content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडाले पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको आन्तरिक निर्वाचनपछि विजयीलाई बधाई दिन बुवा नआएको बताएका छन्।, केही सञ्चारमाध्यमले विजयीलाई बधाई दिन अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा गएको उल्लेख गरेका थिए।, 'बुवा आउनु भएको छैन', तिलक खतिवडाले सेतोपाटीसँग भने,...
सेतोपाटी संवाददाता कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, सोमबार दिउँसाे साढे १२ बजे गौरीगंगा नगरपालिका १मा आफन्तको घरबाट धनगढी फर्किँदै गर्दा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।, ती किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साव...
सबिना श्रेष्ठ यसपालि नयाँ वर्षमा भक्तपुरले ठूलो कुरा ‘मिस’ गर्याे – बिस्काः।, बिस्का: यहाँको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्का:मा ठड्याइने यःसि (लिंगो) लाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लि...
सेतोपाटी संवाददाता सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ।, आज बसेको मन्त्रिपरिषदको बैठकले मालसामान ल्याउने बाहेक अरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो। भातरसँगको सीमानामा अझै कडाई गर्ने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई बताए।, ‘भारतमा कोरोना भाइरस धेरै फैलिएको छ। त्यहाँ सामान्य नभएस...
सेतोपाटी संवाददाता शंकर ग्रुपका मालिक सुलभ अग्रावालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ। , थर्मन गनको कालोबजारी गरेको आरोपमा अग्रवाललाई चैत २५ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। , मंगलबार जिल्ला प्रशासन कार्यालयले उनीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थपेको महानगरीय प्रहरी परिसर, का...
विवेक राई काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ।, गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको वडा नम्बर-५ का वडाध्यक्ष खजेन्चीबहादुर लामाले सेतोपाटीलाई जानकारी दिए।, उनले पोजेटिभ देखिएपछि युवकलाई थप परीक्षणको लागि धुलिखेल...
निशा भण्डारी पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि यहाँका स्थानीयमा थप त्रास बढेको छ।, अपार्टमेन्टमा बस्ने ५८ वर्षीया छोरा र ८१ वर्षीया आमामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, यस अपार्टमेन्टमा करिब ५ सय परिवार रहेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए। अपार्...
भगवती पाण्डे कोरोना संक्रमणको आशंकामा बुटवलको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा भर्ना भएका रूपन्देहीको सैनामैना बस्ने बाबुराम थापा क्षेत्रीको चैत १६ गते मृत्यु भयो।, उनलाई चैत ६ गते दुबईबाट आउँदा नै सामान्य ज्वरो थियो। लामो समय ज्वरो नबसेपछि उनको ट्राभल हिस्ट्रीलाई समेत हेरेर कोरोना संक्रमणको आशंकामा चैत १३ गते आइसोले...
सेतोपाटी संवाददाता बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले उद्दार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन्।, मेडिकल अध्ययन गरिरहेका विद्यार्थी नवीन यादवले कोरोना भाइरसको संक्रमण बंगलादेशमा बढ्दै गएकोले असुरक्षित महसुस भएकाले उद्दार गर्न आग्रह गरेको बताए।, नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएसन बंगलादेशका अध्यक्ष समेत रहेका ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरिएको दावी गरेको छ।, वैशाख १ गतेसम्मको तथ्याङ्क अनुसार राहत आवश्यक भएकाहरु ५२ हजार २ सय ६८ पहिचान भएको र बाँकीलाई छिट्टै वितरण गर्ने महानगरपालिकाले जनाएको छ।, कामपाले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई राहत वितरण गरेको र १३ हजार ५ सय ३० लाई अ...
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारकै सबैभन्दा ठूलो लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन्।, मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट  गएका आप्रवासी मजदुरले आफूले घर जान पाउनु पर्ने माग गर्दै  प्रदर्शन गरेका हुन्।, प्रधानमन्त्री मोदीले  अब...
एजेन्सी जिम्बावेमा लकडाउन थपिएको भन्दै राष्ट्रपतिको नक्कली हस्ताक्षर भएको पत्र निकाल्ने व्यक्तिको खोजी भइरहेको छ।, जिम्बावेका राष्ट्रपति इम्मरसन म्नागागवाले मंगलबार उनको नक्कली हस्ताक्षर भएको पत्र  सामाजिक सन्जालमा भाइरल गराउने मान्छेको खोजी गरिरहेको बताएका छन्।, उक्त व्यक्तिलाई भेटाए २० वर्ष जेल हाल्ने राष्ट्रपतिको भ...
सेतोपाटी संवाददाता भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्‍यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिक...
सेतोपाटी संवाददाता दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।, आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।, उनले युवकलाई ...
सेतोपाटी संवाददाता गत चैत ५ गते बेलायतबाट नेपाल आएपछि हामी सिधै पेप्सीकोलास्थित आफ्नो अपार्टमेन्टमा गयौं। उताबाट श्रीमान, सासुआमा र म आएका थियौं।, बाहिरबाट आएकोले हामी १४ दिन क्वारेन्टाइनमै बसेका थियौं। त्यहीबीचमा लकडाउन भयो, बाहिर हिँड्ने कुरै भएन। पछि समाचारहरूमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्नेजस्तो कुरा आएपछि हामी...
सेतोपाटी संवाददाता मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमामा सतर्कता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्।, मुख्यमन्त्री निवासमा आज सम्पन्न प्रतिपक्षी दलका नेतासहितको निर्देशक समितिको बैठकपछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ४१ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ देखिएको छ। मंगलबारसम्म झन्डै तीन हजारको र्‍यापिड टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।, सरकारले कुनै व्यक्ति संक्रमित भएको अवस्थामा सो व्यक्तिमा भाइरसविरुद्ध लड्न...
सेतोपाटी संसारभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ।, कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ।, यसैगरी संक्रमितमध्ये ४ लाख ७८ हजार ६ सय ५९ जना कोरोनाबाट निको भएका छन्।, यस्तै मृतक संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ।, पछिल्लो विवरण अनुसार...
राकेश यादव रौतहटमा सोमबार एक जना १९ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ।, ‘खुला सीमाना भएकाले उनी चैत १६ गते नेपाल आएका थिए। घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए,’ रौतहट प्रमुख जिल्ला अधिकारी वासु...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संकटको घडीमा गाउँ नफर्किन आग्रह गरेका छन्।, नव वर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मेयर शाक्यले लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका नगरवासीहरुलाई वडा कार्यालयहरुबाट राहत सामाग्री उपलब्ध गराइएको बताएका छन्।, ‘केही नगरवासी लकडाउनको समयमा काठम...
सेतोपाटी संवाददाता रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको  नतिजा पोजेटिभ आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।, क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ। ती युवाबारे विस...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौलाको समस्या भएकाजस्ता विरामीलाई अस्पतालसम्म ल्याउन लैजानका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।, काठमाडौं महानगरपालिकाले सोमबार संयूक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति)सँग सम्झौता गर्दै यस्तो सेवा सञ...
सेतोपाटी संवाददाता कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरेको छ।, गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसार पसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईन मार्फत फारा...
युवराज श्रेष्ठ कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा आइतबार एक महिलाको रिपोर्ट पोजेटिभ देखियो।, गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।, र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखि...
राकेश यादव कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्न पर्साको जगन्नाथ गाउँपालिकाका अध्यक्ष जालिम मुखियाको स्वाब परीक्षण गरिने भएको छ।, सोमबार चिकित्सकहरूको टोली उनको घरमा पुगेर अध्यक्ष मुखियासहित उनको परिवारका दर्जन बढी सदस्यको स्वाब संकलन गरेर ल्याएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सेतोपाटीलाई जान...
अनुषा अधिकारी देवी आचार्यको जीवन अहिले सामान्य दिनझैं सहज छैन। लकडाउनपछि बदलिएको स्थितिले उनको दिनचर्यामा प्रभाव परेको छ।, यो परिस्थितिमा समस्या पर्ने उनी एक्ली होइनन्, तर उनको अवस्था हामीमध्ये धेरैको भन्दा जटिल छ।, स्पाइनल कर्ड इन्जुरी भएकी देवी ह्विल चेयरको सहायतामा हिँडडुल गर्छिन्। १७ वर्षअघि भएको जीप दुर्घटनापछि उ...
सेतोपाटी संवाददाता वीरगञ्जमा तीन जना कोरोना संक्रमित व्यक्ति फेला परेपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी कार्य सुरू गरिएको छ।, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित एक मस्जिदमा कोरोना संक्रमित भारतीय नागरिक फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टिनमा राखिएको सामाजिक विकास मन्त्रालयका...
युवराज श्रेष्ठ बुटवलबाट बाग्लुङ माइत गएकी थिइन्, ३३ वर्षीय भिमा पाण्डे। उनी गर्भवती थिइन्। सुत्केरी हुने समय नजिकिँदै थियो। अचानक लकडाउन भएपछि भिमा माइतबाट घर फर्किन पाइनन्। उनको सुत्केरी हुने दिन नजिकिँदै गयो, लकडाउन लम्बिँदै गयो।,  , सुत्केरी ब्यथाले चापेपछि उनलाई आफन्तहरूले सोमबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प...
सेतोपाटी संवाददाता रौतहटका कोरोना भाइरस संक्रमित १९ वर्षीय युवाको परिवारलाई क्वारेन्टाइनमा पठाइएको छ।, सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको थियाे।, ती युवामा पोजेटिभ देखेपछि परिवारका १२ सदस्यलाई इसनाथ नगरपालिकाको क्वारेन्टाइनमा पठाएको रौटहट जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता वीरगञ्जबाट कैलाली पुगेकी संक्रमित महिलासँगै आएकी दाङकी एक महिलासहित ६ जनालाई प्रहरी प्रशासनको सहयोगमा आइसोलेसनमा लगिएको छ।, दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लगिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।, ती महिला घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोलक...
सेतोपाटी संवाददाता गुल्मीको कालिगण्डकी गाँउपालिका-५का ७० वर्षीय ओमप्रसाद सार्की नयाँ वर्ष मनाउन तरखरमा थिए। सरकारले लकडाउन जारी गरे पनि उनलाई नयाँ वर्ष भव्य रूपमै मनाउने सोचेका थिए।, आइतबार नै उनले खसी काटेर ठिकठाक पारेका थिए। एक छाक त हिजै खान भ्याइसकेका थिए। उनी ६९ वर्षिया श्रीमती खिमकला सार्कीसँग बस्थे।, उनीहरूका ३...
रासस सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ।, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्र...
सेतोपाटी संवाददाता काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन सदस्यलाई र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि अहिले उक्त अपार्टमेन्ट सिल गरिएको छ। भित्र बस्ने कसैलाई बाहिर जान दिइएको छैन।, अपार्टमेन्टबाट कसैलाई आवतजावत गर्न नदिएको त्यहीँ बसिरहेकी ज्योति गैरेले सेतोपाटीलाई बता...
रासस हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।, विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिन...
सेतोपाटी संवाददाता काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ।, झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा काेराेना भाइरसकाे एन्टीबडी देखिएकाे ...
रासस कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना सङ्क्रमित थपिएका छन्। योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ।, सो अस्पतालले आज अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ। आज मात्रै कोरोना भ...
नारायण महर्जन काठमाडौंको मुटुमा रहेका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग नयाँ वर्षमा सुनसान देखिए।, ती क्षेत्रका सबैजसो होटल, रेष्टुरेन्ट, पसल बन्द थिए। एम्बुलेन्स, पानी बोकेका गाडी, प्रेस लगायत सीमित सवारी सडकमा फाट्टफुट्ट मात्रै देखिन्थे।, कोरोनाभाइरस संक्रमण फैलन नदिन मुलक लकडाउन भएको तीन साता पुग्यो। यहीबीचमा पात्...
सेतोपाटी संवाददाता हामी कैलालीबाट वीरगन्ज गएको दुई वर्ष भयो।, आमाबुवा र माइला दाइको दुईटा छोराछोरी एकैठाउँमा बस्नुहुन्थ्यो। दाइ र भाउजु भारतको पुणेमा हुनुहुन्छ।, हामी २०६५ सालमा अछामबाट कैलाली झरेका थियौं। गरिब मान्छे सम्पत्ति थिएन। भएको अलिकति सरसामान  ठूल्दाइलाई छोडेर कोही भारत र कोही वीरगन्ज लागेका थियौं।, बुवा वीर...
सेतोपाटी संवाददाता रौतहटका कोरोना संक्रमित १९ वर्षीय युवकको परिवारका सदस्यको र्‍यापिड टेस्ट नतिजा नेगेटिभ आएको छ।, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ती युवकको परिवारका १४ जना सदस्यको नतिजा नेगेटिभ आएको हो। 'भर्खरै सबै जनाको नतिजा नेगेटिभ आयो भन्ने खबर पाइयो,' उनले सेतोपाटीसँग भने। , चैत १६ गते भारतको दिल्ल...
एजेन्सी स्पेनले देशमा जारी लकडाउनलाई केही खुकुलो पारेको छ।, कोरोना भाइरसबाट हुने मृत्युमा कमी आउन थालेपछि उसले सोमबारबाट केही व्यवसाय खोल्ने अनुमति दिएको छ।, लकडाउन खुकुलो भएपछि प्रहरीहरूले प्रमुख यातायातका केन्द्र हुँदै काममा निस्केका मानिसहरूलाई मास्क वितरण गरेका थिए। यसक्रममा अघिपछि भिडभाड हुने ती स्थानहरूमा निक्कै...
रासस विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्।, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ।, सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च...
राकेश यादव वीरगन्जको छपकैयास्थित एक मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको दोस्रो परीक्षणमा उनीहरूमा कोरोना भाइरस भएको पुष्टि भएको हो। , यसअघि हेटौंडामा गरिएको टेस्टमा उनीहरूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो। हेटौंडाको ल्याबले उनीहर...
सेतोपाटी संवाददाता सरकारले मजदुरहरूलाई राहत दिने निर्णय गरे पनि यातायात मजदुरले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन्।, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भेटेर राहतको व्यवस्था गर्न माग गरेका हुन्।, मन्त्रालयमा मन्त्री नेम्वाङलाई भेट्न नेपाल ट्रेड युनियन ...
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाले लकडाउनमा पनि पठनपाठनलाई निरन्तरता दिएका छन्। , कसरी भन्नुहोला।, इन्टरनेटको माध्यमबाट भिडिओ कन्फ्रेसिङ गर्दै त्रिवि र काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा पठनपाठन जारी छ।, अरूबेला जस्तो विद्यार्थी पढ्न कक्षाकोठामा भने पुग्नु पर्दैन। शिक्षक र विद्यार्थीको भ...
राकेश यादव मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले वीरगन्जको छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ।, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको छ। उनका अनुसार यसबारे निर्णय गर्नजिल्ला सुरक्षा समितिक...
राकेश यादव रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर- ५ मोतिपुर टोलका कोरोना संक्रमित १९ वर्षीय युवालाई थप उपचारको लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ।, रौतहटमा आइसोलेसन कक्ष भएको अस्पताल नभएकाले थप उपचार गर्न उनलाई मंगलबार बिहान वीरगन्ज पठाएको रौतहटका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए।, संक्रमित...
सेतोपाटी संवाददाता नेपालमा पाँच हजार बढीको कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गरिएकोमा आइतबार तीन जना नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबार राति परीक्षण गरिएकोमा तीन जना व्यक्तिमा कोरोना पुष्टि भएको जानकारी गराएका हुन्।, उनले तीनै जना वीरगञ्जस्थित नारायणी अस्पतालको आइ...
सेतोपाटी संवाददाता बुटवल धागो कारखानामा स्थापित कोरोना अस्पताल अब सघन उपचार कक्ष (आइसियू)युक्त भएको छ। कोरोना संक्रमित विरामीहरुको उपचारको लागि भेन्टिलेटरसहितको आइसियू कक्ष निर्माण गरिएको हो।, उक्त कक्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अवलोकन गरेका छन्। नेपालमासंक्रमित फेला परेसँगै निर्माण गरिएको आइसोलेन अस्पत...
सेतोपाटी संवाददाता सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको जनाएको छ।, कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरूलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिनस्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको जानकार...
सेतोपाटी संवाददाता मकवानपुरमा लेनदेनको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।, गत १६ गते इन्द्रसरोवर गाउँपालिका-४ मा लेनदेनको विषयमा दुई-चार व्यक्तिले ४० वर्षीय जीत बहादुर पाख्रिनमाथि कुटपिट गरेका थिए।, घाइते भएका पाख्रिनलाई उपचार गर्न काठमाडौं ल्याइएको थियो। पाख्रिनको शनिबार काठमाडौंस्थित स्टार अस्पतालमा मृत्यु भएक...
नारायण खड्का दाङ घोराहीका केही युवा मिलेर स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण निर्माण गरेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोक निवासी २७ वर्षीय ‘युवा वैज्ञानिक’का रुपमा परिचित मार्सल रोकाको नेतृत्वमा निर्मित स्वचालित उक्त उपकरण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जडान गरिएको छ। , विश्वभर म...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्।, कोरोना संकटबाट मुक्ति पाउन एकता अपरिहार्य हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ।’, आइतबार शुभकामना सन्देश जारी ...
नारायण महर्जन वीर अस्पताललाई मारवाडी युवा मञ्चले स्यानिटाइजरिङ बुथ प्रदान गरेको छ।, शहरी विकासमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगर उपमेयर हरिप्रभा खड्गीलाई एक कार्यक्रमका बीच बुथ हस्तान्तरण गरिएको छ।, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयासस्वरुप यो बुथ बनाइएको मञ्चले जनाएको छ। , सर्वसाधारण वीर अस्पताल छिर्...
राकेश यादव प्रदेश २ सरकारले वीरगञ्ज महानगरपालिकाका दुई वडामा सिल गरेको छ।, छपकैयामा भारतबाट आएर बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि महानगरको २ र ३ नम्वर वडालाई पूर्ण रूपले सिल गरिएको पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। साथै ती वडासँग छोइएका केही ठाउँ समेत सिल गरिएको उनले बताए।, मस्जिदमा बसेका...
विवेक राई बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ।, उनका कान्छो छोराले आमाको र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको र थप परीक्षण गर्न सल्लाह भइरहेको सेतोपाटीलाई जानकारी दिए।, ‘स्वास्थ्यकर्मीले पोजेटिभ देखिएको छ, तर फेरि परीक्षण गरेर हेर्नुपर्छ भन्नुभएको छ,’ उ...
एजेन्सी ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित ९७ वर्षकी महिला निको भएकी छन्।, अप्रिल १ मा संक्रमणका लक्षणहरू देखिएपछि अस्पताल भर्ना भएकी जीना दाल कोलेटो कोरोना नाम गरेकी महिला रोगलाई जितेर घर फर्किएकी हुन्।, अस्पताल भर्ना गरिदां धेरै कमले उनी निको हुने सोचेका थिए।, आइतबार ह्वीलचेयरमा अस्पतालबाट बाहिरिदैं गर्दा जीनालाई उन...
सेतोपाटी संवाददाता कोरोनाको लडाइँमा अहोरात्र खटिएका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा सोमबार बिहान राष्ट्रगान गाइएको छ भने त्यसपछि ताली बजाइएको छ।, कोटेश्वरमा विभिन्न ठाउँबाट आएका ट्राफिक प्रहरीले सोमबार बिहान राष्ट्रगान गाएका हुन्। , प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई आ-आफ्नो घरको झ्या...
सेतोपाटी संवाददाता सरकारले देशभरीमा २ हजार ३ सय ८९ क्वारेन्टाइन बेड बनाएको छ। कोभिड-१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)ले आयोजना आज छाउनीको रेञ्जरगढमा रहेको कार्यालयमा पत्रकार सम्मेलन गरी ३ हजार १ सय १४ जान आइसोलेसन बेड बनाइएको जानकारी दिइएको हो।, सिसिएमसीका अनुसार अहिलेसम्म ८ हजार ८२ जना क्वारेन्टाइन र ८२ जना ...
सेतोपाटी संवाददाता नेपाली सेनाले उत्कृष्ट लेखलाई २ लाख रुपैयाँ पुरस्कार दिनेगरी ‘खुला सामरिक लेख रचना प्रतियोगिता २०७७’ को सूचना सार्वजनिक गरेको छ।, खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य अनुरुप भन्दै आइतबार सेनाले प्रतियोगितामा सहभागी हुन सूचना प्रकाशित गरेको हो।, लेखरचनाका लागि सेनाले ७ वटा विषय तोके...
सेतोपाटी संवाददाता राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रकम कोरोना रोकथामका लागि खर्च गर्न माग गरेका छन्।, महतोले आज एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको संघर्षमा बाँकी रकम खर्च गर्न आग्रह गरेका हुन्।, ‘अहिलेको पीडादायी र प्रलयकारी अवस्थामा...
जुना श्रेष्ठ २०६६ सालको कुरा हो। निकिता आचार्य र किरण तिम्सिना एउटा सूचना प्राविधिक कम्पनीमा काम गर्थे। निकिता व्यवसाय प्रशासनमा स्नातक गर्दै थिइन्। किरण कम्प्युटर तथा सूचना प्रणालीतर्फ स्नातक अन्तिम वर्षमा थिए।, उनीहरूको भेट त्यही अफिसमा भयो। उस्तै रूचि भएकाले कुरा मिल्यो, राम्रो सम्बन्ध गाँसियो। सबभन्दा ठूलो कुरा त,...
सेतोपाटी संवाददाता लिच्छविकालिन संस्कृति र परम्परा बोकेको मानिएको टोखाको सपन तीर्थ मेला र विस्केट जात्रा स्थगित भएको छ।, कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्न नेपाल सरकारले आह्वान गरेको लकडाउनलाई पालना गर्दै ऐतिहासिक,धार्मिक मेला तथा जात्रा स्थगित गरिएको न्हुजःखलःले जनाएको छ।, न्हुजःखलःका अध्यक्ष दिपेन्द्र श्रेष्...
राकेश यादव पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका पुगेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, उनी नेपालका कोरोना संक्रमित पुष्टि भएकी १३ औं व्यक्ति हुन्।, साठी वर्षकी ती महिला वीरगन्जको पानी ट्यांकीमा चियाखाजा पसल चलाउँथिन्।  लक डाउनपछि उनी पसल बन्द गरेर बसेकी थिइन्।, पर्साका सहायक प्रमुख जिल्ला ...
सेतोपाटी संवाददाता कैलालीको लम्की चुहा नगरपालिका-१ मा एक महिलालाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालय स्रोतले महिलामा संक्रमण पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।, 'उहाँको संक्रमण पुष्टि भइसकेको छ,' स्रोतले भन्यो। , १५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारे...
एजेन्सी चीनमा पछिल्लो ६ सातामा हिजो (आइतबार) सबैभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार  रूससँग सीमा जोडिएको उत्तरपूर्वी चिनियाँ प्रान्त हेइलोङजियाङमा धेरै संक्रमित भेटिएका हुन्।, आइतबार चीनभरि भेटिएका १०८ नयाँ संक्रमितमध्ये ९८ जना विदेशबाट आएकाहरू छन्। त्यसमा पनि ४९ जना रूस...
सेतोपाटी संवाददाता सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १मा एक युवकको शव फेला परेको छ। , सोमबार बिहान १९ वर्षीय सुरज कुमार साहको शव फेला परेको हो। उनी त्यहाँकै स्थानीय रहेको प्रहरीले जनाएको छ। , बिहान साढे पाँच बजे प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगेको थियो। , जिल्ला प्रहरी कार्यालयका अनुसार उनको हत्या भएको हुनसक्ने ...
एजेन्सी पाकिस्तानको गुजरातमा सैनिक विमान दुर्घटना भएको छ। सो दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ। , सोमबार ट्रेनिङ मिसनमा उडेका उनीहरू गुजरात नजिकै दुर्घटनामा परेका हुन्। , इन्टर सर्भिसेस पब्लिक रिलेसन्स् (इएसपिआर)का अनुसार विमानमा रहेका पाइलट मेजर उमेर र प्रशिक्षार्थी पाइलट लुटेनेन्ट फियाजनको मृत्यु भएको हो।, ‘गुजरा...
राकेश यादव मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोनाभाइरस पुष्टि भएपछि वीरगन्जको छपकैयामा र्‍यापिड टेस्ट सुरू गरिएको छ।, ती भारतीयमा कोरोना संक्रमण पुष्टि भएसँगै आइतबार साँझदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ मा पर्ने छपकैया बस्ती पूर्ण रूपमा सिल गरिएको छ।, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अ...
सेतोपाटी संवाददाता सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।, सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्।, प्रहरीले तत्कालै उनलाई  स्थानीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए।, '...
प्रशन्न पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको दिनचर्या हिजोआज फेरिएको छ।, मुख्यमन्त्री कार्यालयका कामबाहेक गुरूङ एक सातादेखि कोरोना अपडेट लिएर फेसबुक लाइभ आउँछन्।, सोमबार गुरूङले नयाँ वर्षको शुभकामना सन्देश दिँदै अनुशासित भएर लकडाउन पालना गरे कोरोनाविरूद्धको लडाइँ जितिने बताए।, लगत्तै मुख्यमन्त्री ग...
विवेक राई सरकारले चीनबाट ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटबाट कोरोनाभाइरस (कोभिड-१९) को एन्टिबडी टेस्ट गर्ने काम धमाधम सुरू गरेको छ।, सातै प्रदेशमा सरकारले यस्ता किट ५ हजारको दरले पठाइसकेको छ।, विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न नभने पनि विभिन्न मुलुकले भने यो किट प्रयोग गर्दै आएका छन्। नेपालले पनि सात करोड बढ...
सन्जिब बगाले मिर्गौला रोग विशेषज्ञ डा.विमल पाण्डे अस्पताल जान बिहान ८ बजे तयार भइसकेका हुन्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्रध्यापक समेत रहेका पाण्डे 'इन्टरनल मेडिसिन' विभागमा पनि छन्।, अस्पतालमा केही दिनयता उनको दैनिकी फेरिएको छ। उनी पाटन अस्पतालले स्थापना गरेको ज्वरो-रूघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी क्...
सेतोपाटी संवाददाता शनिबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि सुरू भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालमा परीक्षण सुरू भएको जानकारी दिए।, उनले भोलिबाट टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने बताए। योसँगै काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाब...
नारायण खड्का दाङका किसानले प्रहरीलाई खीर खान भन्दै दूध दिएका छन्।, राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नेपाल तुलसीपुर नगर समिति दाङले प्रहरीलाई एक सय ६० लिटर दूध दिएका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर किसानले एक सय १० लिटर र सशस्त्र प्रहरी वेश क्याम्प दोघरेमा पुगेर ५० लिटर दूध शनिबार दिएको नगरसमिति अध्यक...
सन्जिब बगाले लकडाउनको मारमा किसान, सामान्य अवस्थामा कालीमाटीको फलफूल तथा तरकारी बजारमा दैनिक ९ सय देखि १२ सय मेट्रिक तरकारी भित्रिने गर्थ्यौ। काठमाडौंलाई जम्मा १३ सय मेट्रिक टनसम्म तरकारी आवश्यक पर्छ।, त्यस अर्थमा काठमाडौं उपत्यकामा चाहिने तरकारीको झण्डै ७० प्रतिशत माग कालीमाटीले नै धान्ने गरेको तरकारी व्यवसायीको दाबी...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा रहेका बाँदर र चराचुरूंगीलाई आहारको दिएको छ।, काठमाडौं मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद...
एजेन्सी भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ४० जना मृत्यु भएको छ।, भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ। तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन्।, यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लक डाउ...
सेतोपाटी संवाददाता शनिबारदेखि धनगढीमा दैनिक ४ सय बढीको कोरोना परीक्षण गर्ने प्रयोगशाला सुरू हुने भएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बेलुकी ८ बजेबाट ल्याब सञ्चालनमा आउने जानकारी दिए।, 'एउटा सामग्री बिग्रिएको परेछ। त्यो पनि सेनाको हेलिकप्टरले बिहान लिएर आएपछि जडान कार्य सकिन लागेको छ' उ...
दिपकजंग शाही सुर्खेतस्थित क्वारेन्टिनमा रहेकाहरूलाई आ-आफ्नो घर पठाउन थालिएको छ। विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका एक सय ८३ जनालाई शनिबार घर पठाइएको हो। सुर्खेतस्थित खुलामञ्चमा बनाइएको क्वारेन्टिनमा उनीहरूलाई राखिएको थियो।, उक्त क्वारेन्टिनमा राखिएका एक सय ८८ जनामध्ये एक सय ८३ जनाको कोरोनाभाइरस जाँच गर्दा रिपोर्ट...
युवराज श्रेष्ठ लक डाउन भएपछि पोखरा-३१ बेगनासतालका दलबहादुर बिकको घर तथा भवन बनाउने काम रोकियो।, दिनभर ज्याला मजदुरी गरेर श्रीमती र ३ छोरासहित ५ जनाको परिवार पालिएका उनीहरुको घरमा खाद्यान्न सकियो। पोखरा महानगरले दिने भनेको राहतका लागि उनले पनि नाम लेखाए, शनिबार बेगनासताल नजिकैको बेगनास युवा क्लबको भवनबाट राहत बुझे।,  र...
सेतोपाटी संवाददाता दुबईबाट आएका धनगढीका कोरोना संक्रमित युवकको तेस्रो परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ। उनले आज आएको नतिजा पनि पोजेटिभ देखिएको सेतोपाटीलाई जानकारी दिए।, ३४ वर्षिया उनी अस्पताल भर्ना भएपछि उनकी भाउजुलाई पनि संक्रमण देखिएको थियो। त्यसपछि भाउजुलाई पनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमै भर्ना गरिएको थिय...
सेतोपाटी (यो लेख हामीले गार्डियनमा प्रकाशित 'हन्ड्रेड डेज द्याट चेन्ज्ड द वर्ल्ड' मा नेपालको सन्दर्भ थपेर अनुवाद गरेका हौं।), पुरानो सालको आखिरी दिन र नयाँ सालको पहिलो दिनमा पलभरको मात्र फरक हुन्छ। जे बदलिन्छ त्यो क्यालेन्डर हो, आममान्छेको जीवन सधैं उस्तै रहन्छ। तै पनि मान्छे त्यो एक दिनको पर्खाइमा यस्तरी व्यग्र हुन्छ...
राकेश यादव बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवको घरमा प्रशासनले छापा मारेको छ।, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो छापा मारेको हो।, यादवको घरमा रहेको यादव कोल्ड स्टोरमा छापा मार्दा प्रहरीले ३८० बोरा कुहेको दाल बरामद गरेको छ। लक डाउनका बेला विपन्न र गरि...
एजेन्सी पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढिरहेको भारतमा लक डाउन दुई साता लम्बिने देखिएको छ।, प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गरेको भिडिओ कन्फरेन्सका क्रममा भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरूले लक डाउन कम्तिमा अप्रिल ३० सम्म थप्न सुझाव दिएका थिए।, भारतमा कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको महाराष्ट्रका...
एजेन्सी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या घटिरहेको स्पेनी सरकारले जनाएको छ।, त्यहाँ हुने दैनिकी मृत्यु घटेको शनिबार तेस्रो दिन हो। शनिबार स्पेनमा ५ सय १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।, कोरोना भाइरसबाट सबैभन्दा पीडित राष्ट्रमध्येको एक स्पेनमा कोरोनाबाट हालसम्म १६ हजार ३ सय ५३ जनाको ज्यान गइसकेको छ भने...
रासस कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ।, प्रदेश सरकारको बैठकले प्रदेशभित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।, त्...
एजेन्सी मध्यपूर्वमा कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित इरानले आफ्नो मुलुकमा संक्रमणबाट बितेको २४ घण्टामा १ सय २५ जनाको जनाएको छ।, योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५७ पुगेको छ।, मध्यपूर्वमा इरान कोरोनाका कारण धेरै जनाले ज्यान गुमाएको मुलुक हो।, इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्र...
सेतोपाटी संवाददाता आइतबारदेखि तुलसीपुरमा हरेक दिन पसल खुल्ने भएका छन्।, स्थानीय सरकार र प्रशासनको समन्वयमा नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबारदेखि तुलसीपुर क्षेत्रमा खाद्यान्नका पसलहरू हप्ताको सातै दिन बिहान नौ बजेसम्म खोल्ने निर्णय भएको हो।, जिल्ला प्रशान कार्यालय,तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा अति आवश्यक पसलहर...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।, जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरीको जनशक्ति कोभिड - १९ नियन्त्रणको लागि सीमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए।, सीमा क्षेत्रमा व्याप...
सेतोपाटी संवाददाता दाङमा स्थानीय प्रशासनले राहत वितरण गर्दा तीन जनाभन्दा बढी नजान निर्देशन दिएको छ।, राहत वितरण गर्दा हुल बाँधेरै जनप्रतिनिधि सहभागी हुन थालेपछि सहायक  प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले शनिबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएका हुन्।, उनले एक जना जनप्रतिनिधि, एक जना सुरक्षाकर्मी र एक जन...
सविता बुढा सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामी हेर्न तैनाथ छिन् मानमती ओली। उनी कोरोना संक्रमित बिरामीको उपचारमा खटिने ५ जना टिम मध्येकी एक नर्स हुन्। यो टिममा उनी चैत २३ गतेदेखि काम गरिरहेकी छन्।, उनी कन्चनपुरकी हुन्। उनका आमाबा निकै डराएका छन्। त्यसैले आमाले उनलाई फोन गरिरहन्छिन्। तर उनले भने हिम्मत हारेकी छैनन...
राकेश यादव वीरगन्जमा शनिबार राति प्रशासनले भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ।, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।, क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भ...
सिएनएन बेलायतका तर्फबाट दोस्रो विश्वयुद्ध लडेका अल्बर्ट चेम्बर्स ९९ वर्षका छन्। तीन साताअघि लडेर नाडीमा चोट लागेपछि उनलाई डोनक्यास्टरको टिक्हिल रोड अस्पताल भर्ना गरिएको थियो।, अस्पतालमै हुँदा अल्बर्टमा कोरोना भाइरसका लक्षण देखिन थाले। परीक्षणपछि कोरोना संक्रमण पुष्टि भयो।, दुई दशकअघि श्रीमतीको निधनपछि अल्बर्ट एक्लै बस...
एजेन्सी भारतको पन्जाबस्थित पटियालामा एक समूहले ‘कर्फ्यू पास’ माग्दा एक प्रहरीको हात काटिदिएका छन्।, आइतबार बिहान लकडाउनको अवज्ञा गर्दै परम्परागत हतियार तथा पोशाकमा निस्केका चार-पाँचका समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ मागेको थियो।, 'उनीहरूलाई कर्फ्यू पास देखाउन भनेका थिएँ तर गाडी गेट र डिभाइडरमा लगेर ठोक्काइदिए,'पटियालाक...
युवराज श्रेष्ठ सुनसान बेगनासतालमा शनिबार दुई डुङ्गा सिम्लेबाट बजारतर्फको घाटमा आउँदै थिए। डुङ्गामा यात्रु थिएनन्।, पुरूषले चलाएको डुङ्गामा रुखको घाँस र केही भारी दाउरा थियो, भने महिलाले चलाएको डुङ्गामा एक वृद्ध र बोका।, तालको पानी अरुबेला भन्दा सङ्ग्लो थियो। कुनै गतिविधि नहुँदा छालका तरङ्ग पनि थिएनन्। दुई डुङ्गाले ल्य...
सेतोपाटी संवाददाता नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पर्साको वीरगन्जस्थित छपकैयाको मस्जिदमा बसेका तीन जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।, ‘छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का प...
निशा भण्डारी सोमबार साँझ साढे सात बजे।, काँध र टाउकोमा बोराका भारी बोकेका एक हुल मान्छे कोटेश्वरको बाटो हिँड्दै थिए।, एक जना युवक सुस्केरा हाल्दै औषधि पसलअगाडि थुचुक्क बसे, 'अझै कति हिँड्नुपर्ने हो? आज यतै कतै बसम् न, साह्रै भोक लाग्यो।', उनले कडकडी दुखिरहेका आफ्ना गोडा छामे। आफ्नै हातले छुँदा पनि चिरिक्क दुखाइ आधा मर...
रासस दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने भएका छन्।, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णयबारे जानकारी गराए। , नेपाली राजदूतहरु मल...
राकेश यादव वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ।, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ  माविमा सेनालाई पठाइएको बताए।, ‘अहिले त्यहाँ सेनाले पनि निगरानी गरिरहेको ...
सेतोपाटी संवाददाता भारतको विहारमा एम्बुलेन्स नपाएपछि तीन वर्षीय बालकको मृत्यु भएको छ।, गत शुक्रबार एम्बुलेन्स नपाएपछि आमा बुबाले बालकलाई टेम्पोमा राखेर जिहानावादको सरदार अस्पतालमा लगेका थिए। तर सो अस्पतालले पटनाको अर्को अस्पतालमा रिफर गरिदियो। तर एम्बुलेन्सको कुनै व्यवस्था मिलाइदिएन।, एम्बुलेन्स नपाएपछि उनीहरू फेरि बा...