोलगायत सहरमा लकडाउन खोल्नु पर्ने माग गर्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन्।, उनीहरूले आफ्ना सवारीसाधन ल्याएर सडकमा निस्केका थिए। प्रदर्शनका क्रममा केहीले ब्राजिलको राष्ट्रिय झन्डा बोकेका थिए भने कतिपयले सवारीको हर्न बजाएका थिए।, हप्तौंसम्म आफ्...
सविता बुढा कोरोना भाइरसको संक्रमणपछि निको भएर फर्किँदा राजको घरमा आफन्तहरु पर्खाइमा थिए।, आँगनमा आमा, बुबा, दाजुभाई र केही छिमेकी उनलाई भेट्न हतारिएका थिए।, सेती प्रादेशिक अस्पतालमा १६ दिनको आइसोलेसन बसाइपछि आज साँझ उनी डिस्चार्ज भएर फर्केका हुन्।, अस्पतालबाट फर्किनु अघि उनले अरु उपचाररत बिमारीलाई शुभकामना दिए। ‘आफ्नो...
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगानगरपालिका ३ भूल्केस्थित मस्जिदमा रहेका १३ जनालाई कोरोना संक्रमित देखिएपछि प्रदेश १ सरकारले संक्रमितसँग सम्पर्कमा आएकाको खोजी गरेको छ। , संक्रमित १३ मध्ये ११ भारतीय र २ नेपाली नागरिक रहेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ। कार्यालयले एक विज्ञप्ति जारी गर्दै अहिले संक्रमितको कन...
एजेन्सी बंगलादेशमा शनिबार एक मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा जारी लकडाउनको अवज्ञा गर्दै एक लाख बढी मानिसहरू सहभागी भएको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।, यसले कोरोना भाइरसको जोखिम बढाउन सक्ने अनुमान गरिएको छ।, बंगलादेशी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यम सिएनएनले ती मानिसहरू ब्राह्मणबरिया जिल्लाको सोरैल उप...
एजेन्सी अफगानिस्तानको राष्ट्रपति भवनमा कार्यरत दर्जनौं कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सुरुमा २० जनामा संक्रमण देखिएको बताइएको भएपनि न्यू योर्क टाइम्सले आइतबार उक्त संख्या ४० पुगेको बताएको छ।, अफगान सरकारले यस विषयमा हालसम्म कुनै टिप्पणी गरेको छैन।, राष्ट्रपति अस्रफ घानीलाई कोरोना संक्रमण भए-नभएको बा...
सेतोपाटी संवाददाता कैलालीमा भरूवा बन्दुक र सालको काठसहित एक महिला पक्राउ परेकी छिन्।, आइतबार मोहन्याल गाउँपालिका-३ फल्ले बिसौनास्थित चन्द्रराज गिरीको घरमा प्रहरीले छापा मारेको थियो।, घरबाट प्रहरीले २ नाले भरूवा बन्दुक र ३६.९ क्युफिट सालको काठ बरामद गरेको थियो।, प्रहरीले चन्द्रराज गिरीकी श्रीमती ४५ वर्षीया धनसारा गिरील...
नारायण महर्जन केही दिनदेखि मौसम अनुकुल बनेपछि उपत्यकाका किसान धानको बिउ राख्ने तयारीमा जुटेका छन्। तोरी स्याहारेपछि अहिले खेत जोत्ने, मल हाल्ने, सम्याउने काममा किसानलाई भ्याइनभ्याइ छ। भक्तपुर र ललितपुरका बुङमती तथा खोकनामा किसानहरु यतिबेला खेतमै व्यस्त देखिन्छन्। सरकारले यसअघि नै लकडाउनका कारण कृषि काममा अवरोध नहुने स...
सेतोपाटी संवाददाता नुवाकोटमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।, प्रहरीले लिखु गाउँपालिका-४ का ६० वर्षीय कृष्ण पण्डितलाई पक्राउ गरेको हो।, गत शनिबार दिउँसो साढे ४ बजे शिवपुरी गाउँपालिका-५ की बालिकालाई पण्डितले प्रलोभनमा पारी बलात्कार गरेका थिए।, उनी लिखु गाउँपालिका-४ चौघडास्थित मामाघर...
सेतोपाटी संवाददाता धनुषामा बुवा र छोराबीच आपसी विवाद हुँदा छोराले बुवाको हत्या गरेका छन्।, धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ मा आइतबार राति १० बजेतिर विवाद हुँदा फलामको रडले बुवाको टाउकोमा हानी हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए।, करिब ५५ वर्ष उमेर रहेका सौखिया सा...
सेतोपाटी संवाददाता सडकमा पैसा फालेर भागेका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार साँझ रिहा गरेको छ।, कुनै पनि हालतमा घरबाहिर ननिस्किने सर्तमा उनीहरूलाई छाडिएको धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।, शुक्रबार दिउँसोतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महावीर चोकको बीच सडकमा दुबै महिला १०/१० रु...
रासस धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे।, विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनले बताए।, गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दु...
एजेन्सी भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ।, सोमबारसम्म त्यहाँ संक्रमितको संख्या १७ हजार बढी पुगेको हो।, स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या पनि पाँच सय ६५ पुगेको छ।, गएको २४ घण्टामै त्यहाँ १५ सय बढी नयाँ संक्रमित थपेको मन्त्रालयले जनाएको छ।, त्यस्तै, संक्रमितमध्ये दुई हजार पाँच सय ४६ ...
सेतोपाटी संवाददाता जनकपुरधामको सडकमा पैसा फालेर भागेका दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बीच सडकमा पैसा फालेर भागेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडि रहेको मस्जिद नजिकबाट प्रहरीले पक्राउ गरेको हो।, उ...
सेतोपाटी संवाददाता धनुषाका एक वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।, धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहल...
एजेन्सी दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोनाका कारण रिपोर्ट गरिए भन्दा धेरै जनाको ज्यान गएको बिबिसीले जनाएको छ।, त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको ज्यान गएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांकले भने हजारौंको मृत्यु भएको देखाएको छ।, इक्वेडरको गुवायस प्रान्त सरकारका अनुसार अप्रिलको पहिलो दुई स...
सेतोपाटी संवाददाता ठमेलस्थित नाइट क्लव एलओडीले पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।, खानेपानी मन्त्री विना मगरमार्फत् कञ्चनपुरका लागि ५० थान र उद्योगमन्त्री लेखराज भट्टमार्फत् कैलालीका लागि ५० थान पिपिई उपलब्ध गराएको हो।, यस्तै ठमेलमा सरसफाइ काम गर्नेहरूका लागि शनिबार पिपिई सामग्री प्रदान गरिएको एलओडीले जा...
विवेक राई नेपालमा एकैदिन दुई जना कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट निको भएका छन्। बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी हुन्।, फ्रान्सबाट आएकी १९ वर्षीया कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट शनिबार घर फर्किएकी छिन्।, यसअघि चीनबाट आएका एक युवक कोरोनापछि निको भएर घरमा छन्। बाँकी...
सेतोपाटी संवाददाता शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ।, फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन्।, बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि निको भएर आजै अस्पतालबाट घर फर्किएकी छिन्...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण देखिएपछि आज सो बस्तीमा रहेका ६९ जनाको पिसिआर परीक्षणको लागि स्वाब पठाइएको छ।, मस्जिदमा सिधा सम्पर्क भएका व्यक्तिहरूको स्वाब पिसिआर परीक्षणको लागि विराटनगरस्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए।, ...
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिकाका कोरोना संक्रमितको नातेदारलाई क्वारेन्टाइन पठाइएको छ।, र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिए पनि ८ जाना नातेदारलाई गाउँकै ब्रम्हनगर माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको नगर प्रमुख प्रभा बराल पौडेलले जानकारी दिइन्।, ‘हामीले हिजैदेखि उहाँहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा स...
सेतोपाटी संवाददाता नेपालमा फेरि एक जना कोरोना संक्रमित भेटिएका छन्।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६५ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो।, योसँगै नेपालमा कोभिड-१९ का संक्रमित ३१ पुगेको छ। आजैमात्र दुई जना निको भएर घर फर्किएका छन्।, ३१ जनामध्ये तीन जना निको भइसकेका छन् भने २८ जना विभिन्न अस्पतालमा उप...
सेतोपाटी संवाददाता प्रतिनिधि सभा सांसद अन्जना विसंखे र बागमती प्रदेशसभा सदस्य रमा आले मगरको नेतृत्वमा त्रिभुवन पार्कमा राखिएकालाई आ-आफ्नो गृहजिल्लामा पठाइएको छ।, घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज थानकोट आइपुगेका थिए। उनीहरूलाई त्रिभुवन पार्कको क्याम्पमा राखिएको थियो।, आज भने सबैलाई आ-आफ्नो गृहजिल्ला ...
विवेक राई शनिबार भेटिएका ६५ वर्षीय कोरोना संक्रमित पुरुष उदयपुरकै मस्जिदको रहेको खुलेको छ। हिजो मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना देखिएको थियो।, बाँकी चारजनाको पुनः परीक्षण गरिएकोमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू अहिले मोरङको टाँडीस्थित क्वारेन्टिनमा छन्। ,संक्रमित पुरुषलाई क्वारेन्टाइनबाट भोलि ...
सेतोपाटी संवाददाता जनकपुरधाममा १०/१० को नोट फालेर भागेका दुई जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।, जिल्ला प्रहरी कार्यालय धनुषाले आज पक्राउ गरेका दुबै महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा जाँच्दा उनीहरूमध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।, यसका साथै अस्प...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेष्टलाई तिव्रता दिएको छ।, सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जनासँग सम्पर्कमा पुगेकालाई लक्षित गर्दै महानगले पहिले वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड डाइग्न...
प्रशन्न पोखरेल कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन्।, डिस्चार्ज भएपछि उनी घर गइनन्। नेपाल टेलिभिजनमा प्रस्तुत भएकी उनले अस्पताल बसाइँका अनुभव साटिन्।, श्रेष्ठ बलियो आत्मविश्वासका साथ प्रस्तुत भएकी थिइन्। उनले विभिन्न प्रश्नको सामना मात्र...
रासस नेपाल औषधि व्यवसायी सङ्घ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ।, सङ्घ पर्सा अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो।, तरकारी किन्न निस्केका अन्सारीलाई प्रहरीले दुर्व्यवहार गरी मोटरसाइकल ...
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिपई उपलब्ध गराउने भएका छन्।, काठमाडौंका एम्बुलेन्स चालकलाई यसअघि नै पिपिई उपलब्ध गरेका पुनले आइतबार सूचना गर्दै अब जोखिममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि पिपिई दिने बताएका हुन्...
युवराज श्रेष्ठ कोरोनाभाइरस रोकथामका लागि भन्दै अहिले गाउँ र शहरमा समेत बाटो बन्द गराएका छन्। स्थानीयले तगारो बनाएर, रूख ढालेर, ढुंगा राखेर अत्यावश्यक सवारीसमेत आवागमनमा अवरोध हुने गरी बाटो बन्द गराएका हुन्।, प्रशासनले यसरी सार्वजनिक बाटो बन्द गराउन नपाउने भनेपनि अधिकाँश गाउँ र शहरका भित्री बाटाहरु बन्द नै छन्।, तनहुँक...
रासस कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ। , जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ। जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर...
एजेन्सी इरानी सरकारले शनिबारदेखि राजधानी तेहरानका केही व्यवसायिक क्षेत्रहरुलाई पुनः खोल्ने अनुमति दिएको छ।, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कम भएसँगै इरानले केही व्यवसायिक क्षेत्रहरुलाई पुनः खोल्ने अनुमति दिएको हो।, एक महिना बढी पछि कोरोना भाइरसबाट हुने दैनिक मृत्यु ७३ मा झरेको छ।, अनुमतिपछि केही पसल, कारखाना र व...
सेतोपाटी संवाददाता आइतबारसम्म नेपालमा ८ हजारको कोरोनाभाइरस (कोभिड-१९) परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ हजार ७१ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको हो।, ८ हजारको परीक्षण गर्दा संक्रमित हुनेको संख्या ३१ पुगेको छ। जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २७ जना आइसोलेसनमा छन्।, हिजोमात्र दुईजन...
रासस घाँटीमा मासु अड्किएर यहाँ एक जनाको मृत्यु भएको छ।, शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो। , शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको ज...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।, शनिबार राति १२ बजे प्रहरी चौकी दोर्पुबाट ड्युटीमा खटिएका ३८ वर्षीय हवल्दार देवीप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको थियो।, एक्कासी छाती र पेट दुखेर उनलाई फाप्लु अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्...
सेतोपाटी संवाददाता पर्सामा राहत लुट्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, शनिबार पर्सागढी नगरपालिका-५मा राहत वितरण भइरहेको बेला केही व्यक्तिहरूले विवाद गरेका थिए।, विवादकै क्रममा ढुङ्गामुढा समेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, वडा नम्बर ६मा ट्याक्टरबाट राहत लग्दै गर्दा पाँच जना व्यक्तिले ८४ पोका राहतक...
युवराज श्रेष्ठ राम्दीलाई स्याङ्जा र पाल्पा जिल्लाको सीमा मानिएको छ। स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा प्रदेश ५ पर्ने भएकाले कालीगण्डकी दुई प्रदेशको सीमाना पनि हो। पोखराबाट बुटबल जोड्ने सिद्धार्थ राजमार्गमा यी दुई प्रदेश जोड्ने कालीगण्डकीमाथि राम्दी पुल बनाइएको छ।, गण्डकी प्रदेशले कोरोना रोकथामका लागि भन्दै लकडाउनलाई अ...
नारायण खड्का रत्नप्रसाद श्रेष्ठ अलपत्र मजदुरको पीडामा मल्हम लगाउन दिनहुँजसो लमहीस्थित अर्जुनखाेला पुग्छन्। लामो गन्तव्य तय गरेर पूर्व–पश्चिम राजमार्गमा पैदल हिँड्नेको सास्तीलाई कम गर्न उनी खटिन्छन्। , उनले राजमार्गमा अलपत्र परेका धेरै पैदल यात्रुलाई दाङको सीमाना पार गराउँदै आएका छन्। व्यक्तिगत खर्चमा लगभग दुई हजार पैद...
सेतोपाटी संवाददाता नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले काठमाडौं उपत्यकाभित्र बस्ने कर्णाली प्रदेशका विभिन्न जिल्लाका विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन्।, काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका कर्णालीका उनीहरूलाई चामल, दाल, तेललगायत खाद्यान्न सामग्री दिएको शाहीले जानकारी दिए।, ‘कर...
सेतोपाटी संवाददाता कैलालीमा छिमेकीको मलामी जाँदा बेपत्ता युवकको दुई दिनपछि शव फेला परेको छ।, शुक्रबार ४ बजे टिकापुर नगरपालिका १ का ३० वर्षीय बादल ठकुल्ला छिमेकीले आत्महत्या गरेपछि मलामी गएका थिए। , उनी नुहाउने क्रममा कर्णाली नदीमा डुबेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतले जानकारी दिए। ,...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रका मस्जिदको अनुगमन गरिएको छ। उदयपुरमा मस्जिदमा बस्दै आएका १३ जनालाई कोरोना भाइरस पुष्टि भएपछि तुलसीपुर क्षेत्रका मस्जिदको अनुगमन गरिएको हो।, संघीय सांसद हिराचन्द्र केसीले व्याप्त आशंकाको समाधान गर्न अनुगमन गरिएको र तुलसीपुर बजारका मस्जिदमा कोही पनि बाहिरवाट आएका जमाती वा व्यक्त...
सुधिर भण्डारी चितवनको राप्ती नगरपालिकाकी कोरोनाको संक्रमण देखिएको बेलायतबाट आएकी महिलाले गाउँमा चकलेट बाँडेको खुल्न आएको छ।, उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए।, ‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ। चितवन केमा आए, काठमाडौंमा कहाँ बसे के...
युनिक श्रेष्ठ घरमा आमा बितेपछि महाकालीपारिको क्वारेन्टाइनमा किरिया बसेका दार्चुलाका वासुदेव भट्ट शुक्रबार पनि घर फर्किन पाएनन्।, भारतीय अधिकारीहरूले केन्द्रबाट अनुमति नआएको भन्दै शुक्रबार पनि उनलाई वारि आउन दिइरहेका छैनन्।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उनले बुधबार नै पिथौरागढका सबडिस्ट्रिक्ट ...
युवराज श्रेष्ठ नयाँ वर्षका दिन बाग्लुङ ढोरपाटनकी ३३ वर्षीया गर्भवती भीमा पाण्डेले हेलिकप्टर समयमै नआएका कारण ज्यान गुमाउनु परेको छ। , डेढ महिनाकी गर्भवती भीमा पेट दुखेर स्थानीय ढोरपाटन, बुर्तिबाङ स्वास्थ्य केन्द्रमा जचाउन जाँदा तुरून्त सुविधा सम्पन्न ठूलो अस्पतालमा लैजान भने पनि समयमै उनको उद्धारका निम्ति हेलिकप्टर आइ...
सेतोपाटी संवाददाता नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ ह...
सेतोपाटी संवाददाता काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद जीवनराम श्रेष्ठले छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्टलाई पिपिई बुथ हस्तान्तरण गरेका छन्।, नेपाटप अर्गनाइजेसनद्वारा निर्मित उक्त बुथ रेञ्जर रेजिमेन्टका कर्णेल राजेश बिक्रम शाहीलाई हस्तान्तरण गरिएको हो।, बुथ हस्तान्तरण तथा सिसिएमसी (कोरोना संकट व्यवस्थापन समिति) को ...
सेतोपाटी संवाददाता लकडाउनका बाबजुद पनि नागरिकहरू हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरम, काठमाडौंले उपत्यका नछाड्न आग्रह गरेको छ।, , उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदे...
रासस कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा रहे पनि ऐतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन।, गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम गरिरहेका थिए। काममा खटिएका धेरै नेपाली थिए भ...
सेतोपाटी संवाददाता लकडाउनका कारण गोंगबुमा अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको छ। दैनिक ज्यालादारी गर्ने दोलखाबाट आएका १२ जना मजदुर गोगंबुमा अलपत्र भएपछि नगरपालिकाले उद्धार गरेको जानकारी मेयर प्रकाश अधिकारीले दिए।, ‘म नगरपालिकामै थिएँ। एउटा नयाँ नम्बरबाट फोन आयो,’ मेयर अधिकारीले भने, ‘यहाँ गोंगब...
सेतोपाटी संवाददाता यो वर्षको पहिलो उल्का वर्षा (वीणा) बिहीबार रातिबाट सक्रिय भएको छ।, बिहीबार राति आठ बजेबाट सक्रिय भएको उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।, यसको उत्कर्ष रूप वैशाख ९ र १० गते राति साढे दस बजेपछि बिहान सूर्योदय अघिसम्म हेर्न सकिने बताइएको छ।, अत्यधिक सक्रियत...
दिपकजंग शाही भारतबाट आएका रूकुम पश्चिमका दुई युवाको स्वाब काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।, यसअघि धनगढीमा र्‍यापिड परीक्षण गर्दा उनीहरूको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यसपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि बिहीबार काठमाडौं पठाइएको थियो।, केन्द्रीय प्रयोगशालामा ...
सेतोपाटी संवाददाता उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितलाई विराटनगरको अस्पताल पठाउने तयारी भइरहेको छ।, शुक्रबार मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूलाई आजै विराटनगरको कुनै अस्पताल पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।,...
रासस वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।, दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ। जसमध्ये तीनको अवस्था ...
सिएनएन कोरोना महामारीका कारण सुरू लकडाउनले धेरै देशमा मानवीय चहलपहल कम भएपछि जंगली जनावरले सन्तोषको सास फेर्न थालेका छन्। मानव अतिक्रमणको शिकार हुँदै आएका ती जनावर लकडाउन बेला आफ्नो प्राकृतिक बासस्थानमा रमाइरहेका दृश्य देखिएका छन्।, वेल्स (संयुक्त अधिराज्य) मा बाख्राको बथान होस् वा इटालीमा जंगली बँदेलको हुल– संसारका व...
विवेक राई उदयपुरमा गरिएको र्‍यापिड टेस्टले चीनबाट ल्याइएको किटको विश्वसनीयतामाथि प्रश्न उठेको छ। बुधबार किटबाट गरिएका १२ परीक्षण उल्टिएपछि किटमाथि प्रश्न खडा भएको हो।, भारतबाट आएर उदयपुरको भुल्के मस्जिदमा बसेका १२ जना भारतीयसहित १६ जनाको गत बुधबार र्‍यापिड टेस्ट गरिएको थियो। जसमा १६ जनाकै नतिजा नेगेटिभ आएको थियो।, विद...
सेतोपाटी संवाददाता शुक्रबार उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ।, उनीहरूलाई साढे १२ बजे राति भर्ना गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले जानकारी दिएकी हुन्।, १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मस्जिदमा रहेका १६ जनालाई ...
सेतोपाटी संवाददाता सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ।, सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका छन्।, प्रजिअ जिसीका अनुसार उनी...
एजेन्सी इम्पेरियल कलेज लन्डनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टले यस वर्ष कोरोना भाइरसबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु  हुनसक्ने देखाएको छ।, अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगले दिएको प्रतिवेदनका अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३‌‍.३ मिलियनको मानिसको मृ...
एजेन्सी बंगलादेशी सरकारले पूरै देशलाई कोरोना भाइरसको जोखिम क्षेत्र घोषणा गरेको छ।, शुक्रबार बंगलादेशमा संक्रमणका कारण एकै दिन १५ जना बढीको ज्यान गएको छ।, योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ।, स्वास्थ्य सेवा महानिर्देशक (डिजीएचएस) द्वारा बिहीबार रात जारी गरिएको आदेश अनुसार सम्पूर्ण बंगलादेशलाई संक्...
विवेक राई उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनालाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि उक्त बस्तीमा र्‍यापिड टेस्ट गर्ने तयारी भएको छ।, शनिबार दिउँसो १ बजेबाट परीक्षण सुरू गरिने स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए।, उनले आज कम्तीमा सय जनाको र्‍यापिड टेस्ट गरिने बताए।, त्यस्तै बस्तीमा...
सविता बुढा सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीस्थित लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।, कोरोनाभाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। , अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको सेतोपाटीलाई बताए। रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल...
शोभा शर्मा भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा (एम्स) धेरै नेपाली विद्यार्थी एमडी एमएस तहमा अध्ययनरत छन्। यी विद्यार्थी पढाइसँगै बिरामी जाँच गर्छन्, उनीहरूको उपचारमा संलग्न छन्।, कोरोनाको उपचारमा काम गरिरहेको भारतकै प्रसिद्ध यो अस्पतालमा पढ्ने/काम गर्ने यी नेपाली डाक्टर तलब सुविधाबाट भन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरमा बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड टेष्टलाई तीव्रता दिएको छ।, ,सनसिटी अपार्टमेन्टका संक्रमित दुई जनासँग सम्पर्क हुन सक्ने भन्दै महानगरपालिकाले बुधबार वडा नम्बर–५ का ३९ जनाको टेस्ट गराएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको...
रासस नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन्।, स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेका हुन्।, चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन्।, दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य...
एजेन्सी युरोपमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ।, यो संख्या विश्वका कुल मृतकसंख्याको ६५ प्रतिशतभन्दा बढी हो।, एएफपीका अनुसार बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सय भन्दा बढी भइसकेको छ।, युरोप कोरोनाको कहरबाट सबैभन्दा बढी प्रभावित महादेश हो।, विश्वमा हालसम्म को...
द न्यूयोर्क टाइम्स मार्चको पहिलो सप्ताहन्त मनाएर सोमबार अफिस आउँदा अमेरिकास्थित बायोजेन कम्पनीका प्रमुख कार्यकारी मिसेल भुनासोस एकदमै उत्साहित देखिएका थिए।, वर्षौंअघि उनले जुन काममा हात हालेका थिए, त्यसले बल्लतल्ल सफलताको संकेत देखाउँदै थियो।, बायोजेन भनेको संसारकै एक प्रमुख औषधि उत्पादक कम्पनी हो। लामो समयदेखि यो कम्...
एजेन्सी बंगलादेशदेखि डुङ्गामा मलेसिया हिँडेका ३२ जना रोहिंग्या शरणार्थीहरू जहाजमै मृत्यु भएको छ।, हप्तादिन अघि मलेसिया जान हिँडेका उनीहरु त्यहाँ पुग्न असफल भएपछि भोकका कारण जहाजमै ३२ जनाको ज्यान गएको हो।, बंगलादेशको तटिय सुरक्षाकर्मीहरूले बिहीबार ३९६ जना भोकले बचेकाहरुको उद्धार गरेका छन्।, मानवअधिकारवादीहरूको एक समूहल...
सुधिर भण्डारी चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ।, भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो।, पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ड्युटीमा रहेका अनुसन्धानका प्रहरीलाई समेत कुटेको छ।, गत बुधबार साँझ बसन्तपुर क्षेत्रमा रहेका एक जना अनुसन्धान सहायक(असई) लाई जनसेवा वृत्त न्युरोडको टोलीले कुटपिट गरेको हो।, ती असईलाई २ घन्टासम्म नियन्त्रणमा लिएर छोडिएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले सेतोपाटीलाई बताए।, वृत्...
एजेन्सी कोरोनाभाइरस महामारीले  संसारकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको झन्डै पाँच दशक लामो उकालो यात्रामा ब्रेक लगाइदिएको छ।, संसारभरका नेताहरूले आफ्नो अर्थतन्त्रलाई पुन: चलायमान बनाउन प्रयास गरिरहेका बेला कोरोनाभाइरसको आन्तरिक संक्रमणलाई लगभग नियन्त्रणमा लिएको चीनको अर्थतन्त्र पोहोर सालको यही अवधिमा भन्दा ६.८ प्रतिश...