content
stringlengths
20
64.1k
सेतोपाटी (कोरोना संक्रमणबाट निको भएकी बाग्लुङकी ६५ वर्षीया महिलासँग सेतोपाटीका विवेक राईले गरेको कुराकानीमा आधारित।), अरू दिनजस्तै म मोबाइलमा दोहोरी गीत सुनेर बसेकी थिएँ। साँझ ५ बजेतिर होला, बाग्लुङ बजारमा बस्ने ठूली छोरीले फोन गरिन्।, फोन कानमा हाल्नासाथ छोरीले 'आमा रिपोर्ट नेगेटिभ आयो' भनेर सुनाइन्।, सुरूमा त मैले प...
सेतोपाटी संवाददाता कोरियाबाट आएका धादिङका युवकको र्‍यापिड टेस्टको पोजेटिभ नतिजा पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल आएका धादिङका २७ वर्षीय युवकको र्‍यापिड टेस्टको पोजेटिभ नतिजा पिसिआरमा नेगेटिभ देखिएको ज्वालामुखी-३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।, ज्वालामुखी गाउँपालिका घ...
रासस कोभिड–१९ को संक्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरूले घरघरमा पैसा पुर्‍याउन थालेका छन्। लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस् भनेर बढीमा रु २५ हजारसम्मको रकम घरघरमै पुर्‍याउन थालिएको हो।, भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंक लकडाउनयता बन्द भएपछि खातामा जम्मा गर...
एजेन्सी भारतको गुजारतस्थित सरकारी अस्पतालमा कोरोनाभाइरसका संक्रमित हिन्दु र मुस्लिमलाई छुट्टाछुटै वार्डमा राखिएको छ।, अहमदावादको अस्पतालले सरकारी आदेश भन्दै हिन्दु र मुस्लिम बिरामीलाई छुट्टाछुट्टै राखेको हो।, 'विषेशगरी त्यहाँ महिला र पुरूष बिरामीको छुट्टाछुटै वार्ड रहेको छ। तर हामीले हिन्दु र मुस्लिम बिरामीहरूका लागि ...
द न्यूयोर्क टाइम्स एक महिनाअघि मात्र कोरोना भाइरस कहिल्यै नटुंगिने बिरामीको लाम बनेर न्यूयोर्कका अस्पतालमा प्रवेश गरेको थियो। महामारीका रूपमा दन्किँदो यो ज्वालाले हेर्दाहेर्दै अमेरिकालाई नै आफ्नो केन्द्र बनायो।, अहिले यहाँका चिकित्सक आफूले अपनाएको उपचार प्रणाली र अभ्यासबारे एकअर्कासँग अनुभव साट्न थालेका छन्।, प्रिय डा...
दिपकजंग शाही सुर्खेतको चौकुने गाउँपालिकाले लकडाउन कारण घर आउन नपाएका आफ्ना नागरिकहरूलाई उद्दार गरी घर पुर्‍याएको छ। रोजगारीको सिलसिलामा भारत गएका नागरिकलाई गाउँपालिकाले झापा र मोरङबाट उद्दार गरी बिहीबार साँझ ल्याएको हो।, भारतको बिहारमा काम गर्न गएका ३१ जना नागरिकलाई झापा र मोरङबाट उद्दार गरी ल्याइएको चौकुने गाउँपालिका...
एजेन्सी कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा उक्त भाइरसबाट मृत्यु हुनेको संख्या पहिला सार्वजनिक गरिएभन्दा झन्डै पचास प्रतिशत बढी भएको  खुलेको छ।, चिनियाँ अधिकारीहरूले शुक्रबार वुहानमा कोरोनाभाइरसबाट ३ हजार ८ सय ६९ जना मानिसको मृत्यु भएको जानकारी दिएका छन्। यसअघि वुहानमा २ हजार ५ सय ७९ मानिसको मात्र मृत्यु भएको बताइएको...
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ।, शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो।, मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकला...
सेतोपाटी संवाददाता जनकपुरधाममा दुई जना अपरिचित महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्।, जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।, आज दिउँसो करिब एक बजेतिर दुई जना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेको स्थानीयबासीको भनाइ छ। नीलो...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले फिल्डमा खटिएका प्रहरीलाई नउक्साउन आग्रह गरेको छ।, बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका तीन डाक्टरहरूमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो। २४ घण्टा नबित्दै फेरि कलंकीमा औषधि किन्न आएका तीनजना व्यक्तिलाई लकडाउन उल्लंघन गरेको भन्दै कुटपिट गरेको भिडिओ भाइरल ...
सेतोपाटी संवाददाता नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन्।, मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७.६ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन्। यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा  विमानस्थल पुगेका थिए।, यी द...
युनिक श्रेष्ठ घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा  बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ।, तीन दिनअघि आमाको मृत्यु भएपछि उनले अन्तिम संस्कार गर्न घर जान दिनुस् भनेर अनुरोध गरेका थिए। नेपाली अधिकारीहरूले उनको रोदन नसुनेपछि घरका जेठा छोर...
प्रशन्न पोखरेल दसैंताका माथिमाथि आकाशमा लहर बनाएर उँधो लागेका मालचरीका बगाल चैत-वैशाख लागेसँगै घर फर्किन्छन्। कर्‍याङकुरूङ पनि भनिने मालचरीका बगालको उँभोउधो यात्रा वर्षेनी चलिरहन्छ।, यसपालि भने जमिनमा पनि मालचरीका बगालझैं मान्छेहरू सयौं किलोमिटर टाढाको गन्तव्य पछ्याइरहेका छन्।, कैलालीको जानकी गाउँपालिकाका नेत्रराम चौध...
नारायण खड्का बिहीबार बेलुका तुलसीपुरको वीरेन्द्र चोक पुग्दा सडकपेटीमा झोला र पोका पुन्तरा असरल्ल थिए। थकित भएका पैदल यात्रु टुसुक्क बसेका थिए।, उनीहरुलाई खाना र पानी पुर्‍याउँदै गरेकामध्ये एक थिए तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाह।, उनीसँगै वडा सचिव सञ्जय गुप्ता पनि थकित यात्रुलाई खाना...
प्रशन्न पोखरेल चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ शुक्रबार बिहानैदेखि पृथ्वीराजमार्गमा छिन्।, काठमाडौंलगायत जिल्लाबाट हिँडेर तराईका विभिन्न जिल्ला जाँदै गरेकाहरूलाई गाडीमै घरसम्म पुर्‍याउने काममा शुक्रबार बिहान ८ बजेदेखि उनी सक्रिय छन्।, ‘हिँडेर आएका मानिसहरू अलपत्र परे। खाली गाडी रोकेर मानिसहरूल...
बिबिसी कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।, मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि स्कटिस डाक्टर जुन एल्मेडाले पत्ता लगाएकी थिइन्।,...
सेतोपाटी संवाददाता चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन्।, मन्त्रिपरिषदको सिफारिस अनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनको राजदूतको रूपमा नियुक्त गरेकी हुन्। , ‘राष्ट्रपतिले नेपालको संविधानकाे धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा महेन्द्रबहादुर पाण्डेलाई गणतन्त्र...
सेतोपाटी संवाददाता राष्ट्रपति कार्यालयले आफ्नो बजेटको साढे ९ करोड रूपैयाँ संघीय संचित कोषमा जम्मा गराएको छ।, शुक्रबार कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै २०७६/७७ को बजेटबाट विनियोजित साढे ९ करोड रकम संघीय संचित कोषमा जम्मा गराएको जानकारी दिएको छ।, ‘कोरोनाभाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि...
सेतोपाटी संवाददाता भारतबाट सर्लाहीको सीमा नाका कन्हौलीमा आएका ९१ नेपालीलाई भारत नै फिर्ता पठाइएको छ।, भारतका विभिन्न क्वारन्टाइनमा रहेका एक सय १४ नेपाली बिहीबार राति ट्रकमा नाका आइपुगेका थिए। तीमध्ये २३ नेपाली नेपाल छिरिसकेका थिए। भने अन्य दशगजामै बसेका थिए।, ‘विभिन्न ट्रकमा यता आएकाहरुको सम्वन्धमा भारतीय पदाधिकारीहरू...
नारायण महर्जन छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्टमा सेनाले कोरोनाभाइरसको महामारी फैलिएमा सोको सेवामा खट्ने सवारीसाधन र सेनालाई निस्संक्रमण बनाउने सेवाको अभ्यास गरेको छ।, संक्रमित व्यक्तिलाई उद्दार गरिसकेपछि वा शवको व्यवस्थापन गरिसकेपछि सोमा प्रयोग गरिने सवारीसाधन र सेवामा खटिने व्यक्तिलाई समेत संक्रमण हुन सक्ने र भाइरस...
युवराज श्रेष्ठ पोखराको लेकसाइडस्थित पुष्कर गेष्ट हाउसमा अहिले पाँच देशका पर्यटक छन्। छुट्टाछुट्टै मुलुकका पाँच जना पर्यटक एउटै परिवारझैँ मिलेर बसेका छन्। फ्रान्स, यूके, इटाली, ओमन र भारतका एक–एक जना प्राय: सँगै हुन्छन्। , आफ्नै योजनामा नेपाल आएका उनीहरु लकडाउनमा परेपछि एउटै परिवारझैं मिलेर बसेका छन्। खाने, पिउने सँगसँ...
सेतोपाटी संवाददाता लकडाउनका बेला देशका विभिन्न स्थानबाट घर फर्कन लागेका सर्वसाधारणलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले खाना र आवासको व्यवस्था गरेको छ।, प्रदेश ५ मा प्रवेश गर्ने पैदल यात्रुलाई खाने र बस्ने व्यवस्था सहित गन्तव्यमा पुर्‍याइदिन स्थानीय तहलाई निर्देशन दिए लगत्तै नगरपालिकाले उक्त व्यवस्था गरेको हो।, भू...
सेतोपाटी संवाददाता काभ्रेका दुई जना युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) गर्दा कोरोनाको एन्टिबडी देखिएपछि पिसिआर टेस्ट गर्दा नतिजा नेगेटिभ आएको छ।, बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा सोमबार र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको थियो।, आरडिटी नतिजा पोजेटिभ देख...
विवेक राई मंगलबार दिउँसो धादिङको ज्वालामुखी गाउँपालिका कार्यसमितिको बैठक चलिरहेको थियो। बैठकमा वडा नम्बर ३ का अध्यक्ष रुद्रमान श्रेष्ठ पनि सहभागी थिए।, बैठक चलिरहेकैबेला सोही गाउँपालिकाका एकजना युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएको खबर आयो। त्यसपछि छलफलको विषय मोडियो।, पोजेटिभ देखिएको युवकलाई कहाँ लाने भनेर छलफल चल...
सुदीप श्रेष्ठ कोरोना भाइरस महामारी बेला म तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौं उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछु, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका नेवारहरूले।, उक्त महामारीका कारण तत्कालीन शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए। खासगरी नाबालक बालबच्चा भएका परिव...
एजेन्सी जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरसको संक्रमणका कारण देशमा जारी लकडाउनलाई विस्तारै खुकुलो पार्ने योजनाहरुको घोषणा गरेकी छन्।, योजना अनुसार सामाजिक दुरीको नियम मे ३ सम्म कायमै रहनेछ भने मर्केलले नागरिकहरूलाई पसल तथा सार्वजनिक यातायातमा रहँदाका बखत मास्क प्रयोग गर्न सुझाव दिएकी छन्।, अर्को सातासम्म निश्च...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरलाई प्रहरीले कुटपिट गरेको घटनामाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। , महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्साल सहितका प्रहरी अधिकारीले बुधबार राति डाक्टरहरूमाथि कुटपिट गरेको आरोप छ।, घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी क...
एजेन्सी कोरोना भाइरसका कारण ज्यान गुमाएकी नर्सबाट सकुशल बच्चा जन्मिएको छ।, बिबिसीमा प्रकाशित समाचारका अनुसार मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि उनीबाट जन्मिएका शिशु 'एकदमै राम्रो अवस्थामा रहेको' अस्पतालकी प्रवक्ताले बताएकी छन्।, उनले थप जानकारी भने दिन चाहिनन्।, मेरी लुटन एण्ड डनस्टेबल युनिभर...
सेतोपाटी संवाददाता इटालीबाट फर्केकी बुढानिलकण्ठ-९ की ३१ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।, बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।, महिलाले आफू २८ दिन अगाडि इटालीबाट आएको बताएकी छिन्।, उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ।,...
सेतोपाटी संवाददाता सरकारले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ (युएन) का विभिन्न कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिने भएको छ।, बुधबार साँझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उनीहरूलाई नेपाल ल्याउन दिने निर्णय गरेको हो।, ‘अफगानिस्तानमा रहेका युएनअन्तर्गत काम गरिरहेका नेपाल...
सेतोपाटी संवाददाता पन्ध्र वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैनामा एक युवक पक्राउ परेका छन्।, सैनामैना नगरपालिका वडा नंं १ का अन्दाजी ३०/३२ वर्षका मानबहादुर छहारीलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले मं...
सेतोपाटी संवाददाता कैलालीकी संक्रमित महिलासँगै यात्रा गरेकी दाङकी एक महिलासहित नौ जनाको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको छ।, मंगलबार तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालबाट परीक्षणको लागि नौ जनाको स्वाब भैरहवा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले...
रासस र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी)का क्रममा कोरोनाको एन्टीबडी देखिएका पूर्वी चितवनका एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। उनको परिवारका अन्य सदस्यको पनि र्‍यापिड टेस्टमा नतिजा नेगेटिभ आएको छ।, उनकी श्रीमती, घरमा भाडामा बस्ने दुई जना  र अन्य सम्पर्कमा आएका  तीन जनाको र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ आएको  ...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।, बिहीबार नै  लम्साललाई  महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर  महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।, डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि  कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्र...
युनिक श्रेष्ठ घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल आउन दिन भारतीय मन्त्रीले निर्णय गर्नुपर्ने भएको छ।, शैल्यशिखर नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टकी आमा मंगलबार बितेकी थिइन्। उनले आमाको अन्तिम संस्कारमा आउन दिन नेपाली अधिकारीहरूसँग बारम्बार आग्रह गरेका थिए। तर लकडाउनका कारण...
रासस प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ।, हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा काेराेना एन्टीबडी देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए।, ,उनका ...
दिपकजंग शाही धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा  कोरोना भाइरस पोजेटिभ देखिएको छ।, प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए।, ‘सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी दे...
प्रशन्न पोखरेल उनी घरायसी कामका लागि चितवन गएका थिए। गत चैत ११ देखि देशभर लक डाउन भयो। केही दिनपछि खुलिहाल्ला नि भनेर उनी उतै बसे।, सरकारले एक साताका गरेको लकडाउन  दुई साता पुर्‍यायो। त्यो नसकिँदै फेरि थपेर वैशाख ३ सम्म पुर्‍यायो।  फेरि थपेर अहिले वैशाख १५ सम्म पुर्‍याएको छ।, धादिङको ज्वालामुखी गाउँपालिका-५ का होमबहाद...
सेतोपाटी संवाददाता धरान महानगरपालिका-२० पानवारीमा प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको छ।, बिहीबार बिहान साढे ७ बजे स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालले बिरामीको उपचार गर्न जाँदै थिए। सोही क्रममा उनले पानमारा चौकीका प्रमुख भेषबहादुर राउतलाई परिचयपत्र देखाउँदै गर्दा आफूलाई पाइपले हानेको खना...
सेतोपाटी संवाददाता सरकारले लकडाउन उल्ल्घंन गर्नेलाई जेलसम्म पठाउने निर्णय गरेको छ।, बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गर्नेलाई १ महिनासम्म जेल पठाउने निर्णय गरेको हो।, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता समेत रहेका प्रधानमन्त्री कार्याल...
सेतोपाटी संवाददाता काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काइदिएका छन्।, ड्रेसमै बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको हो।, स्थानीय युवा अनिल कुँवरका अनुसार अत्यावश्यक भन्दै अनावश्यक रूपम...
दिपकजंग शाही जाजरकोट जुनीचाँदे गाउँपालिका–१० का चन्द्रबहादुर रोकाया र उनका भाइ सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढ्छन्। बुवाआमा भारतमा छन्।कमाउन गएका उनका बुवाआमा ‘लकडाउन’ का कारण न कमाउन सकेका छन्, न त स्वदेश आउन पाएका छन्।, यता चन्द्रका दुई भाइलाई भने छाक टार्न हम्मेहम्मे छ। लकडाउन घोषणा भएको एक हप्तापछि कोठामा भएको चा...
सेतोपाटी संवाददाता लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन्। संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो।, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भैरहवामा पसल संचालन हुने गरेको र बिना काम सडक...
सेतोपाटी संवाददाता सरकारले मिडियामार्फत बालबालिकालाई पढाउने तयारी गरेको छ।, लकडाउन लम्बिएका कारण बालबालिकाहरु कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आएपछि विभिन्न मिडिया प्रयोग गरेर कक्षा सञ्चालन गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो।, बन्दाबन्दीकै अवस्थामा कसरी पठनपाठनलाई अगाडि बढाउन सकिन्छ भनेर तयारी भइर...
सेतोपाटी संवाददाता प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई कुटपिट गरेको थुप्रै घटनाहरू बाहिरिएका छन्। बुधबार रौटहटको गौरमा पनि त्यस्तै किसिमको घटना भएको छ।, प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा निर्मम तरिकाले कुटपिट गरेको भिडिओ भाइरल भएको छ। त्यहाँ तीन-चार जना प्रहरीले एक जनालाई कुटपिट गरेको देखिएको छ।, उक्त भिड...
सेतोपाटी संवाददाता लकडाउन अवधिभर हृदयघात, मिर्गौला रोगी लगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले दुई दिनमा ४६ जना बढीलाई सेवा दिएको छ।, सेवा सुरू गरेको पहिलो र दोस्रो दिनमा ४६ जनालाई सेवा दिएको एम्बुलेन्स चालक संघ, नेपाल (काठमा...
सेतोपाटी संवाददाता सिराहा लहानका गङ्बा सदा र रामजिवन सदा चार महिना अगाडि तेह्रथुमको एक विद्युत गृहमा काम गर्न पुगेका थिए।, लकडाउन भए पनि उनीहरूको काम रोकिएको थिएन। रोकिएको थियो त तलब। उनीहरूलाई लकडाउन खुलेपछि मात्र तलब आउने भनिएको थियो। त्यहीँ आशामा काम गर्दागर्दै घरबाट आमाबुवा बिरामी भएको खबर आयो। त्यसपछि दुबै जनाले ...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले दैनिक ज्याला मजदुरी गरेर खानेहरूले लकडाउनका बेला अलपत्र परेको बताएको छ।, काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा रोजगारीका लागि आएका, असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्वास्थ्य उपचारका लागि हिँडेका, घर वहालमा लिई बस्ने सीमान्तकृत वर्गका समुदाय...
रासस वीरेन्द्रनगर–९ बस्ने प्रकाश आचार्य लामो समयदेखि पत्रिका वितरकको काम गर्छन्। घर नजिकको पसलमा चिनी किन्न निस्केका बेला बुधबार मोटरसाइकलमा आएका प्रहरीले सोधपुछ नगरी एकोहोरो लाठी प्रहार गरे।, लाठी प्रहारबाट उनको हात र ढाडमा निलडाम देखिने गरी चोटमात्र लागेन खुट्टाको नङ नै झर्‍यो। “सोध्दै नसोधी एक्कासि देख्नबित्तिकै लौ...
सेतोपाटी संवाददाता बस्तीमा रहेको मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि वीरगन्जको छपकैयामा ४ सय जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा परीक्षण गरिएका सबैको शरीरमा कोरोनाविरूद्धको एन्टीबडी नभेटिएको जानकारी दिएका छ...
सेतोपाटी संवाददाता गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ।, धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो। , अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये ...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक शेखर कोइरालाले सुकुम्वासी र दैनिक ज्यालामजदुरी गरी खाने परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन्।, कोरोनाभाइरस संक्रमणको संख्या वृद्धि हुँदै गएपछि सरकारले लकडाउन समय थप गर्दा काम गरेर खानबाट बञ्चित भएकाहरूका परिवारल...
द न्यूयोर्क टाइम्स कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा दमका बिरामी बढी जोखिममा छन् भन्ने मानिँदै आएको छ। स्वास्थ्य संगठनहरूले उनीहरूलाई संक्रमणबाट जोगिन सचेत गराउँदै आएका छन्। त्यस्ता बिरामीलाई कोरोना लाग्यो भने अरूभन्दा गम्भीर असर देखिन्छ भन्ने मत छ।, यो महिना न्यूयोर्कमा कोरोना लागेर मृत्यु भएक...
सेतोपाटी संवाददाता सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।, हेपाटाइटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अपरेसन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो।...
सन्जिब बगाले फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्।, फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्।, उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव...
सेतोपाटी संवाददाता भारतको गोवामा रहेको एक होटलमा कुक भएर काम गरेको १४ वर्ष भयो। २८ वर्षीय शुक्रबहादुर थोकर सधैं झैं यसपालि पनि अफ सिजनमा घर जान झोलीतुम्बा बोकेर निस्किए। गर्मीसँगै गोवामा अफ सिजन सुरू हुन्छ,उनको बिदा।, सधैंजस्तो यसपालि आरामले आउन भने उनी पाएनन्। विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै ...
सेतोपाटी संवाददाता काठमाडौंको रानीबारी ढुंगेधारामा पानी लिन आउनेहरूको भीडले स्थानीय त्रसित बनेका छन्।, रानीबारीमा रहेको ढुंगेधारमा लाजिम्पाट,सामाखुसी,गोंगबु,कपुरधारा आसपासका मानिस पनि लिन आउँछन्।, बिहान उज्यालो नहुँदैदेखि राति १२/१ बजेसम्म पनि पानी लिन आउनेहरूको भीड लाग्ने गरेको स्थानीय संजोग सिंहले सेतोपाटीलाई बताए।,...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेको छ।, मन्त्रालयले शुक्रबार साँझ स्पष्टिकरणको लागि टेकु अस्पतालमा पत्र पठाएको हो।, अस्पतालका प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाले मन्त्रालयबाट पत्र आएको भए पनि आफूले पत्र खोलेर हेर्न नपाएको बताए।, उन...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागले औषधि खरिदका लागि तीन वटा कम्पनीसँग सम्झौता गरेको छ।, विभिन्न किसिमका गाउन,विभिन्न किसिमका मास्क,घुँडासम्म आउने प्लाष्टिक सु-कभर,उपचारका लागि लगाउने सुरक्षित चस्मा,आइसोलेसनमा राखेका बिरामी उपचार गर्दा लगाउने विभिन्न किसिमका गाउन किन्ने सम्झौता भएको छ।, तीन वटा कम्पनीसँग झण्डै ३...
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, वीरेन्द्रनगर–८ का ३६ वर्षीय धर्मराज आचार्य र दैलेखको नौमुले गाउँपालिका–३ का २१ वर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार आ...
एजेन्सी लकडाउन बढेपछि भारतमा एक पूजारीले आत्महत्या गरेका छन्।, महाराष्ट्र राज्यको कान्दीवली शहरको उपनगरीय क्षेत्र निवासी ३५ वर्षे पादरीले मंगलबार आत्महत्या गरेको हिन्दुस्थान टाइम्सले जनाएको छ।, कर्नाटका राज्यका कृष्णा पूजारी नाम गरेका व्यक्ति संजयनगरमा रहेको इरानीवाडीको दुर्गा  मन्दिरमा पूजारी रहेको खुलेको छ।, आत्महत्...
रासस उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय नागरिकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ।, उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वा...
एजेन्सी कोरोना भाइरसका कारण प्रभावित बनेकाहरूलाई सहयोग गर्न भियतनाम निःशुल्क चामल दिने एटिएम राख्न थालिएको छ।, त्यहाँको सरकारले संक्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्न, व्यवसायहरु बन्द गर्न र बाहिरी कामकाज समेत बन्द गर्न लगाएको छ।, यस्तोमा जसको तत्काल आम्दानी छैन, उनीहरुका लागि व्यापारी र केही दाता मिलेर ‘...
सेतोपाटी संवाददाता डोटीमा ट्याक्सी दुर्घटना हुँदा छ जना घाइते भएका छन्।, बुधबार बिहान डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको से १ ज २३८८नम्बरको ट्याक्सी जोरायल गाँउपलिका-१मा दुर्घटना भएको हो।, ट्याक्सी अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो।, दुर्घटनामा ३८ वर्षीय चालक डडेल्धुराका मानबहादुर थापा र पाँच यात्रु घाइते भ...
सेतोपाटी (यो स्टोरी हामीले 'द न्यूयोर्कर' र 'साउथ चाइना मर्निङ पोस्ट' का आधारमा तयार पारेका हौं।), जनवरी अन्तिम साता न्यूयोर्क, म्यानहटनको एउटा प्रयोगशालामा हङकङबाट आइरहेको पार्सलको व्यग्र प्रतीक्षा हुँदै थियो।, डेभिड होलाई यो पार्सल झिकाउने चाँजो मिलाउन निकै गाह्रो पर्‍यो। उनले हङकङमा रहेका आफ्ना सम्पर्क व्यक्तिलाई त...
सेतोपाटी संवाददाता चीनबाट जिटुजीमार्फत् स्वास्थ्य सामग्री ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।, कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी) र चीनको वाणिज्य मन्त्रालयले संयोजन गरेर औषधिको लिस्ट आदानप्रदान भइसकेको छ।, दुई पक्षबीच भिडिओ कन्फरेन्सबाट धेरै पटक कुराकानी भइसकेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सेतोपाटीला...
सविता बुढा महिनावारी भएका बेला प्याडको अभाव भएका महिलालाई बोलन्या थली नामक संस्थाले नि:शुल्क स्यानिटरी प्याड बाँडेको छ। लकडाउनका कारण बजार बन्द भएपछि प्याड नभएर अप्ठ्यारोमा परेका महिलालाई घर-घरै प्याड पुर्‍याइदिने व्यवस्था गरेको थलीका संयोजक यादव जोशीले बताए।, उनका अनुसार अहिलेसम्म उक्त संस्थाले चार दर्जन बढी महिलालाई...
युवराज श्रेष्ठ स्याङ्जाकी अप्सरा पौडेल अहिले पोखरा १७ घारीकुलोमा कोठा भाडामा लिएर बस्छिन्। उनको परिवारमा ३ जना छन्। पौडेलले सोमबार पोखरा महानगरले बाँडेको राहत पाइन्। उनले पाएको १ सेट राहत अर्को ३ जनाको परिवारसँग बाँडिन्।, महानगरले ४ जनाभन्दा थोरै परिवारलाई साढे १२ किलो चामल र ४ जनाभन्दा बढी परिवार रहेकालाई २५ किलो बरा...
रासस आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ।, बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ। त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ।, चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्...
सेतोपाटी संवाददाता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना भारइस पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा बस्नेहरूको र्‍यापिड टेस्ट सुरू गरिएको छ।, कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार बुधबार बिहान १० बजेबाट र्‍यापिड टेस्ट गर्न सुरू गरिएको हो।, संक्रमितको घरमा काम गर्ने द...
सेतोपाटी संवाददाता पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित 'ब्लक ए' मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।, बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।, दुई जना कामदारको...
सेतोपाटी संवाददाता गुल्मीको धुर्कोट गाउँपालिकाले खेती गर्नेलाई अनुदान रकम दिने निर्णय गरेको छ।, कोरोनाले खाद्य संकट हुन सक्ने भन्दै गाउँपालिकाले कृषिमा प्रोत्साहन गर्न अन्नबाली र फलफूल खेती गर्नेलाई अनुदान दिने निर्णय गरेको हो।, अनुदान लिन चाहनेलाई १५ दिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न गाउँपालिकाले आग्रह गरेको छ।, ...
सेतोपाटी संवाददाता लकडाउनका समयमा पनि मापसे गरेर सवारी हाँक्ने गरेको भेटिएको छ। सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएको छ, मदिरा पसलहरु बन्द छन्। तर यस अवधिमा काठमाडौं उपत्यकामा मापसे गरेर सवारीसाधन चलाउने २१ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।, ट्राफिक प्रहरी महाशाखा प्रबक्ता, प्रहरी उपरीक्षक जीवन कुमार श्रे...
एजेन्सी भारतमा संसारकै सबैभन्दा ठूलो लकडाउन जारी छ। मार्च २५ देखि सुरू भएको लकडाउन प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार १९ दिनका लागि थपेका छन्।, मंगलबारको सम्बोधनका क्रममा मोदीले कोरोना भाइरसको संक्रमण रोक्न योभन्दा अर्को उत्तम विकल्प नभएको उल्लेख गर्दै यो साता लकडाउनमा थप कडाइ गरिने बताएका थिए।, मोदीले लकडाउन थपेको...
सेतोपाटी संवाददाता वीरगन्जबाट कैलाली पुगेकी ६५ वर्षीया संक्रमित महिलासँगै यात्रा गरेकी दाङकी एक महिलासहित चार जनाको रिपोर्ट नेगेटिभ आएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ वर्षीया महिला, उनका परिवारका थप दुई सदस्य र राजपुर गाउँपालिकाका एक युवाको रिपोर्ट बुधबार नेगेटिभ आएको हो।, चैत १७ गते कैलाली ...
नारायण महर्जन ललितपुरस्थित बुङमतीको आदर्श शौला युवक सेकेन्डरी स्कुलमा र्‍यापिड डाइग्नोस्टिक टेष्टमार्फत कोरोनाको एन्टीबडी परीक्षण गरिएको छ।, नजिकका स्थानीय, श‌ंका लागेका र पछिल्लो समय विदेशबाट आएकाको परिवार सदस्यलाई एन्टीबडी परीक्षण गरिएको छ।, बुधबार साढे २ बजेसम्म ५८ जनाले परीक्षण गरिएकोमा कसैमा पनि एन्टीबडी देखिएको ...
एजेन्सी दक्षिण कोरियामा बुधबार संसदीय चुनाव भएको छ। कोरोनाभाइरस महामारीलाई नियन्त्रणमा राखेर दक्षिण कोरियाले चुनाव गरेको हो।, चुनावमा मतदाताले अनिवार्य मास्क लगाउनुपर्ने र एक मिटरको दुरी कायम गर्नुपर्ने व्यवस्था छ। त्यस्तै मतदान केन्द्रमा जानु अघि ज्वोरो नाप्ने, हात स्यानिटाइज गर्ने र पन्जा लगाउन दिइएको छ।, ती प्रकृया...
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकामा विदेशबाट आएका ७० जनाको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको छ।, विदेशबाट आइ सेल्फ क्वारेन्टाइनमा बस्दै आएका ७० जनाको स्वाब टेस्ट गर्न गत चैत २७ र २८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो।, बुधबार ती स्वाब नमूनाहरूको पिसिआरबाट परीक्षण गरी नतिजा नेगेटिभ ...
युवराज श्रेष्ठ उनीहरू चार जना थिए, एकै परिवारका। तीमध्ये दुई जना पाँच र दस वर्षका बालिका। लमजुङको ओखरी गाउँबाट भोटेवडार झर्दै थिए। बाटोमा जंगल पर्थ्यो। उनीहरू पुग्दा जंगलमा आगो लागेको रहेछ।, आगो पनि महामारीजस्तै हो। ठूलो, सानो केही भन्दैन। केराबारी सामुदायिक वनमा लागेको आगोले उनीहरूलाई छपक्कै छोपिहाल्यो।, यो गत चैत २८...
सेतोपाटी संवाददाता चितवनमा पनि एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको छ।, फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए।, ‘हामीले विदेशबाट आएका हिजो १८ र आज ३९ जनाको परीक्षण गर...
सेतोपाटी संवाददाता भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा गरिएको परीक्षणमा भने नेगेटिभ आएको छ।, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो।,...
सेतोपाटी संवाददाता नेपालमा झन्डै ७ हजार जनाको कोरोनाभारइस (कोभिड-१९) को परीक्षण गरिएको छ।, बुधबारसम्म पिसिआर प्रविधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।, बुधबार भने नयाँ कोरोना संक्रमित थपिएका छैनन्।, ७ हजारको परीक्षण गर्दा संक्रमित संख्या १६ नै यथावत् छ। ...
नेहा झा कोरोना संक्रमण फैलिन नदिन पूरै देश अहिले पनि लकडाउनमा छ । यद्यपि प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा नै लकडाउनको उल्लंघन भई रहेको देखिएको छ। , मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको अध्यक्षतामा बसेको ‘क्राईसिस म्यानेजिङ सेन्टर’ को जिल्ला स्तरीय योजनाको बैठकले खाद्यान्न, इन्धन, औषधी, दुध, खा...
सेतोपाटी संवाददाता विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब दिने भएका छन्।, राष्ट्रिय प्रजातन्त्र पार्ट...
युनिक श्रेष्ठ लकडाउन, आइसोलेसन, क्वारेन्टिन, सोसल डिस्टयान्सिङ। दार्चुलाको शैल्यशिखर  नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टले जीवनमा कहिल्यै पनि यी शब्द सुनेका थिएनन्। उनलाई यी शब्दसँग कहिल्यै काम पनि परेको थिएन।, उनी त भारतका पहाडहरूमा केही महिना काम गर्थे। दुई-चार हजार भारू कमाउँथे। त्यही पैसाले घरको जोहो टार्थे। सा...
सेतोपाटी संवाददाता जनआन्दोलन २०६२/०६३ को बेला बुटवलमा संकलित रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ।, जनआन्दोलनमा घाइतेको उपचारका लागि नागरिक स्तरबाट रकम संकलन गरी उपचारको व्यवस्था गरिएको थियो। , बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहतकोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित ...
सेतोपाटी संवाददाता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौं महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भएको छ। उनीहरू सबैको नतिजा नेगेटिभ देखिएको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमे...
सेतोपाटी संवाददाता हेटौंडामा केही युवाले घरभाडामा बस्ने विपन्न वर्गका विद्यार्थी र ज्याला मजदुरी गर्नेलाई राहत प्रदान गरेको छ।, लकडाउनसँगै बाहिरी जिल्लाबाट उच्च शिक्षा हासिल गर्न हेटौंडा उमनपा वडा ५ भित्र बसोबास गर्दै आएका विपन्न वर्गका विद्यार्थी एवम् दैनिक ज्याला मजदुरहरूलाई उनीहरूले राहत प्रदान गरेका हुन्।, दैनिक ज...
सेतोपाटी संवाददाता कैलालीमा १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना पक्राउ परेका छन्।, बिहीबार साँझ ४ बजे भजनी नगरपालिकाकी १५ वर्षीया बालिका गोठालो गएकी थिइन्। सोही बेला तीन व्यक्तिले भजनी बजार जाऔँ भन्दै प्रलोभन देखाएका थिए।, उनीहरूले पछि वडा नं. ८ कृष्णनगरमा डर, त्रास देखाइ, धम्की दिई जबरजस्ती करणी गरेको जिल्ला ...
सेतोपाटी संवाददाता सल्यानमा एम्बुलेन्स चालकसहित तीन जना नक्कली विरामी पक्राउ परेका छन्।, लकडाउनका बेला नक्कली पास र नक्कली विरामी बनाएर यात्रु आसोरेको आरोपमा चार जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा एम्बुलेन्स चालक दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ३० वर्षीय गिरिराज खत्री, नक्कली विरामीहरु लमही नगरपाल...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशसभा सदस्य बदमीक्वारी बोहोरा ९ दिनदेखि क्वारेन्टिनमा बसिरहेकी छिन्। डोल्पाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद बोहरा चैत २४ गतेदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको क्वारेन्टिनमा बसिरहेकी छिन्।, सांसद् बोहराका छोरा गोविन्द पनि आमासँगै क्वारेन्टिनमा छन्। काठमाडौं बसेर पढ...
सेतोपाटी संवाददाता बालाजुमा पानी ट्याङ्करको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।, मंगलबार बिहान पौने १० बजे तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले साइकल यात्रुलाई ठक्कर दिएको हो।, ठक्करबाट घाइते भएका काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंलाई  ग्रिन सिटी अस्पतालमा उपचारका ला...
सेतोपाटी संवाददाता पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बुहारीको पहिलो रिपोर्ट नेगेटिभ आएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा कोरोना संक्रमण  पुष्टि भएको हो भने बुहारीको रिपोर्ट नेगेटिभ आएको हो।, ‘हिजो आरडीटी विधिबाट परीक...
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा अत्यावश्यक पसल बिहान चार घण्टामात्रै खोल्ने भएको छ।, खाद्यान्न, औषधि, तरकारी र डेरी पसलमात्रै बिहान ४ बजेदेखि ८ बजेसम्म खुला रहने वडा कार्यालयले जानकारी दिएको छ।, वडाध्यक्ष कुन्दन खड्काका अनुसार मासु, मदिरा, घुम्ती ठेलागाडा, फुटपाथ पसल अर्को सूचना...
सेतोपाटी संवाददाता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी गरिन थालेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितसँग संलग्नहरुको ट्रेसिङ सुरू भएको जनाएको छ। साथै सनसिटी अपार्टमेन्टमा बस्ने करिब ५ सय परिवारको पनि कोरोना परी...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ।, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो।, लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र...
सन्जिब बगाले मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।, मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।, यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँद...
सेतोपाटी संवाददाता कोरोना भाइरसबारे सामाजिक सञ्जालमा झुठो कुरा लेख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका-१५ का २८ वर्षीय दीपक न्यौपानेले  फेसबुकमा दाङमा पनि कोरोना संक्रमित भेटिएको भन्दै लेखेकाले मंगलबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता डिएसपी सुमित...
नारायण खड्का वीरगन्जबाट कैलाली पुगेकी एक ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै यात्रा गरेका दाङका थप पाँच जनाको पनि पहिचान भएको छ।, जिल्लाको राप्ती गाउँपालिकाका पाँच जनालाई मंगलबार पहिचानपछि आइसोलेसनमा ल्याइएको छ।, चैत १७ गते संक्रमित महिलासँगै वीरगन्जबाट दाङको सबैभन्दा पूर्वी बजार भालुवाङसम्म उनीहरुले सँगै यात्रा गरेक...
सेतोपाटी संवाददाता राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ ब्राजिलियन लिएर नयाँ दिल्ली उडेको छ।, न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका ब्राजिलियनलाई लिएर नयाँ दिल्ली उडान भरेको निगमले जनाएको हो।, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गए...